क्यानाडामा डा. पुर्णकान्तअधिकारिसँगको गम्भिर अन्तरकृया । (भिडियो सहित)

डा. पुर्ण कान्त अधिकारि नेपालि समाजको थिङ्क ट्याङक भनि बिश्व बौद्दिक समाज बिच चिरपरिचित नामहो । जन्मघर लम्जुङ भई नेपालमै हुर्केका अधिकारिको गणित, प्राकृतिक र सामाजिक विज्ञान र शिक्षा सम्बन्धित शैक्षिक पृष्ठभूमि छ। अधिकारि नेपालको द्वन्द्व रूपान्तरण र पीस बिल्डिंगमा माहिर मनिन्छन। क्यानाडा, जापान, जर्मनी, स्विट्जरल्याण्ड, स्वीडेन, फिनल्याण्ड, र अमेरिकामा डा. पुर्ण कान्त अधिकारिको लेक्चरको श्रृंखला यती भेटिन्छनकी सायेद नेपाली ग्रास रुटमाँ भिजेका बिज्ञको यती धेरै टक प्रोग्रामको बैदेसीक निम्तो पाउनेअरु कोही नहोलान। डा. अधिकारि नेपाली कांग्रेसका नेता र आदर्श मानिने बीपी कोइरालाको पार्टीको अन्तर्राष्ट्रिय मामिलामा मनपराइएका श्रोत ब्यक्तिका रुपमा पार्टी सम्बन्धित कार्यहरूमा बिज्ञका रूपमा समाबेश गरिनु भएको थियो । पार्टीको अन्तर्राष्ट्रिय मामिलामा बिज्ञका र अन्तर्राष्ट्रिय मामिलाको मुख्य प्रशिक्षकका रूपमा काम गरेको अनुभव डा. अधिकारि संग छ।
न्यूयोर्कको 1990 को अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा नेपाली कांग्रेसको टोली नेता, 2003 मा नेपाली कांग्रेसको उच्च राजनीतिक प्रतिनिधिको रूपमा चीन भ्रमण, 2008 र 2013 को संविधान सभा निर्वाचन अवलोकनको काम, लुम्बिनी शान्ति फाउंडेशनको अध्यक्ष, 2003 मा हार्वर्ड विश्वविद्यालय, क्याम्ब्रिजमा द्वन्द्व व्यवस्थापन शान्ति र विकास बारे इस्पिकरका रुपमा निम्ताईनु वहांका बारे चर्चा गर्न लायक इभेन्ट हरु हून ।
अन्तरकृया कार्यक्रममा डा. अधिकारिले नपालको हालको अार्थिक, राजनैतिक र द्वन्द ब्यबस्थापनको अबस्थाको बिष्लेषण गर्दै यसका ईस्टेकहोल्टर (stakeholders), तिनका निजी र ग्रुप ईन्ट्रेस (Personnel and group interest) बारे अाफ्नो धारणा राख्नुभयो। बजारमा भनिने र समाजिक मिडिया हरूमा पोखिने चित्र बिपरित कसरि नेपाल ऊन्नति तर्फ ऊन्मुख भईरहेको छ र किन र कस्तो भौगोलिक र अन्तराष्ट्रिय ईन्ट्रेस्टका कारण नेपाल ऊन्नतितर्फ बड्नेछ भनि स्पष्ट बिचार दिन सफल डा. अधिकारिले बिदेशमा रहेका तर नेपालबारे चासो राख्नेहरूको नेपाल निर्माणको अभियानमा के कस्ता गतिबिधि हरू र तरिकाबाट मिनिङफूल रिजल्ट दिन सकिएलाभनि ब्यबारिक सल्लाह दिनुभएको थियो। अनद रिकर्ड सम्पन गरिएको ऊक्त अनौपचारिक अन्तरकृया को भिडियोको डिटेल माथि समाबेश छ।
WRITE COMMENTS FOR THIS ARTICLE