मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महामृत्युञ्जय  मन्त्र: फलाकेर मात्र  मृत्यु जितिँदैन ! न त मुक्ति नै मिल्दछ ।

नारायण घिमिरे, अथर्ववेदाचार्य।

 

शब्दावली (GLOSSARY):

मन्त्र (MANTRA) – उद्देश्य प्राप्तिको लक्ष वाट आफ्नो मनलाई विचलित हुन वाट रोक्दै एकाग्र गर्ने उपाय वारेको सैद्धान्तिक ज्ञान। (APPLIED THEORY – Like Principles, the different mudra in dancing)

तन्त्र (TANTRA)  – लक्ष प्राप्तिको लागि आफूले आफैलाई आन्तरिक रूपमा पूर्ण तय तैयार राख्न व्यवस्थित रूपमा तनको संयोजन र नियमन गर्दै परिचालन गर्ने व्यवहारिक उपाय वा तरिका। (SELF DETERMINATION & PREPARATION – Like Yog, Dancing Skills)

यन्त्र (YANTRA) – अनुशासित र प्रकृति मैत्री  कर्म (यज्ञ) मार्फत उद्देश्य प्राप्तिको लागि उपयोग गरिने व्यवहारिक तथा वैज्ञानिक प्रविधि तथा उपकरण। (TECHNOLOGY & SCIENTIFIC TOOLS & METHODS – Like Damaru & stage for Dancing)

 

महामृत्युञ्जय मन्त्र (MANTRA) :

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |

उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||

 

महामृत्युञ्जय  मन्त्रको सार (ABSTRACT): 

ॐ। सम्पूर्ण संसार तथा हाम्रो आफ्नै अस्तित्वको निर्माण गर्ने, पालन पोषण गर्ने तथा पुनः निर्माणको नियतले हुने संहार प्रक्रियाको परिचालन गर्ने (त्र्यम्बक अर्थात् तीन आँखा रूपी) प्राकृतिक शक्तिको श्रोतको रूपमा पहिचान गरिने शिवको हामी पूजा गर्दछौ। त्यो शक्ति जसले मनको नियमन र नियन्त्रण गर्ने आध्यात्मिक सार रूपको सुगन्ध दिन्छ। तनको नियमन गर्ने पोषणको परिपूर्ति गर्दछ। सर्वत्र व्याप्त आत्मा ज्ञानको सारको उपलब्धता मार्फत सम्पूर्ण नाश हुने चीजहरू (हाम्रो आफ्नै शरीर समेत) प्रतिको आशक्ति, सांसारिक मोह को बन्धन  तथा आफ्नै मृत्यु र नश्वरताको भय बाट मुक्ति प्राप्त गर्न र अमरताको धारण गर्ने विशिष्ट क्षमता ग्रहणको अवसर उपलब्ध गराउँछ।

 

 

फन्डेड सो कल्ड वैज्ञानिक, प्रगतिवादी चिन्तक, लेखक र बौद्धिकवर्ग भनिएकाहरू नै 

यथार्थमा समाजका सबै भन्दा बिचरा प्राणी  ~ सनातन विचार सार। 

 

यो कुरा नभुलौँ कि सनातन प्रबन्धमा पुरोहित, पुराण बाचक, पुजारी र पण्डितहरू प्राइमरी स्कुलका शिक्षकको रूपमा समाजमा रहन्छन्। उनीहरूको काम भौतिक वादको सीमा भित्र धर्मको रक्षा गर्नु र सन्देश सञ्चार गर्नु हो। समाजलाई धर्म भन्ने कुरा पनि छ है त्यस बारे खोजी गर्नु भनी सुनाउने काम मात्र हो। सबै कुरा लाई भौतिक दायरामा ल्याएर समाजमा सक्रिय रहने चेतनाको दायरामा मात्र उनीहरू तालिम प्राप्त र अभ्यस्त हुन्छन्।

 

उनीहरू यसलाई उनीहरूको पेसाको रूपमा लिने गर्दछन्। धर्म नै पेसा बनिदिँदा कतिपय अवस्थामा उनीहरू सनातनको  सन्देश प्राय: आफूलाई ठुलो र शक्तिशाली बनाउने नियत घुसाएर समाजमा व्याख्या गरिदिने गरेको समेत भेटिन्छ।  जस्तै सनातनमा हुँदै नभएको जात पात र छुवाछुत विकास गर्न यस्ता कुकर्मले भूमिका खेल्यो। राजा लाई विष्णुको अवतार घोषणा गरिदिने दुष्कर्म पनि यसैले गर्‍यो। जन्मँदैमा बाहुन भएर मात्र कर्म काण्ड गर्न पाउने र उ ब्राह्मण गनिने अक्षम्य अपराध समेत यही प्रवृत्तिले हाम्रो समाजमा भित्रायो। सनातनको नारी र पुरुष समान हुन्छन्, तेस्रो लिङ्गी नारी पुरुष भन्दा झन् महत्त्वपूर्ण मानवको रूप हुन् भन्ने अवधारणा विरुद्ध तिनीहरू बिच असमानता, भेद भाव र हीनता तथा घृणा भाव विकास गर्ने काममा समेत यसले भूमिका खेलिदियो।

 

जसरी हत्केला ले सूर्य लाई छोप्न सकिन्न त्यस्तै सनातनको महान् आदर्श, सिद्धान्त र दर्शन गलत नियत र प्रवृत्तिको सामु टिक्न सम्भव थिएन।  टिकेन। आज समाज फरक दिसामा अघि बढी रहेको छ। सनातन  विशेष  को प्राइमरी स्कुल तहमा काम गर्ने परम्परागत जजमानहरूले दिने  हरेक समस्याको वैदिक समाधान मानिसले भौतिक संसारमा प्राप्त गरेको भौतिक कुराहरूको त्याग संग सम्बन्धित रहेको भनी आउने गर्दछ। भौतिक कुर्बानी गर्न केही नभएका कङ्गाल हरू संग पनि यिनीहरूले उनीहरूको श्रम र समय दान माग्ने प्रक्रियाको उपचार सुझाउने गरेको भेटिन्छ।

 

जस्तै म हिन्दु हुन पर्‍यो भन्यो भने हुन्छ टिका लगाऊ, मन्दिर जाऊ, घन्ट बजाऊ  दक्षिणा चढाउ हिन्दु भयौ भन्ने समाधान उनीहरू संग हुन्छ।

 

पिर पर्‍यो, शत्रु लाग्यो वा प्रगत भएन, मन शान्ति भएन। ल ल स्वस्ति शान्ति गर।  ब्राह्मणलाई खुसी हुने गरी दक्षिणा दान  गर च्वाट्ट । चेली बेटी, ज्वाई, भान्जा लाई दान गर च्वाट्ट हुन्छ। अर्को भौतिक समाधान।

 

प्रगति र उन्नतिको, जाँचमा पास हुन पर्‍यो। हुन्छ ! कालिका भाक, कुल पूजा भाकल गर। बोको र पैसा दान गर च्वाट्ट। केही छैन भने तिम्रो श्रम र समय फोकट वा खान बस्ने सर्तमा दिऊ।

 

हैन राजकाज मा सफल हुन पर्‍यो।  मन सन्तुष्ट, परिवार सन्तुष्ट चाहियो। त्यसको उत्तर भौतिक कुरा जस्तै श्री र सम्पत्ति त्याग गर। कि मलाइ दिऊ।

 

अलि धेरै जस्तो लाग्यो मेरो संस्था लाई देऊ।  बस सब ठिक हुन्छ।  यो पनि च्वाट्ट।

 

हरेक प्रश्नको समाधान उनीहरू संग हुन्छ। बाहिरी त्याग। तिमि संग भएको सुविधाका उपाय मलाइ दिऊ वा मेरो संस्था लाई दिऊ। यो विकल्प नै आजको धेरैले सनातनको उपायको रूपमा बुझे।

 

यसले कसैको आज सम्म भलो गरेको देखिन्न। देखिएन पनि।  तर यसले सनातन माथि नै ठुलो अविश्वास र घृणा पैदा गर्ने काम गर्‍यो।

 

दुरुपयोग नहुने गरी साङ्केतिक धार्मिक संस्था वा मण्डली गठन गरी समाजमा सेवा पुर्‍याउने हाम्रो परम्परागत पवित्र चलन आज लोभी पापीहरुको लुटको मध्यम, संस्थागत र समूहगत रूपको समाज शोषणको ग्रयाण्ड डिजाइनको रूपमा बदलिएर आज सम्पूर्ण सनातन नै ठुलो समुदायको शङ्काको घेरामा आएको यथार्थ सनातनको रक्षा गर्न चाहने हरेकले बुझ्नु जरुरी छ।

 

संस्थागत र समूहगत ग्रयाण्ड डिजाइन अन्तर्गतका औपचारिक धार्मिक संस्था वा मण्डलीको लागि तपाईँलाई एउटा गुरु वा धार्मिक संस्था वा मण्डली अनिवार्य चाहिन्छ। किनकि तपाइले गुमाएको भौतिक चिज कसैले त ग्रहण र उपभोग गर्न पर्‍यो।  राज्यलाई कर तिरे जस्तै कर जसलाई तिरिन्छ उनी यसका गुरु हुन्। प्राइमरी लेबलको अध्ययन वाट माथि समाज नउठ्दा सनातनको अर्को पाटो अनुत्तरित रह्यो।

 

राज्य सञ्चालनको मुख्य भूमिकामा रहेका लोभी पापीहरूले  सनातन लाई समाजमा आफ्नो  हैकम कायम राख्ने, लुटको मध्यम बनाउने, संस्थागत र समूहगत रूपको शोषण उद्यम सञ्चालन गर्ने नियोजित झुटको सहाराको पेसामा परिवर्तन गरे।  फतल सनातन भित्र असनातन मूल्य र मान्यता सनातन मान्यताको रूपमा सर्वत्र छरियो। नियत गत रूपमा सनातनको नाममा समाजमा पोखिएको असनातनको विष सम्पूर्ण सनातनी समुदायले निकै लामो समय पिउन बाध्य रह्यो।

 

सनातनी समुदाय यो चेतना वाट निकै लामो समय माथि उठ्न सकेनन्।

 

सनातन पद्धति प्राइमरी लेबलको स्कुल हैन उच्च ज्ञान वा विद्याले चलेको छ। संसार भर आकर्षणको कारक बनेको छ।  यसको सिद्धान्त र दर्शन संसारका अत्यन्त प्रभावशाली व्यक्ति, अनुसन्धान कर्ता वैज्ञानिक र दार्शनिकहरूको प्यारो बनिरहेको छ। आज हुने गरेका अत्याधुनिक वैज्ञानिक र दार्शनिक अनुसन्धानमा सनातनी दर्शन अनिवार्य रेफरेन्समा लिनु पर्ने बाध्यता विकास भएको छ।

 

सनातन भौतिक हैन आध्यात्मिक चेतनाका कारण सबैको प्रिय बनेको हो। त्यसको प्रकाश हाम्रो अलि पिछडिएको समाजमा किन हो पुग्न सकेन। त्यसको लागि सनातनमा साधु, साधक र सन्न्यासीहरू छन्। उनीहरू सनातनका वैज्ञानिक, इन्जिनियर र दार्शनिक आदि हुन्।

 

दर्शन वाट बनेको दार्शनिकको अर्थ हुन्छ हरेक कुराको अवलोकन गर्ने र त्यस वाट शिक्षा लिने। त्यसरी लिएको शिक्षा वाट व्यवहारिक ज्ञान विकास गरी मानवता को सेवा गर्ने। त्यसलाई सबैको हित हुने तर्फ लगाउने सुनिश्चितता वा धर्म कायम गर्ने।

 

शिक्षा लिनको लागि तपाइलाई संसारको अवलोकन गर्ने कला र सीप जरुरी हुन सक्दछ। त्यसको लागि कसैले तपाईँलाई सैद्धान्तिक तरिका वा मन्त्र (मन+त्र) दिन्छ। उक्त प्राप्तिको लाई कसैले तपाई आफैले आफै लाई कसरी तैयार गर्ने सो वारेको तन्त्र (तन+त्र) दिन्छ।  कसैले त्यसको सहज प्राप्तिको उपाय वा प्रविधि अर्थात् यन्त्र (यान+त्र) उपलब्ध गराउने गर्दछ।

 

त्यस्तो गर्नको लागि सनातनका साधु, साधक र सन्यासीहरु समाजका मनोवैज्ञानिक, चिकित्सक, विज्ञ, इन्जिनियर, प्राविधिज्ञ आदि समेत हुन्। उनीहरूले तपाइलाई आफ्नो जीविका धान्न, आफ्नो जिम्मेवारीको भौतिक जरुरत आफ्नै कमाई ले पुरा गर्न र कसैमा परजीवी रहेर आश्रित नहुन  नैतिक, धार्मिक र मानवीयताको हदमा सीमित रहेर भौतिक धन सम्पत्तिको अनिवार्य जगेडा गर्न भन्दछन्।

 

त्यस वाट निजी प्रयासले प्रायः संभव नहुने ज्ञान, विज्ञान र धर्मका कुरामा सहयोग गर्न समेत आफूलाई योग्य हुन अनिवार्य गर्दछन्।

 

त्यस पछि उनीहरूले तपाईँ लाई बाहिरि भौतिक हैन भित्रि अध्यात्मिक त्यागको लागि तैयारी गराउने गर्दछन्।

 

जसमा तपाइको मनमा रहेको अहङ्कारको त्याग पहिलो हो। हिजोको दुख वा अप्राप्तिको दुनियाँमा रहेर आफूलाई डिप्रेस नबन्न र असन्तुष्टि रुपी दुख त्याग्न भन्दछ। भोलिको असुरक्षामा सीमित भएर एञ्जाइटि रुपी चिन्ता त्याग्न भन्छ। आजको समयमा केन्द्रित भएर आफूलाई प्राप्ति भएका सकारात्मक पक्षको पहिचान गरेर त्यसमा खुसी हुँदै नकारात्मकता त्याग्न सिकाउने गर्दछ।

 

तपाई को हो भन्ने बुझेर तपाइको जीवनको अस्तित्वको करणको समेत बोध गराएर तपाइलाई जरुरत भएको तर तपाइको जीवनको उद्देश्यको तुलनामा कम महत्त्व राख्ने भौतिक जीवन, त्यसका सुख, दुख र सुख तथा दुख दिने बस्तु र चिज प्रतिको मोह, काम, वासना आदिमा हुने आशक्ति त्याग्न भन्दछ।

 

त्यसैले सनातन चिन्नेको लागि श्रीखण्ड हो। नचिन्नेको लागि सामान्य काठ।

 

जसरी पिँध नभएको अङ्खोरामा पनि अट्दैन त्यस्तै सनातनको मर्म नबुझेको व्यक्तिमा अमृत तथा सोम रस रुपी ज्ञान, ध्यान, तप र अविचल (सङ्कल्प) आदि निर्माण गर्न आध्यात्मिक तत्त्व ज्ञान जोगाएर राख्ने आत्मबलको तह निर्माण नै भएको हुँदैन। त्यसको निर्माण नभएको व्यक्ति प्रवृत्ति र पात्र लाई भगवान् बनाउने चक्करमा आफ्नो जीवन व्यतीत गरिदिन्छ।

 

त्यसै मध्येको सबैभन्दा धूर्त र फन्डेड व्यक्तित्व समाजका सो कल्ड वैज्ञानिक प्रगतिवादी चिन्तक, लेखक र बौद्धिकको रूपमा समेत झुल्किने पर्याप्त सम्भावना पनि रहन्छ।  सोरोसको जुत्ताको कापो वाट खस्ने मात्र दारु पानी पिउन पुग्ने दुई चार डलरको खेती गर्ने नियतिको सिकार बनेका हाम्रा सो कल्ड प्रगतिबादी लेखक र सन्देश बाहक पत्रुकारहरु समग्रमा हाता लायो शून्य मै आफ्नो जीवन व्यतीत गरिदिएका छन्।

 

पिछडिएको नेपाली समाजमा लामो समय पछौटेपन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने र हाम्रो समाज भित्र निराशाको खेती गर्ने यी सो कल्ड बुद्धिजीवीहरूलाई आज परिस्थितिले समाजका सबै भन्दा बिचरा प्राणीमा स्थापित गरिदिएको छ।

 

(अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन्।)
38Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: