मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

माइक्रो-वायोलीजी र बायो-टेक्नोलोजीमा वेद र बिज्ञान।

नारायण घिमिरे

वेदमा साना तथा सूक्ष्म जीवहरुलाई जनाउन कृमि शब्दको प्रयोग भएको देखिन्छ। जस अनुसार भाइरस, ब्याक्टेरिया, कीटक: (लामखुट्टे, बिच्छी, उडुस जस्ता विषालु किरा), तथा पतङ्ग (रातिको बेला सक्रिय हुने उड्ने उपियाँ, मोथ जस्ता साना हानिकारक किरा फट्याङ्ग्रा), परजीवी आदि सबै लाई कृमिको साथमा व्याख्या गरिएको भेटिन्छ। वेदमा कृमिलाई दुई प्रकारमा विभाजन गरिएको छ। आँखाले देख्न सकिने म्याक्रोसकोपिक कृमि जसलाई दृश्य कृमि (द्रिष्ट) र आँखाले देख्न सकिने अथवा माइक्रोसकोपिक कृमिलाई अदृश्य कृमि (अद्रिष्ट) भनिएको छ। सामान्य रूपमा वेदको अवधारणाले अदृश्य तथा दृश्य सबै कीटाणु, जीवाणु हरुलाईकृमि अन्तर्गत समाहित गर्ने र रोग जनक कृमिहरूको बारे उपचार पद्धतिमा समावेश गरेको बुझिन्छ।

 

जीवाणु, कृमि, कीट, पतङ्ग आदि सबै स्थूल सूक्ष्म प्राणीहरूलाई  कृमि शब्द दिइएको वेदमा उत्पत्ति र स्थितिको आधारमा शरीरमा वा शरीर भित्र रहने प्रणाश्रयी र शरीर बाहिर विभिन्न स्थानमा रहने अन्य स्थानाश्रयीको रूपमा समेत विभाजन गरेको छ। कृमिको सङ्क्रमणको कारण मानिसले शारीरिक, मानसिक, अध्यात्मिक र भौतिक व्याधि भोग्नु पर्ने भेटिएको उल्लेख गर्ने वेदमा मानिसमा रोग व्याधि उत्पन्न गर्ने कृमिलाई उपद्रोजन्य कृमिको नामकरण गरिएको छ। मानिसको लागि हानिकारक र पोषण तत्त्व नाशक उपद्रोजन्य कृमिको उपचार पद्दतिलाई कृमि चिकित्सा भनिएको छ। कृमि चिकित्साको लागि सबैभन्दा उपयोगी अनन्त श्रोतको रूपमा सूर्य, अग्निहोत्र (यज्ञ, हवन), मनोबल (मन्त्र, फ़ुक-फ़ाक), ज्ञान बल, शरीर बल, औषधीय वनस्पति आदि उपायहरू सुझाइएको छ।

 

वेदमा बृष्तृत रूपमा दैवी शक्ति (सूर्य, अग्नि, इन्द्र, मेघ, मरुत, सोम, जल चिकित्सा), वानष्पतिक द्रव्य, खनिज द्रव्य, मणिबन्धाधि, धूपनादि, मन्त्र चिकित्सा, प्राकृतिक चिकित्सा, खान-पान आदिको कृमि चिकित्सामा हुने प्रयोग बारे लेखिएको छ। उक्त उपायहरू वारेको यथेष्ट प्रमाणित वैज्ञानिक आधारहरू समेत हाल उपलब्ध छन्। विभिन्न प्रकारका कृमिहरू तथा तिनका कारण वाट हुने रोग वा विकृतिहरूको उपचार विधिको सम्बन्धमा वेदमा गरिएको चर्चा परिचर्चाको लागि  ऋषि कण्वको मुख्य भूमिका देखिएकाले वैदिक माइक्रो वायोलोजिको पिताको रूपमा ऋषि कण्वलाई लिनु उपयुक्त देखिन्छ।

 

वैदिक विज्ञानको बुझाइमा प्रकृतिको तिन गुण हुन्छ। सत गुण, रज गुण र तम गुण। जब विज्ञानले परमाणु लाई तिन भागमा विभाजन गर्न सक्यो त्यस्ती वेला उसले ईलेक्ट्रोन, प्रोट्रोंन र निउट्रोंन गरी तिन गुण युक्त तत्त्व फेला पार्‍यो जसमा यी तिनै सत गुण, रज गुण र तम गुण भेटियो। यी तिन गुण बिना परमाणुको अस्तित्व सम्भव नहुने र परमाणु बिना जीवन वा कुनै भौतिक पदार्थ समेत सम्भव नहुने यकिन गर्‍यो।

 

तम भनेको इनार्सिया वा अवरोधको मतलब स्थिरताको तत्त्व हो। आफू स्थिर रहन हरेक तत्त्वलाई स्थिरताको जरुरत पर्दछ। जस्तै: पृथ्वीमा रहदा हामीलाई आफूतिर तान्ने पृथ्वीको ग्रयाभिटि एक अवरोधक तत्त्व छ जसले हामीलाई रोक्न वा स्थिर रहन सहयोग गर्दछ। शक्ति गतिशीलताको तागत हो। जसलाई रज गुण भनिन्छ। गतिशीलता र स्थिरताको बिचको सन्तुलन कायम गर्ने गुण हो सत गुण। अथवा यथार्थता। दुवैको संयोजन वाट जे बन्छ त्यो हरेक बस्तुको यथार्थ गुनको रूपमा हामीले अनुभूति गर्दछौ।

 

जब गतिशील शक्ति पनि छ, त्यसलाई रोक्ने शक्ति पनि छ तर ती दुई बिच सन्तुलन कायम गर्ने शक्ति छैन भने त्यहाँ सन्तुलन सम्भव बन्दैन। गतिशील गुण र  स्थिर गुण बिचमा सन्तुलन कायम राख्ने गुणको उपस्थितिमा सन्तुलन कायम हुन नसक्दा सम्म उक्त शक्ति द्वारा निर्मित हुने पदार्थको वास्तविक गुण मतलब स्थिरतामा देखिने यथार्थ गुणको बारे यकिन हुन सक्दैन। एउटा कार जसमा चल्नको लागि इन्धन पनि छ, गति नियन्त्रण गर्न ब्रेक पनि छ तर दुबैलाई सन्तुलन गर्ने खुबी रहेको चालक छैन भने त्यस वाट सोचिएको यात्रा सम्भव रहँदैन। कारको यात्रा सम्भव तुल्याउन गतिशीलता दिने शक्ति पेट्रोल वा डिजेल, रोक्ने वा गति नियन्त्रण गर्ने ब्रेक तथा गतिशीलता र स्थिरता बिच सन्तुलन कायम गर्ने चालकको जरुरत हुन्छ।

 

हाम्रो जीवनको यात्रामा समेत तिनै पक्षहरुको निकै ठुलो भूमिका रहन्छ। कार चल्न निश्चित बाटो चाहिन्छ भने हाम्रो जीवनको लागि समेत निश्चित ज्ञान मार्गको जरुरत छ। कार चालकमा चलाउने ज्ञान र अनुभवको जरुरत रहे जस्तै हाम्रो जीवन पनि ज्ञान र अनुभव वाट प्राप्त बुद्धि र विवेकको सहारामा अघि बढ्ने गर्दछ।

 

वैदिक ज्ञानलाई विज्ञानको रूपमा सोच्ने व्यक्तिहरूले बताउने रज गुण, तम गुण र सत गुणलाई आधुनिक विज्ञानमा ईलेक्ट्रोन, प्रोट्रोंन र निउट्रोंनको नामकरण गरियो। त्यही ज्ञानलाई काव्यात्मक रूपमा अर्थात विषय बस्तुलाई  कुनै उपमा दिएर कुरा प्रस्ट गर्न चाहने काव्यका पारखीहरूले ब्रह्मा, विष्णु र महेश्वरको नाम दिए। जहाँ ब्रह्मा सर्जक शक्ति अथवा निर्माण कर्ता हो। विष्णु परम्परा कायम गर्ने वा नियमितता प्रदान गर्ने सुरक्षा दाता शक्ति हो। भने महेश्वर (वा शिव) एक विनाश गर्ने शक्तिको रूपमा चर्चा गरिएको भेटिन्छ।

 

विज्ञान मार्फत चर्चामा रहेको ईलेक्ट्रोन एक नेगेटिभ (नकारात्मक) चार्ज युक्त पदार्थ हो। ईलेक्ट्रोनले परमाणु बिगार्ने वा भत्काउने कार्य गर्दछ जसलाई  महेश्वरको उपमा लिइयो। प्रोट्रोंन पोजिटिब (सकारात्मक) चार्ज युक्त हुन्छ। जब इलेकट्रोन आफ्नो चार्ज गुमाएर परमाणु लाई ध्वस्त पार्ने प्रक्रियामा लाग्दछ, प्रोट्रोनले जरुरतको अन्य नेगेटिभ चार्जलाई आफू तर्फ खिचेर परमाणु लाई नियमितता प्रदान गर्ने  काम गर्दछ। जसलाई  विष्णुको उपमा दिइयो।

 

परमाणुको केन्द्र भाग अथवा न्यूक्लियसमा सकारात्मक वा पोजिटिब चार्जमा रहेका प्रोटोनहरू एक अर्का सँग हुने नियमित विकर्षण हुने क्रममा भत्कन वाट जोगाउन नत नेगेटिभ नत पोजिटिब अथवा चार्जविहीन स्वतन्त्र न्युट्रनहरूले न्यूक्लियसमा रहेका पोजिटिब चार्ज युक्त प्रोटोनहरू लाई एक आपसमा जोडेर राख्न मद्दत गर्दछ। न्युट्रनका कारण संयुक्त पोजिटिब चार्जमा रहन सम्भव बनेको तिनै प्रोटोनहरूले आफू सन्तुलित हुन खिचेर लिने नेगेटिभ चार्जका कारण अन्ततः पुरै परमाणु सन्तुलित बन्न सफल रहेर स्वतन्त्र अस्तित्वमा रहन सम्भव बनेको हुन्छ। यसरी परमाणुको केन्द्र भागमा रहेको नत नेगेटिभ नत पोजिटिब स्वतन्त्र वा न्युट्रल निउट्रोंन लाई परमाणुको असली निर्माण कर्ता शक्तिको उपमा दिएर ब्रह्मा लाई सर्जक शक्ति भनियो।

 

ईलेक्ट्रोन हमेसा आफै नियमित कम्पनमा कुनै गतिमा सवार रहन्छ। प्रोटोन र निउट्रोनलाइ जब सानो भागमा टुक्राइन्छ तिनीहरू सा-साना सब-एटमिक पार्टिकलहरू जस्तै: मुवोन, निउट्रीनो, क्वार्क्स आदि निर्मित रहेको भेटिन्छ।मुवोन, निउट्रीनो, क्वार्क्स जस्ता सब-एटमिक पार्टिकलहरू समेत ईलेक्ट्रोन जस्तै कम्पनको अवस्थामा रहने यथार्थता वैज्ञानिक रूपमै प्रमाणित बनेको छ। नियमित कम्पनमा रहने उक्त सबै क्वान्टम पार्टिकलहरूको गुण नियमित कम्पनमा घुमेर गतिशील रहनु हुन्छ।

नियमित कम्पनमा रहेर लिइने गतिशीलताको गुण अथवा दुवै पोजिटिब र नेगेटिभ शक्ति बिचको द्वन्द्वात्मक सम्बन्धलाई सन्तुलित पारि अस्तित्वमा रहन सम्भव बनेको डान्सिंग पार्टिकलको गुणलाई उपमा दिन काव्यका पारखीहरूले शिव-शक्ति भन्ने शब्द चयन गरे। क्वान्टम मेकानिक्सले भने त्यसलाई  युनिफाइड फिल्ड भन्ने नामकरण गर्‍यो।

 

ब्रह्मा, विष्णु र महेश्वरको समेत अन्तिम असलीरुप शिव शक्ति रहेको र पदार्थको अस्तित्वको वास्तविक संयोजनको बिन्दु एकै रहेको भनि स्वीकारिएको वैज्ञानिक पुष्टि बनेको सन्तुलित बिन्दुलाई विज्ञानले आफ्नै पाराको क्वान्टम युनिफाइड फिल्ड भन्ने नाम दियो। जब तपाईँ क्वान्टम पार्टिकलहरूलाई त्यो भन्दा पनि सानोमा टुक्राउन खोज्नु हुन्छ तपाईँ लाई केही पनि हाता पर्दैन। यसको अर्थ हो सारा अस्तित्व अन्ततः शून्य वाट आएको छ। शून्यमै गएर सकिन्छ। हरेक अस्तित्वको सबैभन्दा सुक्ष्म रुप हो शिव शक्ति यानेकि कम्पन। कम्पन शून्यता वाट आएको हुन्छ। अन्ततः शून्यतामै विलीन हुन्छ।

 

वैदिक कालका अवधारणाहरू मानव स्वस्थ रहनको लागि तम गुण, रज गुण र सत गुणको सन्तुलित संयोजनको आवश्यकताको अनिवार्यता महसुस गरी अथवा तिन गुण प्रदायक शक्तिहरूको सन्तुलनको आवश्यकता रहने विचार धारामा आधारित रहेर विकसित भएको भेटिन्छ। वैदिक कालका अधिकांश ग्रन्थहरू जस्तै वेद, पुराण, चरक तथा सुश्रुत संहिता आदिमा रोग व्याधिको बारेमा चर्चा भएको भेटिन्छ। रोग-व्याधिको बारेमा रोग जनक कृमिहरूको भूमिका समेतमा तम, रज र सत गुण प्रदायक शक्तिहरूको सन्तुलनमा खलल पुर्‍याएर नै  अन्ततः शरीरमा रोग व्याधि पैदा हुने निचोडमा आवश्यक उपचार पद्धतिहरुको  विकास गरिएको अनुभूति हुन्छ।

 

 

वैदिक कालका ग्रन्थहरूमा विभिन्न रोगहरू विभिन्न नाम वाट उल्लेखित गरिएको पाइन्छ। वेदमा कृमिको वर्णन विभिन्न स्थानहरुमा गरेको भेटिन्छ। दृश्य तथा अदृश्य जीवका बारेमा अथर्व वेदमा क्रिमि र कृमि गरी दुई प्रस्ट शब्दहरूको प्रयोग भएको भेटिन्छ। कृमि शब्दले किराहरू र क्रिमि शब्द जुका/परजीबी (Worms) र रोगाणु (Germs) को सन्दर्भमा व्याख्या गर्दा प्राय: प्रयोग भएको भेटिन्छ (अथर्व वेद २३.३, ६)। प्राचीन वेदको आयुर्वेदिक टेक्स्टहरूमा आज भन्दा हजारौँ हजार वर्ष अगाडिनै कृमिको नाममा सूक्ष्म जीवहरू बारे वर्णन गरिनु र उपचार पद्दति बारे उल्लेख गरिनु अत्यन्त चाखलाग्दो विषय हो। भाइरस, ब्याक्टेरिया जस्ता सूक्ष्म जीवहरू देख्ने सुविधा  युक्त माइक्रो स्कोपहरू बिना वैदिक कालका ग्रन्थहरूमा सूक्ष्म जीवहरूको केही हदसम्म विस्तृत वर्णन भेटिन्छ। हामीले खाने खाना (जस्तै दूध, नौनी र अन्य), भाँडाकुँडा, पानी, माटो र शरीरमा पाइने आँखाले देखिने दृश्य र अदृश्य सबै जीवाणुहरू लाई त्यहाँ कृमि भनिएको छ।

 

सङ्क्रमित चराहरू तथा जनावरहरू असङ्ख्य सूक्ष्मजीवहरु मतलब कृमिहरूको वासस्थान हुने उल्लेख गरिएको छ। पर्याप्त सरसफाइ हुन नसक्दा त्यस स्थानलाई हानिकारक ब्याक्टेरिया अथवा कृमिहरूले आफ्नो वासस्थानको रूपमा उपयोग गरी फैलने अवधारणा हजारौँ वर्ष अगाडीका वैदिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। कृमिका बारे वैदिक ग्रन्थहरूको सबैभन्दा पुरानो ग्रन्थ  ऋग्वेद लेख्छ कृमि रोगजनक र गैर-रोगजनक प्रकृतिको हुने गर्दछ। ऋग्वेदले सुझाए अनुसार केही कृमिहरू (भाइरस, ब्याक्टेरिया, सूक्ष्म जीव) सङ्क्रामक प्रकृतिको हुने गर्दछन्। अरू कृमिहरू भने गैर-हानिकारक प्रकृतिका रहन्छन।

 

अयुर्बेद्को प्रमुख ग्रन्थ मानिने चरक संहिता ऋग्वेद भन्दा अझै १५०० वर्ष पछि लेखिएको मानिने आयुर्वेदिक संहिता हो। चरक संहितामा समेत कृमिहरूको रोगजनक र गैर-रोगजनक गुणहरूको वर्णन गरिएको छ। यो निश्चित हो की चरक संहितामा आज हामीले आधुनिक विज्ञानमा प्रोबियोटिकहरू बारे बताउने गरिए जस्तो गरी कृमिहरू (ब्याक्टेरियाहरू) सम्भावित रूपमा लाभदायक हुने गर्दछन् भनेर प्रस्ट उल्लेख भएको भेटिँदैन। यसको सट्टामा ग्रन्थहरूमा गैर-हानिकारक वा गैर-रोगजनक कृमिहरू समेत रहन्छन भनी यकिन हुनु निकै चाखलाग्दो विषय रहेको छ।

 

हुन त विज्ञानले राम्रो र नराम्रो भनी ब्याक्टेरियाको वर्गीकरण गर्दै गर्दा तथाकथित राम्रो भनिएको ब्याक्टेरियाहरूले एक व्यक्तिको लागि राम्रो गर्दै गर्दा अर्को व्यक्तिको लागि राम्रो गर्ने निश्चित रहँदैन। कतिपय स्थितिमा हानिकारक ब्याक्टेरियाको भूमिका समेत खेलिदिन सक्दछ। हाल राम्रो गनिएको ब्याक्टेरियाहरू भविष्यमा अनुभव वाट विषाक्त गनिने पनि सम्भावना देखिन्छ। त्यो तर्क वाट हेर्दा कृमिहरू वारेको वैदिक ग्रन्थको अवधारणाहरुलाई पूर्ण सत्य नरहेको समेत भन्न सकिने स्थिति छैन। किन कि आज पनि एक संस्कृतिका मानिसहरूमा राम्रो गरिरहेको प्रोबियटिक्स अर्को फुड-हेबिटको समुदायमा विषाक्त बनेका धेरै अनुभवहरू हामी सँग छ।

 

वैदिक ऋचाहरूमा कृमिहरुको बारेमा उल्लेख गरेको भेटिन्छ। जबकि आयुर्वेदिक ग्रन्थहरूमा भने कृमि रोग अन्तर्गत सूक्ष्म जीव कृमिहरुका (भाइरस, ब्याक्टेरिया र अन्य) कारण हुने गरेका बिमारहरू र तिनको उपचारहरु वारे जोड दिने गरेको देखिन्छ। बाहिरी छालामा हुने कृमिहरू लाई वक्भा, पाचन प्रणालीको कृमिहरू लाई अभ्यंतरा, दाँतको कृमिहरू लाई दन्त र अन्य भागमा भेटिने कृमिहरू लाई अन्यस्थानाश्रयी आदि भनेको भेटिन्छ।

 

यजुर्वेदमा रोगाणुहरु लाई विभिन्न उपमा तथा  समानार्थी शब्दहरू समेत दिइएर उल्लेख गरिएका छन्। जस्तै सबै भन्दा खतरनाक रूप रुद्रको उपमा दिएर समेत रोगाणुको बर्णन गरिएको छ। जस्तै: मानव शरीरमा गम्भीर सङ्क्रमण गराउन जिम्मेवार रुद्र रोगाणु का कारण मानिसलाई अत्यन्त धेरै रुवाउने गर्दछ (यजुर्वेद १६/५४)। एक आपसमा सम्बन्धित तर विभिन्न प्रकारका हानिकारक रोगाणु जनाउने गरी मरुतलाई खतरनाक रोगहरू निम्ताउने विभिन्न प्रकारका रोगाणुहरुको उपमादिएर अदृश्य प्रकृतिका विभिन्न सङ्क्रामक रोगाणुहरु बारे वर्णन गरिएको छ। यजुर्वेदमा मरुत शब्दको पटक पटक प्रयोग प्रयोग गरी विभिन्न संदर्बमा, विविध साङ्केतिक उपमाहरू सहित वैदिक कालमा ज्ञात रहेको माइक्रो-वायोलीजी र बायो-टेक्नोलोजीवारेको ज्ञानहरूको वर्णन भएको पाइन्छ।

 

माइक्रोबायोलोजिष्टहरुले भर्खरै मात्रै महसुस गर्दै गरेको केही निश्चित रोगहरू जुन शरीरको बाहिरी, भित्री र दाँतमा रहने कृमिहरूको गतिविधि सँग सम्भंधित रहने गर्दछन् ती बारे आयुर्वेदमा प्रस्ट उल्लेख गरिएको छ। वास्तवमा पुरै मानव शरीर एक सेल युक्त कृमिको उत्पत्ति बाट बिकसित भएर बनेको विज्ञानको हालको मान्यता समेत वैदिक टेकष्टहरुमा यकिनका साथ प्रस्ट लेखिएको भेटिनु सबैको लागि आश्चर्य लाग्दो अवस्था हो। यथार्थमा वेद र आयुर्वेदिक ग्रन्थहरूमा उल्लेखित कृमि तथा कृमि रोगहरू वारेको बृस्तृत वर्णनहरूले जीव विज्ञान र चिकित्सा विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान गरेको कुरा चिकित्सा विज्ञानको इतिहासले स्पष्ट पार्दछ।

 

कृमि तथा कृमि जन्य रोगको ज्ञानका अतिरिक्त आन्तरिक जडीबुटी र खनिज पदार्थ युक्त उपचार पद्धतिका ग्रन्थहरूले प्रतिपादन गरेका वैदिक तीन मौलिक सिद्धान्तहरू आयुर्वेदिक तथा आधुनिक चिकित्सा विज्ञानले फड्को मार्ने गरी प्रगति गर्नको लागि अहम कोशेढुङ्गा बनेको यथार्थ सँग आज कुनै विवाद रहेको छैन।

 

चिकित्सा विज्ञानको राडारमा एक मनमोहक अन्तर्दृष्टिको रूपमा स्थापित मौलिक तीन वैदिक सिद्धान्तहरू हुन: १) कृमि अपकर्सना मतलब: कृमिहरू लाई भौतिक रूपमै हटाउने। २) निदान परिभरजना मतलब कृमिहरूको सङ्क्रमणलाई सम्भव तुल्याउने कारकको नै उन्मूलन गर्ने। ३) प्रकृति विघटन मतलब प्रकृति र शरीरको प्रकारमै परिवर्तन गर्ने ताकि कृमिजन्य सङ्क्रमण र रोगको सम्भावना मुक्त परिस्थितिको पैदा होस।

 

जस अन्तर्गत एकतर्फ कृमिहरूको (परजीवी र जीवाणु) वासस्थान तिनीहरूलाई प्रतिकुल हुने गरी वासस्थानको प्रकृतिमा नै परिवर्तन गरिदिने उपाय अपनाउने गरिन्छ। जस्तै: जडीबुटी र खनिज पदार्थ युक्त औषध उपचार विधिको उपयोग गरेर। त्यसको साथै होस्टको रूपमा रहेको मानव पाचन प्रणालीको प्रकृति र प्रकारमा नै परिमार्जन गरिदिने विधि प्रयोगमा ल्याइन्छ। जस्तै: आयुर्वेदिक र हिलिङ्ग खान पान तथा जिबन पद्दति वाट।

 

आज विज्ञान वा आयुर विज्ञानले ड्रग र कठोर जडीबुटीहरूको प्रयोग वाट पहिलो त कृमिहरू लाई मार्नुको सट्टा भौतिक रूपमै तिनीहरू लाई शरीरको सङ्क्रमण रहेको भाग वाट हटाउने उपाय लिइन्छ। दोस्रोमा सङ्क्रमणका कारणहरू पत्ता लगाएर लक्षणको भन्दा मूल कारकको नै उपचार खोजिन्छ। ताकि उक्त कारणकै निवारण सम्भव बनोस। जस्तै: कृमि नाशकको उपयोग, सूर्यको किरण, वातावरण सरसफाइ, मनोबैज्ञानिक सबलताका विधि, होम, मंत्र आदि। तेस्रोमा कृमिहरूको प्रकृति अनुरूपको आवश्यकता पूर्ति हुने वातावरण हटाउने र प्रतिकुल परिस्थितिको सृजना हुने गरी अनुकूल प्रकृतिको विगठन गरिदिने नीति अपनाइन्छ। जस अन्तर्गत सङ्क्रमित भागमा जडीबुटी र खनिज पदार्थ युक्त औषध उपचार प्रयोग, पाचन प्रणालीमा आयुर्वेदिक र हिलिङ्ग खान पानको उपलब्धता तथा योग, मेडिटेसन आदि जस्ता उपायहरू अपनाउन सकिन्छ। जस अन्तर्गत मानव प्रतिरक्षा क्षमताको अभिवृद्धि गर्ने आयुर्वेदिक कायदाहरू संसारकै प्रिय उपायहरूको रूपमा विश्व भर चर्चित बनेको छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

195Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: