मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लौ एनआरएनए अध्यक्ष पदमा हामी दूइ मिलेर अघि बढ्ने निर्णय भयो ?

एनआरएनएको दुवै पक्षको कुरो प्रस्ट सबैको जनाकारीमा छ। पहिले सचिवालयमा हेम राज शर्मा अलि चाहिने भन्दा धेरै जे पनि माइक्रो म्यानेजमेन्ट गर्ने र पुरै संस्था आफू केन्द्रित गरेको देख्दा सबै वाक्क बने। एनआरएनए मा संलग्न ठुलो बौद्धिक वर्ग तथा यसमा चासो राख्ने धेरैमा हालको एनआरएनए  कार्य समिति प्रति वितृष्णा जन्माएको थियो। वितृष्णाको त्यो रूप  निकै ठुलो ध्रुवीकरणमा पुगी आजको हालतमा सङ्गठन पुगेको सजिलै अनुमान गर्न सकिन्छ।

 

पछि एउटा विभागीय मन्त्रीको त्यो पनि मात्र २-४ महिनाको लाहुरे परराष्ट्र मन्त्रीको तोक आदेश वाट एनआरएनएमा चरम राजनीति शक्ति लादेर कार्यकारी बदर, त्यो भन्दा माथिको कानुनी रूपमा  आलङ्कारिक मात्र सल्लाहकारको हैसियतमा सीमित –  मानका खातिर मानको रूपमा रहेको मिठो नाम दिइएको टोलीलाई अधिकार दिएर जुन  गाईजात्रा प्रदर्शन गरियो त्यसले एनआरएनए लाई प्रधानमन्त्रीको कारिन्दाको रूपमा हुने विभागीय मन्त्रीको पाउमा हाल्ने अक्षम्य बदमासी भयो।

 

कोही कसैलाई मारियो मात्र हैन बारम्बारको लागि काल पल्काउने दुर्भाग्य निम्त्याइयो। 

 

सरकारको एक गैर जिम्मेवार मन्त्रीको मात्र तोक आदेशले एउटा एनजिओको  जति पनि हैसियत एनआरएनए लाई नदिएर गरेको निर्णय पुनरावेदनले उल्टाएको छ। त्यो अति राम्रो हो। हुनै पर्दथ्यो।

 

चाहनुस-नचाहनुस् अब एनआरएनए संग राम्रो विकल्पको रूपमा  खुरुक्क चुनावी प्रक्रियामा अघि  बढ्ने  विकल्प मात्र उपलब्ध छ। अन्य विकल्प केवल जाल-झेल, खुराफात र सीमित कुण्ठा साध्ने र एनआरएनए लाई झन् बिगार्ने भत्काउने माध्यम हुने निश्चित हुने यकिनका साथ भन्न सकिन्छ।

 

एनआरएनएको यो हालत हुँदै गर्दा एनआरएनए बच्नु नबच्नु लाई बेवास्ता गर्दै त्यसको नेतृत्व गर्न सक्ने एउटाको टिममा बसेर एनआरएनएको कुनै पदमा पुग्ने र चर्चित हुने वा कुनै आफ्नो स्वार्थ साध्ने नियतमा परिस्थितिको फाइदा लिन केही मानिसहरू लागेको देखिन्छ।

 

तिनीहरूको अदूरदर्शी बहुलट्टी पनमा एनआरएनएको भावी  नेतृत्व लिन चाहने र उनीहरूलाई आशीर्वाद र संरक्षण केही अग्रजहरू पनि देखिनु दुर्भाग्य पूर्ण छ।

 

हाल सम्म प्रवासमा रहेका सम्पूर्ण सङ्ख्याको दस प्रतिशत प्रवासीको समेत प्रतिनिधित्व गर्न नसकिरहेको तर आफूलाई उनीहरूको प्रतिनिधि भनी घोषणा गर्ने र नेपाल सरकारको समेत मान्यता पाएको यो  एनआरएनएमा सकेसम्म सबैलाई समेट्ने र आफ्नो सङ्गठन बिस्तारमा ध्यान दिन जरुरी छ।

 

यी गुट र उपगुटमा लागेका हरूको बक बक धेरै सुनी सक्दा  एनआरएनएको वास्तविक शुभ चिन्तकहरूको भने यो कहिल्यै नसकिने मेरै गोरुको बाह्रटक्का भन्नेहरूको नचाहँदा नचाहँदै नेतृत्व गर्न पुगेका आदरणीय डाक्टर बद्री केसी र आदरणीय एनआरएनए अभियन्ता कुल आचार्य सँग फरक आशा गरेको भेटिएको छ।

 

आजको अवस्थामा एनआरएनएको असली शुभ चिन्तकहरू के चाहन्छन् तल प्रस्तुत गरिएको छ।

 

एनआरएनमा बद्रीजी र कुलजी दुबैको लगभग उत्तिकै अन्य सँग अतुलनीय ठुलो रगत पसिना बगेको छ।  सक्नु हुन्छ तपाईँहरू मिली एक जना सर्वसम्मत हुनुस्। कुलजीले बद्रीजी लाई वा बद्रीजी ले कुलजी लाई , जसले जसलाई छोड्दा पनि हुन्छ।

 

हैन लामो ध्रुवीकरणले मिल्न सकिने विभिन्न नैतिक र अन्य कारण वाट सकिने अवस्था छैन भने सबै खुरुक्क चुनावमा जानुहोस् ।  नतिजा स्विकार्नुहोस्।

तपाई दुई मा जो हारे पनि केही हुन्न। ३-४ मैनामा फेरी दोस्ती दोस्ती नै हो। मिल्न सक्नु हुन्छ। एनआरएनए लाई हार्न नदिनुस्।

 

त्यो गर्न सक्नु भएन भने, याद गर्नुस् , पुनरावेदन अदालतको निर्णयमा एरर इन जजमेन्ट छ भने मात्र सर्वोच्चले यो मुद्दा हेर्ने हो।

 

एनआरएनए जस्तोको विधानको सवाल  जुन तुरुन्तै चुनावमा जाँदै छ त्यो एरर इन जजमेन्टको मामला हुनै सक्दैन।  त्यो सर्वोच्चले हेर्ने  मुद्दा  हुनै सक्दैन। यदि  नेपालमा कानुन छ भने मुद्दा  दर्ता समेत नहुन पर्छ।

यो अनुभवको आधारको नितान्त  अनुभबमा आधारित यकिन हो।

 

अदालतको सही आदेश पश्चात् हुन गएको निर्धारित चुनाव रोक्ने जुन सुकै प्रयास एनआरएनएको हित चाहने वर्गको खिलाफमा हुनेछ। अब कि सहमतिमा जाने कि चुनावमा जाने बाहेक सबै कुरा सङ्गठनको हितमा हुने छैन। पूर्ण गलत हुने छ।

 

यो अवस्थामा कि त कुलजीहरू त्यसै बाहिरिने र बद्रीजी को प्यानलले स्वतः जित्ने हुने छ।

 

नेपालको अदालतमा कहिले काहीँ अचम्म पनि हुन्छ। त्यसो भएछ भने र मुद्दा लाग्ने हो भने त्यो निर्णय उपर फेरी अर्को मुद्दा लाग्ने छ। पुनः मुद्दा लाग्ने ग्राउन्ड आउने छ।

 

त्यो अवस्था भनेको अहिलेको कुमार पन्त जी को कार्यकारी कामचलाउ समिति  अर्को दुई वर्ष मतलब हालको एनसीसीहरूको मिति सकिने सम्म चल्ने छ।

 

चाहनुस-नचाहनुस् त्यो स्विकार्नुको विकल्प कोही सँग हुने छैन। त्यसै सीमित प्रवासी भएको एनआरएनए झन् अर्को फाटोमा पुग्ने छ। संस्था हार्ने छ।

 

यसको सबैभन्दा ठुलो मनमा पिडा बद्री केसी र कुल आचार्य लाई नै हुने छ।

तसर्थ तपाई हरूको प्यानल छोड्नुस् र दुई जना मिल्नुस्।

 

सक्नुहुन्न आ-आफ्नो प्यानलमा चुनाव लड़नुस। नतिजा स्विकार्नुस्।

अन्यथा हालकै कार्यसमिति लाई अर्को एक पूर्ण कार्यकालको शुभ कामना भने हुने भयो ?

 

कुल आचार्य र बद्री केसी तपाईहरू अब लौ अध्यक्ष पदमा हामी दूइ मिलेर अघि बढ्ने निर्णय भयो – तपाईँ साथीहरू दल, प्यानल आदि भनेर एनआरएनए सकिने बिजनेस बन्द गर्नुस्, अरू पदमा चुनावमा जाऊ, हाम्रो सहमतिको पदमा अरू कोही लड्न आउने भए आउनुस् भनेर अघि बढ्नुस् भनी घोषणा गर्ने साहस देखाउनुस्। एनआरएनए लाई न त जनजातिको राजनीति गर्ने, न काँग्रेसको राजनीति गर्ने, न कम्युनिस्टको राजनीति गर्ने नशा बोकेको झुन्डले प्रवासी नेपालीको सङ्गठन हुन दिने नै छ। 

 

त्यो भासमा जान वाट यसलाई जोगाऊ। 

 

विगतको तितो अनुभव वाट सिकौँ महसुस गरौँ।

2Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: