मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

यसरि प्राप्त गर्ने गैर आवासीय नेपाली नागरिकता।

टोरोन्टो। क्यानडा। गैर आवासीय नेपाली नागरिकता लिन चाहनेले नेपाली नागरिकता नत्यागेको भए पहिला नागरिकता परित्यागको प्रक्रिया सुरु गर्नु पर्ने छ । त्यसका लागि सक्कल नेपाली नागरिकता (छ भने राहदानी समेत) आफूले लिएको विदेशी मुलुकको नागरिकता र राहदानीको  प्रतिलिपि सहित अनुसूची ९ अनुसारको फाराम भरेर नागरिकता परित्यागको आवेदन दिनु पर्छ।

गैर आवासीय नेपाली नागरिकता सम्बन्धका निवेदन सम्बन्धका सबै कागजातहरू नेपाली कागजमा लेखिएको वा प्रिन्ट भएको हुनु पर्ने सिडिओ कार्यालयले भन्ने गरेको छ। त्यसमा वडाको सिफारिस आदि समेत नेपाली कागजमा हुनु पर्ने परिपत्र गरिएको भन्ने गरिन्छ। निर्धारित  अनुसूची अनुरूपका निवेदनका फर्महरू सिडिओ कार्यालय वरपर अगाडी बेच्न राखिएको, नेपाली कागजमा पैसा तिरेर प्रिन्ट गर्न, मिलाएर फोटो कपि गर्न सकिने स्थिति प्राय: सबै जिल्लामा देखिन्छ।

नेपाली नागरिकताको परित्यागको लागि भर्नु पर्ने निर्धारित अनुसूची ९ फारम यस्तो छ।

सिडिओ कार्यालयमा गएर आफ्नो पुरानो नागरिकता र भएमा पासपोर्ट समेत राखिदिएर विदेशी मुलुकको नागरिकता र राहदानीको  प्रतिलिपि सहित अनुसूची ९  अनुरूपको नेपाली नागरिकताको परित्यागको  निवेदन दिए पछि सिडिओले कार्यालयले सबै जिल्लामा पुलिस रिपोर्टको लागि लेखि पठाउने र पोलिस रिपोर्ट लिन जिल्ला प्रहरी कार्यालयमा चिठी लेख्छन्। सिडिओको चिठी पाए पछि जिल्ला प्रहरी कार्यालयको सिस्टममा हुने नेपाल अधिराज्य भरको पुलिस रिपोर्टको डाटाबेसको आधारमा त्यस्तो पोलिस रिपोर्ट क्लियर भएको पत्र सिडिओ लाई लेख्ने गर्दछ। जुन अधिकतम दुई दिनको  दिनको प्रोसेस हो।

 

जिल्ला प्रहरी कार्यालय वाट सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले नेपाली नागरिकताको परित्याग सूचना सिडिओ कार्यालयमा रहेको दर्ता किताब भनिने अनुसूची-१० बमोजिमको ढाँचा रिकर्डमा नागरिकताको परित्याग गरेको विवरण उल्लेख भएको मिति देखि निवेदन दिने व्यक्तिको नेपाली नागरिकता समाप्त भएको मानिन्छ। कानुनले त्यसको निस्सा निवेदकले सिडिओ कार्यालय वाट प्राप्त गर्ने छ भनिएको छ ।

सिडिओ कार्यालयमा राखिने अनुसूची -१० फारम यस्तो हुन्छ।

यसरी नेपाली नागरिकताको परित्यागको निस्सा प्राप्त व्यक्ति नेपाल नागरिकता ऐन, २०६३ को दफा ७ क बमोजिम गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र पाउने सर्त पुरा गरेको मानिन्छ। त्यसको आधारमा अब गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र पाऊ भनी  निवेदन दिने बाटो खुल्दछ।

 

नेपाल सरकारले निवेदन र प्रमाणको रूपमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नको लागि निम्न कागजातहरू  सहित  आवेदन पेस गर्नुपर्ने भनी निम्न सूचना जारी गरेको देखिन्छ। सूचनामा उल्लेखित भए अनुरूपका सिफारिसहरू, निवेदनका कागजातहरू (प्रमाण बाहेकका) नेपाली कागजमा मागिने गरेको देखिन्छ।

गैर आवासीय नागरिकता लिनका लागि चाहिने कागजात वारेको सूचना यस्तो छ।

गैर आवासीय नागरिकता लिनका लागि सिडिओलाई दिने निवेदन :

गैर आवासीय नागरिकता लिनका लागि कूटनीतिक नियोग वाटको प्रोसेस लामो देखिएकोले पहिले वार्ड कार्यालयको सिफारिस लिनु उत्तम हुन्छ। अनुसूची ८ ग बमोजिम लिनु पर्ने सम्बन्धित वडाको फोटो सहित फोटोमा वडा अध्यक्षले सिग्नेचर गरी नेपाली कागजमा लेखेर वा प्रिन्ट गरेर दिने व्यवस्था गरिएको  सिफारिस यस्तो हुने गर्दछ।

अनुसूची ८ ग,  ८ घ,  बमोजिमका सम्बन्धित सिफारिस फर्म।

वार्डको सिफारिसको अलावा गैर आवासीय नागरिकता लिन चाहने  निवेदनको नाताभित्रको नेपाली नागरिकता भएको व्यक्तिको एक नातेदार नेपाली नागरिकता सहित सिडिओ कार्यालयमा नै उपस्थित भएर सिडिओ वा उसले तोकेको कर्मचारीको अगाडी तोकिएको ब्यहोराको सनाखत गर्नु पर्ने व्यवस्था गरिएको छ। सनाखतको लागि अपेक्षित नजिकको नातेदार नभएको खण्डमा थप बुझी निजलाई चिन्ने नेपाली नागरिकबाट सनाखत गराउन सकिने  भनिएको छ। विकल्पमा जिल्ला प्रशासन कार्यालयले प्रहरीको स्थलगत सर्जमिन मुचुल्का गर्ने लगायत अन्य माध्यमबाट थप विवरण बुझ्न सक्ने समेत उल्लेख छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट शपथ लिनुपर्ने नियम छ।

सपथमा “मैले नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन भनी यो प्रतिबद्धता व्यक्त गर्दछु,” भन्ने प्रतिबद्धता जनाउनुपर्ने ढाँचा तयार गरिएको छ। यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नागरिकता रद्द गर्न सक्ने कानुनी व्यवस्था समेत छ।

त्यसैको लागि यहाँ राखिएको ढाँचाको नेपाली कागजमा अनुसूची ८ घ बमोजिमको प्रतिबद्धता पत्र र अनुसूची ८ च बमोजिमको शपथ बमोजिम प्रतिबद्धता र शपथ सिडिओ कार्यालयको कर्मचारीको रोवरमा हस्ताक्षर गर्ने गरी तैयार गर्नु पर्दछ।

 

यहाँ नातेदार भनिएता पनि सिडिओ कार्यालयमा दाजुभाइ वा काका आदिको अपेक्षा गरेको देखिन्छ। किनकि दिदी बहिनी आदि जाँदै गर्दा बिहे गरेको अर्को गोत्रको भयो त्यो हुन्न भन्ने ओठे जवाफ फर्काउने गरेको भेटिएको छ। तर जसले आजको जमानामा छोरा छोरीमा विभेद गर्ने भने आवाज उठाउँदा सिडिओले हस्तक्षेप गरी नागरिकतामा पिताको नाम एकै छ भने नारी पुरुष जो भए पनि सनाखत हुने भनेको अनुभव कोही कोहीको छ।  बिहे भएको कतिकोमा पतिको नाम हुने हुँदा कतिपयलाई सार्वजनिक मुचुल्का चाहिने भनी अतिरिक्त कार्य बोझ थपिएको पनि अनुभव छ।

 

जे होस् सिडिओ कार्यालयमा कानुन अनुरूप रित पुर्‍याएर दिएको निवेदन रित पुगेको दिनमै सिडिओको निर्णयको लागि पेस भएमा सोही दिनमा अन्य नेपालीले नेपाली नागरिकता पाए जस्तै गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्र पाउने गर्दछन्। जसको ब्यहोरा यस प्रकारको हुने गरेको छ।

सानो छदा नेपाल छोडेको र नेपालमा कहिल्यै नागरिकता ननिकालेको बच्चाको हकमा आमा बाबु सँगै नागरिकता लिँदा उसको विदेशी मुलुकको नागरिकता र राहदानीको  प्रतिलिपि सहित नेपाल भन्दा बाहिरको मुलुकमा पढेको स्कुलको प्रमाण पत्र माग्ने गरेको देखिएको छ। कतिपय मुलुकमा जन्मने बित्तिकै नागरिकता पासपोर्ट पाइने हुँदा त्यो जरुरत नहुनु पर्ने हो।  तर पनि सिडिओ कार्यालयले सो माग्ने  गरेको भेटिएको छ। अनिवार्य भन्ने जस्ता कुरा इन्फोर्स नै हुने अवस्था भने कतै देखिँदैन। यो सिडिओको तजबिजको कुरा बनेको छ।

 

 

यहाँ रित पुगेको भन्नुको अर्थ तपाइले पुरानो नागरिकता त्यागेको निस्सा, वडा कार्यालयको नाता प्रमाणित वाला सिफारिस, सिडिओ कार्यालयलाई मान्यता हुने तपाइलाई चिन्ने भनी सनाखत गर्ने व्यक्तिले त्यही गैर गरेको सनाखतको कागज, विदेशको नागरिकता, पासपोर्ट, बच्चाको स्कुल पढेको सर्टिफिकेट आदि माथिका कुराहरू विधि पूर्वक आउनु पर्ने भनेको हो। शपथ आदि लिने भनेको चैँ सिडिओको अगाडी मुसुक्क हाँसेर मुख देखाउने र शपथको, प्रतिबद्धताको अनुसूचीको ढाँचाको कागतमा साइन गर्ने अनि धन्यवाद ज्ञापन गर्ने कुरो हो। पासपोर्ट वा नागरिकता साइजको फोटो सिडिओ कार्यालय अघिको स्टुडियोहरूले खिची दिन्छ। फोटोमा टोपी लगाए पनि हुन्छ। नलगाए पनि हुन्छ।

विगतमा ५०० डलर हाली बनाउने गरिएको एनआरएन कार्ड भनिएको एनआरएन परिचय पत्र कुनै कानुनी डकुमेन्ट होइन। एनआरएन नागरिकता लिनको लागि  त्यो कागजको खोस्टो चाहिँदैन।  एनआरएन  परिचय पत्र कहिल्यै कहीँ कतै चाहिदा पनि नचाहिने बेकारको  चिज हो। त्यसमा समय र पैसा खर्च जरुरी छैन।  जब सम्म नेपालको गैर आवासीय नेपाली नागरिकता भारतमा आफ्नो प्रवासी नेपाली लाई भारत ले दिने ओआइसी अर्थात् ओभरसिज इन्डियन सिटिजनको जस्तो  नेपालकै परराष्ट्रको इमिग्रेसनको सिस्टम संग अनलाइनमा  पासपोर्ट जस्तै तुरुन्तै पहिचान हुने हदको बन्दैन तब सम्म संसार भरको इमिग्रेसनको सिस्टम संग अजनबी स्ट्याटसमा रहेको  गैर आवासीय नेपाली नागरिकता लिए पनि नेपाल जाँदा भिसा फी तिरेर भिसा लिन अनिवार्य पर्ने छ। गैर आवासीय नेपाली नागरिकता लिएका केही व्यक्तिहरूले गैर आवासीय नेपाली नागरिकता लिए पछि भिसाको समयको म्यादको  नियम लाग्दैन भनी नेपालमा बसेको ओभर स्टे बापत जरिवाना बुझाउन परेको विगतको अनुभव छ। त्यो बारेमा अलिक होस् गर्न जरुरी छ।

अर्को महत्व पूर्ण कुरो नेपाल का वास्तविक नेपाली लाई भुटानी बनाएर अमेरिका तिर  बेच्ने काम, नेपालमा कालो तरिकाले कमाएको लुटको धन बिदेशमा थुपार्न, नेपालमा कर छली गरि आएको धन विभिन्न लगानीको नाममा सरकार ठगि लुट्न हरेक काममा गिरोहको रुपमा एनआरएनएको पहिचान बनाएका चर्चित इलाइटहरू प्राय: मुछिएको भेटिने क्रिमिनल अनुसन्धानको अनुभव रहेको यथार्थ हामीले भुल्नु हुन्न।

 

प्रबासी नेपालीको पैसाले बालुवाटारमा  सरकारी जग्गा हडप्ने माफिया बाट बालुवाटारको प्रधानमन्त्री क्वाटरको जग्गा किर्ते गरी खाने माफिया को जग्गा बाट संस्थालाई  तत्कालिन मुख्य सचिबले यो जग्गा पक्का जग्गा होइन भन्दा भन्दै कुनै नियतले किनेर हाकाहाकी भवन बनाउन आँट गर्ने सम्मको काम हुने संस्था हो एनआरएनए।

 

यस्ता हर्कतहरु बिना कुनै लुकेको नियत सम्पन्न हुने गर्दैन। यसलाई नेपालको माया गर्ने प्रबासी नेपालीले आफ्नो प्रबासी नेपालीको नाममा नेपालमा हुदै गरेको यो लुटको शृंखला अन्तर्गत कतिपय ठाउमा  एनआरएन परिचय पत्र बोक्ने नक्कली एनआरएन समेत हुने अधिक सम्भावना  देखिएको अवस्था लाई अनदेखा गर्नु हुँदैन।

 

किनकि हालको  एनआरएनए भन्ने संस्था वास्तवमा कुनै आधिकारिक रूपमा नियमन हुने अवस्थाको सस्था हैन। यो मात्र एउटा एनजियोको हैसियतको हो जसमा नेपालको धरैले चासो लिन्छन।

नेपाली मूलका नेपाली कहिल्यै नरहेका नेपाली भाषीहरू समेत यो सस्थाको प्रतिनिधि बनेकै छन्। त्यता कतिले एनआरएन कार्ड लिएको पनि भेटिन्छ।

 

त्यसैले एनआरएन कार्डको कानुनी हैसियत हुनु पनि हुँदैन।

भएमा रिभर्स रूपमा नेपालमा सम्पत्ति राख्ने माफिया करण सुरु हुने छ। राष्ट्रको माया गर्नेले त्यसको विरुद्ध नेपालमै कानुनी उपचार खोज्नु पर्दछ।

 

नेपालको कानुनले यी कुरा गहिरो संग महसुस गरेर सिडियोलाइ मात्र नागरिकता दिने पन्जिकाधिकारी तोकेको छ।

एनआरएन नागरिकता दिने अधिकार पनि सिडियो नै हो। कतिपय अबस्थामा तपाइले बाहिर एम्बिसेमा निवेदन दिएर पनि नेपाली नागरिकता त्यागेको,  एनआरएन नागरिकता लिनको लागि समेत आवेदन दिएर प्रोसेस सुरु गर्न सक्नु हुन्छ।  तर पनि ति सबै अन्तत:  सम्बन्धित जिल्लामा पुगेर सबै प्रक्रिया पुर्‍याएर त्यहाँ नागरिकता बनेर मात्र त्यो तपाइको हातमा पर्ने हो।  सायद  पन्जिकाधिकारीको प्रतिनिधिको रूपमा रहेको राजदूतावासको कर्मचारीको अगाडी शपथ लिएर उतै वाट ईस्यु भएको एनआरएन नेपाली नागरिकता भोलि तपाइले पाउने बिकल्प लिने स्थिति बन्नला। त्यो निकै लामो प्रोसेस हुने निश्चित छ।

 

त्यसैले सबै भन्दा ठिक तरिका जुन जिल्लाबाट पहिलेको नागरिकताको प्रमाणपत्र जारी भएको हो सोही जिल्लामा गई गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि आवेदन दिनु उत्तम हुन्छ। यसले १० -१५ दिन नेपाल घुम्ने र नेपालको पर्यटन बढाउन पनि सहयोग गर्दछ।

 

जारी नागरिकता ऐन अनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था अनुसार नागरिकता दिने व्यवस्था भएको हो।

 

नागरिकता परित्याग आवेदन फाराम

https://daokathmandu.moha.gov.np/post/na-gara-kata-para-ta-ya-ga-aava-thana-fa-ra-ma

 

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको लागि आवेदन पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरुः

https://daokathmandu.moha.gov.np/post/non-resident-3

 

गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र सम्बन्धी अनुसूची फारम

https://www.moha.gov.np/page/ga-raaava-sa-ya-na-pa-l-na-gara-kata-pa-rama-naepata-ra-sama-bna-thha-ana-sa-ca

 

 

गैर आवासीय नेपाली नागरिकता बारे माथि दीईएका सरकारको आधिकारिक पोर्टल बाट धेरै ज्ञान लिन सकिने छ।

 

नारायण नारायण नारायण ।

16Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: