मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद लगायतका प्राचीन सभ्यताका अन्तरिक्ष यानको ज्ञान।

वैदिक युगको गुरुत्वाकर्षण विपरीत उड्ने विमान।

 

प्राचीन धार्मिक ग्रन्थ वेद बताउँछन् कि ६००० वर्ष अघि हाम्रो ग्रहलाई एक अविश्वसनीय रूपमा उड्न सक्ने जहाजले परिक्रमा गरेको थियो।  उक्त प्राचीन विमान वाट आएको प्रकाशको कारण त्यसलाई सम्पूर्ण विश्व वाट देख्न सकिने त थियो नै त्यसका अतिरिक्त त्यो कुनै चालकको नियन्त्रणमा सहजै चलिरहेको अनुभूति हुन्थ्यो।

 

पृथ्वीमा विभिन्न कालखण्डहरूमा विभिन्न अनुमान र किंवदन्तीहरू सुन्न पाइन्छ । जसमा प्राचीन अरबका उड्ने कार्पेटहरू (The Flying Carpets of Ancient Arabia),  ईजेकियलको चक्र ( Ezequiel’s Wheel) र सोलोमनको (Solomon’s) एक स्थानबाट अर्को स्थानमा सहजै पुग्ने क्षमता तथा प्राचीन वेद र चिनिया ग्रन्थहरूमा उल्लेख हुने गरिएका जादुई रथहरू (Magical Chariots) अर्थात् विमानका (Magical Bimana) कथाहरू हरेक काल खण्डमा मानिसहरूको लागि चासोको विषयहरू बने।

 

वेदमा उल्लेख भए अनुरूप ६००० वर्ष अघि पृथ्वी वाट विमानको अस्तित्व देखा परेको भन्ने विषयमा अविश्वास गर्ने तथा विरोध गर्ने धेरै मानिसहरू भेटिन्छ। तर पनि दुनियाँ भरका दर्जनौँ मानिसहरू यो विषयको बारेमा निकै उत्सुक भएको समेत भेटिन्छ।  हजारौँ वर्ष अघि, प्राचीन विषय विज्ञ मानव अर्थात् भगवान् द्वारा चलित अविश्वसनीय उड्न सक्ने विमान वाट ब्रह्माण्डको भ्रमण भएको खबर आजको दिन सम्म आइपुग्दा असम्भव नरहेको अनुमान गर्न मानिसले पहिचान गर्न सकेको प्रविधिहरूले सहज पारिदिएको छ। त्यसो हुँदै गर्दा हाल आएर के त्यस्ता प्राचीन शक्तिशाली विमानको सहयोगमा प्राचीन अन्तरिक्ष यात्रीहरू सजिलै पृथ्वीमा विभिन्न स्थानहरूमा भ्रमण गरे वेद लगायतका प्राचीन सभ्यताहरूमा ज्ञानको सम्प्रेषण गर्न र विस्तार गर्न सफल भएका थिए भन्ने प्रश्न निकै धरैको मनमा रोपिदिएको छ।

 

प्राचीन विमानको सन्दर्भ सांस्कृतिक काव्य रामायण र महाभारतमा पनि उल्लेख भएको भेटिन्छ। रामायणमा उल्लेख भए अनुरूप भगवान् रामको आकाङ्क्षा अनुरूप उनी सवार एक भव्य रथ भयानक ध्वनि सहित पहाड र उच्च बादल माथि उडेको थियो। त्यस्तै महाभारतमा भीमले एक रङ्गिन सूर्यजस्तो चम्किलो र मेघ गर्जँदा सुनिने प्रकारको विस्फोटक आवाज निकाल्ने विमानमा चढी उड्न सकेको कथा लेखिएको छ।

 

बिसौँ शताब्दीको अगिल्लो कालखण्डमा लेखिएको ठानिने संस्कृत भाषाको वैमानिकशास्त्रम् एक प्राचीन सांस्कृतिक बिमानिक शास्त्रमा उल्लेख गरी अनुरूप त्यस समयका विमानहरू अत्यन्त तीव्र गतिमा उड्न सक्ने प्राचीन एलियन सिद्धान्तमा आधारित एयरोडाइनामिक जडित यात्राका वाहन थिए जुन ज्ञानी विद्वानहरूको अनुमान अनुरूप एक प्रकारको उत्कृष्ट रकेट थिए जसको अन्तर-ग्रह उडानको सामर्थ्य राख्दथे।

 

२० औँ शताब्दी देखि अस्तित्वमा रहेको संस्कृत भाषाको उक्त वैमानिक शास्त्र एक अचम्मको उडानका इन्जन बारे बताउने गर्दछ। मर्करी वर्टेक्स इन्जिन (Mercury Vortex Engines) भनिएको ती इन्जनमा अत्यन्त शक्तिशाली इलेक्ट्रोमैग्नेटिक फिल्डको सहायता वाट सिल्भर कलरमा हुने एक गरौँ पारोलाई अत्यन्त तीव्र भुमरी युक्त बाफमा परिवर्तन गर्दा निस्कने शक्ति वाट सञ्चालन गरिने उल्लेख छ। वैदिक समयमा विशेष प्रकृतिको लिफ्ट र प्रोपल्शनको सहायता वाट निश्चित समय भित्र मर्करीलाई इन्धनको रूपमा खपत गरी तीव्र गतिको मर्करी वर्टेक्समा परिवर्तन गरी रकेट जस्तै तीव्र गतिमा हिँड्ने विमानको निर्माण गर्न जरुरी हुने इन्जिन र प्रविधिको ज्ञान रहेको  वैमानिक शास्त्रमा उल्लेख भएता पनि यो कुरा हाल सम्म पनि आधुनिक विज्ञान द्वारा सफलता पूर्वक प्रयोगात्मक रूपमा सफल पार्न नसकिएकोले त्यस्तो इन्जिनको अस्तित्व रहेको कुरा विज्ञानले स्विकार्ने गरेको छैन । त्यस्तो कुनै वैज्ञानिक सबुत नरहेको भनी बताउने गरिएको छ।

 

केही वर्ष अघि, चीनी अनुसन्धानकर्ताहरूले तिब्बतको ल्हासामा एक हजारौँ वर्ष पुरानो संस्कृत दस्ताबेजहरू फेला पारेका थिए। उक्त प्राचीन लेखहरूलाई अनुवादकका लागि चंडीगढ विश्वविद्यालयमा पठाइयो। अनुवादको क्रममा त्यो ‘इन्टरस्टेलर स्पेसशिपहरू निर्माण गर्ने आश्चर्यजनक  “ब्लूप्रिन्ट” रहेछ।

 

आधुनिक विज्ञको समझमा हाल सम्म नफुरिसकेको इन्टरस्टेलर स्पेसक्राफ्ट हालसम्म एक सैद्धान्तिक अन्तरिक्ष यान ठानिन्छ जुन ग्रह प्रणालीहरू बिच यात्रा गर्ने प्रयोजनमा डिजाइन भएको छ। अनुवाद गरिएका दस्ताबेजहरू अनुसार, अन्तरिक्ष जहाजहरूको लागि तय गरिएको उक्त डिजाइन एन्टी-ग्रेभिटेशनल लघिमा प्रणालीमा आधारित छ।

 

लघिमा एक प्राचीन संस्कृत शब्द हो जसले मानवको शारीरिक संरचनामा अस्तित्व गर्ने एक अज्ञात शक्ति वा बललाई सूचित गर्दछ। प्राचीन ग्रन्थहरूको अनुसार, यो मानिसको शारीरिक संरचनामा अस्तित्वमा रहने एक प्रकारको केन्द्र वर्ती बल वा ऊर्जा हो जुन गुरुत्वाकर्षण बलको प्रतिकूल जान मानिसलाई बल प्रदान गर्न सक्दछ। लघिमाको अवधारणा एन्टिग्रेभिटी शक्ति अन्तरिक्ष यान निर्माणको विकल्पको विचारसँग सम्बन्धित छ।

 

एन्टिग्रेभिटी युक्त लघिमा सिद्धान्त अनुरूप प्राप्त शक्तिको उपयोग मार्फत फरक फरक ग्रह प्रणालीहरू बिच यात्रा गर्न उन्नत प्रकृतिको अन्तरिक्ष यानलाई अस्तित्वमा ल्याएर अन्तरिक्षको यात्रामा सफलता प्राप्त गर्न सकिन्छ भन्ने यसको निचोड छ।  यस्तो प्रयोगको सफल सम्भावना बारे विज्ञान लाई हाल सम्म कुनै पनि उल्लेखनीय सुराग प्राप्त भई नसकेकाले यसलाई पनि समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण नभएको भन्ने गरिन्छ।

 

कतिपय योगीहरूको अनुसार, लघिमा केन्द्र वर्ती बल वा ऊर्जा मात्रामा सीमित विषय होइन।  ध्यान र योग अभ्यासहरूमा लघिमा अवधारणा मात्र केन्द्र वर्ती बल वा ऊर्जा निर्माण मात्रामा सीमित छैन।  त्यसको एक आध्यात्मिक पहल पनि छ। ध्यान र योग अभ्यासमा लागेका कतिपय योगीहरूले विशेष ध्यान र यौगिक अभ्यासद्वारा लघिमाको शक्ति प्राप्त गरी प्रयोग गरी मानिसले आफ्नो शरीर लाई चाहेको बेला हावामा माथि उठ्ने, तैरने र चरा जस्तै उड्ने सम्मको बनाउन सक्दछ भन्ने विश्वास गरेको भेटिन्छ।

 

लघिमाले एक व्यक्तिले आफूले आफूलाई अत्यन्तै हल्का तौलको महसुस गर्ने अलौकिक शक्ति लाई जनाउँदछ। आठ सामान्य योगले दिन सक्ने असाधारण शक्तिहरू मध्ये एक मानिने लघिमा यथार्थमा योग अभ्यासकर्ताले योगमा निपुण हुँदै जाँदा आफूले अनुभव गर्ने गरेको विभिन्न सङ्केत र अलौकिक शक्तिहरू मध्ये एक सिद्धि लाई प्रतिनिधित्व गर्दछ। अमनस्क योग ग्रन्थको पहिलो अध्यायको अन्त तिरको बाउन्न पदहरूले दिने वर्णन अनुरूप योग अभ्यासकर्ताले मनोवैज्ञानिक लघिमाको मनोवैज्ञानिक सङ्केतहरू तथा  अत्यन्तै हल्का भएर हावामा तैरने अलौकिक शक्ति  योग अभ्यास मार्फत हुने शक्तिको क्रमिक अवशोषण (लया)  मार्फत सम्भव हुने गर्दछ।

 

केही अनुसन्धानकर्ताहरू त्यस्ता मानिसले अनुभव गर्ने हावामा उड्ने अनुभव लाई उसको अवचेतन मनले शारीरिक चालहरू नियन्त्रणमा लिएर उ आफू उड्न सफल बनेको अनुभूति दिने “आइडियोमोटर ईफेक्ट” युक्त मनोवैज्ञानिक घटनामा भन्ने गरेको भेटिन्छ। केही अन्य अनुसन्धानकर्ताहरूले उड्ने घटना लाई इलेक्ट्रोम्याग्नेटिक फिल्ड वा अन्य प्राकृतिक घटनाहरूको परिणामको रूपमा लिएको तर यसलाई सम्पूर्ण रूपमा बुझ्न नसकि रहेको भनी बताउने गरेको भेटिन्छ। जे होस् हाल सम्म कुनै वैज्ञानिक पुष्टि हुन नसकेको यसका विविध पाटोहरू भविष्यमा समय क्रममा खुल्दै जाने विश्वास गर्न सकिन्छ।

– नारायण नारायण नारायण

44Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: