मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

टक्सिक स्ट्रेस – स्वाद, चरित्र र वेद

नारायण घिमिरे

भागवत गीता अध्याय १७ विश्वासको भागका अनुसार स्वच्छ र ताजा अवस्थाको खानेकुराले तागत उपलब्ध गराउने गर्दछ।  तन्तु तन्तु हरुको शुद्धीकरण गर्दछ। स्वास्थ्य राख्ने हुँदा खुसी र सन्तुष्टि वृद्धिको आधारशिला तैयार गरिदिन्छ। मानिसको आयु वृद्धि गर्दछ। पौष्टिक खानाहरू मीठो, रसिलो, पूरक र स्वादिष्ट हुन्छन्।

 

ती खाने कुराहरू जुन अधिक मात्रामा टर्रो, अमिलो, नुनिलो वा तितो स्वादमा रहन्छन तिनीहरू विशेष प्रकारका लगाव युक्त मानिसहरूको प्रिय खाना बन्ने गर्दछ। त्यस्ता खानाहरूले स्वस्थ मानिसमा पीडा, कष्ट र रोग समेत निम्त्याउन सक्दछ। खाना खान भन्दा तीन घण्टा भन्दा पहिले पकाएको खाना स्वादमा सम्झौता गरेको, बासी, केही बिग्रिसकेको, सार तत्त्वले कमसलता पाइसकेको वा  विघटित हुने अथवा अशुद्ध बन्ने गर्दछ। विशेष प्रकारको लगाव भएका व्यक्तिहरू खानामा भन्दा आफ्नो लगावमा केन्द्रित हुने हुँदा यस्ता खानहरूको कमजोरी पक्षहरूको बेवास्ता गरी मन पराएर खाने गर्दछन्।

 

आधुनिक विज्ञानको हाल सम्मको विश्वव्यापी रूपमा स्वीकृत आधारभूत स्वादहरूमा गुलियो, नुनिलो, अमिलो, तितो, उमामी वा मासुको जस्तो स्वाद पर्दछ। आधुनिक विज्ञान पाँच प्रकारका स्वादमा खेलिरहेको भएता पनि वेदान्त भने यसमा थप एक स्वाद “टर्रो र पिरो” नजोडी खानको औषधीय, पोषण र सार तत्त्व युक्त समीकरण बुझ्न कठिन हुने मान्यतामा विश्वास गर्दछ। किनकि आधुनिक विज्ञानले भन्ने ऊमामी स्वाद अग्नि तत्त्वको प्रभाव अथवा पकाउने प्रक्रिया पश्चात् खानामा रहेका तत्त्वहरू सँग संयुक्त रूपमा तितो, टर्रो र पिरो स्वादको मिलन मार्फत तैयार हुन्छ। अयुर्बेद्को तर्कमा गहिरो वैज्ञानिक आधार रहेकाले आज युरोपियन युनियन उमामी स्वादलाई रियाक्सन फ्लेभरको स्वाद मान्न बाध्य भएको छ।

 

अयुर्बेदको दाबी पुष्टि हुने गरी भर्खरै वैज्ञानिकहरूले फोक्सोमा टर्रो स्वाद पहिचान गर्ने टेष्ट बढ वा स्वाद पहिचान गर्ने कोपिलाहरू रहेको प्रमाणित गरेका छन्। क्याल्सियमको हल्का मेटालिक टर्रो-पिरो स्वादलाई क्याल्सियम टेष्ट बढ भनिएको स्वाद पहिचान गर्ने कोपिलाहरू वास्तवमै टर्रो-पिरो पहिचान गर्ने शरीरका महत्त्वपूर्ण बिन्दु रहेछन्।

 

आयुर्वेदका अनुसार खाना पूर्ण रूपमा स्वादिष्ट र लाभदायक हुनको लागि यसका सबै छ स्वाद मिलेको हुनुपर्दछ। फरक फरक स्वादले शरीरको फरक फरक अङ्गहरूको फरक फरक कार्यहरू सम्पन्न गर्न सहयोग पुर्याउदछ। आयुर्वेदको अटल विश्वास के हो भने खाना नै प्रकृतिले व्यवस्था गरिदिएको सम्पूर्ण प्राणीहरूको औषधि हो। मानिसले आफूमा रहेको उत्कृष्ट विवेक प्रयोग गरेर र जनवार र अन्य जन्तुहरूले आफ्नो शारीरिक इन्द्रियहरूको तीक्ष्ण शक्तिको प्रयोग गरेर गुण र अवगुण तौलिएर आफ्नो खानालाई आफ्नो औषधिमा परिवर्तन गर्ने जिम्बेबारी आफैले लिएको छ।

 

अयुर्बेदको उपचार पद्धतिमा तीतो-टर्रो स्वादले पित्त र कफ दोषलाई सन्तुलनमा राख्न मद्दत गर्दछ। यसले शरीरको अङ्गले धेरै पानी ओगटेर राख्ने प्रवृत्ति लाई घटाउँदछ। फुलेको अङ्ग बिच थिचिएर बसेको कलेजो लाई आफ्नो स्थान प्राप्त गर्न सहयोग गर्दछ। तितो-टर्रो खाना तथा पूरक खाद्य मार्फत शरीरमा पुर्याउदा कलेजोको लागि टॉनिक समेत उपलब्ध गराउन सकिने, रगत सफा गर्न सकिने र शरीर भर चिलाउने र जोर्नी र कुहिनो दुख्ने विकृतिको समाधान गर्न सहयोग पुर्‍याउन सकिने अयुर्बेदको अवधारणा छ।

 

गुलियो खाना झलक्क सम्झँदा र मुखमा कप्लक्क हाल्दा जति प्रिय हुन्छ त्यसलाई व्यवस्थापन गर्न नसक्ने गरी सेवन गर्ने गर्दा शरीरको मोटो पन बढ्ने देखि चिनी रोग सम्म लाग्ने गर्दछ। चिनी रोगको राम्रो उपचार गर्न नसक्दा मुटु रोग, मृगौला रोग, आँखाको रोग, छालाको रोग र मस्तिष्क रोग आदिको कारक बन्छ। जसको समयमै निदान नहुँदा मिर्गौला फेलर, हृदय घात, पक्ष घात आदि वाट मृत्युवरण व्यहोर्नु पर्ने अवस्था जन्मन्छ। चिनी रोग को चरणमा पुगेको मानिस लाई स्वस्थ बनाउन  तितो-टर्रो खानकै सहायताको जरुरत पर्दछ। त्यसैले त करेला, मेथीको दाना, घिउ कुमारी, निमको धुलो, हरियो चिया,बन्धुकपुश्पा जस्ता तिता पदार्थहरू बेसार, अदुवा, हर्रो, बर्रो, अमला, दालचिनी, कागती आदि सँग दिएर चिनी जस्ता रोगको उपचार सम्भव बनेको छ। जरुरी भन्दा अधिक तितो-टर्रो खानाको ग्यास पैदा गर्ने र कब्जियत निम्ताउने बैगुन हुन्छ।

 

तीतो-टर्रो स्वादले शरीरमा खाली भाग र रगतमा अक्सिजनको मात्रा बढाउन सहयोग गर्दछ। टर्रो स्वादको खाद्य पदार्थले सबै स्वादको खानाले दिने भन्दा उत्कृष्ट हल्का पन र जीवन्त शक्ति दिने विश्वास छ अयुर्बेदको। यसको सर्दी पनले गर्दा कडा तीतो-टर्रो स्वादका खानाहरू शरीर वाट विषाक्त पदार्थ फाल्ने डिटोक्सिफाइ प्रभाव युक्त हुने भेटिएको छ। शरीरको संरचना निर्माण गर्ने र जीर्ण तन्तुहरू प्रतिस्थापन गर्ने शरीरको निरन्तर सञ्चालन हुने क्रममा शरीरको कोशीकाहरुको तहमा निस्कने फोहोर लाई समेत तीतो-टर्रो स्वादका खानाले धेरै हानिकारक प्रकृतिको हुन वाट जोगाउँदछ।

 

टर्रो पेय र खानाले भावनात्मक रूपमा मनमोहक र सम्मोहक भावनाहरू विकास गर्न सहयोग गर्ने प्रमाणित भएको छ। अभद्र भावनाहरू मनबाट छोटो समयको लागि भने पनि मुक्ति गरिदिने गर्दछ। यसले मनोबैज्ञानिक र मानसिक शुद्धीकरणमा सहयोग पुर्‍याउने आयुर्वेदिक अवधारणाले समेत पुष्टि गर्दछ।

 

आज आफ्ना नजिकका मन पराएका आफन्तको मन जितेर प्रभाव पार्न क्याफे तिर टर्रो कफी र एक्सप्रेसो पिउने नाममा बारम्बार हुने डेटिङ प्रख्यात मात्र नभएर प्रभावकारी बनिरहँदा टर्रो खाना बारे वेदले गरेको दाबी यथार्थ मात्र हैन व्यवहारिक तहमा वैज्ञानिक समेत रहेको प्रमाणित भएको छ। चिया, चकलेट, कोला लगायतका लगायत धेरै टर्रो  पेय पदार्थ आज संसार भर ठुलो मागका साथ बिक्री वितरण हुनुले टर्रो स्वादको भूमिका र महत्त्व बारे धेरै कोट्टाई रहनु जरुरी देखिँदैन।

 

मानिस मूलतः खाना वाट निर्मित प्राणी हो। तपाई जे खानु हुन्छ त्यसै वाट तपाइको शरीरको निर्माण हुन्छ। तसर्थ स्वाद केवल खानामा मात्र नभएर मानिसको निजी स्वभाव र सम्बन्धमा समेत कायम हुने गर्दछ। दुई पक्ष वा व्यक्ति बिच विकास हुँदै गएको तिक्तता पूर्ण अवस्था निम्त्याउन मुख्य भूमिका खेल्ने तत्त्वहरूको पहिचान गर्न दुई पक्ष बिच विकास हुँदै गएको तितो-टर्रो पनको भावनाको प्रकृतिको पहिचान अनिवार्य हुन्छ। मानिसमा मुख्यतय छ वटा आधारभूत मानवीय भावनाहरू रहने गर्दछन्। आश्चर्य, घृणा, खुसी, उदासी, क्रोध र डर।

 

तीतो-टर्रो पनको बारेमा निकै नजिक वाट पुगेर बिषलेष्ण गर्दा तीतो-टर्रो पन उल्लेखित छ वटा आधारभूत भावनाहरू मध्ये कुनैमा पनि सीमित रहेको भेटिँदैन। कटुता भावनात्मक रूपमा एकले अर्को वाट गरेको अपेक्षाको पूर्ति नहुनु तथा अपेक्षा पूर्ति नहुनुको प्रतिफलले पैदा गरेको भावनाहरूको जटिल मिश्रणको स्वोरुपमा रहने गर्दछ। विगतमा आफू माथि लगाइएका लाञ्छना, बेईज्यति, अन्याय, खराब व्यवहार आदि जब मानिसले बिर्सिन सक्दैन तब उसमा प्राकृतिक रूपमा विकसित भएको क्रोध, कटु अनुभव, गहिरो पीडा, घृणा आदिको अप्रिय तीखो स्वादका कारण मानिसमा मनोबैज्ञानिक नैराश्यता पैदा हुन्छ।

 

शास्त्रका अनुसार जब मानिसको लुकाउनु पर्ने कुनै कुरा रहँदैन तब ऊ प्रस्ट बोल्न र प्रतिवादमा उत्रन सक्दछ। प्रस्ट व्यवहार गर्ने मानिसहरू खरो स्वोभाबको रहन्छन। तर कुण्ठा ग्रस्त रहेर तितो-टर्रो प्रकृतिको बन्ने निकै कम सम्भावना रहन्छ। तितो-टर्रो खानाले ओखतीको काम गर्दछ। निकै धेरै संख्याका विषादीले समेत अत्यन्त कम मात्रामा ओखतीको काम गर्ने भएता पनि प्राय: जीवन लाई नै जोखिममा पुर्‍याउने विषहरू तितो-टर्रो स्वभावको धेरै मात्रामा बिखालु तत्त्व रहेको पदार्थ युक्त भेटिन्छ।

 

मनोबैज्ञानिक नैराश्यताको हद जब कुनै निश्चित दायरा पार गरी मनोबैज्ञानिक तिक्तताको स्तरमा पुग्दछ तब मानिसले तितो-टर्रो कुण्ठा ग्रस्त चरित्र ग्रहण गरेको भेटिन्छ।  आफ्नो परिवार, छर-छिमेक र कार्यालयका सहकर्मीहरुको लागि समेत विषाक्त  वाताबरण पैदा गर्ने श्रोत व्यक्ति बन्दछ।  जसलाई अङ्ग्रेजीमा टक्सिक पिपुल र त्यस्तो व्यक्ति सँगको सम्बन्धलाई टक्सिक रिलेसन भनेको भेटिन्छ। जसलाई निकै थोरै मात्रामा ओखतीको चरित्र बोक्ने पदार्थ अत्यन्त कडा मात्रामा विषको रूपमा परिवर्तन भएको चारित्रिक अवस्थाको रूपमा लिँदा हुन्छ।

 

टक्सिक स्ट्रेस वाट सबैभन्दा धेरै हानि विषाक्त तनावको स्थितिमा रहेको व्यक्ति आफैलाई हुने गर्दछ। किनकि व्यक्तिको चरित्र टक्सिक चरित्रमा परिवर्तन हुने अवस्था सम्म पुग्दै गर्दा ऊ आफै मनोवैज्ञानिक रूपमा टक्सिक स्ट्रेसको चरणमा पुगिसकेको हुन्छ। यथार्थमा डिमेन्सिया जस्ता मानसिक रोग जसमा आफू अस्वस्थ नरहेको, आफू मानसिक बिमारी हुनै नसक्ने बरु आफूलाई मानसिक बिरामी भए नभएको यकिन गर्न डाक्टरको सल्लाह लिन सल्लाह दिने नै मानसिक बिरामी रहेको निष्कर्षमा पुग्ने जस्ता प्रकृतिका लक्षण देखिने व्यक्ति  टक्सिक स्ट्रेस ग्रस्त क्रोनिक मनोवैज्ञानिक बिमारको सिकार बन्ने जोखिम रहन्छ। टक्सिक पिपलको सबैभन्दा पहिलो सिकार उसको परिवार हुन्छ। त्यसपछि उसको कार्यालयका सहकर्मी, आफन्त, छिमेक र टोल।

 

समाजको विकासको क्रममा तीव्र गतिमा अघि बढे सँगै समाजको उज्ज्वल भविष्यको मूल आधारशिलाको रूपमा समाजमा रहेका युवा पुस्ताको मनोबैज्ञानिक स्वस्थ अवस्थालाई लिन पर्ने बाध्यता पैदा भएको छ। तनाव कसरि पैदा हुन्छ, मस्तिष्क र आचरणमा नकारात्मकता परिवर्तन पार्दै  तनावले कसरि  दैनिक गतिविधिमा प्रभाव पार्दछ भन्ने बारे गरिएको जीव विज्ञानको व्यापक अनुसन्धानले लामो समय सम्म अत्यधिक धेरै तनावको प्रक्रिया वाट गुज्रिएका मानिस टक्सिक स्ट्रेसको मनोबैज्ञानिक हालतमा पुगेको देखाउँदछ। टक्सिक स्ट्रेस ग्रस्त व्यक्तिहरू लाई उनीहरूको टक्सिक बानी-ब्यहोरा जीवन भर उनीहरुको आफ्नै शिक्षा, जीवनको सफलता, शान्त जीवन यापन, शालीन व्यवहार र स्वास्थ्य जिवन शैलीको लागि अत्यन्त हानिकारक प्रभाव दिने कारक बनिरहेको देखाउँदछ।

 

व्यक्तिमा विषाक्त तनावको प्रतिक्रिया देखा पर्नमा उसको बच्चा अवस्थामा बारम्बार लामो समय दुर्व्यवहार जस्ता समस्याको सामना गर्नुपर्ने अवस्था जिम्मेवार हुनसक्छ। जस्तै: शारीरिक वा भावनात्मक दुर्व्यवहार, दीर्घकालीन उपेक्षा, आफूलाई हेरचाह गर्ने व्यक्ति वाट भोगेको दुर्व्यवहार, लागु पदार्थको दुर्व्यवहार आदि पनि कारक बनेको हुनसक्छ। त्यो बाहेक मानिसमा विकास हुने डिप्रेसन, एञ्जाइटि वा डिमेन्सिया जस्ता मानसिक रोग, हिंसाको जोखिममा रहनु पर्ने अवस्था, अभिवाकको सहयोग प्राप्ति बिना थोपरिएको पारिवारिक वा निजी आर्थिक कठिनाइको बोझ आदि वाट समेत मानिस विषाक्त तनावको स्थिति सम्म पुगेको भेटिन्छ।

 

मानिसले भोग्ने लामो समयको नियमित तनावले मस्तिष्कको संरचनागत विकासको आधारशिलामा नै खलबली पुर्‍याउने गर्दछ। संवेदनशील अङ्ग र प्रणालीहरू जोड्ने न्युरोनको मिहिन संरचना निर्माण र सन्तुलित विकासमा अवरोध पैदा गरिदिन्छ। असन्तुलित मिहिन संरचनाहरूको नियमित रुपमा दिमागमा तनाव-सम्बन्धी इम्पल्सहरु पठाउने कार्य गर्दछन्। न्युरोन मार्फत प्राप्त सूचनाको आधारमा शरीरले आफ्नो उपचार आफैले गर्ने स्व-हिलिङ्ग कार्यको सुरुवात गर्न, कार्य सम्पन्न गर्न र सम्पन्न भए पश्चात् सो प्रक्रियाको अन्त: गर्ने गर्दछ।

 

शरीरले आफ्नो उपचार आफैले गर्ने स्व-हिलिङ्ग कार्य निर्धारित समय भित्र पुराहुन नसक्दाको परिस्थितिमा नियमितको तनावको कच-कच दिने इम्पल्सहरु वाट  दिमागको अधिक क्षति हुने सम्भावना रोक्न दिमागमा पुग्ने तनाव-सम्बन्धका इम्पल्सहरु नै वेवास्ता गर्ने क्षमताको विकास गर्दछ। तनाव-सम्बन्धका इम्पल्सहरु नियमित वेवास्ता गर्ने प्रक्रिया  लामो समय जारी रहदा, जस्तै बच्चा अवस्था वाट सुरु भएको हो भने तन्देरी वा तरुनी अवस्थामा पुग्दै गर्दा प्रतिक्रिया स्वरूप संज्ञानात्मक (कगनेटिव) कुसलता गुमने स्थिति आइलाग्न सक्दछ।

 

आज विज्ञानले विषाक्त तनावको स्थितिमा पुगेको व्यक्ति सँग कसरि व्यवहार गर्ने ता कि आफू उक्त व्यक्तिको सम्पर्क वाट टाढा रहन र सम्भावित क्षति वाट बच्न सकियोस् भनी निकै धेरै स्वार्थ पूर्ण मनोबैज्ञानिक हिंसा युक्त उपायहरूको निर्क्योल गर्न सकेको छ। यो विधाको उपचारात्मक प्रविधिमा खासै उत्साहवर्धक आविष्कार गर्न नसकी रहेको अवस्थामा विषाक्त तनाव युक्त व्यक्ति पैदा हुन सक्ने मुलकारक मै निदानकोको लागि जोड दिने बाटो विज्ञानले समेत अवलम्बन गरेको भेटिन्छ। जुन बाटो विज्ञान भन्ने शब्द  मानिसको चेतनामा बस्नु भन्दा पहिलै अस्तित्वमा रहेको वेदमा आधारित अयुर्बेद्को अवधारणामा आधारित देखिन्छ।

 

वेदको अवधारणामा जब सम्म मानिसको चेतना आफ्नो मूल प्रकृतिमा फर्काउन सकिँदैन मानिस सन्तुष्ट बन्न सक्दैन। आफू को हो र आफ्नो जीवनको उद्देश्य के हो भन्ने अनुभूति बिना मानिसमा मानवताले वास गर्न सक्दैन। मानवता विहीन मानव जीवनको मूल्य स्थापना गर्न लाग्नु पर्ने आफ्नो समय लाई जबरजस्ती जीवनमा सफलता प्राप्त गर्ने दिसामा उन्मुख बनाउदछ। सफलता समाजको लागि जीवन मूल्यवान बनाउने कार्यको प्रतिफल हो भन्ने चुरो मर्म महसुस गर्न सक्दैन।

 

एक शानदार, अविश्वसनीय क्षमताको, रचनात्मक मस्तिष्कको साथ आफू अस्तित्वमा छु भन्ने अनुभूति गर्न सक्दा मानिसले आफ्नो मनोबैज्ञानिक उपचार आफैले गर्न सक्दछ। उक्त अनुभूति नरहँदा सम्म मानिस मुलत: आफ्नो प्रदूषित चेतनाले पैदा गर्ने क्षणिक उन्मुक्ति मिल्ने फोहरी भावनाको आहालमा डुब्न पुग्छ। विषाक्त तनाव ग्रस्त बन्छ। विषाक्त तनावले पहिले आफू, त्यसपछि आफ्नो आफन्त, छिमेक, टोल र अन्ततः पृथ्वीकै भारको रूपमा आफैले आफूलाई विकास गरिदिन पुग्दछ।

 

विषाक्त तनावको समस्यामा आज सम्म एउटै मात्र उपचार भेटिएको छ। आफ्नो चेतनाको उपयोग गर्ने। आफ्नो जीवनको सार सँग परिचित हुने। आफ्नो  मस्तिष्कको अपार शक्तिको उपयोग गर्ने। सुरुमा ओखतीहरू खाएर नियन्त्रित बन्ने। नियन्त्रित अवस्थामा योग, मेडिटेसन र सकारात्मक सोच मार्फत मार्फत आफ्नो चेतना लाई आफ्नो मूल प्रकृतिमा फर्काउने। आफूमा रहेको सुपेरियर कम्प्लेक्सन हटाउने। आफ्नो खराबी पक्ष पहिचान गरी सच्चाउने। आफ्नो आफन्त र सम्पर्कमा रहेकाहरुमा रहेको असल पक्षको खोजी गर्ने। आफूलाई मनोबैज्ञानिक रूपमा सुरक्षित महसुस गराउने।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: