मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोभेड-१९ विरुद्ध लड्न चिनिया प्रविधिबाट आयुर्वेदले सिकोश !!

नारायण घिमिरे

भनिन्छ माल पाएर मात्र हुन्न, चाल पनि पाउनु पर्‍यो। नेपाल सायद गरिब राष्ट्र होला तर हाम्रा कतिपय रैथाने क्षमता र भौगोलिक क्षमताको विशिष्टता बिश्वोलाइ नै चकित पार्न सक्ने छन्। हामी आफै भने बिनाको खोजीमा अलमलिएको कस्तुरीको मनोविज्ञान ग्रसित बनेको प्रतीत हुन्छ। कुरा हाल चलिरहेको बिश्वोब्यापी  कोरोना सङ्क्रमणको बारे नेपालका चोक चोकमा भई रहेका चर्चाहरूको हो। हाम्रा चोक चोकमा भई रहेका कोरोना कोभेड-१९ को चर्चामा हामी सरकारको आलोचनामा निकै धेरै समयहरू खर्च गरिरहेका छौ।

 

कोरोना भाइरस  लागेका बाट आफूमा नसर्न के के विधि अपनाउने भन्ने बारे सकारात्मक हल्ली खल्ली पनि निकै भएका छन्। तर यो बिश्वोब्यापी  कोरोनाको सङ्क्रमण वाट मुलुक अछुत हुन नसक्दाको अवस्थामा हामी कसरी हाम्रो समाजलाई कम्तीमा कोरोनाको सङ्क्रमण विरुद्ध व्यवहारिक रूपमै तैयारी गर्न सक्षम हुन सक्छौ भन्ने बारे पर्याप्त सूचना लिन र सचेतना वृद्धि गर्न नसकिनु दुर्भाग्य पूर्ण छ।

 

अत्यन्त संवेदन शील तथा राष्ट्रिय विकराल अवस्था आईलाग्दा  कसरि आफूलाई तैयार गर्ने भन्नेबारे चीनको सरकार र जनता बाट सिकेर उनीहरूको भोगाइ बाट आफू सुरक्षित रहन आन्तरिक तैयारीमा भिड्नु पर्ने अवस्थामा हामी आफू कुरा मात्र गर्ने अनि अरू तर्फ औला देखाएर उसले काम गरेन भन्ने दोष दिन अलि बढी नै लागेको हो की भन्ने बारे सोच्न जरुरी बनेको छ।कोरोना सङ्क्रमण विरुद्धको प्रतिरक्षा शक्ति विकास गर्ने उपायहरूको पहिचान गरी त्यस तर्फ आन्तरिक तैयारीमा जुट्नु जरुरी बनिसकेको छ।

 

हामी सबैलाई अवगत भएकै कुरा हो कि चीनको वुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरसको पूर्ण निदानको लागि त्यस्तो कुनै प्रभावकारी औषधि वा सुई निक्लिसकेको छैन। जब सम्म उपलब्ध कुनै पनि उपाय सोचे जस्तो प्रभावकारी हुँदैन, तब उपलब्ध सबै सम्भावित उपायहरू र घरेलु उपायहरूको समेत प्रभावकारिताको परीक्षण गर्ने गरिन्छ। जानेको सुनेको र हुन्छ की जस्तो लाग्ने सबै उपाय अपनाउनु नै अन्तिम विकल्प रहने गर्छ।

 

सामान्य रुवा, खोकी, ज्वरो र श्वास प्रश्वासमा देखिने अवरोध कोरोना भाइरसमा समेत देखियो। मानिसलाई चिसो वा खासी लाग्दा हुने जस्ता लक्षण तर अलि भयावह रूपमा कोरोना भाइरसको सङ्क्रमणमा रहने देखियो।रोगको लागि प्रभावकारी ड्रगको पहिचान नभई रहेको अवस्थामा हाल चीनमा हर्बलमा आधारित परम्परागत चिनिया औषधिको सहयोगमा चिनिया जनता कोरोना विरुद्ध आफ्नो शरीरको रोग सँग लड्ने शक्ति बढाउँदै सम्भावित सङ्क्रमण विरुद्ध भिडिरहेका छन्।

 

सङ्क्रमणको विरुद्धको ओखती पहिचान नभई रहेको अवस्थामा देखिएको भाइरसको सङ्क्रमणको समयमा जुन जुन जटिबुटीको भाइरस प्रतिरोधी क्षमता रहन्छ त्यो जटिबुटी प्रयोग गरी आफ्नो शरीरको भाइरस विरुद्धको प्रतिरोध क्षमता बढाउने प्रयास हाल संसार भर उपयोग गरिएका छन्। नेपालमा पनि सर्ब साधारण स्तर सम्मै यो तरिका अपनाएर सङ्क्रमण विरुद्ध लड्न आफ्नो शरीर लाइ सक्षम बनाउन जरुरी देखिन्छ।

 

आजको दिन सम्म उपलब्ध सूचनाका आधारमा कोरोना विरुद्ध आफ्नो शरीर को रोग सँग लड्ने शक्ति बढाउन आफ्नो खानपानमा भाइरस विरुद्धको प्रतिरोधी क्षमता बढाउने पदार्थ संलग्न गरी सेवन गर्नु र सङ्क्रमणको सम्भावना उच्च रहेको दैनिक गतिविधिमा नियन्त्रण गर्ने नै हो।

 

सङ्क्रमणकारी रोगको नियन्त्रण गर्ने ओखती पहिचान नभएको सन्दर्भमा  तपाई जतिसुकै धनी राष्ट्रमा रहनुस वा नेपालको निकै दुर्गम गाउँमा, कोरोनाको सङ्क्रमण भई हालेको अवस्थामा सबै सँग उपलब्ध उपाय भनेको आफूमा देखिएको बिरामीको लक्षण अनुसार उपलब्ध सामान्य औषधि दिनु नै हो।

 

सिधा भन्दा ज्वरो आएमा सिटामोल / एस्प्रिन दिने, सास फेर्न गाह्रो हुँदा अक्सिजन (वा पफ), रुघाखोकी लागेमा भिटामिन-सी, अमला, कागती पानी लगायतका औषधि दिने। निमोनिया भए निमोनियाकै उपचार गर्ने,  जरुरी अनुसार आइसीयु वा भेन्टिलेटरमा  राख्ने । गाउँमा भए तुलसीको मठ र चौतारा नजिक भएको घरमा त्यहाँ बाट आउने खुला हावा बिरमिसंग पुग्ने गरी राख्ने।

 

उक्त औषधि फार्मेसीको होस् वा आयुर्वेदिक वैद्य खानाको नतिजा कुनै निश्चिन्त भएर अनुमान गर्ने अवस्थाको रहन्न।आयुर्वेदिक तारिकमा शरीरको रोग प्रतिरोधी क्षमता  विकास गर्ने सार तत्त्व दिइने उपाय रहन्छ भने फार्मेसीको औषधिहरू तत्कालको लक्षणको उपचार गर्ने नियतमा बनेका हुन्छन्। तसर्थ लक्षणले च्याप्दा फार्मेसीका ओखती हरुको प्रयोग गर्ने र सामान्य अवस्थामा आयुर्वेदिक तरिका र खानपान बाट आफ्नो शरीरको रोग सँग भिड्ने तागत बढाउन तर्फ लग्नु उपयुक्त देखिन्छ।

 

उदाहरणको लागि कोरोनाको सङ्क्रमण भएको निश्चित गरिए पछि उपचारका लागि  चीनको शान्क्षि  प्रोभिन्सको तैयुअन सहरमा रहेको परम्परागत चिनिया औषधि चिकित्सालय पुगेका १३ हजार बिरामीहरूलाई अस्पतालले  बिरामीको लक्षण अनुसार उपलब्ध पश्चिमा औषधि दिने गर्थ्यो। त्यहाँ पुगेका लगभग सबैमा परम्परागत औषधि चलाइएको थियो। ९०% लाई लक्षण सुरु भएकै दिनबाट परम्परागत चिनिया ओखती दिन सुरु गरिएको थियो।

 

परम्परागत चिनिया पद्धति अनुरूप भाइरसको  सङ्क्रमण हुँदा ठुलो क्षति पुग्न सक्ने फोक्सोमा सङ्क्रमणका कारण उत्पन्न हुने विषादी सफा गर्ने वा हटाउन डी – टक्सिफायरको भूमिका खेल्न सक्ने कुइन्फ़ी पैडु सुप (फोक्सोको संरक्षण गर्ने चाइनिज सुप) दिने गरिन्थ्यो। यसरी अस्पतालमा हुने गरेको उपचार निसुल्क थियो। दिनको ३ पटक सुप पिएर गरिने उक्त उपचारमा-६० प्रतिशतमा कोरोनाको सङ्क्रमण घटेको र वाकी ३० प्रतिशतमा बिमारी अरुबढि छाप्न बाट जोगाउन सकिएको थियो। यसरी परम्परागत चिनिया चिकित्सा पद्धति बाट चीनमा ८५% कोभिड-१९ कोरोना भाइरसको  सफल उपचार भई रहेको छ।

 

फेबुररी १९ मा गोंगजाओमा गरिएको प्रेस कन्फरेसमा चीनका प्रख्यात श्वास प्रश्वास विज्ञ ज्होंग नन्शनले भनेकी “निमोनिया नम्बर- १”  नाम दिएको परम्परागत चिनिया हर्बल औषधिले  कोभिड-१९ कोरोना भाइरस विरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता भएको नतिजा दिएको छ।

 

त्यहाँ का अस्पतालहरूमा प्रयोग भइरहेको चिनिया परम्परागत हर्बल औषधि लिउशेनवन र लियनहाकिंगवेनको समेत ती ओखतीहरू भाइरस मार्न सक्ने, भाइरस लाई कोशिका सम्म पुग्न रोक्न सक्ने तथा शरीरले चाहिने भन्दा बडी इमुनसेल पैदा हुन गएका कारण उत्पन्न अधिक पिडाका कारण मानिसको मृत्यु हुने अवस्था आउन वाट रोक्न सकक्षम हुन्छ वा हुँदैन भन्ने बारे गहिरो अनुसन्धान भइरहेको बताएका थिए।

 

उनका अनुसार आज चीनमा ५४ वटा परम्परागत चिनिया हर्बल औषधि उपलब्ध छन्। जस मध्ये ५ वटाले प्रभाव कारी रूपमै कोभिड-१९ कोरोना भाइरसको सङ्क्रमण लाई रोक्न सफल बनिरहेका छन्। परम्परागत चिनिया औषधि र आयुर्वेदिक औषधिको कार्य पद्धति एकै प्रकारको हुन्छ। परम्परागत चिनिया औषधि र आयुर्वेदिक औषधिका लगभग ५०% फर्मुला हरू मिल्ने गर्छन। यो अर्थमा संसारमा पटक पटक हुने प्राय: भाइरसको सङ्क्रमण विरुद्ध विकास गरिने आयुर्वेदिक औषधिमा चिनिया प्रविधिबाट निकै ठुलो सहयोग पुग्ने देखिन्छ।

 

फोक्सोको संरक्षण गर्ने औषधिको रूपमा दिइने चाइनिज सुप मुलत हर्ब ईफ़ेड्रा  (सोम लता नामक झार), जेठी मधुको जरा र अमेरिकी बदाम, क्याल्सियम सल्फेट मिसाएर डिकोक्सन गरी बनेको सामान्य ओखती हो। गरिएको छ। त्यसमा आरुको कोया, सिनामन (दाल चिनी वा सन्कौली), बन अदुवा, २-३ थरी च्याउ, जल पेर्नीको गाना, तरुल, अदुवा र अन्य हर्बलहरू समेत  मिसाएर तागत युक्त सुप निर्माण गरी खान दिइने गरेको देखिन्छ।

 

समग्रमा कोरोना नियन्त्रण गर्न सक्षम बनेको सुपको आफ्नो  फर्मुलामा  कोरोना सङ्क्रमण मा देखिने हुँदाका बखत देखिने हरेक लक्षण जस्तै श्वास फेर्न गारो हुने, टाउको दुख्ने,  ज्वरो आउने, रुवा-खोकी देखिने,  रुघा खोकीसँगै ज्वरो आउँदा, दम, शरीर बाउँडिने, नाक चिलचिलाउने, सिँगान बग्ने, घाटी दुख्ने आदि हरेक लक्षण ठिक गर्ने जटिबुटी, तागत दिने पदार्थहरू, रगत सफा गर्ने तथा रक्त सञ्चार बढाउने  जटिबुटी तथा कोरोना सँग भिड्ने ईफ़ेड्रा लगायतका सामग्री सममबेश छन्।

 

कुनै पनि हर्बल बेस उपचार जुन विगतमा भाइरसको कारणबाट हुने रुघा, मर्की, फ्लु, ज्वरो र श्वास फेर्न गाह्रो हुने समस्यामा प्रभावकारी भएका थिए तिनै उपाय अन्य प्रभावकारी उपायहरू उपलब्ध नहुँदा सम्म चिकित्सकहरूबाट होसियारीका साथ प्रयोग गर्न सल्लाह दिइँदै आएको छ।

 

आज चीन जसरी आफ्नो परम्परागत हर्बल औषधिहरूको विवेक पूर्ण  सदुपयोग गरेर कोभेड-१८ विरुद्धको लडाई लडिरहेको छ त्यसरी नै हामीले हाम्रो रैथाने आयुर्वेदिक र युनानी फर्मुलाहरूको विवेक पूर्ण सदुपयोग गरी हामीमा आइ लाग्न सक्ने कोरोनाको सङ्क्रमण विरुद्ध लड्न आफूलाई तैयारी गर्नु जरुरी देखिन्छ।

 

एकातर्फ आफूलाई तागत युक्त बनाउन भेजिटेबल सुप, म रुम सुप, मुङको दालको सुप,  चिकेन सुप जस्ता प्रोटिन युक्त प्रशस्त तातो सुप पिउने चलन चलाउन जरुरी देखिन्छ। अर्को तर्फ   कागती पानी, गुड्ची हर्बल चिया, मोरिङ्गा चिया, हट लेमन हनी र अन्य हर्बल चिया युक्त धेरै तरल पदार्थ खाने बानी बसाल्न जरुरी छ।

 

आफू सङ्क्रमित रहेको बेला आफूबाट अर्कोमा सर्न नदिन आफैलाई अरूबाट छुट्टाएर राख्ने, पिप्ला, मरीच, अदुवा, तुलसीको पात, मोरिङ्गा, बेसार, तेज पत्ता, दालचिनी, सन्कौली, अलैँची, ल्वाङ, सुकुमेल, जिरा, धानिया, ज्वानो, करी पत्ता र टिम्मुर लगायतका बजारमा सहजै उपलब्ध र आफ्नो फुड हेबिट भित्रका मसलाहरूको आयुर्वेदिक र हिलिङ्ग क्षमताको उपयोग गर्ने तर्फ आन्तरिक गृहकार्य गर्न जरुरी छ।

 

नेपालमा कोभेट-१८ विरुद्ध  लड्न खानपान मार्फत शरीर लाई सक्षम बनाउनको लागि उपयोगी हुने धेरै नेपाली रैथाने हर्बलमा एक हो मोरिङ्गा। मोरिङ्गा लाई अमेरिकाको कृषि विभागले मात्र १० ग्राम मोरिङ्गाको पाउडरले १५० मिलिग्राम क्याल्सियम, १६० मिलिग्राम पोटासियम, २ मिलिग्राम आइरन, ३ ग्राम प्रोटिन दिने हुँदा यसलाई उच्च पोषण दायक सुपर फुड भनेको छ।

 

मोरिङ्गामा मानव शरीर लाई नभई नहुने ९ प्रकारका एसेंसियल  एमिनो एसिडहरू हुने गर्छ। यसमा सुन्तलामा भन्दा ७ गुणा धेरै भिटामिन सी, गाजरमा भन्दा २ गुणा धेरै भिटामिन ए, केरामा भन्दा ४ गुणा धेरै पोटासियम, पालुङ्गोमा भन्दा ९ गुणा धेरै आइरन, दूधमा भन्दा १४ गुणा धेरै क्याल्सियम, दहीमा भन्दा २ गुणा धरै प्रोटिन, जौ मा भन्दा ४ गुणा धेरै फाइबर पाइन्छ। कम्तीमा ९२ किसिमका पोषण पदार्थ भेटिने मोरिङ्गामा  ४६ थरिका एन्टी अक्सिडेन्ट, १० प्रकारका भिटामिन, १८ प्रकारका मिनिरल्स, १८  प्रकारका  नन-एसेंसियल  एमिनो एसिडहरू पाइन्छ।

 

 

एउटा बलियो प्रतिरक्षा प्रणालीले मानिसको शरीरलाई  भाइरल सङ्क्रमण र मौसमी बिरामी आदि बाट जोगाउँछ । बिमारी परेको अवस्थामा रोगबाट निकै छिटो मुक्ति पाउन र पुनः तन्दुरुस्ती प्राप्ति गर्ने सुनिश्चितता दिन्छ।अत्यधिक प्रशोधित खाद्य पदार्थ र चिनी नभएको मोरिङ्गा जस्ता उच्च पोषण युक्त सुपर फुडले मानिसको स्वस्थ प्रतिरक्षा प्रणालीको विकासमा उल्लेखनीय सहयोग पुर्याउछ।

 

बेल्जियमको एक विश्व विद्यालयमा गरिएको अनुसन्धानले शरीरको प्रतिरक्षा प्रणाली र औषधिको सहायता बाट भाइरस विरुद्ध लडिरहेको बेला खानामा मोरिङ्गाको पातको पाउडर मार्फत उपलब्ध गराइएको शक्तिका कारण मानिसमा उचित पोषण तत्त्व उपलब्ध गराएर भाइरल उपचारको प्रभावकारिता वृद्धि गर्न सकिएको प्रमाणित गरेको छ।

 

चिसो र फ्लुको सिजनमा मानिसमा जरुरी हुने इमुन  वृद्धि गर्ने च्याउ लगायतका बस्तुको विकल्प मोरिङ्गाले पूर्ति गरेको देखिन्छ। मोरिङ्गाको कलेजोलाई डिटक्स गर्ने, एलर्जी हटाउने, आमाशयको गडबडी रोक्ने, डिप्रेसन विरुद्ध काम गर्ने, शरीरमा इमुन शक्ति बढाउने र शरीरले चाहिने भन्दा बडी इमुनसेल पैदा गरी अधिक पिडाका उत्पन्न हुने अवस्थामा निकै प्रभावकारी भूमिका खेल्न सक्ने हुँदा यो भाइरल सङ्क्रमणका अवस्थामा सबैको छनौटमा पर्ने, जुन सुकै खाना वा मात्र सादा पानी सँग समेत खान सकिने सजिलो सम्प्लिमेंट हुन पुगेको हो।

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: