मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक भावार्थमा ऋग्वेद भाग -१

सूक्ष्म-जीव विज्ञानको

वैज्ञानिक भावार्थमा ऋग्वेद। (क्रमशः …………………२)

नारायण घिमिरे

वेद र विज्ञान बारे कुरा गर्दा वेद र विज्ञानको अवधारणा बारे बुझ्न जरुरी देखिन्छ।  जुन कुराहरू  विज्ञानमा प्राकृतिक नियमको सिधान्त भनिएको छ वेदमा त्यसलाई धर्म भनी व्याख्या भेटिन्छ।  विज्ञानमा पोख्त रहेका वैज्ञानिकहरू तपाई जति सुकै परीक्षण गर्नुस तपाइले परीक्षण वाट प्राप्त गरेको नतिजाको आधारमा सिधान्त प्रतिपादन गर्न सक्नु हुन्न। तर जब तपाई गहिरो सोचमा पुगेर विषय वस्तुको गहिरो अनुभूति मार्फत कुनै सिद्धान्तहरूको प्रतिपादन गर्नु हुन्छ तब त्यसलाई सङ्ख्य तथा सैद्धान्तिक रूपमा सत्य रहेको प्रमाणित गर्नु हुन्छ तब त्यो तपाइको हाइपोथेसिस वा परिकल्पना बन्छ। जब उक्त हाइपोथेसिस परीक्षणबाट प्रमाणित गर्नु हुन्छ तब त्यो प्रमाणित वैज्ञानिक तथ्यको रूपमा स्विकारिन्छ। समय क्रममा जब उक्त हाइपोथेसिस आंशिक सत्य रहेको अनुभूति हुन्छ पुन नयाँ सिधान्त बन्दछ। पुन प्रमाणित गरिन्छ। सत्य भनिएको पुरानो कुरा लाई नयाँ सत्यले प्रतिस्थापन गर्दछ। मतलब हामी सत्य होइन आंशिक सत्यको पहिचान गर्दै पूर्ण सत्यको बाटोमा विज्ञान मार्फत अत्यन्त धिमा गतिमा अघि बढिरहेका हुन्छौ।

 

वैदिक ज्ञानको सन्दर्भमा गहिरो अनुभूति मार्फत गहिरो सोचमा पुगेर प्राप्त गरिएको ज्ञानको आधारमा बनेको विषय वस्तुको परिकल्पना लाई प्राकृतिक नियमको सिधान्त सँग तौलिएर प्रतिपादित भएका ज्ञानलाई श्रुति भनिन्छ। श्रुतिहरू  वास्तविक यथार्थको निचोड रहेको सन्दर्भको कसीमा सत्य साबित भएका सिद्धान्तहरूका सङ्ग्रह हुन्। आजको विज्ञानको भाषामा भन्दा वेदका हरेक श्रुतिहरू परम्परागत रूपमा पुष्टि भएर सङ्ग्रह गरिएका प्राकृतिक सिद्धान्तका सङ्ग्रहहरू हुन्। मानिसको परम्परागत क्षमता, उपलब्ध साधन श्रोत र ज्ञान प्रवाहको तरिका आधुनिक वैज्ञानिक समयको कायदा सँग नितान्त फरक रहेकाले आज परम्परागत विषय विज्ञताका प्राकृतिक सिद्धान्तका वैज्ञानिक सङ्ग्रहहरू पुनः व्याख्या वा उल्थाको जरुरत बनेको छ। जसको लागि वेदमा भनिए जस्तै सम्बन्धित क्षेत्रका विषय विज्ञ तथा अनुभवी, बहु-आयामिक समग्रतामा बुझ्ने क्षमतावान व्यक्तिहरूले अनुसन्धान, प्रयोगात्मक परीक्षण र यकिनको जरुरत पर्दछ।

 

वैश्य युगमा प्रवेश गर्दै गर्दा विश्वका ती मुलुकहरू मात्र गरिब तथा पिछडिएका मुलुक रहन्छन जहाँ चरम अनुशासन हिन झुन्डहरू समाजको बाठो टाठो वर्गको रूपमा स्थापित हुन्छ। मेहनतको कमाइमा जिउने प्राकृतिक नियम सँग पुरै वितृष्णा राख्ने त्यो वर्ग मेहनत बिनाको कमाइमा आफ्नो जीवन आफ्नो हैसियत भन्दा अधिक सहज र सम्मानित हुनुपर्ने मनोबैज्ञानिक रोग ग्रसित रहन्छ। बाठो टाठो वर्गमा उक्त मनोबैज्ञानिक दशाको सृजनामा भने बताइए वा देखाइए भन्दा नितान्त फरक नियतमा स्थापित राजनैतिक वर्ग र सञ्चार कर्मीको भूमिका रहने गर्दछ।  जुन आफैमा मुलुक भित्र बाहिरी प्रभाव स्थापना गर्ने नियतले प्राप्त  साधन र श्रोतको कारण अप्राकृतिक रूपमा निकै प्रगति गर्ने नाम चलेका मिडिया, ठुला नेता तथा बाठो टाठो वर्ग र  सञ्चारकर्मीको रूपमा  स्थापित बनी रहेका हुन्छन्।

 

कुनै पनि समाज त्यति बेला छिन्न भिन्न र अस्त व्यस्त हुने  गर्दछ जब त्यहाँका रैथाने ज्ञान, विधि, प्रविधि, साधन र श्रोतको उपयोगको सम्भावना लाई निमिट्यान्न पार्न सकिन्छ। जसको लागि एकातर्फ मुलुकको संस्कृतिलाई समाजमा सम्भव नहुने आकर्षक नारा सहितको राजनैतिक मुद्दा लैजाने क्रममा ध्वस्त गर्ने र मिडिया वाजी मार्फत आयातित संस्कृति तर्फ जन आकर्षण बढाउन भूमिका खेल्ने तरिका अँगालिन्छ।  जुन नेपालको हालको मौजुदा अवस्था हो। आज हाम्रो समाज दुवै तर्फ धारिलो धार रहेको खुकुरीको चपेटामा परेका छन् ।

 

आफ्नै परम्परा र रैथाने ज्ञान प्रविधिको सामान्य सुझबुझ र अध्ययन बिना हाम्रा युवा युवतीहरूमा आफ्नै परम्परा र रैथाने ज्ञान प्रविधि तर्फ चरम घृणा पैदा गरिएको छ। वेद र विज्ञानका यथार्थहरू समाजको शिक्षित वर्ग सम्म समेत जान वाट रोक्न सम्पूर्ण शक्ति परिचालित देखिन्छ।यस्तो परिस्थितिमा देश भक्त र मुलुकको हितको लागि आफ्नो समय खर्चनु आफ्नो कर्तव्य ठान्ने वर्गहरू सङ्गठित बनी हाम्रा वेद र विज्ञानका अवधारणा समाजको हरेक कित्तामा पुर्‍याउन निकै ढिलो भएको छ। त्यसै सन्दर्भमा तलका भावार्थहरू  समर्पण गर्ने प्रयासहरूगरिएको हो।

 

वैज्ञानिक भावार्थमा ऋग्वेद:

ऋग्वेद मन्त्र १.३७.१

करीळं वः शर्धो मारुतमनर्वाणं रथेशुभम |

कण्वा अभि पर गायत ||

भावार्थ: अनुसन्धानकर्ताहरूले आपसमा सहकार्यमा रहेर काम गर्ने उक्त वायु तथा माइक्रोवायोमहरुको शरीरभित्र शरीरको क्रायोजिनिक अवस्थामा र अन्तरिक्षको क्रायोजिनिक अवस्थामा समेत यात्रा वा सवारी सम्भव तुल्याउने क्रायोजेनिक विधि र प्रविधिका ‘शर्घो’ बारेमा गहिरो जानकारी प्राप्त गरुन्। जसको लागि वायु तथा सूक्ष्म जीवहरूको उच्च दबाब पैदागरी अत्यन्त बलवान क्रायोजेनिक प्रविधि र प्रक्रियाको ‘शर्घो’ क्षमता र उपयोगिता बारे समयोचित अध्ययन अनुसन्धानको जरुरत हुनेछ।

(नोट: जीवनको सम्बन्धमा अत्यन्त कम तापक्रममा शरीरका महत्त्वपूर्ण वा संवेदनशील अङ्गहरूका कार्यहरू अत्यन्त धिमा गतिमा अटुट रूपमा नियमित राख्दै शरीरको बाँकी भागलाई सुषुप्त वा डोर्मेंट जस्तो हाइबरनेसनको अवस्थामा लैजान सकिन्छ। जसलाई शरीरको क्रायोजिनिक अवस्था ठानिन्छ। सीमित बन्देजको ठाउँमा अक्रिय (ईनर्ड) ग्यास, अपान वायु (नाइट्रोजन, हाइड्रोजन, कार्बन डाइअक्साइड, अक्सिजन, मिथेन र सल्फर ग्यासको मिश्रण हुने पादका तत्त्वहरु) र सूक्ष्म जीवहरूको आपसी सामूहिक सहकार्यमा शरीर भित्र विभिन्न सामग्रीहरूको इन्जिनहीन रूपमा आपूर्ति सहज गराई रहेका हुन्छन्।)

ऋग्वेद मन्त्र १.३७.२

ये पर्षतीभिर्र्ष्टिभिः साकं वाशीभिरञ्जिभिः |

अजायन्त सवभानवः ||

भावार्थ: पन्चतत्व (क्वान्टम पार्टिकल तथा क्वान्टम मेकानिक्स), ध्वनि (भाषा) र कम्पन (क्वान्टम ईनर्जी) जस्ता विषयहरूमा विशेष दक्खल राख्ने अनुसन्धानकर्ता, विषय विज्ञ र प्राविधिज्ञहरू सम्मिलित टोलीले सूक्ष्मजीवहरू वाट उत्पादन र उत्सर्जन हुने किरण अर्थात् लुमिनोसिटि तथा औँराका सदुपयोगको विविध पक्षहरूको बारेमा अध्ययन गर्नु जरुरी देखिन्छ।

(नोट: प्रकाशको संश्लेषण गर्ने (फोटोसेन्थेटिकल्ली सक्रिय) विकिरणलाई क्वान्टम विकिरण भनिन्छ।  जुन सूर्यको विकिरणको व्यापक स्पेक्ट्रमको अंश हो। सूर्यको देख्न सकिने प्रकाशलाई बिरुवाले फोटोसेन्थेसीस प्रक्रियामा प्रयोग गर्दछन्। सम्पूर्ण जीवहरूले सूर्य वाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त प्रकाशको संश्लेषण गरी त्यसमा रहेको इलेक्ट्रोमैग्नेटिक ऊर्जालाई रासायनिक ऊर्जामा रूपान्तरण गर्ने क्रममा उनीहरूको शरीर वाट किरण अर्थात् लुमिनोसिटि तथा औरा निक्लने गर्दछ। जीवित जीवबाट उत्पादन र उत्सर्जन हुने प्रकाशलाई बायोल्युमुनेसेन्स भनिन्छ। सामान्य ब्याक्टेरिया देखि शार्क, जुनकिरी देखि र मानिस समेतले विभिन्न प्रकारका बायोल्युमुनेसेन्स निकाल्ने गर्दछन्। कतिपयको शरीर वाट निस्कने प्रकाश शक्तिशाली र प्रस्ट देखिने हुन्छ भने मानिसहरूको औरा त्यति प्रस्ट देखिँदैन।)

 

ऋग्वेद मन्त्र १.३७.३

इहेव शर्ण्व एषां कशा हस्तेषु यद वदान |

नि यामञ्चित्रं रञ्जते ||

भावार्थ: माइक्रोबायोलोजी प्रविधि तथा उच्च दबाबमा राख्न सकिने निष्क्रिय ग्यासहरूको फरक फरक दबाबमा, अनुपात र तरिकामा उपयोग गर्ने क्रममा देखिने गुण, क्रिया तथा प्रतिक्रियाहरू बारे गहिरो सुझबुझ लिएर विकसित गरिने प्रविधिहरूको बुद्धिमत्ता पूर्ण प्रयोग मार्फत जगतमा रहेका सम्पूर्ण जीवित र निर्जीव जीवनहरूको दिगोपन तथा स्थिरताको लागि अतुलनीय लाभ उपलब्ध गराउन सकिन्छ।

ऋग्वेद मन्त्र १.३७.४

पर वः शर्धाय घर्ष्वये तवेषद्युम्नाय शुष्मिणे |

देवत्तं बरह्म गायत ||

भावार्थ: नियमित अध्ययन तथा अनुसन्धान मार्फत माइक्रोबायोलोजी र क्रायोजेनिक टेक्नोलोजीको संयोजन वाट सम्भव बन्ने विद्युत् तथा चुम्बकीय ऊर्जा, लुमिनोसिटि वा अप्टिकल चरित्रको बानी ब्यहोरा आदि पहिचान गरी उच्च दबाबमा राख्न सकिने निष्क्रिय ग्यासहरू र माइक्रोबायोलोजीमा आधारित दिगो वातावरण मैत्री प्रविधिहरूको  विकास गर्न र समग्र जगतको अस्तित्व तथा जीवन सहज पारी कल्याण पुर्‍याउन सकिन्छ।

ऋग्वेद मन्त्र १.३७.५

पर शंसा गोष्वघ्न्यं करीळं यच्छर्धो मारुतम |

जम्भे रसस्य वाव्र्धे ||

भावार्थ: एउटा चरनमा चर्दै गरेको गाईले चर्ने क्रममा घाँसलाई थोरै चपाई आंशिक रूपमा पचाएर पछि उग्राएर पुन: चपाउने प्रयोजनको लागि पहिलो पेटमा राख्ने र त्यसपछि पूर्ण रूपमा चपाएर मात्र पाचन प्रक्रियामा लैजाने प्रक्रिया किन गरिरहेछ भनि बुझ्न गरिने अनुसन्धान उक्त: विषयहरू बारे अनुसन्धानको प्रथम कडी हुन सक्दछ। गाइले दाना वा घाँस खाने क्रममा कसरि उसको मुखमा हुने र्‍याल आदि मार्फत माइक्रोवायोम तथा अग्नि आदि सँग घाँसलाई  मिसाउने, आंशिक चपाएर केही प्रशोधन गर्ने, केही समय पहिलो पेटमा राखी अर्ध-पचाउने, पुनः मुखमा फर्काएर उग्राउने क्रममा मुखले चपाई चपाई पुनः प्रशोधन गर्ने आदि कार्य वाट कसरि उक्त घाँस तथा दाना पोषण युक्त दूधका पदार्थहरू, मिथेन, कार्बन डाइअक्साइड, सल्फर ग्यास जस्ता अक्रिय (ईनर्ड) अपान वायुका विभिन्न ग्यास आदि उत्पादन गर्न सम्भव बन्दछ भन्ने सम्बन्धमा अनुभवी, विषय विज्ञ तथा चतुर निर्णय लिने क्षमता राख्ने विश्व विख्यात व्यक्तिहरूले अनुसन्धान गरी प्रयोगात्मक परीक्षण मार्फत यकिन गरुन।

(नोट: एउटा गाईले उग्राउने क्रममा वर्षमा झन्डै १०० किलो मिथेन ग्यास डकारेर वातावरणमा फ्याल्ने गर्दछ। केही मात्रा पादको रूपमा समेत वातावरणमा फाल्ने गर्दछ। यसरी जनवार वाट निस्कने मिथेन एक्लै झन्डै १० प्रतिशत ग्लोबल ग्रिनहाउस ग्यासको हिस्सा रहेको ठानिन्छ। मिथेन उच्च प्रेसरमा राख्न सकिने इनर्ड क्रयोजेनिक ग्यासको वर्गमा पर्छ। वातावरण परिवर्तनमा कार्बनडाईआक्साइड भन्दा २५ गुणा ज्यादा सक्रिय मानिने मिथेन ग्यासलाई आजको विज्ञानले ग्लोबल वार्मिंग गराउने ठुलो समस्याको रूपमा लिने गरिएको हो। गाई वा जनवारको आन्द्रामा हुने माइक्रोवायोमले गाईको पेटमा मिथेन ग्यास उत्पादन गर्दछ। जसले गाइको दानामा रहेको पचाउन कठिन हुने फाइबर र सेलुलोज पचाएर पौष्टिक तत्त्वमा (शरीर र दूध आदि)  परिवर्तन गर्ने गर्दछ। माइक्रोवायोमले उत्पादन गर्ने मिथेनजस्ता ग्यास लाई माइक्रोवायोमले नै पाचन जस्तै अन्य सदुपयोगको काममा उपयोगमा ल्याएर वातावरण ग्लोबल वार्मिंगको समस्या वाट हटाउन निश्चित सक्ने छ। यस प्रविधिको अन्य फाइदा समेत पक्कै छ। हाल गाईको मुख वा गुदद्वार वाट निस्कने मिथेन कम गरी ग्लोबल वार्मिंग घटाउन दानामा समुन्द्री रातो लेउ झ्याउ लाई तेल र सेन्थेटिक केमिकल सहित मिसाएर खुवाउने र गाइको शरीर बन्ने प्रक्रिया र दूध आदि बन्ने प्रक्रियामा र स्वादमा कुनै असर नपर्ने गरी  मिथेन निष्कासन ८२% सम्म घटाउन सम्भव तुल्याएको अवस्था छ।)

 

ऋग्वेद मन्त्र १.३७.६

को वो वर्षिष्ठ आ नरो दिवश्च गमश्च धूतयः |

यत सीम अन्तं न धूनुथ ||

भावार्थ: सूक्ष्म जीवाणुहरू पृथ्वी मात्र नभई सम्पूर्ण ब्रह्माण्ड नै उथलपुथल गर्ने क्षमता राख्दछ। तसर्थ जगत र जीवहरूको लागि उपयोगी र कल्याणकारी सेवा प्रदान गर्ने माइक्रोबहरुको पहिचान गरी उपयोग गर्नुहोस।

ऋग्वेद मन्त्र १.३७.७

नि वो यामाय मानुषो दध्र उग्राय मन्यवे |

जिहीत पर्वतो गिरिः ||

भावार्थ: हानिकारक रोगाणुहरू वाट केवल मानिसहरू मात्र हैन अन्य प्राणी तथा  ठुला-ठुला पहाडहरू समेत विखण्डित र विभाजित हुने तथा महाप्रलय सिर्जना हुने परिस्थिति उत्पन्न हुन सक्छ। तसर्थ जगत र जीवहरू लाई हानि नोक्सानी पुर्‍याउने प्रकृतिका आक्रामक जीवाणुहरूको विनाशकारी सङ्क्रमण वाट मानव र प्रकृति दुवैको संरक्षणको जरुरत पर्दछ।

 

ऋग्वेद मन्त्र १.३७.८

येषाम अज्मेषु पर्थिवी जुजुर्वां इव विश्पतिः |
भिया यामेषु रेजते ||

भावार्थ: प्राकृतिक नियम विरुद्धका अप्राकृतिक गतिबिधिहरु नियमित रूपमा सञ्चालन गरिने तथा चरम वातावरण विनाशका दोहन कार्यहरूले पृथ्वीमा महाप्रलय सिर्जना हुने, अत्यन्त सङ्क्रमित सूक्ष्म रोगाणुहरु पैदा गर्ने आदि कार्य गर्दछ। आक्रामक प्रकृतिका उक्त प्रकारका विनाशकारी जीवाणुहरूको सङ्क्रमण वाट  पृथ्वीको विनाश हुने, जीवनको अपूरणीय क्षति हुने भयावह अवस्थाको जन्म दिन्छ। परिणाममा एक थकित, भर्खरको युद्धमा पराजित राजाको अस्त व्यस्त वातावरणको ध्वस्त क्षेत्रको मनोदशामा मुलुकलाई पुर्‍याई दिन्छ।

 

ऋग्वेद मन्त्र १.३७.९

सथिरं हि जानम एषां वयो मातुर निरेतवे |

यत सीम अनु दविता शवः ||

भावार्थ: सूक्ष्म जीवहरू मूलतः स्थिर रूपमा रहेको माटोको भागको संसर्गमा रहेर उत्पन्न हुने गर्दछन्। चराहरू उडान लिएर जता ततै सर्वत्र पुग्न सके जस्तै स्थिर स्थानमा पैदा भएता पनि सूक्ष्म जीवहरू पृथ्वी भर तथा पृथ्वी माथिको वातावरणमा अनन्त सम्म व्यापक रूपमा फैलिएर चमत्कारी फैलावट तथा गतिविधि देखाउन सक्ने क्षमता राख्दछन।

ऋग्वेद मन्त्र १.३७.१०

उद उ तये सूनवो गिरः काष्ठा अज्मेष्व अत्नत |
वाश्रा अभिज्ञु यातवे ||

 

भावार्थ: स्थानीय शासक र समुदायले पहाडमा हुने व्यापक वर्षाको कारण हुने बाढी पहिरो जस्ता प्रलय आदिहरू लाई रोक्न तथा पैरो व्यवस्थापन गर्नका खातिर खेर गएका रुखा जमिनहरू तर्फ वर्षाको पानी बाँडिने गरी तिनीहरूलाई घुँडा-घुँडा सम्म पानी आउने ओसिलो जग्गाको (Wet Land) रूपमा परिवर्तन गर्नु पर्दछ।

 

(नोट:वास्तवमा प्रदूषित पानीको दिगो उपचारको लागि रुट जोन ट्रिटमेन्टको नामकरण दिएर नासाका विशेषज्ञहरूले दिगो ढल निकास प्रविधि अन्तर्गत ढलको फोहर पानी प्रशोधनको लागि ऋग्वेदले इंकित गरेको ऒइट ल्यान्ड प्रणालीलाई बढवा दिएर अमेरिकामा पहिलो पटक लागु गरेको थियो।)

ऋग्वेद मन्त्र १.३७.११

तयं चिद घा दीर्घम पर्थुम मिहो नपातम अम्र्ध्रम |
पर चयावयन्ति यामभिः ||

भावार्थ: सा-साना न्यानो-पार्टिकलहरू (सूक्ष्मकण वा सूक्ष्मजीवी) को  प्रभावबाट वर्षा नगर्ने बादल लाई समेत वर्षा गराउने बादलको रूपमा परिवर्तन गराएर वर्षा गराउन सम्भव पार्न सकिन्छ।

(नोट: सूक्ष्म जीवहरू इनोकुलेसन गरी बादलको सानो घेरा पैदा गरी पहिला वर्षा नगर्ने बादल उत्पन्न गर्ने र त्यसलाई प्राकृतिक रूपमा वर्षा गराउने बादलको रूपमा विकास हुन दिई कृत्रिम वर्षा गराउने प्रविधि बारे यहाँ प्रस्ट उल्लेख देखिन्छ। यो अत्यन्त चाख लाग्दो मन्त्र हो। किनकि हालसालै अनुसन्धानकर्ताहरूले  प्रभावकारी क्लाउड सिडिंग प्रविधि बारे सफलता प्राप्त गरेका छन्। जस अन्तर्गत  बादलमा साना कणहरू इन्जेक्सन गरिन्छ जसले पानीको थोपालाई  ती कणहरू वरिपरि स्थिर रहेर बस्न सहयोग वा प्रोत्साहित गर्दछ। जब वातावरण सकारात्मक बन्दछ तब ती संरचनाहरू पर्याप्त मात्रामा यति ठुलो बन्दछन् कि बादलबाट हिउँको रूपमा पृथ्वी तर्फ खस्न र प्रभावकारी बर्साद गराउन प्राकृतिक रूपमै सम्भव बन्छ।)

 

ऋग्वेद मन्त्र १.३७.१२

मरुतो यद ध वो बलं जनां अचुच्यवीतन |
गिरींर अचुच्यवीतन ||

भावार्थ: सूक्ष्म जीवहरूको शक्ति पृथ्वीमा रहेका मानव लगायतका जीवहरूको मात्र हैन कि पृथ्वीको विशाल संरचनाको रूपमा अस्तित्वमा रहेका पहाडहरूको समेत रूप वा प्रकृतिमा पूर्ण रूपमा परिवर्तनको कारक वा कारणहरू बन्ने गर्दछ। जसले पुरा पृथ्वी नै हल्लाउने प्रकृतिको प्रवर्तन पैदा गर्न सक्षम हुन्छ।

(नोट: वेदान्तमा क्वान्टम पार्टिकल देखि न्यानो पार्टिकलहरू लाई अ-जीवित (तर चलायमान बन्न सक्ने) सूक्ष्म जीव, भाइरस आदिलाई  अर्ध-जीवित सूक्ष्म जीव तथा ब्याक्टेरिया देखि साना-साना सूक्ष्म जीवहरू, कीराहरू लाई जीवित सूक्ष्म जीव (जीवाणु, रोगाणु – प्राणी वा वनस्पति) मानेको देखिन्छ। यो मन्त्रमा आणविक (एटमिक) बम देखि  सूक्ष्म जीवहरूको पदार्थहरुको बिखन्डन र संयोजन गर्न सक्ने तागतहरू बारे उल्लेख गरिएको छ)

ऋग्वेद मन्त्र १.३७.१३

यद ध यान्ति मरुतः सं ह बरुवते ऽधवन्न आ |
शर्णोति कश चिद एषाम ||

भावार्थ: सम्बन्धित विषय बस्तुमा विशेष रूपमा समर्पित ज्ञान, अध्ययन र अनुभवमा खारिएका चतुर विद्यार्थीहरूले माइक्रोअर्गेनिजम र क्रायोजेनिक ग्यास प्रविधि तथा प्रकृतिमा तिनीहरूका कार्यहरू समावेश भएका रहस्यहरू बारे गहिरिएर बुझ्न सक्दछन।

 

ऋग्वेद मन्त्र १.३७.१४

पर यात शीभम आशुभिः सन्ति कण्वेषु वो दुवः |
तत्रो षु मादयाध्वै ||

 

भावार्थ: माइक्रोअर्गेनिजम र क्रायोजेनिक ग्यासमा आधारित प्रविधिहरू युक्त सवारी साधनहरूको विकासले कालान्तरमा सम्पूर्ण जगतको कल्याण गर्दै उच्च समृद्धि निम्त्याउने छ।

 

ऋग्वेद मन्त्र १.३७.१५

अस्ति हि षमा मदाय वः समसि षमा वयम एषाम |
विश्वं चिद आयुर जीवसे ||

 

भावार्थ: समग्र जगतको कल्याणको लागि माइक्रोअर्गेनिजम र क्रायोजेनिक ग्यासमा आधारित प्रविधिहरूको अध्ययन,  अनुसन्धान तथा प्रयोगात्मक परीक्षण मार्फत ज्ञान लिने तर्फ समर्पित रहनु आवश्यक छ।

(क्रमशः ……………………….)

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

113Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: