मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कर्ममा इमानदार बन्ने वा गम्भीर : हनुमान वाट सिकौँ कूटनीति।

कर्ममा इमानदार बन्ने वा गम्भीर : हनुमान वाट सिकौँ जीवन जिउने कूटनीति।

नारायण नारायण नारायण

कर्ममा इमानदार बन्ने वा गम्भीर ?

 

जब कुनै कुरा तपाईँका लागि धेरै महत्त्वपूर्ण छ भने त्यसको प्राप्ति गर्न वा प्राप्ति भएकै चिजको सन्दर्भ परेछ भने त्यसको नियमितता कायम राखी राख्न तपाईँ इमानदार बन्ने (Honest to the KARMA) वा गम्भीर (Serious to the KARMA) बन्ने ? वा दुवै बन्ने ? के तपाइले यो बारेमा कहिल्यै सोच्नु भएको छ ? सम्भवतः तपाइले इमानदार प्रयास र गम्भीर प्रयास भनेको आफैमा फरक चिज हुन् भन्ने पनि ख्याल नगर्नु भएको हुन सक्दछ।

 

जब हामी कुनै कुराको प्राप्ति नियमित गर्ने नियतमा त्यसको प्राप्ति गर्ने विषय जरुरत भन्दा धेरै गम्भीरताका साथ लिन्छौँ, त्यति बेला आफूले गर्दै गरेको प्रयासको  सफलता वा असफलताको सम्भावना भन्दा त्यसमा  ‘म’ ‘मेरो’ वा ‘हामी, जस्ता अहङ्कारले ग्रसित भएर त्यसको प्राप्तिको पहल गरिरहेका हुन्छौ। जब हामी इगो अर्थात्  अहङ्कारले ग्रसित मानसिकता बाट कुनै कुराको प्राप्तिको लागि प्रयास गरिरहेका हुन्छौँ त्यस्ती बेला हामीमा निहित हाम्रो छद्म-आत्माले हाम्रो मनमा उक्त अहङ्कार लाई त्यो बस्तु जसरी पनि प्राप्त गर्नुपर्ने हदको प्राप्तिको भूत (लष्ट) अर्थात् लगावको रूपमा परिवर्तन गरिदिन्छ।

 

त्यसले सामाजिक  न्याय भाव कमजोर गर्दै जे जे कुराले आफूलाई ती बस्तु प्राप्त गर्न बाधा पुर्‍याएको आफूलाई अनुभूति हुन्छ त्यसलाई घृणा गर्ने र जे जे कुराले सहज गरिदिन्छ त्यसलाई माया गर्ने मन पराउने नियतिको विकास गरिदिन्छ। त्यसको उपज त्यसले हामीमा आफ्नै लागि प्रत्युत्पादक हुने  कडा भावना तथा मिजासको उत्पादन गरिदिन्छ ।

त्यस्ता अहङ्कारका मार्गहरू आफ्नै मानसिक शान्तिको लागि कहिल्यै अनुकूल  हुँदैनन् । अहङ्कारको गल्तीले पैदा गरिदिने आफ्नो उद्देश प्राप्तिको भूतले उद्देश्य प्राप्ति एक प्रेमको विषयमा सीमित नरहेर व्यक्तिगत अनुलग्न (LUST) को विषय बनाइ दिन्छ।

 

त्यो हालतमा त्यो बस्तु तपाइले प्राप्त गर्न नसक्दा तपाईँ आफै टुट्ने हदमा पुगिसकेको हुनु हुने छ। प्राप्त गरी हाले पनि त्यसले आफ्नो सम्पूर्ण क्षमताको सन्तुष्टि दिँदा समेत तपाईँ आफैमा त्यसबाट सन्तुष्ट बन्न सक्नु हुनेछैन। किनकि  तपाइको इगो मिसिएको लगावले  त्यसबाट तपाइमा यति धरै असीमित आशा जगाई दिन्छ कि त्यसको सम्पूर्ण क्षमताको सन्तुष्टिले समेत तपाईँलाई सन्तुष्टि गर्न सक्ने छैन।

त्यो बस्तु प्राप्ति पछि पनि तपाइमा जीवितै रहन पुगेको अतृप्त अनुभूतिले प्राप्त गरेकै समय वाट त्यो चिज संग तपाइको असन्तुष्टि विकास गरिदिने छ। उक्त असन्तुष्टि पुन क्रमशः घृणामा परिवर्तन हुने छ। तपाईँको चित्त फेरी टाउकोमा घाउ लागेको कुखुरा पीडाले दस तिर दौडे जस्तो अनेक बाटो दौडन थाल्ने छ। तपाइको जीवनमा शान्तिको अनुभूति लिने अवसर बाट समेत तपाईँ वञ्चित हुनु हुनेछ।

 

तर जब तपाईँ उक्त बस्तुको प्राप्तिको लागि इमानदार प्रयास गर्नु हुने छ तब त्यहाँ फरक वाञ्छनीय गुणको उपयोग हुने छ। त्यो समय तपाईँ एक सन्तुलित भौतिक-सह-आध्यात्मिक प्रयासमा रहनु हुने छ। आफ्नो इमानदार प्रयासमा उक्त विषय प्राप्ति नहुँदा आफूले आफ्नो इमानदार प्रयास गर्दा समेत नभएको निचोडले तपाइलाई आत्मसम्मान दिने छ।

 

जसले तपाइलाई अन्ततः स्वावलम्बी नै राख्नेछ।  प्राप्तिमा समेत प्राप्तिको मिठो मिठासको अनुभूति गर्न सक्नु हुनेछ। आफ्नो कर्ममा  थप इमानदार भएर लाग्न तपाइलाई झन् हौसला मिल्ने छ।  त्यसले झन् तपाइमा उत्कृष्टता र आनन्दको अनुभूति थप्ने छ।

तपाईँ दुवै अवस्थामा सफल व्यक्ति बन्नु हुने छ।

 

त्यसैले हाम्रो शास्त्रले हामीलाई आफ्नो कर्म इमानदारिताको साथ स–सानो कुरा समेत मिहिनताको साथ गर्न भन्दछ।  सबै कुरालाई सम्मान दिन र अहिंसाको नीति लिन सल्लाह दिन्छ।

 

कर्म गर्नु तपाइको जिम्मेवारी हो। त्यो तपाइको नियन्त्रणमा समेत छ।  तर कर्म गरे बापतको फलको निश्चित प्राप्तिमा तपाइको अधिकार रहन्न भनेको छ शास्त्रले।

 

फल प्राप्तिको नियतले दिने गम्भीरता बिना फल प्राप्तिको लागि इमानदार प्रयास गर भन्ने गर्दछ हाम्रो शास्त्र।

 

हनुमान वाट सिकौँ जीवन जिउने कूटनीति।

कूटनीति सिक्न कतै जानु पर्दैन। जीवन जिउने कूटनीति सिक्न हामीलाई कुनै परायको ज्ञान वा विश्वविद्यालयको जरुरत छैन। हाम्रै हनुमानको कथा प्रशस्त छ।

 

त्यो कथा जसमा हनुमानले रामकी पत्नी सिता कहाँ राखिएकी छिन र उनलाई के सन्देश दिने भनी अह्राएको काम सम्पन्न मात्र गरेनन, अभिमानी रावणको हैसियत उसलाई जानकारी दिन आफू एक्लैले  लङ्का समेत जलाउन सफल बने ।

 

त्यो पनि रावण कै तेलले। रावण कै सहर।

 

आफ्नो शरीरमा लागेको आगो निभाउन समेत रावण कै समुन्द्रको पानी प्रयोग गरी दिएर।

त्यसैले कुनै अङ्ग्रेजी पढेको भनिने बुद्धि विलासी बाटो वाट बनेको कथित दार्शनिक भनिएका वाट हैन आफ्नै इतिहासका हनुमान जस्ता सिद्ध पात्रको कथा वाट आफ्नो पुर्खा लाई कूटनीति सिकाउने चेष्टा गरौँ।

 

त्यसो हुन सके कम्तीमा २ कुरा हाम्रो सन्ततिले पक्कै सिक्ने छ।

 

१) दिइएको जिम्मेवारी कुशलता पूर्वक निभाउने मात्र हैन त्यस पछिको कार्य सम्पन्न गर्न समेत आधारशिला तैयार गर्ने मिजास र खुबी  प्राप्त गर्ने छ।

२) आफ्नो संस्कृति र पहिचानमा गर्व गर्न सक्ने छ। ता कि २ -४ भद्दा अङ्ग्रेजी जानेर, बेलायत, अस्ट्रेलिया, अमेरिका क्यानडा जस्ता ठाउँमा बसेको घमन्डमा नेपाली बाप को अङ्ग्रेजी औलाद बनी अर्कालाई अर्ति उपदेश दिने नालायक राय चन्द होइन आफ्नै तागतको बलमा, आफ्नो क्षमता र समज मानव जीवन सहज गरिदिने बिषयहरुको व्यवस्थापन गर्न सक्ने एक असल व्यक्ति बन्ने छ। धर्म र अधर्म बुझ्ने छ। संसारको जुन सुकै कुनामा बसेको किन नहोस् सधैँ धर्मको पक्ष लिने बन्ने छ।

 

जय वीर हनुमान।।

2Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: