मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

राजनीतिक वधशालामा हरेक साल कोही न कोही मन्त्री ?

रातो भाले, न्युयोर्क, अमेरिका।

नेपालमा पनि भेटियो नोबेल कोरोना सङ्क्रमित भनी बिश्वो स्वस्थ सङ्गठनको रिपोर्ट पढेको भोलिपल्ट एक जना नेपाली मित्र सँग अमेरिकी संसद्को पुस्तकालयमा भेट भयो। सँगै कफी पिउँदै गर्दा उनले नेपाल सरकारले भिजिट नेपाल २०२० योजना ल्याएको र नेपाललाई कोरोना मुक्त कन्ट्री घोषणा समेत गरेकोले फिरन्ते हरूलाई नेपाल भ्रमणमा जान प्रेरणा पुग्ने गरी नर्थ अमेरिका भर नेपालबारे राम्रो धारणा बनाउन कसरि विकास गर्न सकिएला ? अनि सो बारे सहयोग गर्न सक्नु हुन्छ ? भन्ने अनायास प्रस्तावले मलाई निकै चकित बनायो । कूटनैतिक रूपमा हेरौँ  के गर्न सकिन्छ भनी फिस्स हाँस्ने बाहेक अरू केहि भनी हाल्ने अवस्था थिएन। त्यो समय कुरो त्यतिमै सीमित रह्यो। कुरो सकियो।

 

कोरोना मुक्त नेपाल भन्ने शब्दले हप्तौँ गिजोली रहे पछि मैले नेपाल बारे  अध्ययन गर्ने जमर्को गरे। सानो इमेलको भरमा कूटनीतिक निकायहरू बाट नेपाल बारे निकै धेरै समाचार पाउने अनुकूलता मिल्यो। हाल सम्म कोरोना भाइरस २२९-ई, एन एल- ६३, ओसी -४३, एचकेयू -१, मर्स-कोब, सार्स कोब, र कोभेड-१९ गरी सात किसिमका देखिएका र नदेखिएका अन्य हजारौँ हुन सक्ने अवस्थामा किन र कुन नियतले संसारले पत्याउन समेत नसक्ने दाबी नेपालमा गरियो भन्ने जान्न मन लग्यो।

 

नेपालमा उक्त कुरा दाबी गर्ने मन्त्री स्वस्थ कर्मी वा स्वस्थ मन्त्रालयका थिएनन। न त  स्वस्थ मन्त्रालयको दाबी नै। सानो प्रयासमा थाहा लाग्यो स्वस्थ तथा जना संख्या मन्त्रालय र बिदेसी स्वस्थ नियोग बिच सम्पर्कमा रहने स्वस्थ तथा जना संख्या मन्त्रालयको एक उच्च अधिकारी संग नितान्त निजि टेलिफोन सल्लाह लाई आधार मानी यी कुराहरू बोलिएका रहेछन्।

नेपालले गरेको उक्त दाबी पहिलो त युएनको रेकर्डले झुटा प्रमाणित गरि दिन्थ्यो।। अर्को कोरोना फ्री दाबाले कुनै टुरिजम प्रमोसन हुने कुरा थिएन।

 

संसार घुम्ने हैसियत राख्ने यात्रीहरू कोही बेवकुफ हुदैनन। उनीहरूलाई के प्रस्ट थाहा हुन्छ भने कुनै पनि देशको कानुनले त्यहाँको समाजको प्रतिनिधित्व गर्छ। जस्तै जनकपुरमा जहा तही पान खाएर थुकिने हुँदा, यहाँ पान खाएर थुक्न मनाही छ लेखिएको भेटिन्छ। पान सुपारी निषेधित क्षेत्र लेख्नु सान्धर्बिक देखिन्छ।

मुक्तिनाथमा सो घटना नहुने हुँदा न त पान खाएर थुक्न मनाही छ लेखिन्छ। न त पान सुपारी मुक्त मन्दिर भनेर घोषणा नै गरिन्छ।

संसारमा कसैले आँट नगरेको कोरोना मुक्त क्षेत्र घोषणाले यात्रुलाई थप डर दिने तर सुरक्षा को प्रतिभुती नदिने हुँदा यति सामान्य कूटनैतिक विषयमा किन त्यत्रो गम्भीर त्रुटि भनेर नेपाल बारे झन गहिरिएर बुझ्न मन लग्यो।

यसैबीच  कोभिड-१९ को सन्दर्भमा नेपालमा स्वस्थ मन्त्रीले जनतालाई कोरोना भए सुरक्षित स्थानमा राख्ने राज्यको काम वा जिम्बेबारी हैन भनी गैर जिम्बेबार अभिव्यक्ति दिएका थिए। तर किन हो पछि सच्चाए भन्ने खबर पाइयो। आज देश भलै फरक फरक होला तर ग्लोबल इकोनोमीले संसार जोडिएको छ। चीनमा देखिएको सङ्क्रमण विरुद्ध चीनको लडाई सफल बनिरहेको बेला इटाली र कोरियामा सल्केको छ। नेपालको कुनै पनि गैर जिम्बेबार कदमको नतिजाको सिकार नेपाल मात्र हैन बिश्वो नै पर्ने गर्छ। युएनको सदस्य राष्ट्र हुने, युएन बाटै चुस्त सहयोग लिने अनि युएन कै हवाला दिएर युएनको मान्यता र भरोसा विरुद्ध बोल्न किन स्वस्थ मन्त्रीलाई  थोरै पनि सङ्कोच पैदा भएन। बुझ्दै जाँदा त्यहाँ पनि अर्को संस्थागत फन्डा देखियो।

नेपाल बारे गहिरिएर बुझ्दा वास्तवमा नेपालमा संसारको कुनै पनि भूभागमा देखिने भन्दा फरक प्रकृतिको समस्याले गाजेको प्रस्ट हुन्छ। नेपालको अबस्थाके रहेछ भने मात्र कागजी डिग्री लिएको, लोकसेवा पासको बिल्ला भिरेको,  कागजी डिग्री लिएको लामो समय भएको भरमा अनुभवी डाक्टर कहलाएकाहरू त्यहाँका थींक ट्याङ्क हुने रहेछन्। मन्त्रीहरूले बनाउने गरेका सबै कार्यक्रम र नीति तथा कार्यनीतिमा उनीहरूकै मूल इन्पुट हुने रहेछ। तिनैले प्रस्तुत गरेका समाधानका विकल्पहरू तपाई हामीले आधिकारिक मानिदिनु पर्ने, सुनी दिनु पर्ने अवस्था रहेछ।

सधैँ स्कुलमा रहेर आफ्नो काम इमाम्दार भएर काम गर्ने शिक्षक देखि अस्पताल रहेर बिरामीको सेवा गरेर जनताको मन जितेका चिकित्सक, विज्ञ, प्रबिधिज्ञ, कूटनीतिज्ञ सबै नजर अन्दाजमा पर्ने रहेछन्। कतिपय मुलुकको हितमा जीवन अर्पेकाहरू अक्तिहारको कहिल्यै फैसला नहुने तारिक माथि तारिक थपिने चक्र व्यूहमा परेका भेटिने रहेछ। समस्या  पर्दा कतिपय सरकारी विज्ञहरू बाट आउने  समाधान अठारौँ शताब्दी तिरको जस्तो, समस्याको समाधानमा सिधान्तमा ओकल्ने, सर्ब साधारणको समस्या समाधानमा दुई पैसा बराबरको पनि साइनो नराख्ने, तर जनताले भने सुनिदिन पर्ने, सरकारी समाचार माध्यमले फुकिदिन पर्ने रहेछ।

त्यसमा पनि मुलुककै एकमात्र विज्ञ रहेको दाबी ठोक्ने विदेशी दातृ निकाय र सरकार बिच काम गर्ने महाशय परेछन भने त स्थानीय, रैथाने आयुर्वेदिक र चिनिया ट्रेडिसनल मेडिसिनका अब्बल उपायको उछितो काट्ने आफ्नो धर्म रहेको मान्ने रहेछन। सहयोग होस् वा जुन सुकै नाममा किन नहोस् बिदेसी ब्रान्डका ओखती मुलुक भित्र लादन लागि परेको भेटिए कुनै आश्चर्य नमानिदिनु पर्ने अघोषित परम्परा बसेको रहेछ।

मन्त्रालय र विभागका विज्ञ कहलिएर राज्यको श्रोत र साधनको दिनरात दोहन गरिरिहेका त्यस्ता उच्च अधिकारीहरूको चरम असक्षमता र  मुलुक लाई आफ्नो बिर्ता सम्झी हचुवापनको बलमा गरिने निर्णयको सिकारमा बारम्बार मन्त्रीहरू पर्ने रहेछन्।उक्त निर्णयहरु जब जनसरोकार विषयका हुन्छन र व्यापक असन्तुष्टि दिन्छ तब विभागीय मन्त्रीहरु बालिका बोका बन्ने रहेछन।

राजनैतिक वर्ग र  व्यापारी बिचको साठगाँठबाट मुलुक लुट्ने मनोविज्ञान भनिने क्रोनि-क्यापिटालिजममा नेपाल चलेको जनताको बुझाई रहेकाले हरेक नेता मन्त्री बन्न साथ जन स्तरमा आलोचित हुन पुग्ने रहेछ।

विकास नेताले गर्ने हो, जनताको काम भोट दिने हो भन्ने मानसिकताले मुलुक ग्रस्त रहेछ।

वास्तविक रूपमा मुलुक भने उच्च कर्मचारी वर्ग र  व्यापारी बिचको संस्थागत  साठ-गाठ वाट चलिरहेको तिन दशक बनेछ।  सानोतिनो खुद्रे योजनाहरुमा छिट पुट केहि लोभी नेताहरू खोजि खोजि समाबेश गरी सहभागिता नियतबस बाहिर पुर्याएर  सम्पूर्ण जिम्बेबारी नेताहरू लाई नै भिडाइने दरिलो ग्रयाण्ड डिजाइनको जालो बुनिएको रहेछ। उक्त जालोमा पर्ने  भुरा माछाहरू माथि हुने कार्वाही जनतामा भष्ट्राचार बिरोधि काम गरेको देखाउन पर्याप्त हुने रहेछ।

कतिपय वास्तवमै देखिएका र कतिपय भने अधिकार कर्मीहरूका टेबलमा गर्भधारण गरिएका खराब नतिजाको जिम्मा प्रधान मन्त्रीले अनिबार्य लिन पर्नु लाई कुशल राजनीतिज्ञमा हुनु पर्ने अनिबार्य गुण भित्र परिभाषित गरिएको रहेछ। प्रणालीगत रूपमै नीतिगत तह लुटतन्त्र र माफिया करणको रोगले सङ्क्रमण ग्रस्त बनेको रहेछ। जनफैसला मार्फत ओखती भने बारम्बार राजनीति तहमा ठोकिने रहेछ। उक्त प्रणाली नै यथार्थको नयाँ नेपालको नयाँ राजनैतिक प्रणाली भनी जनजिब्रोमा स्थापित गरिएको रहेछ।

मुलुकको उच्च नीतिगत लेबलको ग्रयाण्ड डिजाइनबाट निर्मित वधशालामा मन्त्रीहरू एक पछि अर्को काटिँदै जाने निश्चित रहेछ। काट्ने भूमिका र सरदम मिलाउनेहरूको दिन चर्या भने नियमित सामान्य चलिरहने रहेछ। ग्रयाण्ड डिजाइनरहरू यति सौभाग्य शाली रहेछन् कि,  जीवन भर सरकारी संयन्त्रमा रहेका बसेको किन नहोस्, अवकाशको भोलि पल्टै नेताले मुलुक बिगारे भनी कुर्लिन स्वतन्त्र मात्र बन्ने हैन  यिनीहरूको हो मा हो मिलाउन हजारौँ जनता सडकमा उत्रिदिँदा रहेछन्। लाखौँ फेस बुके र टुइटरेहरु नेताको सत्तो सरापमा उत्रन पाएकोमा दङ्ग हुने माहौल रहेछ। नैतिक, सामाजिक मनोवैज्ञानिक जिम्बेबारी जन स्तरले त अपेक्षा नै राख्न छोडी सकेको रहेछ।

 

नेपालमा ३०-४०  वर्ष देखि चलेको राजनीतिक वधशालामा हरेक साल कोही न कोही बलिको बाख्रा बन्ने रहेछ । राजनीतिक पात्रहरू भने बदली रहने गर्दा रहेछन्। मुलुकमा लामो समय वधशालाका सञ्चालकहरू कै अविच्छिन्न हाली हालीमुहाली बनिरहेको रहेछ। जन अदुरदर्सिता र अज्ञानताको दुरुपयोग गर्दै व्यापक जननिराशा बिच जनता भने एकोहोरो लुटिई रहेको प्रतीत हुन्छ।

 

रामे ले लुटोस् वा श्यामेले, लुटिने लाई के फरक पर्छ र उ केवल लुटिने मात्र हो। नतिजा बापत लुटिनेका घरका पाले आफ्नै घर वाला को राम्रो रखवाल गर्न नसकेको निहुँमा फेरिदिएर जनताको तत्कालको  चित्त बुझाउन सकिने बन्दो रहेछ। चुरो समस्या सम्म मुलुकको ध्यान जान रोक्न सकिने कायदा भनेकै पाले दाइ फेरिदिने रहेछ। मुलुक त पशुपति नाथको आशीर्वाद लिएरै सयौँ वर्ष देखि चलेकै रहेछ। यथार्थ पहिचान भएपछि अपेक्षा नै नराखिने र त्यस पछि समस्या नै नरहने अवस्था आउने रहेछ। जय होस। (कुराकानिमा आधारित)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: