मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक विज्ञानमा तिहारको दियोले के भन्छ ?

नारायण घिमिरे

चिल्लो शरीरको लागि आवश्यक पदार्थ हो। जब त्यही चिल्लो सरिरमा जरुरत भन्दा धेरै जम्मा हुन्छ त्यो बोसोमा परिवर्तन हुन्छ। धेरै मोटो पन धेरै रोगको कारक बनिदिन्छ।

मानिसको दिमाग सकारात्मक र नकारात्मक दुवै खाले सोचहरू निरन्तर उब्जने गरी इन्जिनियरिङ भएको छ। त्यसको नियन्त्रण र सही  दिसा बोधको लागि तपाईँ सँग प्रकृतिले विवेक राखिदिएको छ। तपाइको आफ्नो विवेक आफ्नो स्वतन्त्र इच्छा अनुरूप तपाई आफू अनुकूल वा प्रतिकुल प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ। जसलाई तपाइको कर्म भनिन्छ।

प्रकृति प्रदत्त सोच पैदा हुने र त्यसलाई आफ्नो कर्ममा परिवर्तन गर्ने प्रक्रियाको इन्जिनियरिङ डिजाइन अनुरूप जब तपाइमा नकारात्मक सोचको मात्र बढ्न थाल्छ, तपाई बिस्तारै आत्मा केन्द्रित र स्वार्थी बन्न थाल्नु हुन्छ। त्यो हद बढ्दै जाँदा  तपाइ बिखालु चरित्र वा टक्सिक गुणले भित्रै वाट भरिनु हुन्छ। जसले पनि अरूलाई आफूसँग जे छ त्यही दिन सक्छ। नभएको कुरा दिन सक्ने कुरो भएन। टक्सिक गुणले भरिपूर्ण बन्नु भएको तपाइ सँग तपाइको सम्पर्कमा रहेकाहरूलाई मात्र  टक्सिक व्यवहार उपलब्ध गराउने क्षमता हुन्छ।  आफ्नो कर्म अन्तर्गत मात्र टक्सिक गुण दिन सक्ने चरित्र बनाउनु भएको कर्मको पहिलो सिकार तपाइका आफन्त, नजिकका प्रिय जन बन्दछन्।त्यो क्रम बिस्तारै बढ्दै समाज सम्म पुग्ने गर्छ।

हाम्रो मान्यतामा हरेक कर्म प्रति कर्मको छाया सँग जोडिएको हुन्छ। प्रति कर्मको मध्ये सबै भन्दा ठुलो हिस्सा अन्ततः कर्म गर्ने सामुन्ने नै आइपुग्छ। मतलब तपाइमा उम्रेको, हुर्केको र तपाइले पालन पोषण गरी सक्रिय पार्नुभएको टक्सिक गुणको विष रुपी प्रतिफलले अन्ततः तपाई आफूलाई नै अन्य लाई भन्दा ठुलो प्रभावका साथ धक्का दिएर तपाईँकै ठुलो क्षति गरिदिन्छ।

वैदिक विज्ञान आत्माको मृत्युमा विश्वास गर्दैन।किनकि जन्म मृत्यु एक निरन्तर चल्ने आत्माले शरीर परिवर्तन गर्ने क्रम हो। वैदिक ज्ञानमा मृत्युको अर्थ तपाई आफ्नो नैतिकता गुमाएर नैतिक विहीन बन्नु हो। तपाईँ आफ्नो आत्मा सम्मान आफैले गुमाएर आफ्नै लागि मरे सरह बन्नु हो।

वैदिक अवधारणा अनुरूप तपाइमा नियमित विकास हुने नकारात्मकता तथा दुष्टतामा ब्रेक नलाग्ने हो भने निकट भविष्यमै त्यसको बढ्ने क्रम नरोकिने, तपाई मानिसको रूपमा जिउँदै रहँदा आफू भौतिक रूपमा श्वास फेरिरहेको भएता पनि नैतिक रूपमा मरिसकेको अनुभूति गर्ने हुन्छ। आफ्नै नजरमा आफ्नो आत्मा सम्मान गुमिदिने स्थिति आउँछ। त्यो भनेको तपाइको दिमाग (इन्द्रियहरूको सञ्चालक इन्द्र) लाई तपाइको अनैतिक गतिविधिले सीमा नाघेको सूचना पुग्नु हो। जुन तपाइको आफ्नै विवेक (मृत्युको दूत काल – मतलब अँध्यारो पक्ष) को अनुभूति इन्द्र सम्म पुग्नु हो। मानव रूपको तपाइको जीवन भने आफै आफ्नो कर्मको नरकमा बन्दी हुन पुग्नु हो।

आज दीपावली, अर्थात् हजारौँ दीपहरूको पर्व लक्ष्मी पूजा। हजारौँ लाई नकारात्मकताको अँधेरो वाट मुक्त बनी सकारात्मकता वा प्रकाश तर्फ जान उत्प्रेरित गर्ने उत्सव। उज्यालोको अर्थ अँध्यारोको उपस्थिति नरहनु।

आज तपाइले बाल्दै गर्नु भएको दियोको तेल वा मैनले तपाइको दिमागमा जम्ने नकारात्मक सोचको प्रतिनिधित्व गर्दछ। त्यसको सलेदो वा धागोले तपाइको चेतना अर्थात् आत्माको जानकारीमा  रहेको तपाईँ आफैमा अन्तर्निहित सैतान र नकारात्मकताको प्रतिनिधित्व गर्दछ। आगो नकारात्मकता, स्वार्थीपन र दुष्ट विचारहरू वाट मुक्ति दिलाउने यन्त्र अर्थात् त्यस वाट जसरी पनि मुक्ति लिने साहसिक अठोट गर्ने तपाइको आत्मबलको प्रतीकको काम गर्दछ।

जब तपाईँ बत्ती प्रज्वलित गर्नु हुन्छ, तपाइको चेतनामा वा सूचनामा रहेको नकारात्मकता, दुष्टता वाट छुटकारा लिने प्रण गरी तपाईँ तपाइको अँधेरो पक्षलाई तेल जस्तै प्राकृतिक रूपमा वाली वातावरणमा धुमिल पारि आफ्नो चेतना वा सूचनामा रहेका खराब पक्ष वाट आफूलाई मुक्त गर्ने निश्चयमा पुग्नु भएको हुन्छ।

खराब पक्ष र दुष्टता बिनाको जीवन अत्यन्त मूल्यवान् हुन्छ। जुन लक्ष्मी अर्थात् जीवनमा सम्भव हुने सबै भन्दा उच्च सम्भ्रान्तताको   आगमनको अवस्था हो। खराब पक्ष जितेको, दुष्टता बिनाको जीवन प्राप्ति हुँदाको अवस्थामा आफ्नो कर्मको कारण कुनै अपसोच गर्नु पर्ने, आफूले आफैलाई घृणा गर्ने स्थितिआइलाग्ने सम्भावना रहदैन। त्यहाँ आफैले आफैलाई जिउँदै मरे तुल्य महसुस गर्नु पर्ने अवस्थाको गुञ्जायस समेत रहदैन।

हाम्रा दिदी बैनीहरूले भाई टिकाको दिनमा आफ्नो दाजु भाइ लाई कालको समेत उनीहरू लाई हानि नगर्ने बाचा लिएर जीवन भर (सात कल्प सम्म) दीर्घ जीवी तथा चिरञ्जीवी बनाउन गर्ने प्रणमा आफ्ना दाजु भाईहरुको सकारात्मक सोच बिकास भइ कर्ममा शुद्धता आवास भनी कामना गर्दै आफ्ना दाजु भाईहरुलाई त्यसको लागि उत्प्रेरित समेत गरिएको छ।

प्रमुख – वैज्ञानिक तथा प्रयोगात्मक अनुसन्धान
निजी क्षेत्रको क्यानेडियन अनुसन्धान केन्द्र, टोरन्टो।

21Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: