मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

विष रहेछ सेतो चिनी !

नारायण घिमिरे

प्रत्येक पल सक्रिय रहने हाम्रो शरीरलाई चौबिसै घण्टा सक्रिय रहन उच्च गुणस्तरको रगत पहिलो आवश्यकता बन्छ। उच्च गुणस्तरको रगतले हाम्रा सबै अङ्ग, हड्डी, मांसपेशी र छालालाई पौष्टिकता उपलब्ध गराउँछ। यदि रगत आफैले पर्याप्त पोषण प्राप्त गर्न सकेन वा प्राप्त हुने अवस्था नरहेको अवस्थामा गुज्रिने बाताबरणमा बन्यो भने रगतले पौष्टिकता आफैमा जोगाड गर्न थाल्छ।

 

जोगाड गर्न रगतले आफैमा पोषण तत्त्व खिचेर राखने र नियन्त्रित रूपमै शरीरका सबै भागहरूमा जरुरी भन्दा थोरै पोषण तत्वोहरु दिने प्रक्रिया सुरु गर्छ। जब रगतले कुनै चीजबाट पोषण बचाउने कोसिस गर्छ, तब रगतमा रहेको अधिक पोषण तत्त्वको कारण रगतमा घुलेको अक्सिजनको मात्रा  कम हुनगई रगत फोहर बन्छ। फोहोर रगतमा रहेको पोषण अधिक वजनको रूपमा शरीरमा सञ्चय हुन सुरु गर्छ। यो यस्तो अवस्था हो, जति बेला तपाईँ धेरै खाना नखाई रहेको बेलामा समेत तपाईँको शरीरको तौल भने बढिरहेको अनुभव हुन्छ।

 

तपाईँ जति सुकै मोटो हुनुस वा पातलो, स्वस्थ रहन तपाईँलाई कम्तीमा प्रतिदिन १,२०० क्यालोरी खानाबाट पूर्ति गर्नु जरुरी ठानिन्छ। लगभग प्रति किलो बडी ऒइट एक किलो क्यालोरी प्रति घण्टा दैनिक इनर्जी पूर्ति नहुँदा मानिसमा पोषण अपर्याप्त हुने मानिन्छ। अपर्याप्त पोषणले सम्पूर्ण शरीरलाई कमजोर बनाउँछ, अनुहार र तन्तु झोलिने, समय अगावै बुढ्यौली लागेको देखिने र मिर्गौला आदि ढिलो बन्ने हुँदा पेट गडबड हुने, पातलो दिशा लाग्ने र अन्य स्वास्थ्य सम्बन्धित समस्याहरू समेत देखिन्छ।

 

खाना मात्र हैन यदि तपाइको शरीरले नियमित रूपमा पर्याप्त तरल पदार्थ (पानी वा हर्बल चिया) प्राप्त गर्न सकेन भने रगत आफैले आफूमा पानीको सञ्चय गरी जोगाड गर्न थाल्छ। शरीरका सबै भागहरूमा जरुरी भन्दा थोरै पानी दिन सुरु गर्छ। बाहिरबाट पानी पाएको अवस्थामा मात्र रगतले जरुरतको पूर्ति हुने गरी शरीरका अङ्गहरूमा पानीको आपूर्ति गर्ने गर्छ।

 

त्यसैले मानिसले आफ्नो शरीरको तौल नियन्त्रण गर्ने क्रममा आफूले तोकेको दैनिक कुल क्यालोरीको मात्रा ननाघ्ने गरी हरेक पटकमा थोरै खाना तर छिटो छिटो धेरै पटक खाने सल्लाह दिइने गरिन्छ। जसले गर्दा रगतमा पोषण प्राप्त हुँदै गरेकाले रगतमा पोषण जोगाड हुने प्रक्रिया रोकियोस। आफूले निश्चय गरेको भन्दा दैनिक कुल क्यालोरी समेत ननाघोस। त्यस्तै न्यानो र तातो पानी र हर्बल युक्त पेयहरू दिनभर जस्तै पिउन सक्दा पानीको अभावले दिने विकृति रोक्ने गरिन्छ।

 

मांसपेशीहरू, अङ्गहरू र दिमागको राम्रो सञ्चालनको लागि शरीरलाई ग्लुकोजको आवश्यकता पर्ने गर्छ। ग्लुकोज त्यति बेला मात्र शरीरको प्राथमिक इन्धन हुन् सक्छ जब यो कोशिका हरूमा पुग्दछन। तपाईँको रक्त प्रवाहमा ग्लुकोज पुग्दैमा यो कोशिकामा पुग्ने होइन। तपाईँको अग्न्याशय (प्यांक्रियाज) उत्पादित हर्मोन इन्सुलिनले रगतमा पुगेको ग्लुकोजलाई बलियो सँग अँठ्याएर कोशिकाहरू पुर्‍याउने काम गर्छ।

 

रगतमा इन्सुलिन रहेन भने ग्लुकोजहरू रक्त प्रवाहमा वरिपरि तैरिरहन्छ। कोशिका सम्म पुग्न सक्दैन। जसले गर्दा तपाईँको रक्त प्रवाहमा ग्लुकोजको मात्र बढ्दछ। जसले मधुमेह निम्ताउँछ। लामो अवधि सम्मको मधुमेहले शरीरको अङ्ग, स्नायु र रक्त नालीहरूलाई क्षति पुर्‍याउँछ।

 

भात, आलु, फल र दूध जस्ता खानामा स्वाभाविक रूपमा पाइने प्राकृतिक चिनी बाहेक पुरुषले ९ चिया चम्चा र महिलाले ६ चिया चम्चा दैनिक भन्दा बढाएर चिनी नखान सिफारिस गरिएको भएता पनि आज मानिसहरू दैनिक औसत २० चिया चम्चा चिनी खादै गरेको रेकर्ड छ।

 

जब तपाईँ चिनी खानु हुन्छ, सजिलै पच्ने हुँदा चिनी ग्लुकोज रूपमा तपाईँको रगतमा तुरुन्तै  पुग्छ। प्यान्क्रियाजले इन्सुलिन उत्पादन गरी उक्त चिनीलाई रगत बाट कोशिकामा पुर्याउछ। जब तपाईँ धेरै चिनी खाइदिनू हुन्छ, त्यसले शरीरमा अत्यधिक इन्सुलिन उत्पादनको माग गर्दछ। उक्त माग पूर्ति गर्न प्यान्क्रियाज इन्सुलिन उत्पादन क्रम यसरी सुचारु गर्छ मानौँ तपाईँको प्रणालीमा उच्च चिनी भित्रने क्रम केही घण्टासम्म रही रहनेछ। जब चिनीको अधिकता केही मिनेटमा समाप्त हुन्छ, रगतमा अतिरिक्त इन्सुलिन जम्मा हुन पुग्छ। रगतमा बढेको इन्सुलिन तत्काल बन्द गर्ने प्रक्रियामा प्यांक्रियाज उत्तेजित बन्न पुग्छ।

खाद्य विज्ञानका अनुसार अधिक मात्रामा आमाशयमा पुगेको प्रशोधित सेतो चिनीले अग्न्याशय (प्यांक्रियाज) लाई उत्तेजित पारिदिन्छ। उत्तेजित प्यांङक्रियाजले एड्रेनल ग्रन्थिलाई तीव्र तनाव दिन्छ। मेटाबोलिजमलाई नियन्त्रण गर्न मद्दत गर्ने र तनावमा नियन्त्रण गर्न मद्दत गर्ने कोर्टिसोल र रक्तचाप नियन्त्रण गर्न मद्दत एल्डोस्टेरोन जस्ता  स्वस्थ जीवनको लागि अत्यावश्यक रहने हार्मोनहरू एड्रेनल ग्रन्थिले उत्पादन गर्ने गर्दछ।

 

प्यांङक्रियाजले दिने तीव्र तनावले एड्रेनल ग्रन्थिले पाचन प्रक्रियामा चाहिने हर्मोनहरूको उत्पादन प्रक्रिया नै रोकिन पुग्छ। हर्मोनहरूको अभावले प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन बिग्रने र पाचन प्रक्रियामा नै गडबड पारिदिन्छ। फस्फोरस र क्याल्सियमको सन्तुलन बिग्रँदा शरीरले क्याल्सियम पचाउन र अबशोषण गर्न सक्दैन।

 

शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने र शरीरलाई विभिन्न पदार्थको एलर्जी हुनुमा अधिक चिनी खानु प्रमुख कारण रहेको पुष्टि भएको छ। त्यसैले जापानीहरू प्रशोधित सेतो चिनीलाई “श्वेत विष” भन्ने गर्छन भने चिनियाहरु प्रशोधित सेतो चिनीलाई “अजङको सेतो काल” को संज्ञा दिन्छन।

 

तपाइको शरीरमा हुने  फियोले (स्प्लिन) थाइरोइड र लिम्फ ग्रन्थिहरूसँग मिलेर शरीरको रोग निम्ताउने जीवाणु र हानी गर्ने विषालु पदार्थबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। लिम्फेटिक प्रणाली शरीरको प्रतिरक्षा प्रणालीको अभिन्न अङ्ग रहेकाले एन्टिबडीहरूको निर्माणमा स्प्लिनको केन्द्रीय भूमिका रहन्छ।

 

स्प्लिनको रातो तरल पदार्थले रगतबाट काम नलाग्ने अवस्थामा पुगेका रक्त कोशिकाहरू लाई नष्ट गर्ने, रक्त कोशिकाहरू लाई फलाम, सेतो रक्त कोशिका, प्रतिरक्षा प्रोटिन, प्लेटीलेट्स र कीटाणुहरू खाइदिने फ़ाइगोसईट्स आदि सँग संयोजन गरी सफा र तन्दुरुस्त बनाउने काम गर्छ। स्प्लिनको सेतो तरल पदार्थमा रहने  लिम्फोसाइट, मनोसाइट र प्लाज्मा सेलहरूले शरीरमा विभिन्न जीवाणुको सङ्क्रमण हुँदा जरुरी हुने १०० ट्रिलियन प्रकारका एन्टीजिनहरू बनाउने गर्दछ।

 

मानव फिजियोलोजीका प्रमुख क्षेत्रहरूमा  फियोको (स्प्लिन)  प्रभावशाली भूमिका रहन्छ। दिमागी रूपमा चिन्तित र दुःखी रहनु फियोमा (स्प्लिन) विकृति निम्तनुको सबैभन्दा मुख्य कारक मानिन्छ। खानाको पाचन प्रक्रिया तपाइले खानालाई तपाईँको मुखमा राख्न भन्दा धेरै पहिले नै सुरु हुने गर्छ। जब तपाईँ प्लेटमा खाना देख्नु हुन्छ र खानाको सुगन्ध महसुस गर्नु हुन्छ, तपाईँमा पाचन एन्जायमहरुको उत्पादन सुरु हुन थाल्छ।

 

दिमागी रूपमा तपाईँ चिन्तित र दु:खी रहनु भएको छ भने तपाइको चिन्ताले तपाइको फियोलाई (स्प्लिन) उत्तेजित पारिदिन्छ।उत्तेजित स्प्लिनले पाचन प्रक्रियामै आबरोध हुने गरि तनाव दिने हुँदा मनोवैज्ञानिक तनाव युक्त अवस्थाको खानाले तपाइलाई खराब असरहरू दिन सक्छ। खाना बारे सकारात्मक अवधारणा बनाएर वा खानाको तारिफ र कदर  गरेर खाना खानुलाई स्वास्थ्यकर अभ्यास मानिन्छ।

 

धेरै मात्रामा खाइने चिनी, धेरै चिनी भएको मिठाई र धेरै गुलिया फलहरूले  फियोलाई (स्प्लिन) राम्रो गर्दैन। धेरै तेल वा चिल्लो प्रयोग भएको मिठाईहरूले स्प्लिनलाई उच्च तनाव दिने गर्छ। बियर, वाइन र कडा रक्सीहरू, उत्तेजना दिने कफी, हरियो / कालो चिया, माचा, कोका, धेरै पिरो कालो मरीच आदि पनि स्वस्थ स्प्लिनको लागि बाधा दायक रहन्छन।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

 

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: