मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको आँखामा शरीरको सात चक्र !!

वेद र विज्ञान सन्दर्भमा चक्र के हो ? 

शरीरको सात चक्र बारे वैज्ञानिक जानकारी !!

 

नारायण घिमिरे, अथर्ववेदाचार्य।

 

शरीरको सात चक्रले मानिसमा हुने चेतनाको विकासको फरक फरक हद बारे हामीलाई जानकारी दिन्छ। मानिसको चेतना त्यसको हदको स्तर अनुरूप फरक फरक  केन्द्र बिन्दुमा आधारित रहेर सञ्चालित हुने अवधारणा अनुरूप मानव शरीरको चैतन्य शक्तिको सात चक्रमा विभक्त गरिएको छ। फरक फरक केन्द्रमा केद्रिकृत  मानव चैतन्य शक्तिले फरक फरक स्तरको चेतना रुपी मानवको निर्माण गर्दछ भन्ने शरीरको चक्र विज्ञानको मान्यता रहेको छ।

 

मानव चेतना रुपी सात चक्र लाई विज्ञान अनुरूप मानिसको मस्तिष्क र त्यसको उपयोगको सन्दर्भमा जोडेर हेर्न सकिन्छ। मानिसले आफ्नो मस्तिष्कको भरपुर उपयोगको लागि वेद, विज्ञान, योग, धर्म शास्त्र ज्ञान , कथा, साहित्य, निश्चित विषय बस्तुमा दीने लगनशीलता आदि सबै उपाय अपनाउन सक्ने यथार्थ समेत यसले हामीलाई अवगत गराउने गर्दछ। वेद र विज्ञानको आँखा बात हेर्दा शरीरका ती सात चक्र हरू यस प्रकार देखिन्छ।

 

मूलाधार चक्र: मूलाधार चक्र प्रजनन अङ्गको नजिक हुन्छ। आजको संसारको यथार्थमा ९९.९९ % व्यक्तिहरू आफ्नो चेतनाको अधिक समय यही भागमा सीमित रहेर आफ्नो सम्पूर्ण जीवन बिताउने गर्दछन्। उनीहरूको जीवन आफ्नो सुरक्षाको जोहो पश्चात् बस “खाओ, पिओ, मोज गरो” मा सीमित रहेर मूलतः प्रजनन सुख बारेको सोच रुपी रेप्टेलियन दिमागी हालवाट जीवन सकिन्छ। उनीहरूको मूल ध्यान हमेसा विपरीत लिङ्गीको हन्टिङ्गमा केन्द्रित हुन्छ। जो व्यक्ति यो चेतनाको हदमा सीमित छन् उनीहरू मूलाधार चक्र चक्रको परिधिमा जीवित रहेको मानिन्छ।

 

स्वाधिष्ठान चक्र: स्वाधिष्ठान चक्र चेतनामा हुने उन्नत विकास तथा योग आदिको साधना वाट जब मानिसको चेतना अधौमुखी वाट ऊर्ध्व मुखी  चरित्रको बन्दछ, त्यति बेला उ अत्यन्त धेरै आफ्नो कर्ममा लिन हुने क्षमता विकास गर्दछ। यौन तृप्ति लिँदै अन्य मोज मस्तीमा समेत संलग्न हुन्छ। आफ्नो कार्यमा समेत ध्यान लगाउने त्यस्तो व्यक्तिमा प्रजनन सुखको लागि विपरीत लिङ्गीको हन्टिङ्गमा लाग्ने बैगुन भने हुँदैन। यस्ता व्यक्ति कुनै व्यवसाय  र कर्ममा लागेका हुन्छन्। आफ्नो भोलिको जरुरत पूर्ति गर्ने, परिवारको समेत जरुरतको जोहो गर्ने गुण स्वाधिष्ठान चक्रको हुन्छ। प्रजनन अङ्ग वाट चार अङ्गुल माथि रहने यो चक्र व्यक्ति लाई घुमफिर गर्ने, फिल्म आदि हेर्ने, साहित्य पढ्ने आदिमा रुचि हुन्छ। यस्ता व्यक्ति नीच चरित्र देखाउँदैनन। यिनीहरुको दिमागले बिचको लिम्बिक ब्रेनसमेतको उपयोग गरेको भेटिन्छ। मनोरञ्जनात्मक सामग्री, साहित्य आदि रुचाउने यिनीहरु आफै भने त्यस्तो मनोरञ्जनात्मक सामग्री, साहित्य आदिको सृजना गर्न चासो र खुबी रहँदैन।

 

मणिपूरक चक्र: चेतनाको हद स्वाधिष्ठान चक्र अधिक विकास हुँदा व्यक्तिमा इनर्जीको चक्र नाइटोको बिच भाग केन्द्रित रहेको भेटिन्छ जसलाई मणिपूरक चक्र भनिन्छ। मणिपूरक चक्र सक्रिय रहेको मानिस आफ्नो जिम्मेवारी को काममा तल्लीन भएर लाग्ने, आफ्नो चाखको विषयमा सबै कुरा भुलेर लाग्ने चरित्रको देखिन्छ। लेखक होस् वा अनुसन्धान गर्ने व्यक्ति, विषय विज्ञता लिएको डाक्टर होस वा कुनै सृजना गर्ने व्यक्ति, कलाकार, सङ्गीतकार जसको चेतना बिचको लिम्बिक ब्रेन र  प्रि-फ्रन्टल कोर्टेक्स समेतको उपयोग मार्फत विकास भएको हुन्छ। लुकी छिपी यौन तृप्ति र मोज मस्ती समेत भाग लिने यस्ता प्रकृतिका मानिसको दिमागको मूलतः लागेको काम वा कर्मको पछि पर्ने र जसरी पनि पुरा गर्ने सोखको नसा दिने भाग सक्रिय रहेको हुन्छ।

 

 

अनाहत चक्र: मुटु अर्थात् हृदयको स्थानमा हुने चक्रलाई अनाहत चक्र भनिन्छ। चेतनाको विकास मणिपूरक चक्र भन्दा माथि पुग्दा मानिसको चेतन शक्ति हृदय केन्द्रित भएर सञ्चालित भएको हुन्छ। यस्तो व्यक्ति अत्यन्त संवेदनशील र सृजनशील क्षमताको बन्दछ। नवप्रवर्धन र सृजनशील काममा लागेको, अर्काको समस्या, दुःख, दर्दमा अत्यन्त करुणा र गहिरो भावनाले समेत जोडिने बन्दछ। यस्तो व्यक्तिमा लिम्बिक ब्रेन र  प्रि-फ्रन्टल कोर्टेक्स दुवैको उपयोग निकै उच्च हुने गर्दछ। अहिंसा युक्त निष्पक्ष यौन कार्यमा सामान्य रूपमा सहभागी हुने यस्ता व्यक्तिहरू सभ्य सामाजिक मनोरञ्जन कार्यमा समेत सामेल हुने गर्दछन्। लिम्बिक ब्रेनको संवेदनशील र सृजनशील भाग अत्यन्त ऊर्जाशील रहेका यस्ता व्यक्तिहरू प्राय: सफल वैज्ञानिक, सामाजिक सुधारक तथा परोपकारमा दानगर्ने सफल व्यक्ति हुने गर्दछन्।

 

विशुद्धि चक्र : अनाहत चक्र भन्दा माथि उठेको चेतनाको स्तरको चैतन्य शक्ति मानिसको रुद्र घण्टी केन्द्रित भएर सञ्चालित हुने गर्दछ जसलाई विशुद्धि चक्र भनिन्छ। यस्ता व्यक्तिमा संवेदनशील र सृजनशील क्षमताका अतिरिक्त अत्यन्त मिठो र प्रस्ट संग विषय बस्तुलाई अन्य सामु प्रस्तुत गर्न सक्ने क्षमताको विकास भएको हुन्छ। विषय बस्तुको समझमा भएको प्रस्टता, दैनिक आचरणमा देखिने शुद्धता आदि र अभिव्यक्त गर्ने कलाको विशुद्धिका कारण यिनीहरूको भनाइमा निकै धेरै व्यक्तिहरूले विश्वास गर्ने, यिनीहरूलाई सुन्ने र पच्छाउने गर्दछन्। त्यस्तो व्यक्ति समाजको निकै प्रभावशाली तथा शक्तिशाली व्यक्ति समेत बन्दछन्।

 

 आज्ञा चक्र: दुई आँखाको बिचमा हुने पाइनल ग्रन्थि अर्थात् तेस्रो नेत्रमा केन्द्रित चक्र लाई आज्ञा चक्र भनिन्छ। मानव चेतनाको विशुद्धि चक्र भन्दा समेत विकसित रूप आज्ञा चक्र केन्द्रित भएर चल्ने चैतन्य शक्ति हो। आज्ञा चक्र केन्द्रित भएर चल्ने चैतन्य शक्तिको सीमित दायरा बाहिरको हदमा पुगेर कुनै पनि कुरालाई तुरुन्तै बुझ्ने र त्यसको चुरो मर्म निकाल्न सक्ने खुबी विकास भएको हुन्छ। विशुद्धि चक्रको स्तरको चेतना भन्दा अत्यन्त छिटो विषय बस्तुको गहिराइमा पुग्ने र त्यसको सार बाहिर निकाल्ने खुबीले त्यस्तो व्यक्ति लाई हरेक समय धन्यता प्राप्त हुने र धन्यताको महसुस हुने गर्दछ। आफ्नो, दक्षता,  निपुणता, करुणा भाव, विषय सन्दर्भको चुरो ज्ञानले त्यस्ता व्यक्तिहरू ब्लिश अर्थात् परम आनन्दमा आफ्ना क्षणहरू गुजार्न सक्दछन्।

 

 

सहस्रार चक्र: मानिसको टुप्पी रहने स्थानको चक्र जसलाई शून्य चक्र समेत भनिन्छ त्यसलाई सहस्रार चक्र भनिन्छ। आज्ञा चक्र अर्थात् मानव अनुभूतिको परम आनन्द सामूहिक चेतनाको असीमित आनन्द संग जोडिने बिन्दु लाई शून्य र शून्य केन्द्रित रहेर परिचालन हुने चैतन्यको चक्रलाई सहस्रार चक्र भन्ने गरिन्छ। शून्य चक्रको केन्द्र मार्फत आज्ञा चक्रमा रहेको चेतना लाई नयाँ नयाँ उत्कृष्ट सत्य ज्ञानहरूको उपलब्ध हुने गर्दछ। अनन्त ज्ञानको (इन्फिनिटी) संयोजन बिन्दु शून्य (शून्यता) मानिसलाई सत, चित र आनन्द अर्थात् सच्चिदानन्द प्राप्तिको मार्ग बनिदिन्छ। सच्चिदानन्द लाई परमात्माको प्राप्ति समेत भन्ने गरिन्छ। जुन मानिसले प्राप्त गर्न सक्ने सबैभन्दा उच्च चेतनाको रूप हो।

 

 

 

सारांशमा, वेद र विज्ञान लाई छुट्टाएर हेर्ने विगतका हाम्रा हाम्रो गलत परम्पराले हामीलाई शरीरको सात चक्रहरू यथार्थमा के हुन् भन्ने समेत प्रस्ट ज्ञान हुन सकेन।  तिनीहरूलाई कसरी सक्रिय गरी मानवीयता र धर्मको रक्षा गर्न सकिन्छ भन्ने पक्ष उजागर गर्न समेत हामी अलमलिन पुगेको अवस्था रह्यो।

 

विज्ञान मार्फत हाम्रा भौतिक जीवन सहज गर्ने तरिका पहिल्याउने र वेद मार्फत हाम्रो आध्यात्मिक क्षमतामा विकास गर्दै प्रकृतिले दिएको अथाह श्रोत र सम्भावनाको प्रकृति मैत्री रहेर सदुपयोग गर्ने विधि प्राप्त गर्न हिजो हामी चुक्न पुगेका पक्कै हौँ।  तर आज समय परिवर्तन भएको छ। वेद, विज्ञान, योग, सम्पूर्ण धर्म शास्त्र, कथा साहित्य आदि सबै मानव चेतना सहस्रार चक्र सम्म पुर्‍याउने नियतमा हामीले प्राप्त गरेका रहेछौ। जसलाई हामीले हिजो पहिचान गर्न सकेनौ।

 

हिजो पहिचान गर्न नसके पनि  आज यसका गहिरो पक्षको ज्ञान हामीले पाएका छौ।  यसले हाम्रो आर्थिक, भौतिक, शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक सबलतामा एकै चोटि मार्ग प्रशस्त गर्न सहयोग पुर्‍याउने निश्चित छ।

35Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: