मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बिरुवाहरु बोल्दै गरेको भेटियो: सबै जीवमा चेतना हुने पुष्टि।

अथर्ववेदाचार्य नारायण घिमिरे।

 

बिरुवाहरू एक अर्कासँग “बोल्दै” गरेको वास्तविक-समयको भिडियो फुटेज वैज्ञानिकहरू पहिलो पटक रेकर्ड गर्न सफल !!

वैदिक ग्रन्थहरूले दाबी गरे अनुरूप रुख बिरुवा लगायतका सम्पूर्ण वनस्पतिहरूमा चेतना हुने र तिनीहरू बिच आपसी संवाद हुने कुरा पटक पटक विज्ञानले प्रमाणित !!

 

अभ्रं भूत्वा मेघो भवति मेघो भूत्वा प्रवर्षति

त इह व्रीहियवा ओषधिवनस्पतयस्तिलमाषा इति

जायन्तेऽतो वै खलु दुर्निष्प्रपतरं यो यो ह्यन्नमत्ति

यो रेतः सिञ्चति तद्भूय एव भवति ॥ छांदोग्य उपनिषद् ५.१०.६॥

यसको अर्थ हुन्छ: पानी कुहिरो र बाफ बनेपछि बादलमा परिणत हुन्छ। त्यस बादलबाट बनेको पानी बर्सेर पृथ्वीमा खस्छ। वर्षाको सिञ्चित भएर धान, जौ, बोटबिरुवा, रूख, तिल, सिमी आदिको अङ्कुरण हुने र बढ्ने कार्य सम्भव बन्छ। अत्यन्त कठिन परिवर्तनशील विधिको उपयोग गर्दै यसरी उपलब्ध खानेकुराहरूले दिने पोषण र सन्तान वृद्धिको तागतले आफू जस्तै सन्तान जन्माउन जीव र वनस्पति लाई सक्षम बनाउने गर्दछ।

प्राचीनशाल औपमन्यवः सत्ययज्ञः

पौलुषिरिन्द्रद्युम्नो भाल्लवेयो जनः शार्कराक्ष्यो

बुडिल आश्वतराश्विस्ते हैते महाशाला महाश्रोत्रियाः

समेत्य मीमाꣳसां चक्रुः को न आत्मा किं ब्रह्मेति ॥ छांदोग्य उपनिषद् ५.११.१॥

यसको अर्थ हुन्छ:  जरामा कसैले प्रहार गर्‍यो भने ठुलो रुखको रस (रगत रुपी) बाहिर बग्छ (Bleeding) तर पनि रुख  बाँच्न सक्छ। रुखको डाँठमा कसैले प्रहार गर्‍यो भने पनि उसको रस बग्दछ, तर पनि रुख बाँच्नेछ। रुखको टुप्पोमा प्रहार गर्‍यो भने पनि रस बग्नेछ, तर रुख बाँच्नेछ। आफ्नो सम्पूर्ण भागमा जीवित आत्मा व्याप्त रहेसम्म रूख उपलब्ध पोषण तत्त्व पिएर दृढ र निश्चल रहेर जीवन जिउने गर्दछ।

 

ते ह सम्पादयांचक्रुरुद्दालको वै भगवन्तोऽयमारुणिः

सम्प्रतीममात्मानं वैश्वानरमध्येति तꣳ

हन्ताभ्यागच्छामेति तꣳ हाभ्याजग्मुः ॥ ५.११.२॥

 

यसको अर्थ हुन्छ: तर यदि रुखको आत्माले कुनै एक हाँगो छोड्यो भने त्यो हाँगा ओइलाउँछ। दोस्रो ;हाँगो लाई समेत छोड्यो भने त्यो हाँगो पनि ओइलाउँछ। तेस्रो लाई छोडेमा तेस्रो पनि ओइलाउँछ। यदि पूरै रुखलाई छोड्यो भने, सम्पूर्ण रूख नै ओइलाउँछ। ठिक त्यस्तै तरिका हरेक प्राणीमा समेत लागु हुन्छ।

 

योनिमन्ये प्रपद्यन्ते शरीरत्वाय देहिनः ।

स्थाणुमन्येऽनुसंयन्ति यथाकर्म यथाश्रुतम् ॥ कठ उपनिषद् ७॥

यसको अर्थ हुन्छ: आफ्नो कर्म र ज्ञान अनुसार कुनै आत्मा जीव गर्भ गृहमा प्रवेश गरेर जीवको रूपमा व्याप्त रहन्छन् भने कुनै अचल बीज गर्भ गृहमा प्रवेश गरी वनस्पतिको रूपमा (स्थाणुमन्येऽनुसंयन्ति = वृक्षादीस्थावरभावम्) व्याप्त हुन पुग्दछन्।

 

अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।

अहमादिश्च मध्यं च भूतानामन्त एव च ॥ भगवद गीता: अध्याय १० श्लोक २०॥

यसको अर्थ हुन्छ: सबै जीवमा (प्राणी तथा वनस्पति) शाश्वत आत्मा ईश्वरीय हृदयको रूपमा अवस्थित रहन्छ। जसलाई ईश्वर (म) भनिएको छ। ईश्वर भन्नु हुन्छ म सबै जीवित जीवको हृदयमा अवस्थित छु। म नै समस्त जीवको भूत, वर्तमान र भविष्यको कारक हुँ।

 

यतो वा इमानि भूतानि जायन्ते येन जातानि जीवन्ति ।

यत्प्रयन्त्यभिसंविशन्ति  ॥ तैत्तरीयोपनिषद ३.१.१॥

 

यसको अर्थ हुन्छ: ईश्वरको छत्र छाया र सहभागितामा नै सबै जीवहरूको उत्पत्ति हुन्छ। सबै जीव जीवित रहन्छन्। र अन्ततः वहाँ मै जीवन लीन गर्दछन्।

 

वैदिक अवधारणा अनुरूप छांदोग्य उपनिषदले प्रष्ट गरे अनुशार हरेक वनस्पति समेत जीवित रहनको लागि आत्माको आश्रय जरुरत पर्दछ भन्ने कुरा प्रस्ट गर्दछ। वनस्पतिको भित्र रसको प्रवाह हुने र त्यसमा चोट लाग्दा बाहिर बग्ने, जीवात्माले छोड्दै जाँदा ओइलाउने घटना मार्फत चलायमान रहने जीव जन्तुमा जस्तै निर्जीव जस्तो  अचल रुख बिरुवाहरू समेत भावनाले सम्पन्न छन् , उनीहरूमा चेतना (कन्ससनेस) हुन्छ भन्ने कुराको दृष्टान्त दिन्छ।

यसरी वैदिक ग्रन्थहरूले रुख बिरुवा लगायतका सम्पूर्ण वनस्पति अचल अ-संवेदनशील वस्तुहरू हुन्छन् भन्ने बौद्ध र वैशेषिक दर्शनको मतमा सत्यता नरहेको प्रस्ट गर्दछ।

 

वैदिक ग्रन्थहरूले दाबी गरे अनुरूप रुख बिरुवा लगायतका सम्पूर्ण वनस्पतिहरूमा चेतना हुने र तिनीहरू बिच आपसी संवाद हुने कुरा पहिलो पटक विज्ञानले प्रमाणित मात्र होइन भिडियोमा उनीहरू बिच भएको संवाद कैद सम्म गर्न सफल भएको छ।

भर्खरै टोकियो महानगरीय क्षेत्रको साकुरा-कु, साइतामामा जापानी राष्ट्रिय विश्वविद्यालयको रूपमा रहेको साइतामा विश्वविद्यालयका (Saitama University)  वैज्ञानिकहरूको टोलीले गरेको एक अचम्मको खोजमा बिरुवाहरू एक अर्कासँग “बोल्दै” गरेको वास्तविक-समयको भिडियो फुटेज रेकर्ड गर्न सफल भएका छन्।

ती वैज्ञानिकहरूका अनुसार  कीरा र अन्य कारणहरूले गर्दा क्षतिग्रस्त बनेका बोटबिरुवाहरू आफ्नो नजिकको अन्य बोटबिरुवाहरूलाई खतराको सङ्केत दिन  क्षति नभएका बिरुवाहरू सँग सञ्चार गरेको अविश्वसनीय क्षणको भिडियो फुटेज उनीहरूले संसारमै पहिलो चोटि रेकर्ड गर्न सफल भए।

 

जसलाई तल दिएको भिडियोमा हेर्न र बुझ्न सकिन्छ। साइतामा विश्वविद्यालयका वैज्ञानिकहरूको यो कार्यले वेदमा उल्लेखित बिरुवाको समेत चेतना हुने र उनीहरू आपसमा कुराकानी गर्ने यथार्थ सत्य रहेको प्रमाणित हुन् समेत सहयोग पुर्‍याएको छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: