मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ओलीले आफूलाई राजनेता प्रमाणित गर्नुपर्ने।

रातो भाले

नेपालको राजनीति बारे कुरा गर्दा २०१५ सालमा जति बेला बिपी कोइराला दुई तिहाइको प्रधानमन्त्री बन्दै हुनुहुन्थ्यो बिपी सँग प्रजातन्त्र र राजा महेन्द्रको राष्ट्रियता नेपालको संवृद्धिको कोशे ढुङ्गा हुने निश्चित थियो। छिटै राजा महेन्द्रमा आफू र आफ्नो परिवारको भविष्यको चिन्ताले घर जमायो। द्वन्द्व बिचमा दक्षिणले पाएको खेल्ने मौका बिच बिपी र महेन्द्रको इगोको लडाईले मुलुकको विकास लाई पचासौँ वर्षको लागि समाप्त पारिदियो।लगभग ३ बर्ष अगाडी जति बेला खड्ग प्रसाद ओली दुई-तिहाइको प्रधान मन्त्री हुँदै हुनु हुन्थ्यो, प्रचण्डको गणतान्त्रिक मुलुकको मुद्दा स्थापित भएको र केपी ओलीको जनतन्त्र र नेपाली भूमिको शक्ति वाट स्थापित राष्ट्रियताको संयोजनले मुलुक विकासको दिसामा ज्यामितीय फड्को मार्ने अवसरमा थियो।

 

मनोबैज्ञानिक धैर्यता र ग्रहणशीलताको फितलो जगमा उभिनु भएको प्रचण्डले निकै छिट्टो आफ्नै कार्यकर्ता, लडाकु, देश र सहिदको सपना भन्दा   आफू र आफ्नो परिवारको भविष्यको चिन्ताको भासमा पुगेको देखियो। थोरै पश्चिमा दबाब, केही उत्तरी आग्रह तर धेरै दक्षिणलाई नबुझिएको गुण लगाइदिनु पर्ने बाध्यता सहितको उहाँको कदम पूर्व एमाले भित्रकै शीर्षस्थ नेताहरू बिच इगोको लडाई पैदा गर्न कारक बन्यो। छिमेकी मैत्री सरकार दिन चाहने प्रचण्ड र केपी ओली बिचको बाम सरकार कायम राख्न चाहने द्वोन्दले जन्माएको अन्तर पार्टी अनुशासन हीनता र कलह मुलुककै संवृद्धिको बाधकको रूपमा खडा बनिदियो। मुलुकको संवृद्धिको सम्भावना अर्को सय वर्षको लागि पछाडि धकेलिएको महसुस गरायो।

 

धेरै नेपाली टिप्पणीकारहरूमा विगतका दिनहरू कसरि बितेका थिए र के के अप्राकृतिक गतिबिधिहरु भएका थिए भन्ने अत्यन्त कम स्मरण गर्ने गरी आफ्नो अभिव्यक्ति दिने गर्दछन्। प्रधानमन्त्री ओलीका नजिकका केही पात्र जसमा मूलतः सूर्य थापा, गोकुल बास्कोटा र विष्णु रिमाल आदि हरुको मिडियामा प्रस्तुत विचारधारा र प्रधान मन्त्री केपी ओलीको नेपाली जनता सँग सिधै मिडिया मार्फत प्रस्ट संवाद गर्ने बानी लाई तितो-टर्रो र कतिपयको लागि पिरो महसुस भएको भन्दै पार्टी विरोधी चित्रण गर्ने गरेको देखिन्छ।

 

वास्तवमा गोकुल बास्कोटाको आफ्नै मिडियामा प्रस्तुत हुने स्वभाव बाहेक सूर्य थापा वा विष्णु रिमालको प्रस्तुति पहिले फरक हुने गर्दथ्यो। जब जब प्रधानमन्त्री माथि ढोका थुनेर बिरालो कुट्ने प्रकारको सुनियोजित आक्रमण भए, स्वतन्त्र व्यवसायमा रहेका पुत्रहरूको समेत नाम जोडेर विष्णु रिमाल र इश्वोर पोख्रेल समेत लाई निशाना सधियो तब आन्तरिक सुगर रोग ग्रस्त पार्टीमा उपचारको रूपमा उनीहरूको तितो-टर्रो र कतिपयको लागि पिरो कुराहरू बाहिर आए।

 

जब मानिसमा लुकाउनु पर्ने कुनै कुरा रहँदैन तब ऊ प्रस्ट बोल्न र प्रतिवादमा उत्रन सक्दछ। गोकुल बास्कोटा, इश्वोर पोख्रेल र स्वयम प्रधानमन्त्रीको अवधारणा त्यसैको घोतक थियो भन्ने प्रस्ट सन्देश बाहिर आउँथ्यो। तितो-टर्रो र कतिपयको लागि पिरो कुरा धेरै हुँदा पार्टी भित्र ग्यास र कब्जियत निम्ताउने बैगुन हुने निश्चित थियो। एमालेमा त्यसको उपचारको बुटीको रूपमा मधु भाषी प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुवास नेवाङ्गहरु हमेसा आफ्नो भूमिकामा थिए।

 

आजको मितिमा नेकपा नामक पार्टी मुलत एमाले र माओवादी खेमामा फर्केको छ। नेकपामा हुँदा यदि म प्रधानमन्त्री हुन पाउँदिन भने केपी ओलीलाई पनि हुन दिन्न भन्ने इगो बोकेका प्रचण्डले एमाले फुटे पछि कमसेकम हैसियत भएको माओवादी पार्टी भेटेका छन्। नत्र आज उनी राप्रपाको हैसियतमा झरेको माधव-झलनाथ गुट वा रवीन्द्र मिश्रको हालतको वामदेव क्लबको हैसियतमा पुगी सकेका हुन्थे।

 

विदेशी सहायता र साठगाँठको क्रूर हिंसात्मक गतिविधिको इतिहास बोकेको प्रचण्डको पार्टीको नाममा माओको नाम जोडिनु माओको चरम बॆईज्यती हुने अन्तर्राष्ट्रिय समूहको निचोडका कारण विकास भएको हालैको तीव्र दबाब बिच आफ्नो पार्टीको नाम वाट माओवादी शब्द हटाउन प्रचण्ड बाध्य बनिरहेका छन्। माधव नेपाल भने त्यो बाध्यतामा टाँसिएर नयाँ नाम धारी कमुनिष्ट पार्टी गठन गर्ने र आफ्नो भूमिका देखाएर एमालेमा पूर्ववत् सम्मान खोज्ने दाउमा भेटिन्छन।

 

प्रयोजन नेपाल वाट राजतन्त्र हटाउनेमा सीमित रहेको, तत्कालीन भारतको सत्ता पक्ष कंग्रेसआइको सम्पूर्ण सहयोगमा अघि बढेको प्रचण्डको पार्टी मिसनको उपादेयता हाल सकिएको छ।  अर्को तर्फ भारतमा बीजेपीको सरकार रहेको अवस्थामा आफ्नो राजनैतिक हैसियत धरापमा पुराएका प्रचण्डको लागि माधव-झलनाथ गुट बैतारिणी तर्ने गाइको पुच्छर हुने रुपमा प्रचण्डले लिएको देखिन्छ। उता माधव-झलनाथ गुटलाइ समेत एमालेमै कति बेला सिपी मैनालीको हालतमा पुगिएला भन्ने चिन्ताले प्रचण्ड कार्ड छोड्नै नहुने अवस्थामा पुर्‍याई दिएको छ।

 

नेपाली काँग्रेसमा रहेका गगन थापा लगायतका ग्रुप अन्तिम पर्दा बरु शेरबहादुर राम चन्द्र लाई छोड्ने छन् तर प्रचण्डलाई धोका दिने छैनन् भन्ने यकिनमा  रहेका माधव-झलनाथ गुट प्रचण्ड सँगको गठजोड मार्फत चिनिया कम्युनिस्ट पार्टी सँग रहेको सम्पर्कको चुँडिन लागेको तेंद्रो समेत जोगाउन सकिने अनुमानमा रहेका भेटिन्छन। आए  पनि एक्लै, गए पनि एक्लैको हैसियतमा रहेका झलनाथ, नारायण काजी र वामदेवको कुनै राजनीतिक अर्थ नरहेको सन्दर्भमा ओली नेतृत्वको एमालेको लागि भीम रावल र रामकुमारी झाँक्री जस्ता रेडिकल विहीन माधव नेपालको टिम सँग सम्झौतामा पुग्नु तुलनात्मक रूपमा लाभकार देखिन्छ।

 

मुलुकको जन स्तरको यथार्थता अनुरूप विगतमा मुलुकले केपी ओली लाई पत्याएर जनादेश दिएको र आज पनि निकै ठुलो सङ्ख्याका ग्रामीण र प्रवासका नेपालीहरू केपी ओलीकै गतिविधि चासोका साथ हेरिरहेको भेटिन्छ। हिजो केपी ओली माथि जे सुकै भएको होस् जनताले मात्र मेरो लागि केपी ओली वाट थप के हुँदै छ भन्ने मात्रै चासो राखेको  देखिन्छ। प्रधान मन्त्रीमा रहुन वा नरहून ओली माथि धेरैको आशा भरोसाका नजर तेर्सिएका छन्।

 

जनताले ओली वाट संवृद्धि चाहेको छ। आज पनि ओली अत्यन्त ठुलो जन-परीक्षामा देखिन्छन। चाहेर पनि वा नचाहेर पनि जब सम्म ओलीमा अरूलाई क्षमा गर्ने बानी र साहसको विकास हुने छैन तब सम्म ओलीका गंत्यव्यका अवरोधक र शत्रुहरू नष्ट हुने छैनन्।

 

जनताले शान्तिमय जीवन बिताउन जरुरी हुने संवृद्धिको दिन देख्न पाउने छैनन्। खराबी लाई खराबीले सामना गर्न सक्दैन। न त घृणा लाई घृणाले। खराबीले झन् खराबीलाई र घृणाले झन् घृणालाई उत्पादन गर्ने छ। तसर्थ आज ओली सँग घृणालाई प्रेममा परिवर्तन गरी क्षमा दान गर्ने बाहेक अर्को विकल्प छैन। ओलीको आफ्नै कसैलाई शत्रु बनाउँदै हिँड्ने चरित्र नरहेता पनि देशको द्रुततर विकासको चाहनामा  जसरी पनि अघि बढ्ने ओलीको दिगो अठोटले धेरै दुस्मनहरुको पैदा गर्ने निश्चित थियो।  प्राय: पार्टी बाहिर देखिने उक्त प्रवृत्ति ओलीको हकमा भने पार्टी भित्रै देखा परेको छ। समयले जो सही छ अन्ततः उसैको पक्षमा वातावरण तय गरिदिन्छ। त्यही विश्वासमा हाम्रो समाज र धार्मिक मान्यता चलेको अढेको छ। जो सही मार्गमा रहन्छ उसैको मात्र जीवनमा अर्का लाई क्षमा दिने मौका मिल्दछ।

 

हिजो जसले ओलीको बदनाम गरे, आफ्नै घर पोलेर आएको खरानी घसी  छिमेकमा गएर छिमेक प्रेमी सरकार बनाउने भन्दै लड्डु खादै महोत्सव मनाए, आज तिनै लाई क्षमा गरी दु:ख पर्दा आफ्नै घरमा आफ्नैले जस्तो सुकै नालायक भए पनि अन्ततः माया गर्छन भन्ने झिनो आशामा फर्किएको ठानी उनीहरूलाई माया गर्न कोसिस गर्नु  पर्ने बाध्यतामा ओली परेका छन्। घरकै मुली सँग बदला लिने नियतले छिमेकीले कानै फुकेर घर फर्केका रहेछन् भने पनि तिनीहरूको लागि प्रार्थना गर्नु पर्ने बाध्यतामा छन् ओली। ताकि ओलीको व्यवहारले उनीहरूको मन परिवर्तन होस्। झुटो टिक्दैन सत्य झुक्दैन भन्ने हाम्रो परम्परा सही रहेको पुनः एक चोटि सार्वजनिक रूपमा पुष्टि होस्।

 

यो निश्चित छ कि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हरेक खराब प्रवृत्तिले आफ्नो कर्मको फल प्राप्त गर्ने गर्दछ। ओलीले क्षमा दिए पनि खराब प्रवृत्तिले आफ्नो कर्मको फल भोग्नु नै पर्ने छ। ओलीले आफ्नो लामो जीवन राजनीतिमा लगाए। राजनीतिको हकमा त्यो चुनाव मार्फत जनताले गर्ने मत दान मार्फत हुने फैसलाले गर्नेछ। नेतामा नेतृत्व मात्र हैन क्षमाको शक्ति, सहनशीलता र स्वीकार्यता रहनु पर्दछ। क्षमा भनेको कमजोरी होइन। यो साहस हो र बल हो। जुन जो कोही सँग हुँदैन। त्यसैले जो कोही राज नेता हुन पनि सक्दैन। ओली आज आफू राजनेता रहेको प्रमाणित गरेर देखाउन पर्ने दिनमा पुगेका छन्। ओलीमा समयमा हिरा फोर्ने कुसलाता नरहेको वा रहेको समयले बताउने छ।

(राजनीतिक विश्लेषक, अमेरिका)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: