मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

चुरो वैदिक ज्ञान: मन नियन्त्रण बाहेकको उपायले निरोगी रहन सम्भव हुँदैन।

निरोगी रहने यो बाहेक अर्को कुनै विकल्प छैन।

आरोग्यताको लागि आत्मवल र सोचको तागत प्रयोग गरौँ।

 नारायण घिमिरे

 

जीवन निर्माण गर्ने धेरै भौतिक पक्ष मानव इन्द्रियहरूको मापनको दायरामा आउने गर्दछ। कतिपय विभिन्न वैज्ञानिक उपकरणको सहयोग वाट समेत  मानव इन्द्रियहरूको मापनको दायरामा आएको छ। हाम्रो आफ्नै वैज्ञानिक असक्षमताका कारण हाल सम्म जीवन जीवित राख्ने विभिन्न पक्ष निर्माण गर्ने शक्ति महत्त्वपूर्ण स्पेक्ट्रमहरु हामीले पहिचान गर्न र महसुस गर्ने क्षमता विकास नगरी सकेको हाम्रो विश्वास छ। जसलाई हामी अभौतिक शक्ति निर्मित पदार्थ पदार्थ रहेको अनुमान गर्दछौ।

 

मानव इन्द्रियहरूको मापनको दायरामा ल्याउन सकिएको मानव शरीर तथा सम्पूर्ण ब्रह्माण्डको पदार्थहरु भौतिक पदार्थहरु हुन्। ब्रह्माण्डको सम्पूर्ण संरचनाको विशालताको तुलनामा मानव इन्द्रियहरूको मापनको दायरामा आउने भौतिक पदार्थहरु अत्यन्त सिमित हुने गर्दछ।

 

पदार्थको सुक्ष्म भौतिक रूप बारे अवलोकन गर्दा निश्चित बिन्दुमा पुगेर हरेक पदार्थमा मानव इन्द्रियहरूको मापनको दायरामा नआउने अद्भुत शक्ति निर्मित पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप भेटिन्छ। पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप ब्रह्माण्ड निर्मित सम्पूर्ण भौतिक गुणका तत्वहरुको निर्माणको आधार बनेर अस्तित्वमा रहेको भेटिन्छ। हरेक प्राकृतिक पदार्थ भौतिक र अभौतिक गुणका तत्वहरुको सारको गठ-जोड वाट बनेको हुन्छ।

 

पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप हामीले देख्न वा छोएर महसुश गर्न सक्दैनौ। सर्वाधिक सूक्ष्म अभौतिक रूप निर्माणको ऊर्जा समेत हाम्रो देख्न वा छोएर महसुस गर्न सक्ने दायरा भित्र पर्दैन। जसलाई चेतनाको शक्ति वाट अनुभूति गर्न सकिन्छ। चेतनाको शक्तिको उपयोग वाट अभौतिक पक्ष बारे अनुभूति लिने प्रक्रिया लाई चिन्तन, मनन र मेडिटेसन वा ध्यान भन्ने गरिन्छ।

 

मेटाफिजिक्सले हरेक जीवन जीवित राख्ने जैविक शक्ति बारे कुरा गर्दछ। जीवन ज्युँदो राख्ने निश्चित प्रकृतिको प्राकृतिक ऊर्जा लाई हामी आत्मा अर्थात् प्राण भन्ने गरेका छौ। आत्मा अर्थात् प्राण अभौतिक चिज मात्र हैन शरीर जीवित राख्ने जिउँदो शरीरको अभिन्न मेटाफिजिकल पक्ष रहेको वैदिक यकिन देखिन्छ।

 

मेटाफिजिकल पक्ष मेटाफिजिकल शक्ति निर्मित हुन्छ। मेटाफिजिकल शक्ति  कम्पन अर्थात् स्पन्दनको (पल्स) रूपमा प्रकृतिमा अस्तित्वमा रहने गर्दछ। ब्रह्माण्डको सम्पूर्ण शक्तिको सार रूप मेटाफिजिकल हुने गर्दछ। तिनै मेटाफिजिकल शक्तिनै जीवित बस्तुमा अन्तर्निहित हुने मेटाफिजिकल शक्तिको मूल श्रोत हो।

 

जब हामी मेटाफिजिक्स तर्फ ध्यान दिदै त्यसको अध्ययन सुरु गर्दछौ तब हामी आफैले देखि रहेको र महसुस गरिरहेको भन्दा हाम्रो जीवनका विविध पक्षहरू निकै धेरै गहिरो र फरक रहेको अनुभूति गर्न थाल्दछौ। हामीले अनुभूति गरिरहेको चिज,  अनुभूति गर्ने पक्ष र अनुभूतिलाई पैदागर्ने हाम्रा आफ्नै अनुभवहरू समेत आफैमा मेटाफिजिकल चिज रहेको हामीलाई अनुभूति हुन थाल्दछ।

 

मेटाफिजिकल तत्त्व र मेटाफिजिकल ऊर्जाको मापन गर्ने विज्ञानको उपकरणको विकसित नबनिरहेको हिजोको अवस्थामा आफूलाई वैज्ञानिक पक्षधर ठान्ने कतिपय मानिसहरूको चेतनाको शक्ति वाट आधिभौतिक अर्थात् मेटाफिजिकल कुराहरूको अनुभूति हुन सक्दैन भन्ने अवधारणा उक्त कुरा सम्भव भएको विश्वास गर्ने वैदिक मनोवृत्तिसँग बाझिने गरेको भेटिन्थ्यो।

 

क्वान्टम फिजिक्सले भौतिक विज्ञानको सूक्ष्मतम क्षेत्रको मापन क्षमतामा विस्तार गरी विभिन्न तथ्यहरू उजागर गर्न सक्षम बनेपछि क्वान्टम फिजिक्स लाई विज्ञानमा उचित स्थान नमिल्दा सम्म अनुभूति वाट आधिभौतिक अर्थात् मेटाफिजिकल वस्तुहरूको प्रभावको अनुभूति गर्न सम्भव छ भन्ने सुन्न नचाहने वा विश्वास नगर्ने अधिकांश मानिसहरूको अवधारणा परिवर्तित बनेको भेटिन्छ।

 

ध्वनि, स्पर्श, गन्ध, स्वाद र दृष्टि जस्ता सामान्य इन्द्रियहरू मार्फत सजिलैसँग अनुभव गर्न नसकिने कुराहरू वास्तविक हुँदैन भन्दै मेटाफिजिक्स वास्तविक होइन, मात्र भ्रम हो भनी हिजो ज्ञान केन्द्रहरूमा अध्यापन सामग्री बनाएर दुनियाँलाई पढाउने गरेको विज्ञान आफै सामान्य इन्द्रियहरू मार्फत अनुभूति गरी त्यसको सत्यता बारे यकिन गरिएको तथ्य अधिक अवस्थामा अवास्तविक रहेको तर्क गर्न र त्यसको पुष्टि गर्न तर्फ लागेको भेटिन्छ।

 

जीवनको सहज निरन्तरता कायम गर्न आफ्नो समस्या आफैले आन्तरिक रूपमा समाधान गर्न प्रतिबद्ध शरीरको आन्तरिक ऊर्जाको फिल्ड (तागत) लाई  शरीरको हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता भनिन्छ। जीवनको नियमित सञ्चालनको क्रममा आन्तरिक रूपमा शरीरमा संरचनागत  तथा प्रणालीगत प्रतिकुल असहजता आइलाग्ने गर्दछ।

 

शरीरमा आइलागेका असहजताको समय, प्रकृति, हद र त्यसको उपचारको जरुरत अनुरूप शरीरले अस्थायी वा स्थायी प्रकृतिको उपचारको उपायको अवलम्बन गर्ने गर्दछ। त्यसको लागि शरीरले आफ्नो आन्तरिक हिलिङ्ग अर्थात् स्व-उपचार तागतको कुशल उपयोग गर्दछ। शरीर आफैले आफ्नो आन्तरिक समस्याको अल्पकालीन र दीर्घकालीन समाधान तर्फ सक्रिय बन्छ। यसरी शरीरको आफ्नै आन्तरिक ऊर्जा फिल्डले आफ्नै शरीरमा विद्यमान समस्याको समाधान गर्न सक्दा हामी आफूलाई हिलिङ्ग अर्थात् स्व-उपचार मार्फत सन्चो भएको महसुस गर्दछौ।

 

हरेक जीवन स्वस्थ रहने वा रोगी बन्ने भनि निर्धारण गर्ने आन्तरिक हिलिङ्ग मूलतः शरीरको ऊर्जा क्षेत्र फिल्ड हो। शरीरको ऊर्जा फिल्ड नै जीवन कल्याणको साधन तथा रोगको उत्पत्तिको मुख्य कारक तथा स्रोत बन्ने गर्दछ।

 

स्वस्थ जीवनको मूल आधारको रूपमा रहेको शरीरको ऊर्जा फिल्ड सन्तुलित गर्दै बलिष्ठ पार्न सक्दा मात्र जीवन स्वस्थ र सुखी राख्न सकिन्छ। शरीरको ऊर्जा क्षेत्र लाई सन्तुलित गर्दै बलिष्ठ पार्न खानपान, जीवन पद्धति र सोचको अत्यन्त गहिरो भूमिका रहन्छ। त्यसको गहिरो खोजमा समाहित हुने अभियानले हामीलाई मन, आत्मा, उच्च-आत्मा लगायतका भित्री दिव्यता सम्म डोर्‍याउने गर्दछ।

 

हाम्रो परम्परागत मान्यतामा चेतनाको परीक्षण मार्फत विकसित र अनुभूतिको व्यावहारिकतामा प्रमाणित ज्ञानलाई चुरो ज्ञान अर्थात् ए-ज्ञान वा अध्यात्म विज्ञान भनिन्छ। चेतना मार्फत फुरेका सिद्धान्तहरू लाई  साईन्टीफिक भनिएको प्रयोगशालामा परीक्षण गरेर  व्यावहारिकतामा प्रमाणित गरिएको ज्ञान लाई वि-ज्ञान भन्ने गरिन्छ।

 

विज्ञानले आफू निर्मित प्रयोगशालाको क्षमतामा सीमित भएर ए-ज्ञानको सिद्धान्तहरूको सीमित दायराको व्यावहारिकताको परीक्षण गर्ने गर्दछ भन्ने मेसो पाउँदछ। हिजो आफूलाई नास्तिक र वैज्ञानिक ठान्ने मनुवा यो यथार्थको बोध पश्चात् आध्यात्मिक बन्न पुग्छ। भौतिक अस्तित्व भन्दा गहन वास्तविक जीवनको दिव्य वास्तविकता अस्तित्वमा रहेको विश्वास गर्न थाल्छ।

 

कुनै पनि चलमल विहीन (तम गुण युक्त) प्रकाश रहित कालो अँधेरोको निश्चित टुक्राको अप्रत्याशित चहलपहलले दिने चुलबुले प्रकृतिको शक्ति लाई मन (Mind) भन्ने गरिन्छ। मन ऊर्जा सङ्कुचित भएर निश्चित केन्द्रमा केन्द्रित भएर गाडा बनी प्रकृतिको मौलिक ऊर्जाको शक्ति केन्द्रको सार (Energy Affinity Point) बनाउने गर्दछ। जसले “प्राकृतिक चेतना” को निर्माण गर्दछ। प्राकृतिक रूपमा वायुमण्डलमा सर्वत्र उपलब्ध हुने रहने प्राकृतिक चेतनालाई सामूहिक चेतना (युनिभर्सल कन्ससनेस) भनिन्छ। सामूहिक चेतना नियमित रूपमा एक रूप वाट अर्को रूपमा परिवर्तन हुने प्रकृतिको हुन्छ।

 

सामूहिक चेतनाको एक निश्चित प्रकारको परिवर्तित रूप निर्जीव वाट जीवित बन्ने क्षमता राख्ने निश्चित संरचना युक्त निर्जीव चीजहरूले सजिलै अवशोषित गरी आफ्नो निर्जीव अस्तित्व जीवित अस्तित्वमा बदल्न सक्ने प्रकृतिको हुन्छ।

आफ्नो निर्जीव अस्तित्व लाई जीवित अस्तित्वमा परिवर्तन गरेको जिउँदो तत्त्वलाई नियमित रूपमा आफ्नो जीवित अस्तित्व कायम राख्न सामूहिक चेतनाको केही अंशको नियमित रूपमा जरुरत पर्दछ। जीवन जीवित राख्न जीवित अस्तित्वमा कैद हुने सामूहिक चेतनाको अंश लाई प्राण ऊर्जा (ची-ऊर्जा) भन्ने गरिन्छ।

 

वैदिक साहित्यले सामूहिक चेतना लाई परमात्मा (परम-आत्मा) र जिउँदो तत्त्व भित्र समाहित बनेको परमात्माको अंशलाई आत्मा भन्दछ। प्राय: शान्त रहन नसक्ने गुण बोकेको आत्मा निर्माणको अभिन्न पक्ष मनको चुलबुले पनलाई चित्त भन्ने गरिन्छ।

 

शरीर, मन र आत्माको गठजोडवाट जीवन बन्दछ। भौतिक शरीरको स्नायु तथा मस्तिष्कका न्युरोनहरुले सामूहिक चेतनाको अवशोषित गरी सम्पन्न गर्ने विशेष प्रकारको परिवर्तनले सामूहिक चेतनाको निश्चित अंश प्राणको रूपमा परिवर्तित भएर भौतिक शरीरलाई जीवित तुल्याउने गर्दछ। जसले स्नायु तथा मस्तिष्कका न्युरोनहरूमा विलक्षण प्रतिभा र क्षमता उपलब्ध गराउँदछ। जसलाई  नर्ब-फोर्स (बायो-नर्ब फोर्स) भनिन्छ। त्यही बायो-नर्ब फोर्सको शक्ति लाई वैदिक साहित्यले चेतन शक्ति (कन्ससनेस) भन्ने गरेको छ।

 

शरीरले चेतन शक्तिको प्राप्ति मूलतः दुई उपाय वाट गर्ने गरेको देखिन्छ। पहिलोमा मस्तिष्कका न्युरोनहरुले सामूहिक चेतनालाई प्राण शक्तिको रूपमा परिवर्तन गरी आफूमा कैद गरी जीवनलाई जीवित राख्दछ। दोस्रोमा सामूहिक चेतना हामीले पिउने पानी, खाने खाना र फेर्ने श्वास-प्रश्वासले आफूमा कैद गरी शरीर भित्र पुर्‍याउने गर्दछ।

 

खानपान भन्दा श्वास-प्रश्वास मार्फत हाम्रो शरीरले वातावरणको सामूहिक चेतना शरीर भित्र अत्यधिक मात्रामा आपूर्ति गर्दछ। जसले गर्दा शरीरको नियमित वृद्धि, मर्मत, संहार र परिचालनको क्रममा ध्वंस हुने तथा निर्माण हुने प्रक्रियामा पैदा हुने नयाँ संरचनाको लागि जरुरत पर्ने जीवन्त शक्तिको कमी हुन पाउँदैन। समग्र शरीर नियमित जीवित रहन सम्भव हुन्छ।

 

स्नायु प्रणालीको चेतना अथवा नर्ब-फोर्स (बायो-नर्ब फोर्स) लाई मानिसको आत्म बल (मनोवैज्ञानिक तागत) समेत भन्ने गरिन्छ। चेतन,  अवचेतन र अचेतन तिनै अवस्थामा जीवको व्यवस्थापन स्नायुको तागत (बायोनर्भस) अथवा चेतनाको क्षमताको हदले गर्ने गर्दछ। जहाँ चेतनाको क्षमताको हदले समग्र मानव स्मरण (आनुवंशिक, शारीरिक, मस्तिष्क, प्रतिरक्षा प्रणाली आदिको रूपमा सञ्चित स्मरणहरू) लाई जनाउने गर्छ।

 

शरीरमा स्नायु ऊर्जाले नियमित रूपमा विद्युतीय पल्सको (धड्कन) निर्माण गर्दछ। स्नायु तथा मस्तिष्कका न्युरोन हुँदै यात्रा गर्ने क्रममा विद्युतीय पल्सले चुम्बकीय क्षेत्रको (ह्युमन म्यागनेटिजम) विकास गर्दछ। शरीर भर पैदा भएका  विद्युतीय पल्स तथा चुम्बकीय ऊर्जाका संयुक्त फिल्डहरूको समग्रताले मानव इनर्जी फिल्डको निर्माण गर्दछ।

 

शरीरको अंश अंशमा, निश्चित भागमा र समग्र शरीरभर विकसित हुनजाने मानव इनर्जी फिल्डले व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक पक्ष सबल राख्ने स्व-हिलिङ्ग प्रणालीको निर्माण गर्दछ। जसलाई हामी स्नायु प्रणालीको उत्कृष्ट तागत अर्थात् शरीरको स्व-हिलिङ्ग शक्ति भन्ने गर्दछौ। समग्रमा हेर्दा व्यक्तिको आत्मा सँगै जोल्टिएर रहने मनको शरीरको स्व-हिलिङ्ग शक्ति निर्माणमा निर्णायक भूमिका रहेको भेटिन्छ। मन र चित्तले पैदा गर्ने सकारात्मक वा नकारात्मक अपेक्षाको मानव समग्र स्वस्थमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गर्दछ।

 

शरीरको हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता बलिष्ठ हुँदा शरीर आफैले आफ्नो आन्तरिक समस्याको दीर्घकालीन समाधान तर्फ सक्रिय बन्छ। त्यसो हुन सक्दा तपाईँ लाई रोगले सङ्क्रमण गर्ने क्षमता राख्दैन। यसको लागि तपाइको शरीरलाई तपाइको सहयोगको जरुरत पर्दछ। त्यो हो मन लाई नियन्त्रित गरिदिने।

 

चित्त अलि ठुलो गरेर गुनासो र ठुस्किने बानी छोड्ने। आफूलाई सन्तुष्ट राख्ने। आफू सँग जे छ आफू जस्तो अवस्थामा छ त्यसैलाई स्विकारेर त्यसलाई आफ्नो जीवनको परीक्षा ठानेर सामना गर्ने। सन्तुष्ट र धन्य बन्ने। त्यसो गर्न सक्दा मात्र तपाइमा सकारात्मक सोच आउने छ। त्यही सकारात्मक सोचले बढाएको तपाइको आत्मा बलले तपाईँलाई खुसी र सुखी मात्र हैन निरोगी राख्ने समेत अचुक औषधि बनिदिन्छ।

 

वैदिक ज्ञानको निचोड अनुसार तपाई सँग निरोगी रहने यो बाहेक अर्को कुनै विकल्प छैन। किनकि चकचके बाँदर जस्तो चली रहने तपाइको चित्तले तपाइमा सदैव अव्यवहारिक अपेक्षाहरू जन्माउने गर्दछ। अव्यवहारिक अपेक्षा, मेहनत र क्षमता विहीन उपलब्धिको चाहत जन्माउने प्रकृतिको हुन्छ। त्यसले तपाइलाई पाठ भ्रष्ट त पार्छ नै, तपाइको शरीरको स्व-उपचार क्षमतामा समेत रास ल्याउने र तपाइलाई विभिन्न रोगहरूको घरको रूपमा परिवर्तित गरिदिन्छ।

 

जब तपाईँको मनले अव्यवहारिक अपेक्षाहरू गर्दछ, तपाई अत्यन्त सानो चित्त लिएर आफू पनि दु:ख पाउनु हुन्छ र आफ्ना वरपरका लाई पनि तपाइको व्यवहारले सताउने परिस्थिति बन्छ।  हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता मार्फत तपाईँलाई स्वस्थ राख्ने तर्फ तपाइको शरीरले तपाइको सहयोग समेत पाउँदैन। तपाइको आफ्नै सहयोग नपाएको तपाइको शरीर तपाइका आन्तरिक समस्याको अल्पकालीन समाधान तर्फ लाग्दछ।

 

समस्याको अल्पकालीन समाधान अन्तर्गत उत्पत्ति भएका र लागेका रोगको उपचार प्रक्रिया आदि पर्दछ। शरीर स्वस्थ राख्ने होइन कि शरीरको दर्द पूर्ण जीवनको आयु लम्ब्याउने उपायहरूको विकल्प खोज्न थाल्छ। त्यस्ता समाधानको उपायहरुले मूर्त रूप पाउन समेत तपाइलाई उपचारात्मक ओखती, थेरापी तथा अप्रेसन आदिको जरुरत पर्दछ। ओखती खाएरै बाँकी जीवन कटाउनु पर्ने जोखिम जन्मन्छ।

 

हाम्रा ऋषिहरू जस्तोसुकै आपत् विपथ आउँदा समेत आफ्नो आत्मबल निर्माणको लागि आध्यात्मिक बने। आफ्नो मन र चित्त नियन्त्रण गरी आफ्नो शरीर लाई हिलिङ्ग मार्फत दीर्घकालीन उपचार गर्न सघाएर लामो सुखी र आनन्दित जीवन बिताउन सफल बने। हाम्रा ऋषिहरूको पथ मनको भित्री कुना वाट चाहेमा तपाइले पनि अवलम्बन गर्न सक्नु हुन्छ। त्यसको लागि माथि वर्णन भएका वैदिक ज्ञानका चुरो वैज्ञानिक पक्षहरू वारेको ज्ञानले तपाईँलाई सहयोग पुर्‍याउन सक्दछ।

45Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: