मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक दृष्टिकोणमा वैदिक नयाँ वर्ष : वैशाख एक !

नारायण घिमिरे |

संसारमा ऊर्जाको सर्वोच्च वा प्रमुख श्रोतको रूपमा रहेको छ सूर्य। सौर्य मण्डलको सम्पूर्ण ऊर्जा एक रूप वात अर्को रूपमा परिवर्तन हुने क्रममा हरेक साल आउने वैशाख १ गते समयको त्यो बिन्दु हो जति वेला सूर्य वाट हामी रहेको ब्रह्माण्डमा सर्वाधिक उच्चतम शक्ति पुगिरहेकोले प्रकृतिलाई अत्यन्त धेरै शक्ति ग्रहण गरी शक्तिशाली हुने अवसर मिलेको हुन्छ। वैदिक अवधारणा अनुरूप नयाँ वर्ष हाम्रो लागि समेत प्रकृति मैत्री जीवन शैली ग्रहण गरी प्रकृति सँग भएर प्रकृतिमा प्राप्त ऊर्जाको उच्च प्रवाह वाट शरीर, मस्तिष्क (मन) र जीवन्त शक्ति रुपी आत्मालाई लाभ बन्धित हुन दिने अवसरको उत्सव हो।

 

सामान्यतया, हामी सबै आफ्नो जीवनमा समग्र समृद्धि र सफलता देख्न चाहन्छौँ। विशेष रूपमा भन्नुपर्दा, हाम्रा स्वास्थ्य समस्याहरू, वैवाहिक र प्रेम जन्य सम्बन्धका समस्याहरू, जीवनमा अन्य विशेष प्रकारका समस्याहरू वाट मुक्त बनेको र आफ्नो भविष्य सुरक्षित रहेको दुनियाँ हाम्रो सोचको सन्तोषको जीवन हुने गर्दछ। हामी हाम्रो जीवनको हरेक विन्दुमा आफ्नो जीवनमा भाग्य, समृद्धि, प्रशस्ततालाई स्वागत गर्न सदैव लालायित रहेर जिउने गर्दछौ।

 

वेदले ऊर्जा लाई अग्नि तत्त्व भन्दछ। जसमा सबै प्रकारका शक्तिहरू पर्दछन। त्यसैले बिजुली (विद्युतीय प्रवाह) र चुम्बकीय शक्ति (चुम्बकीय क्षेत्र) समेत अग्नि तत्त्व अन्तर्गत पर्दछ। वैदिक सिद्धान्तको आधारमा हाम्रो शरीरको स्नायु प्रणालीले विद्युतीय प्रवाहको रूपमा प्राप्त सन्देशले दिने अनुभव वाट आफ्नो अनुभूतिको विकास गर्दछ।

 

तिनै अनुभूतिका आधारमा हाम्रो मस्तिष्कले विकास गर्ने स्नायु निर्देशित विभिन्न केमिकलहरू निर्माण हुने गर्दछ। प्राप्त अनुभूतिको प्रकृति अनुरूप प्रोटिन निर्मित केमिकलहरूको यौगिकमा रहने नाइट्रोजन पार्टिकलको बोन्ड एक्साईटमेन्ट हुने र स्थिर बन्ने गर्दछ। उक्त प्रक्रियामा  अतृप्त नाइट्रोजन बन्डले निश्चित उत्सर्जनको ढाँचामा  फोटोनहरु (सूर्यको किरणको सबैभन्दा सानो स्वरूपको शक्तिको थैली) निकाल्दछ।

 

त्यसरी निस्कने फोटोनहरु बिचको  आपसी  इन्टेङ्गलमेन्टले (quantum entanglement) विकास गर्ने  एक आपसमा टाढा रहेर पनि मनोवैज्ञानिक रूपमा माया वा घृणाको भावले जोल्टिएर रहने प्रकृतिको स्पूकी एक्सनका (spooky action) कारण गैर-चुम्बकीय  सूक्ष्म म्याग्नेटिक क्षेत्र पैदा गर्ने गर्दछ। जसले गर्दा हामी  माया, दया, क्रोध, घृणा वा अहङ्कार जस्ता मायावी तत्त्वहरू  युक्त भावनाहरूको निर्माण हुन पुग्दछ।

 

वैशाख १ गतेको नयाँ वर्षको दिन तपाइले कसरी तपाइको आगामी वर्षको दिनहरू आफैले आफूलाई सहज हुने गरी उपयोग गर्न सम्भव हुन्छ भन्ने वैदिक मान्यताको सिद्धान्त बुझ्न तपाइले एक महान् वैज्ञानिक  फेराडेको ल अफ ईनडक्सन (Law of Induction) बुझ्न सक्दा सहयोग पुग्ने छ।

 

वैज्ञानिक  फेराड़ेको सिद्धान्तले मूलतः विद्युतीय प्रवाहले कसरी चुम्बकीय क्षेत्र उत्पादन गर्दछ  भन्ने बारे वर्णन गर्दछ। त्यसको साथ साथै त्यसको ठिक विपरीत, कसरी चुम्बकीय क्षेत्र परिवर्तन हुने क्रममा विद्युतीय प्रवाहको  उत्पन्न हुन्छ भन्ने बारे समेत व्याख्या र प्रमाणित गरी हामीलाई देखाउने गर्दछ।

 

प्रोटोनहरूमा पोजिटिब (प्लस र निऊट्रल) चार्ज (निर्माणको आधार शक्ति) हुन्छ।  जबकि इलेकट्रोनहरूमा नकारात्मक चार्ज (निर्माण लाई पूर्णता दिने चलायमान शक्ति) हुन्छ। यद्यपि, प्रोटोनहरू प्रायः एटमको न्यूक्लियस भित्र स्थिर हुन्छन्, त्यसैले हामीले बिजुली भन्ने गरेको विद्युतीय प्रवाहहरूको मुख्य श्रोत इलेकट्रोनहरू हुने गर्दछन। धातु जस्ता राम्रो सँग बिजुली प्रवाह हुने सामग्रीमा इलेकट्रोनहरू एक परमाणु बाट अर्को परमाणुमा निश्चित मात्राको करेन्टको दरमा प्रवाह हुन धेरै हदसम्म स्वतन्त्र रहन्छ।

 

कुनै बाहिरी शक्तिका कारण जब इलेकट्रोनमा पर्याप्त इलेक्ट्रोमोटिभ शक्ति वा भोल्टेज चार्जको विकास हुन्छ त्यसले  इलेकट्रोनहरूमा चार्जको असन्तुलन पैदा गरिदिन्छ। जसले गर्दा इलेकट्रोनहरू धेरै नेगेटिभ चार्ज भएको क्षेत्रबाट बढी पोजिटिब चार्ज भएको क्षेत्र तर्फ कन्डक्टर मार्फत जान थाल्दछ। उक्त प्रवाहलाई विद्युतीय प्रवाहको रूपमा चिनिन्छ।

 

कन्डक्टर मार्फत  विद्युतीय प्रवाह हुने क्रममा इलेकट्रोनहरू आफ्नो उच्चतम इलेकट्रोनको कक्ष युक्त कन्डक्टिव ब्यान्डको पाथ वा अर्बिटमा चलायमान हुने गर्दछन्। त्यसलाई सहज वा सामान्य अर्बिट ठानिन्छ। एक विन्दु वाट अर्को विन्दुमा जाने क्रममा जब तिनीहरू सामान्य अर्बिट भन्दा जव दुई गुणा टाढा पुग्दछ तब तिनीहरूको फिल्डको क्षमता वा बल एक चौथाइमा घटेको हुन्छ। तीन गुणा टाढा पुग्दा त्यसको शक्ति नौं भागले घट्ने गर्दछ।

 

चुम्बकीय क्षेत्र विद्युत् क्षेत्र भन्दा बढी जटिल छ। विद्युतीय प्रवाहको क्रममा पोजिटिब र नेगेटिभ चार्जहरू अलग-अलग अस्तित्वमा रहन  सक्छन्। तर चुम्बकीय ध्रुवहरू भने सदैव जोडीको रूपमा नै रहन्छन्। जसमा एउटा उत्तर ध्रुव (पोजिटिब पोल) र अर्को दक्षिण ध्रुवको (नेगेटिभ पोल) हुने गर्दछ। संसारमा अस्तित्वमा रहेको भेटिएका सबै आकारका चुम्बकहरू देखि अत्यन्त सूक्ष्म कणहरूको रूपमा भेटिएका चुम्बकहरू मात्र नभएर ग्रहहरू, ताराहरू सबै दुई ध्रुव युक्त रहने गरेको भेटिएको छ। तदर्थ हाल विज्ञानको पहुँच पुग्न नसकेको अपरा प्रकृतिको चुम्बकहरूको समेत दुई ध्रुव हुने यकिन गर्न सकिन्छ।

 

चुम्बकको सबै भन्दा चाखलाग्दो कुरा के हो भने, यसका विपरीत ध्रुवहरू एक आपसमा  आकर्षित   हुन्छन्।  एकै ध्रुवहरू भने एक आपसमा बिकर्षित  हुने गर्दछन्। अपरा प्रकृतिको चुम्बकको हकमा एक वयस्क पुरुषको अर्को वयस्क नारी तर्फको यौन र भौतिक झुकाव पैदा गर्ने मानसिक व्यवस्थापन चुम्बकीय क्षेत्रको प्रभाव जन्य प्राकृतिक गुणको उपज रहेको महसुस गर्न सकिन्छ।

 

हामी चुम्बकको नर्थ पोल जुन दिशामा घुम्दछ त्यसलाई पृथ्वीको उत्तरी ध्रुव भन्ने गर्दछौ।  तर चुम्बकको विपरीत ध्रुवहरू एक आपसमा आकर्षित हुने प्रवृत्ति अनुसार जुन दिसा लाई हामी  उत्तर भन्दछौ त्यो वास्तवमा दक्षिण चुम्बकीय ध्रुव हुने गर्दछ।

 

उत्तरी ध्रुवबाट  विभिन्न तहमा चुम्बकीय शक्तिको नियमित प्रवाहको फ्लक्स (झुप्पो) बनाएर बाहिर निस्कने र दक्षिण ध्रुवमा पुनः प्रवेश गर्ने गरी चुम्बकले आफ्नो वरिपरि चुम्बकीय क्षेत्रहरू कायम गर्ने गर्दछ। चुम्बकीय फिल्ड स्पेसको सतह भित्र यसका  चुम्बकीय फ्लक्सहरू जति धेरै घनत्वमा पार हुने गर्दछन् चुम्बक त्यति धेरै शक्तिशाली हुने गर्दछ। (बुझ्न सजिलोको लागि प्रस्तुत गरिएको एक मोडेल)। मानिसको शरीरको पनि उक्त चुम्बकीय फिल्ड हुने हुँदा उक्त चुम्बकीय क्षेत्रलाई हामी आफ्नो निजी भाग वा प्राइभेट स्पेस भन्ने गर्दछौ।

 

जब हामी कुनै शक्तिको उपयोग गरी एउटा तार मार्फत विद्युतीय प्रवाह हुन दिन्छौ त्यति वेला उक्त प्रवाहले तारको वरिपरि (लगभग ९० डिग्री एङ्गलमा) घुमाउरो चुम्बकीय क्षेत्र उत्पादन गर्ने गर्दछ। त्यसको  विद्युतीय प्रवाह अर्थात् करेन्ट तारको धेरै नेगेटीब भोल्ट भएको दिशा वाट धेरै पोजिटीब दिशा तर्फ बहन्छ।

 

यदि उक्त तारलाई बाटुलो बेरुवा औँठी जस्तो लुप हुने गरी घुमाउरो बनाएर त्यसमा करेन्ट पास गरियो भने त्यसले विकास गर्ने चुम्बकीय क्षेत्र एक आपसमा इन्टर-रियाक्सन भएर अगाडि र पछाडि डगमगाउन गर्छ। यदि बेरुवा तारमा पठाइएको करेन्टको दिसा परिवर्तन गरिदियो भने चुम्बकीय क्षेत्र फेरी एक आपसमा इन्टर-रियाक्सन (Inter-reactions) भएर अर्को दिशा वाट अगाडि र पछाडि डगमगाउने (wobble back and forth) चरित्र देखाउँछ।

 

यदि उक्त क्वाईलमा करेन्ट अल्टरनेट गरी पास गरियो भने बिचको चुम्बकीय क्षेत्र फनफनी घुम्ने (spinning) बन्दछ। अब यदि तपाइले तारको क्वाइललाइ त्यतिकै राख्नु भयो र बिचमा चुम्बक राखेर चुम्बक लाई घुमाइ दिनु भयो भने त्यो क्वाईलमा अल्टरनेट दिसामा करेन्टको प्रवाह हुन्छ। यसरी चुम्बक वाट बिजुली र बिजुली वाट पुरै घुम्ने चुम्बकीय फिल्ड बनाउन सम्भव हुन्छ।

 

यसको विपरीत, यदि तपाईँ चुम्बकीय क्षेत्रमा तारको लुपलाई घुमाउनुहुन्छ भने उक्त तारमा विद्युतीय प्रवाह उत्पन्न (Induce) हुन्छ। त्यो प्रवाहको दिशा हरेक पटक पहिलेको भन्दा उल्टो हुने गरी अल्टरनेटिङ्ग करेन्ट (Alternating Current) पैदा हुन्छ। यहाँ निर ख्याल गर्नु पर्ने कुरा के हो भने, उल्लेखित तरिका वाट बिजुली बनाउने क्रममा तारको लुपको गतिका कारण होइन कि उक्त लुप हुँदै गुज्रने चुम्बकीय फ्लक्सहरूको प्रवाहमा हुने परिवर्तनले लुपमा  करेन्ट उत्पन्न गर्ने गर्दछ। चुम्बकीय क्षेत्र जति छिटो परिवर्तन हुन्छ, सर्किटमा त्यति नै बढी भोल्टेज विकास हुन्छ। चुम्बकीय क्षेत्रमा परिवर्तन हुने दिशाले करेन्टको प्रवाहको दिशा समेत निर्धारण गर्दछ।

 

शरीर विज्ञानको क्षेत्रमा हामीले बुझ्नु पर्ने यथार्थ के हो भने तपाईँ लाई असर गर्ने तपाइको आन्तरिक जीवनका  चिजहरू तथा  बाहिरी परिवेशका गतिविधिहरूले हैन कि उक्त गतिविधिहरूलाई तपाइले कसरी अनुभूति गर्नु हुन्छ र कति गहिरो सँग  चासो दिएर तपाइले ग्रहण गर्ने गर्नु हुन्छ त्यसले सो बापत तपाइको दिमागमा पुर्‍याउने असर लाई निर्धारण गर्ने गर्दछ। वैदिक अवधारणामा बाइपोलर शक्ति जनाउनको लागि आश्विन (जोडी घोडा) शब्दको प्रयोग भएको देखिन्छ।

 

जसरी भौतिक रूपमा बिजुली वाट चुम्बक र चुम्बक वाट बिजुली बनाउन सम्भव हुन्छ त्यस्तै आध्यात्मिक रूपमा समेत तपाइको न्युरोन मार्फत प्रवाहित भएर बहने परा प्रकृतिको विद्युतीय सन्देश मान्यता, विचार र मनोभावना, कल्पना (सोच र आत्मा बल) आदिमा  परिवर्तन हुन सक्छ। साथै त्यसको ठिक विपरीत, अपरा प्रकृतिको तपाइको सोच र आत्मा बल समेत विद्युतीय सन्देशमा परिवर्तन भएर शरीरको विभिन्न संरचना सञ्चालन गर्ने र शरीरले आफूले आफूलाई तन्दुरुस्त राख्ने, स्व-उपचार गर्ने कार्य सम्पन्न गर्न सम्भव बन्दछ।

 

कुनै पनि विषय वस्तु माथि तपाइको आकर्षण वा विकर्षण जति जति गाढा हुँदै जान्छ तपाइमा उक्त वस्तु प्रतिको चाहत (lust) वा घृणा (hate)  अधिक विकास हुन थाल्दछ। आफ्नो अनुकूलता वा प्रतिकुलता अनुरूप विकसित भएको मोह (attachments) वा घृणा (distraction) ले तपाइमा विभिन्न अनुभूति र व्यवहारको विकास गरिदिन्छ।

 

यद्यपि हामीमा विकास हुने सोच र त्यसको परिवर्तनमा हामीले देखेको भोगेको बाहिरी शक्तिको भूमिका हुन सक्छ। तर पनि हामीले गर्ने हरेक कर्म हाम्रो दिमागको उपज हो। जुन हाम्रो आन्तरिक शक्ति वाट नै निर्देशित हुने गर्दछ। जब हामी हाम्रो मन बदल्न सक्छौ तब हाम्रो सोच र कर्म दुवै परिवर्तन हुन पुग्दछ। कतिपय अवस्थामा हाम्रो पुरानो सोचको विघटन हुन्छ। कहिले त हाम्रो सोचमा पूर्ण विपरीत परिवर्तन समेत भई दिन्छ। तसर्थ कर्मलाई हाम्रो बाह्य अस्तित्वको रूपमा विस्तार गरी हेर्नु वैज्ञानिक र वैदिक सिद्धान्त विपरीत कुरा हो। यही सिद्धान्तको आधारमा असल कार्य ‘अर्कालाई देखाउन वा अन्यको प्रशंसा पाउन होइन कि, आफ्नै सन्तुष्टिको लागि गर्नु पर्ने कार्य हो’ भन्ने अवधारणा विकसित भएको हो।

 

मानव मस्तिष्क र कम्प्युटरका मेमोरीहरू नितान्त फरक  फरक उद्देश्यहरूको लागि निर्मित चिज हुन। तिनीहरूको काम गर्ने तरिका समेत अत्यन्त फरक देखिन्छ। तर पनि कम्प्युटरका मेमोरीहरू मानव मस्तिष्कको सबैभन्दा नजिकको विज्ञानले विकास गरेको चीज हो। यद्यपि  न्युरल नेटवर्क विधि मार्फत मानव मस्तिष्कले सम्झने जस्तै ढाँचाहरूमा  कम्प्युटरको मेमोरी लाई प्रोग्राम गर्न सकिन्छ। तर पनि कम्प्युटरहरूले कुनै पनि चीजहरूको स्मरण गर्ने तरिका मानव मस्तिष्कले गर्ने स्मरणको तरिका भन्दा निकै फरक भेटिन्छ।

 

मानिस र मेसिन दुबैमा स्मरणको आधारभूत उद्देश्य  प्राप्त सूचनाहरू निश्चित समयको लागि आफ्नो जानकारीको रेकर्डमा राख्नु हो। मानव स्मरणको संरचनाको निर्माण गर्ने क्रमको प्रकृतिले  दिमागको पहुँचमा आएको सूचना सजिलै बिर्सन सक्ने अत्यन्त चतुर रणनीति अवलम्बन गरेको देखिन्छ। जसले गर्दा जीवनका दैनिक र अन्तहीन अव्यवस्थामा बिच आफ्नो लागि सान्दर्भिक र महत्त्वपूर्ण हुने विषयहरूमा मात्र आफ्नो ध्यान केन्द्रित गर्न सम्भव भएको छ। स्मरणमा आफ्नो लागी महत्त्वपूर्ण रहेका कुराहरू रजिस्टर्ड गरी राख्ने क्षमताको अर्थ आफूलाई जरुरत नरहेको सूचना शरीरमा नचाहिने अन्य चिज फोहोरको रूपमा बाहिर फ्याके जस्तै बाहिर फ्याँक्नु हो।

 

कम्प्युटरको स्मरणमा भने या त उक्त सूचना रहन्छ वा रहँदैन। एक पटक कम्प्युटरको बाइनरी स्मरणमा रजिस्टर्ड भई सकेका सूचनाहरू सामान्यतया त्यहाँ वाट हराउने गर्दैन। कम्प्युटरको स्मरण भन्दा फरक मानिसको दिमागले कतिपय सूचना कहिले बिर्सने, फेरी सम्झने प्रकृतिको हालको विज्ञान वा प्रविधि भन्दा विशिष्ट कला वा जादु मय हुने गर्दछ।

 

वैज्ञानिकहरूले कम्प्युटरको स्मरणको रूपमा  चार्जको भण्डारण गर्ने गर्दछन्।  डाटा वा सूचना भण्डारण चार्जको उपयोग गर्न निकै लामो समय देखि नेगेटिभ चार्ज अर्थात् इलेकट्रोनको प्रयोग हुँदै आएको छ। पछिल्लो समयमा पोजिटिव  चार्ज अर्थात् प्रोटोनको प्रयोग गरेर समेत नयाँ कम्प्युटर मेमोरी प्रणालीको निर्माण भएको छ। पछिल्लो समयमा आविष्कार भएको  पोजिटिव  चार्ज  भण्डारण तरिकामा चार्ज सार्नको लागि इलेकट्रोनको सट्टा प्रोटोनहरू प्रयोग गर्ने तरिकामा वैज्ञानिक हरू पूर्ण अभ्यस्त बनिसकेका छैनन्।

 

लामो समयको प्रयोगले इलेकट्रोनहरूलाई कसरी नियन्त्रण गरी नेगेटिभ चार्ज मार्फत स्मरणको भण्डारण गर्ने भन्ने बारे वैज्ञानिकहरू  अभ्यस्त छन्। प्रोटोनको साथ, अनुभवको कमी रहेता पनि  इलेकट्रोनको तुलनामा प्रोटोनहरूको धारा प्रवाह गर्न निकै कम बिजुली चाहिने हुन्छ। तिनीहरू लाई इलेकट्रोन उपयोग गर्दा उपयोग हुने सिलिकन चिप्सहरू र इन्सुलेसन प्रयोग गरी दीर्घकालीन डाटा भण्डारणमा प्रयोग गर्न सकिन्छ।

 

विज्ञानको परम्परागत मान्यता विपरीत इलेकट्रोन मात्र नभएर प्रोटोनले समेत स्मरणहरूको सञ्चय गर्न सहयोग पुर्‍याउँछ भन्ने कुराले शिव-शक्ति जस्ता वेदको सिद्धान्तहरू वास्तविकताको नजिकमा रहेको क्रमशः पुष्टि गर्दै गएको छ।

 

सामान्य कम्प्युटिङ अन्तर्गत स्मरणमा रहने सूचनाहरूलाई शून्य (जिरो अर्थात् आकाश) र एक अर्थात् उपस्थितिको मानक युक्त बिटहरूमा परिवर्तन गरी स्मरणमा राख्ने गरिन्छ। क्वान्टम कम्प्युटरमा भने क्वान्टम बिटहरू अर्थात् “क्यूबिट्स”को प्रयोग हुन्छ। किनकि क्वान्टम पार्टिकल एकै साथ एक र जिरोको सुपरपोजिसनको अवस्थामा अवस्थित रहन सक्दछ। त्यसको मतलब तिनीहरूसँग १ र ० दुवै मान एकै साथ हुन्छ। त्यसलाई क्यूबिट भनिएको हो।

 

जब तपाईँले दुई वा सो भन्दा धेरै बढी क्यूबिटहरू एक आपसमा जोडिदिनु हुन्छ, तिनीहरू एकापसमा जोडिने होइन कि इँन्टेङ्गलको अवस्थामा पुग्दछन्। त्यसलाई भावनात्मक लगाव (जोल्टिनु) भन्न सकिन्छ। क्वान्टम इँन्टेङ्गलमेन्ट यथार्थमा दुई वा सो भन्दा बढी कणहरू बिचको आकाशीय (ईथरियल कनेक्सन) जडान हो जसमा तिनीहरू एक आपसमा जोडिन कुनै पनि माध्यमको जरुरत पर्दैन। तर एउटा कणमा रहेको कुनै पनि कार्यको असर तत्कालै अन्य कण वा कणहरू लाई पर्दछ। तिनीहरू एक आपसमा जतिसुकै टाढा भए पनि यो भावनात्मक जोल्टाईको गुण देखिन्छ।

 

स्पुकीएक्सन नाम दिइएको क्वान्टम पार्टिकलहरूको यो गुणनै क्वान्टम इन्टरनेटको वास्तविक जादुमय आविष्कार क्वान्टम-टेलिपोर्टेशन हो। क्वान्टम टेलिपोर्टेशन भनेको मूल कण आफैं नपठाई टाढाको स्थानमा एउटा अज्ञात क्वान्टम अवस्थालाई एक कणबाट अर्को कणमा स्थानान्तरण गर्ने तरिका हो। किनकि इँन्टेङ्गलिएका क्यूबिटहरू एक आपसमा भौतिक रूपमा जोडिएका हुँदैनन् । कुनै पनि आकार वा रूपमा एक आपसमा नजोडिएका तिनीहरू बिचको सञ्चारको अवरोध गर्न समेत असम्भव देखिन्छ।

 

विज्ञानले खाली ठाउँ (आकाश) मार्फत लामो दूरीमा इँन्टेङ्गल गरिएका प्रकाशका कणहरू अर्थात् फोटोनहरूले कसरी व्यवहार गर्दछन् भनी प्रमाणित गरी देखाई सकेपछि र क्वान्टम जानकारीहरू भण्डारण गर्ने यन्त्रको रूपमा क्वान्टम मेमोरीहरू समेत निर्माण गरेको कार्यले त्यो भन्दा सूक्ष्म अपरा कणहरू कुनै मध्यम बिना नै एक आपसमा सम्पर्कमा रहन सक्ने र आत्मा र परमात्मा अस्तित्वमा रहेको र तिनीहरू बिचको सम्पर्क कायम हुन कुनै भौतिक संरचनाको जरुरी नहुने यथार्थ तर्फ बलियो आधार दिएको छ।

 

माथिका वैज्ञानिक तथ्यहरूलाई समेत आधारमा लिएर नयाँ वर्षको वैज्ञानिक महत्त्व तर्फ विवेचना गर्ने सन्दर्भमा हाम्रा वैदिक कालमा प्रतिपादन भएर वेदमा उल्लेख भएका केही मन्त्रहरू बारे पुनरावलोकन गरौँ।

 

स॒वि॒ता य॒न्त्रैः पृ॑थि॒वीम॑रम्णादस्कम्भ॒ने स॑वि॒ता द्याम॑दृंहत् ।

अश्व॑मिवाधुक्ष॒द्धुनि॑म॒न्तरि॑क्षम॒तूर्ते॑ ब॒द्धं स॑वि॒ता स॑मु॒द्रम् ॥ (ऋग्वेद १०.१४९.१)

 

Translation: The sun has tied Earth and other planets through attraction and moves them around itself as if a trainer moves newly trained horses around itself holding their reins.

 

शब्दार्थ: सूर्यले पृथ्वी र अन्य ग्रहहरूलाई आकर्षणको माध्यमबाट बाँधेको छ। जसरी एक प्रशिक्षकले भर्खरै प्रशिक्षित हुँदै गरेको घोडाहरूलाई घोडाको लगाम समातेर आफ्नो वरिपरि घुमाउँछ त्यसरी नै सूर्यको आकर्षणले  पृथ्वी र अन्य ग्रहहरू लाई सूर्यको वरिपरि घुमाउँदछ।

 

य॒दा ते॑ हर्य॒ता हरी॑ वावृ॒धाते॑ दि॒वेदि॑वे ।

आदित्ते॒ विश्वा॒ भुव॑नानि येमिरे ॥ (ऋग्वेद ८.१२.२८)

 

Translation: All planets remain stable because as they come closer to the sun due to attraction, their speed of coming closer increases proportionately.

शब्दार्थ: सूर्यको आकर्षणको कारण ग्रहहरू जब सूर्यको नजिक जान खोज्दछन्, तिनीहरू जुन हदमा सूर्यको नजिक पुग्दछन् त्यही हदको समानुपातमा तिनीहरूको आफ्नो  गति बढ्छ। यही कारण सबै ग्रहहरू एक आपसमा स्थिर छन्।

 

Mathematical Translations: The velocity of the planet is inversely related to its distance from the sun. (It exactly matches Newton’s law of gravitation and Kepler’s laws of planetary motion.)

 

गणितीय अनुवाद: हरेक ग्रहको आफ्नो गति सूर्यबाट उक्त ग्रहको दूरीसँग उल्टो रुपमा सम्बन्धित छ। (यो न्यूटनको गुरुत्वाकर्षणको नियम र केप्लरको ग्रहको गतिको नियमसँग ठ्याक्कै मेल खान्छ।)

 

पञ्च॑पादं पि॒तरं॒ द्वाद॑शाकृतिं दि॒व आ॑हु॒: परे॒ अर्धे॑ पुरी॒षिण॑म् ।

अथे॒मे अ॒न्य उप॑रे विचक्ष॒णं स॒प्तच॑क्रे॒ षळ॑र आहु॒रर्पि॑तम् ॥ (ऋग्वेद १.१६४.१३)

 

Translation: Sun moves in its orbit which itself is moving. Each and other bodies move around the sun due to the force of attraction, because the sun is heavier than them.

 

शब्दार्थ: सूर्य आफ्नो कक्षमा घुमिरहन्छ जुन आफै घुमिरहेको हुन्छ। पृथ्वी र अन्य वस्तुहरू समेत आकर्षणको बलको कारण सूर्यको वरिपरि घुम्छ, किनभने सूर्य तिनीहरू भन्दा भारी छ।

 

मेरोरुभयतो मध्ये ध्रुवतारे नभ:स्थिते।

निरक्षदेशसंस्थानामुभये क्षितिजाश्रिये॥ (सूर्य सिद्धान्त १२:४३)

 

Translation: In both directions from Meru (i.e. the imaginary north and south poles of the earth) are two pole-stars (dhruvatara), fixed in the midst of the sky: to those who are situated in places of no latitude (niraksha), both these have their place in the horizon.

 

शब्दार्थ: मेरु अर्थात् पृथ्वीको उत्तर र दक्षिण ध्रुव जोड्ने काल्पनिक विन्दुको हरेक दिशामा एक-एक ध्रुव-तारा देखिन्छ। जसले आकाशलाई दुई बराबर भागमा बाँड्ने गरी क्षितिजमा एक स्थिर अक्षांश (निरक्ष) बनाएर बसेका हुन्छ।

 

अतो नाक्षीच्छ्रयस्तासु ध्रुवयो: क्षितिजास्थयो:।

नवतिर्लम्बकांशास्तु मेरावक्षांशकास्तथा॥ (सूर्य सिद्धान्त १२:४४)

 

Translation: The pole stars are seen along the horizon, from these places, and thus the place’s latitude is close to zero, while the declination of altitude (उच्छ्रायः)  is 90 degrees.

शब्दार्थ:

 

अत्यासन्नतया तेन ग्रीष्मे तीव्रकरा रवे:

देवभागे सुराणां तु हेमन्ते मन्दतान्यथा ((सूर्य सिद्धान्त १२:४६)

 

Review: The original words ग्रीष्मे तीव्रकरा रवेः simply mean “in grīṣma, the sun has fierce/hot rays”.  The word ‘करा’ simply means “a ray” (as in śītakara refers to the moon ray also called cool-rayed). Similarly, the मन्दता in the second verse refers do not refer to the speed of the earth around the sun, rather it refers to the mildness (intensity) of the rays of the sun.

 

Translation: The intensity of the sun on the Earth is higher during Grishma (summer) which causes Sun’s hotness than in Deva Bhaga (i.e, North Pole) but lower during Hemanta (winter) which causes mildness.

 

शब्दार्थ: ग्रीष्म ऋतुमा (गर्मी) सूर्यको किरणको तीव्रता (किरणको गाडा पन) अधिक हुन्छ जसले गर्दा पृथ्वीमा सूर्यको किरण वाट धेरै तातो पनको महसुस हुन्छ (देव भाग अर्थात् उत्तर ध्रुव  भन्दा) । हेमन्त ऋतुमा (जाडो याम) सूर्यको किरणको गाडापन कम हुने हुँदा त्यसले हल्का न्यानोपनको महसुस गराउँदछ।

 

गर्मी मौसममा भन्दा जाडोमा सूर्य पृथ्वीको नजिक हुन्छ। त्यसैले सूर्य पृथ्वीको कति नजिक हुन्छ भन्ने आधारमा पृथ्वीका मौसमहरू निर्धारण हुँदैन। तर कुनै निश्चित बिन्दुमा पृथ्वीको झुकाव सूर्य तिर कति सहज छ त्यसले पृथ्वीको मौसमहरू निर्धारण गर्दछ। सूर्य सिद्धान्त अनुसार जाडो मौसममा पृथ्वी कम तातो हुनुको पछाडि सूर्यको किरणको गाडापन लाई मुख्य मानिएको छ। जुन मूलतः  सूर्यको गति छिटो हुनु सँग जिम्मेवार ठानिएको छ। गर्मी मौसममा पृथ्वीको सूर्यतिरको झुकाव समेत धेरै प्रकाश लिन सक्ने अवस्थाको रहन्छ। पृथ्वी घुम्ने कक्ष एउटा पूर्ण चक्रको रूपमा छैन अलिकति एकातर्फ ढल्किएको छ।

 

वर्ष दिनमा पृथ्वीको एक भागमा अर्को भाग भन्दा सूर्यको अलि नजिक हुन्छ। तर पनि उत्तरी गोलार्ध सूर्यको सबैभन्दा नजिक हुँदा समेत धेरै जाडो हुन्छ किनकि त्यो भागमा सूर्य छिटो गतिमा हिँड्ने र पृथ्वीको सूर्यतिरको झुकाव समेत कम तातोपना लिन सक्ने गरी रहेको हुन्छ। जूनको (जेठ-आषाढ)  वरिपरि पृथ्वी उत्तरी ध्रुव सूर्य तिर झुकेको भेटिन्छ भने डिसेम्बरको (मङ्सिर–पुस) वरिपरि सूर्य दक्षिणी ध्रुव सूर्य तिर झुकेको देखिन्छ। जुनको समय (जेठ-आषाढ) तसर्थ उत्तरी गोलार्धको गर्मीको समय हो किनभने पृथ्वीको त्यो भागमा सूर्यको किरणहरू वर्षको कुनै पनि समयको तुलनामा निकै धरै मात्रामा सीधा पुग्दछ।

 

डिसेम्बरको (मङ्सिर–पुस) समय उत्तरी गोलार्धको जाडोको समय हो किनभने पृथ्वीको दक्षिण ध्रुव सूर्य तिर झुकेको हुन्छ। यी सबै पक्षहरू सूर्यको किरणको गाडापन निर्धारणका कारक हुन्। वैज्ञानिक रूपमा समेत पुष्टि भए अनुरूप जुलाई (लगभग तुलसी रोप्ने हरिशयनी एकादशी देखि साउने सङ्क्रान्ति बिचको समय) पृथ्वी सूर्यबाट सबैभन्दा टाढा (Aphelion) हुने समय हो भने जनवरी (लगभग पन्ध्र पुस देखि स्वस्थानी व्रत कथा प्रारम्भ गरिने माघ स्नान पूर्णिमा व्रत सम्मको समय बिच) सबैभन्दा नजिक (perihelion) हुने समय हो।

 

वैदिक विधिको पात्रो (क्यालेन्डर) निर्माणको लागि महिना र दिनहरू निश्चित गर्न चन्द्रमाले पृथ्वीलाई लगाउने चक्रको उपयोग गरिन्छ। तर सूर्यले आफ्नो सौर्य चक्र पूरा गर्न लगाउने समय र त्यसको प्रभावको आधारमा वर्षको निर्धारण हुने गर्दछ। एक वर्षमा ३६५ सौर्य दिन हुन्छ भने बाह्र महिनामा लगभगमा ३५४ चन्द्र दिनहरू हुने गर्दछन्। यी दुई बिचको बेमेलको ११ दिनको मिलनको लागि जटिल तर निकै चुस्त रेखाङ्कनको नियम विकसित भएको छ। गहिरो गरी हेर्दा सूर्य (sun), चन्द्रमा (moon) र ग्रहहरू (planets) को गतिको आदिको लेखाजोखा राखी तिनीहरूको अध्ययन वाट तिनीहरूको भविष्यको सापेक्षिक स्थिति (relative positions), सूर्यले पृथ्वीको भूमध्य रेखा क्रस गर्न (equinoxes) समय (वर्षको २ पटक), सूर्योदय (rise), सूर्यास्त (set), दक्षिण-उत्तर गतिमा (prograde), विपरीत गतिमा (retrograde) र स्थिति (parallax) को यकिनमा गर्नु पर्ने सुधार आदिको आधारमा तैयार हुने गर्दछ।

 

हामीहरूको पात्रोमा महिना कति दिनको हुने र कुन दिन लाई के वार भन्ने भन्ने कुरा चन्द्रमाको आधारमा निर्मित हुने हुँदा सूर्यको गति र स्थितिको आधारमा तैयार हुने महिना अर्थात् सौर्य महिनालाई प्रायः राशि भन्ने गरिन्छ। नियमित महिना १२ वटा भए जस्तै राशि पनि १२ वटानै हुने गर्दछ। सौर्य महिनाको प्रथम महिना मेष राशि हो र त्यसको पहिलो दिन वैशाख एक नै हो।

 

वर्ष अनुरूप केही परिवर्तन हुने सूर्यको गतिको क्रममा काल्पनिक भूमध्य रेखालाई दक्षिण बाट उत्तर जाँदै गर्दा सूर्यले (उत्तरतर्फको यात्रा) मार्चमा (१९ देखि २१ मार्च बिच, चैत्र महिनामा) पार गर्दछ। उत्तरबाट दक्षिणतिर जाँदै गर्दा (दक्षिणतर्फको यात्रा) सेप्टेम्बरमा (२१ देखि २३ सेप्टेम्बर बिच, असोज महिनामा) पार गर्ने गर्दछ। दुवै विन्दुहरूमा सूर्य भूमध्य रेखाको ठिक माथि रहने गर्दछ। चैत्रमा  नर्थ पोल अर्थात् देव भाग तर्फको यात्रामा र असोजमा असुर भाग तर्फको यात्राको क्रममा।

 

विज्ञानको चर्चित परिकल्पना (हाइपोथेसिस) अनुरूप सूर्यले पृथ्वीको  भूमध्य रेखालाई  काट्दै गर्दाको हप्ता दिन वरपर सूर्यको सौर्य वायु (बलिरहेको सूर्यको अयोनाइज ग्यास निर्मित अत्यन्त ऊर्जा वान तातोको लप्का अर्थात्  प्लाज्मा)  अण्डाकार रूपमा पृथ्वी वरपर निर्मित रहेको पृथ्वीको उत्तर-दक्षिण चुम्बकीय क्षेत्र भित्र घुस्न पुग्दछन्। सौर्य वायु पृथ्वीको चुम्बकीय क्षेत्रको अ-समानान्तर हुने गरी प्रवेश गर्दा सौर्य वायुको पृथ्वीको चुम्बकीय क्षेत्र सँग हुने टकराबले जन्माउने विस्फोटले त्यहाँ आर्कटिक बत्तीहरूको उज्यालो दिने इन्धनको काम गरेको हुन्छ। जसलाई म्याग्नेटोस्फेरिक सबस्टोर्म भन्ने गरिन्छ। पृथ्वीको माथिल्लो वायुमण्डलमा प्राकृतिक रूपको रातो-हरियो रङ्गको विशाल  विद्युतीय प्रकाश अर्थात अरोरा उत्पादन हुन्छ। उक्त प्रकृतिको सबस्टोर्महरू सामान्यतया तीन घण्टाको अवधिमा दिनको २-७ पटक सम्म आउने आउने गरेको भेटिन्छ।

 

म्याग्नेटोस्फेरिक सबस्टोर्मले निम्त्याउने क्रयाक वा विस्फोटको समयमा सौर्य वायु भित्रका दक्षिण-पोइन्टिङ चुम्बकीय क्षेत्रहरू पृथ्वीको उत्तर-पोइन्टिङ चुम्बकीय क्षेत्र सँग एक आपसमा आकर्षण हुने हुँदा आंशिक रूपमा एक अर्का लाई निर्मलीकरण गरिरहेको हुन्छ। उक्त कार्यले पृथ्वीको चुम्बकीय प्रतिरक्षा प्रणाली लाई कमजोर बनाउने गर्दछ।

 

पृथ्वीले चार्जको सो प्रकृतिको निर्मलीकरण वर्षको कुनै पनि समयमा हुन सक्ने भएता पनि चैत्र र असोज वरपरको निर्मली कारणको प्रभाव सबैभन्दा ज्यादा देखिने गरेको छ। सूर्यले पृथ्वीको भूमध्य रेखा पार गरी समय गति लिने क्रममा लगभग वैशाख एक सम्म पुग्दा परिस्थिति सम्पूर्ण रूपमा सामान्य बनिसकेको हुन्छ। पृथ्वीको वायुमण्डलले म्याग्नेटोस्फेरिक सबस्टोर्मले निम्त्याउने क्रयाक वाट पृथ्वीको सम्पूर्ण जीव हरूलाई बचाउने हुँदा त्यस वाट पृथ्वीमा मानिसहरू लाई कुनै खतरा देखिँदैन। तर पनि उक्त समयमा पृथ्वीको चुम्बकीय क्षेत्रहरू सूर्यको चुम्बकीय क्षेत्रहरू सँग प्रत्यक्ष जोडिएको हुन्छ। वैदिक मान्यतामा सूर्यको चुम्बकीय क्षेत्रहरू सँग प्रत्यक्ष सम्पर्कमा आएको पृथ्वीको चुम्बकीय क्षेत्रहरू मनोवैज्ञानिक सबलता दिने प्रकृतिको रहन्छ।

 

वर्षको मध्य चैत्रको समय र मध्य असोजको समय भू-चुम्बकीय गतिविधिको रूपमा पृथ्वीको सबैभन्दा सक्रिय महिना हो। चैत्रको भू-सक्रिय चुम्बकीय शक्ति मार्फत शरीरलाई निर्मलीकरण गरी हामी नयाँ वर्षको रिजरुसन सहित वैशाख एक मनाउने गर्दछौ भने असोजको सक्रिय चुम्बकीय शक्ति मार्फत शरीरलाई निर्मलीकरण गरी हामी नवरात्री र विजया दशमीको सङ्कल्प पुरा गर्दछौ। वैदिक दृष्टिकोण वाट नयाँ वर्ष वैशाख एक आफूमा देवत्व गुण निर्माण गर्ने एउटा महत्त्वपूर्ण अवसर हो भने  नवरात्री र विजया दशमीको अवसर आफ्ना असुर प्रवृत्तिलाई सुर प्रवृत्तिले विस्थापित गरी आफूलाई पहिलेको आफू भन्दा अव्वल आफूमा परिवर्तन गर्ने महत्त्वपूर्ण साइत हो।

 

हामी हाम्रो जीवनमा हामी आफैले आफ्नो जानकारीमा रहेको धर्म र पाप युक्त कर्मका कारण आफ्नै जीवनमा केही कठिन र केही सहज परिस्थितिहरूको हामी सामना गरिरहेको हुन्छौ। विगतमा हाम्रा जीवनमा घटेका कुराहरू वा हामीले गरेका कर्महरू विगतमै फर्केर पुनः सुधार्ने वा अरू धेरै कुशलता पूर्वक सम्पन्न गर्ने क्षमता र अवसर प्रकृतिले हामीलाई दिएको छैन।

 

आफू वाट विगतमा भएका पुण्यका वा पापपूर्ण कर्महरू लाई हामीलाई विगतमै फर्केर सच्चाउने वा जगेर्ना गर्ने अवसर प्राप्त नहुने हुँदा तत्कालीन अवसरमा हामीले त्यसको लेखाजोखा गरी भएका गल्ती कमजोरी हटाउने र पाप कर्म बापत प्रायश्चित गर्ने गर्दछौ। अनि तत्कालको बिन्दुमा हामी आफ्नो र आफूलाई प्रवाहित गर्ने सबै सरोकारका पक्षहरू आफ्नो जीवन सहज र सन्तुष्टि पूर्ण बनाउने दिशामा सुधार हुने र समग्रमा शान्ति पूर्ण बन्ने आशा गरीरहेको हुन्छौ।

 

वैदिक मान्यतामा वैशाख एक गतेको नयाँ वर्षको दिन सम्पूर्ण मानव मात्रको लागि एउटा महत्त्वपूर्ण अवसर युक्त प्रस्थान बिन्दुको  रूपमा मानिन्छ। एउटा त्यस्तो अवसर जसमा  हामी आफैले आफ्नो आउँदै गरेको नयाँ वर्षका सम्पूर्ण दिनहरू आफूलाई सन्तोष दिने,  भाग्य, समृद्धि, प्रशस्तता लाई  निम्त्याउन महत्त्वपूर्ण कडी हुने समयको प्रस्थान बिन्दुको अवसरको रूपमा सदुपयोग गर्न सक्छौ।

 

सूर्योदय सँगै पृथ्वीमा निर्माण हुने विद्युतीय, चुम्बकीय, क्वान्टम तथा अपरा प्रकृतिका इलेक्ट्रो-म्याग्नेटिक तथा अभौतिक क्वान्टम इँन्टेङ्गलमेन्टको आकाशीय (ईथरियल कनेक्सन) जडान प्राकृतिक रूपमै हाम्रो निजी चेतना (जीवात्मा), आत्मा (जीवनको प्रकाश) र परमात्मा (यथार्थ वास्तविकता वा प्रकृति) बिच सहज संसर्ग कायम गर्न धेरै प्रभावकारी रहन्छ। उक्त अवसरमा गरिने मेडिटेसनले हाम्रो निजी चेतना लाई प्राकृतिक सामूहिक चेतना सँग संसर्ग गराउने र हामीले आफूले प्रण गर्ने उद्देश्य प्राप्ति तर्फ आफूलाई सम्पूर्ण रूपमा लाग्ने शक्ति उपलब्ध गराउँदछ भन्ने वैदिक मान्यता हो। सोही अनुरूप हामी नयाँ वर्ष वैशाख एक गते आफ्नो निश्चित उद्देश्य प्राप्तिको प्रण गरी मेडिटेसन गर्ने, पूजा, पाठ आदि गर्ने र त्यसलाई उत्सवको रूपमा मनाउने गर्दछौ।

64Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: