मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कसैको कोखमा जन्मेर हुदैन मात्र कर्मले मानिस ब्राह्मण बन्न सक्छ।

अथर्ववेदाचार्य नारायण नारायण नारायण।

 

जन्मना जायते शूद्रः संस्काराद् द्विज उच्यते।

वेदपाठाद् भवेद् विप्रः ब्रह्म जानाति ब्राह्मणः।।

जन्मले मानिस जो सुकेको कोखमा जन्मेको किन नहोस्, जन्मँदा हरेक व्यक्ति शूद्र चेतनाको हदमा  रहेर शूद्र जन्मन्छ। जब उसले (जुन सुकै क्षेत्रको हुन सक्छ) अध्ययन आरम्भ गर्दछ त्यसलाई महान् संस्कार सिके पछिको उसको दोस्रो जन्म मानिन्छ।

 

दोस्रो जन्ममा आफ्नो खुबी र क्षमता विस्तार गरी जब उ आफ्नो इलममा लाग्दैन वा समाज र राष्ट्र सेवाको राजकाजमा लाग्दैन, सामान्य मजदुरीको क्षेत्रमा नै रमाएर आफ्नो चेतना सामान्य काम चलाऊ कै अवस्थामा राख्दछ, कम सिप र ज्ञान भए पुग्ने शूद्र चेतना पर्याप्त हुने पेसा रोज्दछ भने उसको पेसा शूद्र हुन्छ।

 

जब मानिस आफ्नो खुबी र क्षमताले आफूलाई व्यापारमा संलग्न गर्छ उ वैश्य गुणी हुन्छ। समाज र राष्ट्रको सुरक्षा र सञ्चालनमा कुशल पार्दछ उ क्षेत्रीय गुणी बन्दछ।

 

उसले ती कुनै पनि क्षेत्रमा जाँदैन, आफूलाई वेद, विज्ञान जस्ता विषयमा पारङ्गत  गरी ज्ञानी र विद्वान बन्छ, परम र परम ब्रह्मालाई जान्दछ, ब्रह्म रूप लिन्छ र आफ्नो ज्ञान अनुरूप अध्यापन, सल्लाह, हितोपदेश आदि जस्ता ज्ञान गुनको क्षेत्रमा संलग्न हुन आफूलाई दक्ष गर्दछ तब ऊ ब्राह्मण गुणी  बन्छ।

यथार्थमा ‘सत्य ज्ञानको ज्ञाता” वा ब्राह्मणत्व प्राप्त गर्ने कुरा ज्ञानको विभिन्न चरणहरूको रूपको एक चरण हो।

कुनै कसैको जात वा परिवारमा जन्म भएर त्यो ब्राह्मण हुने होइन।

 

ब्राह्मण हुन् ब्राह्मणकै नस्ल अनिवार्य हुने बिचार बोकेको मानिस उ अझै शूद्रकै तहमा रहेको तर आफूलाई  ब्राह्मण कोखमा जन्मिएको ब्राह्मण रहेको मनोवैज्ञानिक रोगी मान्न सकिन्छ।  उनीहरूलाई गाली नगर्नुस्। माया गरेर मनोविज्ञानका डाक्टर हरूलाई देखाउन भनौँ।

 

जसरी शरीरमा रोग लाग्दछ मनमा पनि त लाग्दछ। शरीरको ओखती मुलो र उपचार भए जस्तै मनको पनि ओखती मुलो र उपचार हुन्छ। यहाँ कुरा पेसाको हो।  मानिसको हैन।

 

मानिस त सबैको एकै श्रोतको आत्मा निर्मित हुने हुँदा प्रकृतिको लागि आफ्नो सन्तान सबै  बराबर र जो झन् कमजोर छ उ त झन् प्यारो, मायालु र सधैँ उसैको माया मनमा उठ्ने हुन्छ।

 

वेदको जात पातको सम्बन्धको निचोड यही हो।

 

DETAILED REVIEW:

The shlok is taken from Skand Purana; its meaning in letter and spirit is as follows:

 

जन्मना जायते शूद्रः = By Birth is born, Shudra = Dhatu in shlok refers to ‘third person’ which means in general ‘A person is born as Shudra’.

संस्काराद् द्विज उच्यते। = From noble sacraments, second birth (of person) is pronounced.

वेदपाठाद् भवेद् विप्रः = By studying Vedas, (person) becomes ‘possessor of knowledge’.

ब्रह्म जानाति ब्राह्मणः = The creator (supreme knowledge) is known by Brahmana.

 

Compiling all meaning, in continuation:

 

A person is born as Shudra by birth, he takes second birth when noble sacraments (commencement of study) are performed. He becomes knowledgable and learned when he has studied Vedas, and he becomes Brahman when he has known the Brahma, the ultimate and the supreme.

 

These are steps in becoming the ‘true’ Brahaman, not limited to anyone, irrespective of his origin or birth.

 

केही दिन अघि टुईटरका एक अभिन्न मित्रले मानिस कर्मले काबिल बन्ने र त्यसै अनुरूप उसमा विभिन्न गुणको विकास हुने प्राकृतिक नियमको सिद्धान्त हो। कुनै व्यक्ति सामन्त वा विशेष परिवारमा जन्मेकै कारण पूज्य वा ज्ञानी हुने वा कुनै सो कल्ड ब्राह्मण भनिएको  परिवारमा जन्मेकोले ब्राह्मण हुने होइन भन्ने कुराको प्रतिक्रियामा मित्र वाट हाम्रो समाज आज  सनातनी दम्भले कसरी स्वयं सनातन संस्कृति सक्न उद्यत छ भन्ने गतिलो उदाहरण दिनु भयो।  मित्र आनन्दराम पौडेलका अनुसार हामी जुन समाजमा छौँ, त्यहाँ हामीले जे भोगिरहेका छौँ त्यसको ताजा घटना उल्लेख थियो। (Refer: http://anandarampaudel.blogspot.com)

 

कुनै सनातन नामको ट्विटर ह्यान्डलमा एउटा पोस्ट आयो।  “जन्मना जायते शुद्रः कर्मणा द्विज उच्यते” भन्ने श्लोक निक्कै दुरुपयोग भयो । ब्राह्मण हुन जन्म र कर्म दुवै आवश्यक छ ।  दुई-चार संस्कृतका श्लोक कण्ठस्थ पारेकै भरमा अन्य जाती / वर्णका व्यक्ती ब्राह्मण हुन सक्दैनन् । कुल, वंश, कोख र कर्म ब्राह्मण हुनै पर्छ।

 

त्यसको जवाफमा यस विषयमा पोख्त मित्रको उत्तर थियो कुनै बाहुनको जात, थरमा जन्मँदैमा कोही ब्राह्मण हुँदैन।  यो जति सत्य हो, त्यत्तिकै सत्य के हो भने आफ्नो कर्म, आचरण, संस्कारले जो कोही पनि ब्राह्मण हुनसक्छ। मित्रले अगि सारेको तथ्य यस्तो थियो।

 

१. ऐतरेय ऋषि, एक जना अपराधी दासका पुत्र थिए। परन्तु कर्म, आचरण, संस्कारबाट उच्च कोटीको ब्राह्मण भए। ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषादको रचना गरे| ऋग्वेद बुझ्नका लागि ऐतरेय ब्राह्मण अति आवश्यक मानिन्छ।

 

२. ऐलूष ऋषि दासी पुत्र हुन्। चरित्रहीन जुआरी थिए। तर, पछि भित्रैदेखि परिवर्तन भए। गुरुको शरणमा बसेर गहिरो अध्ययन गरे। ऋग्वेदका ज्ञाता नै भए। ऋषिहरूले उनलाई आमन्त्रित गरेर आचार्य पदमा आसीन गराए। (ऐतरेय ब्राह्मण २.१९)

 

३. यौवनावस्थामा जाबालले धेरै पुरुषसँग यौन सम्बन्ध राखिन्। उनलाई पुत्र प्राप्ति भएको थियो, जसको नाम सत्य काम राखेकी थिइन्। पितृत्वको ठेगान नभएका सत्य काम जाबालले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे र ‘आचार्य सत्य काम जाबाल’ भए। (छान्दोग्य उपनिषद)

 

४. राजा दक्षका पुत्र पृषधलाइ उनका आचरण, कर्म र चरित्रकै कारणले शूद्र भन्थे। पछि परिवर्तित भए। तपस्या गरे र भक्तिमा लिन भएर उनले मोक्ष प्राप्त गरे। (विष्णु पुराण ४.१.१४)

 

५. राजा नेदिष्टका पुत्र नाभाग कर्म आचरणले वैश्य भए। तर उनका पुत्रहरू  आचरण र संस्कारमा रहेकाले क्षत्रिय नै रहे। (विष्णु पुराण ४.१.१३)

 

६. नाभागका पुत्र थिए धृष्ट। धृष्टले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे। तर उनका छोराहरू क्षत्रिय कर्म गर्दै क्षत्रिय वर्णमा रहे। (विष्णु पुराण ४.२.२)

उनका पछिल्ला सन्ततिमा कुनै-कुनैले कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे। (विष्णु पुराण ४.२.२)

 

७. श्रीमद्भागवत महापुराण अनुसार राजपुत्र अग्निवेश्यले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे।

 

८. विष्णु पुराण र श्रीमद्भागवतमा रथोतरको प्रसङ्ग छ। उनी पनि कर्म, आचरण, संस्कारबाटै क्षेत्रीयबाट ब्राह्मण भए।

 

९. क्षत्रिय पुत्र हारित पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मण भएका हुन् (विष्णु पुराण ४.३.५)

 

१०. वायु पुराण, विष्णु पुराण र हरिवंश पुराणमा उल्लेख भए अनुसार शौनक ऋषिका पुत्रहरू कर्म, आचरण र संस्कार भेद्यले गर्दा कोही ब्राह्मण,  कोही क्षत्रिय, कोही वैश्य र कोही शूद्र भए। गृत्समद, गृत्समति र वीतहव्यको पनि यही उदाहरण छ।

 

११. चाण्डाल पुत्र मातङ्ग पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मण भएका हुन्।

 

१२. ऋषि पुलस्त्यका नाति रावण तथा राजा रघुका पुत्र प्रवृद्ध पनि कर्म, आचरणबाटै राक्षस बन्न पुगे।

 

१३. त्रिशङ्कु राजा हुन् तर कर्म, आचरणबाटै चाण्डाल बन्न पुगे|

 

१४. विश्वामित्र स्वयं क्षत्रिय थिए तर ब्राह्मणत्व प्राप्त गरे। उनका छोराहरू भने कर्म, आचरणबाट शूद्र बने।

 

१५. कबीरजी रामानन्द गुरुकहाँ जानुभयो र भन्नुभयो – मैले हृदयदेखि नै तपाईँलाई गुरु मानेको छु।  तपाईँले मलाइ शिष्य स्वीकार गरिदिनुहोस्। रामानन्द गुरुले भन्नुभयो – न त जातको ठेगान छ, न त गोत्रकै ठेगान छ; यस्तो जातको ठेगान नभएकोलाई म शिष्य स्वीकार गर्दिन। कबीरजीले भन्नुभयो – “मैले तपाईँलाई गुरु मानिसकेँ। तपाईँले शिष्य स्वीकार नगरे पनि मेरो गुरु तपाईँ नै हो।” कालान्तरमा पछि रामानन्द गुरुलाई बोध भयो – ‘भगवत् संसारमा जातको मतलब छैन।’ यो बोध भएपछि उहाँले कबिरजीलाई सम्झनुभयो।शिष्य स्वीकार गर्नु भयो।

 

उपरोक्त टिप्पणी हेर्दा  कुनै सनातन नामको ट्विटर ह्यान्डलमा देखिने रुद्र रूपको सो कल्ड साधु महाराजको कंस चरित्र प्रदर्शन भयो। लेखक मित्र लाई झम्टिनुभयो !  उहाँले जङ्गिएर लेख्नुभयो कि “जन्मना जायते शूद्र कहाँ लेखिएको छ, त्यो श्लोक कहाँ छ ? श्रीमद्भागवत गीता राम्ररी अध्ययन गर्नु।” त्यसमा  झोक्किँदै ठाडै हप्काउने, सिआईबीले (पुलिस)  गर्ने भन्दा चर्को केरकार गर्ने तथा तैँले त्यो टिप्पणी लेख्नुहुँदैनथ्यो, तँ त्यो टिप्पणी लेख्न लायक नै  छैनस् भन्ने तर्क तेर्सिएको थियो। समाजमा देखिने सनातनी दम्भ सोसल मिडियामा सार्वजनिक हेर्न सकिन्थ्यो।

 

सनातन नाममा समाजमा हुने शोषण र दमनका मतियार बनेका आफूलाई सनातनको ठेकदार सम्झने  ठेकदार पण्डित बाट आएको यो विडम्बनामा अर्को मित्रको  टिप्पणी रहेछ, आत्मीय मित्र, तपाईँले लेख्नुभएको यो बिचार मैले यसअघि पनि पढेको थिएँ। अन्यत्र पनि प्रकाशित गर्नुभएको रहेछ। तथ्यहरूसहित राख्नुभएको बिचार एकदमै सही छ। तपाईँको भनाइमा म  सहमत छु। मनु महाराज जसलाई फन्डित दलितले बेस्सरी आलोचना गर्छन्, उनी स्वयं ब्राह्मण थिएनन् ।

 

वेद ब्यास , वशिष्ठ ऋषि,  आजका स्वामी प्रपन्नाचार्य, जगमान गुरुङ, योगी नरहरिनाथ कोही पनि ब्राह्मण जातमा जन्मेका थिएनन्। तर, उहाँहरू आफ्नो ज्ञान, आचरण, कर्मले ब्राह्मणहरू भन्दा बढी पूजनीय हुनुहुन्छ। आफूलाई वैदिक सनातनी भन्ने तर बुझ-न-सुझका उपबुज्रुक, अजासु (अति जान्ने सुन्ने पल्टने) हरू धेरै छन्। त्यस्ता टपर्टुइञाहरूसँग बहस गर्नु व्यर्थ छ।

 

यसबारे समाजमा बहस गर्नु  व्यर्थ देखिए पनि सनातनको  रक्षाको लागि बहस जरुरी छ। त्यसैले मैले त्यसमा थपी दिया, प्रतिक्रिया हेर्ने मौका पायाँ।  सुन्दर विचार हरुको लागि धन्यवाद।  पहिलो व्यक्ति जो मानिसको रूपमा जन्मे उनी विश्वकर्मा अर्थात् दलित पेसाका कर्मी थिए। आजका सम्पूर्ण मानव जाति तिनै विश्वकर्माको सन्तान हुन्।  यदि जन्मले सबै आफ्नो जात हुने भए सबै मानव जाति नै दलित हुने भयो।

अर्को कुरा आफ्नै मानस पुत्री सरस्वती संग प्रेममा पर्ने  विवाह गर्ने ब्रह्मा ज्ञानमा उत्तम रहे, काममा उत्तम रहे पनि नैतिक धरातलमा जनवारको भन्दा अधिक दिमाग रहेको शूद्र  कर्ममा रहन जरुरि हुने नैतिक सकल्प्मा समेत अडिग  रहन नसकेकाले (हुन त ब्रह्माकि सरस्वोती आफ्नै बाइलोजीकल पुत्री त होइनन, सो नहुँदा पनि कल्पनाले बनाएको मानस पुत्री त हुन् नि भन्ने सामाजिक मान्यता विकास भएकोले), नैतिक विधानमा चुकेकाले  विष्णु, महेश्वर, स्वयम सरस्वतीको पूजा हुने गर्दा ब्रह्माको खासै पूजा गरिन्न।

 

बरु स्वयम्भुव र विश्वकर्माको पूजा हुन्छ।कुकुर, बिरालोको पुजा हुन्छ।

 

सामाजिक यथार्थता स्वीकार्य सक्ने क्षमता मात्र सनातनमा छ। त्यसैले सनातन उत्कृष्ट छ। अर्को कुरा शान्ति सुरक्षा न्याय जस्ता भगवान् का कार्य क्षेत्रीय ओहदाको कार्य हुने हुँदा आत्मा ज्ञान विना स्वयम भगवानको रूप समेत मुक्त हुन नसक्ने हुँदा मुक्ति प्राप्तिको लागि भगवान् समेत मानव चोला लिएर उत्तम कर्म गरी आत्मा ज्ञानी भए पछि मात्र मुक्ति प्राप्त हुने अवधारणा देखिन्छ। त्यसैले मानिसलाई आफ्नो पिडा वाट मुक्त गर्ने नियतमा विकसित रहेको वेदमा मन्दिर पूजाको खासै उल्लेख रहेको छैन। मन्दिर मार्फत छूत अछुतको बदमासी घुसाइएको सिद्धान्त वेदमा भेटिने यज्ञमा भेटिँदैन।

 

यज्ञ भनेको शरीरको साङ्केतिक कर्म स्थलको साङ्केतिक पूजन प्रक्रिया हो। आत्मा ज्ञान लिन आफ्नै अन्तर्मनको यात्रा तर्फ लाग्ने प्रेरित गर्ने सामूहिक सामाजिक कार्य हो।  जीवनको अनुभूति लिने धेरै उपाय मद्येको एक उपाय हो।

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: