मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल भ्रमणमा ई-कागज अनलाइन र एपी- १ टिभीमा बोल्दै गरेको भेटिए नारायण घिमिरे।

नारायण घिमिरे १५ वर्षयता खाद्य तथा औषधिविज्ञका रुपमा क्यानडामा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता हुन् । घिमिरे परम्परागत भनिने आयुर्वेद र आधुनिक भनिने एलोपेथिक उपचार पद्धतिको सम्बन्ध र साइनोबारे अध्ययन गर्न लागिपरेका छन् । उनी वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ फुड निर्माण संलग्‍न छन् ।

नारायण घिमिरेका लेख विभिन्‍न पत्रिका र अनलाइन पोर्टलहरुमा भेटिन्छ। ‘नेपालमा गाँजा – वैज्ञानिक अवधारणा” र ‘नेपाली रैथाने जडीबुटी’ उनका पुस्तक प्रकाशित छन् । नारायण घिमिरे नेपाल भ्रमणमा ई-कागज अन लाइन र एपी- १ टिभीमा बोल्दै गरेको भेटिए।

उनै घिमिरेसँग इकागज अनलाइन पत्रिका तथा एपी- १ टिभीमा भएको संवादको पूरा भिडिओ हाम्रो नियमित पाठकको सुविधाको लागि यहाँ प्रस्तुत गरिएको छ।

एपी- १ टिभीमा भएको संवादको पूरा भिडिओ:

इकागज अनलाइन पत्रिकामा भएको संवादको पूरा भिडिओ:

क्यानडामा गाँजा वैधानिक भएपछि त्यहाँ पैसा मात्र कमाइ भएन, स्वास्थ्य सुध्रियो । दुर्घटना घट्यो । गाँजा तस्करीको पैसा मुलुकको राजस्वमा आयो । बालकका हातमा गाँजा पुग्‍नबाट रोकियो । यो देखेपछि मलाई नेपालमा गाँजा पुस्तक लेख्न मन लाग्यो । गाँजा प्रतिबन्धित हुँदा त तस्करी छ, बच्चाको हातहातमा छ, फुकुवा गर्दा छन् कस्तो होला भन्‍ने त्रास क्यानडामा पनि थियो । तर, वैधानिक भएपछि समाजमा सकारात्मक सुधार आयो । दुर्घटना नै कम भयो । यसका धेरै तथ्यहरू छन्। हाम्रा चार वेदहरू ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद मध्ये ऋग्वेद र अथर्ववेदले हाम्रा रैथाने बोटबिरुवा र यसको उपचारात्मक खाद्य र औषधीय प्रयोगको प्राचीन सभ्यतादेखिको इतिहास बारे उल्लेख गर्ने गर्दछ। तपाइको शरीर तपाइको दिमाग वाट सञ्चालित हुँदै गर्दा तपाइको शरीर लाई सञ्चालन गर्ने दिमाग भने शरीरको बाह्रौँ प्रणाली इन्डोक्यानाविनोइड प्रणालीले सञ्चालन गरिरहेको छ।

उक्त इन्डोक्यानाविनोइड प्रणाली तपाइको वरपरको प्रकृति र तपाइको शरीरको सम्पूर्ण भौतिक र मानसिक संरचना बिचको सेतु बनेर रहेको छ। अथर्ववेदमा आधारित आयुर्वेदमा ती ती बिरुवाका सारतत्व जसले तपाइको इन्डोक्यानाविनोइड प्रणाली लाई तन्दुरुस्त र चुस्त राख्न प्रभावकारी भूमिका खेल्न सक्छ तिनीहरूलाई विशेष अन्तर्गतका पवित्र बिरुवाहरू भनी वर्णन गर्दछ। गाँजाको बोटलाई वेदहरूमा सर्वाधिक महत्त्वको पाँच पवित्र बिरुवाहरू मध्ये एकको रूपमा वर्णन गरिएको छ। गाँजाको बिरुवामा हुने नशा नदिने सिबिडी जस्ता तत्त्व लाई मानवको उच्च चेतनाको चालकको रूपमा काम गर्ने गुणहरू हुन्छन् भन्ने मान्यतामा वैदिक सांस्कृतिक धेरै महान् ऋषिहरूले गाँजाको गैर-साइकोएक्टिभ घटक सिबिडीको आफ्नो खानामा राखी सेवन गर्ने र त्यसको अत्यधिक पौष्टिक र चिकित्सकीय गुणहरू आफ्नो आध्यात्मिकतामा अभिवृद्धि गर्न सहयोग गर्ने विश्वासमा प्रयोग गर्ने गरेका थिए।

वेदले भनेको चार मुख्य जडीबुटी भित्र गाँजा पर्दछ । नेपालमा गाँजा अमेरिकीहरूको प्रेसरमा नेपालमा प्रतिबन्धित गरियो । अहिले अमेरिकाले खुला गरेर पैसा कमाइरहेको छ, भोलि हामीलाई त्यही हामीले पिउने खाना र पेयमा समेत गाँजाको सारतत्व राखी हामीलाई बेच्ने छ। हामी आफ्नो कमाई विदेश पठाउन बाध्य हुने छौ। गाँजामा टिएचसी ग्रुपको लागू तत्व छ। समाज यो लागु तत्त्व आफ्नो स्वस्थ सुधारको लागि कसरी उपयोग गर्ने भन्ने ज्ञानले अभ्यस्त नहुँदा सम्म लागु तत्व टिएचसी योग्य,दक्ष र विज्ञको हातबाट डाक्टरकोहरूको प्रेस्किप्सनअनुसार उपलब्ध हुनु समाजको लागि हितकार हुने छ। गाँजा भन्दा अत्यन्त धेरै हानिकारक रक्सी र सुर्तीको उपयोग गण हाम्रो समाज लामो समयमा अभ्यस्त बनिसकेकोले लामो समयमा हाम्रो समाजमा गाँजाले ठुलो जोखिम दिने छैन भन्ने कुरा हामी हाम्रो रक्सी र सुर्तीको उपयोगको अनुभव वाट समेत निचोड निकाल्न सक्दछौ।

संसारको आज सम्मको अनुभवमा गाँजा कुनै बहस विनै सबैसँग लुकी छिपी प्रतिबन्धमा राखेर गाँजाको उपयोग र दुरुपयोग हुने वातावरण रहिरहँदा यसको लाभको भन्दा हानिको पक्षले समाजलाई ग्रसित बनाएको भेटिन्छ। दुरुपयोगको जोखिम झन् बढेको छ । जसले गर्दा गाँजाको २९८ भन्दा धेरै खाले रोगको रोगको उपचारका औषधीय गुण सदुपयोग हुन नसक्ने र मुलुक वासी स्वस्थ बिगार्ने सेन्थेटिक र पेट्रोकेमिकलमा आधारित दबाइमा अनिवार्य भर पर्नु पर्ने जोखिम बढाइदिएको छ।

हिजो हाम्रोमा गाँजा प्रतिबन्धित गराएको अमेरिका आज गाँजा खुला गरेर पैसा कमाइरहेको छ। आउने दशकमा संसारमा जुन जुन पेयमा सीबिडि राखिएका छैनन् तिनीहरू नबिक्ने वातावरण तैयार हुँदै छ। जसरी आज मानिसले खानाको छनौट गर्दा यसमा कति एन्टीअक्सिडेन्ट क्षमता छ भनी हेर्ने गर्दछ भोलि कति सिबिडी छ वा कति ओमेगा थ्री छ भनी हेर्ने छ। हाम्रा बजार समेत सिबिडी युक्त खाना वाट भरिने छन्। जसरी आज कोला , इनर्जी ड्रिङ्क र मादक पदार्थमा हाम्रो धनराशि बाहिर गएको छ त्यो भन्दा ठुलो धनराशि मुलुक बाहिर पुग्ने वातावरण निर्माण हुँदै छ।

गाँजाको जब गैर-अपअधिकरण हुन्छ तब यसका फाइदा, बेफाइदा बारे बहस हुन्छन्। समाचार माध्यम र राष्ट्रको नियन्त्रणमा रहेको सञ्चार माध्यम र राष्ट्रको अग्रसरतामा यसको नकारात्मक पक्ष बारे सचेतना अभियान चल्दछ। तब मानिस यसको फाइदा र बेफाइदा बारे पूर्ण रूपमा सचेत रहेर यसको उपयोग गर्ने वा नगर्ने निर्णय लिन सक्दछ। जोखिम पूर्ण रुपमा सीधै गाँजा खाने चलन निश्चित अनुशासनमा आउँछ। मान्छे आफैँमा स्वनियन्त्रित हुन्छ । युवा झन् आफैँ सचेत हुन्छ ।

कोही पनि मान्छे आफ्नो भविष्य बिग्रेको चाहँदैन । चरोट,रक्सी हानिकारक हो भनेर छ भन्ने जान्दा जाँदै पढेको लेखेको वर्ग चुरोट, रक्सी पिए जस्तै गाँजा पिउनेहरू समेत निश्चित रुपमा समाजमा रहने छन्। तर त्यसको फाइदा बेफाइदा बारे पूर्ण सचेत रहेर। कुनै पनि सूचना र ज्ञानलाई प्रतिबन्धित गर्दा कम जानकारीले अन्यौल सिर्जना गर्दछ । गाँजाको बारेमा यो पक्ष राम्रो, यो नराम्रो भनेर जब खुल्ला बहस गर्न पाइन्छ, तब कुरा बुझिन्छ। प्रतिबन्धित अवस्थामा हुने अवैधानिक सेवनले भन्दा पनि सुसूचित गरेको अवस्थामा हुने सेवनले दुर्घटना कम भएको देखिएको छ।

हामीले यो कुरा पनि बिर्सनु हुँदैन कि आज संसार भर गाँजाको खेती र प्रशोधन तीव्र भैसकेको छ। धनी मुलुक जुन जुन देशमा गाँजा कानुनी हुन्छ त्यस देशमा एक हप्ता भित्र आफ्नो गाँजामा आधारित उत्पादनले सम्पूर्ण बजार ओगट्न सक्ने गरी आफ्नो औद्योगिक व्यापारिक क्षमता निर्माण गरी बजारको लागि तैयारी अवस्थामा छन्। तसर्थ नेपालमा गाँजा कानुनी गर्दैमा गाँजा खुला गर्दैमा अर्थतन्त्र कायापलट हुँदैन । तर, गाँजा नेपालको परम्परागत ज्ञान र उत्पादनको विषय वस्तु रहेकाले मुलुकको हट-केक हो ।

नेपालको गाँजा सँग यो मुलुकको परम्परागत १५०० रैथाने जडीबुटीको भविष्य जोडिएको छ। संसारमा नेपाली गाँजाको पुरानो क्रेज आज पनि उत्तिकै छ जति यो प्रतिबन्ध हुनु अघि थियो। नेपालमा गाँजा खुल्ला हुन साथ नेपालको गाँजाको छुटै माग संसारको गाँजा बजारमा हुने छ। आफ्नो बदलिँदो बजार माग पुरा गर्न संसारभर रहेका गाँजा बिक्रेता हरूले नेपाली गाँजा प्राप्त गर्न आफ्नो खरिद संयन्त्र नेपाल सम्म पुर्‍याउने छन्। नेपालमा गाँजा भन्दा धेरै मुनाफा र आम्दानी दिने अन्य ६२ – ६४ ओटा रैथाने अन्य जडीबुटी समेत छन्। जुन संयन्त्र मार्फत नेपाली गाँजा विश्व बजारमा पुग्ने छ त्यही संयन्त्र मार्फत हाम्रा ती ६२-६४ रैथाने उच्च मूल्यका जडीबुटीको लागि समेत यसले बजार खुल्ला गर्ने छ।

नेपालमा गाँजाको कुरा गर्दा मात्र गाँजाको नभएर मुलुकभित्रको रैथाने ज्ञानको र रैथाने जडीबुटीको कुरा गर्न खोजिएको हो । किनकि गाँजाको सारतत्व वाट ओखती र हिलिङ्ग खाद्य समेत बनाउन सकिने प्रविधि र ज्ञानले हाम्रा लगभग प्राय: सबै रैथाने जडीबुटीहरूको प्रशोधन र तिनको सारतत्व वाट हाम्रो आन्तरिक बजारको आयात प्रतिस्थापन हुने गरी तिनै जडीबुटीहरूमा आधारित उत्पादनहरू गर्न सकिन्छ।

हर्बल उत्पादन वाट मुलुकको कायापलट हुने गरी संवृद्धि निम्त्याउन राज्यले आफ्नै आयात प्रतिस्थापन गर्ने नीति र कार्यक्रम ल्याउन जरुरी छ। नेपालको दुर्भाग्य के रह्यो भने त्यसको लागि जरुरी हुने बडी अफ नलेज राज्यको कुनै पनि संयन्त्र सँग देखिएन। त्यो कुनै दात्री निकायले समेत दिने कुरा रहेन। राज्य सँग न त आफूलाई के थाहा छैन भन्ने नै ज्ञान छ,न त त्यो ज्ञान तथा बडी अफ नलेज प्राप्ति गर्ने इच्छा शक्ति नै । २०० वर्ष देखि विकासको लागि दात्री निकायको मात्र मुख ताक्ने बस्ने गरेको राज्यलाई कसैले आफै स्वावलम्बन हुने कुरा गरिदियो भने सम्पूर्ण संरचना नै सिजोफेर्निया भए जस्तो गरी काँप्ने गर्दछ। सिजोफेर्नियाको उपचार गाँजा वाट आउने सिबिडी तेल त हो। तर राज्य आफै गाँजा प्रतिबन्ध गर्दै गाँजा उत्पादक लाई जेल कोच्दै बस्दै गरेको छ।

मुलुकको हालत जस्तो सुकै होस्, मुलुक बारे चासो लिने सचेत वर्गले राज्यका निकायलाई झक्झक्याउन जरुरि देखियो। गाँजा फुकुवा हैन,गैरअपराधीकरण गर भनि भन्नुपर्ने देखियो। गाँजाभन्दा राम्रा ६२ – ६४ हर्बल छन्,जुन प्रतिबन्धित थिएनन् तर पनि राज्यले त्यस वाट फाइदा लिन कुनै इच्छा शक्ति नै देखाएन भनी सम्झाउनु पर्ने अवस्था बन्यो। राज्य आफ्ना उद्यमीहरू माझ उधमिकरण मुखी ज्ञान, सीप र प्रविधि लैजान वाट चुकिरहेको छ। आफ्नै परम्परागत प्रविधि पहिचान गर्ने विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने आफ्नो क्षमता पहिचान गर्न चुकी रहेको छ। आफ्ना परम्परागत ज्ञानलाई विज्ञानले विकास गरेको कटिङ ऐज प्रविधि सँगै मिलाएर आफ्नो रैथाने ज्ञान प्रविधि र उत्पादन विश्व बजारमा पुर्‍याएर मुलुकको संवृद्धि गर्ने इच्छाशक्ति च्युत राज्य मुलुकको उज्ज्वल भविष्यको वाधक हुने गर्दछ। राज्यको संस्थागत स्मरण बाहिर रहेको यो पजल नेपालमा आफ्नै निजी क्षेत्रको को-क्रिएसन सेन्टर निर्माण गरी मुलुकभर रैथाने हर्बल प्रशोधन सेन्टरहरू विकास गरी हाम्रा सम्पूर्ण १५ सय वटा जडीबुटी बाट लिन सकिने लाभ तर्फ पाइलो चल्न हाल निकै ढिलो भैसकेको छ। राज्यले हर्बल इनोभेसनमा परम्परागत ज्ञानलाई विज्ञानले विकास गरेको कटिङ ऐज प्रविधि सँगै मिलाएर लान नलेज इन्कुवेसनमा आधारित निजी क्षत्रको को-क्रिएसन सेन्टर व्यवस्थापनमा ध्यान नदिँदा सम्म नेपाल धनी बन्न सक्दैन। मुलुकले आफ्नो २०० वर्ष दात्री निकाय र सरकारको योजनाका निकायले यो काम गर्ने आशामा अथाह रकम र ऋण यसकोलागि खर्च गर्‍यो। तर राज्यको रैथाने सिप, ज्ञान, प्रविधि र रैथाने उत्पादकत्व मा वृद्धि हैन हामी विदेशी उत्पादनको बजारमा परिवर्तित बन्यौ। यदि राज्य फेरी पुरानै संरचना, पुरानै दातृ निकाय र पुरानै पाराले चल्ने हो भने पुन पुरानै नतिजा हाता लाग्ने छ। अब नयाँ मुलुकको माटो सुहाउँदो नीति र कार्यक्रममा जाने इच्छा शक्ति राज्यले देखाउन जरुरी छ।

25Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: