मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

घिमिरे वंशको उत्पत्तिको इतिहास।

(गुल्मीको घमिरकोट वाट भएको थियो घिमिरे वंशावलीको सुरुवात)

पोखरा नजिक अन्नपूर्णा ट्रेकिङ मार्ग क्षेत्रमा पर्ने सारंगकोट नजिक रहेको कास्की कोटमा बस्दै आएका कश्यपई थरले चिनिने ऋषि कश्यपका सन्तान मद्ये एक थिए गुडपाल कश्यपई । गुडपाल कश्यपईको मावली मध्य प्रदेश भारतको उज्जैनमा रहेको थियो। एक दिन कास्की कोटमा बस्दै आएका गुडपाल कश्यपई आफ्नो मावली उज्जैन पुगे। त्यहाँ केही समय रहँदा उनले आफ्नो उपनाम व्यास (बैँस) लेख्न थाले। ऋषि कश्यपका सन्तान गुडपाल व्यास एक अग्निहोत्री उपाध्याय ब्राह्मण थिए। उज्जैनमा आफ्नो इच्छा अनुरूपको अध्ययन सकाएका गुडपाल व्यासले पुनः मावली वाट आफ्नै स्थान नेपाल फर्कने वारे विचार विमर्श गर्दै थिए।

त्यसैबिच गुडपाल व्यासलाई लिच्छवि वंशका प्रथम राजा सूर्यवंशी राजा विक्रमादित्यको राजकीय पुजारीको रूपमा नेपाल आइ नेपालको गुल्मी, घमीरमा राजकीय पुजारीको जिम्मेवारीमा सम्हाल्ने अवसर मिल्यो। आजको नेपालको गुल्मी जिल्लामा घमीर (Ghamir) नामको एक सुन्दर गाउँ थियो।

उक्त गाउँमा राजकीय पुजारीका रूपमा गुडपाल व्यासले आजीवन सेवा गरे। राजा विक्रमादित्यको समय वाट नेपालको आधिकारिक विक्रम संवत् स्थापना भएको थियो। ऋषि संदीपनीकै परिवार तथा शाही पुजारी गुडपाल व्यासको विक्रम संवत् थालनी र लागु गर्न उल्लेखनीय भूमिका निभाए। फलतः उनले निकै धेरै सम्पत्ति तथा गुल्मी घमीर वरपर धेरै जग्गा जमिन राजकीय बक्सिसमा प्राप्त गरे।

राजा पृथ्वी नारायण शाहको पत्र:

पत्रको श्रोत: सोमनाथ घिमिरे, घिमिरे वंशावली २०१५ ।

गुल्मीको घमिर कोट लाई तत्कालीन समयमा घमीर भन्ने गरिन्थ्यो। कतिपय अभिलेखमा उक्त स्थान ग़मीरे, धमिर र घमीर समेत उल्लेख गरेको भेटिन्छ। ग़मीरे, धमिर र घमीर सबैले हालको गुल्मीको घमिर कोट लाइ जनाउने गर्दछ। जहाँ घमिर कोट मन्दिर रहेको छ।

त्यसको नजिकै हाल घमिर भानु पोखरा, धमिर नामका स्थानहरू छन्। उक्त स्थान वरपर भगवती मन्दिर, शिवरात्रि मन्दिर, आकासे देवी मन्दिर, कालिका भगवती मन्दिर, सिरार माई मन्दिर, भैरव मन्दिर, तिलारा मन्दिर, तिखे चुली सिद्ध मन्दिर, सिद्धा पाती मन्दिर र विभिन्न कुलायन मन्दिरहरू स्थापना गरिएका छन्।

धमिर वा ग़मीरेमा प्रशंसनीय काम राजकीय पुजारी गुडपाल व्यासका सन्तानका एघार भाइ छोरा हरुमा अंश बन्डाको क्रममा आपसी सम्पत्ति विभाजनमा विमति पैदा भयो। तिनै गुडपाल व्यासका सन्तानहरू लाई इस्वी संवत् १७०० राजा पृथ्वी नारायण शाहले तत्कालीन चलन चल्तीमा रहेको खस भाषा भनिने डोटेली नेपाली भाषामा लेखिएको सगोलका एघार भाइको अंश बन्डा सम्बन्धी विवादको फैसला गरेको पत्रमा उनीहरुलाई घिमीर्‍या उल्लेख गरी निर्णय गरिएको पत्रमा राजाको लाल मोहर लागेको थियो।

उल्लेखित ब्यहोराको लालमोहरले घिमिरे थरले सर्वत्र चिनिन थालेका कश्यप गोत्री गुडपाल व्यासका एघार भाइहरू र त्यसपछिका सम्पूर्ण सन्तानहरू घिमिरे थरमा नेपाल अधिराज्य भर फैलन पुगे।

उक्त तथ्यहरू वाट कम्तीमा पृथ्वी नारायण शाहको पाला देखि घिमिरेहरू गुल्मीमा बसोबास गर्दै आएको भन्ने पुष्टि गर्दछ। घिमिरेहरू आफू आफ्नो पुर्खाको स्थानको रूपमा रहेको गुल्मीको घमीरमा (हाल मालिका गाउँ पालिका, वडा नं. ७ घमिर भानु पोखरामा नजिकै पर्दछ) दुई हजार वर्षभन्दा लामो समयदेखि बसिरहेको नेपालको रैथाने निवासी रहेको विश्वास गर्ने गर्दछन्।

2.2K+Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: