मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

छिमेकी अमेरिकामा एनआरएनएको चुनावी माहोल डा.बन्जाडेको पक्षमा।

नर्थ अमेरिकी क्षेत्रमा बसोबास गर्ने अधिकतम नेपालीहरू नर्थ अमेरिका पुगे पछि पनि नेपालको थोत्रो राजनीतिको साँगुरो घेरामा सीमित रहेर समाजलाई विभक्त गर्ने सङ्कीर्ण विचार बोकेका भुइफ़ुत्ताहरुको व्यवहार वाट दिक्क वाक्क बनेका हुन्छन।

अमेरिकी एनआरएनएको नेतृत्वमा जनसम्पर्क समितिको चुरीखुरी र क्यानडामा प्रवासी नेपाली मञ्चको मिचाइ उत्तर अमेरिकामा एनआरएनए भन्ने बित्तिकै प्रवासी नेपालीहरुको नाक खुम्चाउने अवस्थाको कारक बन्ने गरेको निकै भैसक्यो।

 

पछिल्लो समयमा अमेरिकामा गौरी जोशी र क्यानडामा चिरञ्जीवी घिमिरे जस्ता तुलनात्मक रूपमा एनआरएनएको भावना अनुरूप संस्थालाई चलाउन  चाहने मानिसहरू एनआरएनएको नर्थ अमेरिकामा देखिए पनि जनसम्पर्क र प्रवासी नेपाली मञ्चले एनआरएनएको संगठनिक संरचना आफ्नो नियन्त्रणमा लिने र आफ्नो पार्टीको विशेष हितमा दुरुपयोग गर्न चाहने गतिविधि रोकिएकै अवस्था भने होइन।

 

एकातर्फ मानव तस्करहरूलाई आफ्नो भूमिगत सञ्जाल फैल्याउने विकल्प उत्तर अमेरिकी क्षेत्रका एनआरएनएलाई हुन नदिन र अर्को तर्फ नेपालको सङ्कीर्ण राजनैतिक उद्देश्य पूर्ति गर्ने थलो बनाउन वाट रोक्न यो संस्थाको नेतृत्वमा विगतमा कहिलै हुन नसकेको अत्यन्त दुर्लभ, विशिष्ट पाँच गुण युक्त व्यक्तिगत र सामाजिक चरित्र बोकेको नेतृत्वको खाँचो देखिन्छ।

 

जस अन्तर्गत पहिलोमा इमानदारी वा इन्टेग्रिटी रहेको व्यक्ति भूमिकामा देखिनु जरुरी छ। शैक्षिक योग्यता, कार्य क्षेत्रको अनुभव, पेशागत उत्कृष्टताको हिसाबमा समेत एनआरएनएको नेतृत्वमा रहेको मानिसमा अन्तर्राष्ट्रिय चिन्तन युक्त विचार र खुबी रहनु अनिवार्य छ। जसको लागि इमानको खडेरी नपरेको प्रमाणित व्यक्तिको अनिवार्यता रहन्छ।

 

मानिसको हिजोको वा आजको विचारधारा नेपालको कुनै राजनीति पार्टी सँग हुनु कुनै आपत्तिजनक विषय हैन। तर जुनसुकै राजनैतिक विचारधाराको नजिक रहे पनि अमेरिका, क्यानडा जस्तो मुलुकमा रहेर एनआरएनएको गतिविधि बारे निर्णय गर्दा निष्पक्ष रहेर गर्न सक्ने खुबी युक्त उच्च चरित्र देखाउन सक्ने व्यक्तिको अनिवार्यता छ।

 

हिजो एनआरएनएमा रहेका कतिपय नेतृत्व हरेक कुराहरू लाई नेपालको राजनीतिले ओतप्रोत बनेको फुलो परेको आँखाले हेरी निर्णय गरिदिने गरे। त्यसैको ऐजेरु स्वोरुप अझै कतिपय भुइफ़ुत्ता वर्ग एनआरएनएमा आफ्नो हैकम जमाउन उद्धत समेत छ।

 

नाममा एनआरएनए काममा नेपालका पार्टीका पुच्छरका टुप्पाका झर्न-झर्न लागेका रौँ बनी गतिविधि सञ्चालन गरिदिने गर्दा नेपाली मूलका ठुलो सङ्ख्याका डायस्पोराहरूमा एनआरएनए भन्यो कि वितृष्णा जन्मिने फोबिया भित्र्याई दिए।

 

विगतमा पेसागत लाभको लागि एकत्रित भएका मानव तस्कर, मानवता प्रताडित वर्ग, मानवता विहीन स्वार्थ सिद्धिको लागि एनआरएनएको पद, प्रतिष्ठा तथा अनैतिक वा सङ्कीर्ण स्वार्थ हत्याउन लागे। भ्रष्टताको नियत पूर्ति गर्न सक्रिय रहेको प्रवासी माफियागिरिले यो संस्थालाई यसरी गाँज्यो कि नेपाली डायस्पोराहरू यसको सदस्य हुँ भन्न समेत लाज मान्ने अवस्थामा पुगे।

 

विगतको मात्र १-२ कार्यकालमा  यसमा केही सुधार आएको महसुस हुन्छ। अब यो संस्थालाई सके पूर्ण रूपमा माफियागिरि मुक्त नसके त्यो प्रवृत्तिले टाउको उठाउन नसक्ने अवस्था सृजना गर्न सक्ने इमानदार नेतृत्व आजको आवश्यकता बनेको छ।

 

इमानदारी भए पनि क्षमता वान भएन भने व्यक्तिले संस्थालाई लैजानु पर्ने दिशामा लान सक्दैन रहेछ। संस्थालाई माफिया गिरिका सर्दारहरूले आफ्नो कब्जामा पार्ने रहेछन्।

 

संस्थाको आमूल रूपान्तरणको लागि अमेरिकाका अध्यक्ष सुनिल शाह जस्तो एकाध असल नेतृत्व संस्था भित्र भएर मात्र समेत पर्याप्त नहुने रहेछ।

 

गौरी जोशी जस्ता एक दुई  क्षमतावान, राम्रा र एनआरएनए डायस्पोराहरूका हाम्राहरू  संस्थालाई शुद्धीकरण गर्ने आँट सहित छिर्दैमा त्यहाँको भ्रष्टीकरण भएको संस्कार सङ्लिन समय लाग्दो रहेछ।

 

सुनिल शाह, गौरी जोशी जस्ता गुणकारी व्यक्तिहरू रातारात संस्थामा धेरै भित्राउने सामाजिक चाहना त्यति सजिलै पुरा नहुने रहेछ।

 

अत्यधिक राम्रा र हाम्राले एनआरएनएको चुनावी नेतृत्वका सहभागी हुन सम्म अनिच्छा देखाइरहेको हालको सन्दर्भमा तुलनात्मक रूपमा भएका र उम्मेदवारी दिएका मध्ये क्षमतावान् व्यक्ति छान्नु पर्ने बाध्यता नर्थ अमेरिकी क्षेत्रमा रहेका यसका मतदाताहरुमा रहेको छ।

 

अर्को तर्फ आगामी दिनमा एनआरएनए केन्द्रको प्राय: धेरै मुख्य पदहरुमा नर्थ अमेरिकी क्षेत्रको एनआरएनएहरू वाट पदाधिकारीहरू पुग्न नसक्दा  एनआरएनए केन्द्रको भविष्यनै अन्धकारमय हुने निश्चित प्राय: रहेको नर्थ अमेरिकी क्षेत्रका डायस्पोराहरूले बुझ्न जरुरी बनेको छ।

 

आउँदो एनआरएनए केन्द्रको एक नेतृत्व पश्चात् जापान क्षेत्रमा काम गर्ने महेश श्रेष्ठ बाहेक हालको एनआरएनए केन्द्रको कार्यकारीमा भावी एनआरएनएलाई प्रभावकारी नेतृत्व दिन सक्ने काबिल नेतृत्व मात्र अमेरिकी क्षेत्र सँग रहेको छ।

 

एनआरएनए केन्द्रलाई नर्थ अमेरिकी क्षेत्रको नियन्त्रणमा ल्याउन नर्थ अमेरिकी क्षेत्रले आफ्नो डायस्पोराहरू वाट जिबा लामिछाने जस्तो शालीन र शेष घले जस्तो जसको लागि हैन सेवाको लागि समय दिने नेतृत्वको विकास गर्न जरुरी देखिन्छ।

 

उक्त क्षमता र गुणस्तरको नेतृत्व विकास नर्थ अमेरिकी क्षेत्रले समयमै गरेन भने एनआरएनए केन्द्र  नेपाली डायस्पोराहरूको भरोसाको संस्था समेत नरहने लगभग निश्चित छ।

 

यसको लागि अमेरिकी क्षेत्रले समेत केही अनिवार्य सर्त पुरा गर्नु आवश्यक हुनेछ।

 

एउटा सामान्य तरकारी पसल चलाउन समेत क्षमतावान् व्यक्ति नेतृत्वमा रहनु आवश्यकता पर्ने आजको दुनियाँमा कम्तीमा नर्थ अमेरिकी क्षेत्रको एनआरएनएमा दलाल, तस्कर र माफिया तथा तिनका भारदारहरू पुग्न नसक्ने गरी यो क्षेत्रको मतदाताहरुले आफूलाई तयार गर्न जरुरी छ।

 

साथै यसमा नेपालको राजनीति हैन जुन देशमा बसिन्छ त्यही देशको राजनीतिक एजेन्डा बारे आफ्नो समुदायलाई सचेत गर्ने र सामूहिक हितका लागि अघि बढ्ने रणनीतिक र कार्यनीतिक योजनाले भरिपूर्ण हुनु पर्दछ।

 

एकातर्फ आज हामीलाई अमेरिकी क्षेत्रमा सामान्य सुझबुझ (कमन-सेन्स) भएको नेतृत्वको खाँचो परिरहेको छ ।

 

अर्को तर्फ कसरि  नर्थ अमेरिकी क्षेत्रका डायस्पोराहरूको धन, ज्ञान, सिप र प्रविधिमा  रहेको पहुँच नेपालको हितमा तथा अमेरिकी क्षेत्रमै हुर्कीरहेको दोस्रो पुस्ताको उत्थानमा अधिक सदुपयोग गर्न सकिन्छ भन्ने विचार वा आइडिओलजीको धनी टिम अमेरिकी र क्यानेडियन  एनआरएनएको नेतृत्वमा स्थापित गराउन जरुरी छ।

 

आजको एनआरएनए केन्द्रका मुख्य पदमा रहेका कुमार पन्त, बद्री केसी जस्ता व्यक्तिहरु र पूर्व अध्यक्षहरूको शालीन उपस्थिति बाहिरवाट हेर्दा जति सुन्दर, क्षमतावान र काबिल देखिन्छ उनीहरूको व्यस्तताको दुरुपयोग गर्दै यसको सचिवालयका मुख्य हर्ताकर्ताहरू फगत आफ्नो मात्रै दुनो सोझ्याउने नियतमा सचिवालय नै क्यापचर गरी संस्थालाई आफ्नो क्षमताको दुई प्रतिशत समेत काम गर्न नदिने गरी पक्षाघात गराई रहेको यथार्थ अमेरिकी क्षेत्रले निकै पहिले देखि महसुस गरेकै हो।

 

एनआरएनए केन्द्रको केन्द्रीय सचिवालय लाई आफू र आफ्ना सोहोदरहरुको मात्र पेवा जस्तो सञ्चालन गर्ने हालको प्रवृत्तिलाई संस्थावाट सदाको लागि बिदा गर्ने हैसियत एनआरएनएको संरचना भित्र मात्र नर्थ अमेरिकी एनआरएनए डायस्पोराहरूले राख्दछन।

 

आफ्नै सचिवालयको “कु” मा परेर एनआरएनए केन्द्रीय कार्यसमितिको क्षमतामा कम्प्रोमाइज गर्नुपर्ने हालतमा भावी सचिवालयले भूमिका खेल्न नसकोस् भन्नका खातिर समेत एनआरएनएको केन्द्रीय भूमिकामा अमेरिकी क्षेत्रको प्रभावकारी उपस्थितिको जरुरत देखिन्छ।

 

यो कुराको मनन गरेर पनि नर्थ अमेरिकी क्षेत्र मुलत क्यानडा र अमेरिकाका एनआरएनए एनसिसिका सदस्यहरू अधिक सङ्ख्यामा एनआरएनए केन्द्रको केन्द्रीय नेतृत्वमा पुग्नु अनिबार्य बनेको छ।

 

संयोग बस क्यानडाको छिमेकी राज्य अमेरिकाको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) २०२१-२०२३ कार्यकालका लागि डा. अर्जुन बन्जाडेले अध्यक्ष पदमा उम्मेदवारी दिने हालैको घोषणा सम्पूर्ण अमेरिकी क्षेत्रकै प्रवासी नेपालीहरूको लागि उत्साहको खबर बनेको छ।

 

जुन अमेरिकी क्षेत्रकै लागि सौभाग्य समेत हो। अब क्यानडाले समेत त्यस्तै जुझारु र काबिल एनआरएनए एनसीसीको नेतृत्व गर्ने व्यक्ति फेला पारोस् भन्ने क्यानेडियन नेपालीहरुले कामना गरौँ।

टेक्सस राज्यमा बस्दै आएका बन्जाडे एनआरएनए एनसीसी अमेरिकाका हालका बरिष्ठ उपाध्यक्ष समेत हुन्।अमेरिका निवासी वरिष्ठ कानुन व्यवसायी खगेन्द्र जिसीका शब्दमा डा. बन्जाडे  हालका सबै उमेद बार भन्दा अधिक समय एनआरएनए एनसीसी अमेरिकाको लागि समय दिने, अमेरिकाको  एनआरएनए एनसीसीको नेतृत्वलाई नभई नहुने बौद्धिकता, सांगठानिक कुशलता र स्मार्ट कार्य सम्पादन क्षमता भएका सम्पूर्ण रूपमा योग्य अध्यक्षको उम्मेदवार हुन्।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र अमेरिकाका आधिकारिक जनसम्पर्क समितिका सभापति अर्जुन विष्टको भनाइमा डा. बन्जाडेले विगतमै केशव पौडेल लगायतको धेरै वरिष्ठहरूको अनुरोधमा यो कार्यकालमा  डा. बन्जाडेलाई सहयोग गर्ने बचन दिएर सुनिल शाहलाई एनआरएनए एनसीसी अमेरिकाको हालको अध्यक्ष पद छोड्न र जिताउन सहयोग गरेका थिए। यस पटक सीमित व्यक्तिहरू आफ्नो स्वार्थ र सङ्गठनमा आफ्नो हाली मुहाली जमाउने दूषित प्रयासमा अन्य अनपेक्षित व्यक्तिलाई उम्मेदवारको उपमा उठाएर समस्या झिकेको विष्टको भनाइको आशय छ।

 

बिध्वतमा डा. आमोद पोख्रेल, क्षमता र करुणामा गौरी जोशी, इमानदारितामा सुनिल शाह, मैत्री पूर्ण सह-अस्तित्वको सामाजिक कार्य दक्षतामा डा. तारा सिग्देल र महिलाको सामाजिक अधिकारको लागि सम्झौता नगर्ने चरित्रमा रविना थापा जस्ता सबै अमेरिकी हस्तीहरूको एकै साथ सम्झना दिलाउने खुबी, हैसियत, क्षमता र गुण एवम् नियत बोकेका डा. बन्जाडे नेपालको अर्घाखाँची जिल्लामा जन्मिएर तपाई हामीले भोगेका सबै प्रकारका सङ्घर्षका कहानी भोगेरै आज टेक्ससको टरेंट काउन्टी कलेजमा डाइरेक्टर अफ स्टेट रिपोर्टिङको उच्च पदमा कार्यरत रहेका छन्।

 

अर्घाखाँची जिल्लाको गाउँकै सरकारी सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी गरी अमृत कलेज काठमाडौँ बाट आईयससि, त्रिचन्द्र वाट बियससि, कीर्तिपुर वाट मास्टर गरेका बन्जाडे सँग न्यु-ईरा, रत्न राज्य लक्ष्मी क्याम्पसमा (उप-प्राध्यापक), जोह्न्स होप्किंस युनिभर्सिटी काठमाडौँ लागतमा काम गरेको अनुभव छ।

 

सन् १९९८ मा ओहिओ युनिभर्सिटीमा मास्टर डिग्री अध्ययन गर्न अमेरिका आएका बन्जाडेले एमए पछि सोही युनिभर्सिटी बाट मास कम्युनिकेसनमा पिएचडी गरे।

 

एकताका नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य, सदस्य-सचिव, जनसम्पर्क समिति अमेरिकाको तर्फबाट नेपाली काँग्रेस पार्टीको महाअधिवेशन प्रतिनिधि समेत बनेका बन्जाडे एनआरएनए एनसीसीमा लागेपछि भने आफू जनसम्पर्क समितिको कुनैपनि गतिविधिमा जनसम्पर्क समितिको कार्यकर्ताको रुपमा नलागेको बताउदछन।

 

जानकारहरू राजनैतिक विचारधारामा बन्जाडे हाल पनि नेपाली काँग्रेसकै नजिक रहेको वताउने गर्दछन। उनीहरुको निष्कर्षमा काँग्रेस सँग विचार धारामा नजिक रहे पनि अमेरिका, क्यानडा जस्तो मुलुकमा रहेर एनआरएनएको गतिविधि बारे निर्णय गर्दा निष्पक्ष रहन सक्नु पर्छ भनी विगतमा काम मार्फत नै आफ्नो क्षमता र नियत प्रष्ट पार्न बन्जाडे सफल बनेको उनीहरुको अनुभब छ।

 

हाम्रो स्यम्प्लिंग छानबिनमा समेत बन्जाडे निष्पक्ष रहेर राजनीतिक प्रभाव मुक्त रहेर फ्री एन्ड फेयर काम गर्न सक्ने खुबी भएका एक उच्च चरित्रको सामाजिक व्यक्ति रहेको देखाएको थियो। बन्जाडे जुन पदमा अमेरिकामा कार्यरत त्यो पद प्राप्तिमा अत्यन्त उच्च नैतिक चरित्र तथा ब्यवशाहिक तथा पेशागत ईन्टीगृटि बिना सम्भव रहँदैन।

 

यूयस-नेपाल पोसिली रिसर्च सेन्टरमा स्थापनाकाल देखिनै संलग्न बन्जाडे टेक्ससको टरेंट काउन्टी कलेजको गने-चुनेका बौद्धिक श्रोत व्यक्ति मद्धेमा एक पर्दछन। अत्यन्त मधु-भाषी सबैको माइडिएर रहेका बन्जाडेलाई कसै कसैले उनको शालीनता र सुनिल शाहको सबैमा सकारात्मकता देख्ने असल नियतलाई जनसम्पर्क समितिले बिगतमा दुरुपयोग गर्ने गरेको बताउने गर्दछन्।

 

अमेरिकामा डाक्टर आमोद पोख्रेल आफै हत्तपत्त  एनआरएन एन अमेरिकाको चुनाव जस्तो विषयमा बोली हाल्ने मान्छे होइनन। अमेरिकामा रहेका औलामा गन्न सकिने धेरै काबिल नेपालीहरू मद्येका एक हुन् डाक्टर आमोद पोख्रेल।

गत अप्रिल २७ मा फेसबुक स्ट्याटसमा डा. पोखरेलले लेखेका छन्:

 

शुभकामना छ डा. अर्जुन बञ्जाडे : सन्दर्भ आगामी एनआर एन अमेरिकाको चुनाव। गत हप्ता एनआर एन-अमेरिकाको आउदो निर्बाचनमा अध्यक्ष पदका लागि डा. अर्जुन बञ्जाडेलाई नामांकन गर्ने सम्मान पाएको थिएँ । डा. बञ्जाडेसँग मैले दस वर्षदेखि काम गर्दै आएको छु । उहाँ संग काम गर्दा मैले उहाँलाई सधैँ भरपर्दो, प्रभावकारी, र निष्पक्ष पाएको छु । उहाँ कम बोल्नु हुन्छ तर परिणाममुखी नेता हुनुहुन्छ। उहाँमा युवालाई प्रेरणा दिने, महिला नेतृत्वलाई सम्मान गर्ने र बलियो र एकताबद्ध एनआरएनए निर्माणगर्न सक्ने क्षमता छ । उहाँलाई मेरो साथ तथा समर्थन का साथै, उहाँ र उहाँको टोलीलाई अग्रिम बधाई दिन चाहन्छु।

 

यथार्थमा डाक्टर बन्जाडेको कुशल सम-भावी नेतृत्व, गौरी जोशीको सहनशीलता, सुनिल शाहमा रहेको सकारात्मकता र रविना थापामा रहेको सचेतता युक्त जुझारुपन अमेरिकी क्षेत्रमा एनआरएनए एनसीसीलाइ अघिल्ला कार्यकालहरूमा जस्तो जनसम्पर्क समितिमय हुन नदिन अहम बनेको बौद्धिक समुदायका धेरै व्यक्तिहरूले स्वीकार्दछन। डाक्टर बन्जाडेको सस्थाको इन्टेग्रिटीमा कुनै सम्झौता नगर्ने गुण र त्यसलाई कायम राख्ने क्षमता तथा उच्च नैतिक चरित्रमा कसैमा शंका रहेको अबस्था समेत देखिदैन।

 

आफ्नो उम्मेदवारी संगै बन्जाडेले आफ्नो कार्यकालमा आफ्नो सोचमा रहेको महत्वपूर्ण योजनाहरुको समेत उल्लेख गरेका छन्। जस अन्तर्गत सदस्यता प्रणालीमा नयाँ बिधि, सूचना प्रणाली, गैरआवासीय नेपाली नागरिकता, अमेरिकी राजनीतिमा नेपालीहरूको पहुँच ब्रिद्दि गर्ने नेपाली मूलका अमेरिकीहरुको राजनैतिक फोरम, ग्रुप इन्सुरेन्स जस्ता कुराहरु आदि संलग्न छन्।

 

विगतका एनआरएनए एनसीसीका योजनालाई समेत समय अनुकुल नयाँ योजनाहरू थप्दै जाने आफ्नो योजना रहेको बन्जाडे बताऊदछन।

अमेरिकाको एनआरएनए एनसीसीमा डा. बन्जाडेको उम्मेदवारी आए सँगै अमेरिकाका प्रवासी नेपालीहरूमा आएको उत्साह बिच क्यानडामा रहेका प्रवासी नेपालीहरूमा आफूले पनि अमेरिकाका नेपालीले पाएको उम्मेदवार डा. बन्जाडे जस्तै उम्मेदवार पाउन सके हुने भनी चर्चा सुरु भएको छ।

 

अमेरिकामा जस्तो क्यानडामा अध्यक्ष पदमा हुने उम्मेदवारी प्रत्यक्ष नभएर अप्रत्यक्ष हुनेहुँदा क्यानडाको चुनावी रेसमा डा. बन्जाडे जस्तो क्यारिज्म्याटिक व्यक्तित्व बिरलै उत्रने गर्दछन्।

 

जसले गर्दा अमेरिकाको एउटा प्रान्तमा हुने च्याप्टर बराबरको समेत अन्तर्राष्ट्रिय चर्चा एनआरएनए एनसीसी क्यानडाले पाउने गर्दैन। आशा गरौँ भविष्यमा यो क्रम भङ्ग हुने छ।

101Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: