सचेत नारीको भूमिका: भोट कसलाई भन्ने बारे वैदिक सुझाव !!

समाजमा खड्किएको सचेत नारीको भूमिका !!
चुनावमा भोट कसलाई हाल्ने भन्ने बारे वैदिक सुझाव !!
नारायण घिमिरे
भोट कसलाई ?
मानिस कोही सानो-ठुलो हुँदैन। अवसर पनि सानो वा ठुलो भनेर कसैले पाउने कसैले नपाउने हुँदैन। महाभारतका रचयिता व्यास भटकेका ऋषि पराशर र एक माझीकी (माछा मार्ने पेसामा रहेका) छोरी सत्यवतीका छोरा थिए। महान् सन्त नारद आश्रममा रहेका ब्रामणिहरूको समूहको दासीका छोरा थिए।
गाई पाल्ने यादवका छोरा थिए कृष्ण। विश्वामित्र, द्रोण र बुद्ध क्षत्रिय (व्यापार गर्ने परिवारका) थिए । एक सुध्र (प्राविधिक पेसा गर्ने) परिवारमा रामका गुरु वसिष्ठ जन्मेका थिए। कथित तल्लो जात (प्राविधिक पेसा गर्ने परिवारमा जन्मेका) भनिएका वाल्मीकि एक लुटेरा थिए। सुध्रिए अनि संस्कृतमा श्लोक रेकर्ड गर्ने पहिलो व्यक्ति बने। त्यसपछि उनले रामायण लेखे।
मानिस कुनै दल विशेषको दास हुन्छ भने त्यो नै समाजको सबै भन्दा ठुलो प्रगतिको वादक हो। समाजको ठुलो समस्या हो। एक सचेत नागरिक कुनै अमुक दलको हैन मुलुकको आवश्यकता लाई हेरेर चुनावमा व्यक्तिको छनौट गर्न उद्धत हुनु पर्दछ। यो उसको कर्तव्य हो।
हुन सक्छ आज तपाईँ पनि विवेक हीन रहेर कुनै अमुक पार्टीगत बिचार बोकेको वैचारिक रूपमै दास मनस्थिति वाट गुज्री रहनु भएको छ। स्थिति त्यस्तो हो भने वैदिक सुझावका अनुसार त्यो दासता वाट मुक्ति लिनुस्। सार्वभौम नागरिक बन्नुहोस्।
आफ्नो विवेकको ढोका खोलेर दल विशेषको हैन उत्तम विकल्पको लागि मत दिनुहोस्। सही मार्गमा लाग्नु होस। सक्नुहुन्न भने तपाइको खराब कार्यको लागि खराब भविष्यको प्रतीक्षामा रहनुस्।
सचेत नारीको भूमिका:
ऋग्वेद र अथर्ववेदमा उल्लेख गरिए अनुसारको सभाको रूप भनेको सामूहिक रूपमा उद्यम गर्ने (जस्तै गाईबस्तुहरू पाल्ने), जन उत्थानको काम गर्ने (जस्तै: खाद्य, औषध व्यवस्था, होम पूजा आदि) गर्न र सामाजिक कार्य गर्न सबैलाई मान्य हुने नेताहरू भएको परिषद थियो।
सभालाई विशेष कारणले परिषद् भनिएको थियो। किनकि परिषद शब्दले सदस्यको रूपमा नारी बराबरी सङ्ख्यामा अनिवार्य संलग्न भएको सभालाई जनाउने गर्दथ्यो।
चौथो शताब्दीको ईसापूर्वको अन्त्यमा, संस्कृत व्याकरणकार पाणिनीले शासकलाई परिषद-बाला (परिषद वा शाही सहयोगीहरूको समूहले गर्ने शासन) भनेर शब्दार्थ बनाए।
पाणिनीले तीन प्रकारका परिषद्हरू बारे उल्लेख गरे:
शैक्षिक
सामाजिक
र प्रशासनिक।
पछि, कौटिल्यको अर्थशास्त्रमा, परिषद भनेर शाही प्रशासक वा सल्लाहकारहरूको परिषद उल्लेख गरियो। जुन ऋग्वेद र अथर्ववेदको परिषद् भन्दा नितान्त भिन्न सभाको रूपको व्याख्या थियो।
त्यसपछि पञ्चायत शब्द जसले पाँच जना सचेत नारी र पुरुष दुवै हुने परिषद् भनी व्याख्या गरियो।जसले स्थानीय तहको गाउँको आन्तरिक मामिला लाई समाधान गरिन्थ्यो।
जब राजाहरू चुनाव वाट नभई आफूलाई विष्णुको अवतार घोषणा गर्दै जाहानिय शासन भित्र्याउन उद्धत भए तब विवेक भएका नारीहरूको विरोध निस्तेज गर्न सरकारले पञ्चायती राजका स्थानीय प्रतिनिधिको रूपमा संस्कृत शब्दका समिति र परिषद फरक रुपले प्रयोग गर्न सुरु गरे।
जसमा ग्राम पञ्चायतहरू, गाउँ परिषद्हरू, पञ्चायतका प्रशासनिक स्वरूपमा पञ्चायतको कार्यकारी निकाय बनाए। जिल्ला परिषद्हरू, पञ्चायत आदि वने।
पाणिनीले धार्मिक सङ्घको नाममा उच्च र निम्न श्रेणी नहुने र समाजको सबै लिङ्गको बराबर सहभागिता हुने परिकल्पना अन्तरगत उल्लेख गरेको धर्म सभा लाई तत्कालीन शासकले समाजमा आवाज उठाउने नारीहरू थन्काई दिने उपायको रूपमा उपयोग गरे। त्यसमा पनि मूल गुरु प्राय पुरुष नै राखिन्थे।
यसरी हाम्रो समाजमा लामो समयको दौरानमा नारी अधिकार र विकासको कार्यमा नारीको सहभागिता हुने हक लुटिएको देखिन्छ। आज भोलि पनि नारीको अधिकार लुट्ने कामको साक्षी बसिदिए बापत पाँच तारे होटेल र विदेशका विलासी भ्रमणमा लिप्त भई आनन्द लिन र मोज गर्न तैयार भएर बसेका नारी हक हितको कथित आवाजमा कुर्लने सम्भ्रान्त वर्ग नारी मुक्तिको काम गर्ने प्रतिनिधि वनेको यत्र तत्र देखिन्छ।
WRITE COMMENTS FOR THIS ARTICLE