मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

चरम अत्याचारमा आयुर्वेदिक र हर्बल क्षेत्र।

नारायण घिमिरे

खोपहरूमा थोरै मात्रामा केही विशिष्ट पदार्थहरू हालिएको हुन्छ। खोपहरूमा हालिने हरेक पदार्थको नितान्त आवश्यक र महत्त्वपूर्ण भूमिका रहने गर्दछ। भ्याक्सिनका हालिने तत्त्वहरूलाई लामो समयदेखि ध्यानपूर्वक अध्ययन गरिएर खोपहरूमा प्रयोग हुन सुरक्षित यकिन भए पछि मात्र सुरक्षित मात्रामा हाल्ने गरिन्छ। सत्तरी वर्ष भन्दा लामो समय देखि  भ्याक्सिनहरूमा सुरक्षित रूपमा एल्युमिनियमको सुरक्षित उपयोग हुँदै आएको छ। एल्युमिनियम प्रकृतिका रहने धेरै खनिजहरू मध्ये एक खनिज हो। सानो मात्रामा यो हावामा समेत पाइन्छ।

 

खोपको आफ्नै प्रतिरक्षा क्षमता प्रभावकारी बनाउन वा राम्रोसँग काम गर्न मद्दत पुर्‍याउन खोपहरूमा एल्युमिनियमको प्रयोग गर्ने गरिन्छ। जन्मेको छ महिना सम्म स्तनपान गर्ने शिशुहरूले खाना वाट प्राप्त गर्ने एल्युमिनियम भ्याक्सिनहरूमा रहेको भन्दा धेरै रहने हुँदा एल्युमिनियम सुरक्षित हुने यकिन हुन सकिन्छ।

 

थाइमरोसल एक यौगिक हो जसमा पारो वा मर्करी समावेश हुने गर्दछ। मर्करी प्राकृतिक रूपमा वातावरणमा पाइने खनिज हो। फरक गुणमा  इथाइल र मिथाइल फर्ममा हुने पारोलाइ इथाइल मर्करी र मिथाइल मर्करी भन्ने गरिन्छ। वातावरणमा रहने पारो मुलत: मिथाइल मर्करी हुने गर्दछ। पोखरीको माछा वा अन्य खाना वाट शरीरलाई हानिकारक हुने परिणाममा भेटिने पारो मुलत: मिथाइल मर्करी हुने गर्दछ।

 

सामान्य मानिसमा एक लिटर रगतमा १० माइक्रो ग्राम भन्दा कम पारो हुनुपर्ने मान्यता छ। जसलाई दश पिपिएम भनिन्छ। ५० पिपिएम वा सोभन्दा धेरै मात्राको पारो जोखिम पूर्ण हुने गर्दछ । जोखिम अवस्था सम्म पुग्ने स्थितिमा पुग्ने पारोको लागि वातावरणीय मिथाइल मर्करीको प्रदूषण जिम्मेवार रहन्छ। यूरोलोजिकल निदानको लागि हुने परीक्षणहरूको लागि भने  पिसाबमा १०० पिपिएम भन्दा धेरै पारोको मात्राले रोगको लक्षण पैदा गर्ने ठानिन्छ। २०० पिपिएम पुग्दा भने ज्यान समेत जाने स्थिति निम्तने ठानिन्छ।

 

जब हाम्रो शरीरले थाइमरोसललाई टुक्र्याउँछ त्यस वाट पैदा हुने पारो इथाइल मर्करीको रुपमा हुने गर्दछ। खोपबाट शरीरमा पुग्ने निकै न्यून मात्राको इथाइल मर्करीले दिने फाइदा शरीरले प्राप्त गरिसके पछि यसलाई शरीरले सजिलै पुन विच्छेद्य गरी सजिलै र तुरुन्तै रगत बाहिर पुर्‍याउन सक्छ। ताकि यसले पुर्‍याउने हानिको जोखिम मिथाइल मर्करीले दिने खराबी जस्तो हुँदैन भन्ने मान्यता छ।

 

थाइमरोसल एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण हुने एक अर्गानोमरक्युरल कम्पाउन्ड हो जुन थायोसेलीसाइलिंक एसिड वाट बन्दछ। एक क्षारीय मर्करीको यौगिक थाइमरोसल करिब ४९% पारो निर्मित हुन्छ। थाइमरोसलको खतरनाक जीवाणुहरूको वृद्धिलाई रोक्ने क्षमता हुन्छ।

 

एकै शिशिवाट एक भन्दा धेरै डोजको सुई दिने गरी बनाइने फ्लुको खोपको मल्टि-डोज शशीहरूको संरक्षकको लागि थाइमरोसलको प्रयोग गरिन्छ। हरेक पटक सुईहाल्ने क्रममा जब नयाँ सुई मल्टि-डोज शिशिमा खोप तान्न घुसाइन्छ सुइँसँगै सूक्ष्मजीवहरु खोपसम्म पुग्ने जोखिम रहन्छ। कथम् सुइँसँगै सूक्ष्मजीवहरु खोप पुगी हालेछन् भने थाइमरोसलले ती खतरनाक जीवाणुहरूलाई मार्ने वा वृद्धिलाई रोकी दूषित वा घातक हुन वाट बचाउँदछ।

 

सिसीहरूमा उत्पादन हुने इन्फ्लूएन्जाका खोपहरू खतरनाक जीवाणुहरूबाट दूषित हुनवाट बचाउन विगत ८० वर्ष भन्दा लामो समय देखि इथाइल मर्करीको सुरक्षित प्रयोग हुँदै आएको छ। केही अपवाद बाहेक हाल बच्चाको लागि प्रयोग हुने एकल डोज भायलमा आउने फ्लु खोपहरूमा थाइमरोसलको प्रयोग गर्न जरुरी हुँदैन।

 

आज नेपाल जस्ता विकासशील मुलुकमा हुने गरेका आयुर्वेदिक औषधि तथा हर्बल उत्पादन हरुमा पश्चिमा मुलुक हरुले तिनीहरूमा विषालु धातुहरू रहेको नाममा बजार योग्य नभएको करार गरिरहेका हुन्छन्। उनीहरूका अनुसार हाम्रा जडीबुटी तथा जडीबुटीका सार तत्त्व, फार्म्युलेसनहरू सिसा, पारो र आर्सेनिक जस्ता हे-भी मेटल युक्त हुने सम्भावना रहेकाले स्वास्थ्य जोखिम निम्त्याउने सम्भावित युक्त पदार्थ  भन्दै आयात र औषधीय गुणका पदार्थ लाई उनीहरूको गुण उल्लेख गरी बजार जान समेत प्रतिबन्ध गरिएका छन्।

 

स्वस्थ भन्दा गहिरो आफ्नो आर्थिक धरातल नै यसले खुस्काइदिने भयको चुरो नियतमा आधारित रिपोर्टहरूमा आयुर्वेदिक उत्पादनहरू को प्रयोगपछि मुख्य रूपमा सिसा, पारो र आर्सेनिकसँग सम्बन्धित धातुको विषाक्त हुने समाचारले सम्पूर्ण इन्टरनेट, समाचार पत्र र ज्ञानका श्रोत केन्द्रहरू भरिभराउ बनाइएको भेटिन्छ।

 

यथार्थमा संयुक्त राज्य सरकारको पर्यावरण संरक्षण एजेन्सीले आफ्नै सरकारले जनताको लागि उपलब्ध गराउने सार्वजनिक पिउने पानीको लागि दस पार्ट पर-बिलियन सम्म आर्सेनिक रहन सक्ने गरी अनुमति दिएको छ।

 

एफडीए भनिने अमेरिकी खाद्य र औषधि प्रशासनले बच्चाहरूले खानामा दैनिक अधिकतम तिन माइक्रो ग्राम सम्म लेड खादा सम्म खाना सुरक्षित रहने निर्क्योल गरेको छ। पिउने बोतलको पानीमा ५ पार्ट पर बिलियन लेड हुँदा बजार जान अनुमति दिने अमेरिकी सरकारले आफूले सार्वजनिक रूपमा घर घरमा वितरण गर्ने पिउने पानीमा १५ पार्ट पर बिलियन सम्म लेड सुरक्षित हुने भनी मापदण्ड बनाएको छ।

 

अमेरिकी सरकारले आफूले सार्वजनिक रूपमा घर घरमा वितरण गर्ने पिउने पानीमा २ पार्ट पर बिलियन सम्म पारोको मात्रा सुरक्षित हुने भनी मापदण्ड बनाएको छ। पिउने पानीमा  पारोको मिथायल मर्करी भने १ पार्ट पर मिलियन सम्म स्विकारिने मापदण्ड बनेको छ।

 

मानिसको रगतमा कति सम्म लेड रहदा सुरक्षित मानिने भन्ने कुनै मात्रा तोकिएको छैन। तर अमेरिकी सरकारको जनस्वास्थ्य विभागले बच्चाको रगतमा ५ माइक्रो ग्राम प्रति डेसी लिटर बाट माथि लेड देखिएमा सतर्क रहन सल्लाह दिने गरेको छ।  त्यस्तै आर्सेनिकको हकमा भने यसमा हुने एक्सपोजरमा रगतमा आर्सेनिक मापन हुने सम्भावना कम रहन्छ।

 

आयुर्वेदिक ओखतीहरूमा प्रयोग हुने भस्म भनिने परम्परागत धातुको खरानीलाई न्यानो पार्टिकलमा परिवर्तन हुन सक्ने गरी पटक पटकको विशिष्ट क्षारीय जडीबुटीहरू सहित प्रशोधन गर्ने र चिस्याउने प्रविधि अपनाएर शुद्ध पारि हानिकारक रहित विशिष्ट खनिजको रूपमा जीवाणु नाशक औषधिको रूपमा तैयार हुने गर्दथ्यो।

 

यो क्रममा पारो तोकिएको मात्रामा लिँदा सुरक्षित इथाइल मर्करी तत्त्वमा परिवर्तन हुने, लेड र आर्सिनिक समेत सुरक्षित लेबलमा पुग्ने निश्चित रहने यथार्थ सहजै अनुमान गर्न सकिन्छ।

 

कम सेवा र धेरै नाफामुखी बनेको हालको आधुनिक आयुर्वेदिक फार्मुलेसनको कच्चा पदार्थ प्रशोधन र क्षारीय शुद्धता गर्ने प्रविधिमा पुग्न नसकेको ध्यान र त्यसले पुर्‍याएको असरले निर्मित गुणस्तरमा ह्रास कतिपय अवस्थामा आयुर्वेदिक फर्मुलेसनले विभिन्न मुलुकले तोकेको हेभी-मेटलको अनिवार्य मापदण्ड भित्र रहन नसकेको स्थिति हो।

 

कुनै निश्चित उद्योगले कुनै निश्चित मापदण्ड पुरा गर्न नसक्नु उसको कमजोरी हो। जुन आधुनिक औषधि विज्ञानको ओखती वा खाना बनाउने कम्पनीहरुमा समेत देखिँदै आएको छ। यसको अर्थ हाम्रो परम्परागत आयुर्वेदिक, हर्बल तथा हिलिङ्ग फुड बनाउने प्रविधि र त्यसमा निहित चिकित्सा सम्बन्धको दर्शन, प्रभावकारिता, गुणस्तर युक्त उत्पादन क्षमता र शुद्धि-करण माथि नै प्रश्न उठाउनु लायक विषय होइन।

 

आयुर्वेदिक औषधिहरूमा पाँच-हजार वर्ष भन्दा लामो समय देखि प्रयोग हुँदै आएको मर्करी सल्फाइड आयुर्वेदको अलावा विगत दुई हजार वर्ष भन्दा लामो समय देखि परम्परागत चिनियाँ औषधिहरुमा समेत प्रयोग हुँदै आएको छ। आधुनिक विज्ञान र आयुर्वेद दुवैको आँखामा पारो एक विषाक्त हेभी-मेटल रहेको जनाकारी रहदा सम्भावित जोखिमलाई ध्यानमा दिएर आयुर्वेदिक क्षेत्रले विषाक्तता निर्मूल गरिएको अवधारणामा उपयोग गर्ने  पारो निर्मित भस्म वा मर्करी सल्फाइड जस्ता अन्य उत्पादन स्वास्थ्यको लागि हनिकारण नरहेको  वैज्ञानिक रूपमै निश्चित नगर्दा सम्म प्रयोग नगर्नु वैज्ञानिक दृष्टिकोणमा जायज नै ठानिनु पर्छ।

 

आयुर्वेदमा यसका विकल्पहरू उपलब्ध छन्। यसको अर्थ यो प्रमाणित भएको होइन कि विगतका आयुर्वेदिक उपायहरू गलत थिए। आयुर्वेदिक क्षेत्र मानव स्वस्थको लागि अत्यन्त संवेदनशील छ। प्रमाणको अभावमा हजारौँ अमृत समान फर्मुलाहरू केही समय उपयोग हुन वाट वञ्चित रहुन तर कुनै पनि हानिकारक तत्त्व ओखतीको रूपमा मानव उपयोगमा नपुगोस् भन्ने दृढ सङ्कल्प हो।

 

आयुर्वेदिक क्षेत्रको आजको समस्याको चुरो आयुर्वेदिक प्रविधिमा हाम्रा सबै भन्दा उत्कृष्ट मानव संसाधनलाई आकर्षित गरी यसको भेलु-एड गर्ने सार तत्त्वलाई इनोभेसन मार्फत पुनः बजारीकरण गर्नतर्फ समाज मा आफ्नो पूर्ण क्षमताको विकल्प उपलब्ध गराउन नसक्नु हो। जरुरत अनुरूपको श्रोत व्यवस्थापन मार्फत यो क्षेत्रले दिन सक्ने अवसरहरुको सिर्जना गर्न वाट चुक्नु नै हो।

 

आज विधि पुर्‍याएर हुने पूर्वीय दर्शन र क्षमताका आयुर्वेदिक औषधिका उत्पादन पश्चिमा औषधि विज्ञानको प्रतिस्पर्धात्मक क्षमता भन्दा निकै उत्कृष्ट रहदा रहँदै पनि यसले आफ्नो हैसियत अनुरूपको स्थान प्राप्त गर्न सकिरहेको छैन। किनकि यो क्षेत्रले  प्रतिभाशाली विज्ञता भएका मानिसहरू आयुर्वेदिक प्रभावकारी रुपमा आकर्षक गर्न चुकिरहेको छ।

 

नेपाली बजारमा संस्कृत भाषा जानेकाले आयुर्वेद बुझ्ने गलत अवधारणा स्थापित छ। जसरी अङ्ग्रेजी जान्दैमा मेडिकल विज्ञान बुझिँदैन, फगत संस्कृत भाषा जान्दैमा वा पण्डित बनेर ओखतिमुलो र वेदको सामाजिक र व्यवहारिक पक्ष बुझिँदैन भन्ने जनचेतनाको समेत अभाव छ।

 

आज आयुर्वेदिक उत्पादनहरूलाई जसरी पनि बजार जानवाट रोक्न फगत वैज्ञानिक दाबी गरिएको ग्रयाण्ड डिजाइन अन्तर्गत निर्मित ओखतीलाई ओखतीको रूपमा बजार जान पाउने स्वीकृति प्रदान गर्ने प्रणाली मुख्य खेलाडी बनेको छ। अत्यन्त ठुलो धन खर्चेर ओखतीलाई ओखतीको रूपमा बजारमा जान स्वीकृति दिने प्रणालीमा अमेरिकी सरकारको एफडिए हाबी रहेको छ।

 

पश्चिमाहरूको मेडिकल क्षेत्रको व्यापारिक लाभमा प्रत्यक्ष चुनौती दिने हैसियत राख्ने आयुर्वेदिक क्षेत्रलाई विकसित उक्त पद्धति  हर हालतमा टाउको समेत उठाउन नदिन प्रयासरत रहेको बुझिन्छ। उनीहरुको नियतमा  संयुक्त राष्ट्र सङ्घ र नेपाल सरकारको समेत सहयोगी भूमिका आजको अवस्था जन्मिन जिम्मेवार देखिन्छ। स्वस्थ क्षेत्रमा आफ्नो एकाधिकार जमाएर अत्यन्त ठुलो बजार नियन्त्रण गर्न सफल पश्चिमा सेन्थेटिक ड्रगको बजारको तागतको छायामा आयुर्वेदिक उत्पादनहरू पछाडि परिरहेको छ।

 

त्यो माथि मूलक भित्रै सेतो पोसाकमा कानुन वाट संरक्षित माफियागिरी निवारणको उपायको रुपमा रहेको जनस्तर वाट मुलुकको हित विरुद्धको बिदेसी उत्पादनको बहिस्कार र स्थानीयलाई प्रोत्साहन दिने उपभोक्ता शक्तिको सदुपयोग समेत आयुर्वेदिक र हर्बल क्षेत्रले गर्न नसक्ने गरी नियोजित रूपमै हाम्रो स्थानीय समाजनै विभिन्न विचार धारामा विभक्त पारिएको छ। जसको मूल प्रहारको चोट मुलुकको सम्वृद्धिको चुरो कारकहरुले भेट्ने गरेका छन्।

 

नेपालको हकमा हाम्रा आफ्नै भनिएका र समाजका बुद्धिजीवी ठानिएका केहि संगठित सो कल्ड डाक्टर-साप वर्ग समेत नेपालको रैथाने सीप, प्रविधि, आन्तरिक उत्पादन र नेपाली जैविक औषधीय गुणका आयुर्वेदिक उत्पादनलाई बिना प्रमाणित आधार, विषय बस्तुको ज्ञाननै नलिई, पश्चिमा औषधि कम्पनीका दलालहरूको उक्साहटमा र प्रभावमा आएर तुच्छ करार गर्दै पश्चिमा औषधि विज्ञानको भरौटे  बनिरहेका भेटिन्छन।

 

आफ्नै मस्तिष्क आफ्नो विरुद्ध काम गर्दा जसरी व्यक्ति डिप्रेसन, एञ्जाइटि र डिप्रेसिब बाइपोलर जस्ता रोगको सिकार बन्दछ, त्यस्तै आफ्नै देश बनाउने भनी देशको उच्च तहमा पदासीन स्वस्थ क्षेत्रको विकासमा भूमिका खेल्ने हाम्रा आफ्नै भनिएकाहरू हाम्रो आफ्नै उन्नति विरुद्ध उच्च संक्रमणकारी सक्रिय भाइरस बनिदिँदा मुलुक पक्षघातको सिकार बनेको छ।

 

आफ्नै उत्पादन र रैथाने ओखतीको मूल्याङ्कन र उत्पादन गर्ने अनुमति प्रदान गर्दा नेपालका हाम्रा आधिकारिक निकायहरूले लिने मापदण्ड, तिनका क्षमता र गुणस्तरका सम्वन्धमा नीच सोच ग्रस्त मूल्याङ्कन र सोही काममा पश्चिमा उत्पादनले पाउने उनीहरूको सम्मान आज खाद्य, ओखती, कष्मटिक, हर्बल र जैविक उत्पादनमा सम्पूर्ण नेपालको गाउँघर र सहरलाई विदेशी उत्पादनको एकाधिकार बजारमा रूपान्तरण गरिदिएको छ।

 

उनीहरूको पश्चिमा उत्पादक सामुन्नेको तम शरणम बन्ने प्रवृत्ति  र माफिया तन्त्रको नेक्सस वाट आउने बास्केट फन्डमा रमाउने मनोवृत्ति  हामी आफ्नै बजारमा हाम्रा आफ्नै गुणस्तरीय र सच्चीकै स्थानीय जनताको स्वस्थ र स्फूर्तिमा सकारात्मक प्रभाव पुर्याउदै देशकै अर्थव्यवस्था उकास्ने उद्यमहरू लान र विकास गर्न समेत वाट प्रतिबन्धित छौ। नेपाल सरकार सँग यो नेक्सस तोड्ने आत्मबल नरहँदा सम्म हामीले आफ्नो संवृद्धिका लागि आफै लागिपर्ने अवसर समेत प्राप्त गर्न सक्ने देखिन्न।

(खाद्य तथा औषधि विज्ञ क्यानडा)

108Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: