मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र बिज्ञान प्रवचन -१ : नारायण घिमिरे 

म पहिले मानव, दानव, राक्षस र देवता बारे केही कुरा गर्दछु।

हामी मानव भएकाले त्यो बारे केही भन्नु परेन।

दानव / राक्षस र देवता सबै आफ्नो नियत र प्रवृत्तिका कारण समाजमा निन्दा वा प्रशंसाका पात्र बनेका हुन्।

असुरहरू  र सुरहरू दुवै विभिन्न बर्ग (Class) र जातिमा (Caste – meaning Job Title) भेटिन्छन।

मेरो गोत्र  कश्यप हो। कश्यप ऋषिले दक्षका तेह्र छोरीहरू सँग विवाह गरे। जस मध्ये अदिति, दिति र दनु मुख्य चर्चामा आउँछन।

कश्यपका दनु तर्फका छोराहरू लाई दानव भनिन्छ।  दिति तर्फका छोराहरू दैत्य भए। अदिति तिरका छोराहरू आदित्य अर्थात् आदित्य-देव देवता भनिए।

मानव मुख्य बीज छोराको शुक्राणु रहेकाले त्यो बीजको बिस्तारको पहिचानको लागि परम्परागत रुपमा  छोराहरू बारे चर्चा भेटिन्छ।

यसको अर्थ छोरीहरूको मान्यता नरहेको होइन। यो सन्दर्भमा चर्चा जरुरी नभएको मात्र हो।

त्यति बेला डिएनए परीक्षण गर्ने विधि थिएन। नारीले भनिदिएको भरमा बाबुको यकिन गर्नु जरुरी हुन्थ्यो।

त्यो सन्दर्भमा समेत बीजको फैलावटको यकिन गरिने प्रविधि वैज्ञानिकनै मान्नु पर्दछ।

दानवहरू र दैत्यहरू सदैव उनीहरूका सौतेनी भाइ देवहरू सँग युद्धमा होमिए।

देवहरू सदैव सत्यको पक्षमा उभिएकाले  सुर मानियो। विपरीत पक्षमा रहनेहरू लाई असुर मार्गी भनियो।

त्यसैले दानवहरू र दैत्यहरूलाई असुरहरू भनेर चिनिन थालियो।

दानव र दैत्यहरूमा रहेको असुर प्रवृत्तिले मुक्त सत्य मार्गी प्रवृत्ति बोकेका देवहरू सुरको रूपमा चिनिए।

वास्तवमा सुरहरू असुरहरूको दाजु भाइ नै हुन्। सौतेनी नालका।

असुर प्रवृत्तिको अर्को पक्ष हो दैत्य नालको राक्षस।

सुकेश नामका दैत्यले गन्धर्व  छोरी देववती सँग विवाह गरे।

तिनीहरूको तीन उत्कृष्ट बच्चाहरू जन्मिए। तिन मध्यको एक सुमाली थिए।

सुमालीले यक्ष राजकुमारी थाटका सँग विवाह गरे। उनीहरूको धेरै छोरी मध्येकी एक   छोरी हुन कैकसी।

कैकसीको विवाह पुलस्त्य मुनि (ऋषि) को छोरो विश्रवा सँग भयो।

कैकेसी र  विश्रवा वाट रावण, कुम्भकर्ण, विभीषण, खर, शूर्पणखा जन्मे। ती सबै असुर प्रवृत्तिका थिए।

उनीहरू राक्षसहरूको नामले संसार भर चिनीए।

बैगुनी राक्षसहरू  (Harmful Virus like Corona Virus – रोगाणु सङ्क्रामक भाइरस)

प्रवृत्तिगत रूपमा राक्षसलाई मुख्यतया अधर्मीको रूपमा वर्णन गरिएको छ।

अर्कालाई यातना दिन पाउँदा यिनी हरुलाई अति रमाइलो लाग्दछ।

राक्षस शब्द  संस्कृतको चुरो शब्द संरक्षण वाट आएको हो। यसले अभिप्राय विपक्षीको प्रतिरोधात्मक शक्ति माथि सङ्क्रमण गरी उनीहरुलाई नियन्त्रणमा लिने । अनि विजय प्राप्त गर्ने युद्ध नीति पर्दछ।   

 

यिनी हरू सँग आफ्नो विपक्षी लाई बसमा पार्ने जादु, भ्रममा पार्ने कला र सुन्दर सपना देखाएर फसाउन सक्ने कला हुन्छ। 

तिनै गुणका कारण यिनीहरूले आफ्नो विपक्षीलाई आफ्नो पक्षमा पार्न सम्भव हुने गर्दछन्।  जस्तै: ब्रह्म राक्षस (COVID-19), रुद्र – मरुत

गुनी राक्षसहरू (Beneficial Viruses that contributes to makes our DNA too – हानि नगर्ने प्रकृतिका भाइरसका कण माइक्रोवायोम)

कतिपय राक्षसहरू नियत गत रूपमा नै दुष्टता युक्त हुने गर्दैनन्।

जस्तै राक्षस भएता पनि यक्ष /यकास  (nature sprit & bhuta) नैतिक रूपमा सही, न्यायसङ्गत नै थिए।

बैगुनी दानवहरू र दैत्यहरू (Harmful Bacteria and other micro-organisms – रोगाणु सुक्ष्मजीव)  

प्रवृत्तिगत रूपमा असुरहरू सदैव शक्तिको भोका, भौतिकवादी, आकारको  हिसाबमा तुलनात्मक रूपमा ठुलो आकारका, प्रभावको हिसाबमा प्रभावशाली, विशेष सामर्थ्य युक्त र वृहत् रूपमा आफ्नो शक्ति फैल्याउन सक्ने क्षमता बोकेको हुन्छन्। यिनीहरू हमेसा हानिकारक रूपमा प्रस्तुत हुँदैनन्। अवसर कुरेर बस्ने, शक्ति प्राप्तिको अवसर र मौका पर्दा सक्रिय रहने स्वभाव बोकेका अवसरवादी हुन्छन्। 

गुनी दानवहरू र दैत्यहरू (Beneficial Micro-Biomes – माइक्रोवायोम) – जस्तै: रुद्र मरुत

कतिपय असुरहरू नियतगत रूपमा नै दुष्ट हुने गर्दैनन्।

जस्तै असुर राजा भएता पनि महाबली नैतिक रूपमा सही, न्यायसङ्गत र सद्गुण युक्त धर्मी राजा थिए।

प्रत्येक मिर्गौलाको माथि पट्टि एउटा सानो संरचना टाँसिएर बसेको हुन्छ। जसलाई एड्रेनल ग्रन्थि भनिन्छ। 

सामान्यतया तिनै दुई एड्रेनल ग्रन्थिहरूले हार्मोन नामका रसायनहरू निकालि नसामा बगेको रगतमा छोड्दछ।

पाचन जस्तै शरीरका विभिन्न भागमा हुने कार्यहरुमा सहयोगी हुने अर्को प्रकृतिको रसायनलाई इन्जाइम भनिन्छ।  

पाचनका इन्जाइमहरू प्यान्क्रियाज, आमाशय र सानो आन्द्रामा उत्पादन हुन्छन्।

मुखमा सेलिबरी ग्रन्थिले निकाल्ने र्‍यालहरू पनि पाचन इन्जाइमहरू नै हुन्।

जसले खाना मुखमा चपाउने क्रम देखि त्यसलाई पचाउन सजिलो हुने गरी टुक्रा पार्न सुरु गर्दछ।

हार्मोन र इन्जाइम दुवै निश्चित प्रकारका प्रोटिन नै हो। 

वेदले हाम्रो शरीरमा शरीरका गतिविधि सञ्चालनमा सहयोग गर्ने जस्तै: पाचन रसहरूको रूपमा रहेको अम्लीय पदार्थ र क्षारीय पदार्थ, इन्जाइम, हार्मोन, माइक्रोवायोम शक्ति र अन्य शरीरले उत्पादन गर्ने ऊर्जावान् सारतत्त्वलाई अग्नि भन्ने गर्दछ।

 

उक्त अग्निको सहयोग वाट नै खानको सारतत्त्वहरू शरीरलाई चाहिने स्थानमा चाहिने समयमा चाहिने रूपमा आपूर्ति हुने गर्दछ।

 

हार्मोन र इन्जाइम

इन्जाइमहरूले मानव शरीरमा रासायनिक प्रतिक्रियाहरूको गति बढाउन मद्दत गर्दछ। इन्जाइमहरू जैविक उत्प्रेरक हुन्। तिनीहरूले उत्प्रेरणा दिएर जैविक प्रतिक्रियाहरू नियमित पार्दछन्।

हर्मोनहरू उत्प्रेरक होइनन्। तिनीहरू केवल जैविक रासायनिक प्रतिक्रियाहरू आरम्भ गरिदिने काम गर्छन्।

हार्मोन वा एञ्जाईम धेरै वा थोरै दुवै जीवनको लागि उपयुक्त हुँदैन।

जस्तै एस्ट्रोजेनको हार्मोन उच्च स्तरमा हुँदा रगत जम्ने र हृदयघात हुने गर्दछ।

एस्ट्रोजेनको अधिकतामा थाइरोइड डिसफंक्शन समेत हुन सक्छ।

त्यस्तै इन्जाइमको मात्रा धरै हुन पुग्दा समेत आन्द्रामा हानी पुग्नगई पाचन प्रक्रियामा समस्या पैदा गर्न सक्छ।

चाहिने भन्दा कम रहदा चाहिने पोषक तत्त्वहरू अव शोषित नहुन सक्छ।

आज नेपाल लगायत विश्वका धेरै देशहरुले लागु गरेको शिक्षा प्रणालीले मानिसको जीवनको अस्तित्व शरीर मृत हुनासाथ सकिने विश्वास गर्दछ। शरीर भित्रको आत्माको अस्तित्व नै स्विकार्दैन।

वैदिक दर्शन र वैदिक सिद्धान्तमा आधारित प्रणाली को विश्वासमा कुनै प्राणीको शरीरको विनाशले उस भित्रको जीवित प्राणी अथवा जीवा आत्मा नष्ट नहुने कुरालाई महत्त्व दिन्छ।

कुनै जीवित आत्मा ले नयाँ शरीर प्राप्त गर्नु भनेको त्यो आत्माको नयाँ जीवलाई सुरु भएको हुँदैन । तर हाम्रो हालको शिक्षा प्रणाली जुन तत्त्व ज्ञानको आधारमा विकास भएको छ त्यो तत्त्व ज्ञानको मूल तत्त्व ज्ञान नै भ्रम पूर्ण छ। हाम्रो शिक्षा प्रणालीको जग नै नक्कली विश्वास माथि उभिएको छ।

जब हाम्रो छिमेकी मुलुक भारतमा बेलायती सरकारको उपनिवेश भएको थियो त्यो बेलामा लर्ड मकाउले भारतको देशको लागि नियन्त्रण बोर्डको आयुक्त नियुक्तमा नियुक्त भए। उनले भारत वर्षको ज्ञानको जग, संस्कृति, अर्थ व्यवस्था र राजनीति मामिलाको गहिरो अध्ययन गरे।

चीनका जनता लाई लागु पदार्थको दुर्व्यसनमा फसाएर आफ्नो काबुमा राखे जस्तो गरी वेदले शिक्षित समाजलाई फुटाऊ र राज गरको अवस्थामा पुग्न नसकिने गहिरो तथ्य बुझेका उनले भारतको वैदिक शिक्षा प्रणालीलाई जसरी पनि जति सक्दो चाँडो धराशायी पार्न जरुरी भएको निचोड निकाले।

सोही योजना अन्तर्गत भारत वर्षको वैदिक ज्ञानको जग र सभ्यता जसरी पनि धराशायी गर्ने जिम्मेवारीका साथ १९३४ देखि उनी भारतको सर्वोच्च परिषद्को सदस्य भएर भारत आए। मात्र ४ वर्षको बसाई उनले भारतमा नयाँ राष्ट्रिय शिक्षा प्रणाली विकास गर्न र लागु गर्न सफल भए। भारतीय शिक्षा प्रणालीमा आपराधिक संहिता समावेश गरिएको नयाँ राष्ट्रिय शिक्षा प्रणाली लागु गर्न सफल बने।

संक्षिप्तमा उसको नीतिमा जम्मा जम्मी ५ वटा कुराहरू राखिए। जसमा अङ्ग्रेजी वर्णमालाको ए, बि र सी। जसमा तेस्रो अक्षर “सी” लाई उनी सी-सी-सी गरि तिन पटक भन्थे। जसमा पहिलो ‘सी’ को अर्थ वर्ग र सह-शिक्षा (caste & co-education), दोस्रो ‘क्लब (Club) र तेस्रो अदालत (Court) भन्ने थियो। तिन सी को साहारामा उनको भारतीय शिक्षा प्रणालीलाई नष्ट गर्ने योजना बन्यो।

धनी र गरिब वर्गमा विभक्त रहेको शिक्षा प्रणाली जसले जात पातको आधारमा समाजमा चरम अत्याचार लादन सकियोस्, उनीहरूको शासन गर्न लाखौँ जनाको बिचमा पुग्न सक्ने गरी पद र पैसामा बिक्ने र आफ्नो चरम शोषणमा सहजीकरण गर्ने दोभासेको विकास गर्न सकियोस्। भारतीय रगत भएको तर विचार, नैतिकतामा र बौद्धिक रूप अङ्ग्रेजी शासकको हो मा हो मिलाउने लठैत वर्गको विकास गर्न सकियोस्।

अङ्ग्रेजी लाई सरकारी तथा अदालतहरूको आधिकारिक भाषा बनाइयो।

शिक्षाको आधिकारिक माध्यमको रूपमा अङ्ग्रेजी लागू गरियो। वेदको विरुद्धको शिक्षा जबरजस्त लादियो।

सजाय हुने पुलिस थाना, अन्य कचहरी, र अदालतमा उनैका लठैतहरू अनिबार्य अनुवादक रहने गरी न्याय सम्पादन गरियो। मुलुकको ज्ञानको आधार र शिक्षा प्रणालीलाई उनीहरूको राजकाज कालमा सम्पूर्ण रुपमा नष्ट गरियो।

यो थियो भारत को कुरा।

नेपाल भने कहिल्यै कसैको उपनिवेश भएन। तर यहाँका शासक हरू भने विदेशी हरुको सदैव प्यादा वने।

उपनिवेश नबनेरै पारीको काउली खाएर वारि शासन गर्नेहरूले यता पनि नयाँ शिक्षा लागु गरे। वर्ग, जात, राज्य सञ्चालनमा समूह स्वार्थ लादने लठैत समूह मार्फत राज्य सञ्चालन भयो।

बिकवा शिक्षा र न्याय प्रणाली परिचालित बने। वैदिक ज्ञान, हाम्रा रैथाने सिप, ज्ञान र प्रविधिको जरा देखि उखेल्ने काम गरिए।

कृषि र व्यापारमा परनिर्भरता विकास गरी मुलुक लाई विदेशी उत्पादनको एकाधिकार भएको बजार र उपभोक्ताको रूपमा परिवर्तन गरियो।

पछि भारत वाट अङ्ग्रेज हटे।

हाम्रा शासकहरूमा विदेशीहरुको जति ठुलो हनुमान बन्न सक्यो त्यति लामो समय शासनमा रहने प्रतिस्पर्धा बन्यो।

आजको दिनमा आइपुग्दा न हाम्रो शिक्षा प्रणाली हामीलाई सहयोगी रहयो, न हाम्रो आफैले कर तिरेर जनताको नोकर हुनुपर्ने कर्मचारी तन्त्र हाम्रो रहयो । न न्याय को लागि अदालत नै हाम्रो आफ्नो बन्न सक्यो।

जनताको नोकर रहनु पर्ने कर्मचारी तन्त्र मालिक बनेर जनता तर्साउने घुस खोर बने। अफिस जागिर खान जाने थलो, काम गर्दा त पावर वाला को भए ओभर टाइम तागतहिन जनताको काम भए घुस चाहिने अघोषित सस्कार बन्यो।

हाम्रा अमूल्य वेद र परम्परागत विज्ञान जसको आडमा आज संसारले चमत्कार गर्न सकिरहेछ, त्यो हाम्रो आफ्नै बौद्धिक र समाजको चेतनशील वर्ग र जनताको सेवक गनिएका वर्गको चरम उपेक्षा र दमनमा पर्‍यो। जाल साँचीमा पारियो।

 

आज तपाई हाम्रो घर भाँडिएको छ।

हाम्री हजुर आमा ४ वर्षकी नातिनी लाई मन्दिर लिएर जानु हुन्छ। वैदिक परम्परा अनुसार झुटो नबोल्नु, आफ्नो अन्तर आत्माको आवाज सुन्नु, सत्यको जहिले जित हुन्छ, सम्पूर्ण प्राणीको शरीरमा ईश्वर को अंश आत्मा छ। कसैलाई अन्याय अत्याचार नगर। मन नदुखाऊ। अर्काको कमाई नखानु। आफ्नो कमाइको केही भाग अनिवार्य समाज सेवामा लगाउनु अनि ठुलो ज्ञानी मान्छे बन्नु भनेर दिनहुँ भन्नु हुन्छ।

पारीको काउली खाएर वारिको शासन गर्ने हरुको निर्देशनमा चलेको शिक्षा प्रणालीले विज्ञानले ईश्वर नहुने कुरा भन्छ, तिम्री आमा र हजुर आमा ज्ञान बुद्धि केही नभएका अज्ञानी हुन् भन्ने पाठ घोकाउँछ।

साधनको जोहो गर्न सिकाउँदैन, मात्र खर्च गर्न सिकाउँछ। सिप सिकाउँदैन। खर्च गर्ने उपाय र आकाङ्क्षा बढाउँछ।

प्राविधिक ज्ञान सिकाउँदैन सैद्धान्तिक दर्शन थोपर्दछ। सम्पूर्ण शक्ति लगाएर वैदिक ज्ञान र वैदिक विज्ञानमा भरोसा गर्ने उनैको आमा र हजुर आमा विरुद्ध जति विद्रोह गर्न सक्यो त्यति क्रान्तिकारी र जति क्रान्तिकारी बन्यो त्यति समाजको ठुलो मान्छे हुने गहिरो छाप छोडी दिन्छ।

हाम्रा वेद र उपनिषद हरुमा धर्मशास्त्र, काम शास्त्र, मोक्ष शास्त्र, खाना, लत्ता-कपडा, आवास, शिक्षा, स्वास्थ्य, यात्रा, चाडपर्व, रक्षा, कानुन, सेवा, विवाह, व्यापार इत्यादि बारे अथाह ज्ञानको खजाना छ भन्ने हाम्री नातिनी लाई क्रान्तिकारी बन्न भन्ने तपाईँ हाम्रो शिक्षा प्रणालीले स्कुल र कलेजहरुमा व्यवस्था गरेको शिक्षा प्रणालीका बिरलै शिक्षक र शिक्षिकाहरू सँग रहेको छ।

हाम्रो समाज सुधारक, हाम्रो वाल बच्चा हरुको भविष्य उज्ज्वल बनाउने जिम्मा पाउनु भएका हाम्रा स्कुल र कलेजका गुरु बा – गुरु आमाहरू शिक्षक पदवीमा विभूषित हुनु हुँदै गर्दा “अँध्यारो वाट उज्यालोको यात्रामा” हाम्रा मुलुकका कर्णधार हरुलाई डोर्‍याउने शिक्षक बन्नु पर्नेमा परिस्थितिले त्यसको अर्थ त “सिल्ली क्षेत्रको कर्मचारी” मा सीमित पारिदिएको छ।

तपाई हामीले सोच्नु पर्ने बेला भएको छ कि किन हाम्रा वैदिक ज्ञानका ३२ वटा विज्ञानका विभाग र ६४ प्रकारका कलाका ज्ञानहरू हाम्रा शैक्षिक संस्थानहरूका पाठ्यक्रममा अटाउन सकिरहेको छैन।

हाम्रो समाज लाई विभेदकारी भनी आरोप लगाउने अङ्ग्रेजी नयाँ शिक्षाका हाम्रा आफ्नै उत्पादनहरू लाई सुदामा जस्ता अत्यन्त गरिब ब्राह्मण र श्री कृष्ण दुवै उज्जैनको सान्दीपानीजीको आश्रममा एउटै गुरुकुलका उत्पादन हुन् भन्ने ज्ञान छैन। त्यो कसरि सम्भब बन्यो त्यो वारे सोच्ने त कुरै भएन।

वेदले महिलाको चरम अन्याय गर्दछ भन्ने हाम्रा समाजका विद्वत्तम वर्गलाई यो यथार्थ थाहा छैन कि वेदका श्रुतिहरू अस्तित्वमा ल्याउन भूमिका खेल्ने २३० जति ऋषिहरू मात्र हैन २४ ऋषिकाहरू समेत छन्।

वेद बाहेक अन्यत्र कुनै पनि पवित्र धार्मिक ग्रन्थको निर्माणमा यति ठुलो सङ्ख्यामा नारीहरू सहभागी भेटिँदैन।

अन्तको हकमा त एकै जना मात्र समेत भेटिन मुस्किल पर्छ।

जात पात बारे विचार गर्दा पुरातन संस्कृत ऋग्वेदको “पुरुष सुक्तम पद” मा पहिलो पटक “वर्ण” को उल्लेख भएको पाइन्छ।

पुरुषको अर्थ आदिम प्राणी हो। आदिम प्राणी आफैमा केटा वा केटी के हो भनी नछुट्टिने तेश्रो लिङ्गी (दुवै शक्ति नेगेटिभ र पोजेटिभ – यथार्थमा न्युट्रल पनि) एक आदिम मानव (शिव शक्ति) लाई जनाउँदछ।

वैदिक विज्ञानमा नृत्य रुपी कम्पन अथवा शिव शक्ति रुपी क्वान्टम पार्टिकल निर्माण हुने कम्पन शक्ति लाई ब्रह्म वा आत्माको नाम दिइएको छ। जस वाट सारा ब्रह्माण्डको निर्माण भएको छ।

तेश्रो लिङ्गी आदिम मानवको आत्म बलिदान मार्फत नर वा छोरो मानिसको गुण अधिक भएको (जीवन्त शक्ति बीज युक्त) र नारि वा छोरी मान्छेको अधिक गुण भएको (ग्रहण र उत्पादन शील डिम्ब शक्ति युक्त) मानवको विकास भएको बताएको छ।

 

अन्नमय कोष (भौतिक शरीर), प्राणमय कोष (जीवन्त शक्ति आत्मा), मनोमय कोष (वैचारिक वा मस्तिष्क), विञ्ञाणमय कोष (चेतनशीलता वा कन्ससनेस) र आनन्दमय कोष (धन्यपन वा ब्लिसफूल) गरी पाँच प्रकारको कोष निर्मित शरीरको अपरा र परा प्रकृतिको शक्ति बिचमा पुलको रूपमा रहेर संयोजन गर्ने काम “पुरुष-शक्ति” को हुने स्पष्ट छ।

जहा पुरुष भनेर लोग्ने मान्छे भनेको हैन।

जस अनुसार ब्राह्मण वर्णको कार्य प्रवृत्तिगत रूपमा मुखको जस्तो (केन्द्रीय बिन्दु जुन खाली आकाश हो तर त्यसलाई केन्द्र मानेर त्यसकै निश्चित परिधिमा समग्र अणुका कार्यहरू सञ्चालित हुन्छ) भन्ने छ।

क्षेत्रीय वर्णको कार्य प्रवृत्तिगत रूपमा पाखुरा जस्तो (पोजेटिभ चार्ज युक्त नियुक्लियसको प्रोटोनलाई सन्तुलनको हेतु बाँधेर राख्न सहयोग गर्ने निउट्रोंन) भनिएको छ। एक परमाणुमा यसले केन्द्रको नियुक्लियसको काम गर्दछ।

वैश्य वर्णको कार्य प्रवृत्तिगत रूपमा साँप्राको जस्तो कार्य सम्पादनको दिशा निश्चित गर्ने (कुन बाटोमा घुम्ने हो त्यो बाटोको निश्चय गर्ने शक्ति अर्बिट) भन्ने उपमा दिइएको छ। जसले परमाणु परमाणु, समग्र अणु र पूर्ण पदार्थको सम्पूर्ण शक्तिको सन्तुलन हुने गरी नियमित घुम्ने ईलेक्ट्रोनहरु कुन बाटो कस्तो गतिमा हिँड्ने हो त्यसको यकिन गर्दछ।

शूद्र वर्णको कार्य प्रवृत्तिगत रूपमा खुट्टाहरू जस्तो (पहिलिएको बाटो अर्थात् विभिन्न अर्बिटमा परमाणु वाट अणु बन्ने क्रममा कार्य सम्पादन हेतु जरुरत अनुरूप घुम्ने ईलेक्ट्रोन) भनी प्रस्ट साङ्केतिक रूपमा बताइएको छ। आफू सम्बद्ध परमाणु सदैव सँग उत्तरदायी हुने गरी परमाणु आफ्नै र समूहमा समेत अस्तित्व कायम गर्न समग्र शक्तिको सन्तुलन हुने गरी तोकिएको बाटोमा घुम्ने र समग्रमा परमाणु संलग्न रहेको संरचना लाई नियमित रूपमा चलाउन नियमित सक्रिय रहने ईलेक्ट्रोनको रूपमा शूद्रको कार्यहरू सञ्चालित हुने गर्दछ।

यसरी वैदिक अवधारणामा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चारै वर्ण शरीरको संरचनाको सबै भन्दा सूक्ष्मतम परमाणुको प्रवृति र कार्य पद्दति बारे बताउन प्रयोग भएको विषय हो। सूक्ष्मतम परमाणुको संरचनाको रूपमा रहेको अति सूक्ष्मतम क्वान्टम पार्टिकलको संरचना बुझाउन भने संज्ञानात्मक रूपमा शिव शक्ति भन्दै आदिम मानव शब्द प्रयोग भएको छ।

हरेक समाजमा निजी वा सामूहिक कार्य सञ्चालनको लागि निश्चित निश्चित गतिविधिहरू सञ्चालन हुनु जरुरी छ। व्यक्तिको कुनै विशेष क्षेत्रको दक्खल, अनुभव, विज्ञता र विगतमा कुशल कार्य सम्पादन गरेको आधारमा विभिन्न पदहरू सिर्जना गरिन्छ।

एक व्यक्ति जो सँग अनुसन्धान र विकास सम्बन्धमा अधिक चासो छ, नीतिगत अवधारणा र रणनीतिक योजना बन्न दक्ष बन्दथ्यो त्यो पद लाई ब्राह्मण वा बाहुन भनियो।

तत्कालीन समयमा आज सैद्धान्तिक अनुसन्धान गर्ने वैज्ञानिक, दार्शनिक, समाजमा जनचेतना फैल्याउने गुरु वा शिक्षक, योजना विद तथा वेदका सैद्धान्तिक ज्ञानहरू समाजमा पुर्‍याउने समाज सुधारकहरूको पद हो ब्राह्मण।

कार्यान्वयन र सञ्चालनको लागि मार्ग निर्देशन गर्ने नेतृत्व प्रधान गर्ने पद वा वर्ण क्षेत्रीय थियो।राष्ट्र प्रमुख, सेना, प्रहरी, कानुन कर्मी, न्याय सम्पादन कर्ता आदि जस्ता कामहरू पर्दथे।

नाफा-घाटाको मूल्याङ्कन गर्ने, नाफा हुने बाटो तर्फ गतिविधि लैजाने, धन-सम्पत्ति व्यवस्था गर्ने, सर-सापटी लिने-दिने, उद्योग धन्दा चलाउने र नाफा-घाटाको उचित वितरण गर्ने पेसामा संलग्न वर्ण थियो वैश्य वर्ण।

साबिकका कार्य वा योजनाहरूमा कार्य क्षेत्रमा खटिएर काम गर्ने वर्ग जसलाई हाल कामदार वा फिल्डका कर्मचारी वर्ग भनिन्छ तिनीहरूको वर्ण शूद्र भनेर उल्लेख गरिएको छ। जसमा सैद्धान्तिक अनुसन्धानको आधारमा इनोभेसनमा संलग्न रहने प्रयोगात्मक अनुसन्धानका वैज्ञानिकहरू, विज्ञ, प्राविधिज्ञ, टेक्निसियन, डाक्टर, नर्स, प्राविधिक तथा अन्य क्षेत्रका कर्मचारी वा कामदारहरू पर्दछन।

वेद परम्परागत विज्ञान हो। यसले संसारको संरचना र अस्तित्व बारे प्राकृतिक सिद्धान्त बारे मात्र कुरा गर्दछ। त्यहाँ कुनै जात पात वा तल्लो माथिल्लो स्तरको मानव भनी न त भेद भाव छ। न त्यसलाई स्विकार्छ नै।

रामको प्रिय हिन्दु देवता हनुमान, महाकाव्य रामायण लेख्ने वाल्मीकि र महाभारत लेख्ने वेद व्यास आज तपाइले जसलाई दलित भन्नु हुन्छ त्यो वर्गको पेशामा संलग्न रहेको परिवार वाट आएको कुरा किन हाम्रो समाजले थाहा पाएन ?

न त यसमा नारी र लोग्ने मान्छे बिच कुनै भेदभाव गरेको भेटिन्छ। यो हुँदै नभएको भाउतो कसले के प्रयोजनले वेद माथि खन्यायो ? हामीले यो भ्रम चिर्न किन प्रयास गरेनौ ? यो पनि सोच्नु पर्ने दिन आएको छ।

वैदिक कालमा सङ्गीत र नृत्यमा संलग्न हुनेहरू लाई गन्धर्व भन्ने गरिन्थ्यो। उनीहरूको शास्त्रीय सङ्गीत राग, ताल र लय युक्त हुन्थे। उनीहरूका ति रचनाहरू त्यतिमा मात्र सीमित थिएन।

एकातर्फ सौन्दर्य शास्त्रमा पुरा ध्यान दिइने गरिन्थ्यो भने अर्को तर्फ तिनीहरू ध्वनिमा अत्यधिक रूपमा पारङ्गत रहन्थे। समग्र संरचनाकोको मूल आधार ध्वनि थियो।

जब तपाई राग, ताल, लय, सौन्दर्य र ध्वनिलाई एकै ठाउमा मिलाएर हेर्नु हुन्छ त्यसले मानव जीवन विज्ञानको समग्र वैज्ञानिक संरचनाको प्रतिनिधित्व गर्दछ।

आजको आधुनिक विज्ञानले समेत मान्न बाध्य भएको वैदिक विज्ञानको निचोडमा मानव स्वास्थ्य कायम राख्न तथा सुधारको लागि सहजीकरण गर्न:

सङ्गीतले – मनोबैज्ञानिक आरोग्य प्राप्त गराउदछ।

सौन्दर्यताले – खुसी र धन्यता उपलब्ध गराउन सक्ने खुबी राख्दछ।

कर्ण प्रिय ध्वनिको – शारीरिक र मानसिक उपचार गर्ने चमत्कारिक क्षमता रहन्छ।

पछिल्लो समयमा क्वान्टम वायोकेमेस्ट्रीले मानव संरचनाका गहिरा पक्षहरू वैज्ञानिक समुदाय लाई बुज्न सहयोग गरेपछि वैदिक कालका रचनाहरू किन मानवको लागि यति प्रिय हुन पुगेको रहेछ भन्ने अनुभूति हुन सक्यो। वैज्ञानिक आधार उपलब्ध हुन पुग्यो।

जसरी घिउ-घिउ सँग र पानी-पानी सँग मिहिन भएर मिसिन्छ र मिसिए पछि बन्ने घोल सन्तुलित समेत रहन सक्छ त्यसरी नै हाम्रो शरीरको संरचना समेत बनेको छ। हाम्रा परम्परागत सङ्गीत र नृत्यले त्यही भाव, आकार र गति देखाउन सक्दा हाम्रो सम्पूर्ण पाँच इन्द्रिय मात्र हैन छैटौँ इन्द्रिय पिनियल ग्ल्यान्ड (मतलब तेस्रो नेत्र) समेतले लिने अनुभूतिका कारण सङ्गीत र नृत्य मनोबैज्ञानिक र शारीरिक हिलिङ्ग वा उपचारको मध्यम बनेको रहेछ।

विज्ञानको आँखा वाट हेर्दा यहाँ सामान्य तय दुई प्रकारका ध्वनिहरूको भूमिका देखिन्छ।

पहिलो स्ट्रक साउन्ड वा आहत नाद।

जब सिट्ठी बजाइन्छ, गीत गाइन्छ, कुरा गरिन्छ वा एउटा चिजले अर्को चिज लाई ठोकिन्छ त्यहाँ धर्षणका कारण हुने कम्पनले ध्वनि उत्पन्न गर्छ। फरक फरक बस्तुको टकराबले फरक फरक कम्पन हुने गर्दछ। जसले गर्दा आवाजहरू समेत फरक फरक हुन्छ। वाद्य-यन्त्रहरूले (हाम्रा बाजाहरु) टकराबको माध्यम वाट आवाजहरू निकाल्ने गर्दछन।

दोश्रो हो अनस्ट्रक साउन्ड अर्थात् अनाहत नाद। जुन प्रकृतिको ध्वनि हो।

सजिलो गरी बुझ्नको लागि यसको उदाहरणमा हाम्रो आफ्नै शरीरको भित्री आवाज हो।

मुटुको धड्कन, सासको आवाज । पाचन प्रक्रियाको आवाज जसलाई हामी गट साउन्ड समेत भन्छौँ।

जीवित मानव प्रणालीका तीन मुख्य अनस्ट्रक साउन्डमा मुटुको आवाज, श्वासको आवाज र पेटको आवाज पर्दछन।

तिनीहरूमा आवाजमा भएको परिवर्तनको पहिचान मार्फत मानिसका रोगहरूको पहिचान हुन सक्ने बारे वेदमा चर्चा भेटिन्छ। आजको औषधि विज्ञानले त्यस्ता विभिन्न प्रख्यात विधिहरू विकास गरिसकेको पनि छ।

हामी आफैले समेत अनुभूति गर्न सक्ने मुटु र श्वासको आवाज सरल हर्मोनिक्समा रहन्छ। ढुक ढुक। स्वाँ फ़्वा।

हामीले अनुभूति गर्न सक्ने ढुक-ढुक र स्वाँ-फ़्वाको  मुटु र श्वास मिलि बनेको आवाजको सरल हर्मोनिक्स प्रकृतिको हार्मोनी संग मिल्ने गर्दछ।

स्वस्थ र खुसी व्यक्तिमा मुटु र श्वासको आवाज नियमित र लयबद्ध रूपमा तल र माथि गरी रहन्छन।

जब तपाईँ यी दुई सरल आवाजको संयुक्त संयोजन गरिदिनु हुन्छ, नियमित रूपमा लयबद्ध हुने गरी एउटा तरङ्ग दिने सिनुसोइडल (लय-बद्ध) ध्वनि उत्पादन हुन पुग्दछ।

जुन वास्तवमा हाम्रो मुटु र श्वासको आधार ध्वनि हो।

स्वस्थ र सन्तुष्ट शरीरको मस्तिष्क-दिमाग-आत्मा संयोजित आवाज त्यसैलाई भनिन्छ। शास्त्रीय सङ्गीतमा बजाइने तनपुराले सोही आवाज उत्पादन गरी रहेको हुन्छ। त्यसैले त त्यो मोहनी लाग्ने गरी आनन्ददयाक महसुस हुन्छ।

हाम्रो पेटको आवाज भने त्यति सजिलो वा सरल रेखामा बताउन मिल्ने प्रकृतिको रहन्न। यथार्थमा यो आन्द्राको गर्भमा लुकेको सोनीक प्रक्रियाको विभिन्न ध्वनिहरू मिलेर बनेका ध्वनिहरूको संयुक्त एसेम्लीको रूपको निर्माण प्रक्रिया मार्फत निर्मित आवाज हो।

जब तपाईँ आफ्नो मुखमा पञ्चामृत हाल्नु हुन्छ, नैवेदका केरा, स्याउ, सुन्तला र बेलाउतिहरू ग्रहण गर्नु हुन्छ, तिनीहरू पिउने, चपाउने र निल्ने जस्ता प्रक्रिया पुरा गरेर आन्द्रा भित्र पुग्दछन।

त्यहाँ हुने अम्लीय र क्षारीय पाचन प्रक्रिया, ठुलो आन्द्रामा रहेका अत्यन्त ठुलो सङ्ख्याका गट माइक्रोबायोम भनिने हामीलाई फाइदा गर्ने लाखौँ जीवाणुहरू सक्रिय गतिविधिले पाचन प्रक्रियाहरू चल्दछन्।

मुख देखि गुदद्वार सम्म पुग्दै गर्दा त्यहाँका शरीरका विभिन्न अङ्ग प्रत्यङ्गका गतिविधिका आवाजहरू, रसायन, इन्जाइम, हर्मोन र विभिन्न सार तत्त्वहरू निर्माण र विखण्डनको कम्पनहरू समेत संयोजित हुन पुग्दछ।

त्यहाँ हुने हरेक क्रिया तथा प्रतिक्रियाको आफ्नै कम्पन हुने गर्दछ। जुन एकापसमा मिलेर समग्र कम्पन निर्मित ध्वनि पैदा हुने गर्दछ। फरक फरक समय र अवस्थामा तिनीहरूको प्रकृति फरक रहन सक्दछ।

पेटका कोषमा करिब १० करोड न्युरोन वा स्नायुहरू रहन्छन। पाचन प्रक्रियालाई सहज पार्न  १०० ट्रिलियन माइक्रोवहरू   अतिथिको रूपमा सक्रिय  रहन्छन। तिनीहरूलाई उनीहरूको जरुरत अनुरूपको खानेकुरा हरुको समेत आपूर्ति हुन जरुरी हुन्छ। उनीहरूले आफ्नो खाना प्राप्त गर्न नसक्दा र वातावरण सहज नहुँदा समेत समेत निश्चित प्रकारका कम्पनहरू निकाल्ने गर्दछन्।

हाम्रो शरीरको पाचन प्रणालीलाई विज्ञानले आजकल दोस्रो मस्तिष्कको संज्ञा दिने गर्दछ। पेटका ब्याक्टेरियाले सयौँ न्युरोकेमिकलहरू उत्पादन गर्ने गर्दछन्। तिनैलाई हामीले हर्मोन इन्जाइम भन्ने गरेका छौ।

यी तिनै कुरा हरू हुन् जुन मस्तिष्कले आधारभूत कुराहरू सिक्ने, शारीरिक प्रक्रियाहरू सञ्चालन गर्ने, आफ्नो स्मरणमा विषय बस्तुहरू कैद गर्ने र मुड अथवा मानसिक अवस्थाको निर्माण गर्ने जस्ता काम गर्न नियमित प्रयोगमा ल्याउने गर्दछ।

उदाहरणको लागि, पेटको ब्याक्टेरियाहरूले शरीरको लागि जरुरत हुने ९०-९५% सेरोटोनिनको उत्पादन गरी आपूर्ति गर्ने गर्दछ। आनन्द दायक मुड बनाउन र आन्द्राको गतिविधि सहज गर्न सेरोटोनिनको मुख्य भूमिका हुने गर्दछ।

बदलिँदो परिस्थिति र पर्यावरणीय अवस्थाका कारण आज हामीले खाने खाना र हामी रहने वातावरण परिवर्तन भएको छ।  यसले हाम्रो गटको स्वस्थ र वातावरणमा समेत परिवर्तन ल्याएको छ।

जसले गर्दा हाम्रो पेटको आवाजमा समेत नियमित तर बिस्तारै परिवर्तन गर्ने गरेको छ। लामो समयमा यसमा ठुलो भिन्नता हुने प्रकृतिमा यसमा परिवर्तनहरू देखिएका छन्। दोस्रो मस्तिष्कको प्रकृतिमा परिवर्तन हुने क्रम नियमित छ।

शरीर-दिमाग-मस्तिष्क-आत्माले महसुस गर्ने आनन्दमा सङ्गीतको मात्र ५-१० प्रतिशत जति भूमिका रहने गर्दछ। जति बेला तपाई आफूलाई मन पर्ने सङ्गीतमा लिन बन्नु हुन्छ त्यति बेला दिमागको पिट्युटरि ग्रन्थिले निकाल्ने सेरोटोनिन नामक न्युरोकेमिकलको कारण तपैले आनन्द महसुस गर्नु हुन्छ। त्यो नै पिट्युटरि ग्रन्थिको क्षमता हो।

बाँकी ९०-९५ प्रतिशत सेरोटोनिन आन्द्राको गट माइक्रोवायोमले निकाल्ने गर्दछ। जब तपाईँ सन्तुलित आहार खानु हुन्छ उक्त सन्तुलित आहारले तपाइको साथ साथै गट माइक्रोवायोमको लागि जरुरी हुने आहार समेत उपलब्ध गराउँदछ। आफूलाई मन पर्ने कुरा हुँदा आहा को अनुभूति दिने डोपामिन नामक  न्युरो केमिकल रसायन समेत झन्डै ५०% पेट मानै उत्पादन हुन्छ। गट माइक्रोवायोमको आवश्यकता पूर्ति भएर चाहिँदो मात्रामा सेरोटोनिन, डोपामिन निकाल्न सक्ने आन्द्रा लाई त्यसैले  हेप्पी बेली अथवा आनन्दित पेट भन्ने गरिन्छ।

यसरी हेप्पी बेली नै आज आनन्द अनुभूतिको लागि पहिलो मुख्य आधार बन्ने गर्दछ। जब खान पान स्वस्थ, वैदिक वा अर्गानिक सन्तुलित भोजन रहने गर्दछ र पेट भोको रहेको हुँदैन त्यो बेलामा सुनेका सङ्गीत, भजन, प्रार्थना होस वा योग वा ध्यान वा हितैषी सँग हुँदै गरेको भला कुमारी सबैले तपाइलाइ आनन्द दिन्छ।

इन्डोरफिन मस्तिष्क भित्र आन्तरिक रूपमा उत्पन्न हुने पेन-किलर वा तनाव नियन्त्रण गर्ने न्युरो केमिकल हो। मस्तिष्कले उत्पादन गर्ने इन्डोरफिन पिट्यूटरी ग्रन्थिहरूमा भण्डार हुने गर्दछ।

 

जब तपाईँ कमेडी कार्यक्रमहरू हेर्ने, भिडियो हेर्ने, रातो खुर्सानी खाने, तितो डार्क चकलेट खाने, हाँस्ने, समूहमा योग गर्ने, अकुपंजर गर्ने आदि गतिविधिहरूमा सामेल बन्नु हुन्छ इन्डोरफिन बाहिर निस्किएर आनन्द महसुस गर्नु हुन्छ।

दिनभर दैनिक गतिविधिमा व्यस्त रहने हाम्रो जीवन प्रकृतिमा भएको अन्य जीवित जीवहरू जस्तै प्राकृतिक नियम सँग तालमेल सहित कार्य गरिरहेको हुन्छ। रातको समयमा हाम्रो शरीर आन्तरिक मर्मत संहार, सफा सुग्घर तथा आफूलाई पुनः जीवन दिने कार्यमा केन्द्रित गर्दछ।

 

कोषहरूको नियमित गतिविधि बाट पैदा भएका शरीर भित्रका विषाक्त पदार्थहरू तन्तुहरू वाट बाहिर फाल्ने यही समय राम्रो समय बन्दछ। पाचन प्रणालीमा हुने मेटाबोलिजमका शरीरलाई जरुरी नहुने सह-उत्पादन समेत यसै समयमा सुरक्षित रूपमा बाहिर फाल्नको लागि तैयार गरिन्छ।

यी सबै गतिविधिहरुले बिहान सबेरै पेट खालि गर्ने नित्य कार्य हुने गर्दछ।

हामीले जडीबुटीको नाममा खाने त्रिफला जुन हर्रो, बर्रो र अमलाको तीन फल मिश्रित चुर्ण हो त्यो हाम्रो आन्द्राको  गट माइक्रोवायोमको उत्कृष्ट खाना रहेको हालै अनुसन्धानले प्रमाणित गरिदिएको छ।हाम्रा पुजा आजमा खाइने सबै नैबेद हरुले समेत त्रिफला हाराहारीको भूमिका मात्र खेल्दैन शरीरमा अपुग भएको गट माइक्रोवायोमको आपूर्ति समेत गर्ने बिज्ञान वाटै प्रमाणित भएको छ।

हामीले घरमा बनाएर खाने दहीमा ल्याक्टोवेसिलसको विभिन्न प्रजातिका अत्यन्त फाइदाकारी फेर्मेन्टम, एसिडोफिलस, कन्फुसस र ल्याक्टिस स्ट्रेन भेटिएको छ।

यसले पेटमा थपिदिने आश्चर्यजनक  माइक्रोबियल विविधताले शरीरको दर्द घटाउने, टाइप-२ मधुमेह नियन्त्रण गर्ने र मोटापनको जोखिम समेत घटाउने गरेको प्रमाणित बनेको छ।

उच्च रक्तचाप नियन्त्रण गर्न प्रोबायोटिक्सहरु भूमिका देखिन्छ।

जब पेटमा माइक्रोबायोमको कम विविधता देखिन्छ, फर्मीक्युटस र व्याकटेरियोडेट्सको रेसियो बढेको भेटिन्छ, एसिटेट र ब्युटाईरेट बनाउने ब्याक्टेरियाको सङ्ख्या घट्दछ वा ल्याकटेट बनाउने ब्याक्टेरिया अनपेक्षित रूपमा बढ्छ त्यति बेला मानिस कुनै न कुनै समस्यामा पर्ने गरेको देखिन्छ।

जस्तै अटिजम हुने बालकमा पेटमा माइक्रोबायोमको कम विविधता रहेको भेटिन्छ।  फाईलम फिर्मीक्युटस चिन्ताजनक रूपमा घटेको र ब्याकटेरियोडेट्स अधिक बढेको हुन्छ। जसमा क्लसट्रीडियम परफ्रिन्जिन प्राय अधिक बढ्ने स्थिति भेटिन्छ।

मधुमेहको  रोगीमा फिर्मीक्युटस चिन्ताजनक रूपमा घटने र ब्युटाईरेटको कमी रहने गर्दछ।

टाइप-२ मधुमेहमा फेकली-व्याकटेरियम प्रौसनिटिजीको अधिकता रहने गर्दछ।

कुपोषित वालकहरूमा  ब्याकटेरियोडेट्स र  फिर्मीक्युटस दुवै अधिक बढेको हुन्छ।

महिला यौनाङ्गमा जब ल्याक्टोबेसिलस रामनोसस र ल्याक्टोबेसिलस रिऊटेरीको सङ्ख्या धेरै हुँदा दोजिया हुँदा दुःख दिने ब्याक्टेरिया भजीनिटिको सङ्क्रमण नियन्त्रण गर्न सकिएको छ।

हरेक स्वस्थ नारीको यौनाङ्गमा हुने ल्याक्टोबेसिलस ग्यासेरी र  ल्याक्टोबेसिलस जेनसिनी नामक प्राकृतिक माइक्रोवायोमले योनाङ्गको सुरक्षा गरिरहेको हुन्छ।

ग्रामीण तथा पहाडी भेगमा बसोबास  गर्ने मानिसमा प्रचुर मात्रामा ब्याकटेरोडिएट र न्यून प्रोटियो-ब्याकटेरिया भेटिन्छ।

सहरी भागमा बस्ने हरुमा अधिक फ़र्मीक्युटस र  प्रोटियो-ब्याकटेरिया रहने गर्दछ।

अध्ययनले राम्ररी भिजेको कुश-पानीको ब्याक्टेरिया र फङ्गस जीवाणुरोधी क्षमता हुने देखाउँछ। जुन उमालेर काटेको र घाउ भएको ठाउँ सफा गर्न उपयोगी भेटिएको छ। परम्परागत रूपमा कुशको लेदोबाट बनाइने लेपन घामको विकिरणले छालालाई पुर्‍याउने हानिका विरुद्ध प्रयोग गरिएको प्रमाणहरू पनि भेटिएका छन।

पूजा आजामा हामीले प्रयोग गर्ने दुबो आँखाको समस्या, पिसाब पोल्ने, जीउ बाउँडिने, घाउ निको पर्ने जस्ता धेरै रोचक उपचारमा प्रयोग हुने जडीबुटीको रूपमा लिइन्छ। दुबोको पेष्ट बनाएर छालामा सिधै दल्दा लुतो, दाद, घमौरा र चिलाउने छालाको रोग निको हुने मान्यता छ आयुर्वेदको।  दुबोमा हुने हेक्जाडिकानोईक एसिड र ईथरका इस्टरहरू पाल्मेटिक एसिडमा आधारित इस्टरहरू हुन जसको उत्कृष्ट एन्टिआक्सीडेन्ट क्षमताले आन्द्रामा क्यान्सर सेलहरूको उत्पन्न हुन र बढ्न रोक्ने गर्छ।

दुबोको जुस व्यवशाहिक रूपमै बिक्री हुने गर्छन्। हरियो दुबो, दुबोको एक्सट्रेकका अलावा सुकेको दुबो र त्यसको धुलो पनि खाने र अन्य जस्तै पायल्स, आँखाको सङ्क्रमण, छालाको बिबिरा, लुतो र घमौरा तथा डन्डी फोर आदि उपचारमा प्रयोग भइरहेको छ।

शरीरको तन्तुहरूमा रहने बोसोले शरीरले नियमित काम गर्ने क्रममा वा खाना पाचन हुने क्रममा पैदा भएका तर नियमित प्रक्रियामा शरीरबाट बाहिर फाल्न नसकेका कचरा पदार्थ कैद गरी राख्दछ। फलतः उसको क्षमताले भ्याए सम्म ती कचरा वाट शरीरका मुख्य अङ्गहरू हानि हुन वाट जोगाउ। जब शरीरमा त्यस्ता कचरा हरू धेरै जम्मा हुन्छ तब तिनै विभिन्न रोगका चुरो कारण बनी दिन्छन।

त्यस्ता विषाक्त तत्त्व शरीर बाहिर निकालेर शरीर लाई भित्रै वाट स्वस्थ बनाउने डिटोक्सिफिकेशन प्रक्रिया अयुर्बेदको पञ्चकर्म विधिमा समेटिएको छ। यो विधिमा घिऊ युक्त खाना खान दिइन्छ। दैनिक घिऊले शरीरको मालिस गरी छाला भित्रको तन्तुहरूमा रहने बोसोले सोसेर राखेको विषाक्त पदार्थहरू मालिस गरेको घिऊ हुँदै छाला सम्म पुर्‍याउने र मसाज पछि पानीको बाफले नुहाउने स्टिम थेरापी प्रविधि वाट छालाको सतहमा पुगेको विष शरीर बाहिर पुर्याईन्छ ।

वैकुण्ठ अथवा कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ, अकाल, अभाव र अपूर्णता नभएको ठाउँ त्यो आमाको हृदय बाहेक काहा होला र?

सम्झनुस् जति बेला तपाई सानो हुनुहुन्थ्यो, तपाई आमाको एक पट्टिको दूध चुसेर खादै गर्दा एउटा हात आमाको चोलोको तुनामा र अर्को हातले आमाको लामो केशमा तान्दै बुबु पिउनु हुन्थ्यो। तेतिनै बेला तपाइको खुटाहरु आमाको छाती र अर्को स्तनमा लात हानि रहेको हुन्थ्यो।

पटक पटक कुहेलिएर, छातीमा लात खाएर त्यसैमा रमाएर तपाइलाई माया गरी गरी एउटा दूध वाट अर्को दूधमा मुन्टो लगेर पेट भरि दूध खुवाउने तागत बोकेकी तपाइको आमा तपाइको वैकुण्ठ हैन र।

दूधको महासागर जसलाई क्षीर सागर भनिन्छ त्यसको सार तत्व  सङ्केत गर्दा आमाकोको दुध रुपी पञ्चामृत विष्णुको (मुक्तिनाथ) वासस्थान वा विष्णु लोकको पोषण सामग्रीको प्रतीकको रूपमा तपाइ हाम्रा मन्दिरहरुमा पोसिलो गुनिलो प्रसादको रुपमा  हामि ग्रहण गर्छौ।

आज हामी यहाँ पनि समस्यामा परेका छौ। हाम्रो आफ्नै वालक जसलाई हामीले दिन रात केही नभनेर पढायौ, भएको गोरु बाख्रा बेचेर उच्च शिक्षा दियौ, उसले हाम्रो परम्परागत ज्ञान न त कहिल्यै पढ्यो न सामान्य रूपमा के रहेछ भन्ने बुझ्ने समेत कोसिस गर्‍यो। जब देखि ऊ स्कुल गयो उसलाई यी सबै रूढि वादी कुरीति भनियो। यो रुढी वादी कुरीति नै भएको निचोडमा ऊ पुगेको छ। आज ऊ ठुलो मान्छे भएको छ। चिल्लो कार चढेर पनि हिँड्छ।

उसकी हजुर आमा जब अपच भएर बिरामी पर्नु हुन्छ, तब सुकेको अदुवा, पिपला, ज्वानो, शिधे नुन, जिरा, हिङ बराबर मिसाएर पिस्नु हुन्छ। तिन ग्राम (तिन मासा) देखि ६ ग्राम (६ मासा वा ४८ लाल) सम्मको खुराक बनाएर खाँदा तङ्ग्री हाल्नु हुन्छ।

बढे हाकिम बनेको नाति घरमा हुँदा भने हजुर आमा लाई सो बिमारी लागि हाले सारै सकस पर्छ। घरको घरेलु ओखतीलाई नचाहिने रूढिवादी ओखती भनेर खान दिँदैन। बजार वाट सेन्थेटिक ओखती र पचाउने दबाइ भनी क्याप्सुल हालेको माइक्रोवयोम बोकेर ल्याउँछ। त्यो मात्र खान भन्छ। प्यारो नाति बल बल घर आएको छ, केही भन्दा मन दुख्ला। केही भन्न सक्दिनन्। उसले औषधिले ठिक भएको छ भनी सोध्दा ठिकै होला बाबु केही दिन लाग्ला नि भन्छिन्। हालत बिग्रेको लुकाउँछिन्। जब नाति बाटो लाग्छ, आफ्नै ओखती खाने बित्तिकै तङ्ग्री हाल्छिन्।

यो आज हाम्रो घर घरको कथा बनेको छ।

माहात्मा गान्धिले १९३० मा हिन्दि नवजिवन पत्रिकामा राम राज्यको बारेमा छापिएको लेख “स्वराज और राम राज्य” मा राज्यमा कस्तो कर व्यवस्थामा हुनु पर्छ भनि लेखने गर्नु हुन्थ्यो।

जस अनुसार सुर्य बंशि रामको कर निति पनि वेदको अवधारणाको सुर्यले अपनाऊने निति अनुरूप हुनुपर्ने निति भएको गान्धिको लेखमा हुन्थ्यो।

जस अनुसार,

सेवा प्रदायकको रूपमा सरकार सुर्यको प्रकाश जस्तो होस। बिना भेदभाव सबै नागरिकको दैलोमा ऊसको सेवा पुगोस।

कर ऊठाऊने सबालमा सुर्यको ताप बाट सन्चालित वादल जस्तो बनोस। धेरै पानि भएको समुन्द्र बाट धेरै वाफ र सुख्खा रहेको ठाऊबाट नगन्य वाफ खिचोस।

कर ऊठाऊने सुर्यले बाफको रूपमा लिएको पानि जस्तो हुने गरि कर ऊठाऊदा कसैलाई थाहा नहोस। मतलब मर्का नपरोस।

धनि, माहाजन, मनोरन्जन र बिलासिका हिरा, मोति, मदिरा, महंगा गाडि आदिमा धेरै कर लागोस। ऊक्त पैसाबाट मुलुकको बिकास होस। गरिब जनतामा कर हैन अनुदान पुगोस।

सरकारले दिने योजना वा अनुदान बादलले गर्ने बर्साद जस्तो रहोस।

सबैले थाहा पाऊने र जनता खुशि हुनेगरि अत्यान्त जरूरत रहेको जंगलमा अधिक र माहासागरमा नगन्य बर्सोस।

१९९४ मा मनमोहन अधिकारि सुनसरिको धरान एरियाबाट मेम्वर अफ पार्लियामेन्टमा ऊठ्दा चुनाव प्रचारका क्रममा बिध्यार्थिको रूपमा धरान रहेको बेला मलाई समेत भेटन बोलाऊनु भएको थियो।

भेटहुदा मैले ऊहा लाई तनहु तिर त कम्युनिष्ट हरुले ६० बर्ष पुगे पछि जनता लाई गोलि ठोकि मार्छ भन्छन। मेरो स्कुलिङनै यस्तो भयो कि झापाको कम्युनिष्ट भनेसि डर लाग्छ भने।

ऊक्त कुरा ऊहाले सिरियसलि लिएर माथिको बापुको कथा सुनाएर हामि तिनै कुरा बहुदलिय जनबाद बाट पुरा गर्ने मिसनमा यो राजनितिमा छौ।

त्यसैले हाम्रो चिन्ह हेर “सुर्य” छ ! भनेको हिजै जस्तो लाग्छ।

ऊक्त कुरा हामि सॅसदिय व्यवस्थाको ऊपयोग गरि बलपुर्ण फडको मारि पुरा गर्छौ समेत भन्नु भएको थियो।

पछि ऊहानै प्रधान मन्त्रि बन्नु भयो।

भर्खरै पदमुक्त हुनुभएका प्रधानमन्त्री गृह र भरतमोहन अधिकारी अर्थमन्त्रि बन्नुभो। त्यस बेलाको “आफ्नो गाम आफै बनाऊ” भन्ने र बुडाबुडि लाई भत्ता दिने कार्यक्रम देखे पछि ऊहाको ऊक्त कुरा चुनावि हैन सिरियस रहेको अनुभुति भएको थियो।

मनमोहन अधिकारिले आफ्नो नीति पुरा लागु गर्न भ्याउनु भएन। छिटै नौ महिनामै सरकार वाट बिदा गरियो।

भर्खरै पदमुक्त हुनुभएका प्रधानमन्त्रीको समय सम्म पुग्दा परिष्थिति भने तेता समेत धेरै बदलिएको छ।

वेदान्तले चुरेको सम्रक्षण गर भन्छ। हामी चुरे फुटाएर गिटी बालुवा बेच्ने नीति बनाउछौ।

बरु त्यो चुरेमा गाँजा, हेम्प, असुरो, धयेरी, पाति, सिउड़ी, टिम्मुर, कन्टकारी, भलायो, चरीअमिली जस्ता खेति गर्दा त्यहा वाट आउने गिटी बालुवा भन्दा लाखौ धेरै आम्दानी मात्र हुन्न पर्यावरण जोगिन्छ भन्ने प्रष्ट छ। हामी गाँजा प्रतिबन्ध गर्छौ।

नदी नाला र पर्यावरणले दिने फाइदा प्राकृतिक संरचना माथिको मानब दोहन मानब अस्तित्वनै सिध्याउने जोखिम दिने छ भन्ने बेद र बिज्ञानले यकिनका साथ भनिरहेको छ।

हाम्रो दिमागमा काली गण्डकी डाइभर्सन जस्ता सानो फाइदामा मुलुक कंगाल बनाउने विचार र योजनाहरु कसैले हाली दिन्छ। हामी क्षणिक लाभको लागि त्यसैको पछि लाग्छौ। यसको उपचार के ?

यसको उपचारमा वेद र विज्ञानको एकै निचोड भेटिन्छ। त्यो निचोड भन्दा पहिले त्यसो किन भयो त्यसको कारण बुझौँ।

महिला गर्भवती भएको १६ औं दिन आसपासमा एम्ब्रोइनिक तन्तुबाट न्यूरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन थालेको भेटिने गरेको बताउँछ न्यूरो-साइन्स।

त्यसको २-४ दिनभित्रै न्यूरल ग्रोभको स्पष्ट स्केच विकास हुँदै २१ सौं दिन पुग्दा नपुग्दा न्यूरल ग्रोभ न्यूरल प्लेटसँग जोडिँदै न्यूरल ट्युब बनिसक्छ।

न्यूरल ट्युबको अगाडिको भागबाट टाउकोमा हुने अगाडिको, बीचको र पछाडिको मस्तिष्क बन्छ भने बाँकी मेरुदण्डभित्रको स्पिनल कर्ड बन्ने गर्छ।

मात्र ७ हप्ता पुग्दा/नपुग्दा मस्तिष्कको तीनै भागको तीव्र विभाजन हुने क्रम सुरू हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान सुरू हुने गर्छ।

124Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: