मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के हो नासा वैज्ञानिक र संस्कृत भाषाको फन्डा ?

नारायण घिमिरे, अथर्ववेदाचार्य।

 

नासाका वैज्ञानिक रिक ब्रिग्सले (Rick Briggs) जुन १९८५  मा आयोजना भएको एक सम्मेलनमा “Knowledge Representation in Sanskrit and Artificial Intelligence” शीर्षकको एक प्रख्यात पेपर प्रस्तुत गरे। आर्टिफिसियल इन्टेलिजेन्समा संस्कृत भाषाको सम्भावना र त्यसको उपयोग गर्दा हुने तुलनात्मक फाइदाको अवसर बारे उनको कार्यपत्र केन्द्रित थियो। उक्त कार्य पत्रमा ब्रिग्सले अघि सरेको तर्क अनुरूप संस्कृत भाषाको संरचनामा रहेको समृद्ध पन र यसले ज्ञानको प्रतिनिधित्व गर्ने क्षमता यो भाषालाई आर्टिफिसियल इन्टेलिजेन्समा कृत्रिम बुद्धिमत्ताको प्रस्ट सञ्चारमा सहजता दिने भाषाको रूपमा  उपयोग गर्न  सम्भावना बोकेको भाषाको रूपमा प्रस्तुत छ।

 

उनले संस्कृतको व्याकरणीय संरचना, सम्बन्ध र प्रासङ्गिक जानकारीहरू उदाहरण सहित स्पष्ट गर्दै संस्कृत भाषालाई आर्टिफिसियल इन्टेलिजेन्सको भाषाको रूपमा प्रयोग गर्दा हुन सक्ने फाइदा बारे आफ्नो अनुसन्धानको निचोड प्रस्तुत गरेका छन्।

 

सूचना सम्प्रेषण गर्न उपलब्ध प्रणालीहरूले सूचना सञ्चारको क्रममा सूचना पठाउने पक्षले कुनै भाषामा सम्प्रेषण गरेको सूचना अर्को पक्ष सम्म पुर्‍याउन भाषालाई कोडको रूपमा प्रशोधन गरी सम्प्रेषण गरिन्छ। कोडको रूपमा प्राप्त सिग्नल अर्को तर्फ डिकोड गरी पठाइएको सूचना जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य गर्न जरुरी पर्दछ।

 

उक्त प्रक्रियाको निर्माण गर्ने क्रममा सूचना सञ्चारमा प्रयोग हुने भाषाको आफ्नै प्रकृतिको अर्थ दिने प्रक्रियाले उपलब्ध भाषा प्रशोधन विधि निर्माणको क्रममा जे भनिएको हो त्यही अर्थ दिने गरी सञ्चार गर्न उक्त विधिलाई सक्षम बनाउन भाषा विशेषको कोडिङ तथा डिकोडिङ प्रशोधन विधिका विभिन्न आन्तरिक कार्यहरू पुरा गर्नु पर्ने हुन्छ। जुन जति कम्प्लेक्स रह्यो त्यति चुनौती पूर्ण बनी दिन्छ। तिनै प्रक्रिया र तिनमा देखिएका समस्याहरू बारे चर्चा गर्दै नासाका वैज्ञानिक रिक ब्रिग्सले संस्कृत भाषा उपयोग गर्दा त्यसमा देखिएको तुलनात्मक फाइदा बारे आफ्नो कार्य पत्रमा वर्णन गरेका हुन्।

 

कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा संस्कृत भाषा र ज्ञानको उपयोगिताको सम्भावना बारे प्रस्तुत भएको रिक ब्रिग्सको कार्यपत्रमा एआईमा संस्कृत भाषा  प्रयोग हुँदै गर्दा देखिएका धेरै सम्भावित फाइदाहरू मध्ये उनको प्रमुख जोड संस्कृतको व्याकरणीय र भाषागत संरचनामा रहेको भाषागत सबलताको पक्ष थियो। जसलाई व्यवहारिक अनुभवका आधारमा ब्रिग्सले प्राकृतिक रूपमा थप सहजताका साथ अभिव्यक्त गर्न सकिने भाषा तथा तरिकाको पाए। त्यसको चर्चा गर्न लागि उनले दिएका केही उदाहरणहरू समेत प्रस्तुत गरे।

 

  • सन्देशलाई विशेष रूपमा प्रस्तुत गर्न सकिने संस्कृत शब्दहरूका  संरचना  सँग सम्बन्धित रूपहरू (रिच मोर्फोलॉजिकल स्टकचर : Rich Morphological Structure): संस्कृत भाषाका जटिल क्रिया संयोग, संज्ञा अवनति, र अन्य रूपात्मक विशेषताहरूको कारण दुई शब्द बिचको सम्बन्धले दिने अर्थमा उच्च स्तरको विशुद्धता हुने गर्दछ। जसले गर्दा सूचना जुन रूपमा सम्प्रेषण गर्न खोजिएको हो त्यही रूपमा  व्यक्त गर्ने प्रक्रिया सहज गर्ने अधिक सुविधा प्राप्त हुने गर्दछ। जस्तै उदाहरणको लागि संस्कृत शब्द “गज” (gaja) लाई यसको सार रूपमा आधारित रहेर विभिन्न अर्थहरू लाग्ने गरी बुझाउनको लागि  परिमार्जन गर्न सकिने अवसर छ। “गजः” (gajah) एकवचन हात्तीको लागि उपयोग हुन्छ भने “गजौ” (gajau) दुई हात्तीको लागि प्रयोग हुन्छ। त्यस्तै “गजः” (gajāḥ) लेखेर धेरै हात्तीहरू भन्ने अर्थ दिने शब्द लेख्ने सुविधा संस्कृतमा छ।

 

  • व्याकरणीय कठोरता (Grammatical Rigor): संस्कृत व्याकरण अत्यधिक व्यवस्थित र कठोर छ। वाक्य निर्माणको लागि स्पष्ट नियमहरू छन्। जसले गर्दा भाषाको  व्याख्यामा अस्पष्टता हुने सम्भावना लाई निकै कम गरिदिन्छ। उदाहरणको लागि “रामले सीतालाई पुस्तक दिन्छन्” भन्ने वाक्यलाई संस्कृतमा “रामः कितबं दाति सीतायै” (Rāmaḥ kitabam dāti Sītāyai) भनी व्यक्त गर्न सकिन्छ। जहाँ व्याकरणीय संरचनाले दिने को हो, के दिइने हो र प्राप्त कर्ता को हो भन्ने बारे समेतको स्पष्टता सुनिश्चित गरेको भेटिन्छ।

 

  • प्रासङ्गिक लचिलोपन (Contextual Flexibility): संस्कृतले लचिलो शब्द क्रमको लागि सहज अनुमति दिन्छ। संस्कृत वाक्यहरूको अर्थ प्राय: कडा शब्द क्रमको सट्टा व्याकरणिक चिन्हहरूको प्रयोगद्वारा लचिलो शब्द क्रममा व्यक्त गर्न सम्भव हुन्छ। उदाहरणको लागि “सीताले रामलाई देख्छिन्” वाक्यलाई संस्कृतमा “सीता रामं पश्यति” (Sītā Rāmaṃ paśyati) भनी व्यक्त गर्न सकिन्छ। जहाँ व्याकरण संरचनाको कारण आधारभूत अर्थ परिवर्तन नगरी शब्द क्रमलाई पुनः व्यवस्थित गरेर लेख्न सकिन्छ। त्यसो हुँदा पनि त्यसले दिने अर्थ एकै लाग्दछ।

 

  • अभिव्यक्तिमा सटीकता (Expressiveness and Precision): संस्कृतले शब्दहरू आपसमा जोडी बनेको यौगिक संरचनाहरू बनाएर विस्तृत सूचना दिने शब्दको शृङ्खला निर्माण गर्ने अवसर दिन्छ। यसरी बनाइएको शब्दहरूको यौगिक संरचनाहरूले जटिल अवधारणाहरू र तिनीहरू बिचको सम्बन्धहरूको सटीक रूपमा अभिव्यक्त गर्ने क्षमता उपलब्ध गराउने गर्दछ। उदाहरणको लागि यौगिक शब्द “धर्म-क्षेत्र” (dharma-kṣetra) ले “धर्म” (righteousness) र “क्षेत्र” (field) लाई जोड्दछ जहाँ धार्मिक कार्यहरू हुन्छन्। जस्तै भगवत् गीतामा चर्चा भएको युद्ध भूमि।

 

यहाँ निर के कुरा ध्यान दिनु जरुरी छ भने ब्रिग्सले एआईमा संस्कृत प्रयोग गर्न सक्दा त्यसका सम्भावित फाइदाहरू बारे उनको कार्य पत्रमा छलफल गरेका हुन्। एआई मार्फत हुने सञ्चारको क्रममा हुने जटिल प्रक्रिया र तिनीहरू बिचको अन्तरसम्बन्धहरू व्यक्त गर्दै अन्य भाषाहरूमा  मार्फत सञ्चार गर्दा भेटिएका चुनौती पूर्ण अवस्थाहरूको अत्यन्त सूक्ष्म वर्णन गर्दै अन्य भाषाका कारण सञ्चारमा देखिएको चुनौतीहरू संस्कृत भाषा उपयोग गर्दा कसरी कम गर्न सकिन्छ भन्ने बारे उनको प्रस्तुति केन्द्रित छ। जसले संस्कृत भाषाको एआई मार्फत हुने सञ्चारको फाइदाको पक्ष बारे गहिरो तह बारे प्रस्ट गरेका हुन्। यसको तुलनात्मक फाइदा बारे संसारको ध्यान आकर्षण गरेका हुन्।  तर यसको अर्थ संस्कृतलाई सबै एआई अनुप्रयोगहरूको लागि उपलब्ध भाषा हरू मध्ये सर्वोत्तम भाषाको क्यानडिडेट भनी उनले स्थापित गरेका होइनन्। न त त्यो उनको कार्यपत्रको कार्यक्षेत्र नै थियो।

 

Download (PDF, 887KB)

 

यहाँ निर यो पनि नोट गर्न महत्त्वपूर्ण छ कि ब्रिग्सले एआईको लागि भाषा ज्ञानको प्रतिनिधित्व गर्ने प्रयोजनमा संस्कृत भाषा प्रयोग गर्दा त्यसबाट हुने सम्भावित फाइदाहरूको लागि उक्त कार्यपत्र वाट आफ्नो तर्क प्रस्तुत गरेका थिए। यसको अर्थ उनको प्रस्तुति उनी नसाको वैज्ञानिक हुन् भन्दैमा  उनका कुरा र दावा विश्वव्यापी रूपमा स्वीकार गरिएको अर्थ समेत दिँदैन। तर यसले संस्कृत भाषाको उपयोगिताको भने गहिरो ज्ञान हामीलाई दिन्छ।

 

रिक ब्रिग्सको कार्यपत्र अनुरूप संस्कृत भाषा त्यसको व्याकरण गत संरचनाको कारण कसरी अङ्ग्रेजी भन्दा अधिक फाइदा प्रदान गर्ने हुन सक्छ भनी दिएको सुझाव अलि प्रस्ट रूपमा बुझ्न दुई उदाहरणहरू हेरौँ।

 

जस्तै आधुनिक एआई प्रणालीहरूमा संस्कृत अङ्ग्रेजी भन्दा सम्बन्धहरू स्पष्ट रूपमा व्यक्त गर्न सजिलो हुने गर्दछ।  संस्कृतमा वाक्यको संरचना गर्ने अनौठो तरिका हुन्छ। जहाँ  वाक्यको संरचनाले शब्दहरू बिचको सम्बन्धलाई अझ स्पष्ट बनाउन सहयोग गर्दछ। अङ्ग्रेजीमा भने शब्दको क्रमले त्यसको अर्थ निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलिदिन्छ।

 

“जोनले मरिमलाई एउटा पुस्तक दिन्छ” भन्ने वाक्यमा कसले एउटा पुस्तक दिइरहेको छ र कसले एउटा पुस्तक लिइरहेको छ भनेर बुझ्नको लागि अङ्ग्रेजीमा निश्चित शब्द क्रमको आवश्यकता पर्दछ। संस्कृतमा भने  वाक्यको सम्बन्धहरूलाई शब्द रूपको अन्त्यमा हुने क्रियाको संयोजनको  प्रयोगद्वारा अभिव्यक्त गरिन्छ। जसले गर्दा शब्द कुन क्रममा प्रस्तुत भएको भन्ने कुराले त्यसले दिने अर्थमा फरक पार्ने कम सम्भावना हुन्छ। जुन एआईको लागि अत्यन्त सकारात्मक गुण हो।

 

उदाहरण दिएर भन्नु पर्दा संस्कृतमा, “जोनले मेरीलाई एउटा पुस्तक दिन्छ” भन्ने वाक्य भन्नु पर्दा “John gives a book to Mary” लेख्नु पर्दछ। “Mary to John a book gives” भनी शब्दहरूको क्रमलाई परिवर्तन गर्दा त्यसले भन्न खोजेको कुरा प्रस्ट हुन सक्दैन।   तर संस्कृत भाषामा जॉनः पुस्तकं मेरीयायै ददाति। (Johnḥ pustakaṃ merīyāyai dadāti.) लेखे पनि वा  मेरीयायै जॉनः पुस्तकं ददाति। (Merīyāyai Johnḥ pustakaṃ dadāti.) लेखे पनि दुवैले “जोनले मेरीलाई एउटा पुस्तक दिन्छ” भन्ने नै अर्थ दिन्छ।

संस्कृतले शब्दहरूको अस्पष्टतालाई अङ्ग्रेजीले भन्दा अधिक प्रभावकारी रूपमा ह्यान्डल गर्न सहयोग गर्ने अधिक सम्भावना समेत देखिन्छ। संस्कृतका व्याकरणीय नियमहरूले भाषामा अस्पष्टता कम गर्न ठुलो मद्दत गरेको छ। अङ्ग्रेजीमा प्रायः वाक्यको अर्थ निर्धारण गर्न शब्द क्रम र सन्दर्भमा अधिक निर्भर हुन जरुरी पर्दछ। जसले कृत्रिम बुद्धिमत्ताको सञ्चार क्षेत्रमा  निकै धेरै गलत वा अस्पष्ट सूचनाहरू सम्प्रेषण हुने सम्भावित जोखिमहरू  निम्त्याइदिन्छ। संस्कृतको वास्तवमै अत्यन्त जटिल तर अनुशासित संज्ञा, सर्वनाम, विशेषण, क्रिया विशेषण आदिको साथ लेखिने शब्दहरूले थप प्रस्ट जानकारीहरू समेत प्रदान गर्ने क्षमता रहन्छ। जसले सम्प्रेषण गरिएका सन्देशलाई झन्  स्पष्ट संग सञ्चार हुने सम्भावना लाई  बढाई दिन्छ।

 

उदाहरणको लागि “मैले टेलिस्कोपको साथ मानिसलाई देखे।” भन्ने कुरा अङ्ग्रेजीमा लेख्नु पर्दा  “I saw the man with the telescope.”  भन्ने वाक्य प्रयोग गर्नु पर्ने हुन्छ। तर यो शब्द वास्तवमै स्पष्ट छैन। किनकि त्यहाँ भन्न खोजिएको मैले “टेलिस्कोपको साथ” भन्ने कुरा लाई महत्वमा राखेर उक्त व्यक्तिलाई देखेको भन्ने कुरा व्यक्त गर्न खोजेको हुँ। मेरो जोड टेलिस्कोप सहित भन्ने कुरा प्रधान हो।

 

तर त्यसलाई अङ्ग्रेजी भाषामा लेख्दा व्यक्ति प्रमुख महत्वको हुन गई मैले टेलिस्कोप सहित त्यो मान्छे लाई देखेको भन्ने कुरा सञ्चार भइरहेको छ। जसले नचाहँदा नचाहँदै फरक सन्दर्भ लाई जोड दिएर सूचना सम्प्रेषण गरिदिएको छ।

 

अङ्ग्रेजी र नेपाली दुबैमा अभिव्यक्त यो भाषामा टेलिस्कोप कसको स्वामित्वमा छ भन्ने सूचना समेत समाविष्ट हुन सकेको छैन। तर यसलाई संस्कृतमा लेख्न पर्दा दिन खोजेको सन्दर्भ समेत सूचनामा झन् प्रष्टता दिने गरी त्यसमा छुटेको टेलिस्कोप कसको स्वामित्वमा छ भनेर समेत स्पष्ट गरी सहजै सञ्चार हुने गरी लेख्न सकिने स्थिति हुन्छ।

 

प्रायः शब्द क्रम र सन्दर्भमा निर्भर हुने अङ्ग्रेजी भाषाले निम्त्याउने उक्त प्रकारको सम्भावित अस्पष्टता संस्कृतमा समेत कायम गरी व्यक्त गर्दा अहं दृष्ट्वान् साक्षात्कार यन्त्रणा। (ahaṃ dṛṣṭavān sākṣāt-kāriṇaṃ yantrinā.) भनी लेख्न जरुरी हुन्छ।  जहाँ “I saw the man with the telescope” नै भनिएको छ। “टेलिस्कोपको साथ”  भन्ने कुरामा जोड छ। तर यसमा समेत यो स्पष्ट छैन कि टेलिस्कोप उक्त व्यक्ति को हो वा होइन। संस्कृत भाषामा माथि लेखिएको वाक्यलाई  अहं यन्त्रिणा पुरुषं दृष्टवान्। (ahaṃ yantrinā puruṣaṃ dṛṣṭavān.) भनी परिमार्जित गरी “मैले टेलिस्कोपको साथ मानिसलाई देखे।” र त्यो टेलिस्कोपको स्वामित्व त्यही मानिसको थियो भन्ने झन् प्रस्टता सहजै थपेर निकै छोटोमा सञ्चार गर्ने क्षमता संस्कृत भाषा संग रहेको प्रस्ट गर्दछ।

 

आधुनिक एआई प्रणालीहरूमा संस्कृत भाषाको उपयोग गर्ने प्रस्ताव लागू गर्न त्यहाँ आफ्नै व्यावहारिक चुनौतीहरू समेत छन्। कतिपय क्षेत्रमा अन्य भाषाहरू र तिनका प्रस्तुतिले दिने दृष्टिकोणहरू प्राकृतिक भाषा प्रशोधन र ज्ञानको प्रतिनिधित्व गर्न सबल रहेका छन्। तिनीहरूको उपयुक्तताको लागि समेत अन्य अन्वेषण हरू पनि भएका छन्। त्यति हुँदै गर्दा समेत  ब्रिग्सको सानदार र प्रभावकारी प्रस्तुतिका कारण हाल कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा संस्कृतको उपयोगिता र फाइदा बारे संसारले थाहा मात्र पाएको छैन संसारभर संस्कृत भाषा अध्ययन गरी कम्प्युटर कोडिङमा संस्कृतको व्यापक प्रयोग भइरहेको छ। जुन हाम्रो लागि खुसी र गर्वको कुरा हो।

 

(अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन्।)
89Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: