मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

तिते-पाती जतिकै गुनी, गर कुरा सबैको मनछुनी।

नारायण घिमिरे

केही दिनअघि डेक्समेथासोनले कोरोना भाइरस सङ्क्रमित गम्भीर बिरामीहरूको ज्यान बचाएको खबर आयो बिबिसीमा । औषधिको थोरै मात्रा प्रयोगले कोरोनाविरुद्धको लडाइँमा ठुलो सफलता प्राप्त भएको बेलायती विज्ञहरूलाई उद्धृत गर्दै समाचार दिइएको छ।

पक्कै पनि कोरोनाभाइरस रोग लागेका आधाभन्दा बढी बिरामीलाई अक्सिजन वा भेन्टिलेटर आवश्यक हुन्छ । गम्भीर बिमारीका कारण भेन्टिलेटरको सहारा लिनुपर्ने बिरामीमा मृत्युको जोखिम लगभग एक तिहाइले घट्नु सकारात्मक भए पनि डेक्सामेथासोन एउटा स्टेरोइड हो । यो औषधि सन् १९६० को दशकदेखि दम र गठियाको उपचारमा प्रयोग गरिँदै आइएको छ ।

यद्यपि डेक्समेथासोनले ३३ प्रतिशत आइसियुमा पुगेको बिरामीलाई बँचाउन सकेको एउटा केस स्टडी देखिँदा नाच्नुपर्ने कारण भने देखिँदैन । भेन्टिलेटरमा रहेका बिरामीको शरीरमा अक्सिजनको अत्यन्त कमी हुने सङ्क्रमितहरू लगभग ३३ प्रतिशत मात्र मरेको पाइनु सकारात्मक उपलब्धिचाहिँ हो ।

डेक्समेथासोनका साइड इफेक्ट अत्यन्त धेरै छन् । यहाँ थाहा पाउने जो कोही यो औषधि लिन डराउनेछन् । तर कम्तीमा ज्यान जोगाउन सके अरू उपचार गर्न सक्ने स्थिति हुँदा नहुनुभन्दा कानो मामा निको भन्ने मात्र हो ।

यसका कारण तौल बढ्छ । उच्च रक्तचाप र मधुमेहको समस्या ल्याउँछ । पोटासियम कम गराउँछ । टाउको दुख्छ । मांसपेशी दुख्ने समस्या निम्त्याउँछ । अनुहारका रौँ बढ्छन् । ग्लुकोमा, डिप्रेसन, युफोरिया (उल्लासोन्माद), अनिद्रा आदि समस्या आउँछन् । महिनावारी अनियमित हुन्छ । ऐँठन र चिडचिडाहटजस्ता समस्या बढ्छन् । शरीरमा पानीको मात्रा अधिक हुन्छ ।

नेपालजस्तो गम्भीर श्वासप्रश्वासको समस्या अति कम भएका बिरामी भेटिएको केसमा भने यसको खासै काम हुन्न । २-४ जना त्यस्ता बिरामीलाई डाक्टरहरूले हेरिहाल्छन् । अन्यलाई जे लक्षण देखिन्छ, त्यो तत्काल निको गर्न सेन्थेटिक औषधिका साथै नियमित हाम्रो आयुर्वेदिक खानपान र ओखतीमा जोड दिनु उपयुक्त हुनेछ ।

फेरि पनि डेक्समेथासोन कोरोनाको औषधि हैन, भेन्टिलेटरमा पुगेका वा श्वासप्रश्वासमा जरुरी पर्दा अपनाउने वैकल्पिक उपाय मात्र हो । त्यसले ६६ प्रतिशत केसमा काम गरेको छैन र बिरामीहरू मरेका छन् । अहिलेलाई ३३ प्रतिशतलाई बँचाउन सक्नु पनि निकै ठुलो उपलब्धिका रूपमा लिनुपर्ने अवस्था हो ।

दशकौँदेखि मलेरिया र क्यान्सरको समेत औषधिमा प्रयोग भइरहेको तीतेपातीमा हुने स्टेरोइड र अन्य एन्टीभाइरल सारतत्त्व प्रयोग गरी मदागास्कारमा कोभिड-१९ को उपचार भएको केसलाई प्रमाण र वैज्ञानिक पुष्टि माग्ने र समीक्षा समेत नगरी यस्तो हुनै सक्दैन भन्दै चिच्याउनु आफ्नो परम्परागत औषधि विज्ञानमाथि अविश्वास, आफ्नै रैथाने र मानव स्रोतका सबलतामाथि विश्वास गुमेको निराशाजनक अभिव्यक्तिको द्योतक हो ।

कोरोना भाइरसका लागि अहिले कुनै ‘चमत्कारी उपचार’ मानिएको छ, तीतेपातीको पेय । वैज्ञानिकहरूले परीक्षणको लागि कोरोना निको पार्ने उद्देश्यले मडागास्करबाट तीतेपातीको जडीबुटी उपचार गरिरहेका छन् । नामुद अनुसन्धानकर्ता पिटर सिबरगर यसले चाँडै नै सकारात्मक परिणाम दिनेमा आशावादी देखिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि यसको प्रभावकारिता अध्ययन गर्ने जनाएको छ ।

मडागास्करका राष्ट्रपति एन्ड्री राजोइलिना स्वयंले ‘कोभिड अर्गानिक्स’ को नमुना पेय लिइरहेको जनाएका छन् । त्यहाँ कोरोनाका बिरामीहरू त्यही पेय लिई ७ देखि १० दिनमा निको भइरहेका छन् । मेडागास्करमा विश्वमै कोरोनाभाइरसबाट निको हुने दर सबैभन्दा बढी छ । मेडागास्करको कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन ।

मडागास्कर मात्रै किन ? नेपालमै पनि ‘अदुवा हालेको चिया र गुर्जो खाएर प्रतिरक्षा प्रणाली बढाएर १० दिनमै कोरोनालाई जितिएको समाचार आइरहेका छन् । अफ्रिकी विशेषज्ञहरूले परम्परागत चिकित्साको भूमिकाबारे डब्लूएचओसँग भर्चुअल बैठक गरेका छन् । किनभने जडीबुटीको कुनै साइड साइड इफेक्ट छैन ।

तीतेपातीको कमाल तपाईँ आफै इन्टरनेटमा खोजेर पढ्न सक्नुहुन्छ । सन् २०१५ को नोबेल चिकित्सा पुरस्कार तीतेपातीको रसायनबाट निकालिएको परम्परागत चिनियाँ औषधिको अन्वेषणका लागि चिनियाँ नागरिक युयु तुल्याई दिइएको थियो । युयुले आफ्नो औषधिको पहिलो प्रयोग मुसा र बाँदरमा गरेकी थिइन् । उक्त प्रयोगमा ती जीवजन्तुको औलो शतप्रतिशत निको भयो । पछि थप अनुसन्धान गरी मानव जातिका लागि ‘औलो’ जस्तो रोगबाट बचाउने औषधि बनाउन सफल भइन् ।

संसारमा ६ सय प्रजातिका तीतेपाती पाइन्छन् तर ती सबैमा समान रूपले औषधीय गुण हुँदैन। यद्यपि तिनमा कुनै न कुनै औषधीय गुण पक्कै हुन्छ । नेपालको गाउँघरमा तीतेपातीको औषधीय प्रयोग लामो समयदेखि हदै आएको छ । अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग हुन्छ ।

खुसीको कुरा के भने कोभिड -१९ को आयुर्वेदिक पाराको हर्बल ओखती बन्दै छ । अस्ट्रेलियाको एमसिजी फर्मास्युटिकल र स्विजरल्यान्डको मिसेल टेक्नोलोजीले मिलेर ६ मिलिग्राम पर एमएल पातीको आरटिमिसिनिन र बेसारको २० मिलिग्राम पर एमएल कर्कुमिंनबाट बनेको बोट्निकल फुड सप्लिमेन्ट ओखतीका रूपमा कुल ५० कोभिड-१९ को बिरामीमा इजरायलमा दोस्रो चरणको डबल ब्लाइनडेड क्लिनिकल ट्रायल गर्न अनुमति पाएहेको छ। यसको नतिजा अक्टोबरसम्म आउने छ । त्यसको फर्मुलामा भिटामिन सी र गोबर सल्लो पनि हालिएको छ।

(घिमिरे क्यानडा निवासी औषधि विज्ञ हुन् ।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: