मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एलन मस्कको काम गर्ने छ काइदा !

क्यानेडियन रिपोर्टर

ईलॉन रीव मस्क संसारका धेरै वैज्ञानिक र इनोभेटर हरुको केन्द्रमा रहन्छन्। एलन मस्कले आफ्नो कम्पनी टेस्लाका आफ्ना कर्मचारीहरू लाई आफ्नो संस्थागत उत्पादकत्व चुस्त राख्ने छ नियमहरू सहित एउटा गोप्य इमेल पठाए। गोप्य भनिए पनि त्यो जानेर नजानेर बाहिर आयो। अर्थात् लिक भयो।

 

त्यसमा के छ त?  सायद हामी मद्ये धेरै लाई यो चासोको विषय हुन सक्छ। धेरै लाई त थाहा पनि होला। तर पनि त्यसमा के थियो भन्ने यहाँ हामी आफ्नो शब्दले क्रियोल नेपालीमा उल्था गरी लेख्ने प्रयास गरेका छौ।

 

एलन मस्कले लेखेका छ नियमहरूको भावार्थ तल उल्लेखित अनुरूप छन् :

 

  • ठुला बैठकहरू नगर्न वा छल्न प्रयास गर्नुस्। ठुला बैठकहरूले आपसी बहसलाई निरुत्साहित गर्ने गर्दछ। भाग लिएका सबै व्यक्तिहरू लाई त्यहाँ खुल्ला रूपमा गरिने छलफलमा जस्तो आफ्नो धारणा राख्ने अवसर मिल्दैन। सहभागी सबैको लागि आफ्नो योगदान दिन समेत पर्याप्त समय हुने गर्दैन। बैठकमा भाग लिएका सबैको योगदान हुने तथा सहभागी सबैको समय खर्चे अनुरूपको मूल्य रहने  निश्चित नहुँदा सम्म त्यता ठुला बैठकहरू आयोजना नगर्नुहोस्। ठुला प्रकृतिका बैठकहरूले प्राय: बहुमूल्य समय र ऊर्जा बरबाद मात्र गर्दछ।

 

  • यदि कुनै बैठकमा तपाईँको योगदान (भेलुएड गर्ने गरी सक्रिय सहभागिता) हुँदै छैन भने त्यो बैठक तत्काल छोड्नुहोस्। बैठकमा तपाइको जरुरत छैन अर्थात् बैठकमा मूल्यवान् सुझावको लागि तथा त्यसले लिने निर्णय प्रभावकारी बनाउन तपाइको भूमिका छैन वा रहँदैन भने त्यस्तो बैठकमा तपाईँको उपस्थिति बेकार छ। त्यस्तो परिस्थितिमा  बैठक छोड्नु अशिष्ट कार्य होइन। बरु त्यहाँ किने मूल्य नथपिने गरी बैठकमा रहेर त्यसको सहभागी वा जनताको समय खेर फाल्नु चाही अशिष्ट कार्य हुने छ।

 

  • आन्तरिक बैठकहरूमा सहभागी हुँदै गर्दा तपाइको काम गर्ने स्थानमा कुन ठुलो को सानो हाकिम प्रवृत्ति अर्थात् फगत कर्मचारी तन्त्रमा हुने आदेशको शृङ्खला कायम हुनुपर्ने भन्ने विषय वा सन्दर्भ लाई बिर्सनुहोस्। उपस्थित सहकर्मीहरूसँग आफ्नो धारणा र सल्लाह सबैसामु प्रत्यक्ष राख्नुहोस्। तपाइको पर्यवेक्षक वा प्रबन्धकहरू मार्फत आफ्नो आफ्नो कुरा राख्ने होइन। छिटो अर्थात् प्रत्यक्ष सूचनाको प्रवाहले छिटो निर्णय लिन सहयोग गर्दछ। द्रुत निर्णयले प्राय: प्रतिस्पर्धात्मक लाभ दिलाउने गर्दछ।

 

  • प्रस्ट वक्ता (स्पष्ट) हुनुहोस्। धेरै चलाख बन्ने, बेकारका अर्थ नरहेका शब्दहरूको भूमिका बाँध्ने र नचाहिँदो प्राविधिक शब्दजाल अर्थात् वा जार्गन प्रयोग गर्ने बानी हटाउनुस्। यस्ता अर्थहीन कुराहरूले सहभागी बिच वास्तविकताको सञ्चारलाई गर्ने कार्यलाई सुस्त बनाउँछ। सबैले बुझ्ने प्रकृतिको सरल शब्दहरू छनोट गर्नुहोस्। संक्षिप्त, विषय बस्तुमा केन्द्रित, सबैलाई बुझ्न सजिलो हुने प्रस्तुति गर्नुहोस्। धरै जान्ने वा स्मार्ट देखिन नखोज्नुस्। सबैलाई आफ्नो कुरा सरल सँग बताउने खुबीको कुशल सहभागी बन्नुहोस्।

 

  • बारम्बार बैठक गर्ने बानी हटाउनुस्। यसले सबैको समय खेर फाल्ने भन्दा अर्को नतिजा दिँदैन। बैठकहरू जब एक अर्को सँगै सहकार्यको जरुरी हुन्छ, अत्यावश्यक मुद्दाहरू जन्मन्छन् वा अत्यन्त जरुरी समस्याहरूको समाधानको जरुरत पर्दछ त्यस्तो समयमा जरुरत हुन सक्दछ। जब ती समस्याहरू समाधान हुन्छ फेरी त्यसैको विषयको बारम्बार बैठकहरू आवश्यक छैन। बैठकहरू बिना तपाईँ धेरै समस्याहरूको समाधान गर्न सक्नुहुन्छ। बैठकहरू बोलाउनुको सट्टा सन्देश (टेक्स्ट म्यासेज) पठाउने, इमेल पठाउने, हल्वे वा सामान्य भेट गरी प्रभावकारी च्यानल मार्फत सञ्चार गर्ने विकल्प खोज्नुहोस्। जब सम्म जरुरत हुँदैन तब सम्म तपाईँको टोलीले नियमित गरिरहेको कार्य प्रवाह लाई अवरोध नपुर्‍याउनुहोस्।

 

  • कम्पनीको स्थापित नियम (परम्परा र संस्कृति) ले कुन बेला के गर्ने वा कुन काम कसरी गर्ने आदि प्रस्ट निर्दिष्ट गर्दैन भने सामान्य ज्ञान (कमन सेन्सको) प्रयोग गर्नुहोस्। अर्थ आउने प्रकृतिको वातावरण बनाउनुहोस्। नियमित प्रगतिको लागि योगदान दिनुहोस्। तपाईँको विशिष्ट परिस्थितिमा यही मन्त्रको लागू गर्नुहोस्। आँखा बन्द गरेर नियम कानुनको पालना नगर्नु होस्। नियम कानुनको पालन गर्ने होइन सिद्धान्तहरूको पालना गर्नुहोस्।

 

Actual Note Leaked:

Reportedly, Elon Musk emailed the Tesla staff with his six productivity rules. Unsurprisingly, it leaked.  Here they are:

 

1) Avoid large meetings. Large meetings waste valuable time and energy. – They discourage debate – People are more guarded than open – There’s not enough time for everyone to contribute. Don’t schedule large meetings unless you’re sure they provide value to everyone.

 

2) Leave a meeting if you’re not contributing. If a meeting doesn’t require you: – Input – Value – Decisions, Your presence is useless. It’s not rude to leave a meeting. But it’s rude to waste people’s time.

 

3) Forget the chain of command. Communicate with colleagues directly. Not through supervisors or managers. Fast communicators make fast decisions. Fast decisions = competitive advantage.

 

4) Be clear, not clever Avoid nonsense words and technical jargon. It slows down communication. Choose words that are: – Concise – To the point – Easy to understand, and Don’t sound smart. Be efficient.

 

5) Ditch frequent meetings. There’s no better way to waste everyone’s time. Use meetings to: – Collaborate – Attack issues head-on – Solve urgent problems But once you resolve the issue, frequent meetings are no longer necessary. You can resolve most issues without a meeting. Instead of meetings: – Send a text – Send an email – Communicate on discord or slack channel. Don’t interrupt your team’s workflow if it’s unnecessary.

 

6) Use common sense If a company rule doesn’t: – Make sense – Contribute to progress – Apply it to your specific situation. Avoid following the rule with your eyes closed. Don’t follow the rules. Follow principles.

11Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: