मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नारायण घिमिरेको A Quick Healing Metaphysics ई-बुक सार्वजनिक। निःशुल्क उपलब्ध।

तनहुँ, यम्पा फाँट।

क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले चेतना र शारीरिक कल्याण बिचको गहिरो खोज अनुसन्धान पश्चात् लेखेको यो किताबले तपाइको शारीरिक, मानसिक तथा आध्यात्मिक  उपचारमा तपाईँकै विश्वास,  इच्छा शक्ति र आत्मबलको कुन हदको भूमिका हुन्छ भन्ने वारेको आधुनिक वैज्ञानिक तथा वैदिक अवधारणा र तिनीहरू बिचको अन्तर सम्बन्ध बारेको गहिरो पृष्ठ भूमिलाई उजागर गरेको छ।

वैज्ञानिक तथा वैदिक मेटाफिजिक्सको आपसी सहकार्य वारेको अनुसन्धानमा आधारित यस पुस्तकमा विज्ञान र मेटाफिजिकल सिद्धान्तहरू बिचको पारस्परिक सम्बन्ध बारे आधुनिक विश्लेषण प्रस्तुत गर्दै सामूहिक चेतना कसरी तपाइको चेतना बन्छ, तपाइको चेतना कसरी तपाइको सम्पूर्ण मन र शरीरमा परिवर्तन हुन्छ त्यसको गहिरो खाका प्रस्तुत गरिएको छ।

नित्य जीवन जिउने क्रममा तपाइको श्वास प्रश्वास, पानी, खाना र सोचले कसरी  तपाईँलाई तपाइको वातावरण संग समय अनुकूल सम्पर्कमा राख्दै  तपाइको आत्मा र स्वस्थ रक्षामा भूमिका खेलिरहेको हुन्छ भन्ने वारेको प्रस्ट अवधारणा प्रस्तुत गरिएको छ। तपाइको आत्मा तपाइको शरीरमा रहँदा बाहिरको परमात्मा संग कसरी सम्पर्क स्थापना गरेर रहेको हुन्छ र त्यसको लागि प्रमाणित वैज्ञानिक आधारहरू के छन् भन्ने बारे मेटाफिजिक्स र फिजिक्स बिचका आपसी गहिरा सहकार्यहरूको बारे सरल रूपमा निकै गहिरोमा पुगेर चर्चा भएको छ।

मेटाफिजिक्स र फिजिक्सको आपसी सहकार्यहरूको आधारमा रहेर आफ्नो उपचारको खातिर जडीबुटी जन्य औषधि आदिको निर्माण गर्न कसरी सम्भव छ र त्यसले आफ्नो असल स्वस्थको अहिंसा पूर्ण रूपमा प्रतिष्ठापन गर्ने आयुर्वेदिक पद्धतिको औषधि तथा हिलिङ्ग खाद्यमा  डिजाइन द्वारा नै तुरुन्त निको हुने क्षमता कसरी विकास गर्न सकिन्छ भन्ने वारेको नयाँ सिद्धान्तको प्रतिपादन गरेको छ।

यस किताबमा मेटाफिजिकल अन्तर्दृष्टिबाट  वैदिक दर्शन र आधुनिक विज्ञानको अवधारणा लाई जोड्दै हर्बल औषधि तथा हिलिङ्ग खाना तथा प्राकृतिक चिकित्साका उद्यमीहरूलाई घिमिरेले दुवै ज्ञानको समुच्च उपयोग वाट आफ्नो उत्पादन वा सेवा  कसरी आधुनिक बजार माग मैत्री हुने हदमा मानव जीवन मैत्री बनाउन सकिन्छ भन्ने वारेको नयाँ दृष्टिकोण पस्केका छन्।

यस किताब लाई यहाँ दिइएको लिङ्क वाट निःशुल्क पढ्न, आफ्नो लागि डाउन लोड गरी आफ्नै इलेकट्रोनिक पोर्टलमा सुरक्षित राख्न र मन परेको व्यक्तिहरू लाई निःशुल्क ई-बुक उपहारको रूपमा पठाउन समेत सकिन्छ।

धन्यवाद।

सम्पादक ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE