मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली भान्साका भाइरस प्रतिरोधी खाना !

नारायण घिमिरे

डब्लुएचओले कोभेड-१९ को आक्रमण महामारीको दर्जा दिएपछि भाइरस प्रतिरोधी खाना र पेय बारे धेरै जनचासो बढेको छ। हालैको जनचासोको उत्तर तेती सहज छैन। जन स्तरमा उपलब्ध परिस्थिति र बिकल्प भित्रको समाधान के भन्ने सिधा उत्तर खोजेको छ। सङ्क्रमणका बेला शरीरलाई सुरक्षित राख्न खानाको हिलिङ्ग गुण, प्रतिरक्षा निर्माण गुण र पोषण गुणको अन्ने-न्याश्रित सम्बन्ध रहने गर्छ। कतिपय अवस्थामा सहज प्रश्नको सहज उत्तर दिन नसकिने हुँदो रहेछ। जब दिइने उत्तरले अर्को प्रश्न जन्माउँछ वा जिज्ञासुमा दुबिधा थपी दिन्छ त्यो समाधान नभएर थप पिडाको थुप्रो बनिदिन्छ।

 

आजको जन चासोको सबैभन्दा चोटिलो चुरो जिज्ञासा “मैले खाने दैनिक खान पानमा कस्तो कस्तो तरिका अपनाउन सक्दा यो नोबेल कोरोना भाइरस सङ्क्रमण बाट आफूलाई सकेसम्म सुरक्षित राख्न सक्छु” रहेको कसैमा छिपेको छैन। भाइरस सङ्क्रमणको सम्भावना कुन कुन खानाले कसरि घटाउन सक्ला भन्ने नै हो। खानपिन बारे बजारमा निकै धरै सल्लाहहरू र कथाहरू पढ्न पाइने गर्छ। ती खाद्य पदार्थहरू किन चुनिए वा तिनका वैज्ञानिक आधार के भन्ने खासै आधार दिने गरिदैन।

 

कोभेड-१९ वास्तवमै के हो र यसको नालीबेलीको पाण्डुलिपि संसार लाई आज सम्म उपलब्ध भई सकेको छैन। उक्त पाण्डुलिपि प्राप्त नहुँदा औषधि विज्ञ हरूलाई सबैभन्दा उत्तम लागेका औषधि र खाद्य विज्ञ हरूलाई सबैभन्दा अब्बल लागेका हिलिङ्ग फुड समेतमा शङ्का गरिनु पर्छ। आज भएको पनि त्यही हो। समस्याको प्रस्ट रुटकज वा चुरो कारण थाहा हुन नहुँदा राम बाण जस्तो समाधान आउने सम्भावना रहँदैन।

 

तपाइले खाने खाना तपाइको शरीरलाई चाहिने इन्धन दिने, तन्तुहरूको निर्माण र मर्मत सम्भारको लागि जरुरी हुने बस्तु र तन्तु तथा अङ्गहरूलाई रोग लाग्न नदिन जरुरी प्रतिरक्षा प्रणाली बनाउन र रोग लागि सकेको अवस्थामा रोग सँग भिडेर तपाइको तन्तु र अङ्गको रक्षा गरी तपाइलाई जीवित राख्न जरुरी हुने पदार्थ तपाईँको शरीरलाई उपलब्ध गराउने बस्तु हो। आयुर्वेदिक र क्वान्टम बायोलोजीको हिसाबमा त यो शरीरमा प्राण धान्न जरुरी हुने जीवन्त शक्ति दिने उपाय समेत हो।

 

कोभेड-१९ जस्ता रोगको विरुद्ध लड्न हामीलाई खानामा भाइरस सँग लड्ने क्षमता बढाउन जरुरी छ। भाइरस विरुद्ध लड्ने क्षमता विकास गर्न एकातर्फ शरीरको प्रतिरक्षा प्रणालीलाई स्थिर राख्न जरुरी हुने खानको सार तत्त्व रहनु जरुरी हुन्छ भने अर्को तर्फ भाइरस विरोधी सार तत्त्वहरुको मात्रा बढाउन अनिबार्य हुन्छ।

 

कतिपय अवस्थामा खानामा भाइरस विरोधी तत्त्व रहदा पनि उक्त तत्त्व अन्य तत्त्वको अभावमा शरीरले लिने नसक्ने हुने गर्छ। तसर्थ ती सहायक तत्त्व समेत खानामा समावेश गर्न सक्दा खानालाई हामीले चाहेको जस्तो इमुन दिन सक्ने पोषण तत्त्वमा ढाल्न सम्भव हुन्छ। कतिपय अवस्थामा खानामा भाइरस विरोधी तत्त्व रहदा पनि उक्त तत्त्व अन्य तत्त्वको अभावमा शरीरले प्राप्त गर्न नसक्ने हुने गर्छ। तसर्थ सहायक तत्त्व समेत खानामा समावेश गर्न सक्दा खानालाई चाहेको जस्तो इमुन दिनसक्ने पोषण तत्त्वमा ढाल्न सम्भव बन्छ।

 

  • लसुन: शरीरमा भाइरस प्रतिरोधी क्षमता विकास गर्न एलिसिनको राम्रो भूमिका हुने गर्छ। एलिसिन अक्सिजनमा मिल्दा तुरुन्तै डाईएलाईल डाईसल्फ़ाईड र डाईएलाईल ट्राईसल्फ़ाईडमा परिवर्तन हुन्छ। जस्तै: आज बजारमा उपलब्ध हुने एन्टी-भाइरल दबाइ Allimed® or Allimax® (दुवै १००% शुद्ध) एलिसिन हो। जुन लसुनमा पाइन्छ। एलिसिन रुवा-खोकीको चिसो भाइरसको उपचारमा प्रयोग गरिन्छ। एलिसिनले भाइरस र ढुसीलाई मारी दिन्छ। लसुनलाई धेरै पिन्दा अक्सिजन सँग मिलेर टुक्रने हुँदा सग्लै लसुनको पोटि खान सक्दा यसको भाइरस प्रतिरोधी शक्ति धेरै उपयोग गर्न सकिन्छ। लसुनको भाइरस मार्ने खुबीले सिधै लसुन खादा हाम्रो आन्द्रामा समेत दर्द दिन सक्छ। तसर्थ लसुनको बलिष्ठ भाइरस प्रतिरोधी क्षमता काँचै  वा पिनेर वा सुपहरूमा मिसाएर सेवन गर्न सकिन्छ। चप गरेको १ चिनी चम्चा (४-५ ग्राम) लसुन, १ टेबल चम्चा (१४ ग्राम) शुद्ध महमा (प्रशोधन नगरिएको काँचो) मिसाएर १ दाना ल्वाङ सँग २ वा ३ दिन सम्म दिनको एक पटक खाने र त्यस पछि एक वा दुई दिन बिराएर खाने गर्दा शरीरको भाइरस प्रतिरोधी क्षमता निकै धेरै बढेको पाइएको छ। तोरीको तेलमा ५४ प्रतिशत एलाईल आइसोथायो साइनेड हुने गर्छ। यसमा ५.५% डाई एलाईल  डाई सल्फ़ाईड र ९.४% डाई एलाईल ट्राई-सल्फ़ाईड हुने गर्छ। परम्परागत रूपमा मसालमा अदुवा र लसुन रहने, भुटानमा तोरीको तेल खाने गर्दा हामीमा निकै राम्रो एन्टी भाइरल क्षमता बढेको देखिन्छ।

 

  • स्टार अनीश (Illicium verum): एसियाको मसला भनेर चिनिने स्टार अनीश (Star Anise) वा अनीशमा सिकिमिक एसिड हुन्छ। सिकिमिक एसिड वास्तवमा टमीफ्लु (oseltamivir phosphate) बनाउने आधार केमिकल हो। टमीफ्लुले भाइरसलाई आक्रमण गरी शरीरमा भाइरसको बृध्दिहुन बाट रोक्छ। त्यसैले टमीफ्लु नाक, घाटी र फोक्सोमा हुने भाइरल सङ्क्रमण वा इन्फ्लूएन्जा रोक्ने निकै प्रभावकारी उपाय हो। विगतका भाइरस महामारी हुँदा संसारले स्टार अनीशबाट आउने टमीफ्लु बाट धेरै मानिसको ज्यान बचाउन सकेको थियो। स्टार अनीशबाट टमीफ्लु बनाउने उद्योगको आफ्नै लामो तरिका भए पनि यो मसलामा वा चियाको रूपमा पिएर शरीर लाई दिँदा शरीरले आफ्नो शक्ति र आन्द्रामा हुने मित्र ब्याक्टेरिया (गट ब्याक्टेरिया) को सहयोगमा स्टार अनीशको सार तत्त्व प्रयोग गरी आफ्नो भाइरस प्रतिरोधी क्षमता बनाउने गर्छ। तसर्थ स्टार अनीशलाई सुपर पावोरफुल एन्टी भाइरल मसला भनिएको हो। स्टार अनीशलाई पानीमा उमालेर हर्बल चिया जस्तो पिएर हामी आफ्नो शरीरको भाइरस प्रतिरोधी शक्ति बढाउन सक्छौ। आज अमेरिकी सरकारले १२ मिलियन टमिफ्लु हालिएको क्याप्सुल महामारीमा जरुरी पर्ला भनी स्टक राखेको बताएको छ। अदुवा र स्टार अनीशलाई बराबर मिसाएर शुद्ध प्रशोधन नगरिएको मह सँग मिसाएर लेदो बनाएर खादा यो अचुक भाइरल प्रतिरोधी खाना हुने छ।

 

  • अदुवा: दश हजार भन्दा धेरै वैज्ञानिक अनुसन्धानले ताजा वा सुकाएर पाउडर बनाएको अदुवाको भाइरस प्रतिरोधी शक्ति हुने प्रमाणित भएको छ। एन्टीभाईरल गुण हुने सारतत्वहरू सेसकुईटरपिन, एलिसिन, एलिलिन, एजोईनिनको धेरै राम्रो श्रोत हो अदुवा। एन्टीभाईरल गुण दिने अदुवाका सारतत्वहरू प्रशोधन हुँदा अन्य केमिकल बन्ने हुँदा सकेसम्म कम प्रशोधन गरी चियामा खाने, मसलामा खाने, कलिलो अदुवाको रस खाने, अदुवाको डाँठको रस खाने चलन संसारभर व्यापक बनेको हो। अयुर्बेदले त काँचै अदुवा मुखमा हाली कुटु कुटु टोक्ने सल्लाह दिन्छ। अदुवाको यही गुनका कारण विगतमा एचओनएनओनको केशमा अदुवा प्रयोग गरी एचओनएनओन इन्फ़्लुएञ्जा-ए परास्त गरिएको थियो। एड्सको इमुन सिस्टम कमजोर हुने रोगीमा होस् वा मानिसको श्वास प्रश्वासमा बाधा दिने भाइरस परास्त गर्न अदुवाको सफल प्रयोगको अनुभव संसार सँग छ।भाइरस विरोधी ईमुन विकास गर्न  अदुवा अत्यन्त उपयोगी छ। अदुवामा तामा, पोटासियम, म्याग्नेसियम प्रचुर मात्रामा हुने हुँदा ईमुन सिस्टम सन्तुलन गर्न, उच्च रक्त चाप रोक्न, पाचन शक्ति नाटकीय रूपमा बढाउन समेत सहयोगी हुन्छ। जुन भाइरल महामारी हुँदा शरीरलाई अनिबार्य हुने गर्छ।

 

  • बेसार वा हलेदो: भाइरस प्रतिरोधी खानाका भाइरस मार्न सक्ने वा भाइरस लाई तन्तुको कोशिका सम्म पुगी सङ्क्रमण गर्न रोक्न सक्ने वा शरीरमा जरुरत भन्दा धेरै एन्टीबडी पैदा हुने र नियन्त्रण गुम्न पुगेका कारण उत्पन्न अधिक पिडाका कारण मानिसको मृत्यु हुने अवस्था वाट जोगाउन सक्ने कुनै पनि गुण नितान्त महत्त्व पूर्ण हुने गर्छ। बेसारले भाइरसको प्रोटिन सँग टाँसिएर यसलाई निष्क्रिय पारि न त शरीर भित्र आक्रमण गर्न सक्ने , न टुक्रिएर सन्तान ब्रिद्दि नै गर्न सक्ने बनाएर निष्क्रिय पारिदिने भेटिएको छ। बेसारमा हुने देस-मिथोक्सी करकुमिन, बिसड़ी- मिथोक्सी करकुमिनको एन्टी-भाइरल, एन्टीकेन्सर र एन्टी बेक्टेरियल गुणको भेटिएको छ। त्यस्तै शरीरमा धेरै एन्टीबडी पैदा हुन गई शरीरमा उत्पन्न हुने अधिक पिडाका रोक्ने एन्टी इन्फ्लेमेटोरी गुण रहने गर्छ। तसर्थ खाना तथा पेय पदार्थमा प्रशस्त बेसार समावेश गरी खाने बानीले शरीरको भाइरस प्रतिरोधी गुण विकास गर्न सहयोगी हुने गर्छ।

 

  • नरिबल: खानालाई ताजा प्रेस गरिएको नरिवलको तेलमा पकाएर खादा वा काँच्चै सुकेको नारिबेल खादा शरीरको भाइरस प्रतिरोधी क्षमता अत्यन्त प्रभावकारी रूपमा बढ्ने गर्छ। लाउरिक एसिड र क्यापराइलीक एसिड नरिवल तेलको अभिन्न भाग हो। नरिवलमा ५०% सम्म लाउरिक एसिड हुने गर्छ। हाम्रो शरीरले लाउरिक एसिडलाई मनोलौरिनमा परिवर्तन गर्छ। जब मनोलौरिन भाइरसको सम्पर्कमा आउँछ यसले भाइरसलाई सबैतिर बाट घेरेर कैद गरिदिन्छ। जसले गर्दा भाइरस न त शरीर  भित्र आक्रमण गर्न सक्छ, न टुक्रिएर सन्तान ब्रिद्दि नै गर्न। केही समयमा भाइरस सँग मर्नुको विकल्प रहँदैन। हाम्रो शरीर भित्र मनोलौरिनले ब्याक्टेरिया समेत मार्ने काम गर्छ। आमाको दूधमा हुने लौरिक एसिड पचेर मनोलौरिन बन्ने हुँदा कलिलो बच्चामा भाइरसको सङ्क्रमण कम देखिएको पाइन्छ। त्यस्तै गाइको दूध र बाख्राको दूधमा समेत थोरै मात्रामा लौरिक एसिड पाइने गर्छ। हाम्रो शरीरको लागि नारिबेल उच्च म्याग्निजको श्रोत हो। यसमा तामा समेत उच्च मात्रामा रहन्छ भने पोटासियम र फस्फोरस समेत रहन्छ। म्यागनिज खानामा भएको फाइटोकेमिकल अथवा औषधीय पदार्थ शरीरमा उपलब्ध गराउन र हड्डी हरुको सुरक्षामा अति सहयोगी हुन्छ। तामा र म्यागनिजको सन्तुलन बलियो अस्थिपञ्जर, सफा रगत र स्वस्थ दिमागको लागि आशीर्वाद नै हुने गर्छ। साथै रगतको कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने गर्छ। भाइरसको महामारीको डर हुदै गर्दा कुटु कुटु सुख्खा नारिबेल खाने वा नारिबेल पनि पिउने बानी उत्कृष्ट हुन्छ।

 

  • भिटामिन-सीले परिपूर्ण खाना खाने: चीनले कोभेड-१९ महामारी विरुद्धको लडाई लड्दै गर्दा कोभेड-१९ को सङ्क्रमण भयो बने सङ्क्रमणको हद अनुरूप प्रति केजी शरीरको तौल बराबर ५० देखि २०० मिलिग्राम भिटामिन सी को इन्जेक्सन सिधै रगतमा दिएर नियन्त्रण गरियो। एक वयस्क मानिसमा ४०००० देखि १६०००० मिलिग्राम आइभी भिटामिन-सी दिइएको थियो। कोभेड-१९ को उच्च सङ्क्रमणको बेला जीवन र मृत्युको दोसाँधमा पुगेका बिरामी हरूलाई जीवन दान दिन सक्षम भिटामिन-सी वास्तवमा एन्टी-अक्सिडेन्ट हो । यसले भाइरस लाई मार्न भने सक्दैन। तर यसको उपस्थितिमा भाइरस टुक्रिएर सन्तान ब्रिद्दि गर्न सक्दैन। जसले गर्दा बिरामी लाई स्टेवल राख्न सकिने र दिन पुगे पछि भाइरस आफै मर्ने अवसरको रूपमा यो प्रयोगमा आएको हो। भिटामिन-सी को प्रयोग सार्समा पनि भएको थियो । खाना बाट हामीले खाने भिटामिन-सी सिधै रगतमा दिएको आइभी भन्दा भन्दा दस गुणा कम असरदार हुन्छ। हाम्रो स्थानीयतामा भिटामिन-सी बाट परिपूर्ण हुने अमला, कागती, भोगटे, निबु, सुन्तला, जुनार आदि धेरै अमिला जातका फलफूलहरू, रातो भेडे खुर्सानी, पहेँलो भेडे खुर्सानी, मोरिङ्गा, तुलसी आदि पाइन्छ। सरिरमा भाइरस प्रतिरोधी हुने भिटामिन सी को मात्रा हामीले हाम्रो दैनिकीमा बाढाउदा शरीरमा भाइरस प्रतिरोधी क्षमता बढ्छ। एउटा सक्करखण्ड, एउटा पोटि लसुन, एउटा हरियो प्याजको हर्ब, केही रोजमेरी, तुलसी वा बाबरीको पत्ता, मोरिङ्गाको पात हाली बनाइएको सुप चिसो, फ्लु र भाइरलको ओखती हुने भनी खाने चलन आज संसारभर ह्वात्तै बढेको छ। जुन भाइरस विरोधी ईमुन सिस्टम बनाउने पौष्टिक सुप नै हो।

 

  • क्यान्सर प्रतिरोधी रेसवरेट्रोल अधिक हुने खाना: हामीले खाने कतिपय खानामा रेसवरेट्रोल (Resveratrol) नामक क्यान्सर प्रतिरोधी एन्टीअक्सिडेन्ट हुने गर्छ। शरीरमा यसको आपूर्ति गर्न सक्दा यसले मुटु र रक्त सञ्चार प्रणालीको रक्षा गर्ने, रगतमा कोल्डस्टेरोइड घटाउने, रगत जम्न नदिई हार्टऐटेक वाट बचाउन र रगतमा चिनीको मात्र घटाउन समेत महत्त्व पूर्ण भूमिका खेल्छ। नेपाली बदाम, पिस्ता, अङ्गुर, रेड र व्हाईट वाइन, बेरी जातिका सबै फलफूल जस्तै स्ट्रबेरी, ब्लु बेरी, क्र्यांनबेरी, ऐसेलु, काफल आदि, कोका, आदिमा उच्च रेसवरेट्रोल हुने गर्छ।  रेसवरेट्रोल फंगल सङ्क्रमण विरुद्ध लड्ने, अल्ट्राभोईलेट रेडिएसन, चिन्ता र चोटपटक लाग्दा समेत सो विरुद्ध लड्ने गर्छ। जुन कोरोना सङ्क्रमण विरुद्धको प्रति रक्षात्मक प्रणाली बलियो आधार बनाउन सहयोगी हुने गर्छ।

 

  • तुलसी: तुलनात्मक रूपमा तुलसीको केही एन्टी भाइरल गुण कम नै हुने गर्छ। बाबरीमा भने एन्टीभाइरल गुण हुँदैन। तुलसी बाबरी दुवै बोर्ड-स्पेक्ट्रम एन्टीमाइक्रोबियल गुण हुने हुँदा यसलाई उद्योग हरुले मुख कुल्ला गर्ने, सेनिटाईजर बनाउने र पनि सफा गर्ने पदार्थको फर्मुलामा धेरै हालेको देखिन्छ। शरीर तन्देरी देखिन र ब्याक्टेरिया आदि विरुद्ध लड्न तुलसी उपयोगी हुन्छ। तुलसीमा भिटामिन-ए, फोलिक एसिड, क्याल्सियम र म्याग्नेसियम पाइने हुँदा यो सिधै भाइरस प्रतिरोधी नहुँदा पनि शरीर लाई भाइरस विरुद्ध लड्न सहयोगी भूमिका भने खेल्छ। हरेक दिन बिहान  एक चम्चा बाबरी वा तुलसी (४ ग्राम) खाएर शरीरको रोग प्रतिरोध क्षमता बढाउन सकिन्छ। यसलाई मरीच र मह सँग खादा झन् रोग विरोधी क्षमता उच्च बनाउन सकिन्छ। तुलसी बाहेक नेपालमा हुने धेरै पोषण तत्त्व दिने मोरिगाको पातको धुलो आफै भाइरस प्रतिरोधी नभए पनि शरीरको ईमुन सिस्टम बढाउन अत्यन्त उपयोगी हुने गर्छ। हुन त तुलसी र मोरिङ्गामा शरीरको दैनिकीको हिसाबमा राम्रो भिटामिन-सी हुने गर्छ। तर पनि भाइरसको दोहोलो काट्न तुलसी, बाबरी र मोरिङ्गामा हुने भिटामिन-सिको मात्रा जरुरत भन्दा निकै कम रहने गर्छ।

 

  • खानामा प्रसस्त एन्टी भाइरल हर्ब्सहरु संलग्न हुने गरि खाने: मानिसमा एन्टी भाइरल ईमुन ब्रिद्दि गर्ने हर्ब्सहरु धेरै छन्। जस्तै तुलसी, बाबरी, ओरिगानो, थाइम आदि। यिनीहरूलाई चिया जस्तो, तरकारीमा हालेर, सुपमा हालेर, पेय पदार्थमा या सलादको रूपमा समेत प्रयोग गर्न सकिन्छ। जस्तै अदुवा, लसुन तुलसी , बाबरी आदि हालेर चिया बनाउन सकिन्छ। ओरिगानो, थाइम, यूकालिप्टस, स्टार अनीश आदिको तेल मिसाएर वासना लिने, खानामा हाली खाने, परफुमको रूपमा प्रयोग गर्ने आदि गर्न सकिन्छ।हाम्रो भान्सामा हुने टिमुर पनि अर्को उपयोगी मसला हो। यसको एन्टी ब्याक्टेरिया र भाइरल गुण हुने गर्छ। तर इन्फ़्लुएञ्जा – ए जस्तोमा यसको प्रभाव अलि कम देखिएको छ। यो अझै अनुसन्धानको क्रममा रहेकाले र यहाँ प्रमाणित भएका मात्र समावेश गरिएकाले छुटै टिम्मुरको बारे नलेखिएको हो। अनुसन्धान वाट हाल सम्मको प्राप्त सूचना अनुरूप टिम्मुर लिने बानी निकै फाइदा जनक हुने बुझिएको छ।

 

  • माइक्रोबायोम: हाम्रो शरीरको आन्द्रामा रहने लाखौँ लाख शरीरलाई फाइदा हुने बेक्टेरियाहरुका कारण हामीले खाएको खानाको सारतत्व र पोषण तत्त्व हाम्रो शरीरले लिन सक्ने अवस्थामा पुग्ने गर्छ। त्यो बाहेक शरीरलाई जरुरी हुने भिटामिन र इन्जाइमहरू बनाउन पनि तिनै ब्याक्टेरियाहरू जरुरी पर्छ। हाम्रो शरीर लाई तन्दुरुस्त बनाउन एका तर्फ हामीलाई हानिकारक हुने ब्याक्टेरिया शरीरबाट हटाउन जरुरी हुन्छ भने अर्को तर्फ शरीर लाई नभई नहुने ब्याक्टेरियाहरू (जसलाइ माइक्रोबायोम भनिन्छ) लाई उचित पोषण पालन गरेर तिनीहरूको सक्रियता बढाएर हामीले हाम्रो शरीरको भाइरस लगायतको समेत प्रतिरोधी शक्ति बढाउन सक्छौ। माइक्रोबायोम हरुलाई खुवाउने खाना लाई प्रो-बायोटिक भनिन्छ। डरलाग्दो सङ्क्रमण बाट बच्न हामीले आफ्नो खानामा प्रो-बायोटिक अनिबार्य संलग्न गर्न जरुरी छ। तसर्थ स्वस्थ आन्द्राको निर्माण गरी आफ्नो भाइरस समेतको प्रतिरोधी क्षमता बढाउन चामल र चुकन्दरको कान्जी वा थोरै घिउ, नुन र मुङ दाल समेत भएको खोले निकै प्रभावी हुने गर्छ।

 

  • अन्य जरुरि मिनिरल्स र भिटामिन: जिङ्क, सिलेनियम जस्ता मिनिरल शरीरमा एन्टी-भाइरल क्षमता विकास गर्न उपयोगी देखिएको छ। जुन अमेरिकी बदाम, फर्सीको गेडा, सूर्यमुखी फुलको गेडा, काजु, पिस्ता आदिमा प्रशस्त भेटिन्छ।

(लेखक घिमिरे क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ हुन)

 

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: