मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ज्ञान सम्मेलन: विज्ञ भेलाको विज्ञ तर्फका कुरा !

अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ४, ५ र ६ गरी सम्पन्न भयो। उक्त क्षेत्रीय भेलामा एक दिन ज्ञान भेला सञ्चालन गर्न हालै डाक्टर लक्ष्मी पाठकको संयोजकत्वमा डाक्टर आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको थियो। उक्त विज्ञ भेला भनिए र कमिटमेन्ट गरे अनुरूप तोकिएको समयमा सकियो।

टोरन्टो डिक्लरेसन जारि गर्ने सभामा बोल्दै वैज्ञानिक नारायण घिमिरे

टोरन्टो डिक्लरेसन जारि गर्ने सभामा बोल्दै डाक्टर आमोद पोख्रेल

इतिहासमै पहिलो पटक यस पटकको ज्ञान भेलामा कार्यक्रम सम्पन्न भएकै दिन व्हाइट पेपर सार्वजनिक गरियो। सम्मेलन सकिए लगतै टोरन्टो डिक्लारेसन जारी गरी सम्पन्न गरिएको थियो।

एनआरएनए अमेरिकी क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजन समिति अन्तर्गत गठित स्वतन्त्र विज्ञको रूपमा काम गर्ने म्यान्डेट पाएको विज्ञ समितिले सम्मेलनको लागि आठ क्षेत्र निर्धारण गरी हरेक क्षेत्रका सम्बन्धित विषय विज्ञहरूलाई सम्बन्धित विषयको ज्ञान गोष्ठीको सभापति तोकेको थियो।

आशा गरिए अनुरूप हरेक सेसन अत्यन्त अनुशासित, समय भित्रै र सान्दर्भिक विषयका गहन निचोड निकाल्दै सम्पन्न भएका थिए।

 

टोरन्टो डिक्लरेसन जारि गर्ने सभामा बोल्दै डाक्टर लक्ष्मी पाठक

 

टोरन्टो डिक्लरेसन जारि गर्दै नर्सिङ्ग सेसन चेयर पार्वती पाण्डे

विज्ञ भेलामा  जुम प्रविधि प्रयोग गरी एकै साथ तिन वटा समानान्तर सेसन मार्फत अनलाइनमा सम्पन्न भएको थियो। जसमा  क्यानडा, अमेरिका र अन्य क्षेत्रका रहेता पनि नेपाल बाट समावेश भएका र नेपाल प्राथमिकतामा परेको कार्यपत्रहरूले सेसनहरूको मुख्य समय लिएको थिए।

कार्यक्रममा विगतको भन्दा उत्साहजनक जेन्डर ब्यालेन्स भएको थियो।

पहिलो र दोश्रो ज्ञान सम्मेलनको जेन्डर ब्यालेन्स सम्बन्धको पुनराबलोकन

भेलामा सहभागीको फाइदाको लागि नभएर मिडियामा आफ्नो नाम र अनुहार देखाउने नियतमा  गुगल सर्च गरी १० तिर बाट भेटेको कुराहरू जोडेर बन्ने गरेका कार्य पत्र कार्यपत्रहरू यस पटक एकाध मात्र देखिए।

बिगत हुने गरेका डाएस्पोराहरुको सम्मेलनको चरित्र हेर्दा अत्यन्त ब्रेक थ्रु र सहि मार्गको अबलम्बन हो। जुन एक उपलब्धि मूलक कार्य भनेर  सर्बत्र तारिफ गरेको भेटियो।

तस्तै कहीँ कतै बाट ग्रान्ट मिलेका कारण गरिएका नेपालको जरुरत र माग सँग खासै अर्थ नराख्ने खालका प्रोजेक्टहरूका निचोडहरू प्रस्तुत हुने विगतका परिपाटी यस पटक रोकिएको हो कि भन्ने देखिन्थ्यो।

अर्को तर्फ वास्तविक बेवशाहीकरण हुन सक्ने कुनै भ्यालिडेसन नभएका सामान्य औपचारिक डिग्री लिने क्रममा गरिएका प्रागीक थेसिसले समेत यहाँ स्थान पाएनन्। तर नेपालको सम्ब्रिधिमा सिधै सहयोग पुग्ने विषय बस्तु जहाँ जस्तो सुकै होस् खोजी खोजी समावेश गरिएको थिए।

बिगतमा प्रबासमा हुने विज्ञ भेलाहरुमा एकातर्फ़ समाजमा सस्तो लोकप्रियता कमाउने अन्तरिक अभिलाषामा खासै कुनै कन्टेन्ट र उपयोगी मूल्य नपुगेका कार्य पत्रहरु कार्यक्रममा प्रस्तुत गर्ने, आयोजक लाइ अनाबस्यक प्रेसर पैदा गर्ने र अवसर पाए समय र अनुसासन सबै नाघेर चर्को रुपमा सबै समय खेर फाली आफ्नै गुणगान गर्न चाहनेको भिड हुने गर्थ्यो।

अर्को तर्फ मुलुकको लाइ बास्तबमै हतान्तरण योग्य ज्ञान, शिप, प्रबिधि र नलेज बेशमा पोख्तहरु सहभागी हुन समेत हिचकिचावट गर्ने परिस्थिति रहेको कसैमा छिपेको छैन। यसपटक भने त्यस्ता उत्पादन बिहिन प्रस्तुतिले खासै स्थान पाएन। एकाध देखिए तर सहभागीकै बेवास्थाका कारण आफै ठेगान लागेको होकी भन्ने आभास दिलाएको थियो।

त्यस्तै बदलिदो बजार माग नबुझ्ने, समय अनुरुप परिवर्तन पनि हुन नसक्ने, उत्पादन बिहिन पुराना, जड सुत्रबादी फगत विज्ञ आदि यो भेलामा महत्व पूर्ण भूमिकामा खासै देखा परेनन्। बरु नया विचार बोकेका, आफ्नो ज्ञान, औपचारिक शिक्षा, तालिम र सम्भंधित क्षेत्रमा उल्लेखनीय प्रगति गरेको इतिहास भएका नेपालको तत्कालिन माग रहेको क्षेत्रका युवा बर्गका विज्ञहरु सम्मेलनको आकर्षण बनिरहेको दृश्य अत्यन्त मनमोहक र सम्मोहक लाग्थ्यो।

२०१८ को सनफ्रान्सिस्को र २०२० को टोरन्टोको विज्ञ भेलाको प्रस्तुत कार्यपत्रहरूको सामान्य मूल्याङ्कन गर्दा प्राज्ञ प्रकृतिका कार्यपत्रहरू लाई अत्यन्त कम स्थानदीईएको यस पटकको भेलामा पहिलो ज्ञान भेलाको भन्दा व्यवहारिक कार्यपत्रहरूको प्रस्तुतिमा  ६८% ले सुधार भएको देखिन्छ।

तिथि मिति जुराएर हेर्दा निकै लामो अनुभवको सँगालो भएजस्तो देखिने तर बदलिँदो बजार माग र स्थानीय आवश्यकताको माग अनुरूप डेटएक्सपाएर भएका तर हेर्दा कार्यपत्र जस्ता देखिने तर जीर्ण र वास्तविक रूपमा लेख्दा लक्ष गरिएका रिडर र सहभागीको लागि मात्र कागतका खोस्टाको हैसियतमा पुगेका कार्यपत्रहरू अत्यन्त सीमित गर्न सक्नु यो ज्ञान भेलाको अत्यन्त सफल पक्ष देखियो ।

ज्ञान भेला अन्तर्गत कोभिड-१९ र यसले अर्थ तन्त्रमा पर्ने असर शीर्षक अन्तर्गत कानुन विद दिल्ली भट्ट, अमेरिका; पब्लिक हेल्थ एन्ड मेडिसिनमा डाक्टर श्याम थापा, अमेरिका; र नलेज एन्ड स्किल इन नर्सिङ प्राक्टिसमा आइसीयु नर्स पार्वती पाण्डेले सञ्चालन गर्नु भएको थियो। त्यस्तै इञ्जिनियरिङ्ग, पूर्वाधार विकास र सार्वजनिक सुरक्षा इन्जिनियर केदार श्रेष्ठ, इनर्जी, वातावरण, विज्ञान तथा प्रविधिमा वातावरण पत्रकार सहज मान श्रेष्ठ, अमेरिका; र शिक्षा,सामाजिक सुदृढीकरण र न्यायिक विकासमा डाक्टर हरि गुरुङ, क्यानडाले सेसन सञ्चालन गर्नु भयो।

 

 

अन्य सेसन जस्तै कृषि, बन तथा एलाइड सेक्टरमा डाक्टर कृष्ण हरि गौतम, क्यानडा; इनोभेसन, उधम्शिलाता र टेक्नोलोजी सेयारिंगमा  डाक्टर मनोज कार्की, अमेरिकाले चलाउनु भएको थियो। सम्पूर्ण सेसनहरू चलिरहँदा व्हॉइट पेपर जारी गरिएको थियो।

योजना आयोगका उपाध्यक्ष माननीय पुष्प राज कँडेल लाई सेसनकै क्रममा औपचारिक रुपमै ई- हस्तान्तरण गरिएको व्हॉइट पेपर !

 

Download (PDF, 2.15MB)

 

जुन इनोभेसन सेसनमा सहभागी योजना आयोगका उपाध्यक्ष माननीय पुष्प राज कँडेल लाई सेसनकै क्रममा ई- हस्तान्तरण गरिएको थियो। सेसन सकिना साथ छुटै  टोरन्टो डिक्लारेसन जारी गरिएको थियो।

 

सम्पूर्ण सेसन सकिना साथ तुरुन्तै जारि गरिएको औपचारिक टोरन्टो डिक्लारेसन।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: