मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

द नेसनल ईराको आँखामा नारायण घिमिरे।

वाशिंगटनमा आधारित रहेर संचालित The National Era (TNE) अखबारको सेप्टेम्बर ५, २०२२ मा प्रकाशित तलको समाचारमा के कुरा लेखिएको छ त? त्यसको नेपाली आशय तल राखिदिएको छौ।

 

सुपरफुड भन्दा उत्कृष्ट औषधीय क्षमताको खानाको खोजीमा छन् फुड

टेक्नोलोजिस्ट नारायण घिमिरे ।

स्वास्थ्य र खाद्य पसल भित्र जब तपाईँ पस्नुहुन्छ सायद पसलमा निकै धेरै जडीबुटीका उत्पादनहरू तपाइले भेट्नु हुने छ। जडीबुटीहरू औषधीको रूपमा प्रयोग गरिने विषय कुनै नयाँ कुरा होइन। तिनीहरू वास्तवमा निकै धेरै वर्ष देखि बजारमा भेटिन्थे। अब सामान्य जनताको लागि समेत सर्वत्र उपलब्ध भएका छन्। तपाई तिनीहरूको परम्परागत प्रयोगहरू सँग परिचित रहनु भएको वा नहुनु भएको पनि हुन सक्दछ। तपाइका खानेकुरा, पेय पदार्थ र सौन्दर्यका सामग्रीहरू प्रशोधित जडीबुटीहरू हुने गर्दछन्। हर्बल घिउ, कार्बोनेसन भएका इस्पार्कलिङ्ग जडीबुटीका पेय पदार्थ मात्र नभएर छाला औषधिहरू सम्ममा आजकल जडीबुटी प्रयोग भएको भेटिन्छ।

यस लेखले परम्परागत रूपमा स्वीकृत खाना, औषधि र जीवनशैलीसँग सम्बन्धित आधारभूत प्राकृतिक नियमको पर्दाफास गर्न दुई दशकभन्दा बढी समय बिताएका एक व्यक्ति बारे केही प्रकाश पार्ने छ । नारायण घिमिरे क्यानडाका खाद्य तथा औषधि वैज्ञानिक हुन् । उनले स्वास्थ्य र मानव स्वस्थ कल्याण उद्योगमा रोगलाई द्रुत गतिमा निको पार्ने आफ्नो विशेषज्ञताको साथ आफ्ना मार्ग प्रशस्त गरेका छन् । मानव सोच (मन) र शरीर बिच सन्तुलन कायम गर्दै औषधीय गुणका हर्बल र खानाको सेवनका कारण अनावश्यक दुःख पैदा नहुने गरी बिरामीमा द्रुत उपचारात्मक प्रभाव दिन सकिने उपाय सुझाउने उनले लक्ष लिएका छन् ।

 

बाल्यकालमा नेपालको सानो गाउँ याम्पा फाँटमा हुर्के बढेका घिमिरेले अमेरिकाको भिल्लानोभा विश्वविद्यालय बाट लिन सिक्स-सिग्मा विषयको मास्टर ब्ल्याक बेल्ट उपाधि हासिल गरेका छन् । उनले क्यानडाको टोरन्टोमा औषधि विज्ञान अध्ययन गरे, जसले खाद्य प्रविधिको ज्ञानलाई तीक्ष्ण बनायो। नेपालमा रहँदा नारायणले संयुक्त राष्ट्र विकास कार्यक्रमको आयोजनाबाट आफ्नो व्यावसायिक पेसाको सुरुवात गरेका थिए । पछि उनी नेपालको शिक्षा मन्त्रालय र विश्व खाद्य कार्यक्रमको परियोजनामा सामेल भए । सन् २००६ मा क्यानडा गएपछि घिमिरे क्यानडामा ओन्टारियोको वातावरण मन्त्रालयमा जिसी-एसएमएस टेक्नोलोजिष्टको रूपमा प्रवेश गरे। त्यस लगतै उनले फ्लेभरक्यान इन्टरनेसनल ईङ्कमा खाद्य तथा औषधि वैज्ञानिक र फ्लेभरिष्ट (स्वाद विज्ञ) को रूपमा अनुभव प्राप्त गरे ।

 

परम्परागत स्वास्थ्य सेवा प्रणालीहरूले व्यक्तिलाई रोग मुक्त मात्र गर्नुको सट्टा उसको रोग लाग्नु पहिलेकै स्वास्थ्य अवस्थाको पुनः स्थापना गर्ने लक्ष्य लिने गरेको र त्यसमा सफल बन्ने गरेको बताउँछन् । उनका अनुसार परम्परागत उपचारात्मक प्रविधि तनमन्त्र भनिने शब्द (ध्वनि), स्पर्श (स्पर्श), रूप (दृष्टि – वस्तु र सीमाहरू), रस (स्वाद), र गन्ध (वासना) नाम दिने गरिएको पाँच सूक्ष्म आवृत्तिहरूको (फ्रीकोईन्सि) अवधारणामा आधारित थिए।
मस्तिष्क र शरीर बिचको औसत सन्तुलनको गडबडको कारण बाह्य (Agantuka) वा आन्तरिक (Niji) हुन सक्छ । मानव शरीरको आन्तरिक वातावरणले पैदा गर्ने आवृत्तिहरू प्रकृतिको बाहिरी आवृत्तिहरूसँग निरन्तर अन्तरक्रियामा हुने गर्दछ । जब यी दुई प्रकृतिका आवृत्तिहरूले आन्तरिक र आपसी समन्वय बाहिर पुग्दछन् तब शरीरमा विकार पैदा हुन्छ । घिमिरेका अनुसार वात, पित्त र कफ प्रकृतिका तीन दोषहरूले सामूहिक रूपमा पैदा गर्ने आवृत्तिहरू (फ्रिक्वेन्सीहरू) मानव शरीरमा आपसी सन्तुलन (होमियोस्टेसिस) वा धातु साम्य (शरीरको तन्तु र अङ्गहरू बिचको सन्तुलनको अवस्था) कायम राख्न जिम्मेवार हुने गर्दछन् ।

 

घिमिरे सँग नव-प्रवर्तनीय खाना र स्वादिलो खाद्य तथा औषधीय सामग्री बनाउने विशेषज्ञता छ । उनी शाकाहारी मासु, शाकाहारी चीज, सुर्ती विहीन तमाखु र गाँजा विहीन गाँजा जस्ता खाद्य सामग्रीको प्राकृतिक रूपमा भौतिकीकरण मार्फत निर्माण गर्ने सीपको लागि उनी विश्वमा प्रख्यात छन् । घिमिरे आफ्नो जरुरत अनुरूप अनुकूलन (कष्टमाईज) गरिएको माइन्ड-म्यापिङ प्रविधि (iMindMap) सफ्टवेयर प्रयोग गरेर अनुसन्धानको क्रममा पता लागेका खाद्य तथा औषधि विज्ञानका नयाँ गोप्यताहरूको अनुसन्धान भइरहेको समयमा संस्थागत स्मरणमा लिपिबद्ध गर्ने गर्दछन् ।

 

एक आपसमा सम्बन्धित रहेका संस्थागत स्मरणमा लिपिबद्ध नयाँ सूचनाहरूको गहिरो पुनरावलोकन मार्फत नवीनतम नव-प्रवर्तनीय उत्पादनको सम्भावना खोज्ने घिमिरेको नौलो तरिका उनलाई उक्त क्षेत्रमा गहिरो विज्ञता हासिल गर्न सहयोगी बनेको छ।

 

खाद्य प्राविधिज्ञ र औषधि विज्ञको रूपमा काम गर्दै गर्दा घिमिरेले पृथ्वीमा भएका सबै कुराहरू कसरी जोडिएका छन् र हामीले खाने खाना, सोच्ने प्रक्रिया तथा जीवनशैलीले हाम्रो शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यसँग कसरी प्रत्यक्ष सम्बन्ध राख्छ भन्ने प्रत्यक्ष अनुभव गर्न सक्दथे । त्यस आधारमा उनी विश्वास गर्छन् कि खाद्य, औषधि र प्राकृतिक चिकित्साको क्षेत्रहरूमा हाल रहेको आविष्कारको जरुरतको खाडललाई समाधान गर्न ती पक्षहरू बिचको आपसी सम्बन्ध वारेको व्यवहारिक वैज्ञानिक ज्ञानहरू हाल पहिचान हुन नसकी रहेको विशेष तरिकाहरू मार्फत पुनरावलोकन गरी समग्रतामा जोडेर हेर्न सक्दा नयाँ नवप्रवर्तनका उपायहरू पत्ता लाग्ने छन् ।

 

यसले आधुनिक वैज्ञानिक उपलब्धिहरू लाई लगभग पाँच हजार वर्ष पुरानो वैदिक उपचारको सिद्धान्तसँग जोड्न मद्दत गर्ने नारायणको विश्वास छ । उनले हालसम्म नवप्रवर्तन, हाताहाती विकास, प्रविधि हस्तान्तरण, आयुर्वेद, वेद र विज्ञान, औषधीय खाद्य र तिन मार्फत सम्भव हुने सम्भावना बोकेका प्राकृतिक उपचारका सम्भाव्यता बारेमा करिब पाँच सय लेख तथा रचनाहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित गरेका छन् ।
जडीबुटी र औषधीय खाद्यको क्षेत्रको जिज्ञासा, जडीबुटीमा आधारित प्राकृतिक औषधि र औषधीय खाद्यको संयोजन मार्फत सम्भव हुने प्रतिकुल असर (साइडइफेक्ट) रहितको द्रुत उपचार पद्धति प्रतिको घिमिरेको लगावका कारण उनले “नेपालमा गाँजा” र “नेपाली रैथाने जडीबुटी” नामक दुई वटा पुस्तकहरु प्रकाशित गरे । दुवै पुस्तकका पाठकहरूबाट घिमिरेले उत्साहजनक प्रतिक्रिया समेत पाए ।

Download (PDF, 173KB)

घिमिरेको अनुसार उनले पाएको धेरै प्रतिक्रियाहरू मध्ये अधिक पाठक प्रतिक्रियाको एकै सार निक्लन्थ्यो । पाठकहरूले नेपाली रैथाने जडीबुटीको सम्बन्धमा तिनीहरूको औषधीय गुणको प्रयोगात्मक अनुसन्धानको नतिजामा आधारित रहेर देखाइएको सम्भावना बारे यो स्तरको प्रष्टता दिने अन्य किताब नेपाली बजारमा यस अघि उनीहरूले प्राप्त गर्न सकेका थिएनन् ।

 

घिमिरेले आफ्नै निजी खर्चमा दुई दशकदेखि नेपालको परम्परागत ज्ञान, खानपान, प्रविधि र रैथाने जडीबुटी केन्द्रित अनुसन्धान सञ्चालन गर्दै आइरहेका छन् । आफ्नो जीवनको सम्पूर्ण कमाइको लगभग पचहत्तर प्रतिशत तिनै विषय वारेका वैज्ञानिक तथ्यहरू उजागर गर्न र तिनीहरूलाई लेख र पुस्तकहरूमा संक्षेपमा उतार्दै पाठक सम्म पुर्‍याउने र हाताहाती विकास र नव प्रवर्तनको संस्कृति विकास गर्ने उद्देश्यले सामाजिक सचेतना निर्माण गर्न खर्च गरिरहेका छन् ।

 

निकट भविष्यमा घिमिरेको दुई नयाँ कृतिहरू नेपाली बजारमा आउने तैयारीमा छ । बजारमा आउँदै गरेको उनको पहिलो किताबमा नेपाली चाडपर्वको खानाको वैज्ञानिक रूपमा प्रमाणित औषधीय गुणको बारेमा केन्द्रित छ । दोस्रोमा परम्परागत नेपाली खाना, औषधि, जीवनशैली र संस्कृति आधारित रहेको विज्ञानको पक्ष उजागर गर्ने गरी वेद र विज्ञानका कुराहरू समेटिएका छन् ।

 

बजारमा उपलब्ध औषधीय मूल्यका सुपरफुडको रूपमा चर्चित रहेका खाद्य तथा पेय भन्दा उत्कृष्ट औषधीय क्षमता बोकेका मानिसको तागत, मनोबल र आध्यात्मिक अनुभूति अभिवृद्धि गर्न मद्दत गर्ने परम आनन्द वर्धक (ब्लिस प्रदायक) औषधीय खाद्य तथा पेयको (SOM RASA) विकासको सम्भावना बारे घिमिरे हाल अनुसन्धानरत रहेका छन् ।

 

Screenshot of TNE news Published:

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: