मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जीवनमा कति जना सेक्स पाटनर हुनु पर्ला र किन?

नारायण घिमिरे

 

कत्तिको वैज्ञानिक होला एउटा मात्र सेक्स पार्टनरमा सीमित रहन अनिवार्य गर्ने वैदिक विचार !

 

क्वान्टम सिद्धान्त अनुसार हरेक कणहरू सिर्जना गर्न तथा नष्ट गर्न सम्भव हुन्छ। र पनि त्यसको लागि पर्याप्त ऊर्जा बोकेका शक्तिको थैलीहरूको बिच जरुरत अनुरूपको अन्तरक्रिया अनिवार्य हुन्छ। यसको अर्थ कुनै पनि चिजको निर्माण गर्न होस् वा नष्ट गर्न कम्तीमा दुई पक्षको सहकार्य वा टकराब अनिवार्य छ।

 

वैदिक साङ्ख्य दर्शनशास्त्र अनुरूप पुरुष र प्रकृति नामक दुई शाश्वत सिद्धान्तको मान्यता स्थापित छ। अस्तित्वमा रहेको विश्वास गरिने अप्रकट संरचना तथा त्यही संरचना निर्मित ठानिने आत्मा र चेतनाको संयुक्त रूपलाई दर्शनशास्त्रले पुरुष मान्दछ। अप्रकट संरचना व्यक्त भएर प्रकट बनेको भौतिक संरचना लाई प्रकृति ठान्दछ।

 

प्रकृतिमा सम्पूर्ण निर्मित संरचना, पदार्थ, प्रकृति वातावरण, शारीरिक र मनोवैज्ञानिक चरित्र, स्वभाव र मनोभाव आदि समावेश हुन्छ। तिनै व्यक्त र अव्यक्त शक्ति बिचको अन्तरक्रिया अर्थात् संयोजन र वियोजन वाट शाश्वत निर्माण वा ध्वंस सम्भव बनेको छ। कम्तीमा यी दुई पक्षको सहकार्य वा टकराब सम्पूर्ण निर्माण र विनाशको रहस्यको कारण हुने गर्दछ।

 

व्यक्तिको जीवनको हकमा पुरुषले उसभित्रको निष्क्रिय, शुद्ध र अविनाशी शाश्वत आत्मबलको निर्माण गर्दछ। जुन कुनै भौतिक पदार्थ बिनाको मन, आत्मा र चेतना निर्मित ऊर्जा हो। मानिसको शाश्वत आत्मबल नै आफैले आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक बिमारीहरूको उपचार गर्ने र निको पार्ने अद्भुत हिलिङ्ग शक्ति हो। जुन हरेक व्यक्तिमा अन्तर्निहित अव्यक्त क्षमता समेत हो। प्रकृतिका हरेक जीवमा उक्त क्षमता हुने गर्दछ।

 

प्रकृति भने उसको व्यक्तिको अनन्त गतिशीलता र क्रियाशीलताको मूल कारक हो। आमाको पेटमा पहिलो भ्रूण रुपी बिन्दुको रूपमा रहँदाको भ्रूणको आत्मा बलको प्रकट हुने इच्छा र चाहना नै व्यक्तिको अनन्त गतिशीलता र क्रियाशीलताको उत्पत्तिको कारण बन्दछ। जसले व्यक्तिको सम्पूर्ण भौतिक संरचना निर्माण गर्ने सबै पन्च तत्त्व निर्माणको आधारभूत उत्प्रेरकको भूमिका निभाउने गर्दछ।

 

भ्रूणको आत्मा बलले व्यक्तिको भौतिक स्वरूप दिने स्थूल रूप र त्यो निर्माण गर्ने सूक्ष्म रूपहरूको “जरुरत अनुरूपको खाका” निर्माण गर्ने सूचनाको श्रोत उपलब्ध गराउने कार्य समेत सम्पन्न गर्दछ। अव्यक्तको व्यक्त भएर प्रकट हुन चाहने चाह लाई पुरा गरी व्यक्तिको भौतिक शरीरको संरचना निर्मित गर्ने भूमिका खेलिदिन्छ।

 

पुरुष अर्थात् आत्मबल तथा प्रकृति अर्थात् स्थूल शरीरको संयोजनले हरेक व्यक्ति जीवित बन्दछ। तिनीहरूको विखण्डन अर्थात् वियोजनले व्यक्तिले मृत रूप धारण गर्दछ।

 

मानव आत्मबल निर्माण गर्ने ऊर्जा एवं स्थूल शरीरको निर्माण गर्ने ऊर्जा दुवै एकै अभौतिक प्रकृतिको अव्यक्त पुरुष अर्थात् डार्क इनर्जी वेब फंगसन हुने गर्दछ।

 

कम्पनको रूपमा परिवर्तित वनेको अव्यक्त ऊर्जाको गतिशील चरित्रले जब युनिभर्सल मनको निर्माण गर्दछ तब त्यही युनिभर्सल मन रुपी ऊर्जा युनिभर्सल मनऊर्जा सङ्कुचित बनेर निर्मित हुने युनिभर्सल चेतना (सामूहिक चेतना) सँग समीपको संसर्गमा बस्दछ।

 

आपसी संसर्गमा रहँदा उनीहरूबिच आफ्नो लागि जरुरत हुने न्यूनतम शक्ति सधैँ आफैसँग रहने गरी (क्वान्टाईज) आफूमा निहित तरङ्ग रुपी शक्तिको साटफेर तथा आदान-प्रदान गर्ने गतिविधिमा संलग्न बन्दछन्।

 

त्यसो हुँदै गर्दा दुवै पक्षको सीमित इनर्जी वेब फंगसन आपसी आकर्षण र विकर्षणको नियतिमा रहने चरित्रमा बाँधिन पुग्दछन। जसले आपसी आकर्षण र विकर्षणको नियमित कम्पनको नियतिमा रहेको सामूहिक इनर्जी वेब फंगसनको निर्माण बन्न पुग्दछ।

 

आपसी आकर्षण एवं विकर्षण युक्त मायावी जालोमा जोल्टिन (ईनट्यांङ्गलमेन्ट) पुगेका यो दुई पक्षहरु चरित्रगत रूपमा एकै चोटि सँग सँगै नियमित प्रेम र घृणा दुवै अस्तित्वमा रहेको मायावी जालोमा जोल्टिनु यिनीहरूको दैनिकीको नियति बन्दछ।

 

यसरी  जोल्टिन  पुगेको युनिभर्सल मन ऊर्जाको अंश र  युनिभर्सल चेतना ऊर्जाको अंशले आपसी रूपमा ईनट्यांङ्गल रहेको व्यक्तिको मन र व्यक्तिको आत्मा (प्राण) शक्तिको निर्माण गर्दछ। जसलाई चेतन शक्ति भनिन्छ।

 

चेतन शक्तिलाई भौतिक पद्धतिको मनोवैज्ञानिक ऊर्जा सँग जब मन शक्तिले संयोजन गरिदिने थप भूमिका पुरा गर्दछ तब त्यहाँ प्रकट (व्यक्त) आत्मा बल निर्माण हुन पुग्दछ।

 

क्वान्टम सिद्धान्त अन्तर्गतको क्वान्टम फिल्ड सिद्धान्तले सम्भव भए सम्मको सूक्ष्म रूपमा एकीकृत भएर कणको आकृतिको महसुस दिने क्वान्टम कणहरू निश्चित इनर्जी फिल्ड निर्मित हुन्छन्।

 

निश्चित इनर्जी फिल्ड बोकेका दुई क्वान्टम कणहरू जब क्वान्टाईज भएर इनट्याङ्गल बन्दछन् तब तिनीहरूको एक आपसमा जतिसुकै टाढा किन नहुन एकापसमा बिना कुनै माध्यम जोडिएर नियमित आपसी अन्तरक्रियाहरू कायम गरी अस्तित्वमा रहने गर्दछन्।

 

क्वान्टम विज्ञानले पहिचान गरे अनुरूप नै क्वान्टाईज इनर्जी फिल्ड बोकेका र आपसमा  इनट्याङ्गल बनेका मन, सामूहिक मन, सामूहिक चेतना (परमात्मा), आत्मा तथा आत्मा बलले विकास गर्ने सोच, बिचार, इमोसन आदि आपसमा बिना कुनै मध्यम जोडिएर आफ्नो नियमित कार्य सञ्चालन सम्भव बन्दछ।

 

पुरुष र महिला बिचको भावनात्मक उल्झनमा (Emotional Entanglement) समेत तिनै शक्तिहरूले कार्य गरेको देखिन्छ। कहिले कहीँ दुई जोडी बिच हुने एक तर्फी वा दुई तर्फी साँचो,  निःशर्त प्रेमको चाहना कुनै न कुनै रूपमा उनीहरूको हृदय (इच्छा शक्ति)  आपसी आकर्षण र विकर्षणको इनर्जी वेब फंगसन इनट्याङ्गल हुने नियतिमा बाँधिन पुग्दछ।

 

व्यक्तिको निजी इच्छा शक्तिले उक्त सम्बन्धलाई दिने महत्त्व अनुरूप एकतर्फी वा दुई तर्फी रूपको इनट्याङ्गलको अनुभूतिको हदमा ती पात्रहरू जोल्टिदिन पुग्दछन। स्त्री पुरुष बिच सम्पन्न गरिएको रति क्रियाको मनोरञ्जनको अनुभूतिको पटक पटकको लोभलाग्दो स्मरणले इच्छा शक्तिको ईनट्यांङ्गलमेन्टले चरम नाटकीय हद ग्रहण गरिदिने जोखिम पैदा हुन सक्दछ।

 

कहिले कहीँ स्त्री वा पुरुष मनोवैज्ञानिक रूपमा आफू सम वा विपरीत लिङ्गी को सित इनट्याङ्गल बनेको हो थाहै नभई नहुने गरी थाहा नभएको पात्रको इनर्जी वेब फंगसन सँग ईनट्यांङ्गलमेन्टमा नाटकीय फस्दा हिस्टेरियाको चरण सम्म पुग्न सक्दछ। यस्ता प्रकृतिका इनर्जी वेब ईनट्यांङ्गलमेन्टले प्राय: डरलाग्दो मास हिस्टेरिया जन्माउन सक्दछ।

 

भावनात्मक बन्धनको कतिपय अवस्थाको मानिसले आफूले वास्तवमा चाहेको चाहिँ के हो भन्ने नै निश्चय गर्न सकिरहेको हुँदैन। कुनै अवस्थामा आफू प्रभावित बनेको व्यक्तिको ध्यान आफूतिर अति धेरै तान्न खोजी रहेको हुन्छ। तर त्यो किन जरुरत पर्‍यो, उचित छ, वा छैन आदि बारे कुनै अन्दाज नै पाउँदैन।

 

विकसित परिस्थितिले वैचारिक तथा आन्तरिक भावनात्मक अन्तर द्वन्द्वमा मानिस फसिरहेको हुन्छ। मेसो नपाएको वा पाएको पात्रको  इनर्जी वेब फंगसन सँगै  तीव्र उतार चढाव सहित ईनट्यांङ्गल बनिदिएको घरी उच्च आकर्षण र घरी उच्च विकर्षणको छटपटी पूर्ण मनोवैज्ञानिक कम्पनले मानिस लाई चरम बेचैनीमा पारिदिन्छ। उक्त अवस्था केही मिनेट लम्बिन जाँदा मानिस बेहोस समेत बन्न सक्दछ।

मानिसको मनले उसको चाहना निर्माण गर्दछ। मानिसको चाहनाले उसलाई निश्चित कर्म गर्न उत्प्रेरित गर्दछ। जसलाई उसको चेतनाले गरेको मूल्याङ्कन अनुरूप उसको विवेकले तौलिएर सम्पन्न गर्ने वा नगर्ने निश्चयमा मानिस पुग्दछ।

 

जब मनको लगाव कुनै निश्चित विषयमा अत्यधिक बसिदिन्छ तब त्यो बस्तुको समीपमा पुग्न र प्राप्त गर्न मनले सामान्य भन्दा अत्यधिक रूपमा तीव्र चाहको निर्माण गर्दछ। तीव्र चाहको कम्पन वा भाइब चेतना र विवेकको भूमिकालाई दबाउने र निष्क्रिय पारिदिने प्रकृतिको हुन्छ।

 

तीव्र चाहको उब्जिएको बेला मानिस भित्रको जनावर जागृत हुन्छ। जे मन लागेको हो त्यो गरिदिन्छ। त्यसको सकारात्मक वा नकारात्मक प्रभाव र त्यसले निम्त्याउन सक्ने नियति, भविष्यका परिणामहरू बारे सोच्ने, तौलने र त्यसै अनुरूप आफ्नो कर्मको नियन्त्रण गर्ने क्षमता मानिसले गुमाउन पुग्दछ।

 

स्त्री पुरुष बिच सम्पन्न हुने रोमाञ्चक रति क्रियाको समयमा अधिक घनिष्ठ मनोभाव पैदा हुने गर्दछ। उनीहरूले आपसी सहजता, विश्वास र सुरक्षाको महसुस वीच चरम सुखको अनुभूति ग्रहण गर्ने क्षणमा   उनीहरूको मन र चेतना समेत आपसी रूपमा अन्तर घुलन भएको हुन्छ। यौन कार्य पश्चात् छुट्टिएका जोडीहरू आपसी रूपमा गहिरो गरी ईनट्यांङ्गलमेन्ट बनिसकेको मनको सङ्ग्रह सहित जिउने स्थिति बन्दछ। ईनट्यांङ्गल अवस्थाको मन विना कुनै सम्पर्क मध्यम आपसी सञ्चारमा नियमित रहन्छ। मानव चेतनाको क्षमताले पहिचान गर्न नसक्ने मन-मन बिचको सञ्चार उनीहरूको जीवन भर कायम रहन्छ।

 

मन मन बिच हुने यस्तो प्रकृतिको संसर्गले उनीहरू दुबैमा भौतिक रूपमा करिब रहने नियमित चाहत विकास गरिदिन्छ। सकारात्मक अवस्थामा त्यो चाहत आपसी माया, मोह, प्रेम मात्रमा सीमित हुँदैन। एक्लै एकान्तमा सान्निध्य रहेर एउटाले अर्कोलाई सताउने र तिर्खा मेट्ने चाहत विकास गरिदिने हदको हुन्छ। उनीहरू लाई जीवन भर आपसी भावनात्मक उल्झनमा गाँसी दिने रूपको हुन्छ।

 

रोमाञ्चक रति क्रियाको अनुभूतिको मिठो स्मरणको उत्प्रेरणाले भावनात्मक उल्झनमा गाँसिन पुगेका स्त्री पुरुष बिच पैदा हुने नकारात्मक भाइब (कम्पन) उनीहरूको इच्छा शक्तिको ईनट्यांङ्गलमेन्टको चरम हद विरुद्धको नाटकीय कार्य गरिदिन्छ। उक्त अवस्थामा उनीहरूबिच अवास्तविक अपेक्षाहरू विकास हुने, एकको अर्को प्रति अवास्तविक शङ्का – उपशङ्का पैदा हुने, एकले अर्को बाट असुरक्षाको महसुस गर्ने, गहिरो निराशा जन्मने र मानिसले आफू भित्रै देखि टुटेको अनुभूति लिने सम्मको जोखिम निम्तन सक्दछ।

 

क्वान्टम मनोविज्ञान अन्तर्गत भावनात्मक उल्झनमा पर्ने यौन साथी बिचको आपसी मनोदशाको हालत वारेको यहाँ प्रस्तुत वैज्ञानिक विश्लेषण एक मात्र यौन साथी सँग सीमित रहेर जीवन बिताउनु कसरी स्वस्थ र सन्तुलित जीवनको लागि महत्पूर्ण छ भन्ने थाहा पाउन उपयोगी छ।

 

यसले हाम्रो परम्परागत वैदिक अवधारणामा जीवित रहेको मात्र एउटा यौन साक्षीमा सीमित हुने सङ्कल्प सहित जीवनमा विवाह बन्धनमा गाँसिन सल्लाह दिने गरिएको रहेछ भन्ने समेत वैज्ञानिक तथ्य सहित रहस्यको खुलासा समेत गरिदिएको छ।

 

(खाद्य तथा औषधि विज्ञ)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: