मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आफ्नो ज्योतिष आफै बनौँ – आफ्नो वरत्र, परत्र र भाग्य आफैले हेरौँ।

कसरी काम गर्छ ज्योतिष शास्त्र ?

ज्योतिष शास्त्र वारेको प्रारम्भिक ज्ञान प्राचीन वैदिक संख्या शास्त्र !

अथर्ववेदाचार्य नारायण नारायण नारायण।

 

जन्मको आधारमा कुन व्यक्ति कस्तो चरित्रको हुने छ र कुन स्तरको प्रगति गर्ने छ भन्ने पत्ता लगाउन परम्परागत वैदिक ज्योतिष चार्टको उपयोग गर्ने गरिन्छ।  त्यसको लागि व्यक्तिको नामको अक्षरहरूलाई व्यञ्जन र स्वरहरूमा विभाजन गरिन्छ। त्यसलाई चार्ट अनुरूप सङ्ख्या जोडेर अङ्क यकिन गरी सम्भव पारिन्छ। शून्य र अनन्तको गणितीय भन्दा अधिक आध्यात्मिक मूल्य रहेको हुन्छ। त्यसलाई बुझेका वैदिक कालमा ऋषिहरूले व्यक्तिको चरित्र र व्यक्तित्व बारे भविष्यवाणी गर्न १ देखि ९ सम्ममा अङ्कहरू प्रयोग गर्ने गरेको पाइन्छ।

 

भौतिक संसारमा खगोलीय पिण्डहरूले समग्रमा नौ प्रकारको प्रभाव प्रभाव पार्ने वैदिक सङ्ख्या विज्ञानको निचोड बन्यो। वैदिक सङ्ख्या विज्ञानको तिनै नौ प्रकृतिको प्रभावलाई ऋषि मुनिहरूले जम्मा नौ खण्डमा विभाजन गरि एक देखि नौ अङ्कमा प्रस्तुत गर्न सकिने अनुभूति गरे। खगोलीय पिण्डहरूको नौ फरक फरक किसिमको समग्र प्रभाव फरक फरक खगोलीय पिण्ड केन्द्रित हुने अनुभूति समेत ऋषि मुनिहरूले प्राप्त गरे। नौ खगोलीय पिण्डहरूको  फरक फरक प्रभावको फिल्डको मानिसको जीवन प्रभावित हुने र उसको भविष्यको पथ समेत गर्न भूमिका खेल्ने गोप्यता समेत उनीहरूले बुझ्न सके।

 

वैदिक ज्योतिष विज्ञान अनुसार फरक फरक खगोलीय प्रभावका फिल्ड कुनै निश्चित खगोलीय पिण्ड केन्द्रित रहेर सन्तुलित रहने गर्दछ। त्यसैले खगोलीय पिण्डको फरक फरक दिसा अनुरूप व्यक्तिको जीवन र व्यक्तित्वमा तिनीहरुको फरक फरक प्रभाव परिदिन्छ। तिनै पिण्डहरुको फरक फरक प्रभाव अनुसार मानिस कस्तो चरित्रको हुने, मानिसले कुन स्तरको सम्म प्रगति अवनति गर्न सक्ने आदि को तर्जुमा हुने गर्दछ। उक्त प्राकृतिक गोप्यताको आधारमा वैदिक ज्योतिष विज्ञान अनुसार  व्यक्तिको जन्मको समय, बार, मिति, तिथि र नाम आदिको  लेखा जोखा मार्फत व्यक्तिको भविष्य वा भाग्यको अनुमान गर्न सम्भव हुने विश्वासको विकास भएको छ।

 

व्यक्ति जन्मेको समय र उसमा विकसित भएको चरित्र सम्बन्धमा गरिएको लामो व्यवहारिक खोज; व्यक्ति जन्मेको समयमा पृथ्वीवाट पहिचान गर्न सकिने प्रमुख ग्रह र सूर्य लगायतको ताराहरूको स्थान आदिको हजारौँ परिघटनाको अध्ययन तथा विश्लेषण;  तथा गहिरो ध्यान वाट प्राप्त  अनुभूति आदिको आधारमा वैदिक ज्योतिषहरूले व्यक्ति जन्मेको समयको चन्द्रमाको स्थान व्यक्तिको भित्री आत्मा, मन र मनोविज्ञानको  प्रकृति निर्माणमा सबैभन्दा धेरै महत्त्वपूर्ण हुने निष्कर्षमा पुगे। यस्तै विस्तृत अनुसन्धान र तार्किक निष्कर्षको आधारमा उनीहरूले अन्य प्रभावकारी पिण्डहरू समेत पहिचान गरी उनीहरूको स्थान अनुरूपको मानिसमा पुग्ने प्रभावको यकिन गर्न सके।

 

मनोवैज्ञानिक सबलता र आध्यात्मिक सोमरस गुण विकासमा चन्द्रको प्रकाशको भूमिका रहने रहस्य बुझ्न सकेका वैदिक ज्योतिषहरूले उदाउँदो चन्द्रमाको आरोहण (राहु) र अस्ताउँदै गरेको चन्द्र (केतु) को समेत फरक फरक प्रभाव बुझ्न सफल बने। सङ्केतको रूपमा  राहु र केतु शब्दहरू प्रयोग गर्दै त्यसैको सहायतामा घुम्ने पृथ्वीको निश्चित बिन्दु वाट अवलोकन गर्दै गर्दा कुन बिन्दुमा सूर्य र चन्द्रको नियमित रूपमा देखिने गतिमा फन्को मार्ने अर्बिट आपसी रूपमा कहाँ कुन समयको नोडमा काटिन्छ त्यसको पहिचान गर्न सफल बने। उक्त अर्बिटको आपसी नोडको स्थान र समयको प्रभाव बारे पनि उनीहरूले अध्ययन मार्फत महत्त्वपूर्ण सूचना प्राप्त गर्न सफल बने।

 

वैदिक ज्ञान अनुरूप अव्यक्तको व्यक्त हुने ट्रान्जिट पईन्ट  जिरो हुने गर्दछ। इन्फिनिटीले भने व्यक्त विशालताको अद्भुतताको सङ्केत गर्दछ। त्यसैले जिरो र  इन्फिनिटीको अस्तित्व अङ्क भन्दा फरक रूपमा हेरिन्छ। वैदिक व्यवहारिक तथा वैज्ञानिक दर्शनको मान्यता अनुरूप अव्यक्त व्यक्त हुनको लागि त्यहाँ अनिवार्य रूपमा विभिन्न प्रकृतिका कम्पनहरू पैदा गर्ने प्रक्रियाको जरुरत हुने गर्दछ। यसै कुरामा केन्द्रित रहेर परम्परागत वैदिक ज्योतिषहरूले आफ्नो ध्यान मार्फत एक देखि नौ सम्मको हरेक नम्बरको फरक फरक प्रकृतिको कम्पनको प्याटर्न, हार्मोनी र रिसोनेन्स पहिचान गरे। र त्यसलाई अनुनाद भने। खगोलीय  फिल्डको फरक फरक प्रभावको कारण उत्पन्न हुने ध्वनि, यसरी उत्पन्न हुने ध्वनिको प्रभावको कारण उत्पन्न हुने अन्य ध्वनि, प्रतिध्वनि र समग्र प्रभावको कम्पनको समग्र रूप नै यथार्थमा त्यो अनुनाद थियो। जसलाई अनुभूतिको परीक्षण वाट यकिन गरिएको थियो। अनुभूतिको परीक्षण वाट नै सम्बन्धित खगोलीय पिण्ड केन्द्रित रहेर विकसित हुने इनर्जी फिल्डको प्रकृति संग तुलना गरी एक देखि नौ अङ्कको अनुनाद संग मिल्ने फरक फरक पिण्ड केन्द्रित इनर्जी फिल्डको पहिचान सम्भव भएको थियो।

 

अनुभूति मार्फत हुने अनुसन्धानको आधारमा ऋषिहरूले हरेक व्यक्तिले गर्ने कर्मको ब्रह्माण्डमा पर्ने प्रभावले समेत विशेष प्याटर्न, हार्मोनी र रिसोनेन्सको कम्पन नै हुने मेसो पाउन सके।  व्यक्तिको कर्मले उत्पन्न गर्ने  विशेष प्याटर्न, हार्मोनी र रिसोनेन्स खगोलीय फिल्डको उल्लेखित नौ प्रकारको अनुनाद मद्ये जुन संग मैत्री वा कम्प्याटिविलिटि (अर्थात् सहजता) भेटिन्छ त्यस अङ्कलाई व्यक्तिको मैत्री अङ्क मानी उक्त अङ्क समानकै प्रभाव दिने पिण्डलाई व्यक्तिको स्वामी ग्रह मानियो।

 

हरेक व्यक्तिको जीवन उसलाई सहज हुने अनुनाद कम्पनको अनुकूलतामा सहज चल्ने समझको आधारमा स्वामी अङ्कको अनुकूलता र प्रतिकुलता अनुरूप उसको भविष्य यकिन गर्न सकिने निचोडमा वैदिक ज्योतिषहरू पुगे। तिनै अनुभव र अनुभूतिका आधारमा फरक-फरक स्वामी नम्बरहरू हुने व्यक्तिहरूको व्यक्तित्वका विशेषताहरू, त्यस सँग सबैभन्दा धेरै मिल्ने खगोलीय प्रभावको प्रतिनिधित्व गर्न सबैभन्दा उपयुक्त शासक (रुलिङ) ग्रह र उक्त खगोलीय प्रभावको समीप रहने ग्रहको प्रकृतिको विस्तृत विवरण तैयार गरियो।

 

विभिन्न परीक्षण वाट तैयार भएको विस्तृत विवरणको विश्वसनीयताको समेत परीक्षण गरी तिनीहरू विश्वास योग्य रहेको यकिन पश्चात् त्यसको उपयोग गर्न थालियो। त्यसपछि वैदिक ज्योतिष शास्त्रको व्यवहारिक उपयोग हुन सम्भव बन्यो।  मानिसले आफैले आफ्नो वरत्र र परत्र बारे अनुमान गर्न सक्ने क्षमताको विकास ज्योतिष शास्त्रले गरिदियो। त्यसको विधि वारेको चर्चा यस पछि प्रस्तुत भएको छ।

 

वैदिक ज्योतिष शास्त्र अनुरूप हाम्रा विगतका कर्महरूका कारण विकास भएर हामीमा सञ्चित हुन गएको संस्कारले पैदा गर्ने अव्यक्त सम्भावनाहरू हाम्रो कर्मको रूपमा व्यक्त हुने गर्दछ। विगतका हाम्रा आफ्नै कर्म कारक बनेर सङ्कलन भएको  कर्मिक संस्कारहरू लाई सांसारिक दुःखको आगोमा होमेर जलाएर मुक्त बन्ने मूल उद्देश्य लिएर मानव जीवनको रूपमा हाम्रो यस पृथ्वीमा जन्म भएको हो।

 

यसको अर्थ के हो भने हाम्रा जीवनका विगतका कर्महरूले हाम्रो आफ्नो निजी संस्कार निर्माण गर्दछ। यसरी हामीमा अन्तर्निहित हुन गएको संस्कारले हाम्रो अव्यक्त कर्म लाई व्यक्त गर्ने बीजको भूमिका खेल्दछ। हामी हाम्रा तिनै संस्कारको रूपमा सञ्चित अव्यक्त बीज कर्मको रुपमा व्यक्त गरी सांसारिक दुःखको सागरमा हाम्रा खराब संस्कार हरूलाई नष्ट गरी मुक्त बन्ने प्रयोजनमा मानवको रूपमा यस धर्तीमा रहेका छौ। हाम्रो उक्त उद्देश्य पूर्ति गर्ने कार्यमा सूर्य, शनि, राहु, मङ्गल र केतु जस्ता पिण्डहरूले अशुभ भूमिका खेल्दछन् भने बृहस्पति, चन्द्रमा, शुक्र र बुध जस्ता पिण्डहरूले लाभकारी भूमिका खेल्ने गर्दछन्।

 

वैदिक सङ्ख्या विज्ञान पद्धति तीन मुख्य सङ्ख्याहरूको संयोजन केन्द्रित हुने गरेको छ।

 

पहिलो हो साइकिक नम्बर अर्थात् मानसिक अङ्क। साइकिक नम्बर वाट हामी आफैले वरपरको वातावारण र संसार लाई कसरी लिन्छौ अर्थात् तपाईँ वरपरको वातावरण प्रतिको तपाईँ कस्तो दृष्टिकोण राख्नु हुन्छ भन्ने यकिन गर्न प्रयोग गरिन्छ। यो केवल तपाईँ जन्मेको महिनाको दिनको सङ्ख्यात्मक मान हो।

 

जस्तै कुनै महिनाको २९ गते तपाईँ जन्मनु भएको छ भने तपाइको साइकिक नम्बर: २९ = २+९ = ११ हुने छ। ११ नम्बर १ र ९ बाहिरको भएकोले फेरी ११ = १+१ = २ हुन्छ।  यसरी प्राप्त अङ्क २ नै तपाइको साइकिक नम्बर हुन्छ। वैदिक ज्योतिषहरूका अनुसार नम्बर २, ३, ४, ६ र ८ राम्रो  साइकिक नम्बर हुन्।  ती नम्बर हुनेहरू आफू रहेको वरपरको वातावरण प्रति प्राय: सकारात्मक मानसिक अवधारणा बनाउने र आफूलाई संयम राख्ने चरित्रको हुने गर्दछन्।

 

यसैले ज्योतिष शास्त्रले सबै महिनाको २९ गते जन्मने मानिस जस्तो सुकै वातावरणमा पनि रमाउन र आफूलाई सहजै घुलमिल गर्न सक्ने जन्मजात खुबी लिएर जन्मेको हुन्छ भन्ने विश्वास गर्दछ।

 

दोस्रो हो डेस्टिनी नम्बर । यो अङ्कले संसारले हामीलाई कसरी बुझ्ने गर्दछ वा आफूलाई कसरी स्वीकार गर्दछ भन्ने बारेमा परीक्षण गरिन्छ। वैदिक मान्यता अनुरूप यो कुरा निश्चित रहन्छ कि हरेक व्यक्तिको  आफ्नो अघिल्लो जीवन तथा यसै जीवनका बितेका समयका कर्महरूको कारणले उसमा सञ्चय भएको संस्कारको कारण उसको त्यो समय पछाडिको जीवनकाल कसरी बित्ने भन्ने कुराको अधिक विषय स्वतः तय हुने गर्दछ।

 

तर अत्यन्त न्यून परिस्थितिमा व्यक्तिको जन्मको तिथि मिति नाम आदिको समग्र प्रभावले दिने भाग्यको समेत उसको भविष्यको गोरेटो कोर्ने गरिदिन्छ। त्यो भाग बारे ज्ञान प्राप्त गर्न व्यक्तिको डेस्टिनी नम्बर हेर्ने गरिन्छ। सकारात्मक छ वा नकारात्मक भन्ने यसले सङ्केत गर्दछ।

मात्र एक अङ्कमा हुने डेस्टिनी नम्बर प्राप्त गर्न व्यक्तिको तेस्रो प्रकारको नाम नम्बर नै प्रयोग गरिन्छ। व्यक्तिको जन्मेको समय अनुरूप राखिने नामको आधारमा निकालिने एक देखि नौ मध्येको एक नाम नम्बरको अङ्क नै उसको हुने डेस्टिनी नम्बर हुने गर्दछ। डेस्टिनी नम्बरको प्रतिफल राम्रो हुन अर्थात् तपाइको भाग्य राम्रो रहेछ भने तपाइको  डेस्टिनी नम्बर १, ५, ७ र ९ मद्ये एक अङ्क निस्कनु पर्ने ठानिन्छ।

जस्तै तलको पुछारको उदाहरणमा नाम नारायण प्रसाद घिमिरेको “नाम नम्बर” ९ निक्लिएको छ। उनको डेस्टिनी नम्बर समेत ९ अङ्क नै मानिन्छ। वैदिक ज्योतिष गणितले डेस्टिनी नम्बर ९ ले व्यक्ति भाग्यमानी रहेको निष्कर्ष दिन्छ।

यसको विभिन्न अर्थ मध्येको एक अर्थ नारायण प्रसाद घिमिरेको कुनै निश्चित कर्म वास्तवमै दण्डनीय कर्म नै रहेको भएता पनि उनको  शुभ लाभ भाग्यका कारण उनको दण्डित कर्मको पीडित पक्षमा उनलाई दण्डित गर्न होइन कि उनको सुरक्षा गर्न तर्फ अति इच्छुक बनेको र उल्टो उनको संरक्षण गर्न प्रेरित बनेकोले ऊनलाई दण्डित कर्मको फल भोग्न बाट उनको भाग्यले जोगाएको परिस्थिति विकसित भएको हुन सक्छ।

तेस्रो हो नाम नम्बर । व्यक्ति यो संसार छोडेपछि पनि प्रायः चेतनाको रूपमा मानिस जीवित नै रहने वैदिक मान्यता छ। “नाम नम्बर” व्यक्तिको बाहिरी अर्थात् बाह्य भौतिक संसार सँगको सम्बन्ध कस्तो छ भन्ने जान्न उपयोग गरिन्छ। अर्थात् दुःखी संसारको हालको देह त्याग पश्चात् तपाईँको भविष्य कस्तो हुने छ भन्ने जान्नु नै यसको उद्देश्य हो। एक व्यक्तिको पूरा नामका हरेक (पहिलो, मध्य, अन्तिम) अक्षरहरूको तलको चार्टमा लेखिएका (अङ्क ९ बाहेकको) नामको अङ्कको कुल योग लाई एक देखि नौ भित्रको एक अङ्कको अङ्कमा परिवर्तित नम्बर लाइ नै “नाम नम्बर” भन्ने गरिन्छ। जुन तलको वैदिक नम्बर चार्टमा दिइएको छ। र पुछारको उदाहरणमा अङ्क निकालेर पनि दिइएको छ।

आजको समयमा वैदिक नम्बर चार्टलाई अङ्ग्रेजी वर्णमालामा समेत छाँट-काँट गरी प्रयोग गर्न मिल्ने गरी सहज बनाएर तल उल्लेख गरे अनुरूप म्यापिङ्ग गरिएको छ। जसलाई प्रयोग गरी जन्मेको समयको आधारमा राखिएको नाम उपलब्ध नहुँदा अन्य आधारमा तय गरी राखिने नामको अङ्ग्रेजी स्पेलिङको व्यक्तिको अङ्ग्रेजी नाम वाट समेत नाम नम्बर निकालेर हेर्न सम्भव तुल्याइएको छ।

 

Latin Script Devanagari  Script Devanagari Letter Cheiro Method Sepharial / Hebrew Pythagorean Method
A 1 1 1
B बी 2 2 2
C सी 3 11/2 3
D डी द-ड 4 4 4
E 5 5 5
F एफ 8 17/8 6
G जी ज-ग 3 3 7
H एच 8 8 8
I आई 1 10/1 9
J जे 1 10/1 1
K के 2 11/2 2
L एल 3 12/3 3
M एम 4 13/4 4
N एन 5 14/5 5
O 7 16/7 6
P पी 8 17/8 7
Q क्यू 1 19/1 8
R आर 2 20/2 9
S एस 3 21/3 1
T टी 4 22/4 2
U यू 6 6 3
V व्ही 6 6 4
W डब्लू 6 6 5
X एक्स क्ष 5 15/6 6
Y व।य 1 10/1 7
Z जेड 7 7 8

प्राकृतिक प्रभावलाई दैविक दुनियाँ भनिने वैदिक फिलोसोपी अन्तर्गत यसको फाइदा सम्पूर्ण विश्वले उठाउन सकोस् भनी देव नगरीको अलावा ल्याटिन र अन्य भाषाका अक्षरहरूको समेत सङ्ख्यात्मक मानहरू निर्माण गरिएको छ।

तल प्रस्तुत गरिएका तिनै  सङ्ख्यात्मक मानहरूको आधारमा अन्य भाषामा भएको नामको आधारमा समेत वैदिक नम्बर प्रणाली अन्तर्गत गएर सङ्ख्या शास्त्रको फाइदा लिन सकिने नयाँ दृष्टिकोण समेतको विकास भएको छ।

उदाहरणका लागि एउटा नाम नारायण प्रसाद घिमिरे लिएर हेरौँ।

 उदाहरणका लागि एउटा नाम नारायण प्रसाद घिमिरे लिएर हेरौँ:
 N  A  R A Y A N 16 1+7 8
 5  1  2 1 1 1 5
 P  R A S A D 19 2+0 3
 8  2 1 3 1 4
 G  H  I M I R E 24 2+5 7
 3  8  1 4 1 2 5
अन्तिममा सबै नम्बरको योग = ८+३+७ = १८
१+८ = ९ प्राप्त अंक नाम नम्बर हुन गयो। ९ ले राम्रो भाग्यको सङ्केत गर्दछ। वैदिक सङ्ख्या विज्ञानको दर्शनको उपयोग गरी हेर्दा नारायण प्रसाद घिमिरे नामको व्यक्तिमा जन्मजात अत्यन्त मेहनत गर्ने एक इमानदार कामदारको उत्कृष्ट गुण देखिन्छ। आफ्नो कर्म सम्पन्न गर्ने क्रममा आएका जुनसुकै परिस्थितिको डटेर सामना गर्ने, कहिल्यै आत्मसमर्पण नगर्ने र आफूले गरिरहेको काम लाई सानो ठुलो नभनी प्रेम वा सोखको रूपमा लिएर अघि बढ्ने चरित्र तपाइको संस्कार मै निर्मित देखिन्छ।

 

Philosophy of Vedic Numerology:
वैदिक संख्या विज्ञानको दर्शन:
Numbers अङ्क Personality Traits व्यक्तित्वका विशेषताहरू Ruling Planet स्वामी ग्रह Nature of Planet ग्रहको खगोलीय प्रभाव तपाइको व्यक्तित्वका विशेषताहरू
1 1 will enjoy great success with the people around them; they will be rewarded with positive reinforcement throughout their existence Sun  सूर्य King, Masculine, Royal, Individualistic, Ego, Intelligence, Truthful, Structure, Original, Cruel, Image-conscious, Attention-seeking, power hungry, political mind, Stable, proud, the supporter of arts and tradition तपाई आफ्नो आफ्ना आसपासका आफन्तहरूको सहयोग र सद्भावको कारण महान् सफलता अनुभूति गर्न पाउनु हुनेछ। आफन्त र कर्मगत रुपमा  निकट रहेका व्यक्तिहरू वाट तपाइको योगदानको उचित कदर हुने, पुरस्कृत बन्ने हुँदा तपाइले सकारात्मकता र नियमित प्रोत्साहनको वातावरणको उपभोग गर्न पाउनु हुनेछ।
2 2 is a messenger of universal truth and healing to others; they will share discernment and guidance Moon  चन्द्रमा Queen, Royal, Feminine aspect, Caring, Sensitive, Ever-changing, Creativity and Arts. Traditionally has a Supportive function, Loves being at home, Diplomatic, Waxing and Waning hence moody, Clever, Think on their feet तपाईँ सार्वभौम सत्यको सन्देशवाहकको रूपमा अरुको दुःख दर्दमा मलहम पट्टि लगाउने, निको पार्ने जस्ता विषयमा जनचेतना जगाउने काममा तपाइको सहयोगी भूमिका हुनेछ। तपाई वाट प्राप्त गरेका सन्देशहरू मानिसहरूले आफ्नो विवेकको प्रयोग गरी अन्य मानिसहरूमा समेत पुर्‍याउन तपाइलाई सहयोग गर्नेछन् ।
3 3 is a person who will inspire others through their grand vision; they will help society using creative means Jupiter  बृहस्पति Teacher, Talkative, Creative, Prime-minister, Giver, Deep knowledge on particular subjects rather than knowing little on many subjects, weakness for sex, happy, independent, positive, religious/spiritual, creative, critical, masculine तपाईँको महान् र प्रभावशाली दर्शनले धेरै व्यक्तिहरू लाई प्रेरित गर्ने छ। तपाइ वाट प्रेरणा प्राप्त गरेका मानिसहरूले विविध रचनात्मक माध्यमहरू उपयोग गरेर तपाइको समाजको लागि कल्याणकारी रहेका विचारधाराहरू प्रभावकारी रूपमा समाजमा पुर्‍याउन मद्दत गर्नेछन्।
4 4 will change the existing conditions and will take a new and different approach to creating new realities Rahu  राहु Unpredictable, rebellious, disrespectful, materialistic, practical, antagonistic, accident-prone, disciplined, devoted, out-of-the-box, unconventional, neutral gender, non-conformist, secretive in Vedic numerology Chart तपाईँ तपाइको हालको अवस्था र परिस्थितिमा व्यापक परिवर्तन गर्न सफल बन्नु हुनेछ। तपाईँ वाट सिर्जित नयाँ वास्तविकताहरू अन्तर्गत तपाइमा समेत नयाँ र फरक दृष्टिकोणहरूको सिर्जना हुनेछ। नयाँ परिस्थिति अनुरूप त्यसको सामना गर्न तपाइले फरक किसिमको  कार्यनीति अपनाउनु हुनेछ। 
5 5 will have the gift of communication; they will help transform what is dull and ordinary into something elegant and refined Mercury  बुध Youthful, prince/princesses, communicative, good at business, neutral gender, problem to maintain relationships, bored easily, nervous, problem to concentrate, easily distracted, can come across as superficial, not so great health, intelligent, entertaining तपाईँले आफूमा अन्तर्निहित सूचनाको सम्प्रेषण गर्ने अतुलनीय सम्भावना लाई आफ्नो क्षमताको रूपमा  विकास गरी आफूलाई दक्ष गर्न सक्नु हुने छ। सञ्चारको अतुलनीय क्षमताको उपयोग गरी तपाइले सुस्त र सामान्य कुरालाई परिष्कृत विषयको रूपको सुरुचिपूर्ण विषय बस्तुको रूपमा रूपान्तरण गर्न सक्नुहुने छ।
6 6 is kind and encouraging; they have the gift for creating comforting environments Venus शुक्र Slow, female, luxury, beauty, lacks discipline, poor health, love the good things in life, problem to say “no” to people, problems in relationships, pleasing, sensual, romantic तपाईँ दयालु र प्रेरणादायी हुनु हुन्छ। तपाईँ अरूलाई  प्रोत्साहन दिने, सान्त्वना दिने र सन्तोष जनक तथा सुविधा युक्त शान्त वातावरण सिर्जना गर्ने उत्कृष्ट क्षमताको सम्भावनाको खानी हुनुहुन्छ ।
7 7 is philosophical and meditative; they will contribute to the world with their reflections Ketu  केतु Spiritual, directionless (no head only body), philosophical, artistic, creative, writers, doubting nature, detached, occult, suspicious nature, neutral gender, intuitive, inventive, obsessive, always asking the question, “why” तपाईँ दार्शनिक त हुनु हुन्छ नै।  ध्यान आदिमा समेत ठुलो चाख राख्दै त्यसमा आफूलाई निपुण गर्ने क्षमता तपाइमा देखिन्छ। तपाइमा रहेको दर्शन र ध्यानको क्षमता संसारभर आध्यात्मिक सचेतता र जागरण गर्न ठुलो योगदान दिन सक्ने प्रकृतिको देखिन्छ।
8 8 is someone who will impart great changes in the world; they will enjoy great renown and wealth Saturn  शनि King-Maker, Servant, likes to do monotonous jobs, represents the masses, justice-seeking, unfortunate in the materialistic sense, occult, mystic, slow, good judge of other people, depressive outlook, dark, neutral gender, wise तपाईँमा धरै धन कमाउने, धन मार्फत ठुलो प्रतिष्ठा आर्जन गरी संसारमा ठुलो ठुलो परिवर्तन ल्याउन प्रभावशाली भूमिका खेल्न सक्ने क्षमता लुकेको देखिन्छ। तपाईँमा आफूले आर्जेको धन र प्रतिष्ठा वाट आनन्द उठाउन सक्ने क्षमता समेत देखिन्छ।
9 9 is a hard worker; they will never surrender, and they will love without qualifications Mars मङ्गल Action, warrior, idealistic, direct in their talk, no-nonsense, energetic, like sports, commander-in-chief, auspicious, live their spirituality instead of talking about it, masculine, strong, love to say “no” तपाईँमा अत्यन्त मेहनत गर्ने एक इमानदार कामदारको उत्कृष्ट गुण देखिन्छ। आफ्नो कर्म सम्पन्न गर्ने क्रममा आएका जुनसुकै परिस्थितिको डटेर सामना गर्ने, कहिल्यै आत्मसमर्पण नगर्ने र आफूले गरिरहेको काम लाई सानो ठुलो नभनी प्रेम वा सोखको रूपमा लिएर अघि बढ्ने चरित्र तपाइको संस्कार मै निर्मित देखिन्छ। 

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)

50Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: