मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एक उत्कृष्ट, प्राचीन, रैथाने तर वैज्ञानिक परम्परा तिज !!

नारायण घिमिरे

तिज नेपालको एक प्राचीन रैथाने परम्परा हो। तिजको बर्तलाई हरितालिकाको नामकरण दिएको छ। उक्त व्रतलाई नेपाली सधवा नारीहरूको सौभाग्यको स्थिरताका लागि गरिने व्रतको रूपमा समेत चित्रित गरिन्छ।

 

तीजको कथा अनुसार पार्वती पर्वतराज हिमालयको छोरी थिइन। विवाह पूर्व पार्वतीले गङ्गाको किनारमा घरीघरी सुख्खा पत्ताहरू चपाउने तथा श्वास फेरेको भरमा बिना अन्न-पानी घोप्टे परेर गरिने कठोर अधोमुखी तपस्या गरी आफ्नो दैनिकी व्यतीत गरिन। माघको चिसोमा पानीमा प्रवेश गरी उनी तपस्या गर्ने गर्थिन। वैशाखको अघोर गर्मीमा आफ्नो चारै तर्फ बलेको आगो र आकाश बाट आउने सूर्यको तातो समेत गरी पाँच ओटा तातो वा पञ्चाग्नि बिच रहेर उनको तपस्या चल्थ्यो। साउनमा भने कुनै अन्न पानी नखाएरै मुसल धारे वर्षामा समेत खुल्ला आकाश मुनि निर्धक्क रहेर आफ्नो कष्टदायक तपस्या पुरा गर्थिन।

 

पार्वतीको कठोर तपस्या देखेर पार्वती सँग भगवान् विष्णु प्रभावित बने। जसका कारण भगवान् विष्णुको आफूले पार्वती सँग विवाह गर्न चाहेको प्रस्ताव पार्वतीको लागि अति उत्तम अवसर ठानी उनका पिताले सहर्ष स्विकारी दिँदा पार्वती नैतिक सङ्कटमा परिन। किनकि उनको लक्ष भगवान् विष्णु होइन कि भगवान् शिवको प्राप्ति थियो। आफ्नो उद्देश्य प्राप्तिका लागि जुन सुकै हदमा पुग्ने दृढ निश्चय गरेकी रहिछन पार्वती ले।

 

आफ्नो उद्देश्य प्राप्तिमा पूर्ण अडिग पार्वतीको हालत र मनसाय बुझेकी उनकी एक साथीले भदौ महिनाको शुल्क पक्ष तृतीया तिथि, हस्ता नक्षत्रका दिन पार्वतीलाई परिवार बाट अपहरण गरिन। गोप्य रूपमा घनघोर जङ्गलबिच बग्ने एक नदी किनार मा रहेको गोप्य गुफामा पुर्याईन। जहाँ उनले पार्वतीलाई उद्देश्य प्राप्ति गर्न पुनः आराधना गर्ने सबै व्यवस्था समेत मिलाइ दिइन।

 

त्यहाँ पुनः पार्वतीको कठोर तपस्या सुरु तथा सुचारु बन्यो। कठोर तपस्या र व्रतका प्रभावले  कैलाश पर्वत निवासी महादेव वा भगवान् शिव उनी सामु प्रकट हुन् बाध्य बने। बालुवाको शिव लिङ्गको प्रतीक बनाएर तपस्यामा लिन रहेकी पार्वती सँग महादेवले तपस्या के प्राप्तिका लागि गरिएको हो त्यो माग्न आग्रह गरे।

 

पार्वतीले महादेव सँग आफू महादेवले आफ्नो अर्धाङ्गिनीका रूपमा रहन चाहेको आशय खुलासा गर्दै उनलाई अर्धाङ्गिनीका रूपमा स्वीकार होस भन्ने वर मागिन । सो कुरा महादेव बाट आशीर्वादका रूपमा प्राप्त गरेपछि पार्वतीको आफ्नो उद्देश्य प्राप्ति सम्भव बन्यो। यो कथा नेपाली समाजमा प्राय: सबैले सुनेको कथा हो।

 

विष्णुको पार्वती सँग विवाह गर्ने प्रस्ताव पार्वतीका पिताले सहर्ष स्विकारी दिँदा उनी पिताको निर्णय मान्नु पर्ने सामाजिक तथा नैतिक बन्धनमा परेकी थिइन। साथै यसले ऊनलाई आफ्नो उद्देश्य प्राप्तिमा गहिरो व्यवहारिक सङ्कट समेत पैदा गरिदियो।

 

मानिस जब सामाजिक, नैतिक तथा व्यवहारिक सङ्कटमा एकै पटक पर्न जान्छ त्यो क्षणलाई उसको जीवन कै सबै भन्दा कठिन तथा आहत पूर्ण समय मानिन्छ। जब पार्वती आफ्नो जीवन कै सबैभन्दा कठिन तथा आहत पूर्ण क्षणमा पुगिन उनले आफ्नो सबैभन्दा नजिकको साथीको सम्झना गरिन र आफ्नो हालत खुलस्त पारिन।

 

जीवन कै सबैभन्दा कठिन क्षणमा आफ्नो हितैषी सखाको साथ र सहयोगमा गरिएको भदौ महिनाको शुल्क पक्ष तृतीया तिथिमा समाज, घरबार र आफन्तको सामीप्य बाट दूर रहने निर्णय आफ्नो सम्पूर्ण समस्या समाधान तथा मुख्य लक्ष प्राप्त गर्ने पार्वतीका लागि रामवाण साबित बन्यो।

 

जसलाई हाम्रो परम्परामा आफ्नो उद्देश्य प्राप्तिको लागि हितैषी वा सबैभन्दा नजिकको साथीको सहयोग र सद्भावको महत्त्वको महसुस गर्ने दिनको प्रतीकको रुममा लिइन्छ। यो अर्थमा तिज हाम्रो नेपाली परम्परा अनुरूप हाम्रो आफ्नो शुभ चिन्तकलाई धन्यवाद दिने (Thanks Giving) रैथाने उत्सव नै हो।

 

आयुर्वेदिक प्रेमको जीवनको सबै भन्दा नजिकको मित्रको रूपमा जीवन भर रहन सक्ने दुई व्यक्ति बिच मात्र पति-पत्नीको सम्बन्ध कायम रहनु पर्छ भन्ने मान्यता रहन्छ। त्यस अर्थमा तिज मुख्यतः आफ्नो हितैषी मित्रको रूपमा रहने आफ्नो जीवन साथीको महत्त्वको मनन गर्ने एक ऐतिहासिक दिन नै हो। जुन दिन एकको सुस्वास्थ्य, दीर्घायु र प्रगतिमा अर्काको भविष्य उज्ज्वल रहेको महसुस गरिन्छ। आफ्नो सौभाग्यको स्थिरताका लागि प्रेमी र प्रेमिका दुवैले मनाउनु पर्ने मित्रता वा प्रणय दिवसको (Valentain Day) रूपमा समेत तीजलाई ग्रहण गर्न जरुरी छ।

 

भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइने यो पर्वको भाद्र शुक्ल तृतीयाका लाई तिज भन्ने गरिन्छ। तिजको अघिल्लो रात द्वितीयाको दिन दर खाने, तृतीया वा तिजको दिन व्रत बसी गीत गाउने, चौथीमा स्नान गरी व्रत पछिको पहिलो भोजन खाने गरिन्छ। अन्तिम दिन अर्थात ऋषि पञ्चमीको दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर गाइको गोबर र माटो अथवा अपमार्ग लेपन गरी स्नान गर्ने परम्परागत चलन छ।

 

कुरम कुइनचिङ्ग तरिकाबाट गरिएको अनुसन्धानले दतिवन चपाउँदा दाँत र दाँतका क्याबीटि तथा गिजाहरूमा हुर्केर मानिस लाई दुख दिने विभिन्न थरिका स्टेपट्रोकोकस नामका ब्याक्टेरियाहरूलाई मार्ने ओलिनोइक एसिड जस्ता ट्राइटरपिन तथा जेनिन ग्लाइकोसाइड हुने हुँदा दाँत सफा बन्दछ। दतिवन चपाउँदा दाँतमा पुग्ने झोल किरा र परजीवी प्रतिरोधी हुने, मुखमा र्‍याल तथा धेरै पानी निकाल्ने तत्त्व रहने हुँदा सजिलै मुखको भित्री भाग समेत सफा गर्न सहयोगी बन्ने प्रमाणित बनेको छ।

 

डिएनए सिक्वेन्सिङ प्रविधिमार्फत अध्ययन गर्दा गोबरमा हुने कार्बन र नाइट्रोजनको अनुपात र गोबरमा हुने ब्याक्टेरोइड्स, फिर्मिकुट्स र प्रोटियोब्याक्टेरिया माटोको लिगानिन , सेलुलोज, चिटिन, जाइलन आदि जस्ता अर्गानिक तत्त्वहरू लाई सानो सानो पारी टुक्राउन सहयोग गर्छ।

 

मानिसको स्वास्थ्यमा नकारात्मक क्षति पुर्‍याउने ब्याक्टेरिया र फङ्गसलाई चैनले बाँच्न नदिने प्रकृतिका बेसिलस र सिउडोमोनस प्रजातिका सहयोगी ब्याक्टेरिया गाईको गोबरमा भेटिन्छ। अपमार्ग लेपन गर्दा लेपनको एक भाग गाइको गोबरले शरीरमा स्यानिटाइजर र डिस्इन्फेक्टेन्टको काम गरिदिन्छ। अर्को भाग माटोले छालाको भित्री भागमा जमेर बस्ने सेबम तेल अथवा कचरा सफा गरी छालाको शुद्धि गरी छालाका प्वालहरू लाई पुर्णरुपमा काम गर्न योग्य बनाइ दिन्छ।

 

जब छाला सफा हुन्छ, स्वस्थ मात्र बन्दैन शरीरले आफैले आफ्नो स्वोहिलिङ्ग प्रक्रिया मार्फत छालाको  रोगको उपचारमा गर्ने सजिलो पारि दिन्छ। फलतः शरीर चिलाउने जस्ता विकृति हटाउन सहयोगी हुने हुँदा धार्मिक र परम्परागत स्नानमा अपमार्ग लेपन प्रचलित हुन गएको देखिन्छ। १५ असारे हिलो मल र माटोको अपमार्ग लेपन रहेकाले हिलो खेल्ने चलन व्यापक बन्नुको चुरो रहस्य बनेको भेटिन्छ।

पञ्चमीको दिन वशिष्ठ ऋषिकि पत्नी अरुन्धती, ब्रम्हाका पुत्र कश्यप, वशिष्ठ ऋषि, अत्रि ऋषि, भारद्वाज ऋषि , विश्वामित्र ऋषि, गौतम ऋषि, जमदग्नि ऋषि आदिको पूजा गरी हलोले नजोते खेतमा उब्जिएको अन्नको भात र एक सुइरे कर्कलोको तिहुन खाने चलन रहेको छ।

 

अरू खेती खासै नहुने अधिक सल्फर, एमोनिया, नाइट्राइट, जिङ्क हुने, सेपिलो ठानिने कृषिका लागि प्रतिकूल मानी फालिएको माटोमा सप्रिदिने  कर्कलोको सफल जीवन पार्वतीको जस्तै कठोर तपस्या रूपी सफल जीवनको प्रतीक ठानिएको हुनुपर्छ। वैज्ञानिक रूपमा हेर्दा कर्कलोको तिहुन अति प्रतिकुल प्राकृतिक वातावरण सहेर हाल सम्म उपलब्ध मद्धे को अत्यधिक पोषण तत्त्व युक्त तरकारीको विकल्प दिने एकाध  हरियो परियो तिहुन रहेको प्रमाणित बनेको छ। भातमा कर्कलो अथवा गाभाको झोल हाली खुर्सानी र कागती ठोसी ठोसी खाएर नेपाली खानाको धीत मार्ने यो खाना किन पञ्चमीको दिनको तिहुनको विकल्प बन्यो भन्ने प्रस्ट बुझ्न सकिन्छ।

 

पिरो हरियो खुर्सानी जिरो–क्यालोरी खाना हो। जसले एकल उद्देश्य प्राप्तिमा अडिग पार्वतीको निश्चल मनको प्रतिबिम्ब दिन्छ। खुर्सानी खाएको ३ घण्टासम्म शरीरको मेटाबोलिक रेट बढ्छ। डाइटरी फाइबर, आइरन र पोटासियम मनग्ये हुने खुर्सानीले हाम्रो शरीरमा रक्तसञ्चार बढाउँछ। यसले शरीरमा मेटाबोलिक क्षारीयपन दिन र पिसाबलाई एसिडिक हुन नदिन सहयोग गर्छ।

 

कर्कलोको पात र पिँडालु दुवै क्षारीय खाना हुनाले हाम्रो रगतलाई क्षारीय राख्न सहयोग गर्छ। कर्कलोको डाँठको रस आयुर्वेद र सिद्ध दुवै विधामा घाउबाट बगिरहेको रगत रोक्ने ओखती र छालामा रक्तसञ्चार नदेखिँदा इरिटेसनमार्फत रक्त नली खोली रातो पार्ने उपचार प्रयोजनमा आउँछ । पिँडालु कर्कलोको उपलब्धि हो।

 

परम्परागत उपचारमा पिँडालुको रस कपालमा खोइरो लाग्दा निको गर्न उपयोगमा आउँछ। खाना खाएपछि रगतमा चिनी बढ्ने रोग ठिक गर्न पकाएको कर्कलोको गाभा खान दिइन्छ । पिँडालु आफैले रगतमा चिनी घटाउन सहयोग गर्ने, पिँडालुको जुसले कपाल झर्न कम गर्ने, पिँडालु र गाभा दुवै पिँधेर बनाएको जुस घाउ हुँदा बगिरहेको रगत रोक्ने, घाउ निको  हुँदा बस्ने कालो खत हटाउन सघाउने र आन्तरिक रक्तस्राव जस्तो अवस्थामा उपयोगमा आउँछ। जसलाई मेहनतको फलको नसोचिएको फाइदाको रूपमा चित्रित गर्दा अन्यथा हुने छैन।

पर्वतराज हिमालयको छोरी भनिएकी पार्वतीको जीवनी कुनै निश्चित उद्देश्य प्राप्तिमा लिन भएर कुनै व्यवसायमा लागि सफल बनेका पेसा कर्मी अथवा उद्यमकर्मीहरूको जीवनको प्रतिनिधि पात्रको कहानी हो।

कर्म जीबीहरुको हकमा भने पर्वतराज हिमालयको छोरी भनिएकी पार्वतीको जीवनी कुनै निश्चित उद्देश्य प्राप्तिमा लिन भएर कुनै व्यवसायमा लागि सफल बनेका पेसा कर्मी अथवा उद्यमकर्मीहरूको जीवनको प्रतिनिधि पात्रको कहानी हो। जो आफ्नो उद्देश्य प्राप्तिमा कहिल्यै टस को मस भएनन्। उद्देश्य प्राप्तिका बाटाहरू धेरै पटक परिवर्तन बने, जीवनमा धेरै आरोह अवरोह देखिए, कहिले कहीँ आफ्नै अघि देखा परेका साना तिना उपलब्धिका सम्भावनाका अवसरहरूले ठुलो उपलब्धि प्राप्ति बाट विचलन ल्याउन सक्ने सम्भावना देखिए। तर जब उनीहरू आफ्नो कर्ममा अढीक रहेर आफन्त र शुभचिन्तकहरूको दरिलो साथले आफ्नो लक्ष प्राप्तिको यात्रालाई पूर्णविराम हुन दिएनन्, सफलताको शिखर चुमिछाडे।

 

अयुर्बेदले भन्ने गरेको चामल, दाल, हिमाली नुन, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीऊ र मह गरी कम्तीमा नौ प्रकारको भोजन आफ्नो दैनिक खानामा समावेश गरी खान जरुरी रहेको कुरा आज वैज्ञानिक रूपमा सिद्ध भएको छ। तिज लगायतका चाड वाडमा हुने खानामा ती सबै कुरा संलग्न रहन्छन।

 

उत्कृष्ट खानपान र वैज्ञानिक आचरणका अलावा तिज पर्वमा बसिने व्रत वा फास्टिंगको अहम वैज्ञानिक महत्त्व छ। औषधि विज्ञानको हरेक दिन ८ देखि १० ग्लास पानी पिउन दिने सल्लाहको कारण पानीले हाम्रो शरीरका तन्तुहरूलाई ओसिलो राख्ने काम गर्नु हो। प्रकृतिबाट शरीर लाई प्राप्त हुने पानी सिधै पानी पिएर वा अन्य खाना वा हावा बाट मुख वा छाला हुँदै शरीर भित्र पुग्ने गर्छ। दोस्रो पाचन लगायतका विभिन्न क्रममा शरीर भित्रै उत्पन्न मेटाबोलिक पानी वाट शरीरले आफ्नो पानीको पूर्ति गर्छ।

शरीर भित्र खानालाइ शक्तिमा परिवर्तन गर्दा १०० ग्राम कार्बोहाइड्रेटले ६० ग्राम र १०० ग्राम चिल्लोले १०७ ग्राम मेटाबोलिक पानी उत्पादन गर्छ। पाचनको क्रममा उत्पादन भएको कार्बनडाई अक्साइड रगतमा घुली कर्बोनिक एसिड बनि रगतको पीएच ब्यबस्थापन गर्न सहयोग गर्दै अन्तत: श्वास प्रश्वास क्रिया मार्फत शरीर बाहिर पुग्दछ।

 

शरीरको आन्तरिक र बाहिरी श्रोत वाट प्राप्त गर्ने पानी मद्धे हरेक ६०० थोपा पानीमा (जसलाई हाइड्रोजन अक्साइड भनिन्छ) एक थोपा सामान्य पानी भन्दा १०.६% गह्रुङ्गो पानीको अणु मिसिएको पानी भेटिने गर्छ। जसलाई मृत वा हेबी वाटर वा डिउटेरियाम अक्साइड भनिन्छ। जब यो मृत पानी शरीरको कोशीका भित्र प्रवेश गर्छ तब आफ्नो काम सम्पन्न गरी अन्य  सामान्य पानी जस्तो कोशीका बाट बाहिर निस्कन नसक्ने हुँदा पिसाब बाट शरीर बाहिर फाल्न सकिने अवस्था बन्दैन।  कोशीका भित्र मृत पानी जमेर बसिदिँदा यसले कोशिकाको मेटाबोलिक प्रक्रिया र माइटोसीस प्रक्रियामा अवरोध गरिदिनाले शरीर भित्रबाट रोगी बनी दिन्छ।

 

शरीर लाई भित्रबाट दीर्घ रोगी हुनबाट जोगाउन चिल्लोले मृत पानीलाई आफूभित्र कैद गरेर राखी कोशिकाको धेरै क्षति हुनवाट छेकिरहेको हुन्छ। तीजको जस्तो पानी समेत नपिई बसिने व्रतमा शरीरमा हुने नियमित पानीको आपूर्ति बन्द हुन्छ। जसले गर्दा कोशिका भित्रको माइकोकोंड्रियामा हुने नियमित कार्बोहाइड्रेट र चिल्लो वाट शक्तिको उत्पादन हुने क्रममा बन्ने पानी नै मुख्य पानीको आपूर्तिको श्रोत बनिदिन्छ। यो प्रक्रियामा सेल बाहिरको पानीको अभाव सेल भित्र उत्पादित पानी बाट पूर्ति गर्न जरुरि बन्छ। सेल भित्र उत्पादित पानी कोशीका बाहिर पूर्ति गर्न क्रममा कोशिकाले पहिला आफूमा अवरोधक झुन्डको रूपमा जमी बसेको मृत पानी लाई रिभर्स असमोसीस प्रक्रिया बाट बाहिर धकेलिन्छ। जसलाई शरीरले रगत हुँदै पिसाबका रूपमा शरीर बाहिर फालिदिन सफल बन्छ।

 

हालसम्म हाम्रो शरीरको कोशिकामा जम्मा हुने मृत पानीले दिने रोगबाट बच्ने उपाय व्रत अथवा फास्टिंग मात्र रहेको बुझिएको सन्दर्भमा पानी समेत नपिएर बसिने तिजको व्रत कोशिकाको तह सम्म शरीर शुद्ध गर्न उपयोगी रहेको प्रमाणित बनेको ठानिन्छ।

 

समग्रमा भन्दा तिज लगायतका हाम्रा परम्परागत चालचलनहरू एक पछि अर्को गर्दै वास्तवमै उच्च वैज्ञानिक मूल्यको रहेको प्रमाणित हुँदै गएका छन्। विगतमा हामीले विज्ञानको नाममा अर्ध ज्ञानले ग्रसित बनेर निचोड निकाल्ने क्रममा विवेक गुमाउन पुग्दा हाम्रा चालचलनहरूलाई रुढी बादी र कथित अवैज्ञानिकको पगरी भिराएर स्थापित गरेको गलत धारणाहरू आज विज्ञान बाटै गलत रहेको प्रमाणित हुँदै जानु हामी सबैको लागि सन्तोषको विषय बनेको छ।

 

(खाध्य तथा औषधि विज्ञ , क्यानाडा)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE