मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के रहेछ पुनर्जन्म ?

नारायण घिमिरे

तपाइको नियमित जीवन शैलीको अभिन्न भागको रूपमा परिवारको सदस्य सँगै तपाइको बच्चा हुर्किरहेको हुन्छ। बच्चालाई तपाइले  दैनिक देखिरहँदा एक दिन बाट अर्को दिनमा उसमा तपाई खासै कुनै परिवर्तन भई रहेको देख्ने गर्नु हुन्न।

 

मानिसलाई अवलोकन गर्दा उसबारे भौतिक आकार र गतिविधिहरूमा खासै परिवर्तन नदेखिएता पनि शुष्मरुपमा हेर्दा हरेक पल मानिसको शरीर आफै, ध्वनि (बोली र अन्य आवाज), स्पर्श, स्वाद, दृष्टि, गन्ध, गतिविधि, जाग्रत अवस्था, सुताई, श्वास प्रश्वास, पोषण, पाचन आदि उसको वरपरको वातावरण तथा प्रकृति सँगै परिवर्तन भईरहेको हुन्छ।

 

तपाइमा आन्तरिक रूपमा भइरहेको परिवर्तनशीलता छोटो समय र अवस्थामा तपाइले देखिने गरी महसुस हुने गर्दैन। छोटो समयमा देखिने गरी शरीरको परिवर्तन नहुनुलाई तपाईँको शरीरको आफ्नै स्व-सन्तुलन मानिन्छ। तत्कालीन अवस्थामा शरीरको आफ्नो स्व-सन्तुलन कायम राख्ने क्षमतालाई स्वस्थ विज्ञानले शरिरको स्वस्थता मान्दछ।

 

जब हामी हिलिङ्ग फुडको कुरा गर्छौ, त्यतिबेला हामी शरीरको सन्तुलन कायम गर्न सक्षम खाना बारे चर्चा गरिरहेका हुन्छौ। सन्तुलनको मतलब शरीरलाई तत्कालीन अवस्थामा शरीरको आफ्नो स्व-सन्तुलन कायम राख्न चाहिने तत्वहरु उपलब्ध गराउन सक्षम खाना।

 

शरीर भन्नाले दिमाग र शरीर दुवै बुझिन्छ। स्व-सन्तुलनको लागि शरीरमा रहेको सूचनाको सङ्ग्रह पद्दतिमा समेत सन्तुलनको आवश्यकता पर्दछ।

 

मानसिक र मनोवैज्ञानिक सन्तुलने शरीरमा हुने सूचनाको सन्तुलन कायम गर्न सक्ने हुँदा मानसिक र मनोवैज्ञानिक स्वस्थ प्रदायक तत्त्व रहेको खाना समेत हिलिङ्ग फुडको क्षेत्र भित्र पर्दछ।

 

हामीले सामान्य रूपमा बुझे जस्तो तपाई हाम्रो शरीरमा हुने दिमाग र जिन निश्चित प्रकृतिको हुने र परिवर्तन गर्न नसकिने भन्ने कुरा गलत रहेको विज्ञानले प्रमाणित गरिदिएको छ।

 

तपाइको शरीरको लगभग ५% जति जिनहरू जिन-म्युटेसन आदि लगायतका कारक हरू बाट परिवर्तन हुने गर्छ। बॉकि लगभग ९५% जिन तपाइले आफ्नो प्रभावबाट आफूले चाहे अनुरूप परिवर्तन गर्न सक्ने प्रकृतिका रहन्छन।

 

बिज्ञान ले एकिन गरेअनुशार आफ्नो दैनिक गतिविधि र सोचबाट तपाइले आफ्नो जिन परिवर्तन मार्फत तपाइले चाहे अनुरूपको शरीरको परिवर्तन सम्भव बनाउँछ।

 

तपाइको शरीर तपाइको चाहना अनुरूप परिवर्तन ल्याउन चाहने इच्छा तपाइको चेतना बाट उत्पन्न हुन्छ। चेतना प्रदत्त इच्छा प्राप्त गर्न तपाइको कन्ससनेस वा चेतनाको उपयोगबाट मात्र सम्भब रहन्छ। मतलब तपाइले चाहे अनुरूप शरीरमा परिवर्तन दिन चेतनाको उपयोगको जरुरि पर्दछ।

 

त्यसैका कारण मेडिटेसन वा ध्यान जस्ता चेतना मार्फत सोचमा सकारात्मक परिवर्तन र योग अभ्यास आदि जस्ता दैनिक गतिविधिमा सकारात्मक परिवर्तन दिन शक्ने ऊपायहरू आज अस्तित्वमा रहेका हुन।

 

मानब शरीरमा उत्पन्न हुने रोगका कारक हरूमा लगभग ५% जति मिउटेसन भएका जिनहरू रहको भेटिएको छ। अन्यथा ९५% मानिसमा देखिने रोगका कारक मानिसको जिन रहेको देखिँदैन। मानिसको दैनिक गतिविधि सँग सम्बन्धित देखिन्छ।

 

दैनिक रूपमा तपाई कसरि बुड़ो हुँदै जानु हुन्छ, बिमार पर्नु हुन्छ वा स्वस्थ रहनु हुन्छ त्यसको प्रमुख कारक तपाइको आफ्नै दैनिक गतिविधिहरू मुलत खाना र सोचाई नै रहेको भेटिएको छ।

 

जिन मिउटेसनका कारण तपाइमा हुने गरेका ५% रोगहरू मध्ये ९५% तपाइको जीवन शैली तथा तपाइले भोगेको वातावरण वा परिस्थिति जिम्बेबार रहेको देखिन्छ।

 

तपाईँलाई यो सुन्दा अचम्म लाग्न सक्छ कि तपाइले एक पटक श्वास तान्दा एकको पछाडि २२ वटा जिरो राख्दा हुने सङ्ख्या बराबरको अणुहरू वातावरण बाट तपाइले शरीर भित्र लिने गर्नु हुन्छ।

 

शरीरका प्रत्येक कोशिका कोशिका बाट आएका त्यति नै सङ्ख्याको अणुहरू श्वास बाहिर फाल्दा तपाइले आफ्नो शरीर बाट बाहिर फाल्नु हुन्छ।

 

यो तिनै अणुहरू हुन जुन तपाइका सबै अङ्गहरू बाट बाहिरिने र भित्रिने गर्छन्।

 

तपाईँ इकोसिस्टमको एक भाग रहेकाले तपाइले तपाइको इकोसिस्टममा रहेका सबै वनस्पति र जीवहरू सँग नियमित रुपमा उक्त अणुहरू साटफेर गरी जीवन जिईरहनु भएको छ।

 

यसलाई ठुलो चित्रमा हेर्दा हाम्रो इकोसिस्टममा रहेका अणुहरू जीव तथा वनस्पतिको शरीरमा पटक पटक प्रयोगमा आउँदै बाताबरणमा फर्कँदै अस्तिवोमा रहेका छन।

 

प्राविधिक रूपमा अणुको तहमा गएर तुलना गर्दा, तपाइले मात्र एक वर्ष भित्रमा तपाइको शरीरको ९८% अणुहरू परिवर्तन गर्ने गर्नु भएको देखिन्छ।

 

प्रत्येक महिनामा तपाइले तपाइको सम्पूर्ण छाला परिवर्तन गर्नु हुन्छ। प्रत्येक ६ हप्तामा पुरानो कलेजो नयाँ कलेजोमा परिवर्तन बनिसकेको हुन्छ। प्रत्येक तिन महिनामा तपाइको अस्थिपञ्जर नयाँ अस्थिपञ्जरमा परिवर्तित बनिरहेको हुन्छ।

 

तपाइको शरीरको डिएनए जसले तपाइको हजारौँ मिलियन वर्ष देखिको पुर्खौउ-पुर्खाको सूचनाहरू सङ्ग्रह गरी राखेको हुन्छ, त्यो आफैले सङ्ग्रह गरेको सूचनामा कुनै दक्खल नहुने गरी प्रत्येक छ हप्तामा आफ्ना सम्पूर्ण जिनहरू फेरी आफुलाई नयाँ डिएनएमा परिवर्तन गर्ने गर्छ।

 

मानव बायोकेमेस्ट्रीको बुझाईमा एक वर्ष काट्दै गर्दा तपाइको शरीरको सम्पूर्ण भागनै नयाँ भागमा परिवर्तन हुने गरेको देखिन्छ। तपाइमा रहेको पुर्खौउ-पुर्खा देखिको सूचनाका सङ्ग्रहहरू भने पूर्ण सुरक्षित बनेर रहेको भेटिन्छ। जुन अर्को जिबन र पुस्तामा सहजै जाने गरेकोले सृष्टि सम्भब बनेको हो।

 

यहाँ निर तपाइले ध्यान दिनुपर्ने कुरा के छ भने, तपाइको शरीर दैनिक परिवर्तन भई रहेको छ।

 

तपाइले खानुभएको खाना (खानपान, पानी र श्वास) बाट शरीरका सबै पुराना भागहरू लाई नयाँ ले परिवर्तन गरिरहेका छन।

 

तपाइले दैनिक महसुस गर्नुभएको अनुभवबाट तपाइको डिएनएले सञ्चय गरिरहेको पुर्खौउ-पुर्खा देखिको सूचनाहरूमा केही प्रभाव पारिरहेको हुन्छ।

 

तपाइले खाएको खानाको पौष्टिक तत्त्वको अन्तिम एसेंस वा जड बाट तपाइको शरीर बनेको छ।

 

तपाइको शरीर (शरीर र दिमाग) ले प्राप्त गरेको सूचनाको आधारमा विकसित चेतनाले तपाइले तपाइको पुर्खा बाट प्राप्त गरेको जीवन्त शक्तिको सूचनामा नयाँ सूचना थपी त्याहा नयाँ सूचनाको सस्लेष्ण गरिरहेको छ। सङ्ग्रह गरिरहेको छ।

 

गाउँले सरल भासमा शरीर परिवर्तन लाई हामी चोला परिवर्तन भन्ने गर्छौ।

 

माथिको विज्ञानको दाबा अनुसार हरेक सालको आसपास हाम्रो चोला परिवर्तन हुन्छ। जब चोला परिवर्तन हुन्छ, त्यसलाई हामि नयाँ जीवनको सुरुवात भएको भनि बुझ्छौं।

 

प्रत्येक साल आफ्नो चोला परिवर्तन हुने मानिसको नयाँ जीवन कति सुविधा जनक हुनेछ भनी त्यो भन्दा अघिल्लो जीवनको उसको खानपान, गतिविधि, कर्म र उसले भोगेको वातावरणले धेरै हद सम्म निर्धारण गर्ने गर्छ।

 

जसलाई पूर्व जन्मको फल भनिएको हो। यो अर्थमा, पूर्व जन्म राम्रो हुँदा पछिल्लो चोला सुविधा जनक हुने सम्भावना रहनुमा कुनै अचम्म वा दुविधा रहेन।

 

जुन जीवन पटक पटक फेरिई रहन्छ त्यसले तपाईँको स्थायी प्रतिनिधित्व गर्न सक्दैन।

 

वैज्ञानिक आँखाबाट निकै सूक्ष्म रुपमा तपाईँले तपाइको जीवनलाई हेर्नु भयो भने त्यहाँ अपरिवर्तनशील पदार्थ केही छ भने मात्र तपाइको डिएनएले सञ्चय गरिरहेको पुर्खौउ-पुर्खा देखिको सूचनाहरू र तपाईँ जीवित रहेको यथार्थ।

 

पुर्खौउ-पुर्खा देखिको सूचनाहरू र मानिस जीवित रहेको यथार्थलाई हामी सरल भाषामा एउटै शब्द “आत्मा” को नाम बाट चिन्ने गर्छौ।

 

यसको मतलब हुन्छ तपाइलाई तपाइको चोला परिवर्तन गरिरहने शरीरले हैन तपाईँमा स्थायी रूपमा रहिरहने आत्माले मात्र प्रतिनिधित्व गर्न सक्छ।

 

यसैले गर्दा तपाई तपाइको मुड-शरीर हैन तपाइको आत्मा हो भनी यकिनका साथ भनिएको हो।

 

मानिस मर्नु भनेको जीवित रहन मानिसले ब्रह्माण्डको जहाँ बाट जे जिनिस लिएको हो, त्यो त्याहि प्रकृतिले तोकेको नियम अनुरुप फिर्ता गर्नु भनिएको हो।

 

मृत्यु पश्चात् आत्मा र परमात्माको मिलन हुन्छ।

 

आत्मा र परमात्माको मिलन हुने क्रममा कैफियतमा रहेका चेतन शक्तिका कारण पुन: जन्मको जरुरत हुने बनाउँदछ।

 

उक्त अवस्थामा एकापसमा इनट्याङ्लमेन्ट वा भावनात्मक सम्बन्धमा जोडिएर रहेको जीवन्त शक्ति र प्रकाशको किरण बिरुवा सम्म आइपुग्छ।

 

जसलाई हामी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि जीवनको सुरुवातको कारक मान्दछौं।

 

जीवन्त शक्ति र प्रकाशको किरण तथा पृथ्वीको अन्य तत्त्वको संयोजनले वनस्पतिमा बनेको खानाको रूपलाई (जस्तै फल, फुल, सागपात, रस) अर्को जन्मको अस्तित्वको रुपमा गन्न सकिन्छ।

 

यस बिचमा अन्य धेरै प्रक्रियाहरु हुन्छन्। प्रत्येक गतिविधिमा पदार्थको रूप फरक-फरक हुने हुँदा हरेक रूपलाई अस्तित्वमा रहेको अर्को जन्म मान्न सकिन्छ।

 

जब वनस्पतिको उत्पादन खानाको रूपमा परिवर्तित हुन्छ त्यहाँ थुप्रै जन्महरू अस्तित्वमा आउँछ।

 

खाना खाए पछि पाचन, अबशोषण, शक्ति उत्पादन, उपयोग, शरीरको निर्माण, शुक्रकीट निर्माण, डिम्ब निर्माण, प्रजनन पछिको गर्भधारण, गर्भको विकास, जन्म, जीवन सञ्चालन आदि अनगिन्ती पुनर्जन्मको शृङ्खला रहन्छ।

 

जन्मीसक्दा पनि हरेक वर्षको नयाँ जीवन आदि इत्यादि सबै नै पुनर्जन्म हुन। जुन अनगिन्ती रहन्छ।

 

जसलाई सजिलो भाषामा चौरासी लाख जुनी भन्ने संज्ञा दिइएको छ। चौरासी लाख यानेकि साधारण बोलीचालीको भाषामा इन्फिनिटी लाई इंकित गर्ने शब्द। जसलाई पूर्ण वैज्ञानिक मान्न सकिन्छ।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: