मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको आँखामा बर-पिपलको चौतारो !

नारायण घिमिरे

अथर्ववेदको चौथो काण्ड शौनक संहिता शाखा कृमिनाशनम् सूक्तको मन्त्र ४.३७.४ लेख्दछ (The fourth chapter of the Atharva Veda, the Shaunak Samhita branch, Mantra 4.37.4 of Kriminashanam Sukta states):

यत्रा॑श्व॒त्था न्य॒ग्रोधा॑ महावृ॒क्षा: शि॑ख॒नण्‍डिन॑:।
तत्परे॑ताप्सरस॒: प्रति॑बुध्दा अभूतन॥४॥

उल्लेखित मन्त्रले हामीलाई बर पिपलको चौतारो किन चाहिने रहेछ भन्ने बारे बोल्दछ। वेदको उक्त तरका विज्ञानको आधारमा कत्तिको पुष्टि हुन सकेको छ भन्ने बुझ्न सक्दा हामीलाई बर-पिपलको चौतारो वास्तवमै जरुरत रहेछ भन्ने गहिरो अनुभूति प्राप्त हुन सक्दछ।

मन्त्रले के भनी रहेको छ र मन्त्रको सिद्धान्त लाई विज्ञानले कसरी पुष्टि गरिरहेको छ भन्ने बुझ्न दुवै नेपाली र अङ्ग्रेजी भाषाको व्याख्या हेर्दा वेदका सिद्धान्तहरू आजको मितिमा पुग्दा सम्म कसरी पुष्टि भएको छ बुझ्न सहज हुन्छ। वेद संस्कृतमा लेखिएको र गरिएको अनुसन्धान हरू प्राय: अङ्ग्रेजीमा लिपिबद्ध हुने गरेको छ। यी दुई भाषा आफैमा एउटा अर्कोमा एकै अर्थ लाग्ने गरी अनुवाद नहुने परिस्थिति हामी बिच विद्यमान छ।

यो वाध्यात्मक परिस्थिति बिचको असहजता चिर्नको लागि नेपाली भाषा र अङ्ग्रेजी दुवैको सहारामा लेख लेख्दा लेखलाई पाठकको अधिक ग्रहण शीलता युक्त बनाउन सकिने विश्वासमा यो लेख नेपाली र अङ्ग्रेजी एक अर्काको परिपूरक नहुने गरी लेखिएको छ। आशा छ पाठकहरूले यसलाई स्विकारिदिनु हुनेछ।

यसै क्रममा सबैभन्दा पहिले उक्त मन्त्रको चुरो भावार्थ बारे पुनरावलोकन गरौँ।

English Translation: The great trees like Ashvattha (peepal), Nyagrodha (banyan), and Shikhandin (gunja creeper), and running birds like peacock, are helpful to get rid of waterborne disease pathogens from those areas. Because they collectively play a great role in destroying the vector of such pathogenicity and the case of diseases spreading among the people.

नेपालीमा शब्दार्थ: पिपल (Ficus Religiosa), बर (Ficus indica), आँखी गेडी / रती गेडी (Abrus precatorius L.) जस्ता उच्च गुणकारी रुख तथा बिरुवाहरू रहेका स्थानमा मयूर (Pavo muticus) जस्ता पक्षी हरूको चरन क्षेत्र बन्दछ। त्यस्ता स्थानहरू जल जन्य रोगका रोगाणुको लागि अनुकूल वातावरण पैदा गरिदिने तथा रोगाणु बोक्ने एजेन्ट अर्थात् भेक्टरहरुको लागि प्रतिकुल परिस्थिति निर्माणमा भूमिका खेल्दछ। जसले गर्दा त्यस्ता क्षेत्रहरु लाई जल जन्य रोगका रोगाणु विहीन क्षेत्रका रूपमा विकास गर्न सम्भव हुन्छ।

Science-based explanation:

This Mantra emphasizes two types of trees namely Aśvattha, (Sanskrit: अश्वत्थ) or Sacred fig (Ficus religiosa) and Bar or Bargad i.e., Nyagrodha (न्यग्रोध) or Ficus indica (Ficus benghalensis L.) and one type of herb Shikhandin (Sanskrit: शिखण्डी) or Abrus precatorius L. The Pipal (Ashvattha) and Bara (Nyagrodha) were found worshipped since the Vedic period. They are recognized that they prevent the spread of diseases and cure several types of diseases.
मन्त्रका अनुसार वैदिक कालदेखि पूजा गरिँदै आइएको अश्वत्थ (पिपल), पवित्र न्यग्रोध (बर) तथा शिखण्डी (रती गेडी) जस्ता औषधीय गुणका जडीबुटीहरू पानीजन्य रोगाणुका कारण हुने रोगको फैलावट रोक्न र धेरै प्रकारका रोगहरू निको पार्ने भूमिका खेल्दछ।
Traditionally peepal tree leaves are used to treat heart ailments, nose bleeding, diabetes, constipation, fever, jaundice, etc. People take an extract of 2-3 peepal tree leaves in water and consume with little sugar twice a day to relieve jaundice symptoms. This tree can cure as many as 50 disorders, including diarrhea, epilepsy, and gastric troubles in ayurvedic practice.

परम्परागत रूपमा पिपलको रुखको पात मुटुको रोग, नाकबाट रगत बग्ने, मधुमेह, कब्जियत, ज्वरो, जन्डिस आदिको उपचारमा प्रयोग हुँदै आएको छ। पिपलको रुखको २-३ वटा पातको रस पानीमा घोलेर दिनको दुई पटक थोरै चिनी मिसाएर खाँदा जन्डिसको लक्षणबाट मुक्ति मिल्दछ। आयुर्वेदिक अभ्यासमा पिपलको पात, डाँठ र जरा पखाला, छारे रोग र ग्यास्ट्रिक जस्ता समस्या लगायत पचास भन्दा धेरै रोगहरू निको पार्न उपयोगमा ल्याइएको छ।

The aqueous extract of peepal bark contains phytosterols, flavonoids, tannins, and furanocoumarin derivatives namely bergapten and begaptol.

पिपलको बोक्राको पानीमा निकालिने सारतत्वमा फाइटोस्टेरोल, फ्लेभोनोइड्स, ट्यानिन्स र फ्युरानोकोमरिन डेरिभेटिभहरू जस्तै बर्गप्टेन र बेगाप्टोल जस्ता रोगाणु नाशक तथा रोगाणुको सङ्क्रमण फैल्याउने जीवाणु नियन्त्रण गर्ने र रोगको उपचार गर्ने औषधीय मूल्यका पदार्थहरू हुन्छन्।

Fruits contain flavonols namely kaempferol, quercetin, and myricetin. Leaves and fruits contain carbohydrates, protein, lipid, calcium, sodium, potassium, and phosphorus. The fruits contain 4.9% protein having the essential amino acids, isoleucine, and phenylalanine.
पिपलको फल र फूलमा केम्पफेरोल, क्वेर्सेटिन र माइरिसेटिन जस्ता फ्लेभोनोलहरू हुन्छन्। पात र फलफूलमा कार्बोहाइड्रेट, प्रोटिन, लिपिड, क्याल्सियम, सोडियम, पोटासियम र फस्फोरस पाइन्छ। तिनीहरू खाद्य मूल्यको र औषधीय हिलिङ्ग मूल्यका छन्। लगभग ४.९% प्रोटिन हुने पिपलको फलमा मानिसलाई अत्यावश्यक ठानिने एमिनो एसिड, आइसोल्युसिन र फ़िनाइल एलानिन आदि भेटिन्छ।

The seeds contain phytosterolin, β-sitosterol, glycoside, albuminoids, carbohydrates, fatty matter, coloring matter, caoutchoue (white rubbery milk).

पिपलको बीउमा फाइटोस्टेरोलिन, बीटा-साइटोस्टेरोल, ग्लाइकोसाइड, एल्बुमिनोइड्स, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्राकृतिक रङ्ग बनाउन काम लाग्ने रङ्गिन पदार्थ र दुधिलो काउचुक (लेटक्स) आदि हुन्छ।

Leaves show antibacterial effects against Staphylococcus aureus, Salmonella paratyphi, Shigella dysenteriae, S. typhimurium, Pseudomonas aeruginosa, Bacillus subtillis, S. aureus, Escherichia coli, S. typhi, Aspergillus niger, and Penicillium notatum. Bark extract controls worms.
पिपलका पातका सारतत्वहरूले एस. औरस, एस. प्यारा टाईफि, सिजेला डिसेन्ट्री, एस. टाईफिमुरियम, सिउडोमोनस एरुजिनोसा, बेसिलस सब्टिलिस, ई. कोलि, एस. टाईफि, एस्परजीलस नाइगार, पिनिसिलम नोटाटम जस्ता पानीजन्य रोगाणु विरुद्ध प्रतिरोधी तथा नाशक प्रभाव देखाउँछन्। पिपलको बोक्राको सार तत्त्व जुका तथा परजीवी नियन्त्रण गर्ने प्रकृतिको हुन्छ।

According to ayurvedic Samhita and nighantu, the Ksirivrksa (क्षीरीवृक्ष), Nalpamara (Skin and Bark of Peeple tree), and Pancavalkala (पञ्चवल्कला) are the group of trees that secrete milky latex from the bark. That milky latex is an important ayurvedic active ingredient of medicinal value. Pancavalkala is the collection of the bark of five trees with properties of śodhana (cleaning) and ropaṇa (healing) of wounds.

आयुर्वेदिक संहिता र निघण्टुका अनुसार, क्षरिवृक्ष, नाल्पमारा अर्थात् पिपलको छाला र बोक्रा तथा पञ्चवल्कला रूखहरूको समूहको बोक्राबाट दूध जस्तो औषधीय मूल्यको लेटेक्स निस्कन्छ। उक्त औषधीय मूल्यको दूधे लेटेक्स विभिन्न प्रकारका आयुर्वेदिक फर्मुलेसनका महत्त्वपूर्ण सक्रिय (एक्टिव पदार्थ) घटकको रूपमा प्रयोग हुन्छ। पञ्चवल्कला भनेर आयुर्वेदमा शोधन (रोगाणु नष्ट गरी सफाइ गर्ने) र रोपण (घाउ निको पार्ने) गुण भएका पाँच वटा रुखहरूको बोक्राको मिश्रण भएको सङ्ग्रह हो।

They are Banyan or बर (Ficus indica), Dumrii डुम्री (Ficus glomerata Roxb.), Peepal पिपल (Ficus religiosa Linn.), Paras pipal पारस पीपल (Thespesia populenoides L.), and Kabhro काभ्रो (Ficus lacor Buch-Ham.).
पञ्चवल्कला बनाउने क्रममा बर, डुम्री, पीपल, पारस-पिपल र काभ्रोको बोक्राको संयोजन गरिन्छ।
All five have dominance of kaṣāya-rasa (astringent) which is useful in the management of śotha (inflammations) as well as vraṇa (wounds). Pañcavalkala ointment was prepared under expert supervision. The ingredients of Pañcavalkala ointment are Pañcavalkala, siktha (Bee wax मौरीको चाका), and til tail (Sesamum indicum oil तिलको तेल).

टर्रो (कसय) अर्थात् एस्ट्रिजेन्ट स्वादको रस हुने पाँच वटै पञ्चवल्कलाका बोक्राको धुलोको (चूर्ण) कसय रस दुखेको, पाकेको, सुन्निएको, रन्किएको घाउको सफा सुग्घर गर्न र उपचारमा उपयोगी बन्दछ। वैज्ञानिक रूपमा विशेषज्ञ निरीक्षण गरी तैयार भएको पञ्चवल्कलाको मलम अर्थात् क्रिम बनाउन माहुरीको चाका तिलको तेल आदिको प्रयोग गरिन्छ।

The Bark, root fibers, leaves, seeds, and milky juice (i.e., latex) of the Nyagrodha or Baar tree (also called as Bodhi tree) are medicinally useful parts. The useful parts are astringent to bowels. According to Ayurveda, the useful parts are used in the treatment of biliousness, ulcers, erysipelas, vomiting, vaginal complaints, fever, inflammations, and leprosy.

बरको (बोधि) रूखको बोक्रा, जराको रेसा, पात, बीउ र दूधको रस (अर्थात् लेटेक्स) औषधीय मूल्यका उपयोगी वस्तुहरू हुन्। तिनीहरू सबै नै कसय (एस्ट्रिजेन्ट) स्वादको हुन्छन्। आयुर्वेदमा तिनीहरू पित्त रोग, अल्सर, छाला रातो भएर सुन्निने, बान्ता हुने, योनिमा चिलाउने, इन्फेक्सन हुने, ज्वरो, दर्द, पोल्ने र कुष्ठरोग जस्ता रोगको उपचारमा उपयोगमा आएको छ।
According to the Unani system of medicine, its latex is aphrodisiac, tonic, boost sexual vulnarability, reducing inflammations, useful in piles, nose diseases, gonorrhea, etc. The aerial root is styptic (Stops bleeding when applied to a wound), useful in syphilis, biliousness (excessive bile secretion due to liver disfunctions), dysentery, inflammation of the liver, etc.

युनानी चिकित्सा पद्धति अनुसार बरको लेटेक्स यौन शक्तिवर्धक, यौन कामोत्तेजना बढाउने , यौन कमजोरी नाशक, दर्द नाशक हुन्छ। पायल्स, नाकको रोग, यौन सम्पर्कवाट सर्ने रोग गोनोरिया आदिको उपचार गरिने ओखतीमा बरको लेटेक्स उपयोग भएको देखिन्छ। बरको हावामा झुन्डिने जराको सारतत्व काटे र अन्य घाउवाट बहने रगत तत्काल रोक्ने क्षमता राख्दछ। साथै सिपलिस, पित्त रोग, पखाला आदिले जन्माउने डिसेन्ट्री आदिको समेत ओखती बनाइने गर्दछ। हावामा झुन्डिने जराको सारतत्व कलेजो सुन्नेको तथा कलेजोको दर्द नियन्त्रण गर्ने ओखती आदि बनाउन प्रयोग हुने गरेको छ।

The leaves and bark of the Bar tree are rich in flavonoids, phenols, terpenoids, and terpenes. Besides that, the leaves also contain quinone and furanocoumarin derivatives, namely rhein, psoralen, and bergapten. Root extract consists of sterols and fatty acids. The fruit is rich in fatty acids and mainly contains terpenes. The leaves are rich in amino and fatty acids, as well as terpenoids. The latex contains serine protease named Religiosin B and C.

बरको पात र बोक्रामा फ्लेभोनोइड्स, फिनोल, टेरपेनोइड्स र टर्पेन प्रशस्त मात्रामा पाइन्छ। यस बाहेक, बरको पातहरूमा क्युनाईन र फ्युरानो-कोऊमारिन डेरिभेटिभहरू जस्तै रेइन, सोरालेन र वेरज्ञापप्टेन आदि भेटिन्छ। फ्युरानो-कोऊमारिन र तिनका डेरिभेटिभहरू क्यान्सर भएका कोशिका विकास हुन नदिने र तिनीहरूको वृद्धि तथा फैलावट रोक्ने गर्दछ। क्युनाईन एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिट्यूमरल हुने गर्दछ। मतलब रोगाणु नाशक र क्यान्सरको ट्युमर नाशक समेत हुने गर्दछ।

बरको जराको सारतत्वमा प्रचुर मात्रामा स्टेरोल र फ्याटी एसिडमा रहन्छ। बरको फलमा फ्याटी एसिड र अधिक टरपिन हुन्छ। बरका पातहरूमा प्रचुर मात्रामा एमिनो एसिड, फ्याटी एसिड र टेरपेनोइड्स हुन्छ। हरेक बिरुवाहरूको आफ्नो निश्चित गन्ध दिने काम त्यसको टरपिनले गर्ने गर्दछ। टरपिन बन्ने यौगिकहरू प्राय: रोगाणू नाशक र औषधीय हिलिङ्ग गुणको हुने गर्दछ। लेटेक्समा रिलिजियोसिन बी र सी बरका पातमा हुने मूल्यवान् सेरिन प्रोटीएज हो। दूधको प्रोटिन फटाउने तागत राख्ने प्रोटिएज एञ्जाइम रिलिजियोसिन बी र सीले दूध फटाएर चिज बनाउन भेगन श्रोतको प्राकृतिक रिनेटको काम गर्दछ।

Both Baar and peepal plant contains several types of bacteria and fungus, that lives within a plant as part of its life cycle without causing any disease. The parasitic host is called endophytic fungi. These fungi live in their tissues, exhibiting a mutual relationship without causing any disease to the host. The parasitic fungi play a role in the host plants’ defense mechanism by producing bioactive secondary metabolites. These metabolites have great medicinal effects.

बर र पिपलको रुखमा मानिस र बर पिपलको स्वस्थ लाई समेत लाभ कारी धेरै प्रकारका ब्याक्टेरिया र फङ्गसहरूको वासस्थान हुने गर्दछ। बर र पिपलको रुखमा सिम्बायोटिक सम्बन्धमा रहने ती ब्याक्टेरिया, ढुसी तथा लेउ झ्याउहरू बर पिपलको रुख वाट आफूलाई चाहिने खाना प्राप्त गरी परजीवीको रूपमा आफ्नो जीवन चक्र सुचारु राख्ने गर्दछन्। तिनीहरूको बर पिपलको रुखमा हानि गर्ने रोगाणुका होस्ट र रोगाणुहरु लाई समेत नजिक पर्न नदिने चरित्र हुन्छ।

त्यस्तो चरित्रको ढुसीलाई एन्डोफाइटिक फंगी भनिन्छ। तिनीहरू बर पिपलको रुखको तन्तु तन्तुहरूमा बस्ने र रोगाणुहरुको होस्ट प्रतिकुल वातावरण निर्माण गर्दछन्। एन्डोफाइटिक फंगीले उत्पादन गर्ने पदार्थ अर्थात् बायोएक्टिभ सेकेन्डरी मेटाबोलाइटहरूले बर पिपलको रुखको रक्षा संयन्त्रको रूपमा भूमिका खेल्दछ। साथै तिनीहरू मानिसको लाई ठुलो औषधीय प्रभाव दिने समेत हुने भेटिएको छ।
Apart from the fungi, the aerial root of the Bar plant contains Bacillus subtilis, a catalase-positive bacterium. The Bacillus subtilis produced two anti-fungal compounds called surfactins and iturins. The phenols, flavonoids, alkaloids, terpenes, and terpenoids are anti-pathogenic-bacterial and the fungi extracts are anti-pathogenic fungal in nature. Together, they are helpful to sanitize the environment turning entire water-born pathogens unfriendly.
लाभदायक ढुसी बाहेक, बरको हावामा झुन्डिने जरामा भेटिने ब्यासिलस सब्टिलिस नामको क्याटालेज पोजेटिभ ब्याक्टेरिया प्रचुर मात्रामा भेटिन्छ। उक्त ब्यासिलस सब्टिलिस ब्याक्टेरियाले पैदा गर्ने सर्फेक्टिन र इटुरिन नामक एन्टी-फंगल यौगिकहरू बर पिपल तथा मानिस लाई समेत हानि गर्ने ढुसी आदिको नियन्त्रण गरिदिन्छ। बरको हावामा झुन्डिने जरामा भेटिने सारतत्वका यौगिकहरू फिनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, टर्पेन्स र टरपेनोइडहरू रोगाणु ब्याक्टेरिया नाशक हुन्छन्। यसरी समग्रमा बर पिपलको चौतारो आफै पनि जन्य रोग लगाउने रोगाणुहरु नाशक हुने र सम्पूर्ण पानी जन्य रोगाणुहरूको बिस्तार हुन वाट जोगाएर स्वच्छ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

Rati Gedi (Shikhandin) is traditionally used to treat tetanus and prevent rabies. It is also a traditional medicine to treat scratches and sores and wounds caused by dogs, cats, and mice. It is also used as an active ingredient to treat leucoderma (healing khath or Daag). The leaves of the herb are used to cure fever, cough, and cold.

रति गेडी (शिखण्डीन) परम्परागत रूपमा टिटानसको उपचार र रेबिज रोक्न प्रयोग हुने जडीबुटी हो। यो मानिसलाई कुकुर, बिरालो र मुसाले टोक्दा र चिथोर्दा हुने घाउको उपचार गर्ने परम्परागत औषधि पनि हो। छालामा गडिएर रहेको खत र दाग निको पार्न लाल गेडीको प्रयोग हुन्छ। साथै ज्वरो, खोकी र रुघाखोकी निको पार्न राति गेडीको पात जडीबुटीको रूपमा प्रयोग हुन्छ।

It is reported that the leaves were rich in total polyphenols, flavonoids, β-carotene, glutathione, α-tocopherol, and ascorbic acid. And shows a broad range of therapeutic potentials, like anti-bacterial, anti-fungal, anti-tumor, analgesic, anti-spasmodic, anti-diabetic, anti-serotonergic, anti-migraine, including treatment of inflammation, ulcers, wounds, throat scratches, and sores. Root extract is found antibacterial and active against the gram-positive organism especially Staphylococcus aureus.

रातो गेडीका पातहरूमा प्रचुर मात्रामा पोलिफेनोल, फ्लेभोनोइड्स, बिटा-क्यारोटिन, ग्लुटाथियोन, अल्फा -टोकोफेरोल र एस्कर्बिक एसिड हुने गर्दछ। यसको एन्टि-ब्याक्टेरियल, एन्टि-फंगल, एन्टि-ट्यूमर, एनाल्जेसिक, एन्टि-स्पास्मोडिक, एन्टि-मधुमेह, एन्टि-सेरोटोनर्जिक, एन्टी-माइग्रेन, सूजन, अल्सर, घाउ, खटिरा, दाग, घाँटीको उपचार जस्ता व्यापक चिकित्सकीय उपयोगको सम्भाव्यताहरू देखिएको छ। जराको सार तत्त्व प्रभावकारी एन्टिब्याक्टेरियल हुँदा हुँदै विशेष गरी छालाको रोगको मुख्य कारक स्टेफिलोकोकस ओरियस विरुद्ध अत्यन्त सक्रिय देखिने गरेको भेटिएको छ।

Peafowl are omnivores and eat mostly plants, flower petals, seed heads, insects and other arthropods, reptiles, and amphibians. Wild peafowl look for their food scratching around in leaf litter either early in the morning or at dusk. Peacocks are a cheap and efficient way of controlling bugs in your yard, and controling tick-born (उपियाँ र किर्नो) diseases.

As peafowl consume a variety of insects, as well as snakes, amphibians, and rodents. So, some people use them to help keep pest populations under control. However, peacocks will also consume flowers, vegetables, and other items. These birds actively hunt insects like ants, crickets, and termites; millipedes; and other arthropods and small mammals. Green peafowl also eat small snakes.
मयुर सर्वभक्षी चरा हो। यसले प्रायः सबै बिरुवाहरू, फूलको पत्ता, बीउ, कीराहरू, सर्प र भ्यागुता आदि खोजी खोजी खाने गर्दछ। रोगको रोगाणु अन्यत्र वाट बोकेर एक ठाउँ वा व्यक्ति वा जनवार वाट मानिसमा सार्ने किर्ना, विभिन्न परजीवी र किराहरू मयुरले खोजी खोजी खाने हुँदा मयुर जस्ता पन्छीहरूले ती स्थानहरू मानिसको लागि उपयुक्त सफा स्थान बनाउन सहयोग गर्दछ। तसर्थ मयुर हरू चरण गर्ने इलाका लाई परजीवी तथा रोगाणु कम हुने इलाका मानिन्छ।

वैज्ञानिक व्याख्या तथा भावार्थ: मन्त्रले वैदिक कालदेखि संरक्षण गरिँदै आएको पिपल र बरको रुख, रती गेडीको झ्याङ र मयूर जस्ता सबै प्रकारका किरा तथा मानिस लाई जोखिम दिने सर्प, मुसा र किर्ना आदि खाने चराहरूको पानी जन्य रोग नियन्त्रणमा हुने भूमिका बारे बताएको छ। तिनीहरू एकातर्फ आफ्नै विभिन्न औषधीय गुण युक्त हुने र अर्को तर्फ रोग सङ्क्रमण गर्ने रोगाणुको नियन्त्रण गरी रोगको फैलावट रोक्न महत्त्वपूर्ण हुने बताएको छ।

आयुर्वेदको आफ्नो अनुभवको आधारमा बोक्रामा प्वाल पारि दुधिलो रस निकाल्न सकिने र उक्त दूध अत्यन्त महत्त्वपूर्ण औषधीय महत्त्वको रहने पञ्चवल्क भनी बर-पिपलको संज्ञामा राखेका बर, पिपल, डुम्री, पारस पिपल र काभ्रोको सोधन (क्लिञ्जिङ्ग) र हिलिङ्ग गुण हुने दाबी लाई आधुनिक विज्ञानले परीक्षण वाट स्वीकारेको मात्र छैन त्यसका कुन कुन सार तत्त्वले के कस्तो भूमिका खेलेर सो गुण सम्भव बन्यो भन्ने समेत पहिल्याउन सफल वनेको छ।

हाल सम्म भएका वैज्ञानिक अनुसन्धान अनुसार बर – पिपलको विभिन्न भागमा पाइने सारतत्व रोगाणु नाशक रहेको, पानी जन्य प्रदूषणका कारण हुने रोगको उपचार गर्ने, साथै वरको बाहिर झुन्डिने जरामा बस्ने रुखलाई हानि नगर्ने प्लान्ट माइक्रो वायोमको रूपमा रहने ब्याक्टेरिया र लेऊले (फंगाई) उक्त बिरुवाको रोग प्रतिरोधी क्षमता विकास गरी रोगका जीवाणुको लागि प्रतिकुल वातावरण बनाउने गर्दछ।

त्यस्तै त्यहाँ रहेका ब्याक्टेरियाले रोगाणु लाई जन्मन र हुर्कन सहारा दिने प्रजातिको लेऊ-काई विकास हुने नदिने सर्फ्याकटिन र इटूरिन नामक केमिकल बनाउने गर्दछ। उता रोगको रोगाणु बोकेर एक व्यक्ति वा जनवार वाट मानिसमा रोक सार्ने किर्ना, विभिन्न परजीवी र किराहरू खोजी खोजी खाएर मयुर जस्ता पन्छीहरूले ती स्थानहरू मानिसको लागि उपयुक्त सफा स्थान बनाउन सहयोग गर्दछ।

मानव बस्ती नजिकै पोखरी वा पानी हुने स्थानमा समेत सजिलै हुर्कने र बढ्ने रातो-गेडीका झ्याङहरूको विभिन्न भागमा भेटिने सारतत्व पानी वाट रोग सार्ने रोगाणुको नियन्त्रण गर्ने, दर्द नाश गर्ने र रोगाणुहरु उक्त स्थानमा रहन अप्ठ्यारो वातावरण बनाइदिने पुष्टि भएको छ। यसरी समग्रमा एक ग्रामीण र सहरी भागमा समेत रोगको महामारी रोक्न बर-पिपलको बोट, रातो-गेडी जस्ता औषधीय लहराको झ्याङ र स्वतन्त्र चरनमा निस्कने चराचुरुङ्गीको जैविक महत्त्व बारे प्रस्ट गरेको छ। जुन वैज्ञानिक आधारमा समेत पुष्टि भएको छ।

123Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: