मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कखरा तपाइको शरीर र पौष्टिक आहारको।

नारायण घिमिरे

भनिन्छ तपाइको जीवनको मालिक तपाई आफै हो। तपाई जे खानुहुन्छ अन्ततः त्यसैबाट आउने पदार्थ बाट तपाइको शरीर बन्ने गर्छ। तपाइले जस्तो जीवन शैली अपनाउनु हुन्छ त्यसैले तपाइको तन्दुरुस्तीको पहिचान बनाउँछ।

 

मानिस जन्मनु भन्दा अगाडी हुने प्रजनन प्रक्रियामा महिलाको ओभरिमा हुने एक अण्डा लाई गर्भवती बनाउन लगभग २०० मिलियन शुक्रकीट बिच युद्स्तरमा हुने दौड प्रतियोगिता जित्ने पहिलो शुक्रकीटलाई अण्डा भित्र स्वागत गरी जाइगोट बनाउने व्यवस्था गरिएको हुन्छ।

 

प्राकृतिक रूपमा तन्दुरुस्त नरहेको शुक्रकीट प्रतिस्पर्धामा पहिलो बाझिमार्ने न्यून सम्भावना रहन्छ। प्राकृतिक रूपमा अत्यन्त दुर्बल अन्डकोषको समेत गर्भधारण गर्ने क्षमता रहन्न।

 

प्राकृतिकरूपमा अस्तित्वमा रहेको गर्भधारण प्रक्रियामा प्रतिस्पर्धामा पहिलो बाझिमार्ने शुक्रकीट ओभरिमा उपलब्ध एउटै ओभमसंग मिल्ने हुनाले  शुक्रकीटको तन्दुरुस्ती भन्दा ओभमको तन्दुरुस्ती धेरै महत्त्वपूर्ण बनिदिन्छ। जसको पूर्ति गर्भवती हुँदै गरेकी महिलाको शारीरिक, मानसिक र मनोवैज्ञानिक स्वस्थ तन्दुरुस्त बनाएर गर्न सकिन्छ।

 

मानिस जन्मने क्रममा प्रकृतिले कोही कसैलाइ पक्षपात गर्दैन। सबै मानिस जन्मिदा आफ्नो आफ्नै प्रकृतिको असाधारण खुबी सहित जन्मन्छ। जसले आफ्नो खुबीको सही पहिचान गरी उपयोग गर्छ, ऊ दुनियाँमा पूर्ण प्रतिस्पर्धी बन्छ। प्रगति गर्छ।

 

जन्मने क्रममा मानिस पृथ्वीमा जन्मन पाउ भनी निवेदन हालेर र निवेदन स्वीकृति गराएर जन्मेको हुँदैन। तत्कालको डिम्बलाई गर्भवती बनाउने गन्तव्य प्राप्त गर्ने २०० मिलियन शुक्रकीट बिचको दौडमा उत्कृष्ट एक शुक्रकीट सँग मिलेर ओभमले मानव बिउ अथवा जाईगोट बनाइरहेको हुन्छ।

 

आमाको शरीरभित्र जाईगोटको नियमित पालन पोषणबाट मानव जन्म सम्भव बनेको हुन्छ। यो त्यही बिन्दु हो, जहाँ पहिलोचोटी डिम्ब र शुक्रकीट प्रतिफलको आशा नगरी आफ्नो नियमित कार्य सम्पन्न गरिरहेका हुन्छन। प्रतिफलमा पृथ्वीमा आफ्नो सन्ततिको निरन्तरता कायम गर्न सफल बनिरहेका हुन्छन।

 

जाइगोटको आधा माता बाट आधा पिता बाट प्राप्त लगभग तेइस हजार जिन हुने गर्छ। प्रत्येक जिनहरू डिएनए हरू बाट बनेको हुन्छ। प्रत्येक डिएनए चार ओटा केमिकल एडिनिन, थाईमिन, साईटोसिन र ग्युनाईन निश्चित कोड जस्तै ए-टि-सी-जी को रूपमा सङ्गठित रहेर बनेको हुन्छ।

 

तपाइको शरीर यिनै चार कोडका केमिकलहरू बाट बनेको  डिएनएको समुच्च रुप हो। सरल रूपमा बताउँदा जिनहरू तपाइको शरीरको आन्तरिक भाषाका अक्षरहरू हुन। डिएनए शब्द। डिएनए-डिएनए मिली बनेको बाक्यनै तपाइको शरीरको आन्तरिक भाषा वा कोड हो।जहाँ तपाइको पुर्खाको स्मरण र अनुभवका स्मरणहरू प्रस्ट सञ्चित रहने गर्छ।

 

हाल सम्म मानिसमा भएको मात्र २-३% डिएनए कोडिङमा प्रयोग भएको देखिन्छ। वाकी ९७%  डिएनए के गर्छ भन्ने यकिन हुन बाकी रहेकाले यसलाई जङ्क डिएनए वा इन्टरजेनिक डिएनएको संज्ञा दिइन्छ। हरेक मानिसको डिएनए आफै र डिएनए- डिएनएको संयोजनबाट बनेको आन्तरिक भाषा वा कोड फरक फरक हुने गर्छ।

 

अर्को तर्फ सञ्चित पुर्खाको स्मरण र अनुभवका स्मरणहरू कसरि जरुरतको बेला मानिसको महसुस गर्न सक्छ (जसलाई चेतना भनिन्छ) र आवश्यकता अनुरूप उपयोग गरी मानिसको दैनिकी चलेको हुन्छ भन्ने जानकारी हाल विज्ञान सँग छैन।

 

शरीरमा रहेको ९७%  जङ्क डिएनएको कार्य जानी नसक्दाको अवस्थामा पनि जङ्क डिएनए वास्तवमा जङ्क रहन सक्दैनन् बरु यिनिहरुनै उक्त कार्यमा सक्रिय रही जीवन सम्भव बनाइ रहेका हुन् भन्ने अनुमान गर्न गाह्रो हुँदैन।

 

संसारमा रहेका सबै जीवन मात्र यो चार कोड वा केमिकलहरू बाट बनेको भेटिन्छ। मात्र यिनै चार केमिकलहरूको भिन्दा भिन्दै चेन र तरिकाको कोडिङबाट आज संसारमा भिन्दा भिन्दा भिन्दै प्राणी वा वनस्पति हरुको फरक फरक जीवन अस्तित्वमा रहन सम्भव बनेको हो।

 

ए-टि-सी-जी सबै केमिकलहरू कुनै निश्चित एटम वा परमाणु हरु  बाट बनेको मलिकुल वा अणु हुन। शरीरमा समग्रमा कार्बन, हाईट्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फस्फोरसको मात्रा ९६% हुन्छ।

 

बाकी ४% अन्य एटमहरु निर्मित हुने गर्छ।

 

अक्सिजन, कार्बन र हाईट्रोजन कार्बोहाइड्रेट,  प्रोटिन र फ्याटले पूर्ति गर्न सक्छ।अक्सिजन श्वास बाट। सल्फर र फस्फोरस प्रोटिन र मासु लगायतका अन्य श्रोत हरुले। अन्य कुराहरू फाईटोकेमिकल्स र मिनिरल्स, भिटामिन, फाइबरहरू बाट।

 

ब्रमाण्डमा जल्दै गरेको तारालाई विज्ञानले सुपरनोभा भन्ने गर्छ।

 

विज्ञान बाट पूर्ण रूपमा प्रमाणित नभए पनि वैज्ञानिकहरू बिच सबैभन्दा ठुलो सङ्ख्यामा मान्य रहेको हालको बुझाई अनुसार, ब्रमाण्डमा रहेका ताराहरू वा सुपरनोभा जलेर नष्ट हुने क्रममा हिलियम र हाईट्रोजनको फ्युजनबाट एटमहरु बनेका हुन।

 

फ्युजनबाट बनेका एटमहरु मध्ये केही पृथ्वीको गुरुत्वाकर्षणका कारण पृथ्वीमा समेत आइपुगेकाले पृथ्वीमा जीवनको सुरुवात हुन सम्भव बन्यो।

 

यसरी तपाइको शरीर निर्माण गरिरहेका एटमहरु सम्पूर्ण ब्रह्माण्डको कुनै न कुनै भागबाट तपाईँ सम्म आइपुगेका मानिन्छ। त्यसैले तपाइको शरीरले सारा ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भनिएको हो।

 

प्रजननको क्रममा गर्भधारण हुन पुगेको जाइगोट मात्र एउटा कोशिका हो। जुन दुई ओटामा टुक्रन्छ। दुई वाट चार बन्छ। यसरी लगभग ५० प्लस पटकको टुक्रने क्रममा त्यहाँ १०० ट्रिलियन कोशिका पैदा हुने गर्छ।

 

जाइगोट टुक्रिएर शरीरको जुनसुकै अङ्ग बन्ने क्षमता राख्छ।

 

जाइगोट १०० ट्रिलियन कोशिका हरुमा टुक्रने क्रममा एकै साथ शरीरका विभिन्न अङ्गको रूपमा विकास हुन्छ। जाइगोटको विभाजन एकै चोटि लगातार हुने र शरीरका विभिन्न अङ्गहरूको रूप लिँदै जाने गर्छ।

 

शरीरका विभिन्न अङ्गहरूको एकै चोटि विकास हुने हुँदा एउटा-एउटा अङ्ग बनेजस्तो पुरै शरीरको विकास हुन लामो समय लाग्दैन। मात्र ४० हप्तामा सम्भव बन्छ।

 

यसरी सारा ब्रमाण्डमा भएका ताराहरू भन्दा पनि धरै सङ्ख्यमा रहेका १०० ट्रिलियन कोशिकाहरू बाट तपाइको बच्चाको पूर्ण शरीर मात्र ४० हप्तामा तैयार हुन्छ।

 

जन्मने क्रममा बाहिर आउँदै गर्दा बच्चा लाई ढाकेको साल नाल भित्रको झोल पदार्थ बच्चाले खाने, शरीर भरि लाग्ने, छाला तथा अन्य भाग जस्तै कान, आँखा, नाक, गुद्वार आदि बाट बच्चाको शरीर भित्र जाने र बच्चा बाहिरिने क्रम सुरु हुन्छ।

 

यसरी बच्चा बाहिरिने क्रममा उक्त भजेईनल सेक्रेशनले पृथ्वीबाट दुई हजार प्रजातिका ब्याक्टेरियाहरु बाट लिई जम्मा गरेको २.२ मिलियन जिन बच्चाले प्राप्त गर्छ। जसलाई विज्ञानले जिनोम भन्छ।

 

जिन उपलब्ध गराउने दुई हजार प्रजातिका ब्याक्टेरियालाई भने विज्ञानले माइक्रोबायोटा भन्छ।

जिनदिने प्रक्रियालाई माइक्रोबायोम भन्छ।

 

आफ्नो आमा-बा बाट मात्र तेइस हजार जिन पाएको बच्चाले पृथ्वी बाट २.२ मिलियन जिन वा जिनोम प्राप्त गर्छ। यसरी आफ्नै आमा-बा बाट भन्दा बच्चाले १५० गुणा धेरै ब्याक्टेरियल जिन माइक्रोबायोटा बाट प्राप्त गर्छ।

 

ब्याक्टेरियल जिन दिने दुई हजार प्रजातिका माइक्रोबायोटाहरूले वास्तवमा हामी रहने ग्रहको सम्पूर्ण इकोलोजीको प्रतिनिधित्व गरेको हुन्छ। ताकी बच्चा उपलब्ध इकोलोजी सँग समय सापेक्ष रहेर हुर्कन, बढ्न र आफ्नो अस्तित्व कायम गर्न सकोस।

 

आज हामीले बाताबरणमा जताभाबी प्रयोग गरेको एन्टिबायोटिक, विषादी, प्रदूषण, पेट्रोकेमिकलको प्रयोग र प्राकृतिक विरोधी गतिविधिका कारण पृथ्वीबाट हामीलाई जिनोम दिने दुई हजार प्रजातिका माइक्रोबायोटा मध्ये ३०% नष्ट बनेको देखिन्छ।

 

जसका कारण नयाँ जन्मेका बच्चामा क्रोनिक बिमरिपन, शरीर चिटचिट हुने, पोल्ने जस्ता विकृति, विभिन्न रोग सँग लड्ने क्षमता विहीन हुने, नयाँ प्रकृतिका समस्या देखिने, मोटोपन, डायबिटिज, मुटुको रोग, क्यान्सर आदिमा वृद्धिको दर बढेको मानिन्छ।

 

जब तपाई धेरै प्रशोधन गरी रिफाइन गरिएको तैयारी चाउचाउ जस्ता खाना खानु हुन्छ, स्टेरोइड, हर्मोन र एन्टीबायोटिक दिइएको जनावरको मासु वा दूध खानु हुन्छ, विषादी प्रयोग भएको तरकारी, फलफूल र अन्न जस्ता खाना खानु हुन्छ त्यो बेलामा तपाइको शरीर भित्रका शरीरलाई लाभदायक हुने माइक्रोबायोटा मर्ने र शरीर रोगी हुने अवस्था जन्मन्छ।

 

खानाको सन्दर्भमा आज हाम्रा बिश्वोविद्यालयहरूले अध्यापन गराउँदै गरेको रुढी बादी पौष्टिक आहार युक्त खाना भनेर शरीरको भौतिक ऊर्जा पूर्ति गर्न सक्षम खाना र पिउने पानी भन्ने अवधारणा अपूर्ण छ।

संसारले मान्ने अवस्था नै रहेन।

 

आहार वास्तवमै पौष्टिक आहार बन्न पौष्टिक ऊर्जा युक्त, जीवन लाई जीवित राख्ने जीवन्त शक्ति दिने, शरीर स्वस्थ राख्न हिलिङ्ग शक्ति दिने र माइक्रोबायोटाको उचित पालन पोषण गर्ने प्रोबायोटिक गुण भएको खाना, स्वस्थ हावा र पानी सहित अनिबार्य हुनुपर्ने मान्यता स्थापित बनेको हो।

 

जसको अधिकतम प्रभावकारिताको लागि मानसिक र मनोवैज्ञानिक स्वस्थता अनिवार्य रहन्छ।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: