मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भएका अगतिला वाट मुक्ति पाउनु आगामी एनआरएनए चुनावको चुनौती!

एनआरएनएको केन्द्रीय नेतृत्वको चुनाव आएको बारे विदेशमा रहेर आफ्नो दक्षताको क्षेत्रमा शिखर चुमेका प्रवासी नेपालीहरू प्राय सबैको एकै प्रकारको प्रतिक्रिया हुन्छ “यो एनआरएनए भन्ने सङ्गठन लाई प्रवासी नेपालीको सङ्गठन बनाउन अब यहाँ राम्रा मान्छे जानु पर्‍यो भनेर हुँदैन। त्यो त त्यसको विधानले नै लगभग दिँदैन। बरु उल्टो यसका केन्द्रीय नेतृत्वमा रहेर यो संस्थाको भाइरसको रूपमा संस्थालाई गुदी वाट नै सकेकाहरू वाट उपचार खोज्नु जरुरी छ। उक्त उपचार हुने सकेछ भने मात्र एनआरएनएलाई प्रवासी नेपालीको प्रतिनिधि संस्था कसरि बनाउने भन्ने सोच्न सकिन्छ। अन्यथा यो बारे कुरा गर्नु र यसका कार्यक्रमहरू हामी जस्ता प्रवासी नेपालीले योगदान दिन खोज्दा उक्त योगदानको हैसियत मुर्दा माथिको कात्रोको हुने प्रस्ट छ। ” भन्ने उत्तर मिल्ने गर्दछ। उम्रिन र राम्रो सँग फक्रन नपाउँदै आज किन एनआरएनए  प्रवासी नेपालीको हुन सकेको छैन त्यो बारे यसको पृष्ठ भूमि जान्न जरुरी छ।

 

प्रवासी नेपाली मिलेर नेपालको विकास गर्ने नाराले गठन गरिएको भनिएको एनआरएनएमा एकताका प्रवासी धनाढ्य नेपालीहरूको बिगबिगी रहयो। नेपाल वाट विदेशमा गएर अत्यधिक धन कमाएकाहरूले मुलुकको विकास गर्ने छन् भन्ने विश्वास नेपाल सरकारका उच्च अधिकारी, सीमित राजनेताहरू, मुलुकका अर्थ विज्ञ, उद्यमशीलता बुझेका भनिएका वरिष्ठहरूको समेत ठुलो भ्रम रहयो।

 

विदेशमा प्रवासी नेपालीले कमाएको धनले मुलुकमा पैसाको छेलो खेलो हुने भ्रममा तत्कालीन महाराज, अर्थ मन्त्रीहरू समेतमा परेकाले उनीहरूले आँखा चिम्लेर प्रवासी नेपालीको स्वागतको लागि रातो कार्पेट बिछाए । दिनहरू बित्दै गए । रात बित्यो अग्राख पलायो । नेपाली माटो चिनेका प्रशासक, नेता, व्यापारी र अर्थ विज्ञहरू सबैमा विदेशमा बसेर कमाइएको भनिएको धनले मुलुकको विकासमा शून्य दशमलव पछाडी चार शून्य अनि एक पनि योगदान नरहेको प्रस्ट बुझे।

 

नेपालमा बसेर गिट्टी  कुटेको कामले दिने जति योगदान समेत विदेशमा बसेर आर्जन गरेको सम्भ्रान्तताले दिँदैन भन्ने अनुभव वाट नेपालमा रहेका नेपालीहरू लाई समेत सिक्ने मौका मिल्यो।

 

यो बुझाइले हामी सानो हुँदा हाम्रा वैदिक संस्कृतिमा हुर्किनु भएको हाम्रा बुडी आमाहरू “बाबु दैनिक सय कमाएर विदेशीको घरमा सुनकै छानो हाल्ने काम लाई समेत आफ्नै घरमा एउटा ढुङ्गोको सिँढी बनाउने र आफ्नो खरको छाना ढुङ्गाको छानाले फेर्ने कामले जित्छ” किन भन्ने गर्नु भएको रहेछ भनेर प्रत्यक्ष जान्ने अवसर मिल्यो।

 

जब दिनहरू बित्दै गयो, तब थाहा लग्यो मुलुकको विकासको लागि विदेश वाट कानुनी बाटो वाट आउने आम्दानी भन्दा आफ्नै मुलुकको थोरै घर खेत समेत बेचेर र धेरै राजस्व र विदेशी विनिमयमा अपचलन भएर गैर कानुनी बाटो वाट नेपाली सम्पत्ति विदेश पुग्ने दर दश गुणाले धेरै हुने रहेछ।

 

जुन दरमा नेपाली बैकमा प्रवासी नेपालीले पठाएको रकम जम्मा हुने क्रम देखियो त्यो भन्दा डरलाग्दो विदेशी बैङ्कमा नेपाली पैसा जम्मा हुँदै गरेको चित्र प्रष्टिन थाल्यो।

 

यसमा कसको भूमिका के छ त्यो बारे सजिलै यथार्थ बाहिरिने हाल देखिँदैन।

 

एकातर्फ मुलुकको अर्थ व्यवस्थाले एनआरएनएमा एकाधिकार जमाएर बसेको सिमित नेपाली मूलका बेदेशी सम्भ्रान्त वर्गको सङ्गठन मार्फतको नेपालको विकासमा भएको कुल योगदान पईन्ट जिरो जिरो जिरो जिरो एक प्रतिशत समेत नरहेको महशुस गर्दै थियो। अर्को तर्फ, नेपाली जनताको मन र मस्तिष्कमा एनआरएनए भनेको विदेशमा रहेको सिमित एलाइट  समूह दसैँ तिहारमा नेपाल झुल्कने र विकास र उन्नतिको गफ हाँक्ने वर्गको प्रतिनिधित्व गर्ने सङ्गठन रहेकोको छाप छोडी रहेको थियो।

 

यसै बिच कुनै पनि मुलुकको विकासमा उक्त मुलुकको प्रवासी धनाढ्यहरूको भूमिका बारे संसार भर चासो बढ्यो।

 

खोजीमा सन्सारमा त्यस्तो रकमले उन्नति गरेको एउटा मुलुक पनि भेट्न सकिएन। प्राय जसो प्रवासीको रुपमा आफ्नै मुलुक फर्किएका भनिने केही धनाढ्यहरु  आफू रहेको मुलुकमा आफ्नो सुरक्षा देखेनन् अथवा कुनै कारणले उनीहरू टिकेनन् तब आफ्नै जन्म भूमि फर्केर त्यहाँ रहेका स्थापित उद्यमको तुलनामा धेरै सुविधा लिएर त्यहाँको बजार लाई आफू सहज बनाउने क्रममा यस्ता सङ्गठनहरू प्रयोग गर्न उपयोगमा ल्याएको देखिन्थ्यो। त्यसको उदाहरण अफगानिस्थान र भारत समेत थियो।

 

नेपालमा समेत त्यो तथ्य सत्यताको नजिक रहेको कतिपय ले महसुश गरे। मुलुक ती अबधारणाहरु बिस्तारै महशुस गर्दै थियो।

 

त्यसै बीच विदेशमा श्रम गर्न गएका प्रवासी नेपाली र विदेश बसे पनि आफ्नो जन्मस्थानमा रहेका परिवारका कारण, विदेशमा नटिक्ने निश्चित भएर वा विदेश भन्दा स्वदेशमा व्यवसाय सहज लगेर गरिएका लगानी समेत एनआरएनको लगानीमा जोडेर नेपालको बिकाशमा एनआरएनएको उच्च भूमिका रहेको अतिरञ्जित भ्रम छर्ने प्रयास भयो।

 

सफा नियत र प्रस्ट चाहना हुनेको लागि त्यो अतिरञ्जित प्रयास वास्तवमै जरुरी थिएन। तर त्यस्तै गरियो। झुट किन टिक्दथ्यो र। त्यो चलाखी सबैले बुझे।

 

विदेश पुगेका नेपालीले आफ्नो देशमा आफ्नो परिवारको लागि गर्ने लगानी नेपालमा दसकौ दशक देखि चलिआएको हो।विश्वका सबै मुलुकमा यो क्रम छ। त्यहाँ एनआरएनए जस्ता संस्था नभएर हो की त्यहाँ यस्तो लगानी नेपालको तुलनामा दोब्बर भन्दा धेरै देखिन्छ।  नेपालमा एनआरएनए नामक संस्था दर्ता हुनु अघि र पछि यस्तो प्रकृतिको रकम बिदेसिने र स्वदेश भित्रिने तथ्यको चित्र हेर्दा कानुनी र गैर कानुनी तवरले कति पैसा विदेश जाने गर्दछ र कति भित्रने गर्दछ त्यसको रेसियो  एनआरएनए नामक संस्था दर्ता भए पछिको अत्यधिक ठुलो भेटिनु वाट पनि उक्त प्रकारको दाबीको तुक नरहेको प्रस्ट हुन्छ। 

 

नेपालमा बिदेसिएका नेपालीले रकम पठाउने चलन, विदेशमा मन मरे पछि फर्किएर आफ्नै देश गएर काम गर्ने प्रवृत्ति एनआरएनए संस्था हुँदा पनि नहुँदा पनि चलेकै थियो। र चल्दथ्यो। नेपालको हुँदै गरेको त्यो प्रकृतिको आयमा, लगानीमा एनआरएनए संस्थाको कुनै भूमिका रहेने कुरै थिएन।

 

बिस्तारै नेपाली जनताले दाबी गरिएका कुन कुन कुराको यथार्थ थिए र कुन थिएनन सजिलै बुझे। यसले र एनआरएनएको उच्च भूमिकामा रहेका आला काँचा  केटौले अतिरञ्जित गर्ने प्रयास सम्पूर्ण प्रवासी नेपाली माथि नेपाली जनताले शङ्का गर्ने र अनास्था दर्साउने कारक बन्यो।

 

यसैबिच एनआरएनएले विदेशमा रहेका नेपाली हरुको ज्ञान, सिप र प्रविधिमा रहेको पहुँच नेपाल सम्म बिस्तार गर्न सक्दा मुलुकको विकासमा प्रभावकारी भूमिका हुन सक्ने अवधारणा अघि सार्‍यो।

 

नेपाल सरकार समेत यो अवधारणामा मोहित बन्यो।

 

नेपाल सरकारले आफ्नै ब्रेन गेन सेन्टर खोलेर प्रवासमा रहेको नेपाली हरूको सिप र ज्ञान उपयोग गरी नेपालमा टेक्नोलोजी ट्रान्सफर गर्ने नारा लियो।

 

आजको दिनमा प्रदेश सरकार, गाउँ पालिका मात्र होइन कुनै वार्डमा फुटबल चौरको कुरो (KURO JHAAR) उखेल्ने कार्य योजना बन्यो र त्यो वडा वाट बेदेस गएको मानिस कुनै देशमा पुगेर एनआरएनएको भूमिकामा रहेछ भने उसले धन, ज्ञान, सिप र प्रविधि हस्तान्तरण अन्तर्गत उक्त कार्य सम्पन्न गर्न गो-फन्ड बनाएर आफू बसेको मुलुकमा सामाजिक सञ्जाल मार्फत चन्दाको याचना गर्ने काम एनआरएनएको नाम वाट सुरु गरेको भेटीए आश्चार्य मान्नु पर्दैन।

 

साथै सामाजिक सञ्जालमा आफू एनआरएनएको हस्ती रहेको र आफ्नो संयोजनमा उक्त काम सुरु हुँदै गरेको दाबी गरिएको भेटिनु सामान्य घटना हुने बन्यो।

 

एनआरएनएको  ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने भनिएको कार्यक्रम कुन्नि के लाई भन्दा देख्ने लाई लाजको हालतमा पुर्‍याइयो।

 

एनआरएनए आफैले यो मुद्दा लाई मुलुकको लागि नभएर कुनै सीमित व्यक्तिहरू राता रात सेलिब्रिटी हुने अवसरको रूपमा स्वतन्त्र दुरुपयोग गरी चलाउन दिएर फेरी सम्पूर्ण प्रवासी नेपालीको प्रतिष्ठा गिराउने कार्यक्रम को रुपमा स्थापित हुन दियो।

 

यो महासंग्राममा पनि  प्रबासी नेपालीको बिश्वाश अनुरूप चलेर आफ्नो  काबिलता प्रदर्शन गर्न एनआरएनए पुन चुक्यो। कम्तीमा प्रवासी नेपालीको साख  गिर्न वाट जोगाउन समेत सक्षम बनेन।

 

चरम राजनैतिक गुटबन्दी र व्यक्तिवादको चरम द्वन्द्वमा फसेको एनआरएनएको वास्तवमै प्रभावकारी हुनुपर्ने ज्ञान, सिप र प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम समेत आज हाँसोको विषय बनिदिएको छ।

 

एनआरएनएको आफ्नै ज्ञान, सिप र प्रविधि हस्तान्तरण बिभाग हेर्ने उपाध्यक्ष जसको अन्तर्गत ज्ञान भेला पर्दछ, उसैलाई समेत माइनस गरि सन्चालन गरिएको उसले संचालन गर्ने विज्ञ सम्मेलनको हैसियत श्राद्धमा बिरालो वाँधने  चलन भने जस्तो फगत कार्यक्रमको लागि कार्यक्रम मात्रमा सीमित बन्यो।

 

विगतमा भएका भनिएका सम्पूर्ण ज्ञान भेलाहरू सङ्गठनमा उदाएका एक दुई ठेकदारहरू वाट आफ्नो निजी कार्यक्रम जस्तो गरी दुरुपयोग हुन पुगे। प्रवासी नेपालीको नाममा भनी गरिएको ज्ञान, सिप र प्रविधि हस्तान्तरण जस्तो कार्यक्रमले अन्ततः  ज्ञान, सिप र प्रविधि हस्तान्तरण जस्ता तिन वटा शब्दकै हुर्मत लिन पुगे।

 

नेपालमा चौरमा कुरो (KURO JHAAR) उखेल्ने र मासु पसल थाप्ने कार्य किन आज एनआरएनएको विज्ञ सम्मेलनको उपलब्धि भनी दाबा गर्नु पर्ने अवस्थामा एनआरएनए पुगी रहेछ ? यो शर्मनाक अवस्थामा एनआरएनए कसरि पुग्यो?  भन्ने यथार्थ बुझ्न दोस्रो ज्ञान भेला २०२० लाई  फर्केर हेर्दा प्रस्ट हुने छ।

 

एनआरएनएको २०२०  ज्ञान भेलामा नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली भेलालाई सम्बोधन गर्दै एनआरएनएको २०२० को विज्ञ भेला उपलब्धि मूलक हुने विश्वास लिएको जनाएका थिए।

 

प्रधान मन्त्रीले बताएका जे जे कुरा हरुमा उक्त भेलाको विषय बस्तु होला भनी बोलिएको र सो बारे इनोभेसन होस् भन्ने धारणा राखिएको छ उक्त विषय उक्त भेलाको सामान्य एजेन्डा समेत थिएन र पछि पनि  बनाइएन।

 

सम्मानित प्रधान मन्त्रीले प्रवासी नेपाली बाट नेपाल सरकारको जे  चाहना गरेको छ भनिएको थियो त्यो कुरा न त एनआरएनएको उक्त ग्लोबल भेलाको एजेन्डा थियो, न हुन दिइने स्थिति नै थियो । सो यथार्थ वाट भने स्वयं प्रधान मन्त्री बेखबर देखिनुहुन्थ्यो।

 

वास्तवमा उक्त भेलाका प्रमुखको जिम्बेबारी लिएका एनआरएनए तर्फका सभापति र नेपाल सरकार तर्फका उच्च पदस्थ कर्मचारी समेत प्रधानमन्त्रीले भनेका कुराहरू उक्त भेलामा उठ्नु हुँदैन र एनआरएनए लाई उक्त दिसामा जान दिन हुँदैन भन्दै यो कार्यक्रम बनाउँदाका समय देखिनै कम्मर कसेर लागेका पात्रहरू थिए।

 

नेपाल सरकार र त्यसको  प्रधानमन्त्रीको चाहना समेत कुनै एक व्यक्तिको सेलिब्रिटी हुने दिवालियापनको अगाडी रद्दीको टोकरीमा फालिएको थियो। उक्त सम्मेलन नेपालको लागि नभएर आफूले के के नै गरे भनेर आफ्नो चुरी खुरी देखाउने कुम्भ मेला बनाइएको थियो। मुलुक र प्रवासी नेपाली दुवैको मानमर्दन गर्ने हदमा  विज्ञ भेला अवतरण हुन् पुगेको थियो।

 

गैर आवासीय नेपाली सङ्घको आयोजनामा भर्चुअल माध्यमबाट सञ्चालित तीन दिने दोस्रो विश्व ज्ञान सम्मेलन (अक्टोबर ९-११, २०२०) कार्यक्रम पहिलो ज्ञान भेलामा जस्तै आफूले सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपाल सरकारको पहुँचमा पुर्‍याउन सक्ने भरोसा योग्य विज्ञहरूलाई  दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्न, सहभागी हुन र आफ्नो विचार राख्ने अवसर समेत दिइएको थिएन।

 

एनआरएनएको महासचिवको मनपरी र तजबिजमा नेपाली जनताको पक्षको एजेन्डा र प्रबासी नेपालीले नेपालमा गर्न चाहने योजनाका फेह्रस्तीहरु  मूलधारमा आउन बाटै रोकिएको थियो। मात्र एकपाखे एकेडेमिसियन भनेर महासचिवका कोटको खल्तीमा रहेर काम गर्नेहरुको तजबिजमा सम्पूर्ण कार्यक्रमको खाका बनेका थिए। त्यसै अनुरुप जबर्जस्त चलाइएका समेत थिए।

 

दोस्रो विश्व ज्ञान सम्मेलनको  निष्कर्ष भन्दै भनिएको २४ बुँदे घोषणामा समेत प्रधानमन्त्रीका, नेपाल सरकारका र प्रबासी नेपालीका कुराहरू लाई लोप्पा खुवाइएको थियो। वाल मतलब गरिएको थिएन। 

 

उच्च व्यवस्थापन र सञ्चारमा मात्र पारिवारिक र वरपरका आसेपासे राखी चलाइएको अनुभूति दिने उक्त सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्रहरू देखिए।

 

प्रस्तोताका रुपमा दाबी गरिएका नाम र उनीहरूको पद संस्थागत सहभागिताका देखाउन  लाजमर्दो हुने भए पछि हचुवामा  ३० देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबाट ३०० भन्दा बढी प्रस्तोताहरूको सहभागिता रह्यो र २१० वटा कार्यपत्र प्रस्तुत गरिए भनिएको थियो।

 

सम्मेलनमा कतिपय बदनाम भएका पत्रहरू, कतिपय विज्ञ भनी दाबी गरिएका कार्य क्षेत्रको जिरो कार्य अनुभव भएका, कति त नाम मात्रको कहिल्यै संचालान्मै नआएका संस्थाको उच्च पदस्थको नाममा देखिएका र उक्त झुट दाबीलाई सम्मेलनले बुकलेटमै छापी सही  प्रमाणित गरिदिएर सो बारे जनाकार  गैर आवासीय नेपालीलाइनै लज्जास्पद पारिदिएका थिए ।

 

समग्रमा नहुनु ममा भन्दा के जाति ममा निको भनी स्विकार्नु पर्ने यो भेलाको दाबी र  २५ बुँदे निष्कर्ष निकालेको भनिएको थियो।  जुन तल दिइएको छ।

 

त्यहाँ  भनिएको थियो, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोना पश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित थियो । साथै संयुक्त राष्ट्रसङ्घको दिगो विकासका लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाले प्राथमिकता तोकेका विषयहरूमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेको  दाबि समेत गरियो।

 

१. कोभिड-१९ ले गर्दा धेरै नेपालीहरू चरम गरिबीको रेखा मुनि धकेलिने खतरा देखिएको छ । कोभिड-१९ पछिको अर्थतन्त्रलाई पुनर्जीवित गर्न कृषि, औद्योगिक क्षेत्र, पूर्वाधार, ऊर्जा तथा सूचना प्रविधि मुख्य क्षेत्रको रूपमा रहेका छन् ।  त्यस्तै संयुक्त राष्ट्र सङ्घले अगाडी सारेको दिगो विकासका लक्ष प्राप्त गर्न नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाज,  गैर आवासीय नेपाली समुदाय समेतको सामूहिक प्रयास आवश्यक छ ।

 

२. धेरै विज्ञहरूले कोभिड -१९ ले अल्प कालमा दिगो विकासका लक्षहरूलाई नकारात्मक असर पर्ने भएता पनि दीर्घकालमा सकारात्मक असर नै पर्न सक्नेमा आशावादी देखिए । तर यसका लागि जनचेतनामा वृद्धि, सूचना प्रविधि क्षेत्रमा प्राविधिक सुधार, विकेन्द्रीकरण, विदेशमा कार्यरत नेपाली वैज्ञानिक तथा दक्ष जनशक्तिलाई स्वदेश फर्काउने लगायतका कामहरू गर्न आवश्यक छ । त्यस्तै सुशासन पनि आवश्यक हुनेछ । कोभिड -१९ सँग जुध्न स्थानीय सरकारहरूको भूमिका महत्त्वपूर्ण हुने देखियो, त्यसैले तिनलाई श्रोत, साधन र आवश्यक जनशक्ति उपलब्ध गराउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ । त्यस्तै देश भित्र र बाहिर रहेका विकास साझेदारहरूसँग अरू निकट सहकार्य गर्न पनि हामी सुझाव दिन्छौँ ।

 

३. कोभिड – १९ ले निगरानी, क्वारेनटाइन, कनट्याक्ट ट्रेसिंग, समन्वय तथा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूको क्षमता लगायत नेपालको स्वास्थ्य सेवा प्रणालीमा थुप्रै सुधार गर्नु पर्ने आवश्यकता औँल्याएको छ । सङ्घीय तथा प्रान्तीय तहमा जनस्वास्थ्य विभाग गठन गरी स्वास्थ्य सेवा प्रणालीलाई पुनर्संरचना गर्न हामी सुझाव दिन्छौँ ।

 

४. कोभिड-१९ महामारीले नेपाल खाडी लगायत अन्य मुलुकमा नेपाली श्रमिकहरूले व्यहोर्नु परिरहेको समस्यासँग जुध्न तयार छैन भन्ने देखाएका छन् । त्यसैले कोभिड-१९ जस्ता महामारीको अवस्थासँग जुध्न र आवश्यक तयारी गर्न एउटा ‘प्रकोप तयारी ढाँचा’ तयार गर्न आवश्यक छ । त्यस्तै नयाँ गन्तव्य मुलुकहरूको पहिचान गर्ने र नेपाल फर्के पछि पनि बेरोजगार रहनु नपरोस् भन्नका लागि आप्रवासी श्रमिकहरूको सीप विकास गर्न आवश्यक छ । यसै गरी वैदेशिक रोजगार एक मात्र विकल्पको रूपमा नरहोस् भन्नका लागि नेपाल सरकारले यो सङ्कटलाई मानिसहरूलाई विदेश जान बाध्य पार्ने कारक तत्त्वहरूलाई सम्बोधन गर्दै कृषि क्षेत्रलाई रूपान्तरण गर्ने नीतिहरू ल्याउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ । आप्रवासी कामदारहरूको आवागमनका साथै उनीहरूले व्यहोर्नु परिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय सरकारहरूलाई आवश्यक श्रोत साधन तथा क्षमता विकासमा सघाउन पनि हामी आग्रह गर्दछौँ ।

 

५. गैर आवासीय नेपाली संघकले कोरोना भाइरस महामारीका कारण उत्पन्न सङ्कटसँग जुध्न एउटा उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ । यसै गरी विद्यमान  तथा भविष्यका प्रकोपहरूसँग जुध्न एउटा स्थायी प्रकृतिको उच्चस्तरीय प्रकोप व्यवस्थापन ढाँचा तथा न्यूनीकरण कोष बनाउन हामी सुझाव दिन्छौँ । स्वास्थ्य सेवाको पहुँचमा नेपाली मूलका व्यक्तिहरूमा  असमानता, अन्तर र भिन्नता कायमै छन् । त्यसैले हामी संसारभरि रहेका नेपाली मूलका स्वास्थ्यकर्मीहरूलाई एउटा सामूहिक शक्ति निर्माण गरी परिवर्तन र सुधारको श्रोत बन्न आह्वान गर्दछौँ ।

 

६. गैर आवासीय नेपाली सङ्घको -यापिड मेडिकल टिमले यस अघिका प्रकोपहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा त्यस्ता प्रकोपहरू आइपरेमा २४ घण्टा भित्रै खटाउन सक्ने गरी तयारी हालतमा रहेको जानकारी गराउन चाहन्छौँ ।

 

७. अल्प विकसित मुलुकहरूको दिगो विकासका लागि प्याटेन्ट निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले नेपाली आविष्कारकहरूलाई हामी अन्तर्राष्ट्रिय विशेषज्ञहरू तथा गैर आवासीय नेपाली विज्ञहरूसँग सहकार्य गर्न सुझाव दिन्छौँ ।

 

८. नेपालमै रहेका उद्यमीहरू तथा नेपाल फर्केका व्यवसायीहरूले स्टार्ट अप सुरु गर्न तथा आफ्नो आविष्कारलाई  बजारीकरण गर्न अवसर खोजी रहेका छन् ।  त्यसैले  नवप्रवर्तन तथा बजारीकरणलाई सघाउन पनि नेपाल सरकार तथा एनआरएनए मिलेर एउटा कोष खडा गर्न हामी सुझाव दिन्छौँ । बजारीकरण सम्बन्धी प्रयासहरू तथा मुनाफा कमाउन गरिने नवप्रवर्तनका लागि एनआरएनएले निजी क्षेत्रसङ पनि सहकार्य गर्नु पर्दछ ।

 

९. नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोरी रहेको छ । उत्पादन बढाउनका लागि कृषि नीतिहरूमा कृषकहरूको आय श्रोतले धान्न सक्ने खालका प्रविधिहरूलाई बढवा दिनु पर्दछ । त्यस्तै स्वदेश फर्केका आप्रवासी नेपालीहरूलाई खाद्य उत्पादन क्षेत्रमा प्रोत्साहित गरिनु पर्छ । त्यसै गरी बिउ बैङ्क तथा प्रविधिहरू प्रयोग गरी रैथाने जातका अन्नहरू, घरपालुवा जनावर तथा फलफूलको संरक्षण गर्न हामी आह्वान गर्दछौँ ।

 

१०. नेपाल जस्तो विकासशील मुलुकका लागि दिगो विकास लक्ष प्राप्त गर्न digitalization को महत्त्वपूर्ण भूमिका हुन्छ ।  तर अहिले साइबर अपराध एउटा गम्भीर चुनौतीको रूपमा देखिएको छ । त्यसैले साइबर अपराधसँग जुध्न एउटा ‘एकीकृत राष्ट्रिय अनुसन्धान तथा कारबाही केन्द्र’ गठन गर्न हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ । साइबर अपराधसँग जुध्ने प्रणालीको विकासमा गैर आवासीय नेपाली सूचना तथा प्रविधि विशेषज्ञहरूले मदत गर्न सक्ने छन् । Digitalization को प्रक्रियाबाट हामी अलग्ग बस्न नमिल्ने भएकाले हामी विद्यालय स्तरबाटै सूचना,  सञ्चार तथा प्रविधिमा आधारित पाठ्यक्रम समावेश गर्न हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

 

११. नेपालमा, खास गरी दुर्गम इलाकामा बस्ने मानिसहरूका लागि, इन्टरनेटको शुल्क निकै महँगो छ । त्यस भूभागमा लगानी गर्दा निजी क्षेत्रले चाहेको जस्तो मुनाफा पाउन सक्दैनन् ।  त्यसैले digital divide लाई घटाउन यस क्षेत्रमा लगानी गर्न हामी नेपाल सरकार तथा एनआरएनएलाई आग्रह गर्दछौँ । त्यस्तै सार्थक परिवर्तनका लागि अनुसन्धान तथा विकास ( R & D) को क्षेत्रमा लगानी बढाउन पनि हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

 

१२. नेपालले नवीकरणीय ऊर्जामा जोड दिँदै रहँदा जैविक इन्धन तथा आयातित पेट्रोलियम पदार्थहरूको उपभोग बढी रहेको छ । त्यसैले विभिन्न सेवा क्षेत्रहरूमा प्रतिव्यक्ति विद्युत् उपभोग बढाउनेतर्फ जोड दिन आवश्यक छ । त्यस्तै नेपालमा अहिले प्रसारण लाइनहरूबाट विद्युत् लैजाँदा ठुलो मात्रामा ऊर्जा खेर गइरहेको छ । स्मार्ट ग्रिडहरूले प्रसारण तथा वितरणका क्रममा विद्युत् खेर जाने दरलाई घटाइ दिन्छन् जसले गर्दा उपभोक्ताले तिर्ने विद्युत् मूल्य पनि घट्न जान्छ । त्यसैले नेपालमा सफल स्मार्ट ग्रिड कार्यक्रम लागू गर्न नीति, नियामक संस्था, उद्योग, संस्थागत तथा स्तरीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिन हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ । यी उन्नत व्यापारिक मोडेलहरूको पूर्ण कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा जान सकिने सम्भावनाहरूको खोजी गर्न पनि हामी सुझाव दिन्छौँ ।

 

१३. वातावरणीय विनाश तथा श्रोत दोहन गरेर तीव्र तथा उच्च आर्थिक वृद्धि गर्न खोज्नु दीर्घकालमा आत्मघाती हुन सक्छ । त्यसैले राष्ट्रसङ्घीय दिगो विकास लक्ष प्राप्त गर्नका लागि विकासको ढाँचामा वातावरणीय नैतिकताको पक्षलाई पनि एकीकृत गर्न हामी आग्रह गर्दछौँ । त्यस्तै वातावरण व्यवस्थापनमा सहभागी हुन आम जनतालाई प्रोत्साहित गर्न विद्यालय तथा समुदाय स्तरमा वातावरणीय शिक्षा तथा सामुदायिक जागरण कार्यक्रम सञ्चालन त्यत्तिकै महत्त्वपूर्ण छन्।

 

१४. कोभिड -१९ भन्दा पहिलेको आर्थिक वृद्धिको स्तरमा पुग्न र नेपालले चाहेको दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न घरेलु लगानीले मात्रै सम्भव छैन । त्यसैले नेपालको अर्थतन्त्रलाई सक्रिय तुल्याउन तत्काल एनआरएन तथा विदेशी लगानी भित्र्याउन आवश्यक छ । यसका लागि अरू मुलुकहरूले अपनाइ रहेको वित्तीय प्रविधि (FinTech) को गति सँगसँगै हिँड्न वित्तीय नीतिहरूलाई पुनरावलोकन गर्न हामी नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

 

१५. कोभिड-१९ ले गर्दा सन् २०२०-२१ मा आर्थिक वृद्धि खुम्चने अनुमान गरिएको छ । गरिबिको स्तरमा अहिले परेको असरको एक मात्र समाधान भनेको विज्ञानमाथिको विश्वास नै हो । नेपालको संशोधित विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीतिले विभिन्न क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक पहलहरू गर्ने परिकल्पना गरेको छ । यो नीतिको तीव्र कार्यान्वयनले दिगो विकासका लक्षहरू प्राप्त गर्न सघाउने छ ।

 

१६. बायो मेडिकल विज्ञान तथा प्रविधिले उच्च गुणस्तरको स्वास्थ्य सेवालाई अगाडि बढाइ रहेका छन्।  दुर्भाग्यवश धेरैजसो अनुसन्धान तथा नवप्रवर्तन विकसित मुलुकहरूमा भई रहेको र ती प्रविधि निकै महँगो भएकाले नेपाल जस्तो उदाउँदो अर्थतन्त्रलाई अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा नयाँ अवसरहरू उपलब्ध भएका छन् । त्यसो गर्दा लागत कम हुने छ भने आम जनताले ती सेवा उपभोग गर्न पनि सक्ने छन् ।

 

१७. हाल नेपालमा भइरहेको सहरी वृद्धि पर्याप्त पूर्वाधार क्षमता विना नै भई रहेको छ । त्यसैले दिगो सहरी विकासका लागि  सुशासन  र योजनाका संयन्त्र तथा औजारहरू विकास गरिनु पर्दछ । नेपालमा तिनको सम्भाव्य प्रयोगका लागि सहरी सुशासनका लागि राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गरिनु पर्दछ ।  स्मार्ट सहर प्रणालीका तत्त्वहरू प्रयोग गर्दै लैजान हामी नेपाली सहरहरूलाई प्रोत्साहित गर्दछौँ ।

 

१८. हामी नेपालमा रहेका तथा गैर आवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरू निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गर्दछौँ । यस्तो आदानप्रदानले आधुनिकीकरण तथा विकासको नेपाली जनताको आकाङ्क्षालाई मूर्त रूप दिन सहयोग पुग्ने हाम्रो विश्वास छ ।

 

१९. एनआरएनएका प्रारम्भिक दिनहरूमा सुरु गरिएको वृद्ध आश्रम कार्यक्रमलाई निरन्तरता दिँदै जीवनको अन्त्य कालमा प्रदान गरिने स्याहार सेवा (palliative care) को विकासका लागि पहल गर्न हामी एनआरएनएलाई आग्रह गर्दछौँ।

 

२०. बलियो समुदाय, उद्योग धन्दा तथा राष्ट्रिय अर्थतन्त्रको निर्माणमा सामुदायिक कलेजहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । नेपाली शिक्षा क्षेत्रमा सामुदायिक कलेजको अवधारणा लाई व्यवहारमा उतार्न थुप्रै सम्भावनाहरू रहेकाले यो अवसरलाई उपयोग गर्न हामी सम्बद्ध सबै क्षेत्रलाई प्रोत्साहित गर्दछौँ ।

 

२१. एनआरएनएले राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, लेबर बैङ्क तथा ब्रेन गेन सेन्टर सँग तत्काल सहकार्य सुरु गर्ने छ । प्रमाणमा आधारित नीति निर्माणका लागि एनआरएनएले नेपाल सरकारले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठान (Policy Research Institute) सँग एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने छ ।

 

२२. यो सम्मेलनको नतिजा तथा सुझाव योजना, नीति निर्माण, सञ्जाल निर्माण, अनुसन्धान, शिक्षा, नव प्रवर्तन तथा व्यवसायीकरणसँग एकीकृत गर्न आवश्यक छ । यसका लागि एनआरएनएले एउटा उपयुक्त संयन्त्र बनाउनु पर्दछ। प्रवासमा रहेका विशेषज्ञहरूको उत्साहलाई पनि समेट्ने गरी एनआरएनएको Skill, Knowledge and Technology Transfer विभागले नेतृत्व लिन र गैर आवासीय नेपाली विज्ञहरूको सीप, क्षमता र अनुभव नेपाल सरकार, संस्थाहरू तथा निजी क्षेत्रका विभिन्न तहसँग जोड्न अहम भूमिका निर्वाह गर्न हामी सुझाव दिन्छौँ ।

 

२३. नेपालले उच्च शिक्षा संस्थाहरूमा पठन पाठन र अनुसन्धानका लागि सार्वजनिक तथा निजी संस्थाहरूको योगदानलाई औपचारिक रूपमा पहिचान गर्नु पर्दछ । सार्वजनिक विश्वविद्यालयहरूमा बढ्दो राजनीतिक हस्तक्षेपले निकै नराम्रो असर परिरहेको छ । त्यसैले विभागीय तहमा आफै नियुक्ति गर्न सक्ने गरी विश्वविद्यालयहरूलाई पूर्ण स्वायत्तता दिने संयन्त्र विकास गरिनु पर्दछ । नेपालमा अनुसन्धान कालागि रकम जुटाउने कुरा एउटा ठुलो चुनौतीको रूपमा रहेको छ । त्यसैले प्राकृतिक विज्ञान र मानविकी तथा समाज विज्ञानका लागि दुई ओटा छुट्टाछुट्टै राष्ट्रिय अनुसन्धान परिषद्हरू बनाउन पनि हामी आह्वान गर्दा छौँ ।

 

२४. क्षेत्रीय सम्मेलनहरू मार्फत थुप्रै उपयोगी ज्ञानको संश्लेषण गरिएको छ । एनआरएनए क्षेत्रीय स्तरमा ज्ञान आदान प्रदान गर्ने काम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

 

एनआरएनएको ज्ञान भेला यसको नेतृत्वमा सबल र योग्य मानिसको हातमा रहेको भए  नेपालको विकासको लागि निकै महत्त्वपूर्ण र प्रभावकारी बन्नेमा कसैको दुबिधा छैन।

 

ज्ञान भेलाको  नेतृत्व गर्ने व्यक्ति ज्ञान, सीप, अनुभव र प्रविधिको हस्तान्तरण भनेका कुराहरू अर्काको बारीमा फलेको काउली किनेर डोकोमा राखी बजार बजार घुमाएर उपभोक्ताको माग पूर्ति गरे जस्तो त हो नि भन्ने प्रकृतिको प्राज्ञिक पुरातन बादी कोडिंङ्ग ग्रस्त भेटीए। उनीहरू संस्थाको उच्च तहमा रहेकै भरमा माइक्रो म्यानेजमेन्ट लादेर यस्ता कुराहरू पुरा हुन्छ भन्ने जडशुत्रबादी अहङ्कार र प्रवृत्ति युक्त बनिदिएर प्रवासी नेपाली र नेपाल सरकार बिचको बिकासको बाधकको रूपमा उभिए।प्रबासी नेपाली विज्ञहरुलाई नेपाल संग जोड्ने कामको बटलनेक बन्यो एनआरएनएको आफ्नै ज्ञान भेला सन्चालन गर्ने संयन्त्र।

 

आज संसारभर आफ्नो कबिलता प्रस्तुत गरि प्रबासी नेपाली विज्ञको रुपमा स्थापित भएका नेपालको लागि अत्यधिक महत्व राख्ने विज्ञहरु भनिरहेका छन्  एनआरएनएको टुप्पोमा मुलक हैन आफ्नो सान, मान र प्रतिष्ठा खोज्ने  रहुन्जेल नेपालको सेवा गर्ने पबित्र चाहना, प्रयास एनआरएनए मार्फत  सम्भब हुदैन।  त्यसैले म त अथवा हामिहरु त  एनआरएनए लाई केहि समयको लागि पन्छाएर सिधै नेपाल सँग जोडिई आफ्नो कार्यहरू सञ्चालन गर्ने बाटो समातिरहेको छु। भोलि सुध्रेको खण्डमा बिकल्प सोच्न सकिन्छ।

 

आज एनआरएनए चुनाबको संग्राममा उभिएको छ।

 

एनआरएनएको ज्ञान, सिप, प्रविधि हस्तान्तरण र विज्ञ भेला आदि भनेको म र मेरो परिवारको निजि दाइजोको विषय हो भनी सोची बस्ने जडशुत्रबादी अहङ्कार र प्रवृत्तिको “अति” वाट जसरी पनि एनआरएनए लाई मुक्त गर्नु आजको सम्पूर्ण प्रवासी नेपालीहरूको तत्कालीन आवश्यकता बनेको छ।

 

ति प्रवृतिहरु आज फेरी यो वा त्यो नाममा  एनआरएनएको माथिल्लो तहमा पुनः आएर एनआरएनएको ज्ञान, सिप, प्रविधि हस्तान्तरण र विज्ञ भेला जस्ता कार्यक्रमको अस्तित्व नै माटोमा मिलाउने नियतले टाउको उठाएर अघि बढेकोतपाइँ हामीले देखि रहेका छौ।

 

यस्ता प्रवृत्ति र विकृति तथा एनआरएनएका भाइरसहरू लाई  यस पटकको एनआरएनएको चुनावले तिरा लगाउन अनिवार्य बनेको छ।

 

आशा गरौँ यसै चुनाबले एनआरएनएमा हुर्किएर झ्याङ्गिएका उक्त प्रकारका दुष्ट प्रवृत्तिहरूको अप्रेसन मार्फत उपचार गर्ने छ।

 

अनि प्रवासी नेपालीहरू सिधै आफ्नो प्रिय  एनआरएनए मार्फत नेपालसँग जोडिने क्रम बढ्ने छ।

 

जय एनआरएनए।

 

सम्वाददाता, टोरन्टो, क्यानाडा।

30Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: