मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मधुमेहमा एलोप्येथिक र आयुर्वेदिक तरिका !

नारायण घिमिरे

(Materials are only for Educational Purposes : If you are diagnosed as a Diabetes Patients – Kindly consult your family doctor)

भूमिका:

शरीरलाई निरोगी बनाउन त्यो समस्या पर्नुको मूल कारण पहिचान गरी कारणको कारकनै निदान जरुरी हुन्छ। आजको औषधि विज्ञानले हामीलाई हाम्रो रोगको  लक्षणहरूको तत्काल उपचार पद्दति विकास गरिदिएको छ। चिन्ह र लक्षणहरूको उपचारले समस्या तत्कालको लागि समाधान भएता पनि शरीर निरोगी बनेको हुँदैन। तपाईँ तत्कालको उपचार पद्धतिको अलावा रोगका चिन्ह र रोग लाग्नुको मूल कारण पहिचान गरी मूल कारणको कारक लाइनै ठेगान लगाएर निरोगी बन्ने उपचारको खोजीमा हो भने आयुर्वेदिक चिकित्सा प्रणाली तपाइले खोजेको पद्दति हुनेछ।

 

गहिरिएर बुझ्न रोगी शरीरलाई निरोगी बनाउने काइदा बोकेको आयुर्वेदिक उपचार पद्दति अन्तर्गत दिइने ओखतीहरू कुन सिधान्त वाट बन्दछ त्यो बारे जानकारी राख्न जरुरी हुने छ। जब चिसो पन अधिक हुन्छ, तपाइलाई जाडो हुन्छ। तपाइको शरीरलाई चिसोको विरुद्ध तातो पनको जरुरत पर्दछ। हुन सक्छ तातो बनाउनको लागि कपडा बेरिनु पर्छ। आँत तातो गर्न तातो सुप चाहिन सक्छ। जाडोले कामेको मांसपेशी लाई तातो पनले पुनर्ताजकी गराउन मसलेदार सुप र पोषण युक्त खानाको सहयोग जरुरी पर्न सक्छ। भनिएका एक वा एक भन्दा धेरै वा अन्य समेत खाना, विधि, व्यायाम, जीवन पद्दति आदि बाट शरीर तताउन सकिन्छ। जब चिसोको कारणले दिएको समस्या र चिसोको कारक विरुद्ध समाधानमा विपरित गुण तातो पन विभिन्न उपाय वाट लागु गरिन्छ, समस्या समाधान तर्फ उन्मुख हुन्छ।

 

आयुर्वेदिक ओखती प्राणीको उपचार पद्धतिको मुख्य सिधान्तमा जुन गुणको अधिकताको कारण समस्या देखापर्दछ, समस्या नै कारक बनेर अन्य समस्या पैदा गर्दछ र चिन्ह र लक्षणहरू रोगको समस्याको रुपमा आइलाग्दछ तब उपचारमा  मूल कारक गुणको विपरीत गुणको उपयोग गरी गरिन्छ। जसमा रोगका लक्षण विरुद्ध तथा त्यसको मूल कारक विरुद्ध ओखती, ओखती दिने विधि, ओखतीको प्रभाव बढाउने उपलब्ध प्राकृतिक उपाय, जीवन शैली र मनोबैज्ञानिक सबलता आदि सबैको संयोजन गर्दै रोगको उपचार गर्ने  पद्दति लागु गरिन्छ।

 

मधुमेहमा प्याङ्गक्रियाजको भूमिका:

लगभग १२ देखि १८ सेन्टिमिटर लम्बाइ र ७० देखि १० ग्राम वजनको अग्रासय वा प्याङ्गक्रियाजको टुप्पो, बिचको मुलभाग र अन्तिमको पुच्छर गरी तिन भाग हुन्छ। माथिल्लो पेटमा आमाशयको पछिल्लो भागमा हुने प्याङ्गक्रियाजले दुई महत्त्वपूर्ण कार्यहरू गर्दछ। पहिलो आन्द्रामा रहेको खाना पचाउने काम। दोस्रो रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने काम। प्याङ्गक्रियाजका कोशीकाहरू जसले आफूले उत्पादन गरेको पाचन जुस रगत मार्फत नभई सिधै सानो आन्द्रामा दिन्छन तिनीहरूलाई एक्सोक्राइन कोष भनिन्छ।

 

प्याङ्गक्रियाजको एक्सोक्राइन कोषहरूले दैनिक लगभग डेढ देखि दुई लिटर सम्म पाचन रस उत्पादन गरी सानो आन्द्रामा पुर्याउदछ। पारदर्शी, रङहीन तरल पदार्थको रूपमा रहने उक्त पाचन रस मुख्यतय पानीले बनेको हुन्छ। पानीमा  नुन, सोडियम बाइकार्बोनेट (सोडा) र मुख्य तीन पाचन इन्जाइमहरू लाइपेज, प्रोटिएज र एमाइलेज रहने गर्छ। जसमा लाइपेजले चिल्लो पदार्थ, प्रोटिएजले प्रोटिन र एमाइलेजले कार्बोहाइड्रेट टुक्राएर र आन्द्राले सोसेर लिन सक्ने आकारको बनाउँदछ। प्याङ्गक्रियाजले बनाएको पाचन रस सानो आन्द्रामा जरुरतको बेला उपलब्ध गराउन गलब्लाडर वा पित्त थैलीमा जम्मा हुने गर्छ।

 

प्याङ्गक्रियाजमा आफूले उत्पादन गरेको इन्जाइम रगतमा पठाउने इन्डोक्राइन कोषहरूको समूह समेत रहन्छ। उक्त इन्डोक्राइन कोषहरूले इन्सुलिन, ग्लुकागोन, सोमाटो स्टेटिन र प्याङ्गक्रियाटिक पोली-पेप्टाईड जस्ता हर्मोनहरु बनाउँदछ। उक्त हार्मोनहरुले रगतमा ग्लुकोजको मात्रा धेरै कम हुन र धेरै बढी हुन वाट रोक्न वा औषत ९० मिलिग्राम प्रति डेसीलिटर (७०-११० मिलिग्राम प्रति डेसीलिटर) राख्न भूमिका खेल्दछ। आन्द्रामा पचेको खानाको उपस्थिति हुँदा आन्द्राले ईन्सुलिनोट्रोपिक पेप्टाइड हार्मोन निकाल्दछ। उक्त हार्मोनले सुरुमा पेङ्गक्रियाजको बिटा सेलहरूलाई इन्सुलिन उत्पादन गरी आन्द्रामा चुहाउन प्रेरित गर्छ। जब रगतमा पौष्टिक ग्लुकोजको अवशोषण हुन्छ तब उक्त ग्लुकोजले नै रगतमा ग्लुकोजको मात्रा सामान्य नबन्दा सम्म थप इन्सुलिन निकाल्न बिटा-सेलहरूलाई उत्तेजित गरिरहन्छ।

 

शरीरको रातो रक्त कोषहरू, मस्तिष्क, कलेजो, मृगौला र सानो आन्द्राको झिल्ली भित्रका कोषहरूमा इन्सुलिनको रिसेप्टर्स हुँदैन। उल्लेखित कोषहरूले बिना इन्सुलिन आफूलाई चाहिने ग्लुकोज प्राप्त गर्न सक्छन्। शरीरका अन्य कोषहरू जस्तै हड्डीका, मांसपेशीका, बोसोका तन्तु वा एडिपोज कोषहरूमा इन्सुलिनको रिसेप्टर्स रहन्छ। रगतमा यात्रा गरिरहेको इन्सुलिनले तन्तुका कोशिकाहरू लाई रगतमा रहेको ग्लुकोज लिन सङ्केत नगर्दा सम्म वा इन्सुलिनको सिग्नल बिना इन्सुलिनको रिसेप्टर्सहरुले कोष भित्र रक्त प्रवाहबाट ग्लुकोज पुग्ने कोशिकाको प्वाल नै खोली दिँदैन। फलतः जरुरत हुने ग्लुकोज सेल भित्र जान पाउँदैन।

 

इन्सुलिन मुख्य काम इन्सुलिन रिसेप्टर्स हुने कोशिकाहरूमा ग्लुकोज पुर्‍याउनु हो। जस्तै खाना खाएको केही बेरमा जब रगतमा ग्लुकोजको मात्रा बढ्दछ तब इन्डोक्राइन बिटा सेलहरू वाट इन्सुलिन उत्पादन हुन्छ। इन्सुलिनले रगतमा रहेको ग्लुकोज लाई पकडिएर कोशीकामा पुर्याउदछ। कोसीकाले चिनी वाट शरीरलाई जरुरत हुने ऊर्जा पैदा गर्दछ। साथै कलेजो र तन्तुहरूमा समेत ग्लुकोजलाई भण्डार गर्न सघाउँदछ। जसले गर्दा रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै वा हाइपर-ग्लाईसिमिया (१६० मिलिग्राम प्रति डेसीलिटर) सम्म पुग्न पाउँदैन।

 

जब रगतमा ग्लुकोजको मात्रा जरुरी भन्दा कम हाइपो-ग्लाईसिमिया (५० मिलिग्राम प्रति डेसीलिटर) मात्रामा झर्दछ, प्याङ्गक्रियाजले आफ्नो अल्फा सेलले बनाएको ग्लुकागोन रगतमा चुहाउँदछ। ग्लुकागोनले कलेजो र तन्तुहरूमा मौजाद राखिएको ग्लुकोजलाई रगतमा फिर्ता ल्याउन सहयोग गर्छ। जरुरत पर्दा कलेजोमा रहेको प्रोटिनलाई समेत ग्लुकोजमा परिवर्तन गरी रगतमा उपलब्धताको सुनिश्चितता कायम गराउँदछ। जब रगतमा चिनीको मात्रा बढ्छ प्याङ्गक्रियाजले थप ग्लुकागोन पठाउन बन्द गर्दछ। प्याङ्गक्रियाज डेल्टा कोषहरूले बनाउने सोमाटोस्टाटिन प्रोटिनले दुवै इन्सुलिन र ग्लुकागन रगतमा पुग्नवाट रोक्दछ। पोलीपेप्टाइड सेलहरूले निर्माण गर्ने प्याङ्गक्रियाटिक पोली-पेप्टाईड प्रोटिनले भने भोक जगाउन भूमिका खेल्दछ।

 

खाना खाए पश्चात् रगतमा ग्लुकोजको मात्र बढ्न थालेको लगभग १० मिनेटमै प्याङ्गक्रियाजको बिटाकोषहरू आफूमा भण्डार गरिराखेको इन्सुलिन चुहाउने गर्दछ। साथ साथमा थप इन्सुलिन बनाउने कार्य पनि सुरु हुने गर्दछ। मधुमेह भएका व्यक्तिहरूमा कि त बिटा-कोषहरू आफ्नै प्रतिरक्षा प्रणालीको आक्रमणमा परि नष्ट हुने गर्दछन (टाइप-१ मधुमेह) कि कुनै संरचनागत वा कार्यगत विकृतिका कारण पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न असमर्थ हुन्छ (टाइप-२ मधुमेह)। दुवै अबस्थामा रगतमा रगतको मात्रा नियन्त्रण गर्न जरुरी मात्रामा इन्सुलिनको उपलब्धता हुन सक्दैन।

 

मधुमेहकालक्षणहरू:

मधुमेहका सुरुका दुई मुख्य लक्षणहरू धेरै पिसाब हुने र अत्याधिक तिर्खा लाग्ने हुन। धेरै पिसाब हुने र अधिक तिर्खा लाग्ने लक्षणले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण बाहिर पुगेको अवस्थाको सङ्केत गर्छ। मिर्गौलाको रगतबाट ग्लुकोज फिल्टर गर्न काममा रगतमा भएको ग्लुकोज संगै अधिक पानी समेत पिसाब मार्फत बाहिर फालिन्छ। ग्लुकोजको मात्रा जरुरतको स्तर सम्म नझर्दा रगतको ग्लुकोजलाई खलास पार्न मिर्गौलाले धेरै पिसाब बाहिर फाल्ने क्रममा शरीरमा पानीको अभाव बन्न पुग्छ। अभाब पूर्ति गर्न अत्याधिक तिर्खा लाग्ने,  मुख सुक्ने हुन जान्छ। पिसाबमा भएको ग्लुकोजको कारण पिसाब असामान्य रूपमा गुलियो समेत हुन्छ। रगतमा ग्लुकोज धेरै भई रहदा शरीरका कोशिकाहरूको भने रक्त प्रवाहमा रहेका ग्लुकोजमा आफ्नो पहुँच गुमाई रहेका हुन्छन्। जसले गर्दा व्यक्तिले निरन्तर भोकको समेत अनुभव गर्दछ।

 

रगतमा लामो समय सम्मको लगातार उच्च मात्रामा हुने ग्लुकोजले शरीरका तन्तुहरू विशेष गरी रक्त नलीहरू, र मस्तिष्कका स्नायुहरूमा हानि पुर्याउदछ। शरीर भर रगत पुर्‍याउन नियमित खुम्चने र फुक्ने कार्य गर्ने धमनीहरूमा चिनीका कारण बाक्लो बनेको रगतको कारण एकातर्फ नसा आफै बाक्लो हुने, अर्कोतर्फ नशाको भित्री भागमा कोलेस्ट्रोल, चिल्लो र अन्य पदार्थको लेऊ लाग्न जाने अवस्था निम्तन्छ। दुवै कारण रगत बहने नसाको प्वाल सानो बनाउदै लगेर अन्ततः नसाको प्वालनै बन्द गराउन कारक बनिदिन्छ। बन्द भएका सा-साना नसाको सङ्ख्या धेरै हुँदा हृदयाघात र स्ट्रोकको जोखिम निम्तन्छ। रगतमा भएको ग्लुकोज बाहिर फाल्ने क्रममा मिर्गौलाको ग्लोमेरुलसमा नियमित रूपमा असामान्य रक्त चाप पर्न जान्छ। लगातारको उच्च प्रेसरले निकै साना-साना वा माइक्रोस्कोपिक रक्त वाहीका नलीहरुमा क्षति पुग्ने गर्दछ। माइक्रोस्कोपिक रक्त वाहीकाको धेरै सङ्ख्यामा हुने क्षतिका कारण मृगौला फेल हुने अवस्था समेत पैदा हुन सक्छ।

 

रगतमा लामो समय सम्म उच्च मात्रामा रहेको चिनीले स्नायुहरू लाई क्षति पुर्‍याउने वा नष्ट गर्ने गरेको देखिन्छ। स्नायुमा क्षति पुग्दै गर्दा हात र खुट्टाका औलाका टुप्पाहरू झनझनाउने, लाटो हुने, केही पोलेको जस्तो पीडा हुने र अन्तमा छालाले स्पर्श समेत गुमाउने गरेको देखिन्छ। उक्त लक्षणहरू बिस्तारै शरीरको माथिल्लो भागमा फैलिँदै गएको भेटिन्छ। मुटुका स्नायुहरूमा पुग्ने क्षतिका कारण मुटुको धुकधुकीमा अनियमितता निम्ताउँछ। पाचन प्रणालीका स्नायुको क्षतिले वाकवाकी लाग्ने, बान्ता हुने, कहिले पखाला कहिले कब्जियत देखिने जस्ता समस्या उत्पन्न गरिदिन्छ। पुरुषहरूको लिङ्गको स्नायुको क्षतिले सम्भोगको लागि लिङ्ग ठाडो नहुने ईरेक्टाइल डिसफंक्शनको समस्या पैदा गरिदिन्छ।

 

मधुमेहको कारण छालामा सजिलै ब्याक्टेरिया र फङ्गस आदिको सङ्क्रमण हुने गर्दछ। पर्याप्त रगतको प्रवाह नपुगेको भागहरुमा शरीर आफैले आफ्नो रोग उपचार गर्ने क्षमतामा ह्रास आउँछ। जस्तै अरू बेला आफै निको हुने सामान्य काटेको, छालामा उठेको फोका आदि जस्ता समस्या समेत गम्भीर सङ्क्रमणमा पर्ने र उपचार नगरी निको नहुने अवस्था जस्ता समस्यामा पुग्दछ। कतिपय अवस्थामा त उपचार गर्दा समेत निको नबनी धेरै क्षति हुन नदिन हातको वा खुट्टाको औँला, खुट्टा, पाखुरा आदि समेत काट्नु पर्ने अवस्था सम्म भेटिएको छ। धेरै मधुमेह भएका मानिसहरूको कानको सुन्ने शक्ति समेत कमजोरी हुने गर्दछ। निन्द्रामा श्वास फेर्न गाह्रो महसुस हुनु नसक्नु टाइप-२ मधुमेहको धेरैमा देखिने लक्षण हो।

 

लामो समयको मधुमेहले कतिपयमा मिर्गौलाको ग्लोमेरुलसलाई मुर्छित पारिदिन्छ। जसलाई किड्नी फेलर भनिन्छ। किड्नी फेलर भएको ग्लोमेरुलस कतिपय अवस्थामा मुर्छित अवस्था वाट पुनर्जीवित गर्न नसकिने अन्त-चरणमा समेत पुग्न सक्दछ। त्यो अवस्थामा डायलिसिस वा मिर्गौला प्रत्यारोपण आवश्यक पर्न सक्दछ। रगतमा हुने चिनीले आँखाको नसा बन्द गरिदिने, प्रोटिन चुहेर जालो बन्ने  र झोल पदार्थको नियमित परिवर्तन हुने प्रक्रियामा गडबड गरी अधिक प्रेसर वृद्धि गर्ने जस्ता विकृति  निम्ताएर मोतिया बिन्दु, जल बिन्दु जस्ता गम्भीर आँखा रोगको जोखिम बढाउने, अन्धो सम्म गराएको भेटिएको छ।

 

लामो समयको अनियन्त्रित मधुमेहले मानिसमा किटो-एडीडोसिस भनिने मेटाबोलिक एसिडोसिसको जोखिम निम्ताउँछ। जब रगतबाट ग्लुकोज पाउन बाट कोषहरू वञ्चित हुन्छन्, जरुरी हुने बढ्दो इन्धनको आपूर्तिको लागि कोशिकाहरू शरीरमा सञ्चित बोसोमा भर पर्न अनिबार्य बनिदिन्छ। यो अवस्थामा कलेजोले ग्लुकोजको अभाव पूर्ति गर्न बोसो वाट शक्ति उपलब्ध गराउने लिपिड मेटाबोलिज्मको वैकल्पिक मार्गको अवलम्बन गर्दछ। बोसो वाट शक्ति उत्पादन गर्दा निस्कने उत्पादन किटोन अम्लीय हुने हुँदा यसले रगत झन् एसिडिक बनाइ दिन्छ। रगतमा जम्मा हुने किटोनको कारण निर्माण हुने अम्लीयपन वा किटोएसिडोसिसको समयमै उपचार नगरिएमा यसले ज्यान नै लिन सक्ने “मधुमेह कोमा” निम्ताई दिन्छ।

 

जरुरत अनुरूपको उपचार नपाएका वा भनिए अनुरूप उपचार नगरेका टाइप-२ मधुमेहका बिमारीहरूमा देखिने सामान्य घाऊ समेत निको नहुने तथा मधुमेह कोमामा पुग्ने घातक अवस्था लाई मधुमेहको चरम सङ्क्रमण मानिन्छ। तिनीहरूको उपचारका आफ्नै तरिकाहरू छन्। यस्तो रोगहरू लाई औषधि विज्ञानमा खतरनाक अवस्थाको एक्युट रोग भन्ने गरिएको छ। मधुमेहको कारण पैदा भएको मुटुको रोग, नसाको समस्या, स्ट्रोक, आँखाको रोग (रेटिनो प्याथी,मोतिया बिन्दु, जल बिन्दु), स्नायु रोग वा न्युरो प्याथी, मृगौला क्षय हुने नेफ्रोप्याथी आदि लाई दीर्घ अवस्थाको क्रोनिक रोगमा वर्गीकरण गरिने गर्छ।

 

इन्सुलिन केमेस्ट्री:

लगभग छ हजार डाल्टनको आणविक वजन हुने इन्सुलिन हर्मोन एक सानो आकारको प्रोटिन हो। केमेस्ट्रीको हिसाबमा इन्सुलिन ए-चेन भनिने २१ ओटा एमिनो एसिड र बि-चेन भनिने ३० एमिनो एसिड मिली बनेको पेप्टाइड चेनको साङ्लोलाई दुई ओटा डाईसल्फाइड बन्डले जोडेर एकै साङ्लोमा बाँधेको गाई बाँध्ने दाम्लो जस्तो बाटिएको  एउटा हार्मोन (प्रोटिन) हो। इन्जेक्सन गरिएको इन्सुलिनले शरीरले बनाउने इन्सुलिनको पूरकको रूपमा काम गर्दछ। टाइप-१ मधुमेह भएको व्यक्तिले इन्सुलिन बनाउन नसक्ने हुँदा उनीहरूको रगत ग्लुकोज नियन्त्रण गर्न इन्सुलिन इन्जेक्सन दिनुपर्ने हुन्छ। टाइप-२ मधुमेह भएका व्यक्तिहरूको शरीरले रगतमा इन्सुलिन बनाएर उपलब्ध गर्ने क्षमता रहने हुँदा आफ्नो जीवनशैली परिवर्तन गरेर र औषधिहरू खाएर रगतमा ग्लुकोजको मात्रा जरुरतको स्तरमा प्रबन्ध गर्न सम्भव बन्दछ।

 

यदि जीवनशैली परिवर्तन गरेर (उचित योग/व्यायाम/मेडिटेसन गरेर) र औषधिहरू खाएर पनी ग्लुकोजको स्तर नियन्त्रण सम्भव देखिएन भने उक्त अवस्थामा टाइप-२ मधुमेहका रोगीले समेत रगत ग्लुकोजको मात्र नियन्त्रण गर्न इन्सुलिन इन्जेक्सन लिनुपर्ने हुन्छ। हाल बजारमा चार प्रकारका  इन्सुलिनहरू पाइन्छ। सबै प्रकारका इन्सुलिनहरूले शरीरमा पार्ने प्रभाव उस्तै हुने गर्दछ। कुन इन्सुलिनले कति छिटो र कति लामो समय सम्म काम गर्दछ सो अनुसार इन्सुलिनलाई चार प्रकारमा विभक्त गरिएको छ।

 

सुइँ लगाएको करिब १५ मिनेटमै काम गर्न थाल्ने, तीन र चार घण्टा सम्म प्रभाव  रहने इन्सुलिनलाई रैपिड-एक्टिङ्ग इन्सुलिन भनिन्छ। यस्तो सुई खाना खानु भन्दा पहिले लिने गरिन्छ। सुइँ लगाएको करिब ३०-६० मिनेट भित्र काम गर्न थाल्ने, पाँच देखि आठ घण्टा सम्म प्रभाव  रहने इन्सुलिनलाई सर्ट एक्टिङ्ग इन्सुलिन भनिन्छ। यस्तो इन्सुलिनको सुई समेत खाना खानु भन्दा पहिले लिने गरिन्छ। सुइँ लगाएको करिब एक देखि दुई घण्टा भित्र काम गर्न थाल्ने, १४ देखि १६ घण्टा सम्म प्रभाव रहने इन्सुलिनलाई इन्टरमिडियट-एक्टिङ्ग इन्सुलिन भनिन्छ। सुइँ लगाएको करिब दुई घण्टा पछि काम गर्न थाल्ने, चौबिस घण्टा सम्म प्रभाव रहने इन्सुलिनलाई लङ्ग-एक्टिङ्ग इन्सुलिन भनिन्छ।

 

इन्सुलिन इन्जेक्सन छालामुनि शरीरको विभिन्न भागहरूमा दिन सकिन्छ। जस्तै: फिला, पुठोमा, माथिल्लो पाखुरा र पेटमा। पेटमा सुई दिने हो भने पेटको नाइटोको तहवाट दुई इन्च भित्र मात्र इन्सुलिन दिन भनिन्छ। किनभने त्यो भन्दा तल दिइएको सुइँलाई शरीरले अव शोषित गरेको भेटिँदैन। लगातार एकै ठाउँमा इन्सुलिनको इन्जेक्सन दिँदा उक्त स्थानको छालाको मोटोपना बढ्ने हुँदा सुई दिने स्थान फरक फरक गर्न सल्लाह दिइन्छ।

 

अन्वेषकहरूलाई इन्सुलिनले ठ्याक्कै कसरी काम गर्दछ भन्ने हाल सम्म पनि थाहा हुन सकेको छैन। के चाहिँ निश्चित भएको छ भने, जब इन्सुलिन कोशीकाहरुको झिल्लीमा रहेको इन्सुलिन रिसेप्टर्स सँग टाँसिन पुग्छ, तब मात्र रगतवाट  ग्लुकोज सेल भित्र लैजाने सेलका अणुहरूको समूह सक्रिय बन्दछ। उक्त सक्रियता कायम रहदा मात्र ग्लुकोज र प्रोटिनहरू सेलमा प्रवेश गर्न सक्दछन्। जब सेलहरुमा ग्लुकोज ऊर्जाको रूपमा उपलब्ध हुन थाल्दछ, रगतमा ग्लुकोजको स्तर घण्टा भित्रमै सामान्य मात्रमा फर्किन्छ। मधुमेहको जटिलता पैदा हुने स्थिति बन्द हुन्छ।

 

ल्याबमा कसरि बन्दछ इन्सुलिन:

आज वैज्ञानिकहरूले मानिसलाई हानि नगर्ने प्रकारको ई.कोलाई ब्याक्टेरिया जस्ता सामान्य ब्याक्टेरियाको डिएनए वा जिनको इञ्जिनियरिङ्ग गरि ल्याबमा इन्सुलिन हर्मोन बनाउने गर्दछन्। डिएनए पुनः संयोजक प्रविधि (डिएनए रिकमविनेनेन्ट टेक्नोलोजी) मार्फत मानव इन्सुलिन जिन ब्याक्टेरियाको डिएनएमा ईन्कोड गरिए इन्सुलिन हर्मोन प्रोटिन उत्पादन गर्न  सम्भव बनेको हो। जसमा वैज्ञानिकहरूले प्रयोगशालामा मानव इन्सुलिनको जिन लिएर जिनको टुक्रा तैयार गर्दछन्। ब्याक्टेरियाको सग्लो डिएनएलाई प्लाजमिड भनिन्छ। ब्याक्टेरियाको प्लाजमिडलाइ ब्याक्टेरिया बाहिर निकाली मानव वाट लिइएको मानव इन्सुलिनको जिनको टुक्रा ठिक्क अट्ने गरी सानो टुक्रा काटेर हटाइन्छ।

 

प्लाजमिडको उक्त खाली स्थानमा तैयार गरिएको मानव इन्सुलिन जिनको टुक्रा जोडिन्छ। प्लाजमिड र मानव इन्सुलिन जिन संयोजक गरी बनेको यस प्रकारको पुनः संयोजित प्लाजमिडलाई पुनः ब्याक्टेरिया भित्र हालिन्छ। यसरी पुनः संयोजन गरिएको ब्याक्टेरियालाई ठुलो फरमेन्टटेसन टैङ्कमा राखी ठुलो सङ्ख्यामा वृद्धि हुन दिइन्छ। फरमेन्टटेसन हुने क्रममा पुनः संयोजित प्लाजमिड युक्त ब्याक्टेरियाहरूले ठुलो मात्रामा मानव इन्सुलिन उत्पादन गर्ने गर्दछन्। ब्याक्टेरियाले उत्पादन गरेको इन्सुलिनलाई वैज्ञानिकहरूले टैङ्कवाट बाहिर निकाल्दछन्। उचित शुद्धीकरण वा पिउरीफिकेसन पश्चात् प्राप्त इन्सुलिन औषधीको रूपमा प्रयोग गर्न योग्य हुन्छ। तैयारी इन्सुलिन बन्द बत्तलमा बिरामीको लागि उपलब्ध गराउन फार्मेसीहरूमा पुग्दछ।

 

शरीरभित्र कसरि बन्दछ इन्सुलिन:

प्याङ्गक्रियाजको बीटासेलहरूले बनाउने इन्सुलिन हर्मोन अन्य प्रोटिन जस्तै पोलिपेप्टाइडको संरचना हो। अन्य प्रोटिन जसरी बन्दछ त्यसरी नै डिएनए वाट मेसेन्जर आरएनएको प्रतिलिपिको र एमिनो-एसिड चेन बनाएर इन्सुलिन हर्मोन निर्माण हुन्छ। जहाँ पॉलीपेप्टाइड चेनमा रहने एमिनो-एसिडहरू इन्सुलिन हर्मोनका अमीनोएसिडहरु जस्तो क्रममा भेटिन्छन ठ्याक्कै तै क्रममा राखेर निर्माण गरिएको हुन्छ। डिएनए वाट मेसेन्जर आरएनएको प्रतिलिपि तयार भएपछि सुरुमा मेसेन्जर आरएनएले एउटा मात्र डोरी वा चेन युक्त इन्सुलिनको अग्रदूत अथवा इन्सुलिनको प्रिकर्सर बनाउँदछ। जसलाई प्रि-प्रोइन्सुलिन भनिन्छ।

 

एउटा मात्र डोरीको रूपमा रहेको ११० वोटा अमीनो एसिड युक्त प्रि-प्रोइन्सुलिन लाई कोशिकाको ईन्ड़ोप्लाज्मिक रेटिकुलमले  एउटा एमिनो टर्मिनलको ‘बी’ चेन, एउटा कार्बोक्सी टर्मिनलको ‘ए’ चेनमा परिवर्तन गर्दछ। उक्त दुई चेनहरू एकापसमा कनेक्टिभ पेप्टाइड वाट जोडिएको हुन्छ जसलाई ‘सी’ पेप्टाइड भनिन्छ। समग्रमा बाख्रा बाँध्ने दाम्लो जस्तो देखिने उक्त  संरचनालाई प्रो-इन्सुलिन भनिन्छ। जब यो दाम्लोको बिचको ‘सी’ पेप्टाइड छुट्टाएर रगतमा पुग्छ, ‘सी’ पेप्टाइड बिनाको ५१ वोटा अमीनो एसिड युक्त संरचनालाई इन्सुलिन भनिन्छ। इन्सुलिन सँगै रगतमा पुग्ने ‘सी’ पेप्टाइडले के काम गर्दछ भन्ने हाल सम्म थाहा हुन सकेको छैन। रगतमा चाहिएको बेलामा उपलब्ध गराउन इन्सुलिन र सी पेप्टाइडहरु  कोशिकाको गोल्जी बडीमा ठुलो सङ्ख्यामा खाँदेर राखिएको हुन्छ जुन हर्मोन बनाउने ग्रन्थिमा खुलेको हुन्छ।

 

इन्सुलिन प्रवर्धन गर्ने बिरुवा:

प्याङ्गक्रियाजको स्लेट्स अफ लेन्गेरहान्स नाम दिइएको भागमा बन्ने बीटासेलले इन्सुलिनको निर्माण गर्न कुन-कुन तत्त्वले कसरि सघाऊद्छ्न, कसरि यो निर्माण प्रक्रिया पूर्णहुन सम्भव बनिरहेको छ भन्ने हालसम्म थाहाहुन सकेको छैन। तर आयुर्वेदिक पक्षबाट हुने उपचार पद्दति बुझ्नु सहयोगी हुने केही तथ्यहरु भने प्रमाणित बनेको देखिन्छ। जस्तै: बीटासेलको कोशीका भित्र क्याल्सियम आयोनको मात्रा बढ्दा उत्पन्न हुने इलेकट्रिकल गतिविधिले रगतमा धेरै इन्सुलिन चुहाउन सम्भव हुने भेटिएको छ। मिटोकोन्ड्रियामा पैदा हुने रेडिकल अक्सिजनको मात्रा अधिक हुन पुग्दा कोशिकाको ईन्ड़ोप्लाज्मिक रेटिकुलममा हुने प्रोटिन फोल्डिंग हुने काम असामान्य हुन जाने, जसका कारण स्लेट्स अफ लेन्गेरहान्समा रहेका β-सेलको नियमित कार्यमा गडबडी  निम्तने र इन्सुलिन उत्पादन गर्ने β-सेलहरू नष्ट समेत हुने एपोपटोसिस निम्त्याउने गरेको देखिन्छ। जुन टाइप-१ प्रकृतिको मधुमेहको मूल कारक समेत हो।

 

विभिन्न अध्ययनहरूवाट आयुर्वेदिक महत्त्वको केही बिरुवाहरूमा  (असारे/सिद्धेश्वर  Lagerstroemia indica or  Lagerstroemia speciosa L. भनिने बनबाको पातको रस , तथा इन्सुलिन प्लान्ट भनिने Chamaecostus cuspidatus or Costus igneus  जसलाई बँधुकापुष्प वा केऊकंड भनिन्छ, वेतलौरीको Paris pollphya नजिकको प्रजातिको बिरुवाको पातको रस) पाइने कोरोसोलिक एसिडले रगतमा इन्सुलिनको कार्य दक्षता बढाउने, कोशिकाहरूले रगतबाट आफूभित्र ग्लुकोज लिनेदर बढाउने, सीरममा ट्राइग्लिसराइड्स र कोलेस्ट्रोलको मात्रा घटाउने, शरीरको तौल घटाउन सहयोग पुर्‍याउने,  हानिकारक/विषाक्त प्रभाव दिने कुनै पदार्थ उत्पादन नगर्ने, अक्सिडेटिभ तनाव दिने तत्त्वहरू सेल वाट हटाउन सहयोग गर्ने गरेको भेटिएको छ।

 

रगतमा चिनीको मात्रा धेरै हुँदा लामो समय सम्म उपचार नपाएकाहरूमा देखिने डायबेटिक किटोआसिडोसिस हुँदा रगतमा चिनीको मात्र सामान्यतः ३०० देखि ६०० सम्म देखिन्छ। टाइप-२ मधुमेहमा कमै हुने यो विकृति, टाइप-१ मधुमेह भएका बिरामीहरूमा प्रायः देखा पर्छ। यसको मूल कारण रगतमा इन्सुलिनको अभाव हुन पुग्दा रगतमा अम्लीयपन वा किटो-एसिडोसिस देखिने हो। यसका लक्षणमा वाकवाकी, बान्ता, पेट दुख्ने, निन्द्रा लाग्ने, अल्छी लाग्ने, थकाई लाग्ने, श्वास श्वाश्वा हुने, तिर्खा बढ्ने, श्वासमा गनाएको फल जस्तो लाग्ने वा नङ पालिस जस्तो किटोनको गन्ध आउने, शरीरमा पानीको मात्रा घटेर डिहाइड्रेशन हुने आदि हुन्छ।

 

मधुमेह किटो-एसिडोसिसको अवस्थालाई प्राय: अस्पतालको इमर्जेन्सीमा राखेर उपचार गरिन्छ। हस्पिटलमा शरीरमा भएको पानीको मात्रा सन्तुलनमा नआउँदा सम्म मुख बाट वा धमनी मार्फत  सोडियम, क्लोराइड, बाइकर्बोनेट (ल्याकटेटको रूपमा), पोटासियम, क्याल्सियम रहेको ०.९%  स्लाइन दिने गरिन्छ। अत्यधिक पिसाब वाट रगतमा कमी हुन गएको तरल पदार्थको पूर्तिको लागि दिइने यो झोल पदार्थले रगतमा चिनीको मात्रा समेत कम पार्न सहयोग गर्दछ। स्लाइनको तरल पदार्थले रगतमा कमि हुन गएको पानी र इलेक्ट्रोलाइट्सहरुको सन्तुलन गर्दछ। लक्ष्य गरेको मात्रा सम्म रगतमा चिनीको मात्रा घटाउन भने बिरामीलाई इन्सुलिन थेरापी मार्फत इन्सुलिन दिन जरुरि हुन्छ।

 

रगतमा चिनीको मात्रा करिब २०० मिलिग्राम / प्रति डेसीलिटर (११.१ मिली मोल प्रति लिटर) पुग्दा रगत प्राय: एसिडिक हुन वाट रोकिन्छ। तसर्थ चिनीको मात्रा २०० सम्म नझरिजेंल बिरामीलाई इन्सुलिन थेरापी गरिन्छ। यहाँ रगतमा चिनीको मात्रा आफूले लक्ष्य गरेको स्तरमा झारी लक्षित  दायरा भित्र कायम गर्ने कार्यलाई इन्सुलिन थेरापी भनिएको हो। इन्सुलिन थेरापीमा सामान्यतया सिरिन्ज, इन्सुलिन पेन वा इन्सुलिन पम्प ट्युबिंगको सहायताले छाला मुनिको बोसोमा इन्सुलिनको इन्जेक्सन दिइने गरिन्छ। (ग्लुकोज कन्भर्सन फ्याक्टर: १ मिली-मोल/लिटर = १८.०१८ मिलि-ग्राम/डेसी-लिटर, अथवा १ मिलि-ग्राम/डेसी-लिटर = ०.०५५५ मिली-मोल/लिटर)।

 

मधुमेहले निम्त्याउने स्नायु रोग र मुटुको रोगजस्ता विभिन्न दीर्घ अवस्थाको क्रोनिक रोगहरूको आफ्नै प्रकारको जटिलता रहने गर्दछ। तिनीहरूको जटिलता अनुरूप हरेक जटिलताको आफ्नै तरिका बाट औषधोपचार खोजिन्छ।

 

कोलेस्ट्रोल, मुटु रोग र मधुमेह

मधुमेह भएका बिरामीहरूले कम्तीमा प्रत्येक वर्ष रगतमा उपवास अथवा फास्टिङ्ग कोलेस्ट्रोलको मात्रा वा प्रोफाइल कति छ भनी जाँच गर्न सल्लाह दिइन्छ। मधुमेह भएका बिरामीको रगतको टोटल कोलेस्ट्रोल हमेसा २०० भन्दा तल रहोस् भन्ने लक्ष लिने गरिन्छ। एलडिएल भनिने खराब कोलेस्ट्रोलको मात्राको लक्ष्य १०० भन्दा तल झार्नु पर्ने हुन्छ। मधुमेह र हृदय रोग दुवै भएको बिरामीकोको लागी भने खराब कोलेस्ट्रोलको मात्राको लक्ष्य ७० भन्दा तल झार्न जरुरी ठानिन्छ। यचडिएल भनिने राम्रो कोलेस्ट्रोलको लक्ष मधुमेहका बिरामीहरूका लागि पुरुष भए ४५ भन्दा माथि, महिला भए ५५ भन्दा माथि राख्न कोसिस गरिन्छ। मधुमेहका बिरामीहरूका लागि ट्राइग्लिसराइड्स भनिने रक्त-सञ्चारमा हुने बोसो वा फ्याटहरूको लक्ष १५० भन्दा कम पुर्याऊन भनिन्छ। हालै भएको केही अनुसन्धानहरूको निष्कर्षले एलडिएल भनिने खराब कोलेस्ट्रोलको मात्रा ८० भन्दा धेरै भएको व्यक्तिमा मुटुको रोगको जोखिम अधिक हुने निचोड सार्वजनिक गरेको देखिएको छ।

 

उच्च कोलेस्ट्रोल भएका मधुमेहका बिरामीहरूको उपचारको लागि रगतमा चिनीको मात्रा र रक्तचाप नियन्त्रण गर्न भनिन्छ। कम चिल्लो हुने खान खाने, धूम्रपान छोड्ने, यचडिएल भनिने राम्रो कोलेस्ट्रोलको मात्रा बढाउन र वजन घटाउन सहयोग गर्ने व्यायाम, योग र औषधीको सहयोग लिन सल्लाह दिइन्छ।

 

मधुमेहका उच्च कोलेस्ट्रोल भएका बिरामीहरूलाई लिपिटोर, जोकोर, प्रवचोल, क्रेस्टोर, मेवकोर, लेस्कोल एलडिएल कोलेस्ट्रोल कम गर्ने शक्तिशाली ब्रान्डेड औषधिहरू दिइन्छ। यी औषधीहरूले विशेष गरी एलडिएल तथा टोटल कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स घटाउन र एचडीएल कोलेस्ट्रोल वृद्धि गर्न मद्दत गर्दछन्। उल्लेखित उच्च कोलेस्ट्रोल नियन्त्रण गर्ने ब्रान्डेड ओखतीहरू एटोर-भास्टाटिन, फ्लु-भास्टाटिन, प्रा-भास्टाटिन, रोसु-भास्टाटिन र सिम-भास्टाटिन मद्धे कुनै एक वा धेरै सेन्थेटिक स्टेटिनहरू मिलाएर बनेको हुन्छ।

 

बजारमा उपलब्ध ब्रान्डेड वा जेनेरिक ओखती प्राय: सेन्थेटिक स्टेटिनहरू बाट नै बनेका हुन्छन्। अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा हालसालै प्रकाशित विज्ञप्तिले कोलेस्ट्रोल नियन्त्रण गर्ने वा घटाउने यस्ता सेन्थेटिक स्टेटिनहरू सहन नसक्ने बिरामीहरूको लागि प्राकृतिक उपचारमा बर्गामट (गमलामा फल्ने सानो सुन्तला), लसुन र हरियो चिया (ग्रिन-टी) आदिलाई साइड इफेक्ट रहित उत्तम सस्तो-राम्रो विकल्प हुने भनेको छ। नेचुरल विकल्पहरू अपनाउँदा सेन्थेटिक स्टेटिनहरुले दिने अन्य धेरै साइड इफेक्ट जसमा मुख्यतया कलेजो पोल्ने, फुल्ने र सुन्निने तथा मांसपेशीको क्षति हुने समस्या वाट बच्न सकिन्छ।

 

कोलेस्ट्रोल नियन्त्रण गर्ने स्टेटिनहरू रगतमा रहेको चिल्लो पदार्थ घटाउन सीमित मात्रामा मात्र प्रभावकारी हुने गर्दछन्। रगतमा प्रभावकारी रूपमा चिल्लो काट्न बिरामीलाई थप ओखतीको रूपमा फाइब्रेट्सहरु दिइन्छ। जस्तै नाफा मुखी बजारमा महँगा ब्रान्डेड ट्रिकोर, लिपोइड जस्ता फाइब्रेट्सहरु गरिब मुलुकमा डाक्टरको छनौटमा पर्दछ। धनी मुलुकमा सस्ता जेनेरिक ओखतीको विकल्प रहदा सम्म महँगा ब्रान्डेड ओखतीको पैसा इन्सुरेन्स कम्पनीले नबेहोर्ने हुँदा जनताहरू नाफाखोर डाक्टर र फार्मेसिस्टको चक्र-व्यूहमा फस्ने कम सम्भावना रहन्छ। फाइब्रेट्सहरुले एलडिएल कोलेस्ट्रोल कम गर्ने र एचडीएल कोलेस्ट्रोल वृद्धि गर्न समेत मद्दत गर्दछन्। यसको पनि कलेजो पोल्ने, फुल्ने र सुन्निने साइड इफेक्ट हुने गर्दछ। ओमेगा थ्री हुने माछाको तेल, अलसको तेल रगतमा प्रभावकारी रूपमा चिल्लो काट्ने उपायको विकल्प देखिन्छ।

 

कोलेस्ट्रोल घटाउन प्रयोग गरिने मुख्य तिन आयुर्वेदिक जडीबुटीहरू जस्तै: लसुन, गुगुलु र काँहुको बोक्रा (अर्जुन) अर्को उपयोगी विकल्प हो । भिटामिन बि-३ वा नियासिन हुने कलेजो, कुरिलो, सक्खर खण्ड, बदाम, च्याउ, एभोक्याडो जस्ता विकल्प समेत रगतमा रहेको चिल्लो काट्ने तरिकामा पर्दछ। कतिपय डाक्टरले ट्राइग्लिसराइड र एलडिएल कोलेस्ट्रोल कम गर्न नियासिन वा भिटामिन बि-३ सम्प्लिमेंट थमाउने गरेको भेटिन्छ। धेरै मधुमेहको बिरामीमा नियासिन सम्प्लिमेंटले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न अझ गाह्रो बनाएको देखिएको छ। नियासिन / भिटामिन बि-३ सम्प्लिमेंटले कलेजोको जलन पैदागर्ने देखिएकाले खानावाट नियासिनको पूर्ति गर्ने विकल्प राम्रो मानिएको हो।

 

एन्जियोटेन्सिन नामक हर्मोनले रगतको नसा टाइट गरी शरीरमा जरुरत अनुरूप रगतको प्रेसर बढाउन सहयोग गर्छ। मधुमेह जस्ता उक्त रक्तचाप हुने बिरामीमा कोलेस्ट्रोलको मात्र २०० भन्दा माथि पुग्दा वा निकै कम एचडीएल कोलेस्ट्रोल हुँदा बढेको रगतको प्रेसरले स्ट्रोक समेत हुन सक्छ। तसर्थ एन्जियोटेन्सिन हर्मोनको गतिविधि रोक्न ओखतीको रूपमा एसीई इनहिबिटर दिइन्छ। एसीई इनहिबिटरले एन्जियोटेन्सिनको उत्पादन घटाउने गर्दछ।

 

एन्जियोटेन्सिनको कमी हुँदा रक्त नलीहरू फुक्ने र रक्तचाप कम हुने गर्दछ। उच्च रक्तचापको विरुद्ध प्रयोग हुने रामिप्रिल जस्ता विभिन्न औषधीहरू हृदयाघात वा स्ट्रोक जस्ता रोगको कारण मृत्युको दर घटाउन एसीई इनहिबिटरको रूपमा प्रयोग हुने गर्दछ। एसीई इनहिबिटरको सुक्खा खोकी लाग्ने, स्वाद बिग्रने, छालामा खटिरा आउने, रगतमा पोटासियमको मात्रा धेरै गरिदिने जस्ता साइड इफेक्टहरू देखिन्छ। उस्तै अवस्थामा छातीको दुखाइ बाट राहत दिन बिटा-ब्लकरहरू दिने गरिन्छ। बिटा ब्लकरहरूले पखाला लगाउने, पेट काट्ने, वाकवाकी लाग्ने, बान्ता आउने जस्ता विकृति दिन सक्छ।

 

मासु, कुखुरा, नटहरू, सिडहरू, सागपात, तरकारीहरू आदिमा हुने एल-आर्जिनिन नामक एमिनो एसिडले रगतमा नाइट्रिक अक्साइड उत्पादन गर्न मद्दत गर्दछ। नाइट्रिक अक्साइडले रक्त नलीहरूलाई फुलाएर रक्तचाप कम गर्न सहयोग गर्दछ। ताजा फलफूल र तरकारीहरूमा हुने एन्टिआक्सीडेन्टहरूले रक्तचाप कम गर्न मद्दत गर्दछ। लसुनले बिटा-ब्लकरको भूमिका खेल्दछ। हथर्न भनिने नागफनी रक्तचाप र मुटुको धड्कनको गति सुधार्न मद्दत पुर्याउदछ। सर्प-गन्धा  (स्नेकरुट) मा हुने इण्डोल नामक क्षारीय अल्कोलोइड उक्त रक्तचापको ओखती हो।

 

जमाने मान्द्रो वा दारुहल्दी वा कन्चन नाम बाट चिनिने  बारबेरी मुटुको प्रेसर घटाउने र छातीको दर्द हटाउन सहयोगी देखिन्छ। खानामा ओमेगा-३ फ्याट्टि एसिडको मात्रा बढाएर रगत बाक्लो हुन नदिने, नशा भित्र चिल्लो जम्न नदिने, छातीको दर्द घटाउने र ब्लड प्रेसर घटाउन सकिन्छ। रगतमा हुने म्याग्नेसियमको कमीले समेत ब्लड प्रेसर बढ्ने हुँदा म्याग्नेसियम युक्त बदाम, अमेरिकी बदाम, भुटेको फर्सीको बिया, काजु, पालुङ्गो आदि खाएर शरीरको स्वस्थ सुधार्न सकिन्छ।हाम्रो शरीर बनाएको को-इन्जाइम क्यु -१० कोशिकाको मीटोचोन्ड्रियामा जम्मा गरेर राख्दछ।

 

को-इन्जाइम क्यु-१० को एक मुख्य काम शक्ति पैदा गर्ने क्रममा निस्कने रेडिकल अक्सिजन विरुद्ध एन्टीअक्सिडेन्टको भूमिका खेल्नु हो। को-इन्जाइम क्यु-१० ले हृदयको कार्यको सुधार गरेर हार्टफेल हुनबाट जोगाउद्छ,  एटिपीको उत्पादन बढाएर ऊर्जा उत्पादन बढाउन एन्टीअक्सिडेन्टको भूमिका खेल्दछ। फलतः मधुमेह जस्तो स्थितिमा इन्सुलिनको संवेदनशीलता बढाएर रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न पुनः सक्रिय गर्न सहयोग पुर्याउदछ। कलेजो, माछाको तेल, पालुङ्गो, काउली र ब्रो-काउली खाएर शरीर लाई को-इन्जाइम क्यु-१० निर्माणमा सहयोग पुर्‍याउन सकिन्छ।

 

उमेर बढ्दै जाँदा मानिसमा को-इन्जाइम क्यु-१० को मात्रा घट्न थाल्छ। विभिन्न अनुसन्धानहरूले उच्च हिमाल वाट प्राप्त हुने पौष्टिक तत्त्वले पूर्ण रहने शुद्ध शिलाजितले को-इन्जाइम क्यु-१० को कार्य दक्षता प्रभावकारी रूपमा बढाई दिन्छ। को-इन्जाइम क्यु-१० र शिलाजित लाई मिलाउँदा कोशिकाको मीटोचोन्ड्रियाको ग्लुकोज वाट शक्ति उत्पादन गर्ने दर उल्लेखनीय रूपमा ब्रिद्दि भएको अनुसन्धानहरू वाट प्रमाणित भएको छ।

मधुमेह र आँखाको जटिलता:

 

२० देखि ७४ उमेर समूहका वयस्कहरूमा देखिने अन्धोपनको प्रमुख कारण मधुमेह ठानिन्छ । मधुमेह भएका बिरामीहरू मधुमेह नभएका बिरामीहरू भन्दा २५ गुणा बढी अन्धो हुने सम्भावना रहन्छ। मधुमेहले दिने तीन प्रमुख आँखा सम्बन्धित जटिलताहरू रेटिनोपेथी, मोतिया बिन्दु र जल बिन्दु हुन्। रगतमा भएको उच्च ग्लुकोजको मात्राले सुरुमा  दृष्टि धमिलो बनाउने लक्षण विकास गर्दछ।  समय क्रममा सामान्य देखिने उक्त समस्या रेटिनोपेथी, मोतिया बिन्दु र जल बिन्दु जस्ता विकराल अवस्थाको विकास गरिदिन्छ। त्यसैले मधुमेह हुने बिरामी लाई दृष्टि धमिलो हुने समस्यामा आँखाका डाक्टरलाई देखाउन भनिन्छ।

 

मधुमेहले जन्माउने आँखाको जटिलताको रोकथामको लागि नेत्र रोग विशेषज्ञ (नेत्र चिकित्सक) वाट कम्तीमा वर्षको एक पटक विस्तृत आँखा जाँच गरी रेटिनोपेथी, मोतिया बिन्दु र जल बिन्दु जस्ता रोगको सङ्क्रमणको अवस्था बारे निगरानी गरिन्छ। उक्त अवस्था आउन नदिन रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अधिक सतर्कता अपनाउने र रगतको रक्तचाप समेत नियमित नियन्त्रण वाहिर जान नदिन सम्पूर्ण उपाय खोजिन्छ।

 

मधुमेहले निम्ताउने रेटिनोपेथीमा आँखाको भित्री तहमा हुने रेटिनामा क्षति पुगेको भेटिन्छ। रेटिना र रेटिनाको वरिपरि असामान्य रूपमा रक्त नलीहरू उम्रिसकेको अवस्था लाई डाक्टरहरू प्रोलिफरेटिभ रेटिनोपेथी भन्दछन्। रक्त नलीहरू उम्री नसकेको सुरुको अवस्था लाई नन-प्रोलिफरेटिभ रेटिनोपेथी भन्ने गरिन्छ। सुरुवात अवस्थाको नन-प्रोलिफरेटिभ रेटिनोपेथीमा कहिले हल्का महसुस गरिने लक्षणहरू देखिन्छ त कहिले कुनै लक्षणहरू देखिँदैन। यो अवस्थामा रेतिनका रगतका नसाहरू कमजोर बन्ने, नासा बिचमा कता कता सुन्निएको जस्तो देखिने, रेटिनामा तरल पदार्थ चुहेको र चुहावटले आँखाको नानी सुन्नेको पनि भेटिन सक्छ। मधुमेहको प्रोलिफरेटिभ  रेटिनोपेथीमा रेटिना र रेटिनाको वरिपरि रक्त नलीहरू क्षतिग्रस्त भएर रगतका नलीहरू बन्द हुने, नयाँ असामान्य रक्त रक्तनलीहरु उम्रिने गर्दछ। नसाहरू वाट पारदर्शी देखिने जेली जस्ता पदार्थहरू बाहिर चुहिने र आँखाको केन्द्र भाग छोपी दिने गर्दछ।

 

ग्लाकोमा/जलबिन्दु हुँदा आँखामा रहेको तरल पदार्थले राम्रो सँग बाहिर निस्कने निकास पाउँदैन। निकास नपाएको आँखा भित्रको तरल पदार्थले दिने उच्च प्रेसरका कारण  दृष्टिमै  हानि पुग्ने गरी अपटिक स्नायुमा दबाब सृजना हुन्छ। यसले स्थायी रूपमै दृष्टि गुम्न सक्दछ। मोतिया बिन्दुको समयमा भने आँखाको लेन्समा हुने प्रोटिनको सञ्चयले आँखामा जालो लाग्ने, अस्पष्ट वा बादल लागे जस्तो दृष्टि हुने गर्दछ।

 

ग्लाकोमा उपचारमा आँखामा तरल पदार्थको चाप नियन्त्रण वा कम गर्नमा केन्द्रित रहन्छ। मोतिया बिन्दु हुँदा भने आँखाको शल्यक्रिया, लेन्सको प्रत्यारोपण आदि तर्फ ध्यान दिइन्छ। जलबिन्दुको उपचारको लागि डाक्टरहरूले आँखाको ड्रप दिने गर्दछन्। अवस्था र अनुकूलता हेरी लेजर थेरापी वा शल्यक्रिया समेत गर्ने गरिन्छ।

 

जल बिन्दुको उपचारमा दिइने आँखाको ड्रपहरूमा हुने केमिकल पदार्थ हरू आँखाको गेडीमा विकसित हुने उच्च चापलाई कम गर्ने प्रकृतिका हुन्छन्।  आँखा वाट त्यहाँको तरल पदार्थलाई राम्रोसँग बाहिर निकाल्न र/वा आँखाले बनाउने तरल पदार्थको मात्रा नै घटाएर उच्च चापलाई कम गर्ने उपाय त्यहाँ अवलम्बन गरिएको हुन्छ। जल बिन्दुको उपचारमा प्रयोग हुने औषधिहरू तिनीहरू प्रयोग हुने मुख्य प्रभावकारी केमिकल वा एक्टिब इन्ग्रीडियन्ट (एपीआइ) को आधारमा वर्गीकृत गरिन्छ। जस अन्तर्गत प्रोस्टाग्लैन्डिन एनालगहरू, बिटा ब्लकरहरू, अल्फा एगोनिस्टहरू, कार्बनिक एनिहाइड्रेस इनहिबिटरहरू, र रो-काइनेज इनहिबिटरहरूको उपयोग गरिन्छ। कतिपय अवस्थामा एक भन्दा धेरै एक्टिब इन्ग्रीडियन्टहरुको संयोजन गरी औषधिहरू विकास गरिएको हुन्छ।

 

मधुमेह र न्यूरोपेथी (स्नायुको क्षति):

 

मधुमेहमा सामान्य तय चार प्रकारका न्यूरोपेथी देखिन सक्छ। एक व्यक्तिमा एक वा एक भन्दा बढी प्रकारको न्यूरोपेथी हुन सक्छ। मधुमेहको कारण शरीरको कुन नसाहरूमा असर परेको हो त्यही अनुरूप बिस्तारै लक्षणहरू विकास हुँदै जाने गर्छ। कतिपय अवस्थामा स्नायु हरुमा गम्भीर क्षति नहुँदा सम्म शरीरमा केही गलत भइरहेको महसुस वा शङ्का समेत नहुने हुन सक्छ।

 

मधुमेहमा प्राय: देखिने न्यूरोपेथीमा पहिले औला, पैताला र खुट्टामा असर देखिन्छ। त्यस हातका औला, हात र पाखुराहरूमा देखिन थाल्छ। शरीर बोरिपरी हुने लक्षण देखाउने पेरिफेरल न्यूरोपेथी भनिने यस्तो मधुमेहको लक्षणहरूले दिनमा भन्दा धेरै रातमा दुख दिने रहेको भेटिन्छ। हात र खुट्टाका भागहरू निदाएको जस्तो लाग्ने, दर्द र तापक्रम परिवर्तन भएको महसुस गर्न नसक्ने, चसक्क हुने, पोलेजस्तो लाग्ने, तिखो दुखाइ, मासु कोपर्ने, अरूलाई छोइदा झसङ्ग हुने, तन्ना मात्र ओढेर सुत्दा समेत भारी लाग्ने, अल्सर, छालाको सङ्क्रमण, हड्डी र जोर्नी दुख्ने जस्ता गम्भीर समस्याहरू देखिन्छ। पेरिफेरल न्यूरोपेथीका लक्षणहरूलाई कम डाक्टरहरूले बिरामी लाई ट्राइसाइक्लिक एन्टिडिप्रेसेन्ट औषधीहरू जस्तै इलाभिल, न्यूरोन्टीन, टोपामाक्स, लिरिका आदि दिने गर्दछन्। साथै मनतातो पानीले खुट्टा धुने, हात खुट्टाको हेरचाह गर्ने र फोहर हुन नदिन सल्लाह दिन्छन।

 

मधुमेह भएका कारण मानिसको इच्छा अनुरूप नभएर स्वायत्त रूपमा चल्ने अङ्गहरू जस्तै मुटु, मूत्राशय, पेट, आन्द्रा, यौन अङ्ग र आँखा सञ्चालन गर्ने स्नायुहरूमा पुगेको क्षतिले अटोनोमिक निउरोप्याथीको विकास गरिदिन्छ। मधुमेहका कारण क्षति भएको स्नायुहरूले  बिना अवरोध अङ्गहरू र दिमाग बिचमा सङ्केतहरू आदान प्रदान गर्न नसक्ने हुँदा त्यस्ता विकृतिहरू जन्मन पुग्दछन। पाचन प्रक्रिया अटोनोमिक निउरोप्याथीको सिकार बनी दिँदा पखाला लाग्ने, कब्जियत हुने, कम भोक लाग्ने वा दुई गाँस मै अघाउने, वाकवाकी लाग्ने, दिसामा नपचेको खाना निस्कने, खाना निल्न गाह्रो हुने, छाती पोल्ने जस्ता लक्षण देखिन्छ। मुटु र रक्त नलीहरू निउरोप्याथीको सिकार बन्दा उभिँदा चक्कर लाग्ने, बेहोस हुने, व्यायाम गर्दा असामान्य मुटुको धड्कन बढ्ने र उच्च रक्तचाप हुने गर्दछ।

 

मूत्र नलीमा हुने निउरोप्याथीले पिसाब सुरु गर्न समस्या हुने र नियन्त्रित भएर पिसाब गर्न नसक्ने बनाउँदछ। मूत्राशय पुरै खाली गर्न गाह्रो हुने हुन्छ। कतिपय अवस्थामा यूरीनरी ट्र्याक इन्फेक्सन वा मूत्र पथमा सङ्क्रमण समेत हुन्छ। शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमतामा आउने ह्रासले रातिको समयमा पसिना आउने, निकै धेरै वा निकै थोरै पसिना आउने र खाना खाँदा पनि पसिना पसिना आउने लक्षण विकास गरिदिन्छ।

 

यौन सम्बन्धित समस्यामा सम्भोग गर्न खोज्दा पुरुषहरूमा लिङ्ग दह्रो नहुने, महिलामा योनि रस पैदा नभई योनी सुख्खा बसिदिने, क्रीडा मोह र चाहना विकास नहुने र सम्भोग गर्ने उत्साह नै हराउने समस्या पैदा गरिदिन्छ। फोक्सोमा असर पुग्दा अक्सिजनको कमीले छिटो छिटो श्वास फेर्नु पर्ने हुन्छ। दृष्टिमा पुग्ने असरले उजेलो ठाउँमा हेरेर अँधेरो ठाउँमा हेर्दा असामान्य रूपमा आँखाले दृश्य सजिलै खुट्टाउन नसक्ने समस्या उल्झन्छ। इरेक्टाइल डिसफंक्शन हुँदा विभिन्न भियाग्राहरू खान दिइन्छ। योनि सुक्खा हुँदा योनिमा घस्ने लुब्रीकेन्ट दिइन्छ। मूत्राशय खाली गर्न गाह्रो हुँदा क्याथेटर लाई आफैले पिसाब नाली हुँदै  मूत्राशय सम्म पुर्‍याएर पिसाब निकाल्न वा सेल्फ-क्याथेटरराइजेशन गर्न भनिन्छ।

 

प्रोक्सिमल निउरोप्याथीमा फिला, नितम्ब, साँप्रो र खुट्टामा नसाहरूमा गम्भीर असर देखिन्छ। पेट र छातीको क्षेत्रलाई समेत असर गर्न यस्ता रोगहरूमा लक्षण सामान्यतया शरीरको एक भाग वाट सुरु हुन्छ। तर तुरुन्तै अर्को भागमा फैलिने अवस्था देखिन्छ। जस्तै सुरुमा हिप, फिला र पुठोको नितम्बमा वाट गम्भीर दुखाइ सुरु हुन्छ। बिस्तारै ती भागहरू कमजोर बन्ने, बिस्तारै फिलाका मासुहरू खुम्चने र अन्ततः बसेको ठाउँ वाट उठ्न महाभारत पर्ने र पेटमा समेत गम्भीर दुखाइ हुने जस्ता समस्या बल्झिन्छ।

 

क्रैनियल र पेरीफेरल भनी दुई प्रकारमा बाँडिने मोनो-निउरोप्याथीमा कुनै निश्चित स्नायुमा क्षति पुगेको देखिन्छ। जस्तै: कसै कसैमा ध्यान एक ठाउँमा केन्द्रित गर्ने नसक्ने र एउटै चिजको दुइटा दृश्य देखिने समस्या देखिन्छ। कसैमा एउटा मात्र आँखाको पछाडि दुख्ने, अनुहारको एकपट्टि मात्र  पक्षाघात हुने, सानो औँला बाहेक अरू औँलाहरू निदाउने वा झन् झनाउने, निदाउने हुन्छ। कसैको हात कमजोर भएर समातेको कुरा झर्ने आदि भएको पाइन्छ।

 

मधुमेह र नेफ्रोपेथी (मिर्गौला बिग्रनु):

 

मधुमेहमा रगतवाट हट्न नसकेको ग्लुकोज लगायतका पदार्थहरूका कारण शरीरका सा-साना रक्त नलीहरूमा सानो घाउहरू विकास हुन्छ।  मिर्गौलाको रक्त नलीहरू समेत कमजोर बन्दछन्। कमजोर बनेका मिर्गौलाको ग्लोमोरुलसले प्रभावकारी रूपमा रगतको सफा गर्न सक्दैनन्। रगतका ग्लुकोजले संवेदनशील अङ्गहरूमा सकेसम्म न्यून असर होस् भन्ने हेतुले रगतले जरुरत भन्दा बढी पानी र नुन सोसेर राख्ने गर्दछ। परिणाम स्वरूप तौल बढ्ने, टाउको सुन्निने जस्ता समस्या आउँछन्। पिसाबमा प्रोटिनको मात्रा बढ्न जान्छ। रगतका फोहोर पदार्थहरू सफा हुन नसक्दा रगत दिन प्रतिदिन झन् झन् फोहर बन्दै जान्छ। समय क्रम सँगै अनियन्त्रित टाइप-१ र टाइप-२ दुवै प्रकारको मधुमेहले नेफ्रोपेथीको जटिलतामा पैदा गर्दछ। मिर्गौलाको साना रक्त नली बिग्रने क्रम मुठोनै अथवा क्लस्टर को स्तरमा नोक्सान पुग्ने अबस्थामा पुग्दछ । रगत सफा गर्ने ठुलो संयन्त्र नकाम बनिदिँदा रगतमा बढेको फोहरले उच्च रक्तचाप निम्त्याउँछ। उच्च-रक्तचापले मिर्गौलाको नबिग्रिसकेको रक्तनलीहरुलाई थप नष्ट गरिदिन्छ। लामो समयमा किड्नी फेलरको अवस्था निम्तन सक्छ।

 

मधुमेह नेफ्रोपैथीको प्रारम्भिक चरणमा प्रायः कुनै लक्षणहरू देखिँदैन।त्यसैले मधुमेहको बिरामीले कम्तीमा वर्षको एक पटक रगतको परीक्षण गर्न अनिवार्य मानिन्छ। मिर्गौलाको क्षति धेरै नै बिग्रन पुग्दा मात्र यसका लक्षणहरू देखिने गर्दछ। जसमा मूलतः हात, खुट्टा र अनुहारको सुन्निने, सुत्न र कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुने, भोक कम लाग्ने, वाकवाकी लाग्ने, बेचैनी हुने, कमजोर महसुस हुने, आदि हुन्छ। किड्नी फेलर हुने चरणको अवस्थामा चिलाउने, छाला अत्यन्त सुक्खा हुने, झोक्राउने, अल्छी पन बढ्ने, रगतमा बढेको पोटेशियमको कारण हृदयको नियमित गतिमा असामान्य बन्ने, मांसपेशी बाउँडिने जस्ता समस्या देखिन्छ। रगत सफा हुन नपाएकोले रगतमा जमेको फोहरका कारण रगत आफ्नै शरीरको लागि विषाक्त बन्ने (यूरीमिया) गर्दछ। यूरीमियाका कारण मानिस होस गुमाउने, बेहोस हुने पनि हुन सक्दछ।

 

मधुमेहमा नेफ्रोपेथीवाट हुने जोखिम कम गर्न रक्तचाप कम गर्ने र रगतमा चिनीको मात्रा अनिवार्य रूपमा नियन्त्रित बनाउनुको विकल्प देखिँदैन। हाल सम्म नेफ्रोपेथी देखिदा दिने गरिएका औषधीहरू रोगलाई निको गर्ने प्रकृतिको नभई नेफ्रोपेथीका कारण हुँदै गरेको मिर्गौलाको क्षतिको दरलाई घटाउने मात्र काम गर्ने क्षमता राख्ने प्रकृतिको छ। रगतमा एल्बुमिन/क्रिएटिनिनको अनुपात हेरेर पिसाबमा  प्रोटिनको मात्रा नापिन्छ। पिसाबमा जति धेरै प्रोटिन फेला पर्दछ, किड्नीको क्षति त्यति बढी हुने सम्भावना हुन्छ। मधुमेह भएका मानिसहरूका लागि २.० वा माथिको एल्बुमिन/क्रिएटिनिनको अनुपात देखिएमा मधुमेह वाट मिर्गौला बिग्रेको सङ्केत मानिन्छ। यदि पिसाबमा प्रोटिन भए नभएको हेरिएन र मधुमेहको कुनै उपचार समेत गरिएन भने यसले अन्त चरणको मिर्गौलाको रोग निम्त्याउन सक्छ। त्यसैले मृगौला बिरामीको वर्षमा एक पटक रगत परीक्षण गरी रगतमा एल्बुमिन र क्रिएटिनिनको मापन अनिवार्य गरिनु पर्छ।

 

बिरामीहरू लाई रगतमा ग्लुकोज बढ्न नदिन र रक्तचाप हमेसा नियन्त्रणमा राख्न भनिन्छ। रक्तचाप औषधि एसीई इनहिबिटरहरू र एंजियोटेंसिन-२ रिसेप्टर ब्लकरहरू (एआरबी) दिइन्छ। दुवै औषधिहरूले रक्त नलीहरू फुलाई दिने हुनाले रक्त चाप कम गर्न र रगतको प्रवाह सुचारु गर्ने काम गर्दछ। रक्त नली फुल्दा बढेको रक्तचाप ले किड्नी बिग्रने र आँखाको रेटिना लगायतका भागमा धेरै क्षति हुन वाट जोगाउद्छ। बजारमा सामान्यतया दिइने  ब्रान्डेड एसीई इनहिबिटरहरू अल्तास, अच्चुप्रिल, जेस्ट्रिल र भासोटेक आदि छन्। निर्धारित एआरबीहरूमा डिओवन, कोजार, एभाप्रो आदि देखिन्छ। जुन जेनेरिक फर्ममा सजिलै पाइन्छ। पिसाबमा प्रोटिन उच्च देखिएका बिरामीमा खानामा प्रोटिन नियूंन गर्न सल्लाह दिइन्छ।

 

मधुमेहमा आयुर्वेद

हाम्रो शरीर जन्मँदैमा एउटा निश्चित संरचना लिएर जन्मेको हुन्छ। जसलाई  शरीरको संविधान वा कन्सटिचीयुसन भनिन्छ। हाम्रो जन्मजात संरचनामा प्राकृतिक रूपमा शरीरका सम्पूर्ण विषय वस्तुहरू जुन प्रकारले सन्तुलनमा रहेका थिए त्यसरी नै यथावत् राख्न सक्दा सम्म हाम्रो शरीर को स्वस्थ अब्बल रहन्छ। जब उक्त सन्तुलनमा केही तल माथि हुँदै गडबडी देखा पर्न थाल्छ तब शरीरमा बिस्तारै समस्या पैदा हुने गर्दछ। समस्याको परिणाम स्वरूप विभिन्न रोगहरू देखा पर्न थाल्दछ। जब शरीर रोगी बन्छ, तत्कालको लागि रोगका चिन्ह र लक्षणहरूको तत्काल उपचार जरुरी हुन्छ।

 

झन्डै १५०० देखि १००० बिसीमा तैयार भएको चार वेद मद्येको एक अथर्व वेदमा मधुमेह रोगको बारेमा उल्लेख गरिएको छ। पुराना ग्रन्थहरूमा फेलापरेका परम्परागत व्यापक उपचार प्रणालीका सामग्रीहरु बाट आयुर्वेदको विकास भएको देखिन्छ। डायबेटिस लाई आयुर्वेदमा प्रमेह भनेर चिनिन्छ। प्रमेह शब्दको मीह-सेकान वाट आएको सब्दहो मेह। जहाँ मीह-सेकानको अर्थ अत्यधिक मात्रामा भन्ने लाग्दछ। ‘प्र’ उपसर्गले  फ्रिक्वेन्सी लाई सङ्केत गर्छ। यसरी प्रमेहको धेरै पटक अधिक पिसाब लाग्ने समस्या लाई जनाउँदछ।

 

आचार्य भागवतले प्रमेहलाई बारम्बार, प्रशस्त अपारदर्शी पिसाब बाहिरिने अवस्था भनेका छन्। चरकले प्रमेह रोग बढ्दै गएर पिसाबमा विभिन्न प्रकारको युरिया सहित गुलियो पन विकास हुने  मधुमेहको स्थिति निम्तिने गर्छ भनेका छन्। अयुर्बेदमा संस्कृत मधुमेहको अर्थ हुन्छ “गुलियो मूत्र”।अयुर्बेदले वंशाणुगत मधुमेहलाई सहज / कुलज / जटज मधुमेह भन्दछ। मधुमेह जन्य आहार र जीवन पद्धतिले निम्त्याउने मधुमेह लाई अपथ्यानिमितज प्रमेह वा मधुमेह भन्दछ। गर्भावस्थामा आमाले जरुरत भन्दा धेरै मात्रामा प्रशोधित गुलियो पदार्थ खाने गर्दा  वंशाणुगत मधुमेह हुने सम्भावना बढ्ने चरकको धारणा भेटिन्छ। भुटेको वा सुक्खा जौको पीठो, मुङ र अमलाको सेवन मधुमेहका लागि उपयुक्त आहार ठानिन्छ।

 

रगतमा जब ग्लुकोजको मात्रा बढ्दछ, तब पिसाबमा समेत ग्लुकोजको मात्रा निश्चित सीमा भन्दा माथि पुग्दछ। जसले गर्दा पिसाबमा गुलियो पन बढ्न जान्छ। मधुमेह रोगबारेको पुरानो मान्यतामा पाचन क्रियामा हुने असन्तुलनले पैदा गर्ने तन्तुहरूको संरचनामा खलबलीका कारण मधुमेह उत्पन्न हुन्छ। उक्त मान्यताको आधारमा अयुर्बेदमा मधुमेहलाई धातुजन्य विकृतिको श्रेणीमा राखिएको छ।

 

हजारौँ वर्ष पहिले लेखिएका वैदिक ग्रन्थहरूमा मधुमेह हुने कारण, लक्षण, पूर्वानुमान गर्ने तरिका, र उपचार व्यवस्थापन बारे समेत विस्तृत रूपमा वर्णन गरिएको छ। आयुर्वेदिक उपचार प्रणालीले अन्य रोगमा जस्तै मधुमेहको विकास हुन एक आपसमा सम्बन्धित रहेका बहुकारणहरु  जिम्मेवार रहने ठान्दछ। जन्म जात रूपमा प्राप्त प्रवृत्ति (आनुवंशिक गुण), मस्तिष्क र शरीरको बिच निर्माण भएको सन्तुलित संरचनामा कुनै कारण वाट पुग्न जाने विकृति (वात, पित्त, र कफ दोषहरू) आदिले शरीरको कन्सटिचीयुसनमा निम्ताउने फेरबदललाई मधुमेहको कारक तत्त्वको रूपमा हेरिन्छ।

 

मांसपेशीमा बोसो टाँसिएर बस्ने  तन्तुमा जति धेरै तन्तुको मात्रा हुन्छ त्यति इन्सुलिनले गर्ने नियमित काममा कम प्रतिरोध भएको देखिन्छ। जति धेरै बोसोको मात्रा हुन्छ त्यति इन्सुलिनले गर्ने नियमित काममा अवरोध पुगेको देखिन्छ। कलेजोको वरिपरि जुन मात्रामा बोसो जम्मा हुने गर्छ त्यही अनुपातमा कलेजोमा समेत बोसोको सञ्चय भएको हुन्छ। अधिक रूपमा सञ्चय बनेको बोसोले  इन्सुलिनले गर्ने नियमित काममा अवरोध पुर्‍याउने, दर्दहरू पैदा गर्ने र प्रतिफलमा पुरानो सेलहरू टुक्रिएर बन्ने नयाँ सेलहरू समेत दर्द-दायक बनिदिन्छ। प्रतिफलमा मोटो मानिसको सेलहरूमा इन्सुलिन प्रतिरोधी बैगुन विकास भएको देखिन्छ। जसले मधुमेहलाई झन् सङ्क्रमित बनाउँदछ।

 

मधुमेहको पूर्ण निदानको आज सम्म कुनै उपचारको जोहो हुन सकेको छैन। तर पनि आफ्नो जीवनशैलीमा परिवर्तन गरी, हर्बल ओखति वाट मधुमेह जस्ता रोगको प्रभाव र जटिलताहरू रोक्न,  र केही हद सम्म उल्टाउन समेत सम्भव हुन्छ। आयुर्वेदको उपचार प्रणालीले हाम्रो शरीरले दिने सङ्केतहरू पहिचान गरी शरीरवाट प्राप्त सुरुवाती सङ्केतकै आधारमा शरीर सन्तुलन बाहिर जाँदै गरेको पहिचान गरी जीवनशैलीमा हस्तक्षेपकारी परिवर्तनहरू गरेर तत्कालीन असंतुलनहरू उल्टाउन सकिने दिव्य ज्ञान र उपाय उपलब्ध गराउँदछ।

 

सबै प्रकारका मधुमेहमा मूलतः कफ दोष नै मूल कारक रहने भएता पनि तुलनात्मक रूपमा वात दोष समेत उत्तेजित रहने भएकाले यो रोग मोटो जिउडालका नारायण घिमिरे (कफ दोष) देखि सलक्क शरीर भएका विख्यात समालोचक राजकुमार बानियाँ (वात दोष) सम्म लाई देखिन सक्छ। त्यसैले मधुमेहको उपचार कफ र वात दोष दुबैलाई केन्द्रमा राखेर विकास गरिन्छ। चरकका अनुसार अधिक मोटो र बलियो शरीर भएका बिरामीहरूले संशोधन उपचार र सलक्क परेको, पातलो र कमजोर शरीर भएका बिरामीहरूले बृंहण उपचार लिनु उपयुक्त हुनेछ। सुश्रुतका अनुसार राजकुमारजी जस्ता पातला मानिसलाई उपचारमा संतर्पण उपायद्वारा तैयार भएको आहार तथा पेय पदार्थको तरिका रोज्नु पर्दछ। जबकि नारायण घिमिरे जस्तो मोटो मानिसलाई अपतारापन मतलब व्यायाम र सोधन विधि उपचारको रूपमा अवलम्बन गरिनु पर्दछ।

 

त्यस्ता अवस्थाहरू जसले रोगको कारकको भूमिका खेल्दछ त्यस्ता अवस्थावाट आफूलाई टाढा राख्ने कामलाई अयुर्बेदले परिभर्जन निदान भन्दछ। परिभर्जन निदान आयुर्वेदमा रोग जित्न प्रयोग हुने प्रमुख रणनीति हो।  रोगको उपचारात्मक पद्धतिमा समेत परिभर्जन निदानलाई अयुर्बेद्को आधारभूत अवधारणाको रूपमा अवलम्बन गरिन्छ। पन्चकर्म थेरापी भनिने ‘संशोधन’ शरीरको हरेक कोशिकाहरूको विषाक्त पदार्थ वाट शुद्धीकरण गरिने जैविक विधि हो। संशोधन शुद्धीकरणमा प्राय: पाँच शुद्धिकरण विधिहरू उपयोगमा आउन सक्छन। जसमा वमन (बान्ता गर्नु),  वीरेचना (पाचन प्रणालीका विषादी कोशीका बाहिर निकाल्नु र शरीर बाहिर पुर्‍याउने), वस्ती (एनीमिया लिनु), रक्त मोक्षना (रगतको सुद्ध करण गर्ने तरिका), शोधन नसयामा (ग्यास वा चुर्ण वा बाफको श्वासलिई नाक सफा गर्ने) तरिकाहरू आप्नाईन्छ।

 

वमन अन्तर्गत बिरामीलाई बान्ता लाग्ने ओखती दिइन्छ। बान्ता सँगै विषाक्त पदार्थहरू शरीर बाहिर फालिन्छ। विरेचना प्रक्रियामा आन्द्राका विषाक्त पदार्थहरू दिसा मार्फत बाहिर फालिन्छ। यो विधिमा बिरामीलाई आयुर्वेदिक औषधि सेवन गर्न दिइन्छ। जसले गर्दा प्राकृतिक रूपमै पाचन प्रक्रियामा रहेका आन्द्राहरूमा टाँसिएर रहेको विषाक्त पदार्थहरूलाई बाहिर फाली शुद्ध गर्ने गरिन्छ।

 

वस्ती अन्तर्गत औषधि तथा प्राकृतिक डिकोक्शनहरू जस्तै तेल, घिउ, वा दूध आदिको एनीमा दिएर रेक्टम र एनस वाट विषाक्त पदार्थ बाहिर फालिन्छ। यस्तो प्रविधिले पायल्स, कब्जियत र वाथरोग जस्ता समस्या विरुद्ध शक्तिशाली हुन्छ। नसय विधि टाउको, मुहार, निधार जस्ता क्षेत्रमा हुने समस्याको समाधानमा उपयोग गरिन्छ। मस्तिष्क क्षेत्रमा हुने पीडाहरू कम गर्न नेसल ड्रपका थोपाहरू दिने, बाफ लिने, नाकमा चूर्णहरू वा नस लिने आदि गरिन्छ। रक्त मोक्षन प्रक्रिया भने रगत सफा गर्नका लागि उपयोगमा आउँछ। अशुद्ध रगत प्रमुख रोगहरूको प्रमुख कारण हुने गर्दछ। शुद्धीकरण गरिएको रगतका कारण छालामा हुने सोरायसिस, पिग्मेन्टेशन, डर्मेटाइटिस र अन्य धेरै विकृति बाट मुक्त हुन सहयोग गर्दछ।

 

बृंहण उपचार प्रक्रियामा शरीरको वजन र शक्ति बढाउन पोषण युक्त खाना, टॉनिक जडीबुटी, र आरामदायक जीवनशैली अपनाउन भनिन्छ। घिउ, माछाको तेल, बदाम, नट्स गेडागुडी, विभिन्न दालहरू, सग्लो अन्नहरू आदि खान सुझाइन्छ।

 

मधुमेहको उपचारमा सावधानी पूर्वक उपयुक्त तरिकाहरू पालन गरी शरीरका तन्तुहरु वाट विषाक्त पदार्थ बाहिर निकाली शरीर वाहिर फालेर शुद्धीकरण हुने जोहो गरिन्छ। दोस्रोमा मधुमेहको रोगीलाई फलदायक हुने अहार, विहार र जडीबुटी जन्य औषधिहरू वाट मधुमेहको उपचार खोजिन्छ। आहार अन्तर्गत मसलादार, तितो, पिरो, टर्रो, हल्का, सुख्खा खाना राम्रो मानिन्छ। विहार मतलव जीवनशैली परिमार्जन अन्तर्गत विभिन्न योग-आसन,  मेडिटेसन र व्यायामहरू पर्दछ।

 

सुश्रुतको अनुसार जोवर समेत भनिने बार्ली वा जौ पाचन प्रक्रिया पश्चात् तितो, टर्रो र गुलियो गुण युक्त पोषण तत्त्व पैदा गर्ने गर्दछ। वात र कफ दुवै दोषमा राम्रो गर्ने सर्दी प्रकारको हुने जौ ले एकातर्फ यौन शक्ति वृद्धिमा सहयोग गर्दछ भने पेटमा खाना लाई कडा हुन नदिने हुँदा अपच, कब्जियत जस्ता समस्या पैदा हुन वाट जोगाउँदछ। हानिकारक जीवाणु प्रतिरोधी क्षमता समेत रहने हुँदा युरिनरि ट्र्याक इन्फेक्सन रोक्ने, चिल्लो पचाउन सहयोग गर्ने र पाचन शक्तिमा सुधार पुर्‍याउने, रगत र पित्तलाई सफा गर्न सहयोग पुर्याउदछ। मूत्र विकार, पेटको दुखाइको उपचारमा प्रयोग गरिने आयुर्वेदिक औषधि ‘यव-क्षार’ जौ को बोटको सम्पूर्ण भाग प्रयोग गरेर तयार गरिएको हुन्छ। ‘यव-क्षार लाई नक्कली कालो मरीच भनिने भ्याभिदङ्ग (एम्बेलीया रिबिज) सँग मिसाएर पेटमा जुका चुर्ना परेका कारण वाट निम्तने मुटुको रोगको उपचारमा समेत प्रयोग गरिन्छ।

 

बोटबिरुवाहरू अनन्त कालदेखि नै औषधिको स्रोत रहँदै आएका छन्। हाल लगभग ८०० बोटबिरुवाहरू मधुमेहको उपचारमा कुनै न कुनै रूपमा उपयोगी हुने रिपोर्ट गरिएको छ। तिनीहरू मध्ये थोरै मात्र जडीबुटीहरू मधुमेहको उपचारमा उपयोगी हुने तथ्य वैज्ञानिक रूपमा प्रमाणित गरिएका छन्। अन्य: जडीबुटीहरू अझै अन्वेषण र प्रमाणित हुने क्रममै रहेका छन्। वैज्ञानिक रूपमा प्रमाणित जडीबुटीहरूमा पिपलको पात,  गुरमर वा चिनी नाशक (जिमनेमा सिल्वेस्ट्रे), लसुन, मेथी, रातो श्रीखण्ड वा बिजयसार (पिटेरोकार्पस  मर्सुपियम),  तुलसी, करेला, जामुनोले रगतमा चिनी कम गर्ने र मधुमेहको जटिलताको नियन्त्रणमा योगदान पुर्‍याएको पाइएको छ। मधुमेहको उपचारमा प्रयोग हुने जन्य एकल आयुर्वेदिक औषधि जडीबुटीमा अमला, सिलाजित, तेज-पत्ता, निम, दालचिनी, गुर्जो, गोलकाँक्री, खयर,  काफल,  कालो-बिहीँ (सोलनम निग्राम), देवदार आदि समेत पर्दछ। कम्पाउन्ड गरिएका ओखतीहरुमा चन्द्र प्रभा वटी,  सिलाजितवडी वटी, वसन्त कुसुमाकर रस, त्रिभाँग भस्म, फलात्रिकादि क्वाथ, भंगाव भस्म, निसमलाकी चुर्ण, कथा-खादिरादि क्वाथ, मेहरि वटी, सप्त-कक्र घनावटी आदि देखिन्छन।

 

पिपलको बोक्राको रसमा हुने सिटोस्टेरोलले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, टेनिन, सेपोनिन, पोलिफिनोल, फ्ल्याभोनोइड र स्टेरोलहरुले तन्तुहरूले ग्लुकोज सोस्ने क्रमलाई बढाएको देखिन्छ। पिपलको बोक्राको रसले रगतमा सेरम ट्राइग्लिसीराइड र खराब कोलेस्ट्रोल घटाउने हुँदा यो हाम्रो परम्परागत ओखतीको रूपमा स्थापित छ। जामुनो पात, फल, गेडा र बोक्रा सबै नै मधुमेहको लागि राम्रो ठानिन्छ। इन्सुलिनको समस्या पहिचान हुनु भन्दा पहिले देखि यो एसिया र युरोपमा समेत मधुमेहको उपचारमा खाइने गरेको देखिन्छ। अल्कोलोइड र ग्लाइकोसाइड हुने जामुनो भित्री गेडा टर्रो स्वादको मधुमेहको नामुद ओखती हो। ग्लुकोज, फ़्रुक्टोज, रेफिनोज, मालिक एसिड र एन्थोसाइनिन आदि हुने जामुनो फल वा गेडा अमिलो मीठो हुन्छ।

 

उमालेको जामुनो बिरुवाको पातको डाँठ पात आदिको रसमा यन्थोसाइनिन, ग्लुकोसाइड, इलेजिक एसिड, आइसोक्रुसिटिन, केम्फेरोल, माइरिसिटिन टेनिन आदि पाइन्छ। जामुनो बोक्रामा पात डाँठमा पाइने सारतत्वका अतिरिक्त बेतुलिनिक एसिड, यूजिनिन, एलेजिक एसिड, ग्यालिक एसिड, बेर्जिनिन आदि पाइन्छ। जामुनो फलमा अलिकति चिनी देखिने बाहेक अन्य भागमा हुने सारतत्व हरू रगतमा ग्लुकोजको मात्रा काट्न सहयोग गर्ने प्रकृतिको देखिन्छ। जामुनो फल भित्रको गेडाले प्यान्क्रियाजमा इन्सुलिन बनाउन बीटासेलहरुलाई सघाउने (सम्भवतः एलेजिक एसिडका कारण) धरै अनुमान गरिएको छ। जुन गुण अनारको गेडा र रसको समेत हुने गर्दछ। जामुनो पिसाब लगाउने र पाचन प्रक्रिया सुधार्ने गुण हुन्छ। शरीरमा एन्टी-अक्सिडेन्टको काम गर्ने जामुनो रस भाइरस प्रतिरोधी समेत रहेको शरीरको ब्लड प्रेसर घटाउने जडीबुटी हो।

 

तितो करेलाको बिग्रिएको बिटा सेललाई पुनर्ताजकी गरी पुनः इन्सुलिन बनाउन सक्ने तागत देखिएको छ। इन्सुलिन टोलरेन्स भएको अवस्थामा समेत त्यसलाई उल्ट्याउन तिते करेला सफल मानिन्छ। यसको सारतत्व ट्रीटरपिनोइडले कलेजोको ग्लुकोजको गतिविधि बढाउन सहयोग गर्दछ। साथै कोशिकाहरूमा ऊर्जा उत्पादन गर्ने हर्मोन लाई उत्प्रेरित गर्ने ठानिन्छ। यसले रगतमा चिनीको मात्रा घटाउने र बोसो लाग्ने मासुमा बोसो काटी मासुको भाग बढाउन सहयोग पुर्याउदछ। अर्चल एन्टीडेसमा  एलेक्सीटेरिया) र करेलाको रसले खानामा रहेको कार्बोहाइड्रेट रगतमा घुलेर ग्लुकोज बन्ने कामलाई गतिलाई सँग रोक्ने देखिएको छ।

 

तुलसीको पात र डाँठमा फ्लाभोनोइड, सापोनिन, टेनिन, ट्राई-टर्पिनोइड, रोस्मारिनिक एसिड, एपिजिन, आइसोथाईमोनिन, सिरिसीमारीटिन, ओरिइनटिन र भिसिनिन जस्ता बायोएक्टिब सारतत्वहरू रहन्छन। तुलसीको पातको तेलमा यूजिनोल, यूरोसोलिक एसिड, कार्भेकोल, लिनालोल, लिमात्रोल, क्यारियोफाईलिन जस्ता अमृतमय तत्त्व रहन्छन। तुलसीको गेडामा फ्याट्टी एसिड र सिस्टोरोल हुन्छ। त्यहाँ वाट आउने मिउसिलेजमा (र्‍याल जस्तो पदार्थ)  केही चिनी हुन्छ। पातमा एन्थोसाइनिन, भिटामिन, मिनिरल, क्लोरोफिल र सूक्ष्म पोषण तत्त्वहरू रहन्छन।

 

तुलसीको हनिकरण जीवाणु प्रतिरोधी शक्ति सहित यसमा रहने सारतत्वले रगतमा चिनी काट्ने, रगतमा रातो रक्त कोषमा अक्सिजनको मात्रा बढाउने, इन्सुलिन इन्टोलरेन्स घटाउने र मुटुको संरक्षण गर्ने क्षमता देखिन्छ। शरीरमा रक्त चाप घटाउने बाहेक यसमा रहेको यूरोसोलिक एसिड मधुमेहको बिरामीको लागि सबैभन्दा उत्तम सार तत्त्व हो। किनकि यूरोसोलिक एसिड खराब कोलेस्ट्रोल र ट्राई ग्लिसीराइड घटाउने, उत्तम  कोलेस्ट्रोल बढाउने गर्दछ। त्यो भन्दा अझ राम्रो पक्ष यूरोसोलिक एसिडले फ्याट्टी एसिड लाई रेडीकलाइज हुन नदिने, बिटा सेल लाई पुनर्ताजकी गरी पुनः इन्सुलिन बनाउन सहयोग गरी मधुमेहलाई उल्टाएर शरीरलाई स्वस्थ गर्न सक्ने अनुमान गरिएको छ।

 

इन्डियन किनो वा बिजयसार मुलत टर्पिनोइड र फिनोलिक कम्पाउन्डमा बिटा सिस्टेरोल, लुपिनोल, औरोन ग्लाईकोसाइड, ईपीक्याचेटिन र आइसोफ्लेभोनोइडको मूल श्रोत हो। यसका सारतत्व टेनानेटहरुको रगतमा चिनी काट्ने गुण हुन्छ। टर्पिनोइड र फिनोलिक कम्पाउन्डले  मोटोपन घटाउने गर्दछन्। यसको फ्लेभोनोइडहरु बीटासेल पुनः बनाउने गुण युक्त देखिन्छ। जसले इन्सुलिन पुनः निर्माण हुन सक्ने अवस्थाको विकास गर्न सक्छ। बिजयसार र खयरमा समेत पाइने ईपीक्याचेटिन प्रो-इन्सुलिन लाई इन्सुलिनमा परिवर्तन गर्न सहयोगी हुने भेटिएको छ। साथै यसले कोशिकाहरूमा रगतमा चिनीको उपलब्धता रहेको खबर पठाउन इन्सुलिनलाई सहयोग गर्ने बुझिएको छ।

 

मेथीको गेडा, गेडाको चोब र पात रगतमा चिनी घटाउने उत्तम ओखती हो। रगतमा उल्लेखनीय रूपमा खराब कोलेस्ट्रोल र ट्राई ग्लिसीराइड घटाउने, उत्तम  कोलेस्ट्रोल बढाउने क्षमता राख्ने मेथीमा मूल औषधीय तत्त्वको रूपमा सेपोनिन, आइसो-लिउसिन, ट्रिगोनेलिन, अल्कोलोइड र उच्च फाइबरहरू हुन्। पिसाब खुलाउने, रगतमा क्रिएटिनिन घटाउने, महिलामा दूध धेरै आउन सहयोग गर्ने मेथीले इन्सुलिनको अभावमा चिनी लिन नसकेका तन्तुहरूमा चिनी सोस्न सहयोग गर्ने बुझिएको छ। यसले इन्सुलिन इन्टोलरेन्स घटाउने, बिटा सेलले इन्सुलिन बनाउन सहयोग गर्ने भूमिका खेल्दछ। पाचन प्रक्रियाको गडबड नै मुलत मधुमेह उत्पत्तिको कारक हुने हुँदा मथिले पाचन प्रक्रियामा सहजता थप्न निकै राम्रो भूमिका खेलेको देखिन्छ।

 

गुरमर वा चिनी नाशक (जिमनेमा सिल्वेस्ट्रे) भनिने बिरुवाको पात यूरोसोलिक एसिडको उत्तम श्रोत रहेकोले मधुमेहको बिरामीको लागि यो चासोको विषय बनेको हो। यसको मोटोपन घटाउने र प्याङ्गक्रियाटिक बिटा सेलको डिसफँगसन घटाउन सकिन्छ भने यसलाई घरमा गमलामा उमारेर दैनिक एउटा पात खाने सल्लाह दिइएको हो। काँचो लसुन सिधै खादा यसमा हुने एलिसिन नामक सार तत्त्व प्याङ्गक्रियाटिक बिटा सेल वाट इन्सुलिन निर्माण गर्न उत्प्रेरकको भूमिका खेल्ने साथै रगतको प्रेसर समेत घटाउने देखिन्छ। सल्फर हुने एलिसिनले रगतमा चिनी काट्न समेत सहयोग गरेको देखिन्छ। एलिसिन सामान्य गरम अवस्था र हावामा पुग्ने बित्तिकै तुरुन्त नष्ट हुने हुँदा काँचै पोटि लसुन खडा मात्र यसको फाइदा लिन सकिने देखिन्छ।

 

दालचिनी अथवा सिनामनले कोशिकाहरूमा रहने इन्सुलिन रेसेप्टरहरुलाई सक्रिय तुल्याएर रगतमा चिनी उपलब्ध हुँदा सेललाई चिनी लिन म्यासेज पुर्‍याउने काममा इन्सुलिन लाई सहयोग पुर्याउदछ। साथै इन्सुलिन रेसेप्टरहरुलाई बन्द गर्ने डिएनएको जिनलाई समेत बन्द गर्न सहयोग गर्दछ। जसले गर्दा रगतमा ग्लुकोज धेरै रहन पाउँदैन। दालचिनी  पनजेन्ट वा तिखो स्वादको हुने हुँदा कफ खानाको लागि उपयुक्त समेत हुन्छ। बेसारको इन्सुलिन लाई सक्रिय बनाउने, रगतमा चिनी काट्ने, तौल घटाउने, बोसो काट्ने र शरीरको प्रतिरक्षात्मक क्षमता दिने गुणले गर्दा यसलाई मधुमेहको बिरामीको नियमित साथी ठानिन्छ।

 

मधुमेह   परिवर्तित जीवन शैली:

 

मधुमेहको बिमारीले कस्तो परिवर्तित जीवन शैली अपनाउने भन्ने बारे एक अहम कुरा बुझ्नु जरुरी छ। शरीरको रातो रक्त कोषहरू, मस्तिष्क, कलेजो, मृगौला र सानो आन्द्राको झिल्लीले आफ्नो इन्धन खान वाट सिधै लिने गर्दछ।  मधुमेहमा हुने इन्सुलिनको कमीले उक्त अङ्ग हरुमा पुग्ने इन्धनमा कुनै फरक पर्दैन। इन्सुलिन बिना शक्ति निर्माण गर्न इन्धनको रूपमा चाहिने ग्लुकोज लिन नसक्ने तन्तुका कोषहरू जस्तै हड्डी बन्ने तन्तु, मांसपेशीका तन्तु, बोसोका तन्तु वा एडिपोज तन्तुका कोषहरू मधुमेह हुँदा प्रमुख समस्यामा पर्ने गर्दछन्। हाम्रो नियमित खानपान र योग / व्यायाम / मेडिटेसन जस्ता परिवर्तित जीवन शैले अपनाउन शरीरको तिनै तन्तुहरू सहयोग पुग्ने गरी गर्न जरुरी हुने गर्दछ। त्यस्ता योग / व्यायाम / मेडिटेसन जसले उक्त तन्तुहरू तन्काउन सहयोग गर्दछ, मानिस मोटो भएमा दुब्लाउन सहयोग गर्छ, दुब्लो भए पोषण आपूर्तिमा सहयोग गर्दछ त्यो तरिका अपनाउन जरुरी हुन्छ।

 

उक्त अवस्थामा गरिने योग आसन, मेडिटेसन र  व्यायामको उद्देश्य इन्सुलिनको कमी हुने अवस्थामा समेत उक्त तन्तुहरूलाई सक्रिय बनाई रगत बाट ग्लुकोज सोसेर लिन उत्प्रेरित गर्नु सक्ने बनाउनु हुन्छ। जसमा प्रशस्त सुत्ने, स्ट्रेस कम गर्ने, सामान्य हिड्डुल गर्ने गर्न जरुरी छ। व्यायाम अन्तर्गत डोरीको मध्यम वाट गरिने स्ट्रेच, मांसपेशीलाई तन्कने गरी गरिने साइकल चलाउने, पौडी खेल्ने, नाच्ने, रेसिस्टेन्स ब्यान्ड एक्सरसाइज, सामान्य तौल लिफ्टिंग, स्क्वार्ट्स,  पुस अप पोजिसनमा अडिएर बस्ने, प्ल्यांक,  वाल सिट जस्ता आइसोमेट्रिक मांसपेशीलाई थकाउने आदि पर्दछ। त्यस्तै कुनै भागमा दबाएर वा आधा बसेर वा डोरीले तन्काएर, शरीर बङ्गाएर  मांसपेशी  थकाउने आदि पर्दछ। योग अन्तर्गत सूर्य नमस्कारको सबै स्टेप गर्ने, पस्चिमोतना आसन, रुखको पोज वा वृक्ष आसन, लडाकु १ र २ वा वीर-भद्रसना १ र २ , रिल्याक्स पोज वा सभासन, फ्रग पोज वा मंडूकासन, रयाबिट पोज वा शशकासन,  टुईष्ट पोज वा वक्रासन आदि पर्दछ। मेडिटेसनमा प्राणायाम जस्तै कपाल भाँती, अनुलोम विलोम आदि उपयोगी देखिएको छ।

(खाद्य तथा औषधि विज्ञ)

 

117Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: