मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सोमरस – गहिरो जीवन विज्ञानको उत्कृष्ट उत्पादन!!

नारायण घिमिरे

वैदिक अवधारणामा गुणको आधारमा खानको वर्गीकरण भएको थियो। ताजा तत्कालीन मौसम अनुसारको खानालाई मूलतः सात्त्विक खाना मानिन्छ। आधारभूत ऊर्जाको जरुरत पूर्ति गर्ने (दैनिक कार्यगर्न पर्याप्त भौतिक ऊर्जा दिने, यौन जन्य तागत वृद्धि गर्ने), बुद्धिमत्ता बढाउन सहयोग गर्ने, रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने, मानसिक ऊर्जा थप्ने खानेकुराहरू लाई सात्त्विक खानाको रूपमा वर्गीकरण गरियो।

 

गेडागुडी, फलफूल, दूध, हरियो तरकारी, अन्न, मह, सख्खर, नरिवलको अप्रशोधित चिनी, तुलसी, जिरा, अलैँची, दालचिनी, मेथी, खुर्सानी, मरीच, अदुवा, बेसार जस्ता मसला आदि सात्त्विक खाना अन्तर्गत राखिए।

 

प्राणी हत्या वाट उपलब्ध हुने मासु, माछा, गर्भधारण गरेको निषेचित अण्डा, खानाको एडिक्सन वा लत विकास गर्ने प्याज, लसुन, छ्यापी, हरियो लसुन, हरियो प्याज, च्याउ, नीलो चीज आदि तथा नसा दिने अति हानिकारक अम्मली पदार्थ जस्तै रक्सी, अफिम आदि लाई तामसी गुणको खानामा राखियो। पकाएको तिन घण्टा (अर्थात् एक याम) बितिसकेको बासी खानालाई भगवत् गीताको अध्याय १७ अनुसार तामसिक भोजन अन्तर्गत राखिएको छ।

 

यथार्थमा मानवताको सीमाको (जस्तै प्राणी हत्या हिंसाको) उल्लङ्घन गर्ने, अम्मली प्रकृतिको वा क्रूर गुणहरू विकास गर्ने र वासी मानव स्वस्थको लागि विषाक्त हुन सक्ने खानालाई तामसी खाना भनियो।

 

सात्त्विक र तामसी गुण अन्तर्गत राख्न नसकिने खानालाई राजसी खानाको वर्गमा राखिएको छ। प्रायः मानसिक बेचैनी उत्पन्न गर्ने उत्तेजना वर्धक खाद्य पदार्थ राजसी खाना भित्र अटाएको छ। जसलाई शरीरमा उत्परिवर्तन निम्ताउने प्रमुख कारक मानिन्छ। जस्तै शरीरको तन्तुहरूमा हुने उत्परिवर्तनले क्यान्सरको विकास हुन्छ।

शरीर र दिमागको लागि न त पूर्ण फाइदाकारी रहने न त सम्पूर्ण रूपमा हानिकारक हुने खाना समेत राजसी खाना अन्तर्गत राखिएको छ। वैदिक अवधारणामा राजसी खानाहरू मानिसमा भौतिक शक्ति दिने गुण रहेता पनि चेतनाको वृद्धि वा आध्यात्मिक विकासमा अवरोधक रहन्छन्।

 

 

यस अन्तर्गत कफी, चिया, कोला पेय, ऊर्जा प्रदायक पेय, खैरो वा कालो चकलेट, जिन्सिङ्ग, जिन्कगो बिलोबा, अजिनामोटो युक्त मसलादार खाना, धेरै नुनिलो स्वादको खाना जस्ता खाद्य पदार्थहरू समावेश गरिएको छ। बेमौसमी तरकारी, फलफूल, उच्च प्रशोधित खाना, लामो समय कृत्रिम रूपमा जोगाएर राखिएको खाना, विषादी हालिएको खाना, खाद्य विषादी युक्त प्रिजर्भेटिब (खाद्य संरक्षक पदार्थ) भएको खाना, उच्च प्रशोधित खाद्य पदार्थ निर्मित ढिलो प्रभाव देखाउने विषरुपी चाऊ-चाऊ आदि समेत यसै वर्गमा पर्दछ।

 

 

वैदिक कालमा खानामा प्रकाशको किरणको भूमिका बारे ज्ञान प्राप्ति पश्चात् जीवन लाई मुक्ति पथ सम्म पुर्‍याउन सहायक हुने सोम रस जस्ता अमृत हरूको विकास भएको प्रस्ट बुझ्न सकिन्छ। औषधीय र पुनर्जागरण गर्ने पेयको रूपको अमृत रस लाई अमृत, ज्ञान रुपी अमृत लाई ज्ञान अमृत भन्ने गरिएको भेटिन्छ।

 

 

आनन्द प्राप्तिको अन्तिम बिन्दु मुक्ति वा मोक्ष प्राप्तिको लागि स्वस्थ मानव शरीर, सन्तुलित मानसिक अवस्था र सत्मार्ग को आध्यात्मिक चिन्तन आधारभूत पूर्वाधारहरू रहेका छन्। तिनै पूर्वाधार विकासमा भूमिका खेल्ने खानपान लाई अमृत, अमृत निर्माणमा रहेको प्रकाश र अन्य शक्ति लगायतको भूमिका लाई बुझ्नु लाई तत्त्व बोध भनिएको छ।

 

आध्यात्मिक चिन्तन मार्फत प्राप्त ज्ञानहरूको सारतत्वले विचार विमर्शको उत्पादन हुने हुँदा सत्मार्गको आध्यात्मिक चिन्तन लाई ज्ञान अमृत भनिएको छ।

 

मोक्ष प्राप्तिको प्रक्रियामा अन्य विषय बस्तु बारे धरै प्रभावकारी अध्ययन भएता पनि हामीले हाम्रो आफ्नै हामीले सधैँ जप्ने गायत्री मन्त्रले भन्ने गरेको प्रकाशको किरण बारे हाम्रो अनुसन्धान केन्द्रित गर्न वाट चुक्नु हामी हाम्रा वेदको सार तत्त्व अनुभूति गर्न वाट पछाडि परेको देखिन्छ।

 

 

प्रकाशको किरणको तीन सामान्य भौतिक गुणहरू हुन्छ। पहिलो इन्टेनसिटि (एमप्लीचियुड), दोस्रो फ्रीक्वोइन्सी (वेभ लेन्थ) र तेस्रो दिसा निर्धारण गर्ने कम्पन (भाईब्रेसन जसलाई पोलराइजेसन भनिन्छ)। यी तिन गुणहरूले प्रकाशलाई विद्युतीय र चुम्बकीय गुण युक्त (इलेक्ट्रो-म्यागनेटिक गुणको) विकिरणका मिश्रित रूपमा निर्माण गरिदिन्छ।

 

प्रकाशको इलेक्ट्रो-म्यागनेटिक गुणहरूको बारे अनुसन्धानको क्रममा समेत हामी ४०० देखि ७०० निमामिटरको दायराको मानिसको आँखाले देख्ने विभिन्न तरङ्गको भिजिबल प्रकाशको स्पेक्ट्रमहरुमा केन्द्रित हुने गरेका छौ। जुन प्रकाशको विभिन्न  स्पेक्ट्रमहरू मध्येको सानो भाग मात्र हो।

यो कुरा प्राय: सबैलाई थाहा छ कि बिरुवा बढ्नको लागि चाहिने खाना ग्लुकोज फोटो-सेन्थेसिसको माध्यम बाट प्राप्त हुन्छ। बिरुवाको लागि  ऊर्जा प्रदान गर्नुको अतिरिक्त प्रकाशले बिरुवाको अन्य धेरै  प्रक्रियाहरू सम्पन्न गर्दछ भन्ने कुरा धेरैमा हेक्का रहँदैन।

 

बिरुवामा हुने नियमित जैविक प्रक्रियाहरू जसले कोशिका, तन्तु र बिरुवाको आफ्नै सम्पूर्ण आकृति निर्माण गर्छ त्यसलाई मोर्फोजेनेसिस भनिन्छ। जीव तथा बिरुवाको मोर्फोजेनेसिस प्रक्रियामा प्रकाशको अहम् भूमिका रहन्छ। प्रकाशको किरणको युभी र इन्फ्रारेड विकिरण बिरुवाको मोर्फोजेनेसिसमा महत्त्व पूर्ण भूमिका खेल्ने गरेको भेटिएको छ।

 

प्रकाशमा हुने विभिन्न  तरङ्गको  स्पेक्ट्रमसंग फरक फरक गतिविधि वा संवेदनशीलता देखाउने  बिरुवाका विशेष फोटोरिसेप्टरहरु लाई पिग्मेन्ट भनिन्छ। उक्त पिगमेन्टहरू मार्फत बिरुवाले प्रकाश बाट आफूलाई उपयोगी हुने वातावरण सम्बन्धका जानकारीहरू प्राप्त गर्न सक्दछ।

 

वरिपरिको वातावरणमा रहेको प्रकाशको विभिन्न स्पेक्ट्राले सङ्केत गरेको सुचनाको आधारमा बिरुवाले आफू कसरी बाँच्नुपर्छ, कसरी वृद्धि हुन पर्दछ र आफ्नो सन्ततिको पुनः उत्पादन कसरी गर्नु पर्दछ भन्ने यकिन गर्दछ।

 

जसरी फोटो-सेन्थेसिसको लागि प्रकाशको कुल मात्रा जत्ति महत्त्वपूर्ण हुन्छ त्यस्तै बिरुवाको आफ्नो दैनिक जीविका सञ्चालनमा प्रकाशको संरचना अत्यन्त महत्त्वपूर्ण हुने गर्दछ। प्रकाशको ३००  देखि ८०० निमामिटरको दायराको स्पेक्ट्रमले बिरुवाको उक्त विकासात्मक प्रक्रिया निर्धारण गर्न महत्त्व पूर्ण हुने गर्दछ।

 

चौबिस घण्टाको हरेक दिनको समयमा बिरुवाको फिजियोलोजी र वृद्धि विकासमा हुने नियमनको प्रक्रियालाई भने फोटोपेरियोडिजम भनिन्छ। फोटोपेरियोडिजम गतिविधिका कारण नै वर्षको निश्चित समयमा बिरुवाका विभिन्न प्रजातिहरूको फुल्ने, फल लाग्ने जस्ता कार्यको लागि जरुरी हुने प्रजनन मुद्राको स्विच अन र अफ हुने गर्दछ।

 

कुनै बिरुवाको प्रकाशको स्रोत तर्फ आकर्षित हुने गर्दछ भने कुनै प्रकाशको श्रोत वाट टाढा रहन खोज्दछ। बिरुवाको त्यो प्रक्रियालाई फोटोट्रोपिजम भनिन्छ। बिउँ वाट निस्केको अङ्कुरहरू तथा वा बिरुवाको जमिन माथिको भागहरू सामान्यतया सकारात्मक फोटोट्रोपिजम गुणका हुन्छन्।

 

तिनीहरू प्राय प्रकाश भए तिर झुक्ने गर्दछन्। उक्त प्रतिक्रियाले बिरुवाको हरियो भागहरूलाई प्रकाश ऊर्जाको स्रोतको नजिक पुग्न मद्दत गर्दछ। जसले गर्दा फोटोसेन्थेसीस भनिने प्रकाशको संश्लेषणको प्रक्रिया सहज हुन्छ।

बिरुवाको जमिन मुनिको भाग मुख्यतः जरा मूलतः प्रकाश बाट टाढा बढ्ने नकारात्मक फोटोट्रोपिजम प्रवृत्तिको हुने गर्दछ। जसले तापक्रम र श्वास प्रश्वास मार्फत आफूमा सिञ्चित रसहरू जोगाउन मद्दत पुग्दछ।

 

बिरुवाले आफू सम्म आइपुगेको प्रकाश लाई संश्लेषण  गरी लिने यन्त्र लाई फोटोरिसेप्टर भनिन्छ। फोटोट्रोपिन र क्रिप्टोक्रोम भनिने बिरुवाको प्रकाश सोस्ने तन्त्रले छोटो तरङ्ग हुने युभी र निलो किरण सोसेर लिने गर्दछ।

 

फोटोट्रोपिनले प्राप्त गर्ने प्रकाशको कारण बिरुवाले कति प्रकाश पाएको छ त्यसको आधारमा बिरुवाका डाँठहरूलाई प्रकाशतिर झुकाउने वा अन्यत्र लाने तथा धेरै प्रकाश छोपेर राख्न स्टोमाटा खोल्न वा नखोल्ने आदि फोटोट्रोपिज्मको  निर्णय लिन्छ।

 

क्रिप्टोक्रोम पिग्मेन्टको रूपमा रहने हुन्छ। प्रकाशको बिहान कुन दिशा वाट आएको छ र बेलुकी कुन दिसा तर्फ जान्छ भन्ने बारे उक्त पिगमेन्टले सूचना सङ्कलन गर्दछ। सो अनुसार कुन दिसामा कति लामो बिरुवाको डाँठ बनाउने आदि निश्चय गर्दछ।

 

तेस्रो तन्त्र फाइटोक्रोम रातो र फार-रेड किरण सोसेर सक्रिय बन्दछ।  प्रकाश भएतिर हाँगा लामो बनाउने, ओझेल परेको स्थान वाट डाँठ लाई  टाढा लाने, क्लोरोफिल बनाउने, फूल फुल्ने, फाल लाग्ने समय मौसम र वातावरण अनुसार तोक्ने, सक्रिय गर्ने काम फाइटोक्रोमले गर्दछ।

 

मानिसले जसरी बाँच्नको लागि खाना खानु पर्दछ त्यस्तै बिरुवाले पनि आफू बाँच्नको लागि चाहिने निश्चित ऊर्जा बनाउन प्रकाशको किरण जरुरी पर्दछ। प्रति मिटर स्क्वायर एरियामा प्रति सेकेन्ड एक माइक्रो मोल फोटोनको मात्रा लाई एक युनिट मान्दा हरेक बिरुवालाई आफू जीवित रहन दैनिक ३० देखि ५० माइक्रो मोल फोटोसेन्थेसिस गराउने निलो र रातो किरणको जरुरत हुन्छ।

 

निलो र रातोको अलावा फोटोसेन्थेसिसमा हरियो किरणको समेत जरुरत पर्ने हुँदा न्यूनतम ५ देखि ३० युनिटको हरियो प्रकाशको किरणको जरुरत हुन्छ। रिफ्लेक्ट भएर पातको पछाडिको भाग वाट सोसित हुने हरियो प्रकाशको किरण (२४%) तथा निलो र रातो किरण (७६%) समग्र बिरुवाको तौल वृद्धि गर्ने गर्न जिम्मेवार देखिन्छ। नीलो प्रकाशको तुलनामा रातो र रातो र फार-रेड किरण केही हदमा धेरै जरुरत हुने देखिन्छ। रातो र फार-रेड किरण २:१ को बिच जरुरी हुने, र यु भी विकिरण ४ किलो जुल प्रति मिटर स्वाएर प्रतिदिनको अत्यन्त सीमित मात्रा जरुरत हुने देखिन्छ।

 

 

अधिक नीलो प्रकाशले बिरुवाको डाँठ छोटो बनाउने र पातहरू समेत मोटो वा बाक्लो हुने गर्दछ। रातो र फार-रेड किरणको इन्टेनसिटि अधिक हुँदा तथा दुई को रेसियो हुनुपर्ने भन्दा अधिक हुँदा बिरुवा हलक्क लामो बन्छ। इन्टेनसिटि कम हुँदा तथा दुई को रेसियो हुनुपर्ने भन्दा नितान्त कम हुँदा बिरुवाको फूल फुल्ने र फल लाग्ने क्षमता घट्ने गर्दछ। रातो किरण एक्लैको फुल फुल्ने जस्तो काममा भूमिका खेल्न सक्दैन।

 

 

पृथ्वीको प्रकाशको मुख्य श्रोत सूर्य हो। चन्द्रमाले समेत सूर्यको प्रकाश परावर्तन गरेर पृथ्वीमा प्रकाश उपलब्ध गराउँदछ। प्रकाशको ईसपेकट्राको हिसाबमा चन्द्रमा र सूर्यको प्रकाश बारे रेसियोको तुलनात्मक रूपमा अनुसन्धान गर्दा चन्द्रमाको किरणमा सूर्यको किरण भन्दा रातो किरणको घनत्व धेरै हुने भेटिएको छ।

 

 

चन्द्रमाको रातो किरणको तरङ्गको वेभ लेन्थ सूर्यको किरणको रातो किरण भन्दा कम हुने गर्छ। चन्द्रमाको मलिनो प्रकाश जसमा रातो प्रकाशको घनत्व सूर्यको प्रकाशमा हुने रातो प्रकाशको घनत्व भन्दा बढी तर छोटो वेभ लेन्थको रहने हुँदा चन्द्रमाको प्रकाश शीतल, चाँदीको रङ्गको अनुभूति हुने गर्दछ।

 

 

चन्द्रमाको प्रकाशले प्रभावले बिरुवाको आन्तरिक रस वा तरल पदार्थको बिरुवाको सम्पूर्ण भागमा हुने सञ्चार लाई तीव्र बनाएको पाइन्छ। पूर्ण चन्द्र सकिन्छ टप बिरुवाको आन्तरिक भागमा रसको प्रवाहको डर बिस्तारै घट्दै जाने गर्दछ। चन्द्रमाको प्रभावले बिरुवाको रसमा फ्लेभोनोइड्स र फाइटोकेमिकल हरूको मात्रा बढाउने गरेको भेटिएको छ। अर्को तर्फ काठको पूर्णिमाको एक दिन अघिको दिनमा भन्दा औँसीको रातको एक दिन अघि टिम्बर हरूमा रसको मात्रा दस प्रतिसतले कम हुने गरेको भेटिन्छ।

 

कमजोर इन्टेनसिटिको भएता पनि चन्द्रमाको प्रकाशको आफ्नै इलेक्ट्रो-म्याग्नेटिक प्रभाव रहने गर्दछ। जसले पानीको सतहको तनावलाई परिवर्तन गर्छ। बिरुवाको रसको प्रवाह र बिरुवाको आन्तरिक माइक्रोस्कोपिक प्रभावहरू समेत पुग्न जान्छ। चन्द्रमाको प्रकाश पाउन बाट वञ्चित कतिपय बिरुवाहरू वाट आएका सारतत्व हरूको रोग प्रतिरक्षा क्षमता कमजोर रहेको, घाउ निको पार्ने क्षमता कमजोर रहेको भेटिएको छ। यथार्थमा जमिनमा पुगेको चन्द्रमाको प्रकाशले माटो भित्र सम्म प्रवेश गरी बिउ अङ्कुरणको समय देखि फसल पाक्ने समय सम्मको बोटबिरुवाको जीवनलाई असर गरेको पाइन्छ।

 

सोम रस बन्न उपयोग गरिने बिरुवाहरू लाई चन्द्रमाको उज्यालोसँग लयबद्ध एक्सपोजर चाहिने प्रकृतिको देखिन्छ। पूर्णिमाको वरिपरिको कम्तीमा एक हप्ताको समयमा तिनीहरूको रस रोग प्रतिरक्षा गुण युक्त, घाउ निको पार्ने, सन्तान वृद्धिको क्षमता विकास गर्ने र शारीरिक तौल नियन्त्रण गर्ने  र मानसिक क्षमता वृद्धि गर्न भूमिका खेल्ने प्रकृतिको भेटिने गर्दछ। चन्द्रमाको  चक्र अनुसार सोम बिरुवाहरूमा औषधीय र तागत वर्धक गुण युक्त पदार्थको पोटेन्सी अर्थात् मात्रा फरक पर्ने हुँदा ऋग्वेदको ऐतरेय ब्राह्मणमा चन्द्रमा लाई सोमको पर्यायवाचीको रूपमा व्याख्या भएको बुझिन्छ।

 

सामान्यतया आहार शास्त्र र पाक कलाका विषयहरूसँग सम्बन्धित भनिने सोमरस बारे ऋग्वेदको  IX.६५.६ भन्दछ सोम बिरुवाको सार तत्त्व अनिवार्य रूपमा रहने गरी तैयार हुने विभिन्न जडीबुटीको सार तत्त्व निर्मित एक साझा पेय पदार्थ हो।

 

पाक शास्त्र वा पाककला अन्तर्गत शरीरको तागत र स्फूर्ति वृद्धि गर्ने पेयको रूपमा  लिइने सोमरस आयुर्वेदिक हिलिङ्ग अर्थात् औषधीय मूल्यको पेयको रूपमा यो शरीरको कायाकल्प अर्थात् रेजुभिनेटिङ्ग गर्ने पदार्थ हो।

 

सोम रसका सार तत्त्वहरूले मानिसको आयु वृद्धि गर्ने र शरीरको स्वस्थ प्रणाली लाई सहज सञ्चालन गर्न सहजीकरण गरिदिन्छ।

मनोवैज्ञानिक स्वस्थ तर्फ मस्तिष्कको न्युरोन न्युरोन बिचको समवेदना आदान प्रदान गर्न बिचको माध्यम वा  मिडिया लाई शुद्ध गर्न जुनको प्रकाश वाट प्राप्त शक्ति निर्मित सार तत्त्व दिन्छ।

 

न्युरोनको आफ्नै तन्दुरुस्ती बढाउन जुनको प्रकाशको उपयोग गरी बनाइएका  फ्लेबोनोइडहरु शरीरमा उपलब्ध गराई मनोवैज्ञानिक सहजता विकास गराउने खुबी निर्मित सार तत्त्व  सोम रसले उपलब्ध गराउदछ।

 

तसर्थ सोम रसको नाम अमृत रस हुन सक्यो।

अमृत रसले  आध्यात्मिक चिन्तनमा लाग्न जरुरी हुने मनोवैज्ञानिक पूर्वाधार विकास  गर्दथ्यो।

पूर्वाधार युक्त आध्यात्मिक चिन्तनले उपयोगी ज्ञान प्राप्त गर्न सहज बनाउने गर्दथ्यो।

जीवन र कर्म उपयोगी ज्ञानलाई अमृत ज्ञान भनिन्थ्यो।

अमृत ज्ञानको प्राप्तिले जीवन सुखी बन्दथ्यो।

सुखी जीवन नै जिउँदै जीवनमा मुक्ति प्राप्तिको बिन्दुको रूपमा लिने गरिन्थ्यो।

 

के हाम्रा परम्परागत आयुर्वेदिक फर्मुलेसन हरूमा यस्तो तागत थियो?

थियो।

 

के हामी सँग यस्ता बिरुवाहरू थियो?

थियो।

नेपाल जस्ता शिव भूमिमा अझै प्रशस्त छ। पहिचान समेत भएको छ। उपयुक्त समयमा बाहिर ल्याउने वा आउने छ।

 

के हामी सँग यस्तो प्रविधिको पहिचान थियो ?

थियो। त्यो प्रविधि समेत हाल लगभग पहिचान भएको छ।

यो मेरो निजि यकिन हो। यस लाई परम्परागत वैदिक ज्ञान र आधुनिक विज्ञानको समझले प्रष्ट पारेको छ।

 

विगतमा हाम्रो समझमा समस्या बनेको रहेछ। हामी आफ्नै नाइटोको कस्तुरी नचिन्ने सुगन्ध खोज्न बाहिर चहार्ने मानोरोगी बन्नु यसको कारक रहेछ।

 

त्यो कसरी सम्भव होला?

त्यो बारे समय आए पछि प्रस्ट हुने नै छ।  त्यसको पछाडि ठुलो धन राशि खर्च हुने कुरा छन्। त्यो पनि जोगाड होला। गरुँला त्यस लाई गौण रूपमा नै लिऊ।

 

आज विज्ञानले मात्र हावा, पानी र प्रकाशको किरण वाट  बिना कृषि अर्थात् कृषिको विकल्पको खाना  त्यसमा पनि पूर्ण पोषण युक्त खाना यानेकि कम्प्लिट डाइट (आमाको दूध वा पञ्चामृत भन्दा पौष्टिक) खाना बनाउन सफल बनेको छ।

 

विज्ञानले सजिवनको गेडा पेलेर वा अन्न रक्सी जस्तो बनाएर त्यो वाट चल्ने भट-भटे, मटर र गाडी बनाउन सकेको छ।

 

प्रकृतिले रोटी मुखमा हाली तागत र बुद्धि बनाउँछ। जुन आधुनिक विज्ञान भन्दा सय लाख गुणा प्रभावकारी र किफायती छ।

 

हाम्रो परम्परामा हावा वाट खाना बनाउँदा जसरी कार्बन डाईअक्साइड, अक्सिजन, पानी, सूर्य र वातावरण मै रहेको फस्फोरस आदि प्रयोग गरेर त्यत्रो प्रगति गरेको छ – त्यो तेल वाट शक्ति उत्पादन गरे स्तरको कुरा हो।

 

सोम रस प्राकृतिक रूपमै प्राकृतिक तागत लाई मानव हितमा लाने र मानव जीवन सहज गर्ने तरिका रहेछ। आधुनिक विज्ञान भन्दा पनि गहिरो जीवन विज्ञानमा आधारित विद्या रहेको पहिचान गर्न हामी आज सफल भएका छौ।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

126Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: