मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमा औषधि उधम विकासमा रहेका चुनौती

यसै महिना नेपाल रहँदाका बखत क्यानेडियन फुड साईन्टिस तथा औषधि विज्ञ नारायण घिमिरेले नेपालमा औषधि उधम विकासमा रहेका गम्भीर चुनौती बारे आफूले देखेको समस्या र अवसर मेगा टिभी सँग बताए।

उनका अनुसार नेपालमा इनोभेसन सेन्टरको व्यवस्थापन बिना सिप ज्ञान र प्रविधि को हस्तान्तरण र उधम सिल कल्चर विकास गरिनु चुनौती पूर्ण रहेको बताए। प्रस्तुत छ मेगा टिभी सँग क्यानेडियन फुड साईन्टिस तथा औषधि विज्ञ नारायण घिमिरेले गरेको अन्तरक्रिया को भिडियो।

इनोभेसन वा विकासका लागि नेपालको तत्कालको आवश्यकता भनेको सीपमुलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरण नै हो । त्यसका लागि सरकारले गाउँगाउँमा प्राविधिक स्कुल भनि प्राविधिक शिक्षालाई अति महत्व दिएको प्रस्ट पार्छ । प्राविधिक शिक्षालयलाई ‘प्रविधि र कन्टेन्ट’ दिनसक्ने ‘बडी अफ नलेज’ दिने इनोभेसनका इन्कुबेटर नेपालमै उपलब्ध हुन जरुरी छ ।

इनोभेसनका इन्कुबेटरहरुले प्राविधिक शिक्षालय र विश्वविद्यालयलाई स्थानीय बजारमुखी ‘बडी अफ नलेज’ मा आधारित पाठ्यक्रम विकास गर्न, आफ्ना विद्यार्थीलाई  राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रतिस्पर्धी बनाउन, आवश्यक ज्ञान र सीप उपलब्ध गराउन र परिवर्तित प्रविधि र बजार माग अनुसार नियमित पाठ्यक्रम परिमार्जनमा सहयोग पुर्याउँछन् ।

नयाँ ग्य्राजुएट, वैदेशिक रोजगारबाट ८–१० लाख लिई फर्केका र स्थानीय स्तरमै स्वरोजगार हुन चाहने, नयाँ पेसामा जान चाहने उद्यमी आदिलाई उनीहरुको आवश्यकता अनुरुपको सीपमुलक तालिम प्याकेज विकास गरी उपलब्ध गराउन प्राविधिक शिक्षालयहरुलाई सहयोग गर्छन् ।

मुलुकमा स्थापना भई सञ्चालनमा रहेका उद्योगहरुसँग को–क्रिएसनमार्फत उनीहरुको उत्पादन परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम र गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारले ग्रहण गर्ने बनाउन सहयोगी भूमिका खेल्छ ।

नेपालमै उपलब्ध इनोभेसन इन्कुबेटरहरु विदेशी इन्कुबेटरहरुसँग उद्यमी तथा शिक्षालयहरुलाई जोड्ने काम गर्छ । जबसम्म इनोभेसनका इन्कुबेटरहरु नेपालमै उपलब्ध हुन्नन्, तबसम्म प्राविधिक शिक्षालय र विश्वविद्यालयले पढाइका नाममा प्राविधिक प्रमाणपत्रधारी साक्षर जनशक्ति र निर्वाह मुखी उधमसिलाता मात्रै उत्पादन गरीरहनेछन् ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: