मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अवैज्ञानिक थिएन भगवान् शिवको सर्जरी भन्ने पुष्टि !!

आधुनिक सर्जरी विज्ञानले प्रस्ट गरिदियो छुट्टिएको टाउको जोड्ने भगवान् शिवको कला वैज्ञानिक दृष्टिले असम्भव वा अवैज्ञानिक थिएन।

 

नारायण नारायण नारायण

हाम्रो परम्परागत कथा अनुसार दक्ष प्रजापतिले एउटा विशाल यज्ञको आयोजन गरे। यज्ञमा आफ्नै ज्वाइँ शङ्कर र आफ्नी पुत्री सतीलाई निम्ता गरेनन्। आफ्नो पिताको कार्यमा जान छोरी लाई निमन्त्रणा नचाहिने भन्दै सती आफ्नो पिता ले आयोजना गरेको त्यस यज्ञ नबोलाईकन नै गइन्। यद्यपि शङ्करले नजान भनेका थिए। यज्ञ स्थलमा दक्ष प्रजापति छोरी सती र ज्वाइँ शङ्करको अधिक निन्दा र अपमान गरे। सो को सहन गर्न नसकेकी सतीले यज्ञको आगोमै स्वयंलाई भस्म गरिन्।

 

सतीको मृत्युको समाचार पाएका शङ्करले वीरभद्र मार्फत उक्त यज्ञको विध्वंस मात्र गराएनन्। वीरभद्र मार्फत दक्ष प्रजापतिको शिर समेत काटी दिए। दक्ष प्रजापतिको शिर यज्ञको आगो मै फालेर नष्ट हुन दिइयो। ब्रह्माजीको मानस पुत्र दक्ष प्रजापतिको संसारको सञ्चालनमा ठुलो भूमिका थियो। ब्रह्माजीले सो कुरा शङ्करलाई स्मरण गराए र दक्ष प्रजापतिको भूमिका नियमित गर्न उनलाई जिउँदो गर्न भने।

लाचार शङ्करले दक्ष प्रजापति लाई उनको आफ्नै टाउकोको बदलामामा बोकाको टाउको ल्याएर जोडिदिए। साथै उनको यज्ञ समेत सम्पन्न गर्न सहयोग पुर्‍याए।

 

पार्वतीले शिवजीको खरानी घसेर जम्मा भएको शरीरको मयल एकत्र गरिन्। भगवान् शिव बाहिर गएको बेला आफ्नो सुरक्षा गरोस् भनी त्यही मयलको मानस पुत्र बनाएर ढोकामा पाले राखी आफू भित्र सुरक्षित बसिन्। उक्त कार्य काम वासनामा लाडिएकी मनस्थिति बोकेकी सती अर्थात् पार्वतीको नारायणी मुद्राको लोग्ने शिवलाई छक्काउने जिस्क्याउने अभिप्राय अन्तर्गत गरिएको एक कार्य थियो।

 

द्वारपाले गणेशले बाहिरबाट आउने सबैलाई ढोकामै रोके। पार्वती सम्म पुग्न शिवका सैनिक आएर बालकसँग लडे तर गणेश हारेनन्। शिव आफै आएर लडे तर युद्ध चर्को भयो। अन्तिममा शिवले मुस्किलले त्रिशूलले बालको टाउको काटेर अलग गरी भित्र पसे। पार्वती संग साक्षात्कार गरे।

 

शिवजी भित्र पुगे पछि मात्र तिनी त पार्वतीको मानस पुत्र भएको यथार्थ थाहा पाए। सन्तान वियोगले पीडाले भक्कानिएको मातृवासल्यका कारण पार्वती रुन लागिन्। घटनाको परिणामले दुखित बनेका शिवले विष्णुलाई बालकको टाउको पुरै रूपमा फुटाली दिएकोले त्यो टाउको पुन जोड्न सकिने गरी काम लाग्दैन त्यसैले कुनै पनि प्राणीको टाउको ल्याउन भने ।

 

विष्णुले हात्तीको टाउको ल्याएर दिए। हात्तीको टाउ जोडेर बालक लाई जीवित गरियो। टाउको काटिएको हात्तीलाई पनि गँगटोको रूपमा अर्को प्राणी बनाए। यसरी जीवित गरिएको बालकको नाम गणेश राखियो। टाउको सर्लक्क नरहेकोले सर्जन शिवले हात्तीको टाउको जोडी गणेश लाई जीवित गरे। मुर्कट्टा लाई गँगटो जस्तो प्राणी बनाए।

माथि उल्लेखित दुई कथाहरूमा भएको धेरै गहिरा सन्देश भित्र शङ्करको चरित्रमा रहेका शिव एक यस्ता सर्जन हुन् जसले टाउको काटिएको पत्नी नारायणीको मानस पुत्र गणेशको गर्धनमा हात्ती र टाउको काटिएको ससुरा दक्ष प्रजापतिको गर्धनमा बोकाको टाउको जोडी दिए।

 

उनी आफू महान् सर्जन भएको प्रमाण दिए।

 

हामीमा विगत २०० वर्ष देखि आधुनिक विज्ञानको नाममा हरेक मुलुकलाई माफियाहरूको उत्पादनको एकाधिकार बजार बनाउने ग्राइण्ड डिजाइन अन्तर्गत आएको नयाँ शिक्षा लागु भएको छ। त्यही शिक्षण पद्धति अन्तर्गत तैयार भएका हाम्रा बुद्धि विलासी विज्ञ तथा समाजको सचेत गनिने  ठुलो भुईँफुट्टा वर्ग हाम्रा परम्परागत शिवजीको कथामा सर्जक शिवको छुट्टिएको टाउको जोड्ने कथा मेडिकल विज्ञानमा असम्भव रहेको भन्दै वैदिक कालमा भएका विज्ञानका विशाल उपलब्धिलाई माइथोलोजी भनी व्यजत  पूर्ण रूपमा तिरस्कार गर्न सक्रिय हुने गरेका छन्।

 

वैदिक पक्षधर चिन्तकहरुको विचार नै समाजमा सम्प्रेषण हुन नदिन पश्चिमा मेसिनरीको रहल पहल भेटाएका मिडिया, खबर पत्रिका र अनलाइन पोर्टल आदिमा सुनियोजित प्रतिबन्ध गर्न सक्रिय छ। उनीहरूको सत्य लाई चोरी औलोले ढाक्ने प्रयास आज स्वयं विज्ञानले परास्त गरिदिएको छ।

 

यहाँ कुरा गर्न खोजिएको सन्दर्भ विज्ञानले सर्जरीमा हालै प्राप्त गर्न सकेको केही उपलब्धिको हो। जसले वैदिक अवधारणा यथार्थमा माइथोलोजी नरहेर विज्ञान सम्मत थियो भनी प्रमाणको उच्चतम कडीको रूपमा केही गरेर देखाएको छ। विश्वका सम्पूर्ण व्यक्तिहरूलाई नयाँ शिरा वाट सोच्न बाध्य पारिदिएको छ।

 

यसबारे पहिला इजरायलको हालैको एउटा चमत्कारको कथा हेरौँ। हदसाह मेडिकल सेन्टर, जेरुसेलम इजरायलका शल्य चिकित्सकहरूले वेस्ट बैङ्कका १२ वर्षीय प्यालेस्टाइनी केटा सुलेमन हसनको जीवन बचाउने एक चमत्कार पूर्ण शल्यक्रिया गर्न सफल बने।

 

एक विनाशकारी कार दुर्घटनामा आफ्नो  शरीर वाट काटिएर छुट्टिएको भनी मेडिकल्ली डाईगनोस भएका हसनको छुट्टिएको टाउको उनको गर्धनमा पुन सफलतापूर्वक जोडियो। अस्पतालको ट्रमा युनिटमा घटना लगतै एयर लिफ्ट गरी पुर्‍याइएका हसन सफल उपचार पश्चात् हाल आफ्नो घरमै डाक्टरको निगरानी हुने गरी डिस्चार्ज भएका छन्।

 

सुलेमनका बुबाको मेरो प्यारो छोरालाई बचाउनु भएकोमा म तपाईँ हरू संग जीवनभर आभारी रहने छु भन्ने सन्देश  इजरायली डाक्टरहरूले प्राप्त गरेका छन्। ५  जुलाई  २०२३ मा टाइम अफ इजरायलले दिएको यो अत्यन्त प्रेरणा दायक समाचार र मार्मिक सन्देशले संसारभर धेरैको मन छोयो।

 

इजरायल वाट प्राप्त समाचार अनुरूप तत्कालको मेडिकल उपचार अन्तर्गत बच्चा लाई तुरुन्तै हस्पिटल लान सकिएको, टाउको सुरक्षित अवस्थामा रहेकोले घाँटीमा जोड्न सकिएको उल्लेख छ। यसले मेडिकल विज्ञानले छुट्टिएको टाउको जोड्न सकिने तथ्य स्थापित गर्दछ।

हाल मानिसको काटिएको टाउको मानिसको गर्धनमा पुन जोड्ने विधि सिक्दै गर्दा मेडिकल विज्ञानले भविष्यमा अन्य प्राणीको टाउको समेत जोड्न सक्दैन भनेर दाबी गर्न सकिने अवस्था अब रहेन। यो चमत्कारिक अप्रेसनले कम्तीमा वेदको परम्परागत विशाल ज्ञानलाई अत्यन्त सीमित ज्ञानको पोको बोकेर माइथोलोजी भन्नेहरूलाई कुरी कुरी गरिदिएको छ।

आजका हाम्रा समाजका बुद्धि विलासी स्वघोषित विद्वान वर्गले वेदका चुरो अवधारणा लाई खण्डन गर्न मानव शरीर र चेतना फरक फरक चिज हुन् भन्ने कुरामा निकै ठुलो प्रहार गर्ने गर्दछन्। आफू विज्ञानको ज्ञाता रहेको दावी गर्ने त्यो भुईँ फुट्टा वर्ग विज्ञानकै आधारमा सो भनेको समेत सगर्व दाबी गर्दछन।

 

तर भर्खरै मेडिकल विज्ञानले नै मेडिकल विज्ञानको क्षेत्रमा गरेको अर्को नयाँ अनुसन्धान र प्रयोगले भट्टी पसलमा दुई चार पेग तानेर वैज्ञानिक गफ छुटेको भरमा र असामाजिक कथाले भरिएको सामाजिक उपन्यास र पट्यारलाग्दो आर्टिकल छापेको भरमा आफूले आफूलाई विज्ञानको महान् ज्ञाता भन्ने भुईँफुट्टा एवं बुद्धि विलासी वर्गको धोती खुस्काइ दिएको छ। उनीहरूलाई बिचरा बनाइ दिएको छ।

 

न्यु योर्क विश्वविद्यालय ल्याङ्गोन मेडिकल सेन्टरमा मेडिसिनका  एसोसीयट प्रोफेसर साम पर्निया कार्डियोपल्मोनरी रिसुसिटेशन अनुसन्धान निर्देशकको रूपमा कार्यरत छन्। उनी बेलायतको साउथेम्प्टन विश्वविद्यालयमा मानव चेतना परियोजनाका निर्देशक समेत हुन्। ब्रिटिस नागरिक र विज्ञ पर्निया मृत्युको अत्यन्त नजिकको अनुभव भएका तथा कार्डियोपल्मोनरी अट्याक भएका बिमारीको पुनरुत्थानमा अत्यन्त अनुभवी र गहिरो ज्ञान भएका विज्ञको रूपमा परिचित छन्।

साम पर्नियाले अगस्ट २२, २०२१ मा चेतनाको बारेमा क्लोजर टु त्रुथ नामक कार्यक्रमले लिएको अन्तरवार्तामा भनेका छन् की उनको टोलीले वैज्ञानिक प्रमाणमा आधारित तथ्यहरू बाट के कुरा यकिन भएको छ भने मानव मस्तिष्क बन्द हुँदा समेत उसको चेतना मरेको हुँदैन।

 

उनीहरूले यो कुरा कार्डिईक एरेष्टका कारण दिमाग क्लिनिकल्ली चल्न बन्द भेटिएको रहेका केही बिरामीहरूले उक्त समयमा के भएको थियो भनी बताउन सक्षम बनी उनीहरूले गरेको अनुसन्धानको निचोडलाई भेरिफाइ गर्न सकेको घटना मार्फत पुष्टि गर्न सकेको बताएका छन्।

 

उनको अनुसार, यसको अर्थ के हुन्छ भने मानिस क्लिनिकल्ली मृत्यु हुँदा समेत मानिसको चेतना मरेको हुँदैन।  तर यो पनि सत्य हो कि यो बारे आगामी दिनमा अरू निकै धेरै अनुसन्धानहरू गर्न जरुरी छ। उनका अनुसार जसरी वातावरण मा भएको इलेक्ट्रोम्याग्नेटिक फिल्डको हामीले अनुभूति गर्न सक्दैनौ त्यस्तै वेब फङ्गसन को रूपमा रहेको चेतना समेत हाम्रो हालको इन्द्रियले पहिचान गर्न सक्दैन।

 

उनीहरूले जे भेटी रहेका छन् यदि त्यो धेरै अनुसन्धानहरू मार्फत पुन: पुन: दोहरिने गरी यकिन गरी प्रमाणित गर्न सकिए यसले दिमागमा रहेको एक आपसमा छुट्टाउन अत्यन्त जटिल रहेको मस्तिष्क र कन्ससनेस अर्थात् चेतनाको सम्बन्ध बारे गहिरो ज्ञान लिन सहयोग गर्ने छ।

 

त्यसमा पनि  मस्तिष्कले कन्ससनेस निर्माण गर्ने नभएर  कन्ससनेस मार्फत मस्तिष्क चल्ने उनीहरूको प्रारम्भिक बुझाइ लाई पुष्टि गर्ने छ। मस्तिष्क मरे पनि कन्ससनेस नमर्ने पुष्टि गर्ने छ।

 

समग्रमा पर्निया लगायतका मेडिकल डाक्टर र विज्ञ वैज्ञानिकहरूको सामूहिक सुझाव के हो भने मानिसको दिमागले मानिसको अङ्ग र चेतना बिचको मध्यस्थताको काम गर्दछ। तर मस्तिष्क द्वारा चेतनाको उत्पादन हुँदैन।

 

उनीहरूको नियर डेथ एक्सपीरिइन्सको व्याख्या वैदिक व्याख्या संग मिल्न जाँदा निकै धेरैको नीद हराम होला तर यथार्थ यथार्थ हो।

 

कसैको सनक र चाहनामा यथार्थ जे त्यो त्यो भन्दा फरक रूपमा प्रमाणित हुन सक्दैन। विज्ञानको क्षमताले कुनै कुरो प्रमाणित गर्न नसक्नु भने त्यो कुरो गलत हुनु होइन। विज्ञानले आफ्नो क्षमता विकास गर्न नसकेको यथार्थता मात्र हो।

99Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: