मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

युग पुरुष सी चिनफिग वाट हामीले के सिक्ने ?

नारायण घिमिरे, टोरोन्टो, क्यानडा।

सन् १९६२ मा चीनका राष्ट्रपति थिए लिउ शाओकी (Liu Shaoqi)। हालका चीनका नेता  सी चिन फिङ  (Xi Jinping) का पिता सी झोङक्सुन (Xi Zhongxun) अत्यन्त दूरदर्शी, विकास प्रेमी र राष्ट्र वादी रहेकाले लिउ शाओकीको प्रिय पात्र बने। चीनको इतिहासमा सन् १९६६ माओ त्सेतुङ (Mao Zedong) द्वारा जन परिचालन, राजनीतिक शुद्धीकरण र सांस्कृतिक क्रान्ति जस्ता वैचारिक अन्धता बिच  सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको अशान्तिपूर्ण समय अवधि  थियो। सांस्कृतिक क्रान्तिको अवधिमा लिउ शाओकी लाई उनको पद वाट हटाइयो। लिउ शाओकी पद वाट हटे पनि उच्च काबिलताको छवि स्थापना गरेका सी झोङक्सुन लाई जिम्मेवारी वाट मुक्त गर्न तत्काल सकिने अवस्था थिएन। झोङक्सुन लाई तत्काल जिम्मेवारी वाट हटाउँदा चिनिया क्रान्तिमा ठुलो जोखिम भित्रने अवस्था आयो। त्यसै बिच तत्कालीन गुआङडोङ प्रान्तको पार्टी सचिव पदमा रहेका झोङक्सुन लाई झोङक्सुनको लिउ शाओकी संगको राम्रो सम्बन्ध भएका कारण क्रान्तिका जनसेनामा असन्तुष्टि पैदा नहोस् भन्ने बहानामा  सचिवको पदबाट घटुवा गर्नेमा सिमित गरियो।

 

त्यसको केही समय पश्चात् सी चिनफिङ का पिता सी झोङक्सुन माथि पार्टी भित्रका कट्टरपन्थी गुटले उनी चिनियाँ कम्युनिस्ट पार्टीको (CPC) उच्च-स्तरीय अधिकारी भएर पार्टी भित्र नियमित रुपमा कथित “संशोधनवादी” र “पुँजीवादी मार्ग” को निरन्तर वकालत गरेर मुलुक प्रति गद्दार गरेको आरोप लगाउने र राजनीतिक उत्पीडन दिने, उनको निजी र पारिवारिक जीवनमा समेत सताउने पाप कर्म गरे। १९६७ मा पुग्दै गर्दा त झोङक्सुन संग सहमत नहुने रेड गार्डहरू र पार्टी भित्रका कट्टरपन्थी सेनाको पार्टीमा विस्तार भएको हैकमका कारण झोङक्सुनले सार्वजनिक निन्दा, आलोचना, अपमान र शारीरिक दुर्व्यवहार भोग्नु पर्‍यो। उनलाई सबै पद वाट हटाइयो।

 

यस अवधिमा, सी झोङक्सुन लाई पार्टीको हिरासत राख्ने, जबरजस्ती श्रम शिविरमा लाने र व्यक्तिगत पीडाहरू दिने काम गरियो। निकै नरम र शालीन स्वभावका झोङक्सुन पार्टीका सबै कारबाहीहरू स्विकार्दै जे जे काम र दुख दिने गरिन्छ सबै लाई सहन गर्दै अघि बढे। आफू आफ्नो आदर्शहरूमा कायम पनि रहने, पार्टी अनुशासन पनि मान्ने, पार्टी वफादारी पनि निभाउने नीति उनले लिए।

 

जब माओ त्से तुङको मृत्यु भयो र कथित सांस्कृतिक क्रान्तिको समेत अन्त्य भयो, कथित क्रान्ति र भाषणका नारा र राजनैतिक तिकडमले देश बन्ने कुरा मनको लड्डु घिउ संग खाने कथामा परिणत बनिसकेको थियो। आर्थिक, सामाजिक, राजनैतिक तथा अन्तर्राष्ट्रिय स्वीकार्यता र व्यापारमा भित्र-भित्र मक्किएको चीन संग आफ्नो आर्थिक र भौतिक विकास गर्नु बाहेक अर्को विकल्प बाँकी थिएन। उक्त बाध्यात्मक परिस्थिति बिच सी झोङक्सुनलाइ पुनर्स्थापित गर्दै राजनीतिक जीवनमा फर्काउने निर्णय चिनिया कम्युनिस्ट पार्टीले लियो।

 

सी झोङक्सुन पार्टीले अराएको काममा फर्किए। आफ्नो सेवा निवृत्ति काल सम्म विभिन्न हैसियतमा पार्टी र देशको सेवा गरिरहे। झोङक्सुन चिनिया कम्युनिस्ट पार्टी भित्रको उदारवाद र सुधारवाद नीतिको पक्षपाती लौह पुरुषको रूपमा सम्मानित नेताको रूपमा जमे। सोभियत सङ्घका तत्कालीन राष्ट्रपति मिखाइल गोर्बाचेभले समेत रुसको विकासको लागि दुई वटा नीति लिएका थिए। ग्लासनोस्ट र पेरेस्ट्रोइका। रुसी शब्द ग्लासनोस्टले “खुलापन” र “पेरेस्ट्रोइका” ले अर्थ “पुनर्संरचना” को अर्थ दिन्छ। “खुलापन” र “पुनर्संरचना” नीतिले विशाल सोभियत संघ विखण्डन हुन पुग्यो।

 

अधिक चर्चा हुने नगरे पनि संसारभरको कम्युनिस्ट आन्दोलनको इतिहासमा कम्युनिस्ट मुलुकका चर्चित नेताहरू मध्ये झोङक्सुन किन सबै भन्दा अब्बल मानिन्छन् भने उनी मात्र एक अनुभवी र आफ्नो कामको जस नखोज्ने संसारमै बिरलै भेटिने यस्ता कम्युनिस्ट नेता हुन् जसको नीतिले त्यति विशाल चिनलाइ कम्युनिस्ट शासन रहँदै उदार वाद र सुधार वादको नीति मार्फत रुस जस्तो आफ्नो मुलुकलाई विखण्डन हुन वाट बचाएर सफलता पूर्वक उज्ज्वल भविष्य बोकेको चीनको मार्गमा लम्कन सम्भव तुल्यायो। त्यो पनि आफू कहिल्यै मुख्य नेतृत्वमा नरहेर।

 

पारिवारिक पृष्ठ भूमिको कारण अशान्तिपूर्ण राजनीतिक वातावरणमा हुर्किन बाध्य बनेका हालका चिनिया नेता सी जिनपिङको जीवनमा  उनका आमाबाबुको जीवन र नेतृत्व शैलीको अत्यन्त गहिरो प्रभाव देखिन्छ। आफूले कहिल्यै नगरेको गल्ती बापत आफै पार्टी भित्रका  रेड गार्ड र कट्टरपन्थीहरू को निन्दा, आलोचना, अपमान र शारीरिक दुर्व्यवहार, श्रम शिविरका पिडा, व्यक्तिगत पीडा, पारिवारिक पीडा सबै भोगेका सी चिन फिङ सानै उमेर देखि आश्चर्य जनक रूपमा नै  परिपक्व, अपेक्षाकृत नम्र र शालीन व्यक्तित्वको देखिन्थे।  चीनको तत्कालीन क्रान्ति, प्रति क्रान्ति बिचको उथलपुथलको अवधिमा हुर्केका हुनाले सानै उमेरमा उनले राजनैतिक प्रकोपको अनुभव गर्दै गरेका आफ्ना आमा बाबु लाई अवलोकन गरेर र उनलाई सुनेर आफूमा अधिक लचिलोपन र लगनशीलता विकास गरेको अनुमान गरिन्छ। राजनीतिक उत्पीडन, कठिनाइ र विस्थापन सहेको आफ्नै बुबा सी झोङक्सुनको चुनौतीहरू बिच सी चिन फिङ संग समय अगावै परिपक्व बन्नुको सायद विकल्प समेत थिएन।

 

जानकारहरूको अनुसार एक अर्थमा सी चिन फिङ बाल्यकालमा अत्यन्त भाग्यमानी पनि थिए। उनकी आमा उनको लागि साक्षात् देवीको अवतार नै थिइन्। सी की आमा ची सिन (Qi Xin) सी को पालन पोषण गर्ने, हेरचाह र सुरक्षा गर्नेमा मात्र  सीमित रहेको देखिँदैन। शिक्षा विद परिवारमा जन्मिएकी ची सिन ले आफ्नो सम्पूर्ण जीवन नै आफ्नो छोरा सी जिनपिङको शिक्षा र बौद्धिकता निर्माण कार्यको लागि खर्च गरिदिइन।

 

ची सिनको जीवनको सास्ती संग परिचित उनको हितैषी श्रोतले उल्लेख गरे अनुरूप ची सिन सदैव एक कुरामा अत्यधिक चिन्तित रहेको भेटिन्थ्यो। आफूले कुनै गल्ती नगर्दा नगर्दै भोग्नु परेको उत्पीडन, कठिनाइ र विस्थापनले बाल मस्तिष्कमा बदलाको भावना विकास गर्दछ भन्ने डर उनमा थियो। त्यसैले उनी  सी संग अत्यन्त  करुणा र मायालु व्यवहार गर्ने गर्दथिन्। बाल मस्तिष्कमा विकास हुने चरम अन्याय बापतको आक्रोश लाई मुलुकको सेवा गर्ने हुटहुटीमा बदल्न नसके सी को भोलिको व्यवहारले आफ्नो पिताको योगदान अवमूल्यन गरिदिने र उसले पनि दुख पाउने डर उनमा थियो। त्यसैले ची सिन सदैव आफ्नो यथार्थ लाई सहज रूपमा स्विकार्न र आफ्नो यथार्थ वाट सिकेर झन् उच्च नैतिक र न्यायपूर्ण कर्म गर्न सी को मनोविज्ञान निर्माण तर्फ अत्यधिक ध्यान पुर्‍याउने गर्दथिन।

 

सांस्कृतिक क्रान्तिको क्रममा आफ्ना श्रीमान् सी झोङक्सुन माथि गरिएको झुटो आरोप र सजायको समयमा समेत आफ्नो भविष्य प्रति आशावादी रहेर लचिलो रूपमा प्रस्तुत हुन ची सिन सी झोङक्सुन लाई उत्प्रेरित गर्ने गर्दथिन। कठिन समयमा आमाको भावनात्मक समर्थन र प्रोत्साहन पाएका  सी जिनपिङले आफ्नै आमा वाट सहानुभूति र करुणा भाव गुण प्राप्त गरेको अनुमान गरिन्छ। जुन उनको आजको नेतृत्व शैलीमा रहेको नम्रपन, चिनियाँ जनता केन्द्रित सेवा भाव, नतिजा दिने प्रकृतिको प्रतिबद्धता र मुलुकको विकासमा आफूलाई समर्पण गर्ने बानीको रूपमा प्रस्फुटन भएको देखिन्छ।

 

आफ्नो पारिवारिक पृष्ठभूमिमा सापेक्ष गरिबी र कठिनाइको अवधिको समेत अनुभूति गर्ने अवसर पाएका  सी चिन फिङ साधारण मानिसहरूको दुर्दशा संग परिचित भएको भेटिन्छ। गरिबी उन्मूलन र सीमान्तकृत जनताको जीवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ उनले ल्याएको नीतिहरू चीनका आम जनताले भोगेको सङ्घर्षहरू बारे गहिरो बुझाइ उनी आफैमा नरहेको भए त्यति प्रभावकारी हुन सम्भव थिएन।

आफ्नो परिवारले सामना गर्नुपरेको चुनौतीको बाबजुद पनि सी चिन फिङ आफैले कसरी ठोस शिक्षा प्राप्त गर्न सफल भए त्यसको अनुभूतिले उनमा चीनमा मूलक मैत्री व्यवहारिक तथा इनोभेसनमा आधारित शिक्षा नीति बनाएर प्रभावकारी रूपमा लागु गर्न सफल बने। बुबा झोङक्सुनको जनताको सेवा गर्ने,  कर्तव्य प्रतिको प्रतिबद्धता, मुलुक प्रतिको इमानदारिता र कामले काम सिक्ने अवसर दिने तथा त्यसै वाट उन्नति हासिल गर्न सकिने गहिरो ज्ञानको अनुभूतिका कारण कुशल निर्णय लिन सक्ने राजनैतिक नेताको शासन विधि निर्माण गर्न सी चिन फिङ सफल भएका हुन्।

 

चिनिया क्रान्तिको जरालाई बलियो संग पक्डेर चीनलाई आर्थिक उन्नति र जनताको उत्थानको मार्गमा विशेष भूमिका खेल्ने चिनिया नेताको परिवारमा जन्मेका सी चिन फिङ को प्रारम्भिक  राजनीतिक यात्रा चीनका हेबेई र फुजियान प्रान्तमा विभिन्न प्रान्तीय-स्तरका पदहरूमा उत्कृष्ट भूमिका निर्वाह गर्दै सन् १९७० वाट सुरु भएको देखिन्छ। स्थानीय शासन र पार्टी प्रशासन दुबैमा अनुभव प्राप्त गरे पछि सन् २००२ देखि २००७ सम्म झेजियाङ प्रान्तको पार्टी सचिवको रूपमा सीले आफ्नो कार्यकाल पुरा गरे। त्यो कार्यकाल उनको करियरको महत्त्वपूर्ण चरणको रूपमा स्थापित हुन गयो।

 

कारण यस अवधिमा उनले स्थानीय सरकारमा रहेर लागु गरेका आर्थिक सुधारहरू र जनताको स्वतन्त्रताको अभ्यासले चीनमा स्थानीय विकासको एक ऐतिहासिक नयाँ मोडेल विकास गरिदियो। उनले लागू गरेका ऐतिहासिक आर्थिक सुधारका उपलब्धिहरूले उनलाई चीनमा अत्यन्त सक्षम र व्यावहारिक नेताको रूपमा ख्याति कमाउन सहयोग गर्‍यो।

 

तत्कालीन समयमा संसारभर चर्चा पाएको झेजियाङ प्रान्तको स्थानीय विकासको मोडलले कुशल राजनेताका रूपमा चर्चा बटुल्ने अवसर पाएका सी चिन फिङ लाई उनको सफलताले सन् २००७ मा चिनिया कम्युनिस्ट पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय पोलिटब्युरोको स्थायी समितिमा सदस्यको रूपमा नियुक्त हुने अवसर दियो। त्यसपछि उनको करियर केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव जमाउन सक्ने हैसियतको निर्णायक तहमा पुग्यो।

 

झेजियाङ विकास मोडल चिन भर विस्तार गर्न महत्त्व पूर्ण भूमिका खेलेका सी चिन फिङ लाई उनको कार्य क्षमताको पहिचान गर्दै सन् २००८ मा उनलाई चीनको उपराष्ट्रपतिको पद ग्रहण गर्ने अवसर आयो। जसले उनलाई तत्कालीन शीर्षस्थ नेता हु जिन्ताओको उत्तराधिकारीको रूपमा स्थापित गरिदियो। मुलुक र मूलक बासीको नाममा अत्यन्त सक्रिय रहने स्वभावका सी चिन फिङ लाई सन् २०१२ मा आधिकारिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरियो। त्यसको केही समय पछि उनी चीनको सर्वोच्च नेताको रूपमा आफ्नो अधिकार सुदृढ गर्दै राष्ट्रपतिको पद ग्रहण गर्न पुगे।

 

राष्ट्रपति बने पछि उनले सत्तामा पार्टीको पकड बलियो बनाउने, आर्थिक सुधारलाई अगाडि बढाउने, विश्वव्यापी मञ्चमा चीनको प्रभावलाई जोड दिने महत्त्वाकाङ्क्षी एजेन्डाहरू अगाडि बढाए। जसले सी जिनपिङको चिनियाँ कम्युनिस्ट पार्टी (CPC) भित्र आफूले चाहे सम्म नेतृत्व लाई निरन्तरता दिन सक्ने हदको विशेष पकड दिने काम मात्र गरेन चिन लाई निकट भविष्यमा विश्व कै सबै भन्दा शक्ति शाली विशेष मुलुक बन्ने हद उन्मुख गराउन समेत सी चिन फिङ सफल बने।

 

चीनलाई सी चिन फिङले आज विशेष गरी उत्पादन र प्रविधिको क्षेत्रमा विश्वको महाशक्तिमा रूपान्तरण स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वको चीनले इलेकट्रोनिक्स देखि कपडा सम्मका सामानहरूको विस्तृत शृङ्खलाको उत्पादन क्षमतामा उल्लेखनीय विस्तार गर्दै विश्वको सबैभन्दा ठुलो उत्पादक मुलुकको रूपमा स्थापित भएको छ।

 

नवीनता र प्रविधिमा सीले दिएको अटुट जोडका कारण विश्व प्राविधिक क्षेत्रमा चीनको विशाल उपस्थिति छ। सी का “मेड इन चाइना २०२५” जस्ता अतुलनीय पहलहरू मार्फत चिन नयाँ नयाँ ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अग्रसर हुँदै गर्दा कृत्रिम बुद्धिमत्ता, नवीकरणीय ऊर्जा, दूरसञ्चार जस्ता उच्च प्रविधियुक्त उद्योगहरूको विश्व हबको रूपमा आफूलाई स्थापना गरिरहेको छ।

 

सी चिन फिङ को प्रशासनले ल्याएको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) जस्ता अत्यन्त महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजनाहरूले चीनलाई सडक, रेलमार्ग, बन्दरगाह र पाइप लाइनको सञ्जालमार्फत एसिया, अफ्रिका र युरोपका बजारहरूसँग प्रत्यक्ष जोड्ने योजनाहरू तीव्र गतिमा अघि बढी रहेका छन्। उक्त पहलले नयाँ बजारहरूमा चीनको पहुँचलाई सहज बनाएको मात्र होइन विश्वव्यापी स्तरमा उसले आफ्नो भूराजनीतिक प्रभावलाई नाटकीय रूपमा विस्तार गर्न सकेको छ।

 

चीनको सेनाको आधुनिकीकरणमा सीको ध्यानले चिन लाई साइबर युद्ध, क्षेप्यास्त्र प्रविधि र नौसेना क्षमताहरू वृद्धि गर्दै रक्षा प्रविधिको क्षेत्रमा विश्वको अधिक शक्तिशाली शक्तिको रूपमा स्थापित गरिदिएको छ। मुलुक र मुलुकको हित वाट एक सेकेन्ड पनि विचलित नहुने सी चिन फिङ को लगनशीलताले अन्तर्राष्ट्रिय मामिलामा प्रमुख खेलाडीको रूपमा चीनको हैसियत बनेको छ। चीनले विश्व महाशक्तिमा आफ्नो स्थिति सुदृढ बनाउन सकेको छ।

 

सी चिन फिङ को नेतृत्व चिनियाँ बहुराष्ट्रिय निगमहरूको द्रुत वृद्धिको नियमित प्रत्यक्ष निरीक्षण गर्ने गर्दछ। जसले लगानी (Investments), अधिग्रहण (Acquisitions) र साझेदारी (Partnerships) को माध्यमबाट विश्वव्यापी रूपमा आफ्नो उपस्थिति विस्तार गरेको छ। हुअवेइ (Huawei), अलि बाबा (Alibaba), र टेन्सेन्ट (Tencent) जस्ता कम्पनीहरू मुलुक प्रतिको दायित्व पुरा गर्दै पश्चिमी समकक्षहरूसँग प्रतिस्पर्धा गर्दै र विश्वव्यापी बजारहरूलाई पुनः आकार दिन काबिल अग्रणी विश्व उद्योगको रूपमा विकसित गर्न सहयोग गरेको छ।

 

 

 

अनुसन्धान र विकासमा रणनीतिक लगानी सँगै स्वदेशी नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सीको नीति चीनको प्राविधिक क्षमतालाई बढवा दिन विश्वमै नमुना नीति बनिरहेको छ। यसले नवप्रवर्तनका प्रमुख क्षेत्रहरूमा रहेको परम्परागत पश्चिमी प्रभुत्वलाई चुनौती दिन चिन लाई सक्षम बनाएको छ। सी चिन फिङ को दूर दृष्टि र परिपक्व रणनीतिक पहलहरूले चीनलाई विश्व मञ्चमा उत्पादन र प्रविधिको पावर हाउसको रूपमा हालको स्थितिमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

 

हाम्रो आफ्नो परिप्रेक्षकमा हेर्दा हाम्रो छिमेकी मुलुक भारत र चीन दुबैमा आफ्नो जीवन र समय आफ्नो मुलुक, आफ्नो मुलुकको भविष्य, आफूले शासन सम्हालेको मुलुकको जनताको हितमा मात्र केन्द्रित रहेर अघि बढ्ने दुई महापुरुषहरूले आफ्नो मुलुक हाँकी रहेका छन्। भरतको नेतृत्वमा रहेका युग पुरुष नरेन्द्र मोदी र चीनको नेतृत्वमा रहेका युग पुरुष  सी चिन फिङ दुवैले आफ्नै जीवन कालमा गरिबिको अनुभूति गरे। आफ्नो पार्टीमा अनुभव लिए। स्थानीय र प्रान्त सरकारमा रहेर आफूले गरेको स्थानीय विकासको नतिजालाई संसारकै नमुना मोडलको रूपमा स्थापित गरे।

 

आफूले सिकेको मोडल देश भर फैल्याउन सक्रिय बने। प्राकृतिक रूपमा आफ्नो कामले आफूलाई अब्बल साबित गरी मुलुकको नेतृत्व लिए मात्र होइन दिलोज्यान दिएर मुलुकको लागि खटे। आज पनि उनीहरू सक्रिय छन्। उनीहरूको नसा नसामा मूलकको विकासको चाहनाको नाडी (श्री कृष्ण भगवान्) र रगतमा जनताको सुख र संवृद्धि को ढुकढुकी (श्री राम) सवार हुने गरेको हामीले छिमेक वाट पनि प्रस्ट सुन्ने गर्दछौ। जसले गर्दा हामीले परीक्षण वाट आफूलाई अब्बल साबित गरेका युग पुरुष र भनौँ महापुरुषहरूले नेतृत्व गरेको शालीन र विश्व महाशक्ति बनेका दुई छिमेक भारत र चीन पाएका छौ।

 

मनमा लाग्ने केही गहिरा  कुराहरूमा आज हाम्रा छिमेकमा कम्तीमा जीवनमा कहिल्यै उद्यम नगरेका, मात्र अक्षरमा खेलेका, तोक आदेश दिएर पावरले विज्ञ स्थापित भएका वा नेता बनेका, कसैको पेटिकोट धोई दिएर योजनाका प्रमुख बनेका, मुलुक बनाउने रिजल्ट दिन नसकेका तन्नमहरू  विश्लेषक वर्गहरूको रूपमा मुलुकको अर्थ नीति र विकास वारेका लेख, इन्टरभ्यु र गफ दिने भूमिकामा देखिन र रहन पाउने गरेका छैनन्। कागजी ज्ञान र खोक्रो भाषण गरेको भरमा मुलुक हाँक्ने भूमिका पाउने गर्दैनन्। बुद्धि विलासिताको सृजनामा जन्मेका लेख र सल्लाह लाई सञ्चार क्षेत्रले स्थान दिँदैन। कतै दिई हालेछ भने पनि स्कुल, विश्व विद्यालय र पाठकले त्यसलाई स्विकार्दैन।

48Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: