मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोभिड-१९ खोप लिने नलिने अन्योलमा हुनुहुन्छ ? यसले केही सहयोग गर्ला कि ? 

नारायण घिमिरे

डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड-१९ भनिने सार्स-कोभ-२ भाइरसका जम्मा जम्मी तेह्र खोपहरू अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ। त्यसमा धेरै खोपहरू परीक्षणको चरण पार गरी सर्वसाधारणले लगाउन समेत सुरु गरेका छन्। कतिपयमा भने यसको कस्तो प्रभावकारिता रहला भन्ने उच्च चासो भेटिन्छ। खोपहरू जति सुकै प्रकारका भए पनि उनीहरूको अन्तिम लक्ष्य हाम्रो प्रतिरक्षा प्रणाली लाई कोभिड-१९ भाइरस पहिचान गर्न र नष्ट गर्न तालिम दिनु हो। फरक फरक खोपहरूको शरीरको प्रतिरक्षा प्रणालीलाई फरक फरक तरिका वाट भाइरसको  पहिचान गर्नको लागि सक्रिय गर्ने विधि रहेका छन्। कोभिड -१९ को खोप के हो भन्ने सहजै बुझ्न कोभिड -१९ को संरचना बारे बुझ्न जरुरी छ।

 

सार्स-कोभ -२ भाइरस न त जिउँदो न त मरेको  भन्न मिल्ने एक प्रकारको पार्टिकल (कण) हो। भाइरस नामक जन्तुको जेनेटिक-कोड़ आरएनए निर्मित हुन्छ। उक्त जेनेटिक कोडमा कन्ससनेस वा जैविक स्मृति भनिने सूचनाहरू सुरक्षित रहन्छन। कोभिड -१९  सूचनाहरू जब मानव कोशीका भित्र पुग्न पाउँछन् तब मानव कोशीका भित्रकै पोषण र ऊर्जा शक्ति आदिको प्रयोग गरी आफ्नो पार्टिकल बनाउन चाहिने सम्पूर्ण पाट पुर्जा बनाउन मानव कोशहरूलाई नै सजिलै परिचालन गरिदिन सक्ने निर्देसनहरु रहने गर्दछन्। कोभिड -१९ को आरएनएको जेनेटिक कोडमा रहेको प्रोटिन बनाउने सूचनाहरू यही विधि पछ्याएर हाम्रो कोशिकाको सिस्टम लाई नै ह्याक गरी हाम्रो शरीरको सेलहरू लाई अनगिन्ती कोभिड-१९ कणहरू बनाउन बाध्य परि शरीर भित्र व्यापक सङ्क्रमण फैलाउन र हामीलाई हायल कायल बनाउन सक्षम बनिदिन्छ।

 

कोभिड-१९ को कण बोसोको पातलो सुरक्षात्मक खोल भित्र लुकेको जेनेटिक कोड युक्त आरएनए र मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने रौँ जस्ता स्पाइक प्रोटिनकोहरु बाट निर्मित हुन्छ। खोप बनाउनको लागि पहिला सार्स-कोभ -२ भाइरसको आरएनएमा भेटिने जेनेटिक कोडहरू झिकियो। उक्त कोड़हरुबाट कोभिड-१९ को सङ्क्रमण हुँदा मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने सार्स-कोभ -२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिनकोहरु बनाउन चाहिने निर्देशन रहेका जेनेटिक कोडको टुक्रा छुट्टाएर निकालियो। निकालिएको टुक्रालाई अत्यन्त सानो बोसोको न्यानो पार्टिकल भित्र प्याक गरी कैद गरी दिएर ल्याबमा निर्मित सेन्थेटिक आरएनए बनाइयो।

 

यसरी बनेको सेन्थेटिक आरएनएको न्यानो पार्टिकल जब हाम्रो शरीरभित्र खोप मार्फत दिइन्छ पचेको चिल्लोको रूपमा रहेकोले हाम्रो शरीरको इन्जाइमले यसलाई टुक्राउने गर्दैन र सजिलै कोशीका भित्र पुग्न सक्छ। जब सेन्थेटिक आरएनए कोशीका भित्र पुग्दछ, उक्त सेन्थेटिक आरएनएमा रहेको सूचना अनुसार मानव कोशिकालाई सार्स-कोभ -२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिन बनाउने निर्देशन प्राप्त हुन्छ। निर्देशन अनुरूप मानव कोशिकाले सेलभित्र कोभिड-१९ भाइरसको स्पाइक प्रोटिन निर्माण गर्छ। स्पाइक प्रोटिनको उपस्थितिले शरीरको प्रतिरक्षा प्रणालीलाई स्पाइक प्रोटिन पहिचान गर्न र नष्ट गर्न सक्रिय बनाइ दिन्छ।

 

खोपको अन्तिम उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई कोभिड-१९ भाइरस पहिचान गर्न र नष्ट गर्न तालिम उपलब्ध गराउने रहन्छ। एक पटक कोभिड-१९ भाइरस पहिचान गर्न र नष्ट गर्न सफल बनेको प्रतिरक्षा प्रणालीले वास्तवमै कोभिड-१९ को  सङ्क्रमण हुँदा त्यसलाई तह लगाउने चतुरता प्राप्त गरिसकेको हुन्छ। जसले गर्दा कोभिड-१९ भाइरसको सङ्क्रमण हुँदा त्यसलाई नष्ट गर्न हाम्रो शरीरको क्षमताको विकास भैसकेको हुन्छ। खोप आफ्नो उद्देश्यमा सफल भएको ठानिन्छ।

 

कोभिड-१९ को हाल बजारमा आउँदै गरेको खोप आरएनए खोप हो। जुन ल्याबमा बनाउन अन्य खोपको तुलनामा  अत्यन्त छिट्टै र सजिलै बनाउन सकिने हुन्छ। यसको सुन्दरता के हो भने आरएनए शरीरको सामान्य सञ्चालन प्रणालीका हार्मोनहरुले टुक्राउन सक्दैन। न त यस्ता आरएनएहरूले शरीरमा कुनै सङ्क्रमण नै निमतौना सक्ने स्थितिमा रहन्छन। आरएनएका भाइरसहरूको लागि विगतमा थुप्रै आरएनएका खोपहरूको विकास भएको थियो। जसमा इन्फ़्लुएञ्जा , एचआइभी र जीका भाइरसका खोप लाई लिन सकिन्छ। तसर्थ हाल बजारमा आएको कोभिड-१९ को खोप कुनै नौलो मानिसलाई थाहा नभएको प्रकृतिको खोप होइन।

 

सामान्य यस्ता खोपहरू विकास भएर ल्याबमा र क्लिनिकल ट्रायलहरूमा प्रभावकारी देखिए पनि खोपकै रूपमा सिफारिस गरी सर्वसाधारण मानिसहरूलाई उपलब्ध गराउने हदको लाइसेन्स दिन धेरै वर्ष लिइने गर्थ्यो। कोभिड-१९ को केशमा भने महामारीको कारण सबै प्रक्रियाहरू फास्ट ट्र्याकमा लगेर तुरुन्तै  लाइसेन्स दिई  खोपको रूपमा उपलब्ध गराइएको हो। विश्वासनियताको हिसाबमा अन्य भाइरसको खोपहरू र कोभिड-१९ को खोपमा कुनै फरक देखिन्न। सबै तोकिए हाराहारीकै भरपर्दा हुने निश्चित रहन्छ।

 

कुनै कुनै आरएनएका खोपहरू आफैमा सन्तुलित रहन अत्यन्त चिसो अवस्थामा राख्न अनिबार्य हुने गर्छ। कोभिड-१९ को लागि तैयार भएको हालको फाइजर / बायोएनटेकको खोप माइनस ७० डिग्री सेल्सियसको अत्यधिक चिसो तापक्रम जरुरी हुने यकिन भएको छ। खोपको मौजाद, ढुवानी र वितरण प्रणालीमा चाहिने त्यो हदको चिसोपना व्यवस्थापन गर्न सक्नु नै यो खोप वितरणको सबै भन्दा चुनौती पूर्ण पक्ष देखिएको छ।

 

कोभिड-१९ को लागि हाल सिफारिस भएका खोपहरू आरएनए खोपहरू छन्। तिनीहरू मध्ये प्राय: दुई प्रकारका आरएनए आधारित खोपहरू रहेका छन्। एउटा मेसेन्जर राइबो न्युक्लिईक एसिड वा एम-आरएनए मा आधारित । अर्को सेल्फ एमप्लीफाईङ्ग राइबो न्युक्लिईक एसिड  वा एसए-आरएनए मा आधारित। आरएनए को हिसाबमा दुवै एम-आरएनए र एसए-आरएनएको संरचना लगभग उस्तै देखिन्छ। भित्री संरचनामा भने एसए-आरएनएमा ‘भाइरल रेप्लिकेज इन्जाइम कोड’ रहने गर्छ जुन एम-आरएनएमा भेटिँदैन।

 

भाइरल रेप्लिकेज इन्जाइम कोड भएका कारण एसए-आरएनएले मानव कोशीका भित्र एम-आरएनए भन्दा द्रुत गतिमा प्रोटिन उत्पादन गरी आफ्नो कपि बनाउन सक्ने क्षमताको राख्दछ। फलस्वोरुप एसए-आरएनए वाट बनेको खोपको थोरै मात्राले पनि एम-आरएनए जतिकै प्रभावकारी नतिजा दिन सक्छ। त्यसैले एसए-आरएनएमा आधारित खोप बनाएर तुलनात्मक रूपमा सस्तो खोपको विकास गर्न सकिन्छ। बजारमा हाल आउँदै गरेका मोदेरना, फाइजर-बायोएनटेक र क्युएरभ्याकका खोपहरू एम-आरएनएमा आधारित खोपहरू हुन भने इम्पेरीयल कलेज र आर्कटुरसका खोपहरू एसए-आरएनएमा आधारित खोपहरू हुन।

 

 

आरएनएमा आधारित खोपहरूको तापक्रमको  स्थिरताले  खोपको लागि जरुरी हुने भण्डारण र ढुवानी गर्दा जरुरी हुने तापक्रमको निर्धारण गर्ने गर्दछ। गरिब मुलुकहरूको लागि अत्यन्त चिसो तापक्रम व्यवस्थापन गरी खोप वितरण गर्नुपर्ने आवश्यकता अत्यन्त चुनौती पूर्ण बनेको देखिन्छ। जस्तै फाइजर-बायोएनटेकको खोपका लागि ढुवानीको तापक्रम माइनस ७० डिग्री सेल्सियस आवश्यक पर्दछ। डेलिभरी पछि पाँच दिनसम्म फ्रिजमा भण्डार गर्न सकिन्छ।

 

 

मोदेरनाको खोप भने माइनस २० डिग्री सेल्सियसको यातायात तापमानमा स्टेबल रहन्छ। चिसो बरफ पग्ली सके पछि लगभग ३० दिन सम्म फ्रिजकै तापमानमा भण्डारण गर्न सकिन्छ। उच्च तापक्रममा खोप अधिक चाँडो बिग्रने हुँदा भनिएको स्टोरेज तापक्रम अनिबार्य व्यवस्थापन गर्दा मात्र खोपहरू प्रभावकारी हुने हुँदा जरुरत अनुसारको तापक्रमको व्यवस्थापन सुनिश्चितता अनिबार्य जरुरी पर्दछ।

 

 

कोभिड-१९ को खोपहरूको परीक्षणहरूले देखाएको प्रभावकारिता वास्तवमा उत्साह वर्धक छ। जस्तै मोदेरनाको खोपले १००% नै प्रभावकारिता देखाएको थियो। तसर्थ यसको सामान्य प्रभावकारिता ९४.१% तोकिएको छ।  जुन अपेक्षित भन्दा बढिनै मान्नु पर्छ। फाइजर – बायोएनटेकको  भ्याक्सिन पनि त्यतिकै प्रभावशाली देखिन्छ। जसको सामान्य प्रभावकारिता ९५% तोकिएको छ।

 

यी कम्पनीहरूको खोपको प्रभावशालीताको परिणामहरूको रिपोर्ट अत्यन्त प्रभावकारी मान्नु पर्छ। किनकि अन्य रोगहरूका लागि विकास भएको खोपको  प्रभावकारिता हेर्ने हो भने २०१० देखि आज सम्मको इन्फ्लूएन्जा खोपको औसत प्रभावकारिता मात्र ४२% हुन आउँछ।

 

परीक्षणमा खोपको खासै उल्लेखनीय वा गम्भीर साइड इफेक्टहरू भएको देखिँदैन। सामान्य मध्यम दुखाइ र अप्ठ्यारो महसुस भएका असरहरू मात्र रिपोर्टिङ भएको देखिन्छ। जस्तै फाइजर-बायोएनटेकको  खोप लिएका मद्धे खोपको दोस्रो डोज लिनेक्रममा ४% ले थकानको अनुभव गरेको रिकर्डले देखाउँछ। मोदेरनाको खोपको सन्दर्भमा भने खोपको पहिलो डोजमा लगभग १०% ले थकान महसुस हुने, हड्डीका जोर्नी दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सुइँ हालेको ठाममा रातो हुने जस्ता साइड इफेक्टहरू भएको बुझिएको थियो। दुवै परिणाम सोचे भन्दा राम्रो अपेक्षित परिणाम नै हुन्।

 

धेरै रोगका खोपहरू जस्तै कोभिड -१९ को आरएनए खोपहरू दुई डोजमा लिनु जरुरी हुनेछ। जस्तै फाइजर-बायोएनटेकको खोप तिन हप्ताको फरकमा र मोदेरनाको खोप चार हप्ताको फरकमा दुई डोजमा लिन सल्लाह दिइएको छ। पहिलो डोजमा शरीरको प्रतिरक्षा प्रतिक्रिया लाई कोरोना भाइरसको स्पाइक प्रोटिनको सामना गर्न तालिम दिनको लागि उपयोगमा आउँछ।

 

उक्त समयमा शरीरभित्र एन्टिबडी र मेमोरी सेलहरू उत्पादन हुने गर्छ। यस प्रक्रियाले शरीरलाई कोभिड-१९ को भाइरस सङ्क्रमण हुँदा तुरुन्तै भाइरसको पहिचान गरी प्रतिक्रिया दिन सक्ने बनाउन मद्दत गर्दछ। दोस्रो डोजले मेमोरी सेलहरूको मात्रा बढाउन उल्लेखनीय भूमिका खेलिदिन्छ। ताकि शरीरको प्रतिरक्षा प्रणालीले निकै छिटो, अधिक प्रभावकारी प्रतिक्रिया दिन सक्षम बनोस। कोभिड -१९ को आक्रमणको सहजै परास्त गर्न सक्षम बनोस।

 

कोभिड -१९ लागेर निको भएको मानिसको लागि हाल खोप दिन कम प्राथमिकतामा राखिनु उत्तम देखिन्छ। किनकि उनीहरूको शरीरमा रोग प्रतिरोधी क्षमता विकास भएको हुन्छ। त्यो भन्दैमा खोप लिनु नपर्ने भन्ने होइन । कोभिड -१९ सङ्क्रमणको आरएनए भाइरसको सम्पूर्ण आरएनएको जेनेटिक कोड विरुद्ध ईम्युन विकास भएको हुनेछ।

 

आरएनए खोप भने स्पाइक प्रोटिनको जेनेटिक कोड युक्त भएकाले कम हानिकारक तर धेरै प्रभावशाली हुन सक्ने हुनुपर्छ भन्ने अन्दाज गरिएको छ।

 

एकपटक कोभिड -१९ सङ्क्रमण भएको बिमारी पुन अर्को पटक बिमारी भएको न्यून देखिएको छ तर उक्त सन्चो भएको बिमारी बाट अन्यमा यदाकदा कोभिड -१९ भाइरस सरेको देखिएको छ। खोप लागेको मानिसले अर्को खोप नलगाएको मानिसमा रोग सार्न सक्ला नसक्ला यकिन हुन सकेको छैन।

 

कोभिड -१९ सङ्क्रमण बाट बिरामी बनेको र निको भएकोमा हुने शरीरको प्रतिरोधी क्षमता र खोपको प्रतिरोधी क्षमता अलि फरक प्रकृतिको हुने हुँदा खोप लिँदा फाइदै हुने र अन्य भाइरसको प्रतिरोधी क्षमता समेत विकास गर्न सजिलो हुने अनुमान छ। निकै सानो सङ्ख्याका दुवै डोज खोप लिएका मानिसहरू लाई  कोभिड -१९ लाग्न सक्ने अनुमान गर्न सकिन्छ जसका आधारमा खोपको प्रभावकारिता निर्धारण भएको जग जाहेरै छ।

 

सबै खोप कतिपय मानिस लाई एलर्जी भएको पाइनु सामान्य हो। यसको केसमा समेत त्यो देखिन्छ। गम्भीर एलर्जीको समस्या हुनेहरूले निकै सोच विचार गरेर यो खोप लिन जरुरी छ। खोप अत्यन्त चिसो बाताबरणमा ढुवानी हुने हुँदा यसलाई प्रयोग गर्न भन्दा अगाडी पनि वा उपयुक्त बस्तुले बाहिर वाट थाऊइङ्ग गरी तोकिएको तापक्रम सम्म ल्याउन जरुरी हुने छ।

 

तर अन्य खोप जस्तो यो खोप भने हल्लाएर नहाल्न भनिएको हुनाले खोप दिनेहरुलाई कसरि उग्र-चिसो बाट चोसो बनाउने र नहल्लाई अन्य खोप जस्तै पाखुरामा वा उपयुक्त स्थानमा लगाउन तालिम जरुरी हुनेछ। अन्य खोपमा जस्तै यसको केशमा समेत कोही कोहीलाई खोप लगाएको पाखुरा केही दिन सम्म दुख्ने  वा असहज हुने भएको पाइएको छ।

(खाद्य तथा औषधि विज्ञ )

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: