मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मानिसलाई चाहिने ९० प्रतिशत शक्ति प्रकृतिको अक्सिजन बाटै प्राप्त हुन्छ (भिडियाे)

काठमाडौँ – मानिसलाई आवश्यक पर्ने पौष्टिक पदार्थ मध्ये ९० प्रतिशत प्रकृतिबाट नै प्राप्त गर्न सकिने एक विज्ञले बताएका छन्।

भिडियाे

 

नेपाल वातावरण पत्रकार समूह र संरक्षण सरोकार समूहले आयोजना गरेको ‘हरित श्रोत–समृद्धिको आधार’ विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै वायो प्रविधि विज्ञ तथा व्यवस्थापक नारायण घिमिरेले मानिसलाई चाहिने प्रोटिन तथा अन्य पौष्टिक तत्व प्रकृतिबाटै प्राप्त हुने बताए।

मानिसको चाहिने शक्ति मध्ये ९० प्रतिशत अक्सिजनबाट प्राप्त हुने भएकाले प्रकृति नै मानवीय शक्तिको मुख्य श्रोत भएको उनको भनाई छ।

‘अक्सिजनबाट मानिसलाई चाहिने ९० प्रतिशत इनर्जी प्राप्त हुन्छ,’ उनले भने,‘ अक्सिजनको मुख्य श्रोत भनेको प्रकृति नै हो त्यसैले प्राकृतिक वस्तुको प्रयोगलाई बढाउनुपर्छ।’

 

कार्यक्रममा बोल्दै उनले भने, अहिले संसारमा प्रयोग भइरहेको खाद्य पदार्थ सबै प्रकृतिबाट नै आएको हो। त्यसलाई प्रशोधन गर्ने सही उपयोग गर्ने हो नेपाल मै विश्वमा भएका सबै कुरा पाइन्छ।’

 

नेपालमा भएका ७ हजार भन्दा बढी प्रकारका जडीबुटी तथा जैविक पदार्थको उपयोग गर्न सक्ने हो भने नेपालले अन्य देशबाट गरिरहेको खाद्य पदार्थको आयातलाई ह्वात्तै घटाउन सकिने उनी बताउँन्।


त्यसैगरी अबको २० वर्षमा मासुका लागि पशुपंक्षी को आवश्यकता नै नपर्ने उनको दाबी छ। प्रकृतिमा पाइने जडीबुटी तथा अन्य पदार्थबाट नै मासुबाट पाइने जति प्रोटिन प्राप्त हुने उनले जनाए।

मासुको विकल्पमा विभिन्न प्राकृतिक श्रोतबाट नै प्रोटिनयुक्त खाद्य पदार्थहरू निर्माण गर्न सकिने बताउँदै उनले भने, ‘हामी अहिले फेक मिट बनाइरहेका छौँ, देख्दा मासुजस्तै तर प्राकृतिक पदार्थबाट बनेको शाकाहारी खाना। मासुबाट जति मात्रामा प्रोटिन पाइन्छ सो सरह नै यसबाट पनि प्राप्त गर्न सकिन्छ।’

हामीले दैनिक रुपमा उपभोग गर्दै आएका पेय पदार्थ जस्तै कोकाकोला, फान्टा यी सबै प्राकृतिक वस्तुको प्रयोगबाट पनि उत्पादन गर्न सकिने भएकाले विभिन्न रासायनिक पदार्थ मिसिएका खानेकुरा भन्दा यसको प्रयोग गर्नुपर्ने उनको धारणा छ।

हाकाहाकी – बिहिबार, भदौ ५, २०७६ मा शुक्रबार १५:१५ बजे अद्यावधिक गरिएकाे बाट साभार

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: