मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महानगर अपराध महाशाखाको “अप्रेसन हनी” वारे : खुल्ला पत्र ।

एसएसपी वसन्त कुँवर ज्यु !

प्रमुख

महानगर अपराध महाशाखा

 

सन्दर्भ: अप्रेसन हनी !!

 

एसएसपी वसन्त कुँवर जी,

 

तेल अथवा घिउमा अम्लता र पेरोक्साइड मानक मापन तेलको गुणस्तर निर्धारण र प्रमाणीकरण गर्ने धेरै विधि मद्येको विधि हो। तिनीहरूको रासायनिक विश्लेषणको तरिका वाट गुणस्तरको अनुमान गर्ने विधि हो। तेल र घ्युमा उच्च पेरोक्साइडको स्तर रहनु वा एसिड भ्यालु धेरै हुनु भनेको चिल्लो पदार्थ फ्री रेडिकलहरूले क्षतिग्रस्त बनेको सङ्केत हो। त्यो समयमा एल्डिहाइड्स र केटोनहरू बनी तेललाई ढुसी जस्तो र टिनको मेटल जस्तो फरक खालको ठुस्स गन्ध आउने बनाउन सक्छ। यी प्रतिक्रियाहरू तेल अधिक तातो हुँदा, प्रकाशको किरणमा वा घाममा धेरै रहँदा र हावाको सम्पर्कमा आउँदा अलि धेरै द्रुत हुन्छ।

 

खाद्य अनुसन्धान शालाले कुनै मापन राखी खाद्य पदार्थको गुणस्तर निर्धारण गरेको कारण त्यो पदार्थ बजारमा पुग्दा उपभोक्ताले त्यसको लागि जुन गुणस्तर भनी पैसा तिरेको हो त्यो पाओस् भन्ने न्यायको सिद्धान्त स्थापना गर्न गरेको हो।

 

खाद्य अनुसन्धान शालाको कुनै मापदण्ड न पुग्दैमा त्यो क्यान्सर हुने भनेर भन्नु चाहिँ सेतो कोटमा गरिएको अपराध भन्दा धेरै केही होइन। यथार्थमा अनुसन्धान शालाको कुनै मापदण्ड नपुगेको भेटिएमा त्यसलाई बजार जान वाट रोकेर के भएको हो पुरा अनुसन्धान गरी गुणस्तर युक्त नै भए नभएको अन्य परीक्षण र उत्पादन देखि बजार सम्मको सबै प्रक्रिया हेर्नको लागि आर्लि क्याच गर्ने बिन्दु हो।

माथिको समाचारमा लेखेको भेटिए जस्तो र समाचारले दाबी गरे अनुसार कुनै खाद्य अनुसन्धान अधिकृतले बताए जस्तो क्यान्सर निम्त्याउने भनिनु समाजमा समाचार आतङ्क मच्चाउने अपराध नै होला। यसको बारेमा हामी भन्दा यहाँ र यहाँको कार्यालय धेरै जानकार छ।

वसन्त कुँवर सर,

यो त पुरानो कुरा भयो। भर्खरै समाचार माध्यममा अर्को फेब्रिकेटेड आतङ्क पूर्ण खबर यहाँको नाम नै जोडिएर आयो। त्यो देखि पछि मैले यहाँ लाई परदेश वाट आफ्नो ब्लग मार्फत पत्र लेख्ने अठोट गरे।

 

मलाई यसमा तपाइको उत्तर चाहिएको छैन।

मात्र तपाईँलाई मातृभूमिको सेवा गर्न थप प्राविधिक यथार्थको जानकारी होस् भन्ने मेरो ध्येय रहेको छ।

 

किनकि यहाँको र नेपाल पुलिसको काबिलतामा मलाई पटक्कै शङ्का छैन। तर त्यो संरचनामा खाद्य नियम सम्बन्धको यथार्थ तथ्य नपुगेको महसुस मलाई लागि रहेछ।

 

तलको एक अन लाइनको समाचार हेर्नुहोस्। र त्यो मुनिको खाद्य क्षेत्रको वास्तविकता समेत हेर्नुहोस्।

नेपालमै गरिएको एक अनुसन्धानले नेपाल को तराईको जङ्गलमा हुने मौरीको सुद्ध महको एचएमयफको मात्रा साहब गन्ज बनको ३३.३८ ± २.७४, धकेरी बनको ३०.३६ ± ३.३९, नारायणपुर बनको ३६.४८±४.०० तथा पिरारी बनको ५६.१०±८.८७ भेटिएको थियो। मह लाई जब तपाईँ प्रशोधनको क्रममा तताउनु हुन्छ यसको बाक्लोपन वा भिस्कोसिटि कम हुने गर्दछ। जसले गर्दा मह क्रिस्टलाइजेशन भएर जम्ने वा छिटै माइक्रोबियल फर्मेंन्टेसन अर्थात् रक्सी रक्सी जस्तो गनाउने समस्या आउन वाट रोक्छ।

 

कम तापमानमा स्टोर गरी राखिएको महमा समेत महको यसको अम्लीय अवस्था अर्थात् कम पिएच (नेपाल ३.८ देखि ४.६८) र लामो भण्डारण अवधिले एचएमएफको मात्रा लाई धेरै गरिदिन्छ। ल्याबरोटरी टेस्ट म्याथड विकास गर्ने क्रममा ४.६ पिएचको महमा फ्रूक्टोज र ग्लुकोजको अनुपात यदि ०.९५ भन्दा घटेको रहेनछ भने त्यो महमा एचएमएफको स्तर ४०.० मिलिग्राम प्रति किलो वाट नघटेको सङ्केतको रूपमा लिन सकिने भनी विकास गरिएको हो। तसर्थ टेस्ट म्यथडमा तपाईँले फ्रूक्टोज र ग्लुकोजको अनुपात हेरेर वा एचएमएफको लेभल जाँचेर एकै चिज हेरी रहनु भएको छ।

 

यथार्थता के हो त भने एचएमएफ लाई हाम्रो शरीरले पूर्ण रूपमा पचाउने गर्दछ। एचएमएफ शरीरको लागि क्यान्सर वा अन्य रोग निम्त्याउने चिज पनि होइन। मात्र चिनी हुने खाद्य पदार्थको गुणस्तरको अनुमान गर्न प्रयोग हुने एक मापदण्ड मात्र हो।

 

एचएमएफ हाम्रो शरीरको सुरक्षाको जोखिमको बस्तु भएको प्रमाण हामी सँग छैन। बरु उल्टो त्यसको विशाल फाइदाहरू हाम्रा सामु प्रमाणित रूपमै आएका छन्।

 

वैज्ञानिक यथार्थताको धरातलमा टेकेर आज विज्ञानले एक व्यक्तिको लागि दैनिक कति एचएमएफ सेवनको मात्रा सुरक्षित सेवनको मात्रा हो भनी स्पष्ट सँग कुनै तथ्य समेत दिएको छैन। यसको पछाडिको गहिरो वैज्ञानिक कारण हरेक व्यक्ति विशेषको एचएमएफको पाचन (मेटाबोलिज्म), पाचन भएको तत्त्व सारतत्वमा परिवर्तन हुने दर (बायोट्रान्सफर्मेसन) र शरीरलाई नचाहिने पदार्थ उत्सर्जन वा शरीरबाट बाहिर निकासीको दर फरक फरक हुने गर्दछ।

 

जसलाई सजिलै सामान्य करण गर्न सकिँदैन।

वैज्ञानिक रिपोर्ट हरूले सङ्केत गरे अनुरूप हामीले हामीले हाम्रो घर घरमा बनाएर खाने खाद्य उत्पादनहरू मार्फत दैनिक कम्तीमा ३० देखि १५० मिली ग्राम एचएमएफ खाइ रहेका छौ। उदाहरणको लागि हामीले दैनिक पिउने  कफी र स्वस्थ वर्धक ठानी खाने ड्राइफ्रुटमा प्राकृतिक रूपमानै  एचएमएफको ३०० देखि २९०० मिलिग्राम प्रति केजी पाइन्छ। जुन अत्यन्त उच्च मात्रामा हो। क्यानडाको एक अनुसन्धानको प्रारम्भिक रिपोर्टले गुल्मी अर्घाखाँचीको कफीमा क्यान्सर प्रतिरोधी क्षमता रहेको देखाएको छ।

सुख्खा आरुमा २२०० मिलिग्राम प्रति केजी एचएमएफ भेटिन्छ। तपाईँ हामीले पिउने गाढा बियरमा १३.३ मिलिग्राम प्रति किलो, हाम्रा पाउरोटी र बेकरीको उत्पादनहरूमा ४.१ देखि १५१ मिलिग्राम प्रति किलोग्राम एचएमएफ भेटिन्छ।

 

वसन्त कुँवर सर,

यदि त्यो एचएमएफ धेरै हुँदा क्यान्सर हुने कुरा तपाईँले मिडिया लाई भन्नु भएको हो र मिडिया ले लेखेको हो भने तपाईँले क्यान्सर हुने दबा गरेको मात्रा भन्दा धेरै मात्रामा एचएमएफ त नेपालीले दैनिक खाने रोटी, पाउरोटी, क्यरामेल कलर हालेको चकलेट, रक्सी, पेय, भुटेर खाने मासु, मकै, भट्ट, उमालेर पिउने दूध र जे जे भुट भाट गरी खानु हुन्छ सबैमा हुन सक्छ। अब के त्यो सबै प्रतिबन्ध गर्नु हुन्छ ?

 

हाम्रो गुल्मी र अर्घाखाँचीको कफी क्यान्सरको ओखती पो हुने रहिछ भनी संसारले पिउँदै गर्दा हामि भने नेपाली कफी र चिया सबै गाँजा फाँडे जस्तै फाँड्ने हो त ?

 

काँकडभिट्टा र इलामको चियामा सिल्भर निडल चियाको हदको एन्टी-अक्सिडेन्ट भेटिएकाले बिदेसी नेपाली चिया तिर लोभिँदै छन्।

 

एचएमएफ भेटिने नाममा नाम उल्लेख गर्न नचाहने अधिकृतको अनधिकृत सूचनाको भरमा फेरी अर्को “अप्रेसन इलामको चिया” बनेर चिया वारी पनि फाँडिँदैन भन्ने के ग्यारेन्टी भयो र सर ?

 

आखिर चियामा पनि हामी आत्मा निर्भर भएकाले विदेशीको बजार महमा जस्तै खोसिएकै छ।

 

गहन कुरामा अनुसन्धान फिटिक्कै नहुने र मात्र बुद्धि विलासको भरमा अर्काको नियम कानुन हेरी नीतिगत नियम बन्ने मुलुकहरूमा मह जस्ता खाद्य पदार्थको मापदण्ड बनाउँदा मूलतः संयुक्त राष्ट्र सङ्घको कोडेक्स ऐलीमेन्टेरियस कमिसनले बनाएको मानक अर्थात् मापदण्ड नै आफ्नो मापदण्डको रूपमा स्वीकार गर्ने गरिएको छ।

 

कोडेक्स ऐलीमेन्टेरियसका अनुसार महमा  एचएमएफको मात्रा ४० मिली ग्राम प्रति केजी भन्दा कम रहेको भए त्यसले मह प्रशोधन समयमा तताउने गरिएको छैन भन्ने ग्यारेन्टी गर्दछ भन्ने सर्त सहितको मान्यता राखेको छ। कोडेक्स ऐलीमेन्टेरियसको सर्तमा यदि उक्त मह नेपालको दाङ, नेपालगन्ज, चितवन लगायतका स्थानीय स्थानको तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुग्ने ट्रपिकलजोन बराबरको रहेको छ भने एचएमएफको मात्रा ८० मिली ग्राम प्रति केजी भन्दा कम रहेको खण्डमा उक्त मह प्रशोधन समयमा तताउने नगरिएको हुन सक्ने यकिनका साथ लेखिएको छ।

 

तपाइको महा-नगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात खाद्य अनुसन्धान शालाको मापदण्ड भन्दा फरक पाइएको भनिएको छ। समाचार पत्रहरूले उल्लेख गरेको  परीक्षणको नतिजा नेपालको दाङ, नवलपरासी तथा चितवन जस्ता स्थानमा गरिने मौरी पालन वाट आउने शुद्ध महमा हुनु यसको मापदण्ड नपुगेको प्रमाण हुन सक्दैन।

 

तपाईँ लाई मिसावट युक्त मह बच्ने काला व्यापारीले महमा ग्लुकोज सिरप र हाइ-फ्रुक्टोज कर्नसिरप हाली बिगारे भने होलान्। तल को अन्य देशको र हाम्रो छिमेक भारतको स्ट्यानडर्ड हेर्नुहोस्। प्रशोधित महमा ग्लुकोज सिरप र हाइ-फ्रुक्टोज कर्नसिरप हालेर नै रेस्टुरेन्टहरूमा पठाइन्छ। ताकि कुकिङ्ग सजिलो र स्वस्थ होस्।

 

हाल हाइ-फ्रुक्टोज कर्नसिरप रोकिएको छ। ग्लुकोज सिरप र चिनी आदि हाल्दा त्यसमा लगभग २० मिली ग्राम प्रति केजी मात्र एचएमएफ हुने हुँदा समग्र महको  एचएमएफ झन् घट्दछ। प्रशोधित महमा ग्लुकोज सिरप र चिनी हाल्नु स्वस्थको लागि प्रतिकुल छैन। मात्रा लेबलमा जे हालेको हो त्यो लेख्नु पर्‍यो। सुद्ध मह भनी बेच्नु अपराध हुनेछ।

 

भारत अमेरिका र कोडेक्समा समेत कति सम्म चिनी हाल्ने भन्ने समेत स्ट्यानडर्ड छ।

 

फेरी चिनीमा हनी पनि हाल्न मिल्छ।

हनीमा चिनी हाल्न मिल्छ।

खाद्य अनुसन्धान शालाको काम हनीमा चिनी हालेको हो वा चिनीमा हनी लेबलमा लेखि पठाऊ भनी नेपाली उद्यमी लाई तालिम दिने हो।

 

भारतले आफ्नो देशको मह उत्पादक लाई जोगाउन  २०११, २०१७, २०१८ र २०२० मा नियम परिवर्तन गरी आफ्नो कानुन उद्यमी मैत्री बनाएर मुलुकको विकास गरेको छ।  हामी भने नेपालमा हुने जुन सुकै उद्यम पनि सम्भव नहुने कानुन बनाएर उद्यम चल्न नदिने गरिरहेका छौ।

 

हाम्रा उद्यमीलाई फरक कानुन तथा भारतीय उत्पादन तथा  बिदेसी उत्पादन लाई फरक कानुन लागु गरी हाम्रा लाई टाउको उठाउनै नसक्ने गरी न्याकी रहेका छौ।

 

हाम्राले कहिले हो विदेशीलाई कम्फ़रटेबल सरकार बनाउने भनेको यही गर्ने भनेको हो कि के कसो हो हजुर ?

 

खाद्य अनुसन्धान शालाको काम दैनिक कामको ९९ प्रतिशत समय नेपाली उद्यमी लाई विदेशी उद्यमी सँग प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम गर्ने हो।

उनीहरूको मात्र एक प्रतिशत काम गुणस्तर युक्त छैन भने त्यो चिज बजारमा जान वाट रोक्ने, विदेशी भए नेपाल पस्न नै प्रतिबन्ध गर्ने र नेपाली उद्यमीलाई भने तालिम दिएर सक्षम बनाउने हो। 

 

यहाँ त्यस्तो भई राखेको छैन।  मैले त्यो किन भनेको छु भने नेपाल मा भारतको हनी बिना रोक तोक बिक्री हुन्छ।

 

भारतको स्ट्यानडर्ड हेर्नुहोस्। यदि नेपालमा भारतको  मह बेच्ने स्ट्यानडर्ड पुगेको भनेर नै दिएको होला।

 

चीनको पनि स्ट्यानडर्ड हेर्नुहोस्।

 

चीनको नियम कानुन अनुसार पनि चीनमा गुणस्तर पुगेको हनी नेपालमा गुणस्तर पुग्दैन।

 

चीनको हनी पनि त नेपाल मा त बिक्री भई रहेको छ त हजुर।

त्यसो हो भने खाद्य अनुसन्धान शालाको तपाइको ‘अप्रेसन हनी’  अन्तर्गत प्राप्त स्पर्श हनीको रिपोर्टले त्यो हनी स्ट्यानडर्ड नपुगेको कानुनी रूपमा प्रमाणित गर्दैन।

 

 

कोडेक्स ऐलीमेन्टेरियसका अनुसार महमा  एचएमएफको मात्रा ४० मिली ग्राम प्रति केजी भन्दा कम रहेको भए त्यसले मह प्रशोधन समयमा तताउने गरिएको छैन भन्ने ग्यारेन्टी गर्दछ भन्ने सर्त सहितको मान्यता राखेको छ। कोडेक्स ऐलीमेन्टेरियसको सर्तमा यदि उक्त मह नेपालको दाङ, नेपालगन्ज, चितवन लगायतका स्थानीय स्थानको तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुग्ने ट्रपिकलजोन बराबरको रहेको छ भने एचएमएफको मात्रा ८० मिली ग्राम प्रति केजी भन्दा कम रहेको खण्डमा उक्त मह प्रशोधन समयमा तताउने नगरिएको हुन सक्ने यकिनका साथ लेखिएको छ।

 

तपाइको महा-नगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात खाद्य अनुसन्धान शालाको मापदण्ड भन्दा फरक पाइएको भनिएको छ।

नेपालमा निर्विवाद छिर्ने भारतीय महको मुख्य ब्रान्डको गुणस्तर कस्तो छ यहाँ हेर्नुहोस्:

Download (PDF, 19.53MB)

 

समाचार पत्रहरूले उल्लेख गरेको  परीक्षणको नतिजा नेपालको दाङ, नवलपरासी तथा चितवन जस्ता स्थानमा गरिने मौरी पालन वाट आउने शुद्ध महमा हुनु यसको मापदण्ड नपुगेको प्रमाण हुन सक्दैन।

 

तपाईँ लाई मिसावट युक्त मह बच्ने काला व्यापारीले महमा ग्लुकोज सिरप र हाइ-फ्रुक्टोज कर्नसिरप हाली बिगारे भने होलान्। तल को अन्य देशको र हाम्रो छिमेक भारतको स्ट्यानडर्ड हेर्नुहोस्। प्रशोधित महमा ग्लुकोज सिरप र हाइ-फ्रुक्टोज कर्नसिरप हालेर नै रेस्टुरेन्टहरूमा पठाइन्छ। ताकि कुकिङ्ग सजिलो र स्वस्थ होस्।

 

हाल हाइ-फ्रुक्टोज कर्नसिरप रोकिएको छ। ग्लुकोज सिरप र चिनी आदि हाल्दा त्यसमा लगभग २० मिली ग्राम प्रति केजी मात्र एचएमएफ हुने हुँदा समग्र महको  एचएमएफ झन् घट्दछ। प्रशोधित महमा ग्लुकोज सिरप र चिनी हाल्नु स्वस्थको लागि प्रतिकुल छैन। मात्रा लेबलमा जे हालेको हो त्यो लेख्नु पर्‍यो। सुद्ध मह भनी बेच्नु अपराध हुनेछ।

 

भारत अमेरिका र कोडेक्समा समेत कति सम्म चिनी हाल्ने भन्ने समेत स्ट्यानडर्ड छ। फेरी चिनीमा हनी पनि हाल्न मिल्छ। अनुसन्धान शालाको काम हनीमा चिनी हालेको हो वा चिनीमा हनी लेबलमा लेखि पठाऊ भनी नेपाली उद्यमी लाई तालिम दिने काम हो।

 

उनीहरूको दैनिक कामको ९९ प्रतिशत समय नेपाली उद्यमी लाई विदेशी उद्यमी सँग प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम गर्ने हो। उनीहरूको मात्र एक प्रतिशत काम गुणस्तर युक्त छैन भने त्यो चिज बजारमा जान वाट रोक्ने, विदेशी भए नेपाल पस्न नै प्रतिबन्ध गर्ने र नेपाली उद्यमीलाई भने तालिम दिएर सक्षम बनाउने हो।

 

यहाँ त्यस्तो भई राखेको छैन।  मैले त्यो किन भनेको छु भने नेपाल मा भारतको हनी बिना रोक तोक बिक्री हुन्छ। भारतको स्ट्यानडर्ड हेर्नुहोस्। यदि नेपालमा भारतको  मह बेच्ने स्ट्यानडर्ड पुगेको भनेर नै दिएको होला। त्यसो हो भने खाद्य अनुसन्धान शालाको तपाइको ‘अप्रेसन हनी’  अन्तर्गत प्राप्त स्पर्श हनीको रिपोर्टले त्यो हनी स्ट्यानडर्ड नपुगेको कानुनी रूपमा प्रमाणित गर्दैन।

 

स्पर्श हनीको तपाइको हातमा भएको  रिपोर्ट भारतको मापदण्ड भित्र प्रस्ट छ जुन मापदण्ड युक्त हनी नेपालमा बिक्री भएकोमा नेपाल सरकारलाई चिन्ता देखिन्न। नेपालीले बेचेकोमा चाहिँ किन होला नीद हराम बनेको जस्तो आभास आउँछ।

 

सर लाई यो पनि अनुरोध गरौँ कि भारत सरकारले नै सार्वजनिक गरेको नेपालमा बिक्री भएका तलका मह ब्रायाण्ड को यहाँ ले जे आरोप लगाएर स्पर्श हानिलाई रोक्नु त्यो त्यो प्यारा मिटर स्पर्श हानिको भन्दा कमसल देखिन्छ।

 

नेपाली उत्पादक लाई मात्र यो नियम लागु गर्न मिल्ला र ?

 

के हामीले विदेश वात आएको मह छेक गरेका छौ ?

 

तपाइका अनुसार र भारतको मान्यता प्राप्त प्यारा मिटर अनुसार त भारत सरकारले गुणस्तर युक्त भनेको मह नेपालमा बिक्री गर्न पनि नमिल्न पर्ने हो।

 

किन बिना रोक तोक बिकेका होलान्। कति वटा कम्पनी ले नेपालको मापदण्ड पुर्‍याएर अनुज्ञा लिएर नेपाल बेचे त ?

कति वटामा टेस्ट गरी त ?

 

अनि  हाम्राले चैँ किन यस्तो खप्की खान पर्ने होला।

 

कस्तो राष्ट्र भक्ति हो यो हजुर?

 

सरले नेपाली बबुरो उद्यमीले चिनी हाल्यो भन्नु होला। तर भारत सरकारकै रिपोर्ट अनुसार तलका भारतीय ब्रायाण्डका महले त स्पर्श हनीले जस्तै चिनी हालेको छ भन्दछ। तिनीहरू नेपालमा त छ्याप छ्याप ती बिक्छ। हजुर ले पनि घरमा खाने गर्नु भएको होला। रिपोर्ट हेर्नुस् त :

 

 

भारतको नेपाल जाने कुन कुन महको ब्रान्डले महमा चिनी हाली बेच्ने गरेको छ रिपोर्ट हेर्नुस्:

Download (PDF, 416KB)

 

वसन्त कुँवर सर,

यति सबै देखि पछि रिसानी माफ होस् ! मैले यहाँ लाई  एउटा कुरो निवेदन गर्ने दुस्साहस गरे। कतै  राज्यले मूलतः खाद्य अनुसन्धान सालाले सचेत भएर अलि गहिरो अनुसन्धानमा जानु पर्ने बिन्दु लाई कुनै अमुक कार्यालयको कुनै अमुक कर्मचारी वा अन्य कोही लाई सरकारले दिएको तलब वा अन्य आम्दानीले नपुगेर आफ्नो कमाइ बापत महिनावारी बास्केट फन्ड उठाउन वा विदेशी कम्पनीको हानिको लागि हनीमा आत्मा निर्भर हुन खोजेको नेपाली बजार फेरी एकाधिकार बजार बनाउने नियतले नेपाली हनीमा त क्यान्सर हुने तत्त्व हुन्छ भन्ने गलत समाचार ले बजारमा आतङ्क फैलाउन यहाँको संयन्त्र समेत कसैको   ग्रयाण्ड डिजाइनमा त फसेन ? यत्तिको शङ्का गर्ने सुविधा पाऊ।

 

सञ्चार माध्यममा आएको खबर र फोटो ग्राफले उद्योगले कानुनी प्रक्रिया नपुर्‍याएको होला, भएको मिसावट लेबलमा उल्लेख नगरी बदमासी गरेको होला, मह उत्पादन स्थल खाद्य उद्यमको लागि हुनुपर्ने सर सफाइको न्यूनतम मापदण्ड पुरा नगरेको होला। तर उद्यमी त नेपाली  हो नि। त्यो कमजोरी सुधारेर नेपाली उद्यमी लाई सक्षम बनाउन र आफ्नो ९९ प्रतिशत जिम्मेवारी को काम चाही सरकारको खाद्य अनुसन्धान शालाले कहिल्यै पुरा गर्ने प्रयास वा कोसिस गर्‍यो त ?

भारतको नेपाल जाने महको गुणस्तर बारे पूर्ण विवरणको जानकारीको लागि  यो फाइल हेर्नुहोस्:

Download (PDF, 1.54MB)

कानुन त कस्ता कस्ता कार्यहरू अपराधमा कार्य हुन् र त्यसले उपभोक्ताको स्वस्थ कसरी बिगार्छ त्यो बारे राज्यले कहिल्यै तालिम र अभिमुखी कारण गर्‍यो त ? देखिएको उपभोक्ता माझ पुगेको खाद्यको जरुरत अनुरूपको गुणस्तर नभएको उद्योगको उत्पादन बजार जानु वाट त रोकियो। त्यो हुने पर्ने काम हो। त्यसमा तपाईँ हैन खाद्य अनुसन्धान शाला लाग्नु पर्ने ।  दर्ता नभएको कारण वाट हो भने स्वस्थ खराबको मुद्दा रहेन। स्वास्थ्यको मुद्दा हो भने माइक्रोबियल आदि टेस्ट त गर्नु भएन। लेबल फरक परेको र दर्ता नभएको हो भने पनि सायद त्यो तपाइको कार्य क्षेत्रको जिम्मेवारी नहोला।

 

सरको नाम नै उल्लेख भएर बजारमा त उद्योग सञ्चालन गर्ने क्रममा कुनै उद्यमी वाट भएको सानो कमजोरी लाई समाचार आतङ्क हुने गरी प्रहरीले बरामद गरेको महमा क्यान्सर गराउने तत्त्व भेटिएको जस्ता निराधार र गलत समाचार आयो।  नेपाली मह उद्यमको हत्या गर्न गरी घटना लाई पोट्रेड गरियो।

 

हेर्नुस् त!  एकातर्फ राज्यको आफ्नै अनुसन्धान शालाले जारी गरेको सामान्य प्रकृतिको परीक्षण रिपोर्ट (यथार्थमा नियम कानुन मिचेको प्रमाणित हुन नसक्ने रिपोर्ट) मिडिया लाई उपलब्ध गराउँदछ। त्यसै कार्यालयका सम्बन्धित खाद्य अनुसन्धान अधिकृत आफ्नो नाम नबताउने सर्तमा उक्त महमा प्रमाणित नै गर्न नसकिने प्रकृतिको क्यान्सर जस्ता हानिकारक पदार्थ युक्त भएको भनी मिडिया लाई विज्ञको रूपमा सुटुक्क खबर गर्दछ। राज्य संयन्त्र आफै आफ्नै मुलुकको उद्यमीको उद्योगको हत्या गर्न लागि पर्दछ।

 

अर्को तर्फ मुलुकका सचेत भनिएका वर्ग त्यसको गहिराइ सम्म नपुगी राज्यको सुनियोजित संयन्त्रको पूरक बन्न पुग्छ।

 

सर्व साधारण जनता भने ए बा बा अन्य परीक्षण नभएका कति मेरो भान्सामै होला भन्ने आतङ्क छाएको छ।

 

नेपाल सरकारको जिम्मेवार निकायको यस्तो पाराको निचोड त मैले त फरक निकाले।

 

हामी यो मुलुकमा उद्यमी मैत्री वातावरण बनाउन हैन मुलुकमा आतङ्क मच्चाएर मुलुक भित्र औद्योगिकीकरण गर्न सकिने सम्पूर्ण सम्भावना निमित्याण्ड  गर्न तत्पर छौ।

यो मुलुक लाई बिदेसी उत्पादनको एकाधिकार बजार बनाउन जानेर नजानेर कम्मर कसेर लागेका छौ। यो प्रकृतिको घटना न त सरकार, न त प्रशासन यन्त्र न राज्यको तेस्रो अङ्ग भनिएका क्षेत्रको नै चासोको विषय बन्ने गरेको छ।

 

वसन्त कुँवर सर,

यहाँ  के दुरुपयोग भए के सदुपयोग भए त्यो तपाइले भन्दा धेरै अरूले बुझ्दैन। तपाइको काबिलतामा विश्वास लागेरै मैले यो खुल्ला पत्र लेख्ने जमर्को गरेको हुँ। जस प्रति सम्मान र विश्वास हुन्छ गुनासो पनि उसै सँग गरिन्छ। मैले औपचारिक तर सार्वजनिक रूपमा यो ब्लग मार्फत गरे।   मेरो निचोडमा तपाइको अप्रेसन हनी योजना सम्पन्न हुँदै गर्दा थोरै राम्रा काम हरू भए। धन्यवाद।

 

तर त्यसको पछाडि केही खराब नियतका तत्त्वहरूको मक्सत पूर्ति हुने अवस्था जन्मने देखियो। अब त्यो तत्त्वको अपराध समेत गहिरो अनुसन्धान गरी पत्ता लगाएर ठेगान लगाउने र नेपाली जनताको फाइदाको खातिर नेपाली उद्यमीको रक्षा गर्ने समेत तपाइको पहिलो जिम्मेवारी हो।

यो नै निवेदन गरे।

जय नेपाल।

जय नेपाल प्रहरी।

 

यहाँकै अपरिचित

प्रवासी शुभ चिन्तक

नारायण घिमिरे

खाद्य तथा औषधि विज्ञ, क्यानडा।

269Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: