मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कफ, पित्त र वात वडी-क्वान्टम मेकानिक्सको मिनी कन्फरेन्स !!

वैदिक मिनी कन्फरेन्स

जुम टक र मिटिङ आव्हान

कफ, पित्त र वात वडीक्वान्टम मेकानिक्सको छलफल !!

आयुर्वेदमा हुने कफ, पित्त र वात शरीरको क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको संरचनाको व्याख्या गर्ने उत्कृष्ट वैदिक उपाय थियो। तिनीहरू यथार्थमा के हुन् र अथर्व वेदमा कति गहिरो गरी त्यसलाई प्रस्ट गरिएको छ त्यो कुरा आज स्वयम धेरै आयुर्वेदिक स्कलर र स्पेसिलिष्टहरु वाट सहज रूपमा बाहिर ल्याउने काम भएको छैन। यो भिसस साइकल नतोडी आयुर्वेदमा आधारित विज्ञानलाई मानव बृहत्तर हितमा लान सकिन्न। अब समय कफ, पित्त र वातको सम्पूर्ण विज्ञान बारे छलफल गर्ने समय भएको छ।

 

हाल एकेडेमिक फोरममा समेत कफ, पित्त र वात भनेको के हो भन्ने सन्दर्भमा अत्यन्त हल्का तलका केही श्लोकहरू नै सम्पूर्ण बयान रहेको जस्तो गरी प्रस्तुत हुने गरेको छ। यस क्षेत्रमा विज्ञहरूले आफूलाई वेदमा उल्लेख भएको यथार्थ र आयुर्वेदको त्यसमा भएको व्याख्या बुझ्न र समाजमा जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको तथ्य मनन गरिरहनु भएको सन्दर्भमा यो जुम टक र मिटिङ सान्दर्भिक बनेको छ।

 

अल्पकेशः कृशो रूक्षो वाचालश्च मानसः ।

आकाशचारी स्वप्नेषु वातप्रकृतिको नरः।।

पातलो, छोटो र रुखो कपाल, दुब्लो पातलो शरीर, बोलिरहने चंचल मन, उडेको र आकाशमा तैरिएको जस्ता सपनाहरु देख्ने लक्षण र विशेषता भएका मानिस वात प्रकृतिका हुन्।

 

अकाले पलितैर्व्याप्तो धीमान स्वेदी च रोषणः।

स्वप्नेषु ज्योतिषां द्रष्टा पित्तप्रकृतिको नरः।।

बुद्धिमान्, समयभन्दा अगाडि नै कपाल फुलेका, शरीरमा पसिना धेरै आउने र सहजै क्रोधित बन्ने, मध्यम संरचनाको सपनामा प्राय बत्ती देख्ने मानिस पित्त प्रकृतिका हुन्छन्।

 

गम्भीर बुद्धि स्थूल अंग स्निग्ध केशो महाबलः ।

स्वप्ने जलाशय लोकी कफप्रकृतिको नरः।।

 

बाक्लो कालो कपाल भएको बलिष्ठ तथा ज्यादा मोटो देखिने, गम्भीर स्वभावका प्राय पानीको सपना देख्ने व्यक्ति कफ प्रकृतिका हुन्छन्।

 

वैदिक भेला मार्फत हालै यो क्षेत्रमा हाल मिति गोप्य राखिएको हप्ता अन्तको बिदाको दिनमा मात्र २५ जना संलग्न आयुर्विज्ञान, वेद र क्वान्टम मेकानिक्सको क्षेत्रमा रहनु भएको नेपाली विज्ञ र विषय बस्तुको ज्ञान भएका महानुभावहरूबिच लगभग २ घण्टाको प्रजेनटेसन र डिस्कसन गर्ने को सुचना जारि भएको छ।

 

लिंक: https://www.vedicbhela.com/?schedule=meeting-schedule

 

त्यसमा भाग लिन चाहनु हुने यस क्षेत्रमा चासो भएको र संलग्न भएका साथीहरूले धेरैमा मात्र ५०० वर्ल्डमा आफ्नो सानो परिचय र आफूले कन्ट्रीव्यूट गर्न सक्ने सन्देश सहित आफ्नो डिटेल एक-दुई  हप्तामा pafcanada@gmail.com मा इमेल गर्न भनिएको छ।

 

सुचना अनुसार सहभागी हुन चाहने सबै लाई धन्यवाद दिंदै सीमित व्यक्तिलाई मात्र यसमा संलग्न हुने अवसर मिल्ने उल्लेख छ।

 

आयुर्वेदमा मानिसको जीवनको  सिद्धान्त  अत्यन्त सहज रूपमा दिइएको छ :

यत् पिण्डे तत् ब्रह्माण्डे

मानिसको जीवनको सिद्धान्त ब्रह्माण्डको सिद्धान्त जस्तै छ।

 

यत् ब्रह्माण्डे तत् पिण्डे

ब्रह्माण्डको सिद्धान्त मानिसको जीवनको  सिद्धान्त  जस्तै छ।

Yat Pinde Tat Brahmande:

The principle of one’s life is the same as that of the universe.

Yat Brahmande Tat Pinde:

The principle of the universe is the same as that of one’s life.

 

सूर्यले ब्रह्माण्डमा तथा पृथ्वीमा सुख्खापनको प्रभाव सिर्जना गर्दछ।

चन्द्रमाले पृथ्वीमा चिसो प्रभावको सिर्जना गर्दछ।

चन्द्रमा र सूर्य दुवैको प्रभाव जब सम्म कायम रहन्छ तब सम्म पृथ्वीमा हाम्रो जीवन दिगो रहन सम्भव हुन्छ। किनकि हाम्रो जीवन पृथ्वीको वातावरण संग अत्यन्त नजिकको सम्बन्ध र ताल मेलमा दिगो रहने गर्दछ।

यदि पृथ्वीमा कि सूर्य वा चन्द्र हाबी हुन पुग्यो भने पृथ्वीमा हालको सन्तुलन बिग्रन्छ।

जीवन दिगो हुन सक्दैन।

त्रिदोषको सिद्धान्तको आधार पनि त्यस्तै छ।

 

वात, पित्त र कफको उचित अनुपातको उपस्थितिले मात्र हाम्रो शरीरलाई राम्रो सँग राख्न सम्भव हुन्छ। हाम्रो जीवनलाई दिगो सहज गर्न मद्दत पुर्‍याउने गर्दछ।

 

आधुनिक वैज्ञानिक युगमा पुगेको हामीले कफ, पित्त र वात के हो र यसको सिद्धान्त अनुरूप हाम्रो शरीरको कस्तो संरचनागत सु-सङ्गठन भएको छ त्यसलाई आधुनिक विज्ञानको पक्ष वाट समेत हेर्नु जरुरी छ।

 

आधुनिक विज्ञानको क्वान्टम मेकानिंक्स र आयुर्वेदको क्वान्टम मेटाफिजिक्सको परिधिमा यी कुराहरू भित्रका गोप्यताहरू बुझ्न सक्दा त्रिदोष सिद्धान्तको वैज्ञानिक आधार बुझ्न सकिने छ। त्यसले हाम्रो परम्परागत आयुर्वेदिक प्रविधि र आधुनिक विज्ञान बिचको सम्बन्धको रसायन बुझ्न सहयोग पुग्ने छ। त्यसले हालको विज्ञान लाई झन् आधुनिक विज्ञानको बाटोमा लान सहयोग गर्ने छ।

ऋषि चरकले चरक संहिता मार्फत बताए अनुसार शरीर निर्माणको सबैभन्दा सूक्ष्म अंशहरू लाई “परामानुस – Paramanus” भनिन्छ। अर्थात् शरीरलाई असङ्ख्य परामानुसको अवयवहरूमा विभाजन गर्न सकिन्छ।

 

सङ्ख्याको आधारमा विशाल सङ्ख्यामा रहेका परमानुसहरू  इन्द्रियहरूको अत्यन्त सूक्ष्म संरचना निर्मित इकाईहरू हुन् जुन गुणको रूपमा रहेकाले आफू एक्लैले  इन्द्रियहरूको काम गर्न सक्दैन तर इन्द्रियहरूको सूक्ष्म अंश अर्थात् कोशिकाको निर्माण गर्ने तत्त्वहरू निर्माण गर्ने गर्दछन्।

 

इन्द्रियहरूको सूक्ष्म अंशको भाग लाई आधुनिक विज्ञानमा कोशिका भनिन्छ। जुन अणु, परमाणु निर्मित छ।

हरेक परमाणु क्वान्टम पार्टिकल निर्मित छ। ती क्वान्टम पार्टिकलहरू अवलोकन कर्ताको उपस्थितिमा पार्टिकलको रूपमा देखिन्छन्।अवलोकन कर्ता नहुँदा तिनीहरूले तरङ्गको रूपमा आफूलाई प्रस्तुत गर्ने गर्दछन्। आधुनिक विज्ञानले भर्खरै प्रमाणित गरेर नोबेल पुरस्कार समेत दिएको क्वान्टम पार्टिकलहरूको चरित्र, अवलोकन कर्ता र त्यसको प्रभावले पैदा गर्ने प्राकृतिक नियमको सिद्धान्त (शक्तिको श्रोत) लाई आयुर्वेदमा परमानुस भनिएको छ।

 

परमानुसको आधारभूत संरचना निर्मित कोशिकाका समूहहरू एक निश्चित लयमा लामबद्ध रहेर तन्तुहरू बनाउने गर्दछन्।

 

आयुर्वेदमा ती तन्तुहरूलाई धातु भनिन्छ।

 

चरकको अनुसार  मानव शरीरमा सात धातुहरू हुने गर्दछ:

१.रस धातु RASA DHATU: मानव शरीरको प्लाज्मा सँग मिल्दोजुल्दो धातुलाई रस धातु भनिएको छ । यसको तरल प्रवाहित पनको लागि प्रमुख रूपमा जल तत्त्वको भूमिका देखिन्छ। शरीरको Vata वात दोष संग हुने गतिशीलताको क्षमताको सहायता द्वारा यसले शरीर भित्रको हर्मोन, पोषक तत्त्व र प्रोटिन आदिको परि-सञ्चरण अथवा ढुवानीको भूमिका तय गर्ने गर्दछ। शरीर सञ्चालनको प्राकृतिक नियमको सिद्धान्तको आन्तरिक नियमहरू निर्माणमा वात दोष जिम्मेवार रहन्छ।

 

२. रक्त धातु RAKTA DHATU: मानव शरीरमा रगतसँग मिल्दोजुल्दो संरचना लाई  रक्त धातु भनिएको छ। मूलतः अग्नि अर्थात् ऊर्जा प्रमुख तत्त्व हुने रक्त धातु शरीरको Pita पित्त दोषको शक्तिको कारण रातो रङ्ग प्राप्त गर्दछ। शरीर भित्र अक्सिजन र पोषक तत्त्वको ढुवानीको पित्त दोष द्वारा प्रभावित हुन्छ।

 

३.मांस MAMSA: मांस धातु मांसपेशीसँग मिल्दोजुल्दो छ। यसले शरीरको सबै अङ्गहरूलाई समेट्छ। शरीरको सम्पूर्ण बल र स्थिरता सँग मांस धातु सम्बन्धित छ। यो मूलतः कफ दोषबाट प्रभावित हुने गर्दछ।

 

4.मेदस् MEDA: मेद शरीरमा हुने बोसोका तन्तुहरूसँग मिल्दोजुल्दो छ। ठोस र दृढ प्रकृतिको हुने मेदस् प्रमुख रूपमा जल तत्त्व र पृथ्वी तत्त्वको सम्मिश्रण हो। शरीर भित्र ऊर्जाको भण्डारणको लागी यो जिम्मेवार छ। यसले शरीरमा पैदा भएको विषादी तत्त्व छोपेर राखी त्यसबाट शरीरको संवेदनशील अङ्गहरू जोगाउने काम समेत गर्दछ।

 

५. अस्थि ASTHI: अस्थि मानव शरीरको हड्डीसँग मिल्दोजुल्दो छ। यसले शरीरलाई स्थिरता दिन्छ। यसलाई खाएको खानको पोषण तत्त्वले  संरचना निर्माण र स्थिरताको लागि जरुरी हुने शक्ति उपलब्ध गराउने गर्दछ।

 

६.मज्जा MAJJA:  मज्जा शरीर भित्रको हड्डीको मासी सँग मिल्दोजुल्दो छ। शरीर भित्रको स्नायु प्रणाली संग सम्बन्धित रहेको हड्डीको मासिले  मस्तिष्क र मेरुदण्डमा मेटाबोलिक प्रक्रिया हरुको नियन्त्रण गर्दछ।

 

७.शुक्र SUKHRA: मानिसको ओजस भनेर चिनिने शुक्र मानव शुक्रकीट, वीर्य र डिम्ब आदिको भूमिका संग सम्बन्धित देखिन्छ। जीवन शक्तिको निर्माणको ऊर्जाको रूपमा रहेको शुक्र धातु मानव शरीरको प्रजनन प्रणालीसँग धेरै मिल्दोजुल्दो छ। जीवन, जीवन शक्ति र शरीरको उत्पादनको ऊर्जाको लागी जिम्मेवार रहने  शुक्र धातु मुख्य तय कफ दोष द्वारा प्रभावित हुन्छ।

 

शरीरको आन्तरिक संरचना निर्माणमा त्रि-दोष र सात धातु सबैको आ-आफ्नै महत्त्व हुन्छ। सुव्यवस्थित शरीर त्यो हो जसमा सबै दोषहरू हुन्छन् तर आपसी रूपमा सन्तुलनमा रहन्छन्। आपसमा सन्तुलित रहेर स्थिर स्वचालित परिस्थितिको निर्माण गर्दछन्।

माथिको कुराहरू वाट हामी यो निष्कर्षमा पुग्न सक्छौँ भने पञ्चमहाभूतहरू मिलेर बनेको छ र हाम्रो अस्तित्व स्वस्थ रहनको लागि हाम्रा तिनै वटा दोषहरू सन्तुलित हुन जरुरी छ।

 

हरेक दोषको आधारभूत सूक्ष्म संरचनाको थाहा भएको आधुनिक वैज्ञानिक अवधारणा समेत निर्माणको आयुर्वेदिक मेटाफिजिकल अवधारणा कस्तो छ जसले हाम्रो शरीरको आधारभूत संरचनाको निर्माणको तह निर्माण गरेको छ त्यो बारे हामीलाई जान्न जरुरी बनेको हालको अवस्था हो।

1Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: