मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानडामा आयुर्वेदिक गाँजा युक्त ओखतीको फर्मुलेसन सम्पन्न। फर्मुला किन्न धेरै लालायित।

आयुर्बेदमा १३ फरक डोजेज फर्ममा १९१ (आन्तरिक १८७ फर्मुला र बाहिरी ४ फर्मुला) भन्दा धेरै ओखतीहरूमा गाँजाको प्रयोग भएको भेटिन्छ।

 

त्यसमा पनि मुख्य तय १११ हर्बल -मिनिरल – मेटल हाली बन्ने प्रकृतिका रस प्रकृतिका ओखती, ३० थरी ट्याब्लेट वा गुटिका, १७ थरी पाउडर वा चुर्ण, ०९ थरी मिठाई जस्तो अवलेह, ४ थरी रक्सी – तेल मिश्रित अश्म, ०३ थरी डिकोकसन मतलब कभाथा र ग्रथ, एक अल्कोहोलिक वा अरिस्ट, एक मोदका वा बोलस , एक सत्तावा (एसेंस), एक लौह (फलाममा आधारित) तथा अन्य उत्पादनहरू भएका देखिन्छन।

 

गाँजा ओखतीको रूपमा प्रयोग गर्दा सफा गरेर वा शुद्धीकरण पश्चात् मात्र प्रयोग हुने गर्थ्यो। जसमा मुलत तिन विधि अपनाउने गरिन्थ्यो। पहिलोमा गाँजाको पातलाइ सिरकको खोल हुने मस्लिमक्लथ कपडाले बाँधेर पानीमा हरियो नआउन्जेल हातले मिची मिची (पात नभत्कने गरी) सफा गरिन्थ्यो।त्यसपछि घाम नभएको ओझेलमा राखी सुकाएर सुकेपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो।

 

दोस्रो तारिकमा गाँजाको पातलाइ पानीमा सफा गरिन्थ्यो, हातले दबाएर पनि तारे पछि सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउमा भुटिन्थ्यो। घिउमा भुटिएको गाँजा त्यसपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो।

 

तेस्रो तारिकमा गाँजाको पातलाइ लगभग तिन घण्टा  गाइको दूधमा डुबाएर यसमा हुने स-साना बैजनी पदार्थ हटाइन्थ्यो र त्यसपछि पानीले सफा गरिन्थ्यो। जसलाई सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउमा भुटिन्थ्यो। घिउमा भुटिएको दूध पानी मा नुहाएको (सभेदाना वा फोमेन्टेसन) गाँजा त्यसपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो।

 

चौथो तरिकामा खयरको बोक्रा लाई ३०-४० मिनेट पानीमा उम्लेर बनेको पनि (डिकोक्सन) मा मनतातो अवस्थामा गाँजाको पातलाइ लगभग १२ मिनेट जति भिजाएर सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउसँग मिसाएर पाउडर वा चुर्ण बनाइन्थ्यो। घिउसहितको सुकेको गाँजाको  पाउडर ओखतीमा हाल्न तैयारी चुर्ण बन्दथ्यो।

 

परम्परागत रूपमा गाँजा रहेको ओखतीमा गाँजा हाल्न यसरी तैयारी हुने गर्थ्यो। आज मर्करी अथवा पारो र कतिपय हेभी मेटल जस्तै फलाम आदिको खरानी आदि ओखतीमा हाल्नुको स्वास्थ्यको फाइदा थाहा हुन नसकेको तर तिनीहरू हानिकारक बनेका केही प्रमाणहरू देखिएकाले स्वास्थ्यको हित हुने निश्चित नभएको पदार्थ छोडेर अन्य पदार्थ वाट हाम्रो परम्परागत औषधि विज्ञान र आधुनिक औषधि विज्ञानको ज्ञान मिलाएर आज हामीलाई नयाँ मानव कल्याण गर्ने स्वस्थ वर्धक ओखती र पूरक खाना निर्माण गर्ने क्षमता प्राप्त भएको छ।  यो अवसर लाई समयमै सदुपयोग गर्न जरुरी देखिन्छ।

 

मुलत:  आयुर्वेदिक ओखतीहरू / पूरक खाद्यहरू आधुनिक समयको माग अनुरूप  परम्परागत औषधि विज्ञान र आधुनिक औषधि विज्ञानको ज्ञान मिलाएर मानव कल्याण गर्ने स्वस्थ वर्धक कच्चा पदार्थहरू मात्रको प्रयोग गरी क्यानडामा गरिएको प्रडक्ट डेभलपमेन्ट कार्य पुर्णरुपमा सफल बनिरहेको छ।

 

शिव रात्रिमाको हिन्दु धर्मालम्बीहरुको शिव बुटी गाँजा  फर्मुलेसन क्यानडामा सम्पन्न सफल बनिरहदा आयुर्वेदिक गाँजा युक्त ओखतीको फर्मुलेसन किन्न संसारभरका धेरै उद्यमीहरू लालायित बनेको बुझिएको छ।

 

वैज्ञानिक तरिकाबाट विकास गरी बजारमा उपलब्ध गराउन सक्ने चरणमा पुगेको यस्ता उत्पादन भोलिको बजार आवश्यकताले पक्कै कानुनी प्रक्रिया पुरा गरी विश्व बजारमा पुग्ने नै छ। आशा गरौँ यी र यस्तै प्रकृतिका हर्बल उत्पादन हरुको कमर्सियालाईजेसन निकट भविष्यमा भएको देख्न सकिने छ।

 

65Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: