मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खानपान मार्फत अक्सिजनको आपूर्ति ।

नारायण घिमिरे

एक ७० किलो ओजनको मानिसको लागि दैनिक जरुरी पर्ने लगभग २५५० क्यालोरी ऊर्जा खानाबाट पूर्ति गर्न दिनको लगभग १.३२ गुणा दशको पावर पच्चीस अक्सिजनको (डाइआक्सिजन मलिकुल) आवश्यकता  पर्दछ। ७० किलोग्रामको व्यक्तिमा लगभग दशको पावर चौध कोषहरू हुने हुँदा हरेक सेलले प्रतिदिन औसत  लगभग १.३२ गुणा दशको पावर एघार अक्सिजनको खपत गर्दछ।

 

हरेक सेलले खपत गर्ने प्रति सेकेन्ड लगभग पन्ध्र लाख अक्सिजनको पूर्ति गर्न हाम्रो शरीर भित्र कुनै अक्सिजन भण्डारणको व्यवस्था हुँदैन। हाम्रो फोक्सोले जति बेला जरुरी पर्‍यो त्यति बेला उपलब्ध गर्ने गरी वरपरको वातावरणमा रहेको हावा र पानी वाट अक्सिजन लिएर हाम्रो शरीरको जरुरत अनुरुपको अक्सिजनको आपूर्ति मिलाउँदछ। जसमा हाम्रो शरीरमा रहेको रगत र अन्य तरल पदार्थहरुको अहम भूमिका रहने गर्दछ।

 

हाम्रो कोषहरू हर समय अक्सिजनको आपूर्तिले भरिपूर्ण रहने गर्दछन्। हरेक रात जब हामी निद्रामा पुग्छौ सेलमा रहेको अक्सिजनको पुनर्ताजकी वा कायाकल्प हुने गर्दछ। सेलमा हुने जरुरत अनुरूपको अक्सिजनको मात्राले ऊर्जा उत्पादन गर्ने, मस्तिष्कको कार्य सुचारु गराउने, तनाव नियन्त्रण र संयोजन गरी बेचैनी वाट मुक्ति दिलाउने तर्फ कार्य गर्दछ।

 

शरीरले महसुस गरेको थकान मेट्न, आफू स्फूर्त र ऊर्जाशील रहेको महसुस गर्न समेत पुनर्ताजकीपन ग्रहण गरेको अक्सिजनले योगदान दिन्छ। जरुरत भन्दा कम मात्राको अक्सिजनको आपूर्तिले पोषण तत्त्वहरू वाट जरुरत अनुरूपको ऊर्जा आपूर्ति गर्न नसक्ने, कोष भित्रको तरल पदार्थ तथा अन्य पदार्थहरुको सफा सुग्घर गर्न, पुनर्निर्माण र मृत कोशिकाको प्रतिस्थापनको लागि आवश्यक पर्ने ऊर्जा उपलब्ध गराउन नसक्ने स्थिति पैदा हुन्छ।

 

परिणाममा शरीरको तरल पदार्थ र रगत फोहोर तथा विषाक्त बन्न जान्छ। रगत र तरल पदार्थ विषाक्त हुने क्रम जति बढ्छ रगत तथा तरल पदार्थको एसिडिटी वा अम्लीय पन बढ्न जान्छ। अम्लीय पन जति बढ्न जान्छ त्यति रगत र तरल पदार्थमा अक्सिजनको घुल्ने क्षमता घट्दै जान्छ। समस्या झन् गहिरो बन्छ। अक्सिजनको कमीको यो चक्रले शरीरको रोग प्रतिरोधी क्षमता शिथिल पारिदिन्छ। कमजोर प्रतिरक्षा प्रणाली भाइरल सङ्क्रमण, डिएनए उत्परिवर्तन, रोग जनक ब्याक्टेरियाको आक्रमण, सुन्निने, मुटुको रोग विकास हुने, रगतमा विषाक्त पदार्थ जम्ने र समय पूर्व नै मानिस बुढो देखिने स्थिति पैदा गर्न निर्णायक बनिदिन्छ।

 

शरीरको फिटनेसमा देखिएको कमजोरीका कारण फोक्सोमा उपयुक्त मात्रामा अक्सिजन प्राप्त हुन नसक्नु वा सोसिन नसक्नु, रगतको अभाव वा रगतमा अक्सिजन सोसिन सक्ने क्षमताको कमजोरीले फोक्सो वाट कोषहरू सम्म अक्सिजन प्रवाह राम्रो हुन नसक्नु, उच्च उचाइ, थकान, विषाक्त खाना, पानी, हावा, एसिडोसीस, निद्रा बिथोलिने रोग, एनीमिया, श्वास सम्भंधि रोग, तनाव तथा पाचन सम्बन्धी रोगहरू आदि रगतमा अक्सिजनको कमी गराउने कारणहरू हुने गर्दछ। नोबेल पुरस्कार विजेता ओटो वाह्रबर्गका अनुसार कोष भित्र तथा कोषहरूको वरपरको वातावरणमा (रक्त सञ्चार तथा तरल पदार्थ) क्यान्सर जस्ता रोग निम्त्याउन सक्ने कार्सिनोजेनहरू र अन्य विषाक्त पदार्थहरूको निर्माण हुन पुग्दा त्यसले हरेक सेलमा हुने श्वास-प्रश्वासको प्रक्रिया लाई अवरुद्ध गर्दै जान्छ। र अन्ततः उक्त सेलुलर संयन्त्रलाई क्षति पुर्‍याउने गरी सेलुलर श्वास-प्रश्वासको प्रक्रिया नै भत्काई दिन्छ।

 

रगतले फोक्सो वाट कति अक्सिजन घुलाएर कोशिका सम्म पुर्‍याउन सक्छ भन्ने कुराको प्रत्यक्ष सम्बन्ध रगतको पिएच वा अम्लीय र क्षारीय  पन सँग हुने गर्दछ। रगतमा जति जति पिएच लेबल कम हुन्छ त्यति रगतका हिमोग्लोबिनका अणुहरूमा अक्सिजनको आकर्षण शक्ति घट्न जाँदा रगत सोस्ने तागत पनि घट्दछ। जिरो देखि १४ को स्केलमा हुने पिएचको मापनमा ७ लाई न्युट्रल बिन्दु मानिन्छ। सात मुनिको स्केल लाई अम्लीय र माथिको स्केल लाई क्षारीय अवस्था मानिन्छ। मानव शरीरमा रगत, लिम्फ र सेरेब्रल स्पाइनल फ्लुइडको पिएच ७.४ वा थोरै क्षारीय हुने गरी हाम्रो शरीर को इङ्गिनियरिङ्ग वा डिजाइन गरिएको हुन्छ। जब शरीर क्षारीय हुन्छ तब डोनट, चिनी, कफी, सुर्ती जस्ता लत लाग्ने चीजहरू खाने इच्छा प्राय: हराउद्छ।

 

सन १९९३ मा डा. वार वर्गले कोषहरूमा अक्सिजनको कमीले गर्दा मानिसमा क्यान्सर लाग्दछ भनी प्रमाणित गरी पहिलो नोबेल पुरस्कार जीतेका थिए। सामान्यतः सेलले नियमित सेलुलर श्वास-प्रश्वास प्रक्रियाको सट्टा सेलमा पुगेको खाना वा चिनी लाई जब फर्मेंन्टेसन गर्ने गतिविधि देखाउँदछ तब त्यहाँ क्यान्सरको लागि पृष्ठभूमि तैयार हुन्छ। यही क्रममा जब कुनै कोषले आफ्नो जरुरतको ६०% अक्सिजन प्राप्त गर्न इन्कार गर्दछ तब त्यहाँ पैदा हुने क्यान्सर जस्ता रोग निम्त्याउन सक्ने कार्सिनोजेनहरू र अन्य विषाक्त पदार्थहरूका कारण मानिसमा क्यान्सर पैदा हुने गर्दछ। अरू रोग जस्तै क्यान्सरले समेत शरीरमा अन्य: रोगहरू निम्त्याउने गर्दछ। सेलको तहमा यसले जन्माउने अक्सिजनको हाहाकार  सेल भित्र र बाहिर फोहर बटुल्ने कारक बन्दछ। जसको कारण वाट रगत सञ्चार गर्ने ससाना धमनी र सिराहरू समेत बन्द हुन सक्दछ।

 

औषधि विज्ञानमा प्रयोग हुने हाइपोक्सिया र हाइपोक्सेमिया दुवै अक्सिजनको कमीको अवस्था हो। हाइपोक्सिया तन्तु वा सेलुलर लेभलमा अक्सिजनको कमी हो भने हाइपोक्सोमिया रगतमा अक्सिजनको कमीले देखिने अक्सिजनको दबाब वा प्रेसरको कमी हो। हाइपोक्सोमियाको समयमै उपचार हुन नसक्दा हाइपोक्सियाको लक्षण पैदा हुन्छ। हाइपोक्सोमिया हाइपोक्सियाको सामान्य कारण भएता पनि हाइपोक्सोमियाको समस्या नभएका हरुमा  हाइपोक्सिया हुन सक्दछ।

 

हाम्रो सेलहरूमा हुने मेटाबोलिजम प्रक्रियामा अक्सिजनको अनिवार्यता रहन्छ। अक्सिजनको नियमित आपूर्ति हुँदा ३८ वटा  ऊर्जा उत्पादन गर्ने  एडेनोसिन ट्राइफॉस्फेटका अणुहरू उत्पादन सम्भव बन्छ भने अक्सिजनको अभावमा कोशिकाहरूले मात्र दुई ऊर्जाका (एडेनोसिन ट्राइफोस्फेट) अणुहरू उत्पादन गर्न सक्दछन्। अक्सिजनको अभावमा शरीरले उत्पादन उत्पादन गर्ने ऊर्जा छोटो अवधिको सेलुलर ऊर्जाको आवश्यकताहरू पूरा गर्न सक्दछ।

 

अक्सिजनको अभावमा अक्सिजन बिना सञ्चालन हुने मेटाबोलिजम प्रक्रियामा हानिकारक उप-उत्पादनको रूपमा ल्याक्टिक एसिड पैदा हुन्छ। जसले  सेलुलर पिएच घटाउने, सेलुलर र अर्गनेलका झिल्लीहरू कमजोर पार्ने र सेलुलर एसिडोसिसको परिणाम निम्त्याउँछ। जुन सेलको मृत्यु र संवेदनशील अङ्गहरूको विफलताको कारण बनिदिन्छ।

 

स्वस्थ मानिसको तन्तु वा सेलुलर लेभलमा अक्सिजनको सन्तृप्त स्तर ९२% र ९८% बिचमा हुने गर्दछ। उनीहरूमा अक्सिजनको मात्रा ९२% भन्दा कम भएमा हाइपोक्सिया भएको मानिन्छ। श्वास – प्रश्वासको समस्या भएका बिरामीहरूमा भने तन्तु वा सेलुलर लेभलमा सन्तृप्त अक्सिजन ८८% देखि ९२% हुन सक्दछ। जसमा ८८% भन्दा कम अक्सिजनको कन्सन्ट्रेसन रहनु हाइपोक्सिक मानिन्छ।

 

हाल हामी सँग तन्तु वा सेलुलर लेभलमा अक्सिजनको सन्तृप्त स्तर मापन गर्न सकिने यन्त्र नरहेकाले रगतमा हुने अक्सिजनको प्रेसरको मापन वाट मानिसमा हाइपोक्सोमियाको समस्या रहे-नरहेको यकिन गरिन्छ। सामान्य मानिसमा धमनीको अक्सिजन करिब ७५ देखि १०० मिलिमिटर एचजी हुने हुँदा ६० मिलिमिटर एचजी भन्दा कमको अक्सिजनको मात्रामा पूरक ऑक्सीजनको आवश्यकता रहेको सङ्केत गर्दछ।

 

रगतको अक्सिजनको मात्रा नाप्ने पल्स-अक्सिमिटरले सामान्यतया ९५ देखि १०० प्रतिशत अक्सिजन देखाउने गरी डिजाइन गरिएको हुने हुँदा उक्त मेसिनले ९० प्रतिशत मुनिको रिडीङ्ग देखाउँदा रगतमा अक्सिजनको कमी रहेको ठानिन्छ। आफ्नो अवस्था अनुसार हरेक मानिसलाई आफ्नो रगतको सामान्य अक्सिजनको मात्रा कति हुने गर्दछ भन्ने थाहा हुनु पर्दछ। आफ्नो शरीरको सामान्य अक्सिजनको तह भन्दा ३ प्रतिशत तलको अक्सिजन लेबलमा मानिसले आफ्नो डाक्टरी चेक-जाँच गर्न आवश्यक हुन्छ भने ४ प्रतिशत भन्दा अधिक घट्दा अस्पतालमा भर्ना हुनु बुद्धिमानी ठानिन्छ।

 

रगतमा जब अक्सिजन स्तर धेरै खस्कन्छ तब शरीरको धड्कन बढ्ने, अलमल-गोलमाल महसुस हुने, चक्कर लाग्ने, सास ढिलो फेरे जस्तो महसुस हुने, टाउकोमा कसैले दबाएको जस्तो महसुस हुने, टाउको दुख्ने जस्ता लक्षणहरू देखा पर्दछ। हालको पेनडेमिकको समयमा अक्सिजन दिने भेन्टिलेटरको अभाव देखिएकोले खानपान र उचित जीवन शैलीको मध्यम वाट रगतमा अक्सिजनको मात्रा बढाउने तरिका बारे जान्नु समय सान्दर्भिक भएको छ।

 

फेरीटिन रगतमा हुने  इंट्रासेल्युलर प्रोटिन हो जसले फलामको भण्डार गर्दछ। रगतमा कति फलाम छ भन्ने बुझ्न फेरीटिनको परीक्षण गरिन्छ। फेरीटिनको स्तर सामान्य भन्दा हुँदा रगतमा फलामको भण्डार कम रहेकोले फलामको कमीका कारण रक्त अल्पता वा एनिमिया (रगतमा अक्सिजनको कामिहुने रोग) हुन सक्छ। फेरीटिनको स्तर अत्यधिक रहदा कलेजो रोग, बाथ रोग, हाइपरथाईरोडिजम हुन सक्ने सम्भावना तर्फ सङ्केत गर्दछ। केही प्रकारको क्यान्सरमा समेत रगतमा फेरीटिनको स्तर उच्च देखिन्छ।

 

रगतमा फेरीटिनको कमीले हीमोग्लोबिनको मात्रामा कमी निम्त्याउँछ। हीमोग्लोबिन वा रगतको रातो रक्त कोशिका रगतमा अक्सिजन बोक्ने सहयोग गर्ने मूलक घटक हो। मासिक रूपमा हुने रजस्वलाको समयका महिलाहरू, शाकाहारीहरू र भेगन मानिस हरू तथा नियमित रूपमा ऎन्टासिड लिने मानिसहरू फेरीटिनको अभावमा रगतमा अक्सिजनको कमी हुन पुग्ने उच्च जोखिम रहन्छ।

 

महिनावारी हुने बखतमा नारी तथा शाकाहारीहरू र भेगन खाना खाने मानिसहरूले आफ्नो खानामा रगतमा अक्सिजनको घुलनशीलता बढाउने खानपान समावेश गर्न नसक्दा समस्यामा पर्ने गर्दछन्। नियमित  ऎन्टासिड लिने गरेका मानिसहरूको हकमा भने ऎन्टासिडको प्रयोगले पेटको एसिडको स्तर घटाउने हुँदा खाना वाट फलामको अवशोषण गर्ने क्षमता घटाउने वा रोकिदिने हुँदा आहारमा पर्याप्त आइरनका स्रोतहरू समावेश रहदा समेत रगतले उक्त आइरन प्राप्त गर्न नसक्दा रगतमा अक्सिजनको मात्रा खस्काउन महत्त्वपूर्ण भूमिका खेलिदिन्छ।

 

खानामा प्राकृतिक रूपमै पाइने नाइट्रेट एउटा यस्तो यौगिकहरू हुन् जसले रक्त नलीहरूलाई आराम दिन्छ र शरीरभरि अक्सिजनको आपूर्ति बढाउन सहयोग गर्दछ। चुकन्दर, लसुन, पात हुने सबै प्रकारका साग, अनार, फूल गोभी, गोभी, केल, तोरीको साग, रायोको साग, खोले साग, ब्रोकाउली, ब्रसेल्स स्प्राउट्स जस्ता ब्रसिकेसी फेमिलीका हरियो सागपात, मासु, गेडागुडी र बीउ वा सीड्सहरुमा पाइन्छ।

 

रक्त प्रणाली भित्र नियमित रक्तसञ्चार गराउन मद्दत गर्ने आइरन दुई प्रकारको श्रोत वाट प्राप्त हुन्छ। मासु, कुखुरा र समुद्री खाना आदि जस्ता प्राणीको मासुमा दुवै हेमी आइरन (जम्मा आइरनको ४०%) र गैर-हेमी आइरन (जम्मा आइरनको ६०%) पाइने गर्दछ। साहाकारी खाना जस्तै बिरुवा, नट, बीउ, फलफूल, र पातका सागहरूमा पाइने आइरनमा १००% नै गैर-हेमी आइरन हुने गर्दछ। खानामा भएको गैर-हेमी आइरनमा २ देखि १२ प्रतिशत मात्र शरीरलाई प्राप्त हुन्छ भने झन्डै ३५% सम्म हेमी आइरन शरीरले सोसेर लिन सक्दछ। रगतमा अक्सिजनको घुलान्सिलता बढाउने क्षमता वृद्धि गर्न जरुरी हुने आइरनको उपलब्धता बढाउन खानामा फोलेट, भिटामिन बि-१२ आदिको समेत जरुरत हुन्छ।

 

भिटामिन-सीले समेत यसमा भूमिका खेल्ने गर्छ। खानामा फोलेट र भिटामिन बि-१२ जस्ता पदार्थ उपलब्धताको निश्चित गर्न प्रचुर मात्रामा फाइबरयुक्त र विभिन्न रङ्गका साग पात र बोट बिरुवा युक्त खाना वाट प्राप्त हुने खाद्य पदार्थहरू विविध आहारको रूपमा सामबेश गर्न अनिवार्य हुन्छ। खानामा जति धरै रङ्गका खाद्य पदार्थ समावेश गर्न सक्यो त्यति शरीरमा एन्टिऑक्सिडन्ट बूस्ट गर्ने र रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने गरी रगतले अक्सिजन सोस्ने क्षमता बढाउन र शरीर लाई पूर्ण रूपमै ऑक्सीजनेशन गर्न मद्दत पुर्‍याउन सकिन्छ।

 

हरेक व्यक्तिको रगतको फेरीटिनले स्टोर गर्न सक्ने फलामको आधारमा खाना वाट हेमी आइरन सोस्न सक्ने क्षमता १५% देखि ३५% हुन सक्दछ। खानामा फोलेट, भिटामिन बि-१२, भिटामिन-सी आदिको उपस्थितिमा समेत गैर-हेमी आइरनको अबशोषण दर २ देखि २०% सम्म रहदा समेत शरीरको फलामको मुख्य आपूर्तिमा गैर-हेमी आइरनको श्रोत रहेका शाकाहारी र भेगन खाना नै मुख्य हुन्छन।

 

सास फेर्ने फोक्सोको मुनि रहने विशेष प्रकारको मांसपेशी डायाफ्रामले फोक्सोलाई श्वास फेर्दा पेटबाट अलग राखी पूर्ण क्षमतामा फुक्ने स्थान उपलब्ध गराउँदछ। ध्यान नदिँदा समेत आफ्नो नियमित चल्ने श्वास-प्रश्वास तर्फ जब हामी ध्यान दिएर आफ्नो पेटमा फोक्सोलाई पुरा फुल्ने गरी छातीमा खाली स्थान उपलब्ध गराई दिन्छौ त्यो बेला फोक्सो आफ्नो पूर्ण क्षमतामा फुलेर हावाले भरिन सक्दछ। सामान्य करङको भरमा चल्ने श्वास-प्रश्वासमा फोक्सो कहिल्यै आफ्नो पूर्ण क्षमतामा सास फेरिरहेको हुँदैन।

 

दोस्रो कुरा सामान्य कसरत गर्दा, निदाउँदा वा दिनको सामान्य गतिविधिको समयमा समेत मानिसको मुखले मात्र सास फेर्ने बानी बसेको हुन्छ। जाग्रत अवस्थामा र निद्रामा समेत नाक वाट श्वास फेर्ने बानीनिकै धरै मानिसमा विकास भएको भेटिन्छ।

 

शरीरभर प्रभावकारी रक्त सञ्चार गर्ने धमनीहरूलाई उचित रूपमा फुलाउने भासोडाएलेटर ग्यासको रूपमा नाइट्रिक अक्साइडले भूमिका खेल्दछ। नाइट्रिक अक्साइड नाकको पारानेसल साइनसहरूमा उत्पादन हुने गर्दछ। नाकको मध्यम वाट श्वास फेर्दा पारानेसल साइनसले उत्पादन गरेको नाइट्रिक अक्साइड सहित हावा फोक्सोमा पुग्दछ। हावा सँगै फोक्सोमा पुगेको नाइट्रिक अक्साइडले आफ्नो काम तुरुन्त सुचारु राख्दछ।

 

भर्खर सम्पन्न भएका अध्ययनहरूले मुखको मार्ग वाट फोक्सोमा पुग्ने श्वास वाट नाइट्रिक अक्साइड प्रभावकारी रुपमा पुग्न कठिन देखायो। फलतः नाक वाट हुने श्वास-प्रश्वासजस्तो मुख वाट पुगेको हावाले कोषहरूमा प्रभावकारी अक्सिजन उपलब्ध गराउन नसक्दा मानिसले थकान र तनाव महसुस गर्ने गरेको प्रमाणित गर्यो।

 

नाक वाट भन्दा मुख वाट धेरै सास फेर्न बानीले  धेरै हावा नाकको साँघुरो नाली र  पारानेसल साइनस तिर नगई सिधै  फोक्सोमा पुग्ने हुँदा नाकले हावालाई हल्का न्यानो पारि फिल्टर गर्ने प्रणालीको समेत बाइपास हुने गर्दछ। मुख वाट अधिक सास फेर्न बानी बसेका मानिसमा मुख हुँदै हुने हावाको आदान-प्रदानले मुख सुख्खा गराउँदछ।

 

माथिल्लो श्वास नलीमा फिल्टर बिना पुगेको हावाको एलर्जी आदिका कारण सास फेर्न गाह्रो हुने, फोक्सोमा अक्सिजन नै नपुगेको आभास हुने जस्तो समस्या भेटिएको छ। नाक बाट भन्दा मुख वाट फोक्सोमा पुगेको हावा रगतमा अक्सिजनको कम  अवशोषण र कार्बन डाइअक्साइडको धेरै घुलन गराउने प्रकृतिको भेटिएको छ। उक्त परिवर्तन र त्यसले जन्माउने स्वस्थका अन्य समस्याले मानिसमा दर्द पन महसुस हुने र कमजोर रोग प्रतिरोध क्षमतामा बनाइदिन कारक समेत बनेको भेटिएको छ।

 

तुलनात्मक रूपमा धेरै पानी र ऊर्जाको क्षति देखिने मुख वाट सास फेर्ने तारिकमा र्‍यालको प्रोफाइलमै फरक पन भेटिने गर्दछ। स्वस्थ मानिस नाकले श्वास लिने पद्दति वाट मुखले सास फेर्ने तारिका तर्फ लाग्दा मुखमा ४२% पानीको मात्रा घटेको भेटिएको थियो।

 

योग, मेडिटेसनले एकातर्फ फोक्सोलाई पूर्ण क्षमतामा फुलेर धेरै अक्सिजन सोसिने अवसर पैदा गर्न तालिम उपलब्ध गराउँदछ भने नाकका नलीहरू सहज गरी नाक वाट श्वास फेर्न अभ्यस्त गराउँदछ। यसले एकातर्फ फोक्सोले रगतमा पुर्‍याउने अक्सिजनको मात्र नै बढाउन सहयोग गर्दछ भने अर्को तर्फ नाइट्रिक अक्साइड युक्त रगत बोकेका रक्त नलीहरू हल्का फुक्ने, आराम सँग रक्त सञ्चार गर्ने र शरीरभरि अक्सिजनको आपूर्ति बढाउन सक्ने गरी पुनर्ताजकी प्राप्त गर्न सम्भव बन्दछ। कोषहरूमा प्रभावकारी अक्सिजन उपलब्ध गराउन सक्दा मानिसले थकान र तनाव वाट समेत मुक्ति प्राप्त गरेको महसुस गर्ने गर्दछ।

 

६० देखि ७० प्रतिशत पानी निर्मित मानव शरीरमा रगतमा उपलब्ध पानीको मात्रा र गुणस्तर रगतमा अक्सिजनलाई रगतमा घुलनशील गर्न र कोसहरूमा ऊर्जा उत्पादन गर्ने कार्यको लागि अत्यधिक महत्त्व पूर्ण हुन्छन्। शरीरको मेटाबोलिक कार्यहरूमा, जोर्नीका लुब्रिकेट हरुमा, शरीर भित्र पैदा हुने फोहर, कचरा र विषहरू लाई प्रभावी रूपले शरीर बाहिर फाल्न, शरीरको तापक्रम नियमित गर्न र शरीरका हरेक तन्तुहरू व्यावहारिक रूपमा एक प्रणालीको रूपमा सञ्चालन गर्न पानी अनिवार्य हुन्छ। आज पनि स्वास्थ्य वारे सचेत व्यक्तिहरू समेत निकै थोरै पानी पिउने गरेको भेटिएको छ। क्षारीय पेय र जडीबुटी युक्त पेयको महत्त्व बुझेता पनि नजर अन्दाज गरी व्यवहारमा उपयोग गरिरहेको देखिँदैन।

 

शरीरमा पर्याप्त पानीको अभावले लिम्फेटिक प्रणालीमा अस्थिरता निम्त्याउने निश्चित रहन्छ। जसले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने, तागत हिन, गति हिन र थकित मात्र बनाउँदैन विभिन्न सङ्क्रमणहरूको सम्भावना समेत विकास गर्दछ। तसर्थ जरुरत अनुरूपको पानी, हरेक दुई दिनमा एक बटल जति ८ वा ९ पिएचको क्षारीय (अल्कलाइन वाटर- हिमालको वा लेकको पनि) पानीको बोतल पिउनु, हर्बल चिया, रगतमा अक्सिजन सोस्न सहयोग गर्ने हर्बल पेय आदि सेवनले शरीरको तन्तु तथा कोष हरुको अक्सिजनको जरुरतको पूर्ति गर्न सहयोग पुर्‍याउने छ।

 

आलस, तोरी र तिलको तेलको प्रयोग, खानामा नुन कम गर्ने, ताजा फलफूलको जुस, घियू कुमारीको जुस, ताजा भेजिटेबलको जुस, ग्रिन चिया, हर्बल चिया, बेसार पानी, कागती पानी, फ्रेस लेमन सोडा आदि पिउने, खानामा हाली खाने मसला जस्तै अदुवा, लसुन, बेसार, जिरा, धनियाँ, मेथी, प्याज,  सुकेको खुर्सानी, ज्वानो, जाइफल, ल्वांग, सुकमेल, अलैची, दालचिनी आदि जस्ता आफ्नै निकै धेरै हाम्रै भान्साका सहयोगी जडीबुटीहरू प्रयोग गर्ने उपायको समेतको नियमितताले प्रभावकारी भूमिका खेल्ने निश्चित छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

391Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: